14.11.23 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे–
मनुष्यलाई देवता बनाउने सेवामा विघ्न अवश्य पर्छ। कष्ट सहन गरेर भए पनि तिमी यस
सेवामा तत्पर रहनु छ , रहमदिल बन्नु छ।”
प्रश्न:–
जसलाई अन्तिम
जन्मको स्मृति रहन्छ, उसको निसानी के हुन्छ?
उत्तर:–
उसको बुद्धिमा हुन्छ– अब यस दुनियाँमा मैले अर्को जन्म लिनु छैन, न अरूलाई जन्म दिनु
छ। यो पाप आत्माहरूको दुनियाँ हो, यसको वृद्धि अब आवश्यक छैन। यसको विनाश हुनु छ।
हामी यो पुरानो वस्त्रलाई उतारेर आफ्नो घर जानेछौं। अब नाटक पूरा भयो।
गीत:–
नई उमर की
कलियां...
ओम् शान्ति ।
बाबा बसेर
बच्चाहरूलाई सम्झाउनु हुन्छ– तिमी बच्चाहरूले हरेकको ज्योति जगाउनु छ। यो कुरा
तिम्रो बुद्धिमा छ। बाबालाई पनि बेहदको ख्याल हुन्छ– जति पनि मनुष्य मात्र छन्,
उनीहरूलाई मुक्तिको बाटो बताऊँ। बाबा आउनु नै हुन्छ– बच्चाहरूको सेवा गर्न, दु:खबाट
मुक्त गर्न। मनुष्यहरूले यो कुरा बुझ्दैनन्– यहाँ दु:ख छ भने सुखको पनि कुनै स्थान
छ। यो जानेका छैनन्। शास्त्रहरूमा सुखको स्थानलाई पनि दु:खको स्थान बनाइदिएका छन्।
अहिले बाबा रहमदिल हुनुहुन्छ। मनुष्यहरूलाई त यो पनि थाहा छैन– हामी दु:खी छौं किनकि
सुख र सुख दिनेवालाको बारेमा थाहै छैन। यो पनि ड्रामाको भावी। सुख केलाई भनिन्छ,
दु:ख केलाई– यो थाहा छैन। ईश्वरको लागि भनिदिन्छन्– उहाँले नै सुखदु:ख दिनुहुन्छ।
अर्थात् उहाँ माथि कलङ्क लगाउँछन्। ईश्वर, जसलाई पिता भन्छन्, उहाँलाई चिनेकै छैनन्।
बाबा भन्नुहुन्छ– मैले बच्चाहरूलाई सुख नै दिन्छु। तिमीलाई अहिले थाहा छ– बाबा आउनु
भएको छ पतितहरूलाई पावन बनाउन। भन्नुहुन्छ– मैले सबैलाई स्वीट होम लैजान्छु। त्यो
स्वीट होम पनि पावन छ। त्यहाँ कुनै पतित आत्मा हुँदैनन्। त्यस ठेगानालाई कसैले
चिनेका छैनन्। भन्छन्– फलाना पार निर्वाण गयो। तर बुझ्दैनन्। बुद्ध पार निर्वाण गए
त्यसो भए अवश्य त्यहाँका निवासी थिए। त्यहाँ नै गए। अच्छा, उनी त गए बाँकी अरू कसरी
जाने? साथमा त कसैलाई लगेनन्। वास्तवमा उनी जाँदैनन् त्यसैले सबैले पतित-पावन
बाबालाई याद गर्छन्। पावन दुनियाँ दुई वटा छन्, एउटा मुक्तिधाम, अर्को
जीवनमुक्तिधाम। शिवपुरी र विष्णुपुरी। यो हो रावणपुरी। परमपिता परमात्मालाई राम पनि
भनिन्छ। जब रामराज्य भनिन्छ, तब बुद्धि परमात्मातर्फ जान्छ। मनुष्यलाई त सबैले
परमात्मा मान्दैनन्। त्यसैले तिमीलाई दया लाग्छ। कष्ट त सहन गर्नुपर्छ।
बाबा भन्नुहुन्छ– मीठे
बच्चे! मनुष्यलाई देवता बनाउनमा यस ज्ञान यज्ञमा विघ्न धेरै पर्ने छन्। गीताका
भगवानले गाली खानु भएको थियो नि। गाली उहाँलाई पनि र तिमीलाई पनि गर्छन्। भन्छन्
नि– यसले सायद चौथीको चन्द्रमा देख्यो होला। यी सबै हुन् दन्त्यकथाहरू। दुनियाँमा त
कति गन्दगी छ। मनुष्यहरूले के-के खान्छन्, जनावरहरूलाई मार्छन्, के-के गर्छन्! बाबा
आउनु भएर यी सबै कुराबाट छुटाइदिनु हुन्छ। दुनियाँमा कति मारामार छ। तिम्रो लागि
बाबाले कति सहज बनाइ दिनुहुन्छ। बाबा भन्नुहुन्छ– तिमीले केवल मलाई याद गर तब
विकर्म विनाश हुन्छ। सबैलाई एउटै कुरा सम्झाऊ। बाबा भन्नुहुन्छ– आफ्नो शान्तिधाम र
सुखधामलाई याद गर। तिमी वास्तवमा त्यहाँका बासिन्दा हौ। संन्यासीहरूले पनि त्यहाँको
लागि नै बाटो बताउँछन्। यदि एउटा निर्वाणधाम गयो भने फेरि अरूलाई कसरी लैजान्छ?
