14.04.19    Avyakt Bapdada     Nepali Murli    07.05.84     Om Shanti     Madhuban


ब्यालेन्स राख्नाले नै ब्लेसिंगको प्राप्ति


आज प्रेम स्वरूप, याद स्वरूप बच्चाहरूलाई प्रेम र यादको रिटर्न दिनको लागि प्रेमका सागर बाबा यो प्यारको सभाको बीचमा आउनु भएको छ। यो रूहानी प्यारको सभा रूहानी सम्बन्धको मिलन सभा हो, जुन सारा कल्पमा अहिले नै अनुभव गर्छौ। सिवाए यस एक जन्मको अरू कहल्यै पनि रूहानी बाबाको रूहानी प्यार मिल्न सक्दैन। यो रूहानी प्यारले आत्माहरूलाई सच्चा आराम दिन्छ। सच्चा बाटो देखाउँछ। सच्चा सर्व प्राप्ति गराउँछ। यस्तो कहिल्यै संकल्पमा पनि आउथ्यो कि यो साकार सृष्टिमा यस जन्ममा यति सहज विधिले यसरी आत्मा र परमात्माको रूहानी मिलन सम्मुख होला? जसरी बाबाको लागि सुनिएको थियो सबै भन्दा उँच, बहुत तेजोमय, सबै भन्दा ठूलो हुनुहुन्छ, त्यसरी नै मिल्ने विधि पनि मुश्किल र धेरै अभ्यासले हुन्छ यस्तो सोचेर हिम्मत हारेका थियौ तर बाबाले निराश बच्चाहरूलाई हिम्मतवान बनाइदिनु भयो। कमजोर बच्चाहरूलाई शक्तिशाली बनाइदिनु भयो। कहिले मिल्नु होला भनेकोमा अहिले मिलनको अनुभव गराइदिनुभयो। सारा सम्पत्तिको अधिकारी बनाइदिनुभयो। अहिले अधिकारी आत्माहरूले आफ्नो अधिकारलाई जान्दछौ नि! राम्रोसँग जानिसक्यौ वा जान्नु छ?

