14.06.22 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– २१
जन्मको पूरा प्रारब्ध लिनको लागि बाबामा पूरा-पूरा बलि चढ , अधुरो होइन। बलि चढ्नु
अर्थात् बाबाको बन्नु।”
प्रश्न:–
कुन गहन
कुरालाई बुझ्नको लागि बेहदको बुद्धि चाहिन्छ?
उत्तर:–
यो बेहदको बनिबनाउ ड्रामा हो। जे बित्यो, त्यो ड्रामा। अब यो ड्रामा पूरा हुन्छ,
हामी घर जान्छौं, फेरि नयाँ पार्ट सुरु हुन्छ... यो गहन कुरा बुझ्नको लागि बेहदको
बुद्धि चाहिन्छ। बेहद रचनाको ज्ञान बेहदका बाबाले नै दिनुहुन्छ।
प्रश्न:–
मनुष्य कुन
कुरामा रुन्छन्, कराउँछन् तर तिमी बच्चाहरू खुशी हुन्छौ?
उत्तर:–
अज्ञानी मनुष्य सानो बिमारी आउँदा पनि रुन्छन्, कराउँछन् तर तिमी बच्चाहरू खुशी
हुन्छौ किनकि जानेका छौ– यो पनि पुरानो हिसाब-किताब चुक्ता भइरहेको छ।
गीत:–
तूने रात
गंवाई सोके....
ओम् शान्ति ।
वास्तवमा ओम्
शान्ति भन्ने पनि आवश्यकता छैन। तर केही न केही बच्चाहरूलाई सम्झाउनु पर्ने हुन्छ,
परिचय दिनु पर्छ। आजकाल धेरै छन्, जसले ओम् शान्ति ओम् शान्ति जपिरहन्छन्। अर्थ त
बुझ्दैनन्। ओम् शान्ति, हामी आत्माको स्वधर्म शान्त हो। यो त ठीक छ तर फेरि ओम्
शिवोऽहम् पनि भनिदिएका छन्, त्यो फेरि गलत हुन गयो। वास्तवमा यी गीत आदिको पनि
आवश्यकता छैन। दुनियाँमा आजकाल कनरस धेरै छ। यी सबै कनरसमा फाइदा केही छैन। मनरस त
अहिले नै आउँछ, एक कुराको। बाबा बच्चाहरूलाई सम्मुख बसेर सम्झाउनु हुन्छ,
भन्नुहुन्छ– तिमीले भक्ति त धेरै गर्यौ, अब भक्तिको रात पूरा भएर प्रभात भइरहेको छ।
प्रभातको धेरै महत्त्व छ। प्रभातको समय बाबालाई याद गर्नुपर्छ। प्रभातको समयमा भक्ति
पनि धेरै गर्छन्। माला पनि जप्छन्। यो भक्ति मार्गको रसम चल्दै आउँछ। बाबा
भन्नुहुन्छ– प्यारा बच्चाहरू! यो नाटक पूरा हुन्छ, फेरि चक्र दोहोरिन्छ। त्यहाँ त
भक्तिको आवश्यकता हुँदैन। स्वयं नै भन्छन्– भक्ति पछि भगवान मिल्छ। भगवानलाई याद
गर्छन् किनकि दु:खी छन्। जब कुनै आपद आउँछ वा रोगी पर्छन् भने भगवानलाई याद गर्छन्,
भक्तले नै भगवानलाई याद गर्छन्। सत्ययुग त्रेतामा भक्ति हुँदैन। नत्र सारा भक्ति
सम्प्रदाय हुने थियो। भक्ति, ज्ञान अनि हुन्छ वैराग्य। भक्तिपछि फेरि हुन्छ दिन।
दिन भनिन्छ नयाँ दुनियाँलाई। भक्ति, ज्ञान, वैराग्य शब्द ठीक छन्। वैराग्य केको?
