13.11.23          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे तिम्रो सच्चा सच्चा दीपावली त नयाँ दुनियाँमा हुन्छ , त्यसैले यस पुरानो दुनियाँका झुटो उत्सव आदि हेर्ने तिम्रो मन हुन हुँदैन।

प्रश्न:
तिमी होली हंस हौ, तिम्रो कर्तव्य के हो?

उत्तर:
तिम्रो मुख्य कर्तव्य हो एक बाबाको यादमा रहनु एवं सबैको बुद्धियोग एक बाबासँग जुटाउनु। तिमी पवित्र बन्छौ र सबैलाई पवित्र बनाउँछौ। तिमी सदा मनुष्यलाई देवता बनाउने कर्तव्यमा तत्पर रहनु छ। सबैलाई दु:खबाट मुक्त गरेर, गाइड बनेर मुक्ति, जीवनमुक्तिको मार्ग बताउनु छ।

गीत:
तुम्हें पाके हमने जहाँ पा लिया है...

ओम् शान्ति ।
बच्चाहरूले गीत सुन्यौ। तिमीहरूले भन्छौ हामीले स्वर्गको रजाइँको वर्सा प्राप्त गर्छौं। त्यसलाई कहिल्यै कसैले जलाउन सक्दैन, कसैले छिन्न सक्दैन, त्यो वर्सा हामीबाट कसैले जितेर लैजान सक्दैन। आत्मालाई बाबाबाट वर्सा प्राप्त हुन्छ, यस्ता बाबालाई अवश्य मातापिता पनि भनिन्छ। मातापितालाई पहिचान गर्ने नै यस संस्थामा आउनसक्छ। बाबा पनि भन्नुहुन्छ म बच्चाहरूको सम्मुख प्रत्यक्ष भएर पढाउँछु, राजयोग सिकाउँछु। बच्चाहरू आएर जीवन छँदै बेहदका बाबालाई आफ्नो बनाउँछन्। धर्मपुत्र जीवन छँदै बनाइन्छ। भन्छन्, हजुर हाम्रो हुनुहुन्छ, हामी हजुरका हौं। तिमी मेरो किन बनेका हौ? भन्छौ बाबा, हजुरसँग स्वर्गको वर्सा लिन हामी हजुरको बनेका हौं। ठिक छ, यस्ता बाबासँग कहिल्यै पनि सम्बन्ध विच्छेद नगर। नत्र परिणाम के हुन्छ होला? स्वर्गको रजाइँको पूरा वर्सा तिमीले पाउन सक्नेछैनौ। बाबा मम्मा महाराजा महारानी बन्नुहुन्छ हैन, त्यसैले पुरुषार्थ गरेर यति धेरै वर्सा प्राप्त गर्नु छ। तर बच्चाहरूले पुरुषार्थ गर्दागर्दै छोडिदिन्छन्। फेरि गएर विकारमा फस्छन् वा नर्कमा गिर्छन्। हेल नर्कलाई, हेविन स्वर्गलाई भनिन्छ। भन्छन् सदा स्वर्गको मालिक बन्नको लागि हामीले बाबालाई आफ्नो बनाउँछौं किनकि अहिले हामी नर्कमा छौं। हेविनली गड फादर, जो स्वर्गका रचयिता हुनुहुन्छ, उहाँ नआएसम्म कोही स्वर्गमा जानसक्दैन। उहाँको नाम नै हो स्वर्गको रचयिता। यो पनि तिमीले अहिले जान्दछौ। बाबाले भनिरहनु भएको छ प्यारा बच्चाहरू! तिमीहरूले सम्झन्छौ, अवश्य बाबाबाट वर्सा प्राप्त गर्नको लागि ५ हजार वर्ष पहिला जस्तै हामी बाबाको पासमा आएका छौं। तर फेरि पनि चल्दा चल्दै मायाको तुफानले एकदम बर्बाद गरिदिन्छ। फेरि पढाइ छोडिदिन्छन्, अर्थात् मर्छन्। ईश्वरको बनेर फेरि यदि हात छोडिदियो भने मानौं नयाँ दुनियाँबाट मरेर पुरानो दुनियाँमा गयो। स्वर्गका रचयिताले नै नर्क दु:खबाट मुक्त गराएर फेरि गाइड बनेर मीठो प्यारो शान्तिधाममा लैजानु हुन्छ, जहाँबाट हामी आत्माहरू आएका हौं। फेरि मीठो प्यारो स्वर्गको रजाइँ दिनुहुन्छ। दुई कुरा दिन बाबा आउनु हुन्छ गति एवं सद्गति। सत्ययुग हो सुखधाम, कलियुग हो दु:खधाम एवं जहाँबाट आत्माहरू आउँछन् त्यो हो शान्तिधाम। यहाँ बाबा हुनुहुन्छ नै शान्तिदाता, भविष्यको लागि सुखदाता। यो अशान्त देशबाट पहिला शान्ति देशमा जानेछौं। त्यसलाई मीठो प्यारो शान्तिधाम भनिन्छ, हामी रहने नै त्यहीं हो। हाम्रो शान्तिधाम त्यो हो- यो कुरा आत्माले भन्छ, फेरि हामी जसले यस समयमा यो ज्ञान पढ्छौं यसबाट हामीलाई स्वर्गको राजधानी प्राप्त हुन्छ। बाबाको नाम नै हो स्वर्गको रचयिता, मुक्तिदाता, गाइड, ज्ञानको सागर, आनन्दको सागर। बाबा रहमदिल पनि हुनुहुन्छ। उहाँले सबै प्रति दया गर्नुहुन्छ। तत्त्वलाई पनि दया गर्नुहुन्छ। सबै दु:खबाट छुट्छन्। दु:ख त जनावर आदि सबैलाई हुन्छ हैन! कसैलाई पिट्यो भने दु:ख हुन्छ नि। बाबा भन्नुहुन्छ मनुष्य मात्र त के सबैलाई दु:खबाट मुक्त गर्छु। तर जनावरलाई त लैजान्न। यो मनुष्यको कुरा हो। यस्ता बेहदका पिता एक मात्रै हुनुहुन्छ अरू सबैले त दुर्गतिमा लैजान्छन्। तिमी बच्चाहरूलाई थाहा छ बेहदका बाबाले नै स्वर्गको वा मुक्तिधामको उपहार दिनुहुन्छ। वर्सा दिनुहुन्छ नि। सबैभन्दा उच्च एक बाबा हुनुहुन्छ। सबै भक्तहरूले उहाँ भगवान बाबालाई याद गर्छन्। क्रिश्चियनहरूले पनि परमात्मालाई याद गर्छन्। स्वर्गका रचयिता हुनुहुन्छ परमपिता परमात्मा शिव। उहाँ नै ज्ञानको सागर, आनन्दको सागर हुनुहुन्छ। यसको अर्थ पनि तिमी बच्चाहरूलाई थाहा छ। तिमीहरूमा पनि नम्बरवार छन्। कोही त बिलकुल यस्ता छन् जसलाई जति नै ज्ञान शृङ्गार गरे पनि विकारमा गिर्छन्, फोहोरी दुनियाँमा आकर्षित हुन्छन्।

