14.10.20          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे संगमयुगमा नै तिमीलाई आत्म-अभिमानी बन्ने मेहनत गर्नुपर्छ , सत्ययुग अथवा कलियुगमा यो मेहनत हुँदैन।

प्रश्न:
श्रीकृष्णको नाम उनका माता पिताको भन्दा पनि धेरै प्रसिद्ध छ, किन?

उत्तर:
(१) किनकि श्रीकृष्ण भन्दा पहिला जसको पनि जन्म हुन्छ, त्यो जन्म योगबलद्वारा हुँदैन। कृष्णका माता पिताले कुनै योगबलबाट जन्म लिएका होइनन्। (२) पूरा कर्मातीत अवस्था भएका राधा-कृष्ण नै हुन्, उनीहरूले नै सद्गति पाउँछन्। जब सबै पाप आत्माहरू खतम हुन्छन् तब सुन्दर पावन नयाँ दुनियाँमा श्रीकृष्णको जन्म हुन्छ, त्यसलाई नै वैकुण्ठ भनिन्छ। (३) संगममा श्रीकृष्णको आत्माले, सबैभन्दा धेरै पुरुषार्थ गरेको छ त्यसैले उनको नाम प्रसिद्ध छ।

ओम् शान्ति ।
प्यारा रूहानी बच्चाहरूलाई रूहानी बाबा बसेर सम्झाउनु हुन्छ। ५ हजार वर्षपछि एकै पटक बच्चाहरूलाई आएर पढाउनु हुन्छ, पुकार्छन् पनि आएर हामी पतितलाई पावन बनाउनुहोस्। यसबाट सिद्ध हुन्छ यो पतित दुनियाँ हो। नयाँ दुनियाँ, पावन दुनियाँ थियो। नयाँ भवन सुन्दर हुन्छ। पुरानो टुटे फुटेको जस्तै हुन्छ। वर्सातमा भत्किन्छ। अहिले तिमी बच्चाहरूलाई थाहा छ बाबा आउनु भएको छ नयाँ दुनियाँ बनाउन। अहिले पढाइरहनु भएको छ। फेरि ५ हजार वर्षपछि पढाउनु हुन्छ। यसरी कहिल्यै कुनै साधु सन्त आदिले आफ्ना अनुयायीहरूलाई पढाउँदैनन्। उनीहरूलाई यो थाहै छैन। न खेलको बारेमा थाहा छ किनकि निवृत्ति मार्गका हुन्। बाबा सिवाय कसैले पनि सृष्टिको आदि-मध्य-अन्त्यको रहस्य सम्झाउन सक्दैन। आत्म-अभिमानी बन्नमा नै बच्चाहरूलाई मेहनत लाग्छ किनकि आधाकल्पमा तिमी कहिल्यै आत्म-अभिमानी बनेका छैनौ। अहिले बाबा भन्नुहुन्छ आफूलाई आत्मा सम्झ। यस्तो होइन आत्मा सो परमात्मा। होइन, आफूलाई आत्मा सम्झेर परमपिता शिवलाई याद गर्नु छ। यादको यात्रा मुख्य हो, जसबाट तिमी पतितबाट पावन बन्छौ। यसमा कुनै स्थूल कुरा छैन। कुनै नाक कान आदि बन्द गर्नु पर्दैन। मूल कुरा हो आफूलाई आत्मा सम्झिएर बाबालाई याद गर्नु। तिम्रो आधाकल्पदेखि बानी परेको छ देह अभिमानमा रहने। पहिला आफूलाई आत्मा सम्झियौ भने बाबालाई याद गर्न सक्छौ। भक्ति मार्गमा पनि बाबा-बाबा भन्दै आउँछन्। बच्चाहरूले जानेका छन् सत्ययुगमा एउटै लौकिक बाबा हुन्छन्। त्यहाँ पारलौकिक बाबालाई याद गर्दैनन् किनकि त्यहाँ सुख हुन्छ। भक्ति मार्गमा फेरि दुई वटा पिता हुनुहुन्छ, लौकिक र पारलौकिक। दु:खमा सबैले पारलौकिक बाबालाई याद गर्छन्। सत्ययुगमा भक्ति हुँदैन। त्यहाँ त हुन्छ नै ज्ञानको प्रारब्ध। यस्तो होइन, ज्ञान हुन्छ। यस समयको ज्ञानको प्रारब्ध मिल्छ। बाबा त एकै पटक आउनु हुन्छ। आधाकल्प बेहदको बाबाको, सुखको वर्सा रहन्छ। फेरि लौकिक बाबाबाट अल्पकालको वर्सा मिल्छ। यो मनुष्यले बुझाउन सक्दैनन्। यो हो नयाँ कुरा, ५ हजार वर्षमा संगमयुगमा एकै पटक आउनु हुन्छ। जब कलियुग अन्त्य, सत्ययुग आदिको संगम हुन्छ तब नै बाबा आउनु हुन्छ नयाँ दुनियाँ फेरि स्थापना गर्न। नयाँ दुनियाँमा यी लक्ष्मी-नारायणको राज्य थियो फेरि त्रेतामा रामराज्य थियो। बाँकी देवता आदिका जो यति धेरै चित्र बनाएका छन् ती सबै हुन् भक्ति मार्गका सामग्री। बाबा भन्नुहुन्छ यी सबैलाई भुल्दै जाऊ। अब आफ्नो घरलाई र नयाँ दुनियाँलाई याद गर।

