13-11-2020 ओम् शान्ति प्रातः मुरली "बापदादा” मधुबन


"मीठे बच्चे– यो भुल-भुलैयाको खेल हो। तिमीले घरी-घरी बाबालाई बिर्सिन्छौ, निश्चयबुद्धि बन्यौ भने यस खेलमा फँस्दैनौ।”

प्रश्न:–

विनाशको समयमा तिमी बच्चाहरूको कर्तव्य के हुन्छ?

उत्तर:–

तिम्रो कर्तव्य हो– आफ्नो पढाइमा राम्रोसँग लाग्नु, अरू कुरामा जानु हुँदैन। बाबाले तिमीलाई नयनमा बसाएर, गलाको हार बनाएर साथमा लिएर जानुहुन्छ। बाँकी सबैले आ-आफ्नो हिसाब-किताब चुक्ता गरेर जानु नै छ। बाबा आउनु भएको छ सबैलाई आफ्नो साथ घर लिएर जान।

गीत:–

दूर देश का रहने......

ओम् शान्ति। रूहानी बाबाले रूहानी बच्चाहरूलाई बसेर सम्झाउनु हुन्छ। सारा दुनियाँले विश्वमा शान्ति चाहन्छन्। अब यो त बुझ्नु पर्छ– अवश्य विश्वको मालिकले नै विश्वमा शान्ति स्थापना गर्नुहुन्छ। परमपितालाई नै पुकार्नुपर्छ– आएर विश्वमा शान्ति फैलाउनुहोस्। कसलाई पुकार्ने, यो पनि बिचरालाई थाहा छैन। सारा विश्वको कुरा हो नि। सारा विश्वमा शान्ति चाहन्छन्। अब शान्तिको धाम त अलग छ, जहाँ बाबा र तिमी आत्माहरू रहन्छौ। यो पनि बेहदको बाबाले नै सम्झाउनु हुन्छ। अहिले यस दुनियाँमा त धेरै मनुष्य छन्, अनेक धर्म छन्। भन्छन्– एक धर्म भयो भने शान्ति हुन्छ। सबै धर्म मिलेर एक त हुन सक्दैनन्। त्रिमूर्तिको महिमा पनि छ। त्रिमूर्तिको चित्र धेरै राख्छन्। यो पनि जानेका छन्– ब्रह्माद्वारा स्थापना। कसको? केवल शान्तिको लागि मात्र कहाँ हो र। शान्ति र सुखको स्थापना हुन्छ। यस दुनियाँमा नै ५ हजार वर्ष पहिला जब यिनको राज्य थियो, अवश्य बाँकी सबै जीव आत्माहरू जीवलाई छोडेर आफ्नो घर गएका थिए। अब चाहन्छन्– एक धर्म, एक राज्य, एक भाषा। अहिले तिमी बच्चाहरूलाई थाहा छ– बाबाले शान्ति, सुख, सम्पत्तिको स्थापना गरिरहनु भएको छ। एक राज्य पनि अवश्य यहाँ नै हुन्छ। एक राज्यको स्थापना भइरहेको छ– यो कुनै नयाँ कुरा होइन। अनेक पटक एक राज्य स्थापना भएको हो। फेरि अनेक धर्मको वृद्धि हुँदै हुँदै वृक्ष ठूलो हुन्छ फेरि बाबा आउनु पर्छ। आत्माले नै सुन्छ, पढ्छ, आत्मामा नै संस्कार हुन्छ। हामी आत्माले भिन्न-भिन्न शरीर धारण गर्छौं। बच्चाहरूलाई यो निश्चय बुद्धि हुन पनि धेरै मेहनत लाग्छ। भन्छन्– बाबा घरी-घरी भुल्छौं। बाबा सम्झाउनु हुन्छ– यो खेल भुल-भुलैयाको हो। यसमा तिमी फँसेका छौ, थाहा छैन हामी आफ्नो घर अथवा राजधानीमा कसरी जान्छौं? अहिले बाबाले सम्झाउनु भएको छ, पहिला केही जान्दैनथ्यौ। आत्मा कति पत्थरबुद्धि बन्छ। पत्थरबुद्धि र पारसबुद्धिको यहाँ नै गायन छ। पत्थरबुद्धि राजाहरू र पारसबुद्धि राजाहरू यहाँ नै हुन्छन्। पारसनाथको मन्दिर पनि छ। अहिले तिमीले जानेका छौ– हामी आत्माहरू कहाँबाट आएका हौं, पार्ट खेल्न। पहिला त केही पनि जान्दैनथ्यौं। यसलाई भनिन्छ काँडाको जंगल। यो सारा दुनियाँ काँडाको जंगल हो। फूलहरूको बगैंचालाई आगो लाग्यो, यस्तो कहिल्यै सुनेका छैनौ। जंगलमा आगो लाग्छ। यो पनि जंगल हो, यसलाई अवश्य आगो लाग्नु छ । भंभोरलाई आगो लाग्नु छ। यस सारा दुनियाँलाई नै भंभोर भनिन्छ। अहिले तिमी बच्चाहरूले बाबालाई चिनिसकेका छौ। बाबाको सम्मुख बसेका छौ। जे गायन गर्थ्यौ– तिमीसँगै बसूँ...। त्यो सबैथोक भइरहेको छ। भगवानुवाच त अवश्य पढ्छन् नि। भगवानुवाच बच्चाहरूप्रति नै हुन्छ नि। तिमीले जानेका छौ– भगवानले पढाउनु हुन्छ। भगवान को हुनुहुन्छ? निराकार शिवलाई नै भनिन्छ। भगवान शिवको पूजा पनि यहाँ हुन्छ। सत्ययुगमा पूजा आदि हुँदैन। याद पनि गर्दैनन्। भक्तहरूलाई सत्ययुगको राजधानीको फल मिल्छ। तिमीले सम्झन्छौ– हामीले सबैभन्दा धेरै भक्ति गरेका हौं त्यसैले हामी नै सबैभन्दा पहिला बाबाको पासमा आएका छौं। फेरि हामी नै राजधानीमा आउँछौं। बच्चाहरूले पूरा पुरुषार्थ गर्नुपर्छ– नयाँ दुनियाँमा उच्च पद पाउनको लागि। बच्चाहरूको दिल हुन्छ अब हामी चाँडै नयाँ घरमा जाऊँ। सुरुमा नै नयाँ घर हुन्छ फेरि पुरानो हुँदै जान्छ। घरमा बच्चाहरूको वृद्धि हुँदै जान्छ। छोरा-नाति, पनाति त पुरानो घरमा आउँछन् नि। भन्छन्– हाम्रो हजुरबुवा, जिज्यूबुबाको यो घर हो। पछाडि आउनेहरू पनि धेरै हुन्छन् नि। जति जोडले पुरुषार्थ गर्छौ, पहिला नयाँ घरमा आउने छौ। पुरुषार्थको युक्ति बाबाले धेरै सहज सम्झाउनु हुन्छ। भक्तिमा पनि पुरुषार्थ गर्छन् नि। धेरै भक्ति गर्नेको नाम प्रत्यक्ष हुन्छ। कति भक्तहरूको स्ट्याम्प पनि बनाउँछन्। ज्ञानको मालाको विषयमा त कसैलाई थाहा छैन। पहिला हुन्छ ज्ञान, पछाडि हुन्छ भक्ति। यो तिमी बच्चाहरूको बुद्धिमा छ। आधा समय हुन्छ ज्ञान– सत्ययुग-त्रेता। अहिले तिमी बच्चाहरू ज्ञानवान् बन्दै जान्छौ। शिक्षकमा सदैव पूरा ज्ञान हुन्छ। विद्यार्थीहरूले नम्बरवार अंक ल्याउँछन्। यहाँ हुनुहुन्छ बेहदको टिचर। तिमी हौ बेहदको विद्यार्थी। विद्यार्थीहरू