कति बच्चाहरू दीपावली हेर्न जान्छन्। वास्तवमा मेरा बच्चाहरूले यो झुटो दीपावली हेर्न सक्दैनन्। तर ज्ञान छैन भने त मन हुन्छ। जब तिमी पवित्र बन्छौ तब सत्ययुगमा तिम्रो दीपावली हुन्छ। तिमी बच्चाहरूले बुझाउनु पर्छ, बाबा आउनु हुन्छ नै मीठो प्यारो परमधाम वा मीठो प्यारो स्वर्गमा लैजान। जसले राम्रोसँग पढ्नेछ धारण गर्नेछ, उही स्वर्गको राजधानीमा आउँछ। तर तकदिर पनि हुनुपर्यो नि। श्रीमतमा नचल्ने हो भने श्रेष्ठ बन्दैनन्। यो हो नै श्री शिव भगवानुवाच। जबसम्म मनुष्यलाई पिताको पहिचान मिल्दैन तबसम्म भक्ति गरिरहन्छन्। जब निश्चय पक्का हुन्छ त्यसपछि त फेरि भक्ति आफै छुट्नेछ। तिमी हौ पवित्र। परमपिता परमात्माको निर्देशन अनुसार तिमीले सबैलाई पवित्र बनाउँछौ। तिनीहरूले त केवल हिन्दुहरू वा मुसलमानहरूलाई क्रिश्चियन बनाउँछन्। तिमीले त आसुरी मनुष्यलाई पवित्र बनाउँछौ। जब पवित्र बन्छौ तब स्वर्ग वा परमधाममा जानसक्छौ। एक बाबा दोस्रो न कोही (नन बट वन), तिमीले केवल एक बाबा बाहेक अरू कसैको याद गर्दैनौ। एक बाबाबाट नै वर्सा प्राप्त हुने भएपछि अवश्य उहाँ एक बाबालाई नै याद गर्नेछौ। तिमीले पवित्र बनेर अरूलाई पवित्र बनाउन मदत गर्छौ। ती क्रिश्चियन नन्स (भिक्षुणी महिला) ले कसैलाई पवित्र बनाउँदैनन्, न आफू समान नन्स बनाउँछन्। केवल हिन्दुबाट क्रिश्चियन बनाउँछन्। तिमी पवित्र नन्सहरूले पवित्र पनि बनाउँछौ र सबै आत्माहरूको एक परमपिता परमात्मासँग बुद्धियोग पनि जुटाउँछौ। गीतामा पनि छ नि देहसहित देहका सबै सम्बन्धलाई छोडेर आफूलाई आत्मा सम्झेर बाबालाई याद गर। फेरि ज्ञान धारण गर्नाले नै रजाइँ मिल्छ। बाबाको यादबाट नै सदा स्वस्थ बन्छौ एवं ज्ञानबाट सदा सम्पन्न बन्छौ। बाबा त हुनुहुन्छ नै ज्ञानका सागर। सबै वेद शास्त्रको सार बताउनु हुन्छ। ब्रह्माको हातमा शास्त्र देखाउँछन् नि। यी उनै ब्रह्मा हुन्। शिवबाबाले यिनका माध्यमबाट सबै वेद शास्त्रहरूको सार सम्झाउनु हुन्छ। उहाँ हुनुहुन्छ ज्ञानको सागर। यिनीद्वारा तिमीलाई ज्ञान प्राप्त प्राप्त भइरहन्छ। तिमीद्वारा फेरि अरूलाई मिलिरहन्छ।

