14.02.20          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे तिमी आत्माहरूको स्वधर्म शान्ति हो , तिम्रो देश शान्तिधाम हो , तिमी आत्मा शान्त स्वरूप हौ , त्यसैले तिमी ले शान्ति माग्न सक्दैनौ।

प्रश्न:
तिम्रो योगबलले कुनचाहिँ कमाल गर्छ?

उत्तर:
योगबलबाट तिमीले सारा दुनियाँलाई पवित्र बनाउँछौ, तिमी कति थोरै बच्चाहरूले योगबलबाट यो सारा पहाड उठाएर सुनको पहाड स्थापना गर्छौ। ५ तत्त्व सतोप्रधान हुन पुग्छ, राम्रो फल दिन्छ। सतोप्रधान तत्त्वहरूबाट यो शरीर पनि सतोप्रधान हुन्छ। त्यहाँका फल पनि ठूला-ठूला र स्वादिष्ट हुन्छन्।

ओम् शान्ति ।
जब ओम् शान्ति भनिन्छ भने धेरै खुशी हुनुपर्छ किनकि वास्तवमा आत्मा हो नै शान्त स्वरूप, उसको स्वधर्म नै शान्त हो। यसको बारेमा संन्यासीहरूले पनि भन्छन् शान्ति त तिम्रो गलाको हार हो। शान्तिलाई बाहिर कहाँ खोज्छौ? आत्मा स्वत: शान्त स्वरूप छ। यस शरीरमा पार्ट खेल्न आउनु पर्छ। आत्मा सधैं शान्त रह्यो भने कर्म कसरी गर्छ? कर्म त गर्नु नै छ। हो, शान्तिधाममा आत्माहरू शान्त रहन्छन्। त्यहाँ शरीर हुँदैन, यो कुनै पनि संन्यासी आदिले बुझ्दैनन् हामी आत्मा हौं। शान्तिधाममा रहनेवाला हौं। बच्चाहरूलाई सम्झाइएको छ शान्तिधाम हाम्रो देश हो, फेरि हामी सुखधाममा आएर पार्ट खेल्छौं फेरि रावण राज्य हुन्छ दु:खधाममा। यो ८४ जन्मको कहानी हो। भगवानुवाच छ नि अर्जुन प्रति तिमीले आफ्नो जन्मलाई जान्दैनौ। एकलाई किन भनिन्छ? किनकि एकको ग्यारेण्टी छ। यी राधा-कृष्णको त ग्यारेण्टी छ नि तब यिनलाई नै भनिन्छ। यी बाबाले पनि जानेका छन्, बच्चाहरूले पनि जानेका छन् यी सबै जो बच्चाहरू छन् सबैले त ८४ जन्म लिदैनन्। कुनै बीचमा आउँछन्, कुनै अन्त्यमा आउँछन्। यिनको त निश्चित छ। यिनलाई भनिन्छ हे बच्चे। त्यसैले यी अर्जुन भए नि। रथमा बसेका छन् नि। बच्चाहरूले स्वयं पनि बुझ्न सक्छन् हामीले जन्म कसरी लिन्छौं? सेवा नै गर्दैनन् भने सत्ययुग नयाँ दुनियाँमा पहिला कसरी आउँछन्? यिनको तकदिर कहाँ छ। पछाडि जसले जन्म लिन्छ उसको लागि घर पुरानो हुँदै जान्छ नि। मैले यिनको लागि भन्छु, जसको लागि तिमीहरूलाई पनि निश्चय छ। तिमीले पनि बुझ्न सक्छौ मम्मा-बाबाले ८४ जन्म लिनुहुन्छ। कुमारका छिन्, जनक छिन्, जुन यस्ता-यस्ता महारथी छन् उनीहरूले ८४ जन्म लिन्छन्। जसले सेवा गर्दैन ऊ केही जन्म पछि मात्र आउँछ। सम्झन्छन् म त पास हुन्न, अन्तिममा आउँछु। स्कुलमा रेस गर्दा निशानासम्म पुगेर फेरि फर्किन्छन् नि। सबै एकरस हुन सक्दैनन्। रेसमा अलिकति पाउ इन्चको पनि फरक पर्छ, प्लसमा आउँछन्। यो पनि अश्व रेस हो। अश्व घोडालाई भनिन्छ। रथलाई पनि घोडा भनिन्छ। बाँकी यो जुन देखाउँछन् दक्ष प्रजापिताले यज्ञ रचे, त्यसमा घोडालाई हवन गरे, यी सबै कुरा होइनन्। न दक्ष प्रजापिता छन्, न कुनै यज्ञ रचेका हुन्। पुस्तकहरूमा भक्तिमार्गको कति दन्त्य कथाहरू छन्। त्यसको नाम नै कथा हो। धेरै कथाहरू सुन्छन्। तिमीले त यो पढ्छौ। पढाइलाई कथा कहाँ भनिन्छ र! स्कुलमा पढ्छन्, लक्ष्य