14.11.20          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे तिमी सच्चा-सच्चा राजऋषि हौ। तिम्रो कर्तव्य हो तपस्या गर्नु , तपस्याद्वारा नै पूजनीय बन्छौ।

प्रश्न:
कुनचाहिँ पुरुषार्थले सदाकालको लागि पूजनीय बनाउँछ?

उत्तर:
आत्माको ज्योति प्रज्वलित गर्ने वा आत्मालाई सतोप्रधान बनाउने पुरुषार्थ गर्यौ भने सदाकालको लागि पूजनीय बन्छौ। जसले अहिले लापर्बाही गर्छ उसले धेरै रुनु पर्ने हुन्छ। यदि पुरुषार्थ गरेर पास हुँदैनौ, धर्मराजको सजाय खान्छौ भने सजाय खानेको पूजा हुँदैन। सजाय खानेको शिर उँचो हुन सक्दैन।

ओम् शान्ति ।
रूहानी बच्चाहरूप्रति रूहानी बाबाले सम्झाइरहनु भएको छ। पहिला सुरुमा त बच्चाहरूलाई सम्झाइन्छ आफूलाई आत्मा निश्चय गर। पहिला आत्मा हो, त्यसपछि शरीर। जहाँतहाँ प्रदर्शनी अथवा म्युजियममा, क्लासमा सबैभन्दा पहिला यो सावधानी दिनु छ आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्नुहोस्। बच्चाहरू जब बस्छन्, सबै देही-अभिमानी भएर बस्दैनन्। यहाँ बस्दा पनि कहाँ-कहाँ ख्याल जान्छ। सत्सङ्ग आदिमा कुनै साधु आदि नआउँदासम्म बसेर के गर्छन्। कुनै न कुनै ख्यालमा बसिरहन्छन्। फेरि साधु आएपछि कथा आदि सुन्न थाल्छन्। बाबाले सम्झाउनु भएको छ भक्तिमार्गमा यो सबै सुन्ने, सुनाउने काम हुन्छ। बाबाले सम्झाउनु हुन्छ यो सबै आर्टिफिसियल हो। यसमा केही पनि छैन। दीपावली पनि आर्टिफिसियल मनाउँछन्। बाबाले सम्झाउनु भएको छ ज्ञानको तेस्रो नेत्र खुल्नुपर्छ अनि घर-घरमा उज्यालो हुन्छ। अहिले त घर-घरमा अँध्यारो नै छ। यो सबै बाहिरको प्रकाश हो। आफ्नो ज्योति जगाउन तिमी बिल्कुल शान्तिमा बस्छौ। बच्चाहरूले जानेका छन् स्वधर्ममा रहनाले पाप काटिन्छन्। जन्म-जन्मान्तरको पाप यस यादको यात्रामा रहनाले नै काटिन्छ। आत्माको ज्योति निभेको छ नि। शक्तिको पेट्रोल सारा खतम भएको छ। त्यो फेरि भरिन्छ किनकि आत्मा पवित्र बन्छ। कति रात-दिनको फरक छ। अहिले लक्ष्मीको कति पूजा हुन्छ। कति बच्चाहरूले लेख्छन् लक्ष्मी ठूलो वा माता सरस्वती ठूलो? लक्ष्मी त एक हुन् श्री नारायणकी। यदि महालक्ष्मीलाई पुज्छन् भने उनका ४ वटा भुजा देखाउँछन्। त्यसमा दुवै आउँछ। वास्तवमा त्यसलाई लक्ष्मी-नारायणको पूजा भन्नुपर्छ। चतुर्भुज हुन् नि दुवै मिलाएर। तर मनुष्यलाई केही पनि थाहा छैन। बेहदका बाबा भन्नुहुन्छ कति बेसमझ भएका छन्। लौकिक पिताले सारा