आज बापदादाले बच्चाहरूलाई देखेर रूहरिहान गरिरहनु भएको थियो सबै बच्चाहरूलाई निश्चय पनि सदा छ, प्यार पनि छ, यादको लगन पनि छ, सेवाको उमंग पनि छ। लक्ष्य पनि श्रेष्ठ छ। कसैसँग पनि सोध्यो के बन्नु छ? सबैले भन्छन् लक्ष्मी-नारायण बन्छौ। राम सीता कसैले भन्दैनन्। १६ हजारको माला पनि दिलदेखि मन पराउँदैनन्। १०८ को मालाको दाना बन्ने, यही उमंग सबैको रहन्छ। सेवामा, पढाइमा हरेकले आफूलाई कोही भन्दा पनि कम योग्य सम्झँदैनन्। फेरि पनि सदा एकरस स्थिति, सदा उड्तीकलाको अनुभूति, सदा एकमा समाहित भएको, देह र देहको दुनियाँको अल्पकालको प्राप्तिदेखि सदा न्यारा, विनाशी सुध-बुध भुलेको यस्तो सदाको स्थिति अनुभव गर्नमा नम्बरवार हुन्छन्। यस्तो किन? बापदादाले यसको विशेष कारण हेरिरहनु भएको थियो। के कारण देख्नु भयो? एउटै शब्दको कारण छ। सबैथोक जानेका छन् र सबैथोक सबैलाई प्राप्त पनि छ, विधिको पनि ज्ञान छ, सिद्धिको पनि ज्ञान छ। कर्म र फल दुवैको ज्ञान छ तर सदा ब्यालेन्समा रहन आउँदैन। यो ब्यालेन्सको ईश्वरीय नीति समयमा निर्वाह गर्न आउँदैन त्यसैले हरेक संकल्पमा, हरेक कर्ममा बापदादा तथा सर्व श्रेष्ठ आत्माहरूको श्रेष्ठ आशीर्वाद प्राप्त हुँदैन। मेहनत गर्नु पर्छ। सहज सफलता अनुभव हुँदैन। कुन कुराको ब्यालेन्स भुल्छन्? एक त हो याद र सेवा। यादमा रहेर सेवा गर्नु यो हो याद र सेवाको ब्यालेन्स। तर सेवामा रहेर समय प्रमाण याद गर्ने, समय मिल्ना साथ याद गर्ने, नत्र सेवालाई नै याद सम्झने, यसलाई भनिन्छ अनब्यालेन्स। केवल सेवा नै याद हो र यादमा नै सेवा हुन्छ, यो थोरै विधिको अन्तरले सिद्धिलाई बदल्दिन्छ। फेरि जब रिजल्ट सोधिन्छ याद प्रतिशत कस्तो रह्यो? अनि के भन्छन्? सेवामा यति व्यस्त थिएँ कुनै कुराको पनि याद भएन। समय नै थिएन अथवा भन्छन् सेवा पनि बाबाको नै थियो, बाबा त याद नै हुनुहुन्थ्यो। तर जति सेवामा समय र लगन रह्यो त्यति नै यादको शक्तिशाली अनुभूति रह्यो? जति सेवामा स्वमान रह्यो त्यति नै निर्माण भाव रह्यो? यसको ब्यालेन्स रह्यो? धेरै ठूलो, धेरै राम्रो सेवा गरियो यो स्वमान त राम्रो हो तर जति स्वमान त्यति निर्माण भाव रहोस्। गराउनेवाला बाबाले निमित्त बनाएर सेवा गराउनु भयो। यो हो निमित्त, निर्माण भाव। निमित्त बन्यौ सेवा राम्रो भयो, वृद्धि भयो, सफलता स्वरूप बन्यौ, यो स्वमान त राम्रो हो तर केवल स्वमान मात्र होइन, निर्माण भावको पनि ब्यालेन्स होस्। यस्तो ब्यालेन्सले सदा नै सफलता स्वरूप बनाउँछ। स्वमान पनि आवश्यक छ। देहभान होइन, स्वमान। तर स्वमान र निर्माण दुवैको ब्यालेन्स नभएको कारणले स्वमान, देह-अभिमानमा बदलिन्छ। सेवा भयो, सफलता भयो, यसको खुशी त हुनु पर्छ। वाह बाबा हजुरले निमित्त बनाउनु भयो। मैले गरेको होइन, यो मेरो-पनले स्वमानलाई देह-अभिमानमा लैजान्छ। याद र सेवाको ब्यालेन्स राख्नेहरूले स्वमान र निर्माणको पनि सन्तुलन राख्छन्। त्यसैले बुझ्यौ ब्यालेन्स के कुरामा तलमाथि हुन्छ?

त्यसरी नै जिम्मेवारीको ताजधारी भएको कारणले हरेक कार्यमा जिम्मेवारी पनि पूरा निर्वाह गर्नु पर्छ। चाहे लौकिक सो अलौकिक प्रवृत्ति होस्, चाहे ईश्वरीय सेवाको प्रवृत्ति होस्। दुवै प्रवृत्तिको आ-आफ्नो जिम्मेवारी निर्वाह गर्न जति न्यारा हुन्छौ त्यति प्यारा हुन्छौ। यसको ब्यालेन्स होस्। हरेक जिम्मेवारी निर्वाह गर्न पनि आवश्यक छ तर जति ठूलो जिम्मेवारी त्यति नै डबल लाइट हुनु पर्छ। जिम्मेवारी निर्वाह गर्दा जिम्मेवारीको बोझदेखि न्यारा रहनेलाई भनिन्छ बाबाको प्यारा। आत्तिनु हुँदैन के गरूँ, धेरै जिम्मेवारी छ। यो गरूँ वा नगरूँ, के गरूँ, यो गरूँ कि त्यो गरूँ धेरै मुश्किल छ! यस्तो अनुभव हुनाले बोझ हुन्छ। त्यसैले डबल लाइट त भएनौ नि। डबल लाइट अर्थात् न्यारा। कुनै पनि जिम्मेवारीको कर्मको हलचलको बोझ नहोस्। यस्तालाई भनिन्छ न्यारा र प्याराको ब्यालेन्स राख्नेवाला।

दोस्रो कुरा पुरुषार्थमा चल्दा पुरुषार्थबाट जे प्राप्ति हुन्छ त्यसको अनुभव गर्दै-गर्दा धेरै प्राप्तिको नशा र खुशीमा आउँछन्। बस मैले पाएँ, अनुभव गरेँ। महावीर, महारथी बने, ज्ञानी बने, योगी पनि बने, सेवाधारी पनि बने। यो प्राप्ति धेरै राम्रो हो तर यो प्राप्तिको नशामा अलबेलापन पनि आउँछ। यसको कारण? ज्ञानी बन्यौ, सेवाधारी बन्यौ तर हरेक कदममा उड्तीकलाको अनुभव गर्छौ? जबसम्म जीउनु छ तबसम्म हरेक कदममा उड्तीकलामा उड्नु छ। यो लक्ष्यले जुन आज गरेका छौ त्यसमा अझ नवीनता आएको छ वा जहाँसम्म पुगेका छौ त्यही सीमालाई सम्पूर्णताको सीमा सम्झेका छौ? पुरुषार्थमा प्राप्तिको नशा र खुशी पनि आवश्यक छ तर हरेक कदममा उन्नति वा उड्तीकलाको अनुभव पनि आवश्यक छ। यदि यो ब्यालेन्स रहँदैन भने अलबेलापनले आशीर्वाद प्राप्त गर्न दिँदैन। त्यसैले पुरुषार्थी जीवनमा जति पाउँछौ त्यसको नशा पनि होस् र हरेक कदममा उन्नतिको अनुभव पनि होस् यसलाई भनिन्छ ब्यालेन्स। यस्तो ब्यालेन्स सदा रहोस्। यस्तो नसम्झनु मैले त सबै जानिसकेँ। अनुभवी भएँ। धेरै राम्रोसँग चलिरहेको छु। राम्रो बनका छौ यो त धेरै राम्रो हो तर अझ अगाडि उन्नति प्राप्त गर्नु छ। यस्तो विशेष कार्य गरेर सर्व आत्माहरूको अगाडि निमित्त नमूना बन्नु छ। यो भुल्नु छैन। बुझ्यौ के-के कुरामा ब्यालेन्स राख्नु छ? यो ब्यालेन्सद्वारा स्वत: नै आशीर्वाद मिलिरहन्छ। त्यसैले बुझ्यौ नम्बर किन बन्छन्? कोही कुन कुराको ब्यालेन्समा, कोही कुन कुराको ब्यालेन्समा अलबेला बन्छन्।

बम्बई निवासी त अलबेला छैनौ नि? हरेक कुरामा ब्यालेन्स राख्नेवाला हौ नि? ब्यालेन्सको कलामा होसियार छौ। ब्यालेन्स पनि एउटा कला हो। यो कलामा सम्पन्न छौ नि! बम्बईलाई भनिन्छ नै सम्पत्ति सम्पन्न देश। त्यसैले ब्यालेन्सको सम्पत्ति, ब्लेसिंगको सम्पत्तिमा पनि सम्पन्न छौ नि? नरदेसावरको ब्लेसिंग छ! बम्बईकाले के विशेषता देखाउँछौ? बम्बईमा करोडपति धेरै छन् नि। त्यसैले बम्बई निवासीले यस्ता आत्माहरूलाई यो अनुभव गराउनु छ रूहानी अविनाशी पदमापदम पति सर्व खजानाको खानीको मालिक कस्तो हुनुहुन्छ? यो उनीहरूलाई अनुभव गराऊ। यिनीहरू त केवल विनाशी धनको मालिक छन् यस्ता मानिसहरूलाई यस अविनाशी खजानाको महत्त्व सुनाएर अविनाशी सम्पत्तिले सम्पन्न बनाऊ। उनीहरूले अनुभव गरून् यही खाजाना अविनाशी र श्रेष्ठ खजाना हो। यस्तो सेवा गरिरहेका छौ नि। सम्पत्तिवालाको दृष्टिमा, यस्ता अविनाशी सम्पत्तिवान आत्माहरू श्रेष्ठ हुन्छन्, यस्तो अनुभव गरून्। बुझ्यौ। यस्तो नसोच्नु कि यिनीहरूको त पार्ट नै छैन। अन्त्यमा यिनीहरूको पनि जाग्ने पार्ट छ। सम्बन्धमा आउँदैनन् तर सम्पर्कमा आउँछन् त्यसैले अब यस्ता आत्माहरूलाई पनि जगाउने समय आएको छ। त्यसैले जगाऊ धेरै राम्रोसँग जगाऊ किनकि सम्पत्तिको नशाको निद्रामा सुतेका छन्। नशामा परेकालाई बारम्बार जगाउनु पर्छ। एक पटकमा जाग्दैनन्। त्यसैले अब यस्ता नशामा सुतेका आत्माहरूलाई अविनाशी सम्पत्तिको अनुभवसँग परिचित गराऊ। बुझ्यौ। बम्बईका त मायाजीत छौ नि। मायालाई समुद्रमा हाल्यौ नि। तलै पुर्यायौ वा माथि-माथि हाल्यौ? यदि माथि कुनै चीज छ भने फेरि लहरले किनारामा ल्याउँछ, तलै पुर्याएको हो भने स्वाहा हुन्छ। त्यसैले माया फेरि किनारामा त आउँदैन नि? बम्बई निवासीहरूलाई हरेक कुरामा नमुना बन्नु छ। हरेक विशेषतामा नमुना। जसरी बम्बईको सुन्दरता हेर्नको लागि सबै टाढा-टाढाबाट पनि आउँछन् नि। त्यसरी टाढा-टाढाबाट हेर्न आउँछन्। हरेक गुणको यथार्थमा नमुना बन। भनुन् सरलता जीवनमा हेर्नु छ भने त्यो सेन्टरमा गएर त्यो परिवारलाई हेर। सहनशीलता हेर्नु छ भने त्यो सेन्टरमा त्यो परिवारमा गएर हेर। ब्यालेन्स हेर्नु छ भने यी वीशेष आत्माहरूलाई हेर। यस्तो कमाल गर्नेहरू हौ नि। बम्बईकाले डबल रिटर्न गर्नु छ। एउटा जगत अम्बाको पालनाको र अर्को ब्रह्मा बाबाको विशेष पालनाको। जगत अम्बा मम्माको पालना पनि बम्बईकालाई विशेष मिलेको छ। त्यसैले बम्बईकाले यति रिटर्न गर्नु पर्छ नि। हरेक स्थान, हरेक विशेष आत्माद्वारा बाबाको, मम्माको विशेष आत्माहरूको विशेषता देखियोस् यसलाई भनिन्छ रिटर्न गर्नु। अच्छा स्वागत छ, आयौ बाबाको घरमा अथवा आफ्नो घरमा।

बाबा त सदा बच्चाहरूलाई देखेर हर्षित हुनुहुन्छ। एक-एक बच्चा विश्वको दीपक हुन्। केवल कुलका दीपक होइन, विश्वको दीपक हौ। हरेक विश्व कल्यणार्थ निमित्त बनेका छौ भने विश्वको दीपक भयौ नि। त्यसो त सारा विश्व नै बेहदको कुल हो। त्यही नाताले बेहदको कुलको दीपक पनि भन्न सकिन्छ। तर हदको कुलको होइन। बेहदको कुलको दीपक भन वा विश्वको दीपक भन। यस्ता हौ नि। सदा जागिरहने दीपक हौ नि? पिल-पिल गर्ने त होइनौ। जब बत्ति पिल-पिल गर्छ नि हेर्यो भने आँखा खराब गर्छ। राम्रो लाग्दैन नि। त्यसैले सदा जागिरहने दीपक हौ नि। यस्ता दीपकलाई देखेर बापदादा सदा हर्षित हुनुहुन्छ। बुझ्यौ? अच्छा।

सदा हरेक कर्ममा ब्यालेन्स राख्ने, सदा बाबाद्वारा आशीर्वाद लिने, हरेक कदममा उड्तीकलाको अनुभव गर्ने, सदा प्यारको सागरमा समाहित, समान स्थितिमा स्थित, पदमापदम भाग्यवान श्रेष्ठ आत्माहरूलाई बापदादाको याद-प्यार एवं नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

दादीहरूसँग: सबै ताजधारी रत्न हौ नि! सदा जति ठूलो ताज त्यति नै हल्का भन्दा पनि हल्का। यस्तो ताज धारण गरेका छौ, यो ताजलाई धारण गरेर हरेक कर्म गर्दै पनि ताजधारी रहन सक्छौ। जुन रत्न जडित ताज हुन्छ त्यसलाई फेरि पनि समय प्रमाण धारण गर्छन् र उतार्छन् तर यो ताज यस्तो छ जुन उतार्न आवश्यक नै पर्दैन। सुत्दा पनि ताजधारी र उठ्दा पनि ताजधारी। अनुभव छ नि। ताज हल्का छ नि? कुनै भारी त छैन? नाम ठूलो छ तर वजन हल्का छ। सुखदाई ताज छ। खुशी दिनेवाला ताज छ। यस्तो ताजधारी बाबाले बनाउनु हुन्छ जुन जन्म-जन्मान्तर ताज मिलिरहन्छ। यस्ता ताजधारी बच्चाहरूलाई देखेर बापदादा हर्षित हुन्छन्। बापदादाले ताज धारण गर्ने दिन अहिलेबाटै मनाएर सदाको लागि परम्पराको नियम बनाइदिनु भएको छ। सत्ययुगमा पनि ताज धारण गर्ने दिवस मनाउँछन्। जुन संगममा ताज धारण गर्ने दिवस मनायौ त्यसैको नै यादगार अविनाशी चलिरहन्छ। अव्यक्त वतनमा सेवाधारी छन् तर साकार वतनदेखि वानप्रस्थ भए नि। स्वयं बाबा साकार वतनबाट वानप्रस्थ भएर बच्चाहरूलाई ताजतख्त दिएर स्वयं अव्यक्त वतनमा गए। त्यसैले ताज धारण गर्ने दिन भयो नि! विचित्र ड्रामा छ नि। यदि जानु भन्दा पहिला बताएको भए अचम्भको ड्रामा हुँदैन थियो। यस्तो विचित्र ड्रामा छ, जसको चित्र खिँच्न सकिँदैन। विचित्र बाबाको विचित्र पार्ट छ। जस्को चित्र बुद्धिमा संकल्पद्वारा पनि खिँच्न सकिँदैन। यसलाई भनिन्छ विचित्र त्यसैले विचित्र ताज धारण भयो। बापदादाले सदा महावीर बच्चाहरूलाई ताज धारण गरेका ताजधारी स्वरूपमा देख्नुहुन्छ। बापदादा साथ दिनमा छिप्नु भएन तर साकार दुनियाँदेखि छिपेर अव्यक्त दुनियाँमा उदय हुनुभयो। साथ रहन्छौं साथमा जान्छौं यो त वाचा छ नै। यो वाचा कहिल्यै टुट्न सक्दैन त्यसैले त ब्रह्मा बाबाले पर्खिरहनु भएको छ। नत्र कर्मातीत भएकोले जान सक्नु हुन्थ्यो। बन्धन त छैन नि। तर स्नेहको बन्धन छ। स्नेहको बन्धनको कारणले साथ जाने वाचा पूरा गर्नु पर्ने कारणले बाबाले पर्खिनु नै छ। साथ निर्वाह गर्नु छ र साथ जानु छ। यस्तो अनुभव छ नि। अच्छा हरेक विशेष छौ। बिशेषता एक-एकको वर्णन गर्यो भने कति हुन्छ। माला बन्छ त्यसैले मनमा नै राख्नु हुन्छ, वर्णन गर्नु हुन्न। अच्छा।

वरदान:
व्यर्थ वा डिस्टर्व गर्ने बोलदेखि मुक्त डबल लाइट अव्यक्त फरिश्ता भव

अव्यक्त फरिश्ता बन्नु छ भने व्यर्थ बोल जुन कसैलाई पनि राम्रो लाग्दैन, त्यसलाई सदाको लागि समाप्त गरिदेऊ। कुरा हुन्छ दुई शब्दको तर त्यसलाई लामो बनाएर बोलिरहनु, यो पनि व्यर्थ हो। जुन चार शब्दमा काम हुन सक्छ त्यस्तोमा १२-१५ शब्द नबोल। कम बोल, बिस्तारै बोल... यो स्लोगन गलामा लगाऊ। व्यर्थका डिस्टर्ब गर्ने बोलदेखि मुक्त बन, तब अव्यक्त फरिश्ता बन्नमा धेरै मदत मिल्छ।

स्लोगन:
जसले स्वयंलाई परमात्म प्यारको पछाडि अर्पण गर्छन, सफलता उनीहरूको गलाको माला बन्छ।