हुन्छ। हामीलाई यो पढाइबाट यो नोकरी मिल्छ। केही न केही मिल्छ। अहिले तिमी बच्चाहरू धेरै देही-अभिमानी बन्नु छ। यसमा नै मेहनत छ। बाबालाई याद गर्नाले नै विकर्म विनाश हुन्छ। मुख्य कुरा याद गर्नु हो। यस्तो होइन, म त शिवबाबाको बच्चा हुँ नै, फेरि याद के गर्ने? होइन, याद गर्नु छ आफूलाई विद्यार्थी सम्झिएर। हामी आत्माहरूलाई शिवबाबाले पढाइरहनु भएको छ। यो पनि भुल्छन्। शिवबाबा एउटै टिचर हुनुहुन्छ जसले सृष्टिको आदि-मध्य-अन्त्यको रहस्य सुनाउनु हुन्छ। यो पनि याद रहँदैन। हरेक बच्चाले आफ्नो दिलसँग सोध्नु छ कति समय बाबाको याद रहन्छ? धेरै समय त बहिर्मुखतामा नै जान्छ। यो याद नै मुख्य हो। यस योगको धेरै महिमा छ। तर योग कसले सिकाउँछ यो कसैलाई थाहा छैन। गीतामा कृष्णको नाम राखिदिएका छन्। अब कृष्णलाई याद गरेर त अलिकति पनि पाप काटिन्न किनकि उनी त शरीरधारी हुन्। पाँच तत्त्वहरूले बनेको छ। उनलाई याद गर्नु त मानौं माटोलाई याद गर्नु जस्तै भयो, ५ तत्त्वको याद भयो। शिवबाबा त अशरीरी हुनुहुन्छ। भन्नुहुन्छ अशरीरी बन, म बाबालाई याद गर। भन्छन् पनि हे पतित-पावन, त्यो त एक भयो नि। युक्तिले सोध्नुपर्छ गीताको भगवान को हो? भगवान रचयिता त एक हुनुहुन्छ। मनुष्यले आफूलाई भगवान भने तापनि यस्तो कहिल्यै भन्दैनन् तिमीहरू सबै मेरा बच्चा हौ। या त भन्छन् तत्त्वम् या भन्छन् ईश्वर सर्वव्यापी हुनुहुन्छ। हामी पनि भगवान, तिमी पनि भगवान, जहाँ हेरे पनि तपाईं नै तपाईं हुनुहुन्छ। पत्थरमा पनि तपाईं, यस्तो भन्छन्। तिमी मेरो बच्चा हौ, यो भन्न सक्दैनन्। यो त बाबाले नै भन्नुहुन्छ हे मेरा प्यारा रूहानी बच्चाहरू! यस्तो अरू कसैले भन्न सक्दैनन्। मुसलमानलाई यदि कसैले भनून् मेरा प्यारा बच्चाहरू थप्पड लगाउने छन्। उहाँ एउटै पारलौकिक बाबाले भन्न सक्नुहुन्छ। अरू कसैले सृष्टिको आदि-मध्य-अन्त्यको ज्ञान दिन सक्दैन। ८४ को सीँढीको रहस्य निराकार बाबा बाहेक कसैले सम्झाउन सक्दैन। उहाँको वास्तविक नाम हो नै शिव। यो त मनुष्यले अथाह नाम राखिदिएका छन्। अनेक भाषाहरू छन्। त्यसैले आ-आफ्नो भाषामा नाम राख्छन्। जस्तै बम्बईमा बबुलनाथ भन्छन्, तर त्यसको अर्थ कहाँ सम्झन्छन् र! तिमीले सम्झन्छौ काँडालाई फूल बनाउनेवाला हुनुहुन्छ। भारतवर्षमा शिवबाबाका हजारौं नाम छन्। अर्थ केही पनि जानेका छैनन्। बाबाले बच्चाहरूलाई नै सम्झाउनु हुन्छ। त्यसमा पनि माताहरूलाई बाबाले धेरै अगाडि राख्नुहुन्छ। आजकल नारीको पनि मान हुन्छ किनकि बाबा आउनु भएको छ नि। बाबाले माताहरूको उच्च महिमा गर्नुहुन्छ। तिमी शिव शक्ति सेना हौ, तिमीले नै शिवबाबालाई चिनेका छौ। सच्चा त एउटै हुनुहुन्छ। गायन पनि छ, सच की बेडी हिले डुले, डूबे नहीं । तिमी सच्चा छौ, नयाँ दुनियाँको स्थापना गरिरहेका छौ। बाँकी झुटा नाउ सबै खत्तम हुन्छन्। तिमी कुनै यहाँको राज्य गर्नेवाला होइनौ। तिमीले फेरि अर्को जन्ममा आएर राज्य गर्छौ। यो धेरै गुप्त कुरा हो, जुन तिमीले नै जानेका छौ। उहाँ बाबा नमिलेको भए केही पनि जान्दैनथ्यौ। अहिले जानेका छौ।