कति बच्चाहरूले भन्छन् बाबा, हामीले यो रुहानी अस्पताल खोल्छौं, जहाँ रोगी मनुष्य आएर निरोगी बन्छन् र स्वर्गको वर्सा लिन्छन्, आफ्नो जीवन सफल बनाउँछन् र धेरै सुख पाउँछन्। त्यसैले तिनीहरूलाई अवश्य पनि यति सबैको आशीर्वाद मिल्छ। बाबाले त्यतिबेला पनि सम्झाउनु भएको थियो गीता, भागवत, वेद, उपनिषद् आदि सबै जति पनि भारतवर्षका शास्त्रहरू छन्, यी शास्त्रहरू अध्ययन गर्नु, यज्ञ, तप, व्रत, नियम, तीर्थ आदि गर्नु यी सबै भक्तिमार्गका सामग्रीरूपी महीजस्तै हुन्। एउटै श्रीमत भगवत गीताका भगवानबाट मक्खन प्राप्त हुन्छ। श्रीमत भगवत गीताको पनि खण्डन भएको छ, जहाँ ज्ञानसागर पतित-पावन निराकार परमपिता परमात्माको सट्टा श्रीकृष्णको नाम राखेर मही बनाइदिएका छन्। यो एउटै कति ठुलो भुल हो। अहिले तिमी बच्चाहरूलाई ज्ञानसागरले डाइरेक्ट ज्ञान दिइरहनु भएको छ। अहिले तिमीलाई थाहा छ यो सृष्टिचक्र कसरी घुम्छ, सृष्टिरूपी कल्पवृक्षको वृद्धि कसरी हुन्छ? तिमी ब्राह्मण हौ शिखा, शिवबाबा हुनुहुन्छ ब्राह्मणहरूको पिता। फेरि ब्राह्मणबाट देवता अनि फेरि क्षत्रिय, वैश्य, शूद्र बन्छौ। यो भयो बाजोली। यसलाई ८४ जन्मको चक्र भनिन्छ। वेद सम्मेलन गर्नेलाई पनि तिमीले सम्झाउन सक्छौ। भक्ति हो मही, ज्ञान हो नौनी जसबाट मुक्ति-जीवनमुक्ति प्राप्त हुन्छ। यदि हजुरलाई विस्तारमा ज्ञान बुझ्नु छ भने धैर्यवत् भएर सुन्नुहोला। ब्रह्माकुमारीहरूले हजुरलाई सम्झाउन सक्छन्। शास्त्रमा लेखिएको छ भीष्म पितामह, अश्वत्थामा आदिलाई पछि गएर यी बच्चाहरूले ज्ञान दिएका हुन्। अन्त्यमा यो सबै बुझ्नेछन् यिनीहरूले त ठिकै भन्छन्। अन्त्यमा अवश्य आउँछन् । तिमीले प्रदर्शनी गर्छौ, कति हजारौं मनुष्य आउँछन् तर निश्चयबुद्धि सबै कहाँ बन्छन् र! करोडौंमा कोही नै निस्किन्छन् जसले राम्रोसँग बुझेर निश्चय गर्छन्। अच्छा!