त नम्बरवार नै पास हुन्छन्, जसरी कल्प पहिला भएका थिए। बाबा सम्झाउनु हुन्छ– तिमीले नै ८४ जन्म लिएका छौ। ८४ जन्ममा ८४ टिचर हुन्छन्। पुनर्जन्म त अवश्य लिनु नै छ। पहिला अवश्य सतोप्रधान दुनियाँ हुन्छ फेरि पुरानो तमोप्रधान दुनियाँ हुन्छ। मनुष्य पनि तमोप्रधान हुन्छन् नि। वृक्ष पनि पहिला नयाँ सतोप्रधान हुन्छ। नयाँ पातहरू धेरै राम्रा-राम्रा हुन्छन्। यो त बेहदको वृक्ष हो। धेरै धर्म छन्। तिम्रो बुद्धि अब बेहदतर्फ जान्छ। कति ठूलो वृक्ष छ। सबैभन्दा पहिला आदि सनातन देवी-देवता धर्म नै हुन्छ। फेरि भेराइटी धर्म आउँछन्। तिमीले नै ८४ भेराइटी जन्म लिएका हौ। त्यो पनि अविनाशी। तिमीले जानेका छौ– कल्प-कल्प ८४ को चक्कर हामीले लगाइरहन्छौं। ८४ को चक्रमा हामी नै आउँछौं। ८४ लाख जन्म कुनै मनुष्यको आत्माले लिँदैन। त्यो त भेराइटी जनावर आदि धेरै छन्। त्यसको कसैले गन्ती पनि गर्न सक्दैन। मनुष्यको आत्माले ८४ जन्म लिएको छ। त्यसैले उसले पार्ट खेल्दा-खेल्दै एकदम थाकिसकेको छ। दु:खी बनेको छ। सीँढी उत्रिँदै सतोप्रधानबाट तमोप्रधान बनेको छ। बाबाले फेरि तमोप्रधानबाट सतोप्रधान बनाउनु हुन्छ। बाबा भन्नुहुन्छ– म तमोप्रधान शरीर, तमोप्रधान दुनियाँमा आएको छु। अहिले सारा दुनियाँ तमोप्रधान छ। मनुष्यले त यस्तो भनिदिन्छन्– सारा विश्वमा शान्ति कसरी हुन सक्छ? बुझ्दैनन्– विश्वमा शान्ति कहिले थियो? बाबा भन्नुहुन्छ– तिम्रो घरमा त चित्र राखेका छौ नि। यिनको राज्य थियो, त्यतिबेला सारा विश्वमा शान्ति थियो, त्यसलाई स्वर्ग भनिन्छ। नयाँ दुनियाँलाई नै हेभन, गोल्डेन एज भनिन्छ। अब यो पुरानो दुनियाँ परिवर्तन हुनु छ। त्यो राजधानी स्थापना भइरहेको छ। विश्वमा राज्य त यिनको नै थियो। लक्ष्मी-नारायणको मन्दिरमा धेरै मनुष्य जान्छन्। यो कहाँ कसको बुद्धिमा छ र– यिनीहरू नै विश्वको मालिक थिए, यिनको राज्यमा अवश्य सुख-शान्ति थियो। ५ हजार वर्षको कुरा हो, जब यिनको राज्य थियो। आधा कल्पपछि पुरानो दुनियाँ भनिन्छ त्यसैले व्यापारीहरूले स्वस्तिका राख्छन्, बाकसमा। यसको पनि अर्थ छ नि। उनले त गणेश भनिदिन्छन्। गणेशलाई फेरि विघ्न विनाशक देवता सम्झन्छन्। स्वस्तिकामा पूरा ४ भाग हुन्छ। यो सबै हो भक्तिमार्ग। अहिले दीपावली मनाउँछन्, वास्तवमा सच्चा-सच्चा दीपावली यादको यात्रा नै हो जसबाट आत्माको ज्योति २१ जन्मको लागि प्रज्वलित हुन्छ। धेरै कमाई हुन्छ। तिमी बच्चाहरूलाई धेरै खुसी हुनुपर्छ। अब तिम्रो नयाँ खाता सुरु हुन्छ– नयाँ दुनियाँको लागि। अहिले २१ जन्मको लागि खातामा जम्मा गर्नु छ। बाबा बच्चाहरूलाई सम्झाउनु हुन्छ– आफूलाई आत्मा सम्झेर सुनिरहेका छौ? आत्मा सम्झेर सुनेमा खुसी पनि हुन्छ। बाबाले हामीलाई पढाउनु हुन्छ। भगवानुवाच पनि छ नि। भगवान त एउटै हुनुहुन्छ। अवश्य उहाँ आएर शरीर लिनुहुन्छ, त्यसैले भगवानुवाच भनिन्छ। यो पनि कसैलाई थाहा छैन त्यसैले नेती-नेती भन्दै आएका छन्। भन्छन् पनि, उहाँ परमपिता परमात्मा हुनुहुन्छ। फेरि भनिदिन्छन्– हामीले जान्दैनौं। भन्छन् पनि– शिवबाबा, ब्रह्मालाई पनि बाबा भन्छन्। विष्णुलाई कहिल्यै बाबा भन्दैनन्। प्रजापिता त बाबा हुन् नि। तिमी हौ बी.के., प्रजापिता नाम नभएपछि बुझ्दैनन्। यति धेरै बी.के. छन् भने अवश्य प्रजापिता नै हुनुपर्छ। त्यसैले प्रजापिता शब्द अवश्य लेख। अनि सम्झन्छन्– प्रजापिता त हाम्रै बाबा हुनुहुन्छ। नयाँ सृष्टि अवश्य प्रजापिताद्वारा नै रचिन्छ। हामी आत्माहरू भाइ-भाइ हौं फेरि शरीर धारण गरेर भाइ-बहिनी हुन्छौं। बाबाका बच्चाहरू त अविनाशी हुन् फेरि साकारमा बहिनी-भाइ हुनुपर्छ। त्यसैले नाम छ प्रजापिता ब्रह्मा। तर ब्रह्मालाई हामी कसैले याद गर्दैनौं। याद लौकिकलाई र पारलौकिकलाई गर्छन्। प्रजापिता ब्रह्मालाई कसैले याद गर्दैनन्। दु:खमा बाबालाई स्मरण गर्छन्, ब्रह्मालाई होइन। भन्छन्– हे भगवान। हे ब्रह्मा! भन्दैनन्। सुखमा त कसैलाई पनि याद गर्दैनन्। त्यहाँ सुख नै सुख हुन्छ। यो पनि कसैलाई थाहा छैन। तिमीले जानेका छौ– यस समयमा हुनुहुन्छ ३ बाबा। भक्तिमार्गमा लौकिक र पारलौकिक बाबालाई याद गर्छन्। सत्ययुगमा केवल लौकिकलाई याद गर्छन्। संगममा ३ बाबालाई याद गर्छन्। लौकिक पनि छन् तर जानेका छन्– यी हुन् हदको बाबा। उनीबाट हदको वर्सा मिल्छ। अहिले हामीले बेहदको बाबा पाएका छौं, जसबाट बेहदको वर्सा मिल्छ। यो बुझ्ने कुरा हो। अहिले बेहदको बाबा आउनु भएको छ ब्रह्माको तनमा, हामी बच्चाहरूलाई बेहदको सुख दिन। उहाँको बनेपछि हामीले बेहदको वर्सा पाउँछौं। यो मानौं हजुर बुबाको वर्सा मिल्छ, त्यसैगरी ब्रह्माद्वारा उहाँले भन्नुहुन्छ– तिमीलाई मैले वर्सा दिन्छु, मैले पढाउँछु। ज्ञान मसँग छ। बाँकी न मनुष्यहरूमा ज्ञान छ, न देवताहरूमा। ज्ञान छ मसँग, जुन म तिमी बच्चाहरूलाई दिन्छु। यो हो रूहानी ज्ञान।