यी हुन् युधिष्ठिर, युद्धको मैदानमा बच्चाहरूलाई खडा गर्नेवाला। यो हो अहिंसक। मनुष्यहरूले हिंसा सम्झन्छन् मारामारीलाई। बाबा भन्नुहुन्छ पहिलो मुख्य हिंसा त काम विकारको हो। त्यसैले काम महाशत्रु भनिन्छ। यसमा नै विजय पाउनु छ। मुख्य कुरा हो नै काम विकारको, पतित अर्थात् विकारी। विकारी भनिन्छ नै पतित बन्नेलाई, जो विकारमा जान्छ। क्रोध गर्नेलाई यस्तो विकारी भनिदैन। क्रोधीलाई क्रोधी, लोभीलाई लोभी भनिन्छ। देवताहरूलाई निर्विकारी भनिन्छ। देवताहरू निर्लोभी, निर्मोही, निर्विकारी हुन्छन्। उनीहरू कहिल्यै विकारमा जाँदैनन्। तिमीलाई भन्छन् विकार बिना बच्चा कसरी हुन्छन्? उनलाई त निर्विकारी मान्छौ नि। त्यो हो नै पवित्र दुनियाँ। द्वापर कलियुग हो अपवित्र दुनियाँ। स्वयंलाई विकारी, देवताहरूलाई निर्विकारी त भन्छन् नि। तिमीलाई थाहा छ हामी पनि विकारी थियौं। अब यिनी जस्तै निर्विकारी बनिरहेका छौं। यी लक्ष्मी-नारायणले पनि यादको बलबाट यो पद पाएका हुन् फेरि पाउने छन्। हामी पनि देवी-देवता थियौं, हामीले कल्प पहिला यस्तै राज्य पाएका थियौं, जुन गुमायौं, फेरि हामीले प्राप्त गर्दै छौं। यही चिन्तन बुद्धिमा रहे पनि खुश हुन्छ। तर मायाले यो स्मृति भुलाइदिन्छ। बाबालाई थाहा छ तिमी स्थायी यादमा रहन सक्दैनौ। तिमी बच्चाहरू अविचल बनेर याद गरिराख तब चाँडै कर्मातीत अवस्था होस् अनि आत्मा फर्केर जाओस्। तर यस्तो हुँदैन। पहिलो नम्बरमा त यिनी जान्छन्। फेरि हुन्छ शिवबाबाको बरियाँत। विवाहमा माताहरूले माटोको भाँडोमा बत्ती बालेर लैजान्छन् नि। यो निशानी हो। शिवबाबा साजन त सदा जागती ज्योती हुनुहुन्छ। हाम्रो ज्योति जगाउनु भएको छ। यहाँको कुरा फेरि भक्तिमार्गमा लगेका हुन्। तिमीले योग बलबाट आफ्नो ज्योति जगाउँछौ। योगबाट तिमी पवित्र बन्छौ। ज्ञानबाट धन मिल्छ। पढाइलाई कमाईको स्रोत भनिन्छ नि। योगबलबाट तिमीले सारा विश्वलाई पवित्र बनाउँछौ। यसमा कन्याहरू धेरै सहयोगी बन्न सक्छन्। सेवा गरेर उच्च पद पाउनु छ। जीवन हीरा जस्तो बनाउनु छ, कम होइन। गायन पनि छ फलो फादर मदर। सी मदर फादर र अनन्य ब्रदर्स, सिस्टर्स।