दुनियाँका बच्चाहरूलाई बेसमझ भन्नुहुन्छ र। अहिले तिमी बच्चाहरूलाई थाहा छ विश्वको पिता को हुनुहुन्छ? स्वयं भन्नुहुन्छ म सबै आत्माहरूको पिता हुँ। तिमीहरू सबै मेरा बच्चा हौ। ती साधुहरूले त भनिदिन्छन् सबै भगवान नै भगवान हुन्। तिमीलाई थाहा छ बेहदका बाबाले हामी आत्माहरूलाई बेहदको ज्ञान सम्झाइरहनु भएको छ। मनुष्यहरूलाई त देह-अभिमान हुन्छ म फलानो हुँ...। शरीरको जुन नाम राखिएको छ त्यसैमा चल्दै आएका छन्। शिवबाबा त हुनुहुन्छ निराकार, सुप्रीम सोल। त्यस आत्माको नाम हो शिव। आत्माको एउटै नाम छ शिवबाबाको। उहाँ हुनुहुन्छ परम आत्मा, परमात्मा, उहाँको नाम हो शिव। बाँकी जति पनि अनगिन्ती, धेरै आत्माहरू छन् ती सबैको शरीरको नाम हुन्छ। शिवबाबा यहाँ रहनुहुन्न, उहाँ त परमधामबाट आउनु हुन्छ। शिव अवतरण पनि हुन्छ। बाबाले तिमीलाई सम्झाउनु भएको छ सबै आत्माहरू यहाँ पार्ट खेल्न आउँछन्। बाबाको पनि पार्ट छ। बाबाले त धेरै ठूलो काम यहाँ गर्नुहुन्छ। अवतार मान्छन् भने उहाँको त होली डे, स्ट्याम्प आदि हुनुपर्छ नि। सबै देशहरूमा होली डे हुनुपर्छ किनकि बाबा त सबैका सद्गतिदाता हुनुहुन्छ नि। उहाँको जन्मदिन र जाने दिन आदिको बारेमा थाहा हुन सक्दैन किनकि उहाँ त न्यारा हुनुहुन्छ नि। त्यसैले केवल शिवरात्रि भनिदिन्छन्। यो पनि तिमी बच्चाहरूलाई थाहा छ आधा कल्प हुन्छ बेहदको दिन र आधाकल्प हुन्छ बेहदको रात। रात पूरा भएपछि फेरि दिन हुन्छ। त्यसैको बीचमा बाबा आउनु हुन्छ। यो समय त एक्युरेट छ। मनुष्य जन्मदा नगरपालिकामा दर्ता गराउँछन् नि, फेरि ६ दिनपछि उसको नाम राख्छन्, त्यसलाई भनिन्छ नामाकरण। कसैले छैठी भन्छन्। भाषाहरू त धेरै छन्। लक्ष्मीको पूजा गर्छन् पटका पट्काउँछन्। तिमीले सोध्न सक्छौ जुन लक्ष्मीको पर्व हामीले मनाउँछाँ उहाँ सिँहासनमा कहिले बस्नुभयो? सिंहासनमा बसेको समारोह मनाउँछन्, उनको जन्म चाहिँ मनाउँदैनन्। लक्ष्मीको चित्रलाई थालीमा राखेर उनीसँग धन माग्छन्। यति मात्रै, अरू केही माग्दैनन्। मन्दिरमा गएर अरू केही माग्छन्, तर दीपावलीमा त उनीसँग केवल धन नै माग्छन्। पैसा कहाँ दिन्छिन् र। यो जस्तो-जस्तो भावना हुन्छ... यदि कसैले सच्चा भावनाले पूजा गर्छन् भने अल्पकालको लागि धन मिल्न सक्छ। यो हो नै अल्पकालको सुख। कहीं त स्थायी सुख पनि हुनुपर्छ नि। स्वर्गको बारेमा त उनीहरूलाई थाहै छैन। यहाँ स्वर्गको तुलना कुनै चीजसँग हुँदैन।

