14.07.20          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे यस शरीरको मूल्य तब हुन्छ , जब यसमा आत्माले प्रवेश गर्छ , सजावट शरीरको हुन्छ , आत्माको हुँदैन।

प्रश्न:
तिमी बच्चाहरूको कर्तव्य के हो? तिमीले कुनचाहिँ सेवा गर्नु छ?

उत्तर:
तिम्रो कर्तव्य हो आफ्ना साथीहरूलाई नरबाट नारायण, नारीबाट लक्ष्मी बन्ने युक्ति बताउनु। तिमीले अब विश्वको सच्चा रूहानी सेवा गर्नु छ। तिमीलाई ज्ञानको तेस्रो नेत्र मिलेको छ त्यसैले तिम्रो बुद्धि र चलन धेरै रिफाइन हुनुपर्छ। कसैमा अलिकति पनि मोह नहोस्।

गीत:
नयन हीन को राह दिआओ....

ओम् शान्ति ।
डबल ओम् शान्ति। तिमी बच्चाहरूले पनि जवाफ दिनुपर्छ ओम् शान्ति। हाम्रो स्वधर्म हो शान्ति। तिमी अहिले शान्तिको लागि कतै कहाँ जान्छौ र! मानिसहरू मनको शान्तिको लागि साधु-सन्तहरूको पासमा पनि जान्छन् नि। अब मन-बुद्धि त हुन् आत्माका अंगहरू। जसरी यी शरीरका अंगहरू छन्, त्यस्तै मन, बुद्धि र चक्षु (तेस्रो नेत्र) आत्माका अंगहरू हुन्। चक्षु मानौं यो आँखा हो, तर त्यो शरीरको अंग जस्तो छैन। भन्छन् हे प्रभु, नयन हीन को राह बताओ। अब प्रभु वा ईश्वर भन्दा बाबाको त्यो स्नेह अनुभव हुँदैन। बाबाद्वारा त बच्चाहरूलाई वर्सा मिल्छ। यहाँ त तिमी बाबाको सम्मुख बसेका छौ। पढ्छौ पनि। तिमीलाई कसले पढाउँछ? तिमीले यस्तो भन्दैनौ परमात्मा वा प्रभुले पढाउनु हुन्छ। तिमीले त भन्छौ शिवबाबाले पढाउनु हुन्छ। बाबा अक्षर त एकदम साधारण छ। हुनुहुन्छ पनि बापदादा। आत्मालाई आत्मा नै भनिन्छ, त्यस्तै उहाँ परम आत्मा हुनुहुन्छ। उहाँ हुनुहुन्छ परम आत्मा मतलब परमात्मा, तिम्रो बाबा हुँ। फेरि म परम आत्माको ड्रामा अनुसार नाम राखिएको छ शिव। ड्रामामा सबैको नाम पनि हुनुपर्छ नि। शिवका मन्दिर पनि छन्। भक्ति मार्गकाले एकको बदलामा अनेक नाम राखिदिएका छन्। फेरि अनगिन्ती मन्दिर पनि बनाइरहन्छन्। चीज एउटै हो। सोमनाथको मन्दिर कति विशाल छ, कति सजाउँछन्। महल आदिको पनि कति सजावट गर्छन्। आत्माको त कुनै सजावट हुँदैन, त्यस्तै परमात्माको पनि सजावट हुँदैन। उहाँ त बिन्दु हुनुहुन्छ। बाँकी जति पनि