तिमी बच्चाहरूले प्रदर्शनीमा पनि सम्झाउन सक्छौ तिम्रा दुई पिता छन्, लौकिक र पारलौकिक। यसमा ठूलो को? ठूलो त निश्चय नै बेहदका बाबा हुनुहुन्छ नि। वर्सा उहाँबाट मिल्नु पर्छ। अहिले वर्सा दिइरहनु भएको छ। विश्वको मालिक बनाइरहनु भएको छ। भगवानुवाच तिमीलाई राजयोग सिकाउँछु फेरि तिमी अर्को जन्ममा विश्वको मालिक बन्छौ। बाबाले कल्प-कल्प यहाँ आएर धेरै धनवान बनाउनु हुन्छ। तिमी विश्वको मालिक बन्छौ यस पढाइबाट। त्यस पढाइबाट के मिल्छ? यहाँ त तिमी हीरा जस्तो बन्छौ २१ जन्मको लागि। त्यस पढाइमा रात-दिनको फरक छ। यहाँ त बाबा, टिचर, गुरु एउटै हुनुहुन्छ। पिताको वर्सा, टिचरको वर्सा र गुरुको वर्सा सबै दिनुहुन्छ। अब बाबा भन्नुहुन्छ देह सहित सबैलाई भुल्नु छ। तिमी मरेपछि, दुनियाँ मरे बराबर हुन्छ। बाबाको गोदको बच्चा बन्यौ, बाँकी कसलाई याद गर्छौ? अरूलाई देखेर पनि नदेख। पार्टमा पनि आउँछौं तर बुद्धिमा होस् अब हामी घर जानु छ फेरि यहाँ आएर पार्ट खेल्नु छ। यति बुद्धिमा रहे पनि धेरै खुशी हुन्छ। बच्चाहरूले देहभान छोडदिनु पर्छ। यो पुरानो चीज यहाँ छोड्नु छ, अब फर्केर जानु छ। नाटक पूरा हुन्छ। पुरानो सृष्टिलाई आगो लागिरहेको छ। अन्धाका सन्तान अन्धा, अज्ञान निद्रामा सुतेका छन्। मनुष्यले त सम्झन्छन् यो सुतेको मनुष्य देखाइएको छ। तर यो अज्ञान निद्राको कुरा हो, जसबाट तिमी जाग्छौ। ज्ञान अर्थात् दिन हो सत्ययुग, अज्ञान अर्थात् रात हो कलियुग। यो बुझ्ने कुरा हो। कन्याले विवाह गरिन् भने माता-पिता, सासु-ससुरा पनि याद आउने छ। उनीहरूलाई बिर्सिनु पर्ने हुन्छ। यस्ता पनि युगल छन् जसले संन्यासीहरूलाई देखाउँछन् हामी युगल बनेर कहिल्यै विकारमा जादैनौं। ज्ञान तरबार बीचमा छ। बाबाको आदेश छ पवित्र रहनु छ। हेर, रमेश-उषा छन्, कहिल्यै पनि पतित बनेका छैनन्। यो डर छ यदि हामी पतित बन्यौं भने २१ जन्मको राजाई खतम हुन्छ। कंगाल बन्छौं। यसमा कुनै कुनै फेल हुन पुग्छन्। गन्धर्वी विवाहको नाम त छ नि। तिमीलाई थाहा छ पवित्र रहनाले धेरै उच्च पद मिल्छ। एक जन्मको लागि पवित्र बन्नु छ। योगबलबाट कर्मेन्द्रियहरूमाथि पनि कन्ट्रोल हुन्छ। योगबलबाट तिमीले सारा दुनियाँलाई पवित्र बनाउँछौ। तिमी कति थोरै बच्चाहरूले योगबलबाट यो सारा पहाड बदलेर सुनको पहाड स्थापना गर्छौ। मनुष्यहरूले कहाँ बुझ्दछन् र! उनीहरूले त गोवर्धन पर्वतको परिक्रमा गरिरहन्छन्। यो त बाबाले नै आएर सारा दुनियाँलाई सत्ययुगी बनाउनु हुन्छ। यस्तो होइन, हिमालय कुनै सुनको हुन्छ। त्यहाँ त सुनको खानी भरीभराऊ हुन्छ। ५ तत्त्व सतोप्रधान हुन्छ। फल पनि राम्रो दिन्छ। सतोप्रधान तत्त्वबाट यो शरीर पनि सतोप्रधान हुन्छ। उहाँका फल पनि धेरै ठूला-ठूला स्वादिष्ट हुन्छन्। नाम नै छ स्वर्ग। आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्नाले नै विकार छुट्छ। देह-अभिमान आएपछि विकारको चेष्टा हुन्छ। योगी कहिल्यै पनि विकारमा जाँदैनन्। ज्ञान बल त छ, तर योगी छैन भने गिर्नेछ। जस्तै सोधिन्छ पुरुषार्थ ठूलो या प्रारब्ध? तब भन्छन् पुरुषार्थ ठूलो। त्यसैगरी यसमा भनिन्छ योग ठूलो। योगबाट नै पतितबाट पावन बनिन्छ। अब तिमी बच्चाहरूले त भन्छौ हामी बेहदका बाबासँग पढ्छौं। मनुष्यसँग पढ्नाले के मिल्छ? महिनामा के कमाई हुन्छ? यहाँ तिमीले एक-एक रत्न धारणा गर्छौ। यो हो लाखौं रूपैयाँको। त्यहाँ पैसाको गिन्ती गरिदैन, अनगिन्ती धन हुन्छ। सबैको आ-आफ्नो खेती आदि हुन्छ। अब बाबा भन्नुहुन्छ मैले तिमीलाई राजयोग सिकाउँछु। यो हो लक्ष्य। पुरुषार्थ गरेर उच्च बन्नु छ। राजधानी स्थापना भइरहेको छ। यी लक्ष्मी-नारायणले कसरी प्रारब्ध पाए, यिनको प्रारब्धलाई जानिसक्यौ, अरू के चाहियो? अहिले तिमीलाई थाहा छ कल्पको ५ हजार वर्षपछि बाबा आउनु हुन्छ, आएर स्वर्ग बनाउनु हुन्छ। बच्चालाई सेवा गर्ने उमंग हुनुपर्छ। जबसम्म कसैलाई मार्ग बताउँदैनौ, खाना खाने छैन यस्तो उल्लास-उमंग होस् तब उच्च पद पाउन सक्छौ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) ईश्वरीय सेवा गरेर आफ्नो जीवन २१ जन्मको लागि हीरा जस्तो बनाउनु छ। माता-पिता र अनन्य भाइ-बहिनीहरूको नै अनुसरण गर्नु छ।

