14.05.22          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे शरीर निर्वाह अर्थ कर्म ग र तर कम्तीमा ८ घण्टा बाबालाई याद गरेर सारा विश्वलाई शान्तिको दान देऊ , आफू समान बनाउने सेवा गर।

प्रश्न:
सूर्यवंशी घरानामा उच्च पद पाउने पुरुषार्थ के हो?

उत्तर:
१) सूर्यवंशी घरानामा उच्च पद पाउनु छ भने बाबालाई याद गर र अरूलाई गराऊ। जति-जति स्वदर्शन चक्रधारी बन्छौ र बनाउँछौ त्यति उच्च पद पाउँछौ। २) पुरुषार्थ गरेर पास विद अनर बन। यस्तो कुनै कर्म नहोस् जसको सजाय खानु परोस्। सजाय खाने वालाको पद भ्रष्ट हुन्छ।

गीत:
इस पाप की दुनिया से...

ओम् शान्ति ।
यो हो बच्चाहरूको प्रार्थना। कुन बच्चाहरूको? जसले अहिलेसम्म जानेका छैनन्। तिमी बच्चाहरूले जानेका छौ यस पापको दुनियाँबाट बाबाले हामीलाई पुण्यको दुनियाँमा लिएर गइरहनु भएको छ। त्यहाँ सदैव आराम नै आराम हुन्छ। दु:खको नाम हुँदैन। अहिले आफ्नो दिलसँग प्रश्न सोधिन्छ हामी त्यस सुखधामबाट फेरि यस दु:खधाममा कसरी आयौं। यो त सबैले जान्दछन् भारत प्राचीन देश हो। भारत नै सुखधाम थियो। एउटै भगवान-भगवतीको राज्य थियो। गड कृष्ण, गडेज राधा अथवा गड नारायण, गडेज लक्ष्मीले राज्य गर्दथे। सबैले जान्दछन् अहिले भारतवासीले नै आफूलाई पतित भ्रष्टाचारी किन भन्छन्? थाहा छ पनि भारत सुनको चरी थियो, पारसनाथ, पासरनाथिनीको राज्य थियो फेरि यस भ्रष्टाचारी अवस्थामा कसरी आइपुगेको छ? बाबा बसेर सम्झाउनुहुन्छ मेरो पनि यहाँ नै जन्म हुन्छ। तर मेरो जन्म दिव्य छ। तिमीहरूलाई थाहा छ हामी शिववंशी हौं र प्रजापिता ब्रह्माकुमार कुमारी हौं। त्यसैले बाबाले सम्झाउनु भएको छ पहिला सुरुमा यो सोध गड फादरलाई चिन्नुहुन्छ? पिता हुनुहुन्छ भन्नुहुन्छ भने सम्बन्ध त परि नै हाल्यो। शिववंशी त सबै आत्माहरू हुन् त्यसैले भाइ हुन्। फेरि साकार प्रजापिता ब्रह्मासँग के सम्बन्ध छ? सबैले भन्छन् पिता हुनुहुन्छ नि। जसलाई आदि देव पनि भनिन्छ। शिव हुनुभयो निराकार बाबा, उहाँ अमर ठहरिनुभयो। आत्मा पनि अमर हुन्। केवल एउटा साकार शरीर छोडेर अर्को लिन्छन्। निराकार शिववंशी हुन्। त्यसमा फेरि कुमार-कुमारी भनिदैन। आत्माहरूमा कुमार-कुमारीपना हुँदैन। प्रजापिता ब्रह्माका बच्चा हुँदा कुमार-कुमारी हुन्छन्। शिववंशी त पहिले देखि नै हुन्। शिवबाबा पुनर्जन्ममा आउनुहुन्न। हामी आत्माहरू पुनर्जन्ममा आउँछौं। अच्छा, तिमी जो पुण्य आत्माहरू थियौ फेरि पाप आत्मा कसरी बन्यौ? बाबा भन्नुहुन्छ तिमी भारतवासीहरूले आफूले आफैंलाई थप्पड लगाएका हौ। परमपिता भनेर पनि उहाँलाई सर्वव्यापी भनिदिन्छौ। पुण्य आत्मा बनाउनेवाला बाबालाई तिमीले