तिमीलाई थाहा छ आधाकल्प हुन्छ ज्ञान, आधाकल्प हुन्छ भक्ति। फेरि वैराग्य हुन्छ। सम्झाइन्छ यो पुरानो फोहोरी दुनियाँ हो त्यसैले फेरि नयाँ दुनियाँ अवश्य हुनुपर्छ। नयाँ दुनियाँ वैकुण्ठलाई भनिन्छ, त्यसलाई स्वर्ग, प्याराडाइज भनिन्छ। यस ड्रामामा पार्टधारी पनि अविनाशी छन्। तिमी बच्चाहरूलाई थाहा भएको छ हामी आत्माहरूले पार्ट कसरी खेल्छौं। बाबाले सम्झाउनु भएको छ कसैलाई प्रदर्शनी आदि देखाउनु छ भने सबैभन्दा पहिला यो लक्ष्य-उद्देश्य सम्झाउनु छ। सेकेण्डमा जीवनमुक्ति कसरी मिल्छ जन्म-मरणमा त अवश्य आउनु नै छ। तिमीले सींढीको चित्रमा धेरै राम्ररी सम्झाउन सक्छौ। रावण राज्यमा नै भक्ति सुरु हुन्छ। सत्ययुगमा भक्तिको नाम निशान हुँदैन। ज्ञान र भक्ति दुवै अलग-अलग हो नि। अब तिमीलाई यस पुरानो दुनियाँबाट वैराग्य छ। तिमीलाई थाहा छ यो पुरानो दुनियाँ अब खतम हुनु छ। पिता सदा बच्चाहरूको लागि सुखदायी नै हुन्छन्। बच्चाहरूको लागि नै पिताले कति मेहनत गर्छन्। बच्चाहरूको लागि नै गुरुको पासमा जान्छन्, साधुहरूको पासमा जसरी भए पनि छोरा होस् भनेर जान्छन् किनकि सम्झन्छन् बच्चा भयो भने उसलाई सम्पत्ति दिएर जान्छौं। बच्चा भयो भने उसलाई वारिस बनाऊँ। बाबाले कहिले बच्चाहरूलाई दु:ख कहाँ दिनुहुन्छ र। असम्भव छ। तिमी माता-पिता भनेर कति चिल्लाउँछौ। रूहानी बाबाले सबैलाई सुखको नै मार्ग बताउनु हुन्छ। सुख दिने एक बाबा नै हुनुहुन्छ। दु:ख-हर्ता, सुख-कर्ता एक रूहानी बाबा नै हुनुहुन्छ। यो विनाश पनि सुखको लागि नै हो। नत्र मुक्ति-जीवनमुक्ति कसरी पाउँछौ? तर यति पनि कसैले बुझ्दैनन्। यहाँ त यी गरिब, अबलाहरू छन् जसले आफूलाई आत्मा निश्चय गर्न सक्छन्। बाँकी ठूला मानिसहरूलाई देहको अभिमान यति पक्का भएको छ, कुरै नसोध। बाबाले बारम्बार सम्झाउनु हुन्छ तिमी राजऋषि हौ। ऋषिले सदैव तपस्या गर्छन्। उनीहरूले त ब्रह्मलाई, तत्त्वलाई याद गर्छन् वा कसैले काली आदिलाई पनि याद गर्छन्। धेरै संन्यासीहरू पनि छन् जसले कालीको पूजा गर्छन्। माता काली भनेर पुकार्छन्। बाबा भन्नुहुन्छ यस समयमा सबै विकारी छन्। काम चितामा बसेर सबै काला भएका छन्। माता, पिता, बच्चा सबै काला छन्। यो बेहदको कुरा हो। सत्ययुगमा काला हुँदैनन्, सबै गोरा हुन्छन्। फेरि कहिले काला बन्छन्। यो तिमी बच्चाहरूलाई बाबाले सम्झाउनु भएको छ। अलि-अलि पतित हुँदा-हुँदै अन्त्यमा बिल्कुलै काला हुन्छन्। बाबा भन्नुहुन्छ रावणले काम चितामा बसाएर बिल्कुलै कालो बनाइदिएको छ। अब फेरि तिमीलाई ज्ञान चितामा चढाउँछु। आत्मालाई नै पवित्र बनाउनु पर्ने हुन्छ। अहिले पतित-पावन बाबा आएर पावन बन्ने युक्ति बताउनु हुन्छ। पानीले के युक्ति बताउँछ? तर तिमीले कसैलाई सम्झाउँछौ भने करोडौंमा कसै-कसैले मात्र सम्झेर उच्च पद पाउँछन्। अहिले तिमी बाबाबाट वर्सा लिनको लागि आएका छौ २१ जन्मको लागि। तिमीले पछि गएर धेरै साक्षात्कार गर्छौ। तिमीलाई आफ्नो पढाइको बारेमा सबै थाहा हुन्छ। जसले अहिले लापर्बाही गर्छन् उनीहरू धेरै रुन्छन्। सजाय पनि त धेरै हुन्छ नि। फेरि पद पनि भ्रष्ट हुन जान्छ। शिर ठाडो गर्न सक्दैनौ त्यसैले बाबा भन्नुहुन्छ प्यारा बच्चाहरू! पुरुषार्थ गरेर पास होऊ जसले गर्दा सजाय खान