ज्ञान मार्ग हो समझको मार्ग, जसबाट तिमी २१ जन्म समझदार बन्छौ। कुनै दु:ख हुँदैन। सत्ययुगमा कहिल्यै कसैले यस्तो भन्दैन हामीलाई शान्ति चाहियो। भनिन्छ नि माग्नु भन्दा मर्नु भलो। बाबाले तिमीलाई यस्तो धनवान बनाइदिनुहुन्छ जसकारण देवताहरूलाई भगवानसँग कुनै चीज माग्ने आवश्यकता हुँदैन। यहाँ त आशीर्वाद माग्छन् नि। पोप आदि आए भने कति जान्छन् आशीर्वाद लिन। पोपले कतिको विवाह गराइदिन्छन्। बाबाले त यो काम गर्नुहुन्न। भक्ति मार्गमा जे बितिसक्यो त्यही अहिले भइरहेको छ, फेरि दोहोरिन्छ। दिन-प्रतिदिन दुनियाँ कति गिर्दै जान्छ। अहिले तिमी छौ संगममा। बाँकी सबै हुन् कलियुगी मनुष्य। जबसम्म यहाँ आउँदैनन् तबसम्म केही पनि बुझ्न सक्दैनन् अहिले संगम हो वा कलियुग हो? एउटै घरमा बच्चाहरूले सम्झन्छन् संगममा छौं, पिताले भन्छन् हामी कलियुगमा छौं त्यसैले कति मेहनत हुन्छ। खानपान आदिको पनि झन्झट हुन्छ। तिमी संगमयुगी हौ शुद्ध पवित्र भोजन खानेवाला। देवताहरूले कहिल्यै प्याज आदि कहाँ खान्छन र। यी देवताहरूलाई भनिन्छ नै निर्विकारी। भक्ति, मार्गमा सबै तमोप्रधान बनेका छन्। अब बाबा भन्नुहुन्छ सतोप्रधान बन। कोही पनि यस्तो छैन जसले सम्झियोस् आत्मा पहिला सतोप्रधान थियो फेरि तमोप्रधान बनेको हो किनकि उनीहरूले त आत्मालाई निर्लेप सम्झन्छन्। आत्मा सो परमात्मा हुनुहुन्छ, यस्तो-यस्तो भनिदिन्छन्।