कुकुर, बिरालो, पत्थर आदि सबैमा कोचिदिएका छौ। उहाँ बेहदको बाबा हुनुहुन्छ जसलाई तिमीले याद गर्छौ। उहाँले नै प्रजापिता ब्रह्माद्वारा ब्राह्मणलाई रच्नुहुन्छ। तिमी ब्राह्मण फेरि देवता बन्छौ। पतितबाट पावन बनाउनेवाला एउटै बाबा हुनुहुन्छ। उहाँलाई सबैभन्दा बढी बदनाम तिमीले गरेका छौ त्यसैले तिमीहरूलाई धर्मराजद्वारा केस चल्नेछ। तिम्रो सबैभन्दा ठूलो दुश्मन हो ५ विकार रूपी रावण। तिम्रो छ राम बुद्धि, बाँकी सबैको हो रावण बुद्धि। रामराज्यमा तिमी कति सुखी थियौ। रावणराज्यमा कति दु:खी छौ। त्यहाँ हुन्छ पावन डाइनास्टी। यहाँ हुन्छ पतित डाइनास्टी। अब कसको मतमा चल्ने? पतित पावन त एउटै निराकार हुनुहुन्छ। ईश्वर सर्वव्यापी हुनुहुन्छ, ईश्वर हाजिर हजुर हुनुहुन्छ, कसम पनि यस्तो खान्छन्। यो केवल तिमी बच्चाहरूले नै जान्दछौ बाबा यस समयमा हाजिर हजुर हुनुहुन्छ। हामीले आँखैले देख्छौं। आत्मालाई थाहा भएको छ परमपिता परमात्मा यस शरीरमा आउनु भएको छ। हामीलाई थाहा छ, पहिचान छ। शिवबाबा फेरि ब्रह्मामा प्रवेश भएर हामीलाई वेद शास्त्रको सार र सृष्टिको आदि-मध्य-अन्त्यको राज बताउनुहुन्छ, त्रिकालदर्शी बनाइरहनु भएको छ। स्वदर्शन चक्रधारीलाई नै त्रिकालदर्शी भनिन्छ। विष्णुलाई यो चक्र दिन्छन्। तिमी ब्राह्मण नै फेरि देवता बन्छौ। देवताहरूको आत्मा र शरीर दुवै पवित्र हुन्छन्। तिम्रो शरीर त विकारबाट बनेको छ नि। हुन त तिम्रो आत्मा अन्त्यमा पवित्र भएर जान्छ, तर शरीर त पतितै छ नि त्यसैले तिमीलाई स्वदर्शन चक्र दिन सकिदैन। तिमी सम्पूर्ण बन्छौ फेरि विष्णुको विजय माला बन्छौ। रुद्र माला र फेरि विष्णुको माला। रुद्र माला हो निराकारी र उनीहरूले जब साकारमा राज्य गर्छन् तब माला बन्छ। त्यसैले यी सबै कुरालाई तिमीले अहिले जान्दछौ, गाउँछन् पनि पतित पावन आउनुहोस् त्यसैले अवश्य एक हुनुभयो नि। सबै पतितलाई पावन बनाउनेवाला बाबा एउटै हुनुहुन्छ, त्यसैले पतित पावन, मोस्ट विलबेड निराकार बाबा ठहरिनुभयो। उहाँ धेरै बबुल हुनुहुन्छ। सानो बाबालाई त सबैले बाबा-बाबा भनिरहन्छन्। जब दु:ख हुन्छ अनि परमपिता परमात्मालाई याद गर्छन्। यी धेरै बुझ्नुपर्ने कुरा छन्। पहिला सुरुमा यो कुरा सम्झाउनु छ। परमपिता परमात्मासँग हजुरको के सम्बन्ध छ? शिव जयन्ती त मनाउँछन्। निराकार परमपिता परमात्माको महिमा धेरै भारी छ। जति ठूलो परीक्षा त्यति ठूलो टाइटल मिल्छ नि। बाबाको टाइटल त धेरै ठूलो छ। देवताहरूको महिमा त कमन छ। सर्वगुण सम्पन्न, १६ कला सम्पूर्ण... ठूलो हिंसा हो काम कटारी चलाएर एक अर्कालाई आदि-मध्य-अन्त्य दु:ख दिनु। यो हो धेरै ठूलो हिंसा। अहिले तिमीलाई डबल अहिंसक बन्नु छ।

