14.01.21 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– बाबाले
तिमीलाई जुन पढाइ पढाउनु हुन्छ त्यो बुद्धिमा राखेर सबैलाई पढाउनु छ , सबैलाई बाबा
र सृष्टि चक्रको परिचय दिनु छ।”
प्रश्न:–
आत्माले
सत्ययुगमा पनि पार्ट खेल्छ र कलियुगमा पनि, तर फरक के छ?
उत्तर:–
सत्ययुगमा जब पार्ट खेल्छ त्यतिबेला कुनै पाप कर्म हुँदैन, त्यहाँ सबै कर्म अकर्म
हुन्छन् किनकि रावण हुँदैन। फेरि कलियुगमा जब पार्ट खेल्छ अनि सबै कर्म विकर्म वा
पाप बन्छन् किनकि यहाँ विकार छ। अहिले तिमी छौ संगममा। तिमीलाई सारा ज्ञान छ।
ओम् शान्ति ।
अहिले यो कुरा
त बच्चाहरूले जानेका छन्– हामी बाबाको सामुन्ने बसेका छौं। बाबाले पनि जान्नुहुन्छ
बच्चाहरू मेरो सामुन्ने बसेका छन्। तिमीले यो पनि जानेका छौ– बाबाले हामीलाई शिक्षा
दिनुहुन्छ, जो फेरि अरूलाई दिनु छ। सबैभन्दा पहिला त बाबाको नै परिचय दिनुपर्छ किनकि
सबैले बाबा र बाबाको शिक्षालाई बिर्सिएका छन्। अहिले बाबाले जे पढाउनु हुन्छ, त्यो
पढाइ पढ्न फेरि ५ हजार वर्षपछि पाइन्छ। यो ज्ञान अरू कसैलाई हुँदैन। मुख्य हो बाबाको
परिचय। फेरि यो पनि सम्झाउनु छ– हामी सबै भाइ-भाइ हौं। सारा दुनियाँका जुन सबै
आत्माहरू छन्, सबै आपसमा भाइ-भाइ हुन्। सबैले आफूलाई प्राप्त भएको पार्ट यो
शरीरद्वारा खेल्छन्। अहिले त बाबा आउनु भएको छ नयाँ दुनियाँमा लिएर जानको लागि,
जसलाई स्वर्ग भनिन्छ। तर हामी सबै भाइहरू पतित छौं, एउटा पनि पावन छैनौं। सबै
पतितहरूलाई पावन बनाउनेवाला हुनुहुन्छ नै एक बाबा। यो हो नै पतित, विकारी,
भ्रष्टाचारी रावणको दुनियाँ। रावणको अर्थ हो नै ५ विकार स्त्रीमा, ५ विकार पुरुषमा।
बाबाले धेरै सरल रीतिसँग सम्झाउनु हुन्छ। तिमीले पनि यसैगरी सम्झाउन सक्छौ। त्यसैले
सबैभन्दा पहिला यो सम्झाऊ– उहाँ हामी आत्माहरूका पिता हुनुहुन्छ। हामी सबै भाइ-भाइ
हौं। सोध, यो ठीक हो? लेख– हामी सबै भाइ-भाइ हौं। हाम्रा पिता पनि एउटै हुनुहुन्छ,
हामी सबै आत्माका उहाँ परम आत्मा, उहाँलाई परमपिता भनिन्छ। यो कुरामा मनमा पक्का
निश्चय बसायौ भने सर्वव्यापी आदिको विश्वास पहिला नै निस्कन्छ। पहिला बाबाको बारेमा
पढ्नु छ। भन, बसेर यो राम्ररी लेख्नुहोस्। पहिला सर्वव्यापी भन्दथें, अहिले सम्झन्छु–
सर्वव्यापी हुनुहुन्न। हामी सबै भाइ-भाइ हौं, सबै आत्माहरूले भन्छन्– गड फादर,
परमपिता। पहिला त यो निश्चय गराउनु छ– हामी आत्मा हौं, परमात्मा होइनौं। न हामीमा
परमात्मा व्याप्त हुनुहुन्छ। सबैमा आत्मा व्याप्त छ। आत्माले शरीरको आधारमा पार्ट