बाबा भन्नुहुन्छ ज्ञान सागर म नै हुँ। जो यस देवी-देवता धर्मका हुन्छन् उनीहरू सबैले आएर फेरि आफ्नो वर्सा लिन्छन्। अहिले कलमी लागिरहेको छ। तिमीले बुझ्छौ यो उच्च पद पाउन लायक छैन। घरमा गएर विवाह आदि गरेर पतित बनिरहन्छन्। त्यसैले सम्झाइन्छ, उच्च पद पाउन सक्दैनन्। यो राजाई स्थापना भइरहेको छ। बाबा भन्नुहुन्छ म तिमीलाई राजाहरूको राजा बनाउँछु त्यसैले प्रजा अवश्य बनाउनु पर्छ। नत्र राज्य कसरी पाउन सक्छौ? यी गीताका शब्द हुन् नि, यसलाई भनिन्छ नै गीताको युग। तिमीले राजयोग सिकिरहेका छौ, बुझेका छौ आदि सनातन देवी-देवता धर्मको जग बसिरहेको छ। सूर्यवंशी-चन्द्रवंशी दुवै राजाई स्थापना भइरहेको छ। ब्राह्मण कुल स्थापना भएको छ। ब्राह्मण नै फेरि सूर्यवंशी-चन्द्रवंशी बन्छन्। जसले राम्रोसँग मेहनत गर्छन् उनीहरू सूर्यवंशी बन्छन्। जुन अरू धर्म स्थापकहरू आउँछन्, उनीहरू आउँछन् नै आफ्नो धर्मको स्थापना गर्न। पछि त्यस धर्मका आत्माहरू आइरहन्छन्, धर्मको वृद्धि हुँदै जान्छ। सम्झ कोही क्रिश्चियन छन् भने उनीहरूको बीजरूप क्राइस्ट ठहरिए। तिम्रो बीजरूप को हुनुहुन्छ? बाबा, किनकि बाबा नै आएर स्वर्गको स्थापना गर्नुहुन्छ ब्रह्माद्वारा। ब्रह्मालाई नै प्रजापिता भनिन्छ, रचयिता भनिदैन। यिनीद्वारा बच्चा एडप्ट गरिन्छ। ब्रह्मालाई पनि त रचना गर्नुहुन्छ नि। बाबा आएर प्रवेश गरेर यिनलाई रच्नुहुन्छ। शिवबाबा भन्नुहुन्छ तिमी मेरा बच्चाहरू हौ। ब्रह्माले पनि भन्छन् तिमी मेरा साकारी बच्चाहरू हौ। अहिले तिमी काला फोहोरी बनेका छौ। फेरि ब्राह्मण बनेका छौ। यस संगममा नै तिमीले पुरुषोत्तम देवी-देवता बन्ने मेहनत गर्छौ। देवतालाई र शूद्रलाई कुनै मेहनत गर्नु पर्दैन, तिमी ब्राह्मणलाई मेहनत गर्नुपर्छ, देवता बन्नको लागि। बाबा आउनु हुन्छ नै संगममा। यो हो धेरै सानो युग त्यसैले यसलाई अधिक वर्ष (लिप इयर) भनिन्छ। यसलाई कसैले जानेका छैनन्। बाबालाई पनि मेहनत लाग्छ। यस्तो होइन झट्ट नयाँ दुनियाँ बन्छ। तिमीलाई देवता बन्न समय लाग्छ। जसले राम्रो कर्म गर्छन्, उनले नै राम्रो कुलमा जन्म लिन्छन्। अहिले तिमी नम्बरवार पुरुषार्थ अनुसार फूल बनिरहेका छौ। आत्मा नै बन्छ। अहिले तिम्रो आत्माले राम्रो कर्म सिकिरहेको छ। आत्माले नै राम्रो वा नराम्रो संस्कार लिएर जान्छ। अब तिमीले फूल बनेर राम्रो घरमा जन्म लिइरहन्छौ। यहाँ जसले राम्रो पुरुषार्थ गर्छन्, उनले अवश्य राम्रो कुलमा जन्म लिन्छन्। नम्बरवार त छन् नि। जस्तो जस्तो कर्म गर्छन् त्यस्तै जन्म लिन्छन्। जब नराम्रो कर्म गर्नेहरू बिलकुलै खतम हुन्छन् अनि फेरि स्वर्ग स्थापना हुन्छ, छाँटिएर। जति पनि तमोप्रधान छन् उनीहरू खतम हुन्छन्। फेरि नयाँ देवताहरूको आगमन सुरु हुन्छ। जब भ्रष्टाचारी सबै खतम हुन्छन् तब कृष्णको जन्म हुन्छ, तबसम्म परिवर्तन भइरहन्छ। जब कुनै पतित रहँदैन अनि कृष्ण आउने छन्, तबसम्म आउने जाने भइरहन्छ। कृष्णलाई रिसिभ गर्ने माता पिता पनि पहिला नै हुनुपर्छ नि। फेरि सबै राम्रा-राम्रा रहन्छन्। बाँकी सबै जान्छन्, तब नै त्यसलाई स्वर्ग भनिन्छ। तिमी कृष्णलाई रिसिभगर्नेहरू रहन्छौ। हुन त तिम्रो पतित जन्म हुन्छ किनकि रावण राज्य हो नि। शुद्ध जन्म त हुन सक्दैन। सबैभन्दा पहिला कृष्णको नै पवित्र जन्म हुन्छ। त्यसपछि नयाँ दुनियाँलाई वैकुण्ठ भनिन्छ। कृष्ण बिलकुल पवित्र नयाँ दुनियाँमा आउँछन्। रावण सम्प्रदाय बिलकुल खतम हुन्छ। कृष्णको नाम उनका माता पिताको भन्दा पनि धेरै प्रसिद्ध हुन्छ। कृष्णका माता पिताको नाम यति प्रसिद्ध हुँदैन। कृष्ण भन्दा पहिला जसको जन्म हुन्छ त्यसलाई योगबलबाट भएको जन्म भनिदैन। यस्तो होइन, कृष्णका मातापिताले योगबलबाट जन्म लिएका हुन्। होइनन्, यदि यस्तो हुने हो भने उनीहरूको पनि नाम प्रसिद्ध हुने थियो। त्यसैले सिद्ध हुन्छ, उनका माता पिताले यति पुरुषार्थ गरेका थिएनन् जति कृष्णले गरेका थिए। यी सबै कुरा पछि गएर तिमीले बुझ्छौ। पूरा कर्मातीत अवस्था भएका राधा कृष्ण नै हुन्। उनीहरू नै सद्गतिमा आउँछन्। पाप आत्माहरू सबै खतम हुन्छन् तब उनीहरूको जन्म हुन्छ फेरि भनिन्छ पावन दुनियाँ। त्यसैले कृष्णको नाम प्रसिद्ध छ। माता पिताको त्यति छैन। पछि गएर तिमीलाई धेरै साक्षात्कार हुन्छ। समय त छ। तिमीले जसलाई पनि सम्झाउन सक्छौ हामीले यस्ता बन्नको लागि पढिरहेका छौं। विश्वमा यिनको राज्य अहिले स्थापना भइरहेको छ। हाम्रो लागि त नयाँ दुनियाँ चाहिन्छ। अहिले तिमीलाई दैवी सम्प्रदाय भनिदैन। तिमी हौ ब्राह्मण सम्प्रदाय। देवता बन्नेवाला हौ। दैवी सम्प्रदाय बनेपछि फेरि तिम्रो आत्मा र शरीर दुवै स्वच्छ हुन्छ। अहिले तिमी संगमयुगी पुरुषोत्तम बन्नेवाला हौ। यो सारा मेहनत गर्ने कुरा हो। यादद्वारा विकर्माजित बन्नु छ। तिमीले स्वयं भन्छौ याद घरी-घरी भुलिन्छ। बाबा पिकनिकमा बस्दा ख्याल हुन्छ म यादमा रहिनँ भने बाबाले के भन्नुहुन्छ? त्यसैले बाबा भन्नुहुन्छ तिमी यादमा बसेर पिकनिक गर। कर्म गर्दा प्रियतमलाई याद गर्यौ भने विकर्म विनाश हुन्छ, यसमा नै मेहनत छ। यादद्वारा आत्मा पवित्र बन्छ, अविनाशी ज्ञान धन पनि जम्मा हुन्छ। फेरि यदि अपवित्र बन्यौ भने सारा ज्ञान बगेर जान्छ। पवित्रता नै मुख्य हो। बाबाले त राम्रा-राम्रा कुरा नै सम्झाउनु हुन्छ। यो सृष्टिको आदि-मध्य-अन्त्यको ज्ञान अरू कसैमा पनि छैन। अरू जति पनि सत्सङ्ग आदि छन्, ती सबै हुन् भक्ति मार्गका।