पुरानो दुनियाँ, पुराना सम्बन्ध आदिबाट वैराग्य। चाहन्छन्– हामी मुक्तिधाममा बाबाको
पासमा जाऔं। भक्तिपछि हामीलाई भगवान अवश्य मिल्छ। भक्तहरूलाई नै भगवान बाबा
मिल्नुहुन्छ। भक्तहरूलाई सद्गति दिने भगवानको नै काम हो। अरू केही गर्नु छैन, केवल
बाबालाई चिन्नु छ। बाबा हुनुहुन्छ– यस मनुष्य सृष्टि रूपी वृक्षको बीज, यसलाई उल्टो
वृक्ष भनिन्छ। बीजबाट वृक्ष कसरी निस्किन्छ, यो त धेरै सहज छ। अहिले तिमीलाई थाहा
छ– यी वेद शास्त्र, ग्रन्थ आदि पढ्नु, जप तप गर्नु– यो सबै भक्ति मार्ग हो। यो कुनै
भगवानलाई पाउने सच्चा मार्ग होइन। सच्चा मार्ग त भगवानले नै देखाउनुहुन्छ– मुक्ति,
जीवनमुक्तिको। तिमीलाई थाहा छ– अब ड्रामा पूरा हुन्छ, जे पास्ट भयो, त्यो ड्रामा।
यसलाई बुझ्न धेरै बेहदको बुद्धि चाहिन्छ। बेहदका मालिकले नै सारा सृष्टिको आदि मध्य
अन्त्यको, बेहदको ज्ञान दिनुहुन्छ। उहाँलाई भनिन्छ ज्ञानेश्वर, रचयिता। ज्ञानेश्वर
अर्थात् ईश्वरमा ज्ञान छ, यसलाई भनिन्छ रूहानी आध्यात्मिक ज्ञान, ईश्वरीय ज्ञान।
तिमी पनि ईश्वर बाबाका विद्यार्थी बनेका छौ। भगवानुवाच– तिमीलाई राजयोग सिकाउँछु,
त्यसैले भगवान टिचर पनि हुनुभयो। तिमी विद्यार्थी पनि हौ, बच्चाहरू पनि हौ।
बच्चाहरूलाई हजुरबुवाबाट वर्सा मिल्छ। यो त धेरै सहज कुरा हो। बच्चा यदि लायक छैन
भने पिताले लात मारेर निकालिदिन्छन्, धन्दा आदिमा जो राम्रो सहयोगी हुन्छन्, उनलाई
नै हिस्सा मिल्छ। तिमी बच्चाहरूको पनि हजुरबुवाको सम्पत्तिमा हक छ। उहाँ हुनुहुन्छ
निराकार। बच्चाहरूलाई थाहा छ– हामीले आफ्नो हजुरबुवाबाट वर्सा लिइरहेका छौं। उहाँले
नै स्वर्गको स्थापना गर्नुहुन्छ। नलेजफुल हुनुहुन्छ। ब्रह्मा विष्णु शंकरलाई
पतित-पावन भनिदैन। उनीहरू त देवता हुन्। उनलाई सद्गतिदाता भनिदैन। उहाँ त एउटै
हुनुहुन्छ। याद पनि सबैले एकलाई नै गर्छन्। बाबाको बारेमा थाहा नभएकाले भनिदिन्छन्–
सबैमा परमात्मा हुनुहुन्छ। यदि कसैलाई साक्षात्कार भयो भने सम्झन्छन्– हनुमानले
दर्शन गराउनु भयो। भगवान त सर्वव्यापी हुनुहुन्छ। कुनै पनि चीजमा भावना राखेमा
साक्षात्कार हुन्छ। यहाँ त पढाइको कुरा छ। बाबा भन्नुहुन्छ– मैले बच्चाहरूलाई आएर
पढाउँछु। तिमीले देखेका पनि छौ– कसरी पढाउनुहुन्छ, जसरी अरू टिचर हुन्छन्, बिल्कुल
साधारण रीतिले पढाउनुहुन्छ। वकिलले त आफू समान वकिल बनाउँछ नि। यो त तिमीले नै
जान्दछौ– यस दुनियाँलाई स्वर्ग कसले बनायो? यहाँ रहने सूर्यवंशी देवी-देवताहरू
कहाँबाट आए? मनुष्यहरूलाई बिल्कुल थाहा छैन। अहिले हो संगम। तिमी संगममा खडा छौ, अरू
कोही संगममा छैनन्। हेर यो संगमको मेला कस्तो छ। बच्चाहरू आएका छन्, बाबासँग मिल्नको