खेल्छ, यो निश्चय गराऊ। ठीकै छ, फेरि उहाँ बाबाले सृष्टिको आदि-मध्य-अन्त्यको ज्ञान
पनि सुनाउनु हुन्छ, अरू त कसैले पनि जान्दैन– यो सृष्टि चक्रको अवधि कति हो। बाबाले
नै शिक्षकका रूपमा बसेर सम्झाउनु हुन्छ। लाखौं वर्षको त कुरै होइन। यो चक्र अनादि,
एक्युरेट बनिबनाउ छ, यो कुरा जान्नुपर्छ। सत्ययुग-त्रेता बिते, नोट गर। त्यसलाई
भनिन्छ स्वर्ग र अर्ध-स्वर्ग। जहाँ देवी-देवताहरूको राज्य चल्छ, ती १६ कला, उनी १४
कला। बिस्तारै-बिस्तारै कलाहरू कम हुँदै जान्छन्। दुनियाँ पुरानो त अवश्य हुन्छ नि।
सत्ययुगको प्रभाव धेरै ठूलो छ। नामै छ स्वर्ग, हेभन, नयाँ दुनियाँ..... त्यसैको
महिमा गर्नु छ। नयाँ दुनियाँमा हुन्छ नै एक आदि सनातन देवी-देवता धर्म। पहिला बाबाको
परिचय फेरि चक्रको परिचय दिइन्छ। चित्र पनि तिमीसँग छन्– निश्चय गराउनको लागि। यो
सृष्टिको चक्र घुमिरहन्छ। सत्ययुगमा लक्ष्मी-नारायणको राज्य थियो, त्रेतामा
राम-सीताको। यो भयो आधाकल्प, दुई युग बिते फेरि आउँछ द्वापर-कलियुग। द्वापरमा रावण
राज्य। देवता वाममार्गमा जान्छन् अनि विकारको चलन चल्छ। सत्ययुग-त्रेतामा सबै
निर्विकारी रहन्छन्। एक आदि सनातन देवी-देवता धर्म हुन्छ। चित्र पनि देखाउनु पर्छ,
मुखले पनि सम्झाउनु पर्छ। टिचर बनेर बाबाले हामीलाई यसरी पढाउनु हुन्छ। बाबाले आफ्नो
परिचय स्वयं आएर दिनुहुन्छ। स्वयं भन्नुहुन्छ– म आउँछु पतितलाई पावन बनाउन त्यसैले
मलाई शरीर अवश्य चाहिन्छ। नत्र कुरा कसरी गरुँ। म चैतन्य हुँ, सत्य हुँ र अमर छु।
आत्मा सतो, रजो, तमोमा आउँछ। आत्मा नै पावन र पतित बन्छ त्यसैले भनिन्छ पतित आत्मा,
पावन आत्मा। आत्मामा नै सबै संस्कार हुन्छ। पहिलाका कर्म वा विकर्मको संस्कार
आत्माले लिएर आउँछ। सत्ययुगमा विकर्म हुँदैन। कर्म गर्छौ, पार्ट खेल्छौ, तर त्यो
कर्म अकर्म हुन्छ। गीतामा पनि शब्द छन्, अहिले तिमीले यथार्थमा बुझिरहेका छौ। जानेका
छौ– बाबा आउनु भएको छ पुरानो दुनियाँलाई परिवर्तन गर्न, नयाँ दुनियाँ बनाउन। जहाँ
कर्म अकर्म हुन्छ, त्यसैलाई सत्ययुग भनिन्छ र फेरि जहाँ सबै कर्म, विकर्म हुन्छ
त्यसलाई कलियुग भनिन्छ। तिमी अहिले छौ संगममा। बाबाले दुवैतर्फका कुरा सम्झाउनु
हुन्छ। सत्ययुग-त्रेता त हो पवित्र दुनियाँ, त्यहाँ कुनै पाप हुँदैन। जब रावण राज्य
सुरु हुन्छ तब मात्रै पाप हुन्छ। त्यहाँ विकारको नामै हुँदैन। चित्र त सामुन्ने छ
रामराज्य र रावण राज्य। बाबा सम्झाउनु हुन्छ– यो पढाइ हो। बाबाले सिवाय अरू कसैले