सजावट हुन्छ त्यो शरीरको हो। बाबा भन्नुहुन्छ न मेरो सजावट छ, न आत्माहरूको सजावट छ, आत्मा हो नै बिन्दु। यति सानो बिन्दुले त कुनै पार्ट खेल्न सक्दैन। त्यही सानो आत्माले शरीरमा प्रवेश गरेपछि शरीरको कति प्रकारको सजावट हुन्छ। मानिसहरूका कति नाम छन्। राजा-रानीहरूको सजावट कस्तो हुन्छ, आत्मा त साधारण बिन्दु हो। अहिले तिमी बच्चाहरूले यो पनि बुझेका छौ आत्माले नै ज्ञान धारण गर्छ। बाबा भन्नुहुन्छ ममा पनि ज्ञान छ नि। शरीरमा कहाँ ज्ञान हुन्छ र! म आत्मामा ज्ञान छ, मलाई यो शरीर लिनु पर्ने हुन्छ, तिमीलाई सुनाउनको लागि। शरीर विना त तिमीले सुन्न सक्दैनौ। अब यो गीत बनाएका छन्, नयन हीन को राह बताओ...। के शरीरलाई मार्ग बताउनु छ? होइन। आत्मालाई। आत्माले नै पुकार्छ। शरीरमा त दुई नेत्र छन्। तीनवटा त हुन सक्दैन। तेस्रो नेत्रको रूपमा यहाँ निधारमा तिलक पनि लगाउँछन्। कसैले केवल बिन्दु जस्तो लगाउँछन्, कसैले रेखा लगाउँछन्। आत्मा त बिन्दु हो। बाँकी ज्ञानको तेस्रो नेत्र मिल्छ। आत्माको पहिला यो ज्ञानको तेस्रो नेत्र थिएन। कोही पनि मनुष्य मात्रलाई यो ज्ञान छैन त्यसैले ज्ञान नेत्रहीन भनिन्छ। बाँकी यी आँखा त सबैका हुन्छन्। सारा दुनियाँमा कसैको पनि यो तेस्रो नेत्र छैन। तिमी हौ सर्वोत्तम ब्राह्मण कुलका। तिमीलाई थाहा छ भक्ति मार्ग र ज्ञान मार्गमा कति फरक छ। तिमीले रचयिता र रचनाको आदि-मध्य-अन्त्यलाई जानेर चक्रवर्ती राजा बन्छौ। जस्तै आई.सी.एस. पढ्नेले धेरै उच्च पद पाउँछन्। तर यहाँ कोही पढाइबाट एम.पी. (सांसद) आदि बन्दैनन्। यहाँ त चुनाव हुन्छ, भोटको आधारमा एम.पी. आदि बन्छन्। अहिले तिमी आत्माहरूलाई बाबाको श्रीमत मिल्छ। अरू कसैले पनि यसो भन्दैन मैले आत्माहरूलाई मत दिन्छु। ती त सबै हुन् देह-अभिमानी। बाबा नै आएर देही-अभिमानी बन्न सिकाउनु हुन्छ। सबै छन् देह-अभिमानी। मनुष्यले शरीरको कति सजावट गर्छन्। यहाँ त बाबाले आत्माहरूलाई नै देख्नुहुन्छ। शरीर त विनाशी, कौडीतुल्य छ। जनावरहरूको त फेरि पनि छाला आदि बिक्री हुन्छ। मनुष्यको शरीर त कुनै काममा आउँदैन। अहिले बाबा आएर हीरा तुल्य बनाउनु हुन्छ।