मीठे-मीठे सिकीलधे लक्की ज्ञान सिताराहरूप्रति माता-पिता बापदादाको नम्बरवार पुरुषार्थ अनुसार याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) पवित्र बनेर आफूसमान पवित्र बनाउनु छ। एक बाबा सिवाय अरू कसैको पनि याद गर्नु छैन।

२) अनेक आत्माहरूको आशीर्वाद लिनको लागि रुहानी अस्पताल खोल्नु छ। सबैलाई गति-सद्गतिको मार्ग बताउनु छ।

वरदान:
ब्रह्माबाबालाई अनुसरण गरेर फस्ट ग्रेडमा आउने बाबासमान भव

सबै बच्चाहरूको ब्रह्मा बाबासँग धेरै प्यार छ, प्यारको निसानी हो समान बन्नु। यसमा सदा यही लक्ष्य राख पहिला म, ईर्ष्यावश पहिला म होइन, त्यसले नोक्सान पार्छ। तर फलो फादर गर्नमा पहिला म भनेर अनुसरण गर्यौ भने पहिलाको साथमा तिमी पनि पहिला हुनेछौ। जसरी ब्रह्माबाबा पहिलो नम्बर बने, त्यसैगरी फलो गर्नेवालाले पनि पहिलो नम्बर हुने लक्ष्य राख। जसले सुरुआत गर्छ, ऊ नै पहिलो नम्बर, अर्जुन बन्छ, सबैलाई पहिलो नम्बरमा आउने मौका छ। फस्ट ग्रेड बेहदमा छ, कम छैन।