तिमीले जानेका छौ– रूहानी बाबाद्वारा हामीलाई यो पद मिल्छ। यसप्रकार विचार सागर मंथन गर्नुपर्छ। गायन छ– मनले जित्यो जित, मनले हार्यो हार..... वास्तवमा भन्नुपर्छ– मायामाथि जित किनकि मनलाई त जित्ने होइन। मनुष्य भन्छन्– मनलाई शान्ति कसरी हुन्छ? बाबा भन्नुहुन्छ– आत्माले कसरी भन्छ, मनलाई शान्ति चाहियो। आत्मा त हो नै शान्तिधाममा रहने। आत्मा जब शरीरमा आउँछ तब कार्य गर्न लाग्छ। बाबा भन्नुहुन्छ– तिमी अब स्वधर्ममा टिक, आफूलाई आत्मा सम्झ। आत्माको स्वधर्म हो शान्ति। बाँकी शान्ति कहाँ खोज्ने? यसमा रानीको पनि दृष्टान्त छ, हारको। संन्यासीहरूले दृष्टान्त दिन्छन् तर फेरि स्वयं जंगलमा गएर शान्ति खोज्छन्। बाबा भन्नुहुन्छ– तिमी आत्माको धर्म नै शान्ति हो। शान्तिधाम तिम्रो घर हो, जहाँबाट पार्ट खेल्न तिमी आउँछौ। शरीरद्वारा फेरि कर्म गर्नु पर्ने हुन्छ। शरीरबाट अलग भएपछि सन्नाटा हुन्छ। आत्माले गएर अर्को शरीर लियो फेरि चिन्ता किन गर्नुपर्छ? फर्केर कहाँ आउँछ? तर मोहले सताउँछ। त्यहाँ तिमीलाई मोहले सताउँदैन। त्यहाँ ५ विकार हुँदैनन्। रावण राज्य नै हुँदैन। त्यो हो रामराज्य। सदैव रावण राज्य भइरह्यो भने त फेरि मनुष्य थाक्छन्। कहिल्यै सुख देख्न पाउँदैनन्। अहिले तिमी आस्तिक बनेका छौ र त्रिकालदर्शी पनि बनेका छौ। मनुष्यले बाबालाई चिनेका छैनन् त्यसैले नास्तिक भनिन्छ।