तिमी बच्चाहरूलाई थाहा छ अहिले हामी नै देवता बनिरहेका छौं, त्यसैले यो नशा चढिरहनु पर्छ। तर यो नशा पनि नम्बरवार पुरुषार्थ अनुसार रहन्छ। धनको पनि नशा हुन्छ नि। अहिले तिमी बच्चाहरू धेरै धनवान बन्छौ। तिम्रो धेरै कमाई भइरहेको छ। तिम्रो महिमा पनि अनेक प्रकारको छ। तिमीले फूलहरूको बगैंचा बनाउँछौं। सत्ययुगलाई भनिन्छ फूलको बगैंचा। यसको कलमी कहिले लाग्छ यो कसैलाई पनि थाहा छैन। तिमीलाई बाबाले सम्झाउनु हुन्छ। बोलाउँछन् पनि हे बागवान आउनुहोस्। उहाँलाई माली भनिदैन। माली तिमी बच्चाहरू हौ जसले सेन्टर सम्हाल्छौ। माली अनेक प्रकारका हुन्छन्। बागवान एउटै हुनुहुन्छ। मुगल गार्डेनको मालीलाई तलब पनि यति नै धेरै मिल्छ नि। बगैंचा यस्तो सुन्दर बनाउँछ जसलाई सबै हेर्न आउँछन्। मुगलहरू धेरै सोखिन थिए। उनकी स्त्री मरिन्, त्यसपछि ताजमहल बनाए। उनको नाम चल्दै आयो। कति राम्रा-राम्रा यादगार बनाएका छन्। बाबा सम्झाउनु हुन्छ मनुष्यको कति महिमा हुन्छ। मानिस त मानिस नै हुन्। लडाईंमा धेरै भन्दा धेरै मानिसहरू मर्छन्, फेरि के गर्छन्? मट्टितेल, पेट्रोल हालेर खलास गरिदिन्छन्। कोही त त्यत्तिकै पनि रहिरहन्छन्। कहाँ गाड्छन् र। केही पनि मान हुँदैन। अब तिमी बच्चाहरूलाई कति नारायणी नशा चढ्नुपर्छ। यो हो विश्वको मालिकपनको नशा। सत्यनारायणको कथा हो त्यसैले अवश्य नारायण नै बन्छौं। आत्मालाई ज्ञानको तेस्रो नेत्र मिलेको छ। दिनेवाला हुनुहुन्छ बाबा। तिजरीको कथा पनि छ। यी सबैको अर्थ बाबाले बसेर सम्झाउनु हुन्छ। कथा सुनाउनेहरूले केही पनि जानेका छैनन्। अमरकथा पनि सुनाउँछन्। अब अमरनाथमा कहाँ टाढा-टाढा जान्छन्। बाबा त यहाँ आएर सुनाउनु हुन्छ। माथि नै त सुनाउनुहुन्न। त्यहाँ बसेर पार्वतीलाई कहाँ अमरकथा सुनाउनु भयो र। यी कथा आदि जुन बनाइएका छन् यो पनि ड्रामामा निश्चित छ। फेरि पनि हुने छ। बाबा बसेर तिमी बच्चाहरूलाई भक्ति र ज्ञानको भिन्नता बताउनु हुन्छ। अहिले तिमीलाई ज्ञानको तेस्रो नेत्र मिलेको छ। भन्छन् नि हे प्रभु, अन्धाहरूलाई मार्ग बताउनुहोस्। भक्ति मार्गमा पुकार्छन्। बाबा आएर तेस्रो नेत्र दिनुहुन्छ, जसको बारेमा कसैलाई पनि थाहा छैन, सिवाय तिमीहरू। ज्ञानको तेस्रो नेत्र छैन भने भन्छन् चूँचा, धुंधकारी। आँखा पनि कोहीका कस्ता, कोहीका कस्ता हुन्छन् नि। कसैका धेरै शोभायमान आँखा हुन्छन्। फेरि त्यसको आधारमा इनाम पनि मिल्छ, फेरि नाम राख्छन् मिस इन्डिया, मिस फलानी। तिमी बच्चाहरूलाई अहिले बाबाले केबाट के बनाउनु हुन्छ। त्यहाँ त नेचुरल ब्युटी हुन्छ। कृष्णको यति महिमा किन छ? किनकि सबै भन्दा धेरै सुन्दर बन्छन्। नम्बरवनमा कर्मातीत अवस्था प्राप्त गर्छन्, त्यसैले नम्बरवनमा गायन छ। यो पनि बाबा बसेर सम्झाउनु हुन्छ। बाबा पटक-पटक भन्नुहुन्छ प्यारा बच्चाहरू! मनमनाभव। हे आत्माहरू आफ्नो बाबालाई याद गर। बच्चाहरूमा पनि नम्बरवार त छन् नि। मानौं लौकिक पिताका पनि ५ छोरा-छोरीहरू छन्, उनीहरूमा जो आज्ञाकारी हुन्छ, उसलाई नम्बरवनमा राख्छन्। मालाको दाना भयो नि। भन्छन् यो दोस्रो नम्बर, यो तेस्रो नम्बर। उस्तै त हुँदैनन्। बाबाको प्यार पनि नम्बरवार हुन्छ। त्यो हो हदको कुरा। यो हो बेहदको कुरा।