जान्दैन। यो पढाइ त तिम्रो बुद्धिमा रहनु पर्छ, बाबाको पनि याद आउँछ, चक्र पनि
बुद्धिमा आउँछ। सेकेण्डमा सबै याद आउँछ। वर्णन गर्न समय लाग्छ। यसका ३ शाखा छन्।
वृक्ष यस्तो छ, बीज र वृक्ष सेकेण्डमा याद आउँछ। यो बीज फलानो वृक्षको हो, यसबाट
यसरी फल निस्कन्छ। यो बेहदको मनुष्य सृष्टिरूपी वृक्ष कस्तो छ, यसको रहस्य तिमीले
सम्झाउँछौ। बच्चाहरूलाई सबै सम्झाइएको छ– आधाकल्प राजवंश कसरी चल्छ फेरि रावण राज्य
हुन्छ अनि जो सत्ययुग-त्रेतावासी हुन् उनै द्वापरवासी बन्छन्। वृक्ष बढ्दै गइरहन्छ।
आधाकल्पपछि रावण राज्य हुन्छ, विकारी बन्छन्। बाबाद्वारा जुन वर्सा प्राप्त भयो त्यो
आधाकल्प चल्यो। ज्ञान सुनाएर वर्सा दिनु भयो, त्यो प्रारब्ध भोग्यो अर्थात्
सत्ययुग-त्रेतामा सुख पायो। त्यसलाई सुखधाम, सत्ययुग भनिन्छ। त्यहाँ दु:ख हुँदैन।
कति सहजसँग सम्झाउनु हुन्छ। एउटालाई सम्झाउँछौ वा धेरैलाई सम्झाउँछौ? यस्तो ख्याल
गर्नुपर्छ, सम्झन्छन्– हो हो भन्छन्? भन, नोट गर्दै जाऊ। केही शंका छ भने सोध। जुन
कुरा कसैले जान्दैन त्यो मैले बुझाउँछु। तिमीले केही पनि जान्दैनौ, सोध्छौ पनि के
र?
बाबाले त यस बेहदको वृक्षको रहस्य सम्झाउनु हुन्छ। यो ज्ञान अहिले तिमीले बुझेका
छौ। बाबाले सम्झाउनु भएको छ– तिमी ८४ को चक्रमा कसरी आउँछौ। यो राम्ररी नोट गर अनि
त्यसमा विचार गर्नुपर्छ। जसरी शिक्षकले निबन्ध दिन्छन् अनि घरमा गएर दोहोर्याएर
आउँछन् नि। तिमीले पनि यो ज्ञान दिन्छौ फेरि हेर के हुन्छ। सोधिराख। एक-एक कुरा
राम्ररी सम्झाऊ। बाबा-टिचरको कर्तव्य सम्झाएर फेरि गुरुको कर्तव्य सम्झाऊ। उहाँलाई
बोलाएकै हो– हामी पतितलाई पावन बनाउनुहोस्। आत्मा पावन बन्छ अनि फेरि शरीर पनि पावन
मिल्छ। जस्तो सुन त्यस्तै गहना बन्छन्। २४ क्यारेटको सुन लिन्छौ, मिसावट गर्दैनौ अनि
गहना पनि त्यस्तै सतोप्रधान बन्छन्। मिसावट गर्नाले तमोप्रधान बनेका छौ। पहिला
सुरुमा भारतवर्ष २४ क्यारेट पक्का सुनको पंक्षी थियो अर्थात् सतोप्रधान नयाँ दुनियाँ
थियो फेरि तमोप्रधान बनेको छ। यो कुरा बाबाले नै सम्झाउनु हुन्छ– अरू कोही मनुष्य,
गुरुहरूले जानेका छैनन्। बोलाउँछन्– आएर पावन बनाउनुहोस्। त्यो त गुरुको काम हो।
वानप्रस्थ अवस्थामा मनुष्यले गुरु बनाउँछन्। वाणी भन्दा परको स्थान त हो निराकारी
दुनियाँ, जहाँ आत्माहरू रहन्छन्। यो हो साकारी दुनियाँ। दुवैको यो मिलन हो। त्यहाँ
त शरीर हुँदैन। त्यहाँ कुनै कर्म हुँदैन। बाबामा त सारा ज्ञान छ। ड्रामा योजना
अनुसार उहाँलाई भनिन्छ नै ज्ञानको सागर। उहाँ सत-चित-आनन्द स्वरूप भएका हुनाले