अहिले तिमी बच्चाहरूलाई थाहा छ– यी शास्त्र आदि जो बितिसकेका छन्, यो सबै हो भक्ति मार्ग। अहिले तिमी छौ ज्ञान मार्गमा। बाबाले तिमी बच्चाहरूलाई कति प्यारसँग नयनमा बसाएर लैजानुहुन्छ। बाबा भन्नुहुन्छ– मैले गलाको हार बनाएर सबैलाई लिएर जान्छु। सबैले पुकार्छन्। जो काम चितामाथि बसेर काला भएका छन् उनलाई ज्ञान चितामाथि बसाएर, हिसाब-किताब चुक्ता गराएर, फर्काएर लैजानुहुन्छ। अब तिम्रो काम छ पढाइसँग, अरू कुरामा किन जानु छ। कसरी मर्छन्, के होला.... यी कुरामा हामी किन जाने? यो त विनाशको समय हो, सबै हिसाब-किताब चुक्ता गरेर फर्केर जान्छन्। यो बेहदको ड्रामाको रहस्य तिमी बच्चाहरूको बुद्धिमा छ, अरू कसैले जानेका छैनन्। बच्चाहरूले जानेका छन्– हामी बाबाको पासमा कल्प-कल्प आउँछौं, बेहदको वर्सा लिन। हामी जीव आत्माहरू हौं। बाबाले पनि देहमा आएर प्रवेश गर्नु भएको छ। बाबा भन्नुहुन्छ– म साधारण तनमा आउँछु, यिनलाई पनि बसेर सम्झाउँछु– तिमीले आफ्नो जन्मलाई जान्दैनौ। अरू कसैले यसो भन्न सक्दैन– प्यारा बच्चाहरू! देही-अभिमानी बन, बाबालाई याद गर। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–