नपरोस् अनि पुज्न लायक पनि बन्छौ। सजाय खायौ भने फेरि कहाँ पुज्न लायक बन्छौ र। तिमी बच्चाहरूले पुरुषार्थ धेरै गर्नुपर्छ। आफ्नो आत्माको ज्योति जगाउनु छ। अहिले आत्मा तमोप्रधान बनेको छ, त्यसलाई नै सतोप्रधान बनाउनु छ। आत्मा हो नै बिन्दु। एक सितारा हो। त्यसको अरू कुनै नाम राख्न सकिँदैन। बच्चाहरूलाई सम्झाइएको छ त्यसको साक्षात्कार भएको छ। स्वामी विवेकानन्द र रामकृष्ण परम हंसको उदाहरण बताउँछन्। विवेकानन्दले उनीबाट केही प्रकाश निस्केको देखे, त्यो त आत्मा नै निस्कन्छ। उनले सम्झे त्यो ममा समाहित भयो। अब आत्मा आएर कहाँ समाहित हुन सक्छ। उसले त गएर अर्को शरीर लिन्छ। पछि गएर तिमीले धेरै देख्छौ। नाम र रूप भन्दा बेग्लै कुनै चीज हुँदैन। आकाश त शून्य हो, त्यसको पनि नाम छ। अब यो त बच्चाहरूले जानेका छन् कल्प-कल्प जुन स्थापना हुँदै आएको छ, त्यो हुनु नै छ। हामी ब्राह्मणहरूले नम्बरवार पुरुषार्थ गरिरहन्छौं। जुन-जुन सेकेण्ड गुज्रन्छ त्यसलाई ड्रामा नै भनिन्छ। सारा दुनियाँको चक्र घुमिरहन्छ। यो ५ हजार वर्षको चक्र जुम्रा जस्तै घुमिरहन्छ। टिक-टिक भइरहन्छ। अहिले तिमी बच्चाहरूले केवल बाबालाई नै याद गर्नु छ। हिँड्दा-डुल्दा, काम गर्दा बाबालाई याद गर्नुमा नै कल्याण छ। नत्र मायाले थप्पड लगाइदिन्छ। तिमी हौ ब्राह्मण, कुमालकोटीले जस्तै कीराहरूलाई आफू समान ब्राह्मण बनाउनु छ। कुमालकोटीको त एक दृष्टान्त मात्रै हो। तिमी हौ सच्चा-सच्चा ब्राह्मण। ब्राह्मणहरूलाई नै फेरि देवता बन्नु छ त्यसैले तिम्रो यो हो पुरुषोत्तम बन्नको लागि संगमयुग। यहाँ तिमी आउँछौ नै पुरुषोत्तम बन्नको लागि। पहिला ब्राह्मण अवश्य बन्नुपर्छ। ब्राह्मणहरूको चोटी हुन्छ नि। तिमीले ब्राह्मणहरूलाई सम्झाउन सक्छौ। भन तपाईं ब्राह्मणहरूको त कुल हुन्छ, ब्राह्मणहरूको राजधानी हुँदैन। तपाईंहरूको यो कुल कसले स्थापना गर्यो? तपाईंहरूको मुख्य को हो? फेरि तिमीले जब सम्झाउँछौ, धेरै खुसी हुन्छन्। ब्राह्मणहरूलाई मान दिइन्छ किनकि उनीहरूले शास्त्र आदि सुनाउँछन्। पहिला रक्षाबन्धन बाँध्नको लागि पनि ब्राह्मण जान्थे। आजकल त बच्चीहरू जान्छन्। तिमीले त उनीहरूलाई रक्षाबन्धन बाँध्नु छ जसले पवित्रताको प्रतिज्ञा गर्छन्। प्रतिज्ञा अवश्य गर्नुपर्छ। दुनियाँलाई पावन बनाउनको लागि हामीले यो प्रतिज्ञा गरेका छौं। तपाईंहरू पनि पावन बन्नुहोस्, अरूलाई पनि पावन बनाउनुहोस्। अरू कसैको तागत छैन जसले यस्तो भन्न सकोस्। तिमीले जानेका छौ यो अन्तिम जन्म पावन बनेर पावन दुनियाँको मालिक बन्छौं। तिम्रो धन्दा नै यो हो। यस्तो मनुष्य कोही हुँदैन। तिमीले गएर यो प्रतिज्ञा गराउनु छ। बाबा भन्नुहुन्छ काम महाशत्रु हो, यसमाथि विजय प्राप्त गर्नु छ। यसलाई जितेपछि नै तिमी जगतजित बन्छौ। यी लक्ष्मी-नारायणले अवश्य अघिल्लो जन्ममा पुरुषार्थ गरेका थिए, त्यसैले त यस्ता बनेका हुन् नि। अहिले तिमीले बताउन सक्छौ यिनलाई यस कर्मले गर्दा यो पद मिलेको हो, यसमा अलमलिनु पर्ने त कुनै कुरा छैन। तिमीलाई यो दीपावली आदिको खुसी छैन। तिमीलाई त खुसी छ हामी बाबाको बनेका छौं, उहाँबाट वर्सा पाउँछौं। भक्तिमार्गमा मनुष्यले कति खर्च गर्छन्। कति नोक्सान पनि हुन्छ। आगो लाग्छ, तर बुझ्दैनन्।