बाबाले सम्झाउनु भएको छ भक्ति वास्तवमा प्रवृत्ति मार्गकाहरूले नै गर्नुपर्छ। तिमीहरूमा त कति तागत हुन्छ। घर बसेरै तिमीलाई सुख मिल्छ। सर्वशक्तिमान् बाबाबाट यति धेरै तागत लिन्छौ। संन्यासीहरूमा पनि पहिला तागत थियो, जंगलमा रहन्थे। अहिले त कति ठूला-ठूला फ्ल्याट बनाएर बस्छन्। अहिले त्यो तागत छैन। जसरी तिमीहरूमा पनि पहिला सुखको तागत हुन्छ, फेरि हराएर जान्छ। उनीहरूमा पनि पहिला शान्तिको तागत थियो, अहिले त्यो तागत छैन। पहिला त सत्य भन्दथे रचयिता र रचनालाई हामीले जान्दैनौं। अहिले त आफूलाई भगवान, शिवोहम् भन्दै बस्छन्। बाबा सम्झाउनु हुन्छ यस समय सारा वृक्ष तमोप्रधान छ, त्यसैले साधु आदिको पनि उद्धार गर्न म आउँछु। यो दुनियाँ नै बदलिनु छ। सबै आत्माहरू फर्केर जान्छन्। एउटा पनि छैन जसलाई यो थाहा होस् हाम्रो आत्मामा अविनाशी पार्ट भरिएको छ, जसलाई फेरि दोहोर्याउँछौं। आत्मा यति सानो छ, यसमा अविनाशी पार्ट भरिएको छ, जसको कहिल्यै विनाश हुँदैन। यसमा बुद्धि धेरै राम्रो चाहिन्छ। त्यो तब हुन्छ जब यादको यात्रामा मस्त रहन्छौ। मेहनत बिना पद कहाँ मिल्छ र, त्यसैले गाइन्छ चढे तो चाखे.... कहाँ उच्च भन्दा उच्च राजाहरूको राजा डबल सिरताज, कहाँ प्रजा। पढाउनेवाला त एउटै हुनुहुन्छ। यसमा समझ धेरै राम्रो चाहिन्छ। बाबा पटक-पटक सम्झाउनु हुन्छ, यादको यात्रा हो मुख्य। मैले तिमीलाई पढाएर विश्वको मालिक बनाउँछु। त्यसैले उहाँ शिक्षक, गुरु पनि हुनुहुन्छ। बाबा त हुनुहुन्छ नै शिक्षकहरूका शिक्षक, पिताहरूका पिता। यो त तिमी बच्चाहरूलाई थाहा छ हाम्रो बाबा धेरै प्यारो हुनुहुन्छ। यस्तो बाबालाई त धेरै याद गर्नु छ। पढ्नु पनि पूरा छ। बाबालाई याद गरेनौ भने पाप नष्ट हुँदैन। बाबा सबै आत्माहरूलाई साथ लिएर जानुहुन्छ। बाँकी शरीर सबै खतम हुन्छन्। आत्माहरू आ-आफ्नो धर्मको सेक्सनमा गएर निवास गर्नेछन्। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) बुद्धिलाई पवित्र बनाउनको लागि यादको यात्रामा मस्त रहनु छ। कर्म गर्दा पनि एक प्रियतमकै याद रहोस् तब विकर्माजित बन्छौ।