जुन बच्चाहरूलाई ज्ञानको तेस्रो नेत्र मिलेको छ, उनीहरूको बुद्धि र चलन आदि धेरै शुद्ध (रिफाइन) हुन्छ। एक किंग अफ फ्लावर हुन्छ। यी ब्रह्मा र सरस्वती फूलहरूका राजा-रानी हुन्। ज्ञान र याद दुवैमा तीक्ष्ण छन्। तिमीलाई थाहा छ हामी देवता बन्छौं। मुख्य ८ रत्न बन्छन्। पहिला-पहिला हुन्छ फूल (शिवबाबा)। फेरि युगल दाना ब्रह्मा-सरस्वती। माला जप्छन् हैन? वास्तवमा तिम्रो पूजन हुँदैन, स्मरण हुन्छ। तिमीहरूमाथि फूल चढाउन मिल्दैन। फूल तब बर्साउन सकिन्छ जब शरीर पनि पवित्र हुन्छ। यहाँ कसैको पनि शरीर पवित्र छैन। सबै विषबाट पैदा हुन्छन्, त्यसैले विकारी भनिन्छ। यी लक्ष्मी-नारायणलाई भनिन्छ नै सम्पूर्ण निर्विकारी। बच्चाहरू त जन्मिन्छन् नि। यस्तो होइन, कुनै ट्युबबाट बच्चा पैदा गराइन्छ। यी पनि सबै बुझ्ने कुरा हुन्। तिमी बच्चाहरूलाई यहाँ ७ दिनको भठ्ठीमा बसाइन्छ। भठ्ठीमा इँटा कोही त पूरा पाक्छन्, कोही कच्चा नै रहन्छन्। भठ्ठीको उदाहरण दिइन्छ। अब इँटाको भठ्ठीको शास्त्रहरूमा कहाँ वर्णन हुन सक्छ र! फेरि त्यसमा बिरालोको पनि कुरा छ। गुलबकावलीको कथामा पनि बिरालोको नाम राखेका छन्। बिरालोले दियोलाई निभाइदिन्थ्यो। तिम्रो पनि त्यही हालत हुन्छ नि। माया बिरालोले विघ्न पार्छ। तिम्रो अवस्थालाई नै गिराइदिन्छ। देह-अभिमान हो पहिलो नम्बर फेरि अरू विकार आउँछन्। मोह पनि धेरै हुन्छ नि। बच्चीले भन्छिन् म विश्वलाई स्वर्ग बनाउने रूहानी सेवा गर्छु, मोहवश आमा-बुबाले भन्छन् हामी अनुमति दिदैनौं। यो पनि कति मोह हो। तिमीहरू मोहको बिरालो बन्नु हुँदैन। तिम्रो लक्ष्य-उद्देश्य नै यही हो। बाबा आएर मनुष्यबाट देवता, नरबाट नारायण बनाउनु हुन्छ। तिम्रो पनि कर्तव्य हो आफ्ना साथीहरूको सेवा गर्नु, विश्वको सेवा गर्नु। तिमीलाई थाहा छ हामी के थियौं, के बन्न पुग्यौं। अब फेरि पुरुषार्थ गर राजाहरूका राजा बन्नको लागि। तिमीलाई थाहा छ हामीले आफ्नो राज्य स्थापना गर्छौं। कुनै कष्टको कुरा छैन। विनाशको लागि पनि ड्रामामा युक्ति रचिएको छ। पहिला पनि मिसाइलहरूबाट लडाईं भएको थियो। जब तिम्रो पूरा तयारी हुन्छ सबै फूल बनेर जान्छन् तब विनाश हुन्छ। कोही फूलहरूका राजा, कोही गुलाब, कोही मोतीहरू छन्। हरेकले आफूलाई राम्ररी जान्न सक्छन्, म आँक हुँ वा फूल हुँ? धेरै छन् जसलाई ज्ञानको केही धारणा हुँदैन। नम्बरवार त बन्छन् नि। या त बिल्कुल उच्च, या त बिल्कुल निम्न। राजधानी यहाँ नै बन्छ। शास्त्रहरूमा त देखाइएको छ पाण्डवहरू गलेर मरे, फेरि के भयो? केही पनि थाहा छैन। कथाहरू त धेरै