उहाँलाई ज्ञानको सागर भनिन्छ। बोलाउँछन् पनि– हे पतित-पावन, ज्ञानको सागर शिवबाबा।
उहाँको नाम सदैव शिव नै हो। बाँकी आत्माहरू सबै आउँछन् पार्ट खेल्न। अनि
भिन्न-भिन्न नाम धारण गर्छन्। बाबालाई बोलाउँछन् तर उनीहरूलाई केही पनि ज्ञान
हुँदैन। अवश्य भाग्यशाली रथ पनि हुनुपर्छ, जसमा बाबा प्रवेश गरेर तिमीलाई पावन
दुनियाँमा लैजानुहुन्छ। बाबाले सम्झाउनु हुन्छ– प्यारा बच्चाहरू! म यिनको तनमा आउँछु
जो धेरै जन्मको अन्त्यमा छन्, पूरा ८४ जन्म लिन्छन्। भाग्यशाली रथमा आउनु पर्छ।
पहिला नम्बरमा त हुन्छन् श्रीकृष्ण। उनी हुन् नै नयाँ दुनियाँको मालिक। फेरि उनै तल
उत्रिँदै आउँछन्। सत्ययुगबाट त्रेता, द्वापर, कलियुगमा आइपुग्छन्। अहिले फेरि तिमी
कलियुगीबाट सत्ययुगी बनिरहेका छौ। बाबा भन्नुहुन्छ– केवल म तिम्रो पितालाई याद गर।
जसमा प्रवेश गरेको छु उनको आत्मामा त अलिकति पनि ज्ञान थिएन। यिनमा म प्रवेश गर्छु
त्यसैले यिनलाई भाग्यशाली रथ भनिन्छ। नत्र सबैभन्दा उच्च त यी लक्ष्मी-नारायण हुन्,
यिनमा प्रवेश गर्नु पर्ने हो। तर उनमा परमात्मा प्रवेश गर्नुहुन्न त्यसैले उनलाई
भाग्यशाली रथ भनिदैन। रथमा आएर पतितलाई पावन बनाउनु छ, त्यसैले अवश्य पनि कलियुगी
तमोप्रधान हुन्छन् नि। स्वयं भन्नुहुन्छ– म धेरै जन्मको अन्त्यमा आउँछु। गीतामा पनि
शब्द एक्युरेट छन्। गीतालाई नै सर्वशास्त्रमयी शिरोमणि भनिन्छ। यस संगमयुगमा नै बाबा
आएर ब्राह्मण कुल र देवता कुल स्थापना गर्नुहुन्छ। धेरै जन्मको अन्त्यमा अर्थात्
संगमयुगमा नै बाबा आउनु हुन्छ। बाबा भन्नुहुन्छ– म बीजरूप हुँ। कृष्ण त हुन्
सत्ययुगका निवासी। उनलाई अरू ठाउँमा त कसैले देख्न सक्दैन। पुनर्जन्ममा त नाम, रूप,
देश, काल सबै परिवर्तन हुन्छ। स्वरूप पनि परिवर्तन हुन्छ। पहिला सानो बच्चा सुन्दर
हुन्छ फेरि ठूलो हुन्छ, उसैले फेरि शरीर छोडेर अर्को सानो शरीर लिन्छ। यो बनिबनाऊ
खेल ड्रामामा निश्चित छ। अर्को शरीर लिएपछि उनलाई कृष्ण भनिदैन। त्यो दोस्रो शरीरको
नाम आदि फेरि अर्कै हुन्छ। समय, स्वरूप, तिथि-मिति आदि सबै परिवर्तन हुन्छ। विश्वको
इतिहास-भूगोल जस्ताको तस्तै दोहोरिन्छ। यो ड्रामा दोहोरिइरहन्छ। सतो, रजो, तमोमा
आउनु नै पर्छ। सृष्टिको नाम, युगको नाम सबै परिवर्तन भइरहन्छ। अहिले यो हो संगमयुग।
म आउँछु नै संगममा। मैले तिमीलाई सारा दुनियाँको सत्य इतिहास-भूगोल बताउँछु।
सुरुबाट लिएर अन्त्य सम्मको कुरा अरू कसैले पनि जान्दैन। सत्ययुगको आयु कति थियो,