२) कर्मातीत अवस्था बनाउनको लागि देह सहित सबैलाई भुल्नु छ। आफ्नो याद अविचल र स्थायी बनाउनु छ। देवताहरू जस्तै निर्लोभी, निर्मोही, निर्विकारी बन्नु छ।

वरदान:
सर्वगुण सम्पन्न बन्नुको साथ - साथै कुनै एक विशेषतामा विशेष प्रभावशाली भव

जसरी डाक्टरहरूले सामान्य रोगको नलेज त राख्छन् नै, त्यसको साथ-साथै कुनै कुराको विशेष नलेजमा प्रसिद्ध हुन्छन्। त्यस्तै तिमी बच्चाहरू सर्वगुण सम्पन्न त बन्नु नै छ फेरि पनि एक विशेषतालाई विशेष रूपमा अनुभवमा, सेवामा ल्याउँदै अगाडि बढ्दै जाऊ। जसरी सरस्वतीलाई विद्याकी देवी, लक्ष्मीलाई धनकी देवी भनेर पूजा गर्छन्। त्यस्तै आफूमा सर्वगुण, सर्वशक्तिहरू भएर पनि एक विशेषतामा विशेष अनुसन्धान गरेर स्वयंलाई प्रभावशाली बनाऊ।

स्लोगन:
विकाररूपी सर्पलाई सहजयोगको शैया बनाइदियौ भने सदा निश्चिन्त रहन्छौ।