उनीहरूलाई कसले लैजान्छ? सम्झ, बुद्ध निर्वाणधाम गए, उनका बुद्धमार्गीहरू त यहाँ
बसेका छन्। उनीहरूलाई पनि फर्काएर लैजानु पर्ने हो नि। गायन पनि गर्छन्– जो पैगम्बर
हुन्, उनीहरू सबैका आत्मा यहीँ छन्, अर्थात् कुनै न कुनै शरीरमा छन् फेरि पनि महिमा
गाइरहन्छन्। अच्छा, धर्म स्थापना गरेर गए फेरि के भयो? मुक्तिमा जानको लागि
मनुष्यहरूले कति मेहनत गर्छन्। बाबाले त यो जप, तप, तीर्थ आदि सिकाउनु भएको थिएन।
बाबा भन्नुहुन्छ– म आउँछु नै सबैको गति-सद्गति गर्न। सबैलाई लैजान्छु। सत्ययुगमा
जीवनमुक्ति हुन्छ। एउटै धर्म हुन्छ, बाँकी सबै आत्माहरूलाई फर्काएर लैजानु हुन्छ।
यो पनि तिमीले देख्छौ, बीज लगाइरहन्छन्, बच्चीहरूले पुरुषार्थ गरेर बीज लगाइरहन्छन्।
मम्मा-बाबा सबै बच्चाहरूले बीज लगाइरहन्छन्। ठुलो मालीले सिकाउनु हुन्छ– बीज कसरी
लगाउने? उहाँ हुनुहुन्छ बागवान। तिमीले बीज रोप्छौ, टुसा निस्कन्छ फेरि मायाको
तुफान लाग्छ। अनेक प्रकारका तुफान आउँछन्। यी हुन् मायाका विघ्नहरू। तुफान आयो भने
सोध्नुपर्छ– बाबा, यसको लागि के गर्नुपर्छ? श्रीमत दिनेवाला बाबा हुनुहुन्छ। तुफान
त आउँछ नै। नम्बरवन हो देह अभिमान। यो जान्दैनन्– म आत्मा अविनाशी हुँ, यो शरीर
विनाशी हो। हाम्रा ८४ जन्म पूरा भए। आत्माले नै पुनर्जन्म लिन्छ। घरी घरी एउटा शरीर
छोडेर अर्को लिनु आत्माको नै काम हो। अहिले बाबा भन्नुहुन्छ– तिम्रो यो अन्तिम जन्म
हो। यस दुनियाँमा अर्को जन्म लिनुछैन, न कसैलाई दिनु छ। सोध्छन्– फेरि सृष्टिको
वृद्धि कसरी हुन्छ? अरे, यस समयमा सृष्टिको वृद्धि चाहिएको छैन। यो त भ्रष्टाचारको
वृद्धि हो। यो चलन रावणबाट सुरु भएको हो। दुनियाँलाई भ्रष्टाचारी बनाउनेवाला रावण
ठहरियो। श्रेष्ठाचारी रामले बनाउनु हुन्छ। यसमा पनि तिमीलाई कति मेहनत गर्नुपर्छ।
घरी घरी देह अभिमानमा आउँछन्। यदि देह अभिमानमा नआउने हो भने त आफूलाई आत्मा
सम्झिन्थे। सत्ययुगमा पनि आफूलाई आत्मा त सम्झन्छन् नि। जान्दछन्– अहिले यो हाम्रो
शरीर वृद्ध भएको छ, यसलाई छोडेर नयाँ लिन्छौं। यहाँ त आत्माको पनि ज्ञान छैन।
आफूलाई देह सम्झिएका छन्, यस दुनियाँदेखि जाने दिल उसको हुन्छ जो दु:खी छ। त्यहाँ त
हुन्छ नै सुख। बाँकी आत्माको ज्ञान त्यहाँ हुन्छ। एउटा शरीर छोडेर अर्को लिन्छन्।
त्यो सुखको प्राप्ति हो। यहाँ पनि आत्मा त भन्छन्, फेरि कसैले आत्मा सो परमात्मा
भनिदिन्छन्। आत्मा छ, यो ज्ञान त छ नि। तर यो थाहा छैन– हामी यस पार्टबाट फर्केर