भगवानुवाच हे बच्चाहरू तिमी आत्माहरू हौ, म परमात्मा हुँ। तिमी ६३ जन्म विषय सागरमा रहेका छौ। अब मैले तिमीलाई क्षीर सागरमा लैजान्छु। बाँकी अन्त्यको थोरै समयमा तिमीले पवित्रताको प्रतिज्ञा गर। यो त राम्रो मत हो नि। भन्दछन् पनि हामीलाई पावन बनाउनुहोस्। पावन आत्माहरू मुक्तिमा रहन्छन्। सत्ययुगमा हुन्छ जीवनमुक्ति। बाबा भन्नुहुन्छ यदि सूर्यवंशी बन्नु छ भने पूरा पुरुषार्थ गर। मलाई याद गर र अरूलाई पनि याद गराऊ। जति-जति स्वदर्शन चक्रधारी बन्छौ र बनाउँछौ त्यति उच्च पद पाउछौ। अहिले हेर यी प्रेम बच्ची देहरादुनमा रहन्छिन्। यति सबै देहरादुन निवासी स्वदर्शन चक्रधारी त थिएनन्। यी कसरी बने? प्रेम बच्चीले आफू समान बनाइन्। यसरी आफू समान बनाउँदा-बनाउँदै दैवी वृक्षको वृद्धि हुन्छ। अन्धालाई ठीक गर्ने पुरुषार्थ गर्नु छ नि। ८ घण्टा त तिमीलाई छुट छ। शरीर निर्वाह अर्थ धन्धा आदि गर्नु छ। जहाँ गए पनि कोसिस गरेर मलाई याद गर। जति तिमीले बाबालाई याद गर्छौ मतलब त्यति तिमीले सारा सृष्टिलाई शान्तिको दान दिन्छौ। योगबाट शान्तिको दान दिनु, कुनै गाह्रो छैन। हो कहिलेकाहीँ योगमा बसाइन्छ पनि किनकि संगठनको बल एकट्ठा हुन्छ। बाबाले सम्झाउनु भएको छ शिवबाबालाई याद गरेर उहाँलाई भन बाबा यी हाम्रा कुलका हुन्, यिनीहरूको बुद्धिको ताला खोल्नुहोस्। यो पनि याद गर्ने युक्ति हो। आफ्नो प्राक्टिस त यो राख्नु पर्यो, हिंड्दा-डुल्दा शिवबाबाको याद रहोस्। बाबा यिनलाई आशीर्वाद दिनुहोस्। आशीर्वाद दिनेवाला कृपालु त एउटै बाबा हुनुहुन्छ। हे भगवान यिनीमाथि दया गर्नुहोस्। भगवानलाई नै भन्छन् नि। उहाँ नै दयावान्, ज्ञानको सागर, आनन्दको सागर हुनुहुन्छ। पवित्रतामा पनि पूर्ण हुनुहुन्छ, प्यारमा पनि पूर्ण हुनुहुन्छ। त्यसैले ब्राह्मण कुल भूषणको पनि आपसमा कति प्यार हुनुपर्छ। कसैलाई पनि दु:ख दिनुहुँदैन। त्यहाँ जनावर आदिले पनि कसैलाई दु:ख दिदैनन्। तिमी बच्चाहरू घरमा रहँदा भाइ-भाइ आपसमा लडाइँ गर्छौ साना कुरामा। त्यहाँ त जनावर आदि पनि लडाइँ गर्दैनन्। तिमीहरूले पनि सिक्नुपर्छ। सिकेनौ भने बाबा भन्नुहुन्छ तिमीले धेरै सजाय खानेछौ। पद भ्रष्ट हुन्छ। हामी सजायलायक किन बन्ने! पास विद अनर हुनुपर्छ नि। पछि गएर बाबाले सबै साक्षात्कार गराइरहनुहुन्छ। अहिले थोरै समय छ त्यसैले छिटो पुरुषार्थ गरिराख। बिमारीमा पनि सबैलाई भन्छन् नि राम राम भन। भित्रैबाट भन्छन् पनि। अन्त्यमा पनि कोही-कोही धेरै तीव्र जान्छन्। मेहनत गरेर अगाडि बढ्छन्। तिमीले धेरै अनौठो देखिरहन्छौ। नाटकको अन्त्यमा अनौठो पार्ट हुन्छ नि। अन्त्यमा नै वाह वाह हुन्छ, त्यस समयमा त धेरै खुशीमा रहन्छन्। जसमा ज्ञान हुँदैन ऊ त त्यहीँ बेहोस हुन्छ। अप्रेसन आदिका समयमा डक्टरहरूले कमजोरलाई अगाडि बसाउँदैनन्। पार्टिसनमा के भयो, सबैले देखे नि! यो त धेरै दर्दनाक समय छ। यसलाई अकारण हत्याको खेल भनिन्छ। यसलाई हेर्नको लागि धेरै हिम्मत चाहिन्छ। तिमीहरूको हो ८४ जन्मको कथा। हामीले नै देवी-देवता राज्य गर्थ्यौ। फेरि मायाको वशमा भएर वाम मार्गमा गयौं, फेरि अहिले देवता बन्छौं। यो स्मरण गरिराख्यौ भने पनि बेडा पार हुन्छ। यो नै स्वदर्शन चक्र हो नि। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) बाबा समान सर्व गुणहरूमा पूर्ण बन्नु छ। आपसमा धेरै प्रेमसँग रहनु छ। कहिल्यै कसैलाई दु:ख दिनु हुँदैन।