लागि। यो मेला नै कल्याणकारी छ। बाँकी अरू जति पनि कुम्भको मेला आदि लाग्छन्,
त्यसबाट कुनै प्राप्ति हुँदैन। सच्चा-सच्चा कुम्भको मेला भनिन्छ संगमलाई। गायन छ–
आत्मा परमात्मा अलग रहे बहुकाल, फेरि सुन्दर मेला गरिदिनु भएको छ। यो समय कति राम्रो
छ। यो संगमको समय कति कल्याणकारी छ किनकि यस समयमा नै सबैको कल्याण हुन्छ। बाबा आएर
सबैलाई पढाउनुहुन्छ, उहाँ हुनुहुन्छ निराकार, स्टार। लिंग रूप राखिएको छ, सम्झाउनको
लागि। बिन्दु राख्नाले केही बुझ्न सक्दैनन्। तिमीले बुझाउन सक्छौ– आत्मा एक स्टार
हो। बाबा पनि स्टार हुनुहुन्छ। जस्तो आत्मा त्यस्तै परमपिता परमात्मा। फरक छैन। तिमी
आत्माहरू पनि नम्बरवार छौ। कसैको बुद्धिमा कति ज्ञान भरिएको छ, कसैको बुद्धिमा कति।
अहिले तिमीले बुझेका छौ– हामी आत्माहरूले कसरी ८४ जन्म भोग्छौं। हर एकले आफ्नो
हिसाब किताब भोग्नै पर्छ। कोही बिमारी पर्छन्, हिसाब चुक्ता गर्नु छ। यस्तो होइन
ईश्वरीय सन्तानलाई यो कर्मभोग किन हुन्छ! बाबाले सम्झाउनु भएको छ– प्यारा बच्चाहरू!
जन्म-जन्मान्तरको पाप छ। हुन त कुमारी हौ, कुमारीबाट के पाप भएन होला? यो त अनेक
जन्मको हिसाब-किताब चुक्ता हुनु छ नि। बाबाले सम्झाउनु भएको छ– यस जन्ममा पनि गरेको
पाप यदि सुनाएनौ भने भित्र वृद्धि भइरहन्छ। बताइदिएपछि फेरि त्यो वृद्धि हुँदैन।
सबैभन्दा नम्बरवन भारतवर्ष पावन थियो, अहिले भारत सबैभन्दा पतित छ। त्यसैले उनीहरूले
मेहनत पनि धेरै गर्नुपर्छ। जसले सेवा धेरै गर्छन्, उनले बुझ्न सक्छन् म उच्च नम्बरमा
जानेछु। केही हिसाब-किताब रहेको छ भने भोग्नु पर्ने हुन्छ। त्यो भोगाइ पनि खुशीले
भोगिन्छ। अज्ञानी मनुष्यहरूलाई त केही भयो भने एकदम रुन कराउन थाल्छन्। यहाँ त
खुशीले भोग्नु छ। हामी नै पावन थियौं, फेरि हामी नै सबैभन्दा पतित बन्छौं। यो चोला
पार्ट खेल्नको लागि हामीलाई मिलेको छ। अहिले बुद्धिमा आएको छ, हामी सबैभन्दा धेरै
पतित बनेका छौं। धेरै मेहनत गर्नुपर्छ। आश्चर्य मान्नु हुँदैन– फलानोलाई यो बिमारी
किन! अरे, हेर कृष्णको पनि नाम गायन गरिएको छ– श्याम, सुन्दर। चित्र बनाउनेले त
बुझ्दैनन्। उनले त राधालाई गोरो कृष्णलाई कालो देखाउँछन्। सम्झन्छन्– राधा कुमारी
हुन् त्यसैले उनको मान राख्छन्। सम्झन्छन्– उनी कसरी काली हुन्छिन्! यी कुरालाई
तिमीले बुझेका छौ। जो देवता कुलका थिए, उनले अब आफूलाई हिन्दु धर्मको मानिरहेका छन्।
तिमीले श्रीमतमा आफ्नो
कुलको उद्धार गर्छौ। सारा कुललाई पावन बनाउनु छ, उद्धार गरेर माथि उठाउनु छ। तिमी
सेलभेशन आर्मी हौ नि। बाबाले नै दुर्गतिबाट निकालेर सद्गति गर्नुहुन्छ, उहाँलाई नै
रचयिता, डायरेक्टर, मुख्य एक्टर भनेर गायन गरिएको छ। एक्टर कसरी हुनुहुन्छ?