२) यस छोटो युगमा मनुष्यबाट देवता बन्ने मेहनत गर्नु छ। राम्रो कर्म अनुसारको राम्रो संस्कारलाई धारण गरेर राम्रो कुलमा जानु छ।

वरदान:
दुनियाँ को आँखा का नानी बनेर भक्तहरूलाई नजरबाट निहाल गर्ने दर्शनीय मूर्त भव

सारा विश्व तिम्रो नयनको दृष्टि लिनको लागि प्रतीक्षामा छ। जब तिमी दुनियाँको नयनका नानी आफ्नो सम्पूर्ण अवस्थासम्म पुग्छौ अर्थात् सम्पूर्णताको आँखा खोल्छौ तब सेकेन्डमा विश्व परिवर्तन हुन्छ। फेरि तिमी दर्शनीय मूर्त आत्माहरूले आफ्नो नजरबाट भक्त आत्माहरूलाई निहाल गर्न सक्छौ। नजरबाट निहाल हुनेहरूको लामो क्यू छ त्यसैले सम्पूर्णताको आँखा खुलिरहोस्। आँखा मिच्न, संकल्पहरूमा निस्सासिन र झुट्का खान बन्द गर तब दर्शनीय मूर्त बन्न सक्छौ।

स्लोगन:
निर्मल स्वभाव निर्मानताको निशानी हो, निर्मल बन्यौ भने सफलता प्राप्त हुन्छ।