२) हिंड्दा डुल्दा बाबालाई याद गर्ने अभ्यास गर्नु छ। यादमा रहेर सारा विश्वलाई शान्तिको दान दिनु छ।

वरदान:
ज्ञानको रहस्यलाई जानेर सदा अचल रहने निश्चयबुद्धि , विघ्न-विनाशक भव

विघ्न-विनाशक स्थितिमा रहनाले जतिसुकै ठूलो विघ्न पनि खेल अनुभव हुन्छ। खेल सम्झिनाले विघ्नसँग कहिल्यै आत्तिदैनौ, खुशी-खुशीले विजयी बन्छौ र डबल लाईट हुन्छौ। ड्रामाको ज्ञानको स्मृतिले हर विघ्न नथिङ् न्यु लाग्छ। नयाँ कुरा लाग्दैन, धेरै पुरानो कुरा हो। अनेक पटक विजयी बनेका हौं, यस्तो निश्चयबुद्धि, ज्ञानको रहस्यलाई जान्ने बच्चाहरूको यादगार नै अचलघर हो।

स्लोगन:
दृढताको शक्ति साथ भएमा सफलता गलाको हार बन्छ।

मातेश्वरीजीका अनमोल महावाक्य:

हामीले जुन राम्रो वा नराम्रो कर्म गर्छौं, त्यसको फल अवश्य मिल्छ। जसरी कसैले दान पुण्य गर्छन्, यज्ञमा हवन गर्छन्, पूजा-पाठ गर्छन् भने सम्झन्छन् मैले ईश्वरको लागि जे पनि दान गरें, त्यो परमात्माको दरबारमा दाखिला हुन्छ। हामी मर्यौं भने पनि त्यसको फल अवश्य मिल्छ र हाम्रो मुक्ति हुन्छ। तर हामीले यो कुरा जानिसकेका छौं यसो गर्नाले सदाकालको लागि केही फाइदा हुँदैन। यो कुरा त जसरी हामीले कर्म गर्छौं, त्यसबाट अल्पकाल क्षणभंगुर सुख प्राप्ति अवश्य हुन्छ। तर यो प्राक्टिकल जीवन सदा सुखी नबनेसम्म त्यसको रिटर्न मिल्न सक्दैन। हामीले जोसँग पनि सोध्न सक्छौं यो जे पनि गर्दै आउनु भएको छ, त्यसो गर्नाले पूरा लाभ मिलेको छ? उनीहरूसँग यसको कुनै जवाफ हुँदैन। तर परमात्मासँग दाखिला भयो वा भएन त्यो मलाई के थाहा? जबसम्म आफ्नो प्राक्टिकल जीवनमा कर्म श्रेष्ठ बनेको छैन त्यतिञ्जेल जतिसुकै मेहनत गरे पनि मुक्ति जीवनमुक्ति प्राप्त हुँदैन। दान पुण्य गरेर मात्रै त कुनै विकर्म भस्म हुँदैन। फेरि मुक्ति जीवनमुक्ति कसरी प्राप्त हुन्छ। हुन त यति धेरै सन्त महात्माहरू छन् तर जबसम्म उनीहरूलाई कर्मको विषयमा ज्ञान हुँदैन, तबसम्म त्यो कर्म अकर्म हुन सक्दैन। न उनले मुक्ति जीवनमुक्ति प्राप्त गर्छन्। उनीहरूलाई यो थाहा छैन सत्य धर्म के हो र सत्य कर्म के हो? केवल मुखले राम राम भन्नु, यसबाट मुक्ति मिल्दैन। तर यस्तो सम्झेर बस्नु मरेपछि हाम्रो मुक्ति हुन्छ। उनीहरूलाई यो थाहा छैन मरेपछि के फाइदा मिल्छ? केही पनि मिल्दैन। तर मनुष्यले आफ्नो जीवनमा चाहे नराम्रो कर्म गर्छन्, चाहे राम्रो कर्म गर्छन् त्यो पनि यस जन्ममा भोग्नै पर्छ। अब यो सारा ज्ञान परमात्मा टिचरद्वारा मिलिरहेको छ कसरी शुद्ध कर्म गरेर आफ्नो प्राक्टिकल जीवन बनाउनु छ। अच्छा, ओम् शान्ति।