बनाएका छन्, यस्तो कुनै कुरा होइन। अहिले तिमी बच्चाहरू कति स्वच्छ बुद्धि बन्छौ। बाबाले तिमीलाई अनेक प्रकारले सम्झाइरहनु हुन्छ। कति सहज छ। केवल बाबा र वर्सालाई याद गर्नु छ। बाबा भन्नुहुन्छ म नै पतित-पावन हुँ। तिम्रो आत्मा र शरीर दुवै पतित छन्। अब पावन बन्नु छ। आत्मा पवित्र बन्छ भने शरीर पनि पवित्र बन्छ। अहिले तिमीलाई धेरै मेहनत गर्नु छ। बाबा भन्नुहुन्छ बच्चाहरू धेरै कमजोर छन्। याद गर्न बिर्सिन्छन्। बाबाले स्वयं आफ्नो अनुभव सुनाउँछन्। भोजन गर्दा याद गर्छु शिवबाबाले मलाई खुवाउनु हुन्छ, फेरि बिर्सिहाल्छु। फेरि स्मृतिमा आउँछ। तिमीहरूमा पनि नम्बरवार पुरुषार्थ अनुसार छन्। कोही त बन्धनमुक्त भएर पनि फेरि फँस्छन्। धर्मको पनि बच्चा बनाउँछन्। अहिले तिमी बच्चाहरूलाई ज्ञानको तेस्रो नेत्र दिनेवाला बाबा मिलेको छ। यसलाई फेरि नाम दिएका छन् तिजरीको कथा अर्थात् तेस्रो नेत्र मिल्ने कथा। अहिले तिमी नास्तिकबाट आस्तिक बन्छौ। बच्चाहरूले जानेका छन् बाबा बिन्दु हुनुहुन्छ। ज्ञानका सागर हुनुहुन्छ। उनीहरूले त भनिदिन्छन् नाम-रूपबाट न्यारा हुनुहुन्छ। अरे, ज्ञानका सागर त अवश्य ज्ञान सुनाउनेवाला हुनुहुन्छ नि। उहाँको रूप पनि लिङ्ग देखाउँछन्, फेरि उहाँलाई नाम-रूपबाट न्यारा कसरी भन्न मिल्छ! सयौं नाम राखिदिएका छन्। बच्चाहरूको बुद्धिमा यो सारा ज्ञान राम्ररी रहनु पर्छ। भन्छन् पनि, परमात्मा ज्ञानका सागर हुनुहुन्छ। सारा जंगललाई कलम बनाए पनि उहाँको महिमा अन्त्य हुन सक्दैन। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) अहिले हामी बाबाद्वारा हीरातुल्य बनिरहेका छौं, हामी नै देवता बन्नेवाला हौं। यसै नारायणी नशामा रहनु छ, बन्धन-मुक्त बनेर सेवा गर्नु छ। बन्धनमा फँस्नु छैन।

२) ज्ञान-योगमा तीक्ष्ण बनेर माता-पिता समान राजा फूल बन्नु छ र आफ्ना साथीहरूको पनि सेवा गर्नु छ।

वरदान:
किन , के को प्रश्नको जालबाट सदा मुक्त रहने विश्व सेवाधारी , चक्रवर्ती भव

जब स्वदर्शन चक्र सही तर्फ चल्नुको सट्टा गलततर्फ चल्छ तब मायाजित बन्नुको सट्टा परचक्रको, उल्झनको चक्रमा आउँछौ, जसबाट किन र के को प्रश्नको जाल बन्छ जसलाई आफैं रच्दछौ र आफैं फँस्छौ। त्यसैले ज्ञानी बनेर स्वदर्शन चक्र घुमाइरह्यौ भने किन के को प्रश्नको जालबाट मुक्त भएर योगयुक्त, जीवनमुक्त, चक्रवर्ती बनेर बाबाको साथमा विश्व कल्याणको सेवामा चक्कर लगाइरहनेछौ। विश्व सेवाधारी चक्रवर्ती राजा बन्छौ।

स्लोगन:
विशाल बुद्धिद्वारा योजनालाई प्राक्टिकलमा ल्यायौ भने सफलता निश्चित छ।