पतित-पावन बाबा आएर पतित दुनियाँमा सबैलाई पावन बनाउनुहुन्छ, त्यसैले मुख्य हुनु भयो
नि। ब्रह्मा विष्णु शंकरलाई कुनै गर्ने-गराउनेवाला भनिदैन। यतिबेला तिमीले अनुभवले
भन्न सक्छौ– बाबा जसलाई गर्ने-गराउनेवाला भनिन्छ, उहाँले यस समयमा पार्ट खेल्नु
हुन्छ। उहाँले पार्ट खेल्नु हुन्छ पनि संगममा। उहाँलाई कसैले जान्दैनन्। मनुष्य १४
कलाबाट फेरि तल गिर्छन्। बिस्तारै बिस्तारै कला कम हुँदै जान्छ। हर जन्ममा केही न
केही कला कम हुन्छ। सत्ययुगमा ८ जन्म लिनु पर्छ। एक-एक जन्ममा ड्रामा अनुसार केही न
केही कला कम हुन्छ। अहिले हो चढ्ने पालो। जब पूरा चढ्छौ फेरि बिस्तारै बिस्तारै
उत्रिन्छौ। बच्चाहरूलाई थाहा छ– अहिले राजधानी स्थापना भइरहेको छ। राजधानीमा त हर
प्रकारका चाहिन्छन्। जो राम्रोसँग श्रीमतमा चल्छन्, उनले उच्च पद पाउँछन्, त्यो पनि
परेका जब सोध्छन् भने मात्र! बाबालाई आफ्नो पूरा दिनचर्या पनि पठाउन् तब बाबाले राय
दिनुहुन्छ। यस्तो होइन, बाबाले त सबैथोक जान्नुहुन्छ। उहाँले त सारा दुनियाँको आदि,
मध्य, अन्त्यलाई जान्नुहुन्छ। बसेर एक-एकको दिललाई त जान्नु हुन्न, उहाँ नलेजफुल
हुनुहुन्छ। बाबा भन्नुहुन्छ– मैले आदि मध्य अन्त्यलाई जान्दछु, त्यसैले त बताउँछु–
तिमी यसरी यसरी गिर्छौ। फेरि यसरी चढ्छौ। यो पार्ट यहाँको हो। भक्ति त सबैले गर्छन्।
जसले सबैभन्दा धेरै भक्ति गर्छन्, उनलाई पहिले सद्गति मिल्नुपर्छ। पूज्य थिए फेरि
८४ जन्म पनि उनीहरूले लिए। भक्ति पनि उनीहरूले गरेका छन्, नम्बरवार। हुन त यस समयमा
जन्म मिलेको छ तर अघिल्लो जन्मको पाप त छ नि। त्यो त काटिन्छ, यादको बलद्वारा। याद
नै कठिन छ। तिम्रो लागि बाबा भन्नुहुन्छ– तिमी यादमा रह्यौ भने निरोगी बन्छौ।
बाबाबाट वर्सा मिल्छ– सुख, शान्ति, पवित्रताको। निरोगी काया वा लामो आयु मिल्छ केवल
यादद्वारा। ज्ञानद्वारा तिमी त्रिकालदर्शी बन्छौ। त्रिकालदर्शीको अर्थ पनि कसैलाई
थाहा छैन। रिद्धि सिद्धिवाला पनि धेरै हुन्छन्। यहाँ बसेर पनि लण्डनको
पार्लियामेन्ट आदि देखिरहन्छन्। तर यस रिद्धि-सिद्धिबाट फाइदा केही पनि छैन।
साक्षात्कार पनि हुन्छ दिव्य दृष्टिद्वारा, यी नयनद्वारा हुँदैन। यस समयमा सबै काला
छन्। तिमी बलि चढ्छौ अर्थात् बाबाको बन्छौ। बाबा पनि पूरा बलि चढे, जो अधुरो बलि
चढ्छन्, मिल्छ पनि अधुरो। बाबा पनि बलि चढे नि। जे जति थियो बलि चढाइदिए। यतिका सबै
बलि चढ्छन्, उनलाई २१ जन्मको लागि प्राप्ति हुन्छ। यसमा जीवघातको कुरा छैन।
जीवघातीलाई महापापी भनिन्छ। आत्माले आफ्नो शरीरको घात गर्नु, यो त राम्रो होइन।
मनुष्यले अरूको घाँटी काट्छन्, उनले आफ्नो काट्छन्। त्यसैले जीव घाती, महापापी
भनिन्छ।
बाबाले मीठा प्यारा
बच्चाहरूलाई कति राम्रोसँग सम्झाउनु हुन्छ। तिमीलाई थाहा छ– कल्प-कल्प, कल्पको