स्लोगन:
सफलतामूर्त बन्नु छ भने स्व-सेवा र अरूको सेवा साथसाथै गर।

मातेश्वरीजीका अनमोल महावाक्य: २१-०१-५७

१) यो ईश्वरीय सतसङ्ग सामान्य सतसङ्ग होइन

हाम्रो यो जुन ईश्वरीय सतसङ्ग हो, सामान्य (कमन) सतसङ्ग होइन। यो हो ईश्वरीय विद्यालय, कलेज, जुन कलेजमा नियमित अध्ययन गर्नु छ। अरूले त केवल सतसङ्ग गर्छन्, केहीबेर त्यहाँ सुन्छन् फेरि जस्ताको तस्तै बन्छन् किनकि त्यहाँ कुनै नियमित पढाइ पढ्न पाइँदैन, जहाँबाट कुनै प्रारब्ध बन्छ। त्यसैले हाम्रो सतसङ्ग सामान्य सतसङ्ग होइन। हाम्रो त ईश्वरीय कलेज हो, जहाँ परमात्मा बसेर हामीलाई पढाउनु हुन्छ र हामीले त्यो पढाइलाई पूरा धारणा गरेर उच्च पद प्राप्त गर्छौं। जसरी विद्यालयमा शिक्षकले दिनहुँ पढाएर उपाधि (डिग्री) दिन्छन् त्यसैगरी यहाँ पनि स्वयं परमात्माले गुरु, पिता, शिक्षकका रूपमा हामीलाई पढाएर सर्वोत्तम देवी-देवता पद प्राप्त गराउनु हुन्छ। त्यसैले यो विद्यालयमा भर्ना हुन आवश्यक छ। यहाँ कुनचाहिँ शिक्षा प्राप्त हुन्छ, यहाँ आउनेले यो ज्ञान अवश्य बुझ्नु छ? यो शिक्षालाई प्राप्त गर्नाले हामीलाई के प्राप्ति होला। हामीले त जानिसकेका छौं कि हामीलाई स्वयं परमात्मा आएर डिग्री पास गराउनु हुन्छ र फेरि एकै जन्ममा सारा कोर्स पूरा गर्नु छ। त्यसैले जसले सुरुबाट लिएर अन्त्यसम्म यो ज्ञानलाई पूरा पढ्छ त्यो नै पूरा पास हुन्छ, तर जो कोर्सको बीचमा आउँछन् उनीहरूले त्यति ज्ञान लिने छैनन्, उनलाई के थाहा पहिलाको कोर्स के चल्यो? त्यसैले यहाँ नियमित पढ्नु छ, यस ज्ञानलाई जान्नाले नै अगाडि बढिन्छ त्यसैले नियमित अध्ययन गर्नु छ।

२) परमात्माको सच्चा बच्चा बनेर कुनै संशयमा आउनु हुँदैन

परमात्मा स्वयं यस सृष्टिमा आउनु भएको छ भने उहाँ परमात्मालाई हामीले पक्का हात दिनु छ तर पक्का सच्चा बच्चाले नै बाबालाई हात दिनसक्छ। यहाँ बाबाको हात कहिल्यै नछोड्नु, यदि छोड्यौ भने फेरि अनाथ बनेर कहाँ जान्छौ! जब परमात्माको हात समात्यौ भने फेरि सूक्ष्ममा पनि यस्तो सङ्कल्प गर्नु हुँदैन मैले छोडिदिउँ वा बाबामा संशय हुनु हुँदैन। थाहा छैन मैले पार लगाउँला कि नलगाउँला, कोही यस्ता पनि बच्चाहरू छन् जसले पितालाई नचिनेका हुनाले पिताका सामुन्ने पनि आउँछन् र यस्तो पनि भनिदिन्छन् हामीलाई कसैको परवाह छैन। यदि यस्तो ख्याल आयो भने त त्यस्ता नालायक बच्चाको सम्हाल पिताले कसरी गर्नुहोला, त्यसपछि त मानौं जसरी पनि गिर्यो किनकि मायाले त गिराउने धेरै कोसिस गर्छ किनकि कतिसम्म योद्धा बलवान् छ भनेर परीक्षा त अवश्य लिन्छ। अब यो पनि आवश्यक छ, जति जति हामी प्रभुसँग बलवान् बन्दै जान्छौं त्यति माया पनि बलवान् बनेर हामीलाई गिराउने कोसिस गर्नेछ। जोडी पूरा हुन्छ, जति प्रभु बलवान् हुनुहुन्छ मायाले पनि त्यत्तिकै बल देखाउँछ, तर हामीलाई त पक्का निश्चय छ अन्त्यमा परमात्मा महा बलवान् हुनुहुन्छ र अन्त्यमा उहाँकै विजय हुन्छ। श्वास-श्वास यो विश्वासमा टिक्नु छ, मायाले आफ्नो बल देखाउँछ, उसले प्रभुका अगाडि आफ्नो कमजोरी देखाउँदैन, एकपटक पनि कमजोर बन्यो भने समाप्त हुन्छ, त्यसैले मायाले आफ्नो शक्ति देखाए पनि हामीले मायापतिको हात छोड्नु छैन, जसले त्यो हात पूरा समात्छ, सम्झ उसैको विजय हुन्छ। जब परमात्मा हाम्रो मालिक हुनुहुन्छ भने हात छोड्ने सङ्कल्प आउनु हुँदैन। परमात्मा भन्नुहुन्छ प्यारा बच्चाहरू! जब म स्वयं समर्थ छु भने मेरो साथमा हुँदा तिमी पनि अवश्य समर्थ बन्छौ। बच्चाहरूले बुझ्यौ!