१) यादको यात्रामा रहेर सच्चा-सच्चा दीपावली सधैं मनाउनु छ। आफ्नो नयाँ खातामा २१ जन्मको लागि जम्मा गर्नु छ।

२) ड्रामाको रहस्यलाई बुद्धिमा राखेर पढाइ सिवाय अरू कुनै पनि कुरामा जानु छैन। सबै हिसाब किताब चुक्ता गर्नु छ।

वरदान:–

लगनको अग्निद्वारा एक दीपकबाट अनेक दीपक बाल्ने सच्चा सेवाधारी भव

जसरी दीपावलीमा एउटा दीपकबाट अनेक दीपक बाल्छन्, दीपमाला मनाउँछन्। दीपकमा अग्नि हुन्छ, त्यस्तै तिमी दीपकहरूमा पनि लगनको अग्नि छ। यदि एक एक दीपकको एक दीपकसँग लगन लागेमा यही सच्चा दीपावली हो। हेर्नु छ– म दीपक लगन लगाएर अग्निरूप बन्ने, आफ्नो प्रकाशले अज्ञानताको अन्धकार मेटाउनेवाला सच्चा सेवाधारी हुँ?

स्लोगन:–

एक बल एक भरोसा– यो पाठलाई सदा पक्का गर्यौ भने बीच भुमरीबाट सजिलैसँग निस्कन्छौ।