तिमीले जानेका छौ अब हामी फेरि आफ्नो नयाँ घर जाँदैछौं। चक्र फेरि हुबहु दोहोरिन्छ नि। यो बेहदको फिल्म हो। बेहदको स्लाइड हो। बेहद बाबाको बनेका छौं त्यसैले अपार खुसी हुनुपर्छ। हामीले बाबाबाट स्वर्गको वर्सा अवश्य लिन्छौं। बाबा भन्नुहुन्छ पुरुषार्थ गरेर जे चाह्यो, त्यो लेऊ। तिमीले पुरुषार्थ अवश्य गर्नु छ। पुरुषार्थले नै तिमी उच्च बन्न सक्छौ। यी बूढा बाबा यति उच्च बन्न सक्छन् भने तिमी किन बन्न सक्दैनौ? अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) जसरी बाबा सदा बच्चाहरूप्रति सुखदायी हुनुहुन्छ, त्यसैगरी तिमी पनि सुखदायी बन्नु छ। सबैलाई मुक्ति, जीवनमुक्तिको मार्ग बताउनु छ।

२) देही-अभिमानी बन्ने तपस्या गर्नु छ। यस पुरानो फोहोरी दुनियाँबाट बेहदको वैरागी बन्नु छ।

वरदान:
दिव्य गुणहरूको आह्वानद्वारा सर्व अवगुणहरूको आहुति दिने सन्तुष्ट आत्मा भव

जसरी दीपावलीमा विशेष सफाइ र कमाइमा ध्यान दिन्छन्। त्यसैगरी तिमीले पनि सबै प्रकारको सफाइ र कमाइको लक्ष्य राखेर सन्तुष्ट आत्मा बन। सन्तुष्टताद्वारा नै सर्व दिव्य गुणहरूको आह्वान गर्न सक्छौ। फेरि अवगुणहरूको आहुति स्वत: हुन्छ। भित्र जुन कमजोरी, कमी, निर्बलता, कोमलता बाँकी रहेका छन्, तिनीहरूलाई समाप्त गरेर अब नयाँ खाता सुरु गर एवं नयाँ संस्कारहरूको नयाँ वस्त्र धारण गरेर सच्चा दीपावली मनाऊ।

स्लोगन:
स्वमानको सीटमा सदा सेट रहनु छ भने दृढ संकल्पको बेल्ट राम्रोसँग बाँध।