यो थाहा नभएका हुनाले लाखौं वर्ष भनिदिन्छन्। अहिले तिम्रो बुद्धिमा सबै कुरा छन्।
तिमीले मनमा यो निश्चय गर्नुपर्छ– बाबा, बाबा-टिचर-सद्गुरु हुनुहुन्छ, जसले फेरि
सतोप्रधान बन्नको लागि धेरै राम्रा युक्ति बताउनु हुन्छ। गीतामा पनि छ– देह सहित
देहका सबै धर्म छोडेर आफूलाई आत्मा सम्झ। फर्केर आफ्नो घर जानै पर्छ। भक्ति मार्गमा
कति मेहनत गर्छन्, भगवानको पासमा जानको लागि। त्यो हो मुक्तिधाम, कर्मबाट मुक्ति।
हामी निराकारी दुनियाँमा गएर बस्छौं। पार्टधारी घर गएपछि पार्टबाट मुक्त हुन्छ।
सबैले चाहन्छन् मैले मुक्ति पाउँ। मोक्ष त कसैलाई मिल्न सक्दैन। यो ड्रामा
अनादि-अविनाशी छ। कसैले भनुन्– यो आउने-जाने पार्ट मलाई मन पर्दैन, तर यसमा केही
गर्न सकिँदैन। यो ड्रामा अनादि बनेको छ। एकजनाले पनि मोक्ष पाउन सक्दैन। यी सबै हुन्
अनेक प्रकारका मनुष्य मत। यो हो श्रीमत, श्रेष्ठ बनाउनको लागि। मनुष्यलाई श्रेष्ठ
भनिदैन। देवताहरूलाई श्रेष्ठ भनिन्छ। उनीहरूका अगाडि सबैले नमस्कार गर्छन्। त्यसैले
उनीहरू श्रेष्ठ ठहरिए नि। कृष्ण देवता हुन् वैकुण्ठका राजकुमार। उनी यहाँ कसरी
आउँछन्? न उनले गीता सुनाए। शिवको अगाडि गएर भन्छन्– मलाई मुक्ति दिनुहोस्। उहाँ त
कहिल्यै जीवनमुक्त, जीवनबन्धनमा आउँदै आउनुहुन्न त्यसैले उहाँलाई पुकार्छन् मुक्ति
दिनुहोस्। जीवनमुक्ति पनि उहाँले दिनुहुन्छ। अच्छा।
मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग।
रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई
गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) हामी सबै
आत्मा रूपमा भाइ-भाइ हौं, यो पाठ पक्का गर्नु छ र गराउनु छ। आफ्नो संस्कारलाई
यादद्वारा सम्पूर्ण पावन बनाउनु छ।
२) २४ क्यारेट सच्चा सुन (सतोप्रधान) बन्नको लागि कर्म-अकर्म-विकर्मको गहन गतिलाई
बुद्धिमा राखेर अब कुनै पनि विकर्म गर्नु हुँदैन।
वरदान:–
समयमा हर गुण
वा शक्तिलाई प्रयोग गर्ने अनुभवीमूर्त भव
ब्राह्मण जीवनको
विशेषता हो अनुभव। यदि कुनै गुण वा शक्तिको अनुभूति हुँदैन भने कुनै बेला विघ्नको
वश हुन्छौ। अब अनुभूतिको कोर्स सुरु गर। हर गुण वा शक्ति रूपी खजानालाई प्रयोग गर।
जुन समय जुन गुणको आवश्यकता पर्छ, त्यतिबेला त्यसको स्वरूप बन। ज्ञानको रीतिले
बुद्धिको लकरमा खजानालाई नराख, प्रयोग गर, तब विजयी बन्न सक्छौ अनि “वाह! म कति
भाग्यशाली”को गीत सदा गाइरहने छौ।
स्लोगन:–
नाजुकपनका
संकल्पहरूलाई समाप्त गरेर शक्तिशाली संकल्प रच्नेवाला नै डबल लाइट रहन्छन्।