संगमयुगे यस कुम्भको मेलामा आउनुहुन्छ। उहाँ उही माता-पिता हुनुहुन्छ। भन्छन्– बाबा
हजुर नै हाम्रो सबैथोक हुनुहुन्छ। बाबाले पनि भन्नुहुन्छ– हे प्यारा बच्चाहरू! तिमी
आत्माहरू मेरा हौ। तिमी बच्चाहरूलाई थाहा छ– शिवबाबा आउनु भएको छ कल्प पहिले जसरी।
जसले पूरा ८४ जन्म लिएका छन्, उनीहरूलाई शृङ्गार गरिरहेको छु। तिम्रो आत्माले
जान्दछ– बाबा नलेजफुल, पतित-पावन हुनुहुन्छ। उहाँले हामीलाई अहिले सारा ज्ञान
दिनुहुन्छ। उहाँ नै ज्ञानको सागर हुनुहुन्छ, यसमा शास्त्रहरूको कुनै कुरा छैन। यहाँ
त देह सहित सबैथोक बिर्सेर आफूलाई आत्मा सम्झनु छ। एक बाबाको बनेका छौ त्यसैले अरू
सबै बिर्सिनु छ। अरूसँग बुद्धियोग तोडेर एकसँग जोड्नु छ। गायन पनि छ– हामीले
हजुरसँग नै जोड्नेछौं। बाबा हामी पूरा बलिहार जानेछौं। बाबाले पनि भन्नुहुन्छ– म
तिमीहरूमा बलिहार जान्छु। प्यारा बच्चाहरू! सारा विश्वको रजाइँको तिमीलाई मालिक
बनाउँछु, म त निष्कामी हुँ। मनुष्यले भन्न त भन्छन् निष्काम सेवा गर्छौं, तर फल त
मिल्छ नि। बाबाले निष्काम सेवा गर्नुहुन्छ, यो पनि तिमीले जानेका छौ। आत्माले जे
भन्छ, मैले निष्काम सेवा गर्छु, यो कहाँबाट सिकेको हो! तिमीलाई थाहा छ– निष्काम सेवा
बाबाले नै गर्नुहुन्छ। आउनु हुन्छ नै कल्पको संगमयुगमा। अहिले पनि तिम्रो सम्मुख
बस्नु भएको छ। बाबा स्वयं भन्नुहुन्छ– म त हुँ निराकार। मैले तिमीलाई कसरी यो वर्सा
दिऊँ? सृष्टिको आदि-मध्य-अन्त्यको ज्ञान कसरी सुनाऊँ? यसमा प्रेरणाको कुरा नै छैन।
शिव जयन्ती मनाउँछन् त्यसैले अवश्य आउँछु नि। म आउँछु भारतवर्षमा। यसको महिमा
सुनाउँछु। भारतवर्ष त बिल्कुलै महान् पवित्र थियो, अब फेरि बनिरहेको छ। बाबाको
बच्चाहरूमा कति लभ छ। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी
बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) श्रीमतमा आफ्नो कुलको उद्धार गर्नु छ। सारा कुललाई पावन बनाउनु छ। बाबालाई आफ्नो
सच्चा-सच्चा हिसाब दिनु छ।
२) यादको बलद्वारा
आफ्नो कायालाई निरोगी बनाउनु छ। बाबामा पूरा-पूरा बलिहार जानु छ। बुद्धियोग अरूसँग
तोडेर एकसँग जोड्नु छ।
वरदान:–
एक बाबा दोस्रो
न कोही , यस स्मृतिद्वारा निमित्त बनेर सेवा गर्ने सर्व लगावमुक्त भव
जुन बच्चाहरू सदा एक
बाबा दोस्रो न कोही– यस स्मृतिमा रहन्छन् उनीहरूको मन-बुद्धि सहजै एकाग्र हुन्छ।
उनीहरूले सेवा पनि निमित्त बनेर गर्छन्। त्यसैले त्यसमा उनीहरूको लगाव हुँदैन।
लगावको निशानी हो– जहाँ लगाव हुन्छ, त्यहाँ बुद्धि जान्छ, मन भाग्छ। त्यसैले सबै
जिम्मेवारी बाबालाई अर्पण गरेर ट्रस्टी वा निमित्त बनेर सम्हाल्यौ भने लगावमुक्त
बन्छौ।
स्लोगन:–
विघ्नले नै
आत्मालाई बलवान बनाउँछ, त्यसैले विघ्नहरूसँग नडराऊ।