जान सक्दैनौं। एउटा शरीर छोडेर फेरि अर्को शरीर अवश्य लिनु छ। पुनर्जन्म त सबैले
मान्छन्। आफ्नै कर्मबाट त सबै पछुताउँछन् नि। मायाको राज्यमा कर्म, विकर्म नै बन्छ,
त्यसैले विकर्मको फल भोगिरहन्छन्। त्यहाँ यस्तो कर्म हुँदैन, जसबाट पछुताउनु पर्छ।
तिमीले जान्दछौ– अब
फर्केर जानु छ। विनाश हुनु नै छ। बमहरूको परीक्षण पनि लिइरहेका छन्। रिसमा आएर
बमबाट आक्रमण गरिदिन्छन्। यी बमहरू शक्तिशाली छन्। गायन पनि छ– युरोपवासी यादव। हुन
त हामीले सबै धर्मावलम्बीहरूलाई युरोपवासी नै भन्नेछौं। भारतवर्ष छ एकातर्फ। बाँकी
उनीहरू सबैलाई मिसाइदिएको छ। आफ्नो खण्डको लागि उनीहरूलाई प्रेम त धेरै छ। तर भावी
नै यस्तो छ भने के गर्छन्? बाबाले सारा तागत तिमीलाई दिइरहनु भएको छ। योगबलले तिमीले
राज्य लिन्छौ। तिमीलाई कुनै पनि मेहनत गराउनु हुन्न। बाबा केवल भन्नुहुन्छ– मलाई
याद गर, देह अभिमान छोड। भन्छन्– मैले रामलाई याद गर्छु, श्रीकृष्णलाई याद गर्छु,
त्यसो भए उनीहरूले आफूलाई आत्मा कहाँ सम्झन्छन्! आत्मा सम्झेका भए त आत्माको
पितालाई किन याद गर्दैनन्? बाबा भन्नुहुन्छ– म परमपिता परमात्मालाई याद गर। तिमीले
जीव आत्मालाई किन याद गर्छौ? तिमी देही अभिमानी बन्नु छ। म आत्मा हुँ, बाबालाई याद
गर्छु। बाबाले आदेश दिनु भएको छ– याद गर्नाले विकर्म विनाश हुन्छ र वर्सा पनि
बुद्धिमा आउँछ। बाबा र जायदात अर्थात् मुक्ति र जीवनमुक्ति। यसको लागि नै धक्का
खाइरहन्छन्। यज्ञ, जप, तप आदि गरिरहन्छन्। पोपसँग पनि आशीर्वाद लिन जान्छन्, यहाँ
बाबाले केवल यत्ति भन्नुहुन्छ– देह अभिमान छोड, आफूलाई आत्मा निश्चय गर। यो नाटक
पूरा भएको छ, हाम्रो ८४ जन्म पूरा भएको छ, अब जानु छ। कति सहज बनाएर सम्झाउनु हुन्छ।
गृहस्थ व्यवहारमा रहँदा बुद्धिमा यो राख। जसरी नाटक पूरा हुन लाग्यो भने सम्झन्छन्
बाँकी १५ मिनट छ। अब यो दृश्य पूरा हुन्छ। कलाकारहरूले सम्झन्छन् हामीले यो कपडा
फुकालेर घर जानेछौं। अब सबैले फर्केर जानु छ। आफूसँग यस्ता-यस्ता कुरा गर्नुपर्छ।
कति समय हामीले सुखदु:खको पार्ट खेल्यौं, यो बुझेका छौ। अहिले बाबा भन्नुहुन्छ–
मलाई याद गर, दुनियाँमा के-के भइरहेको छ, यो सबैलाई भुलिदेऊ– यो सबै खतम हुनेछ, अब
फर्केर जानु छ। उनीहरूले सम्झन्छन्– कलियुग अझै ४० हजार वर्ष चल्नेछ। यसलाई घोर
अन्धकार भनिन्छ। बाबाको नै परिचय हुँदैन। ज्ञान भनेको बाबाको परिचय, अज्ञान भनेको
बाबाको परिचय नहुनु। त्यसोभए घोर अन्धकारमा छन्। अहिले तिमी पूरा उज्यालोमा छौ–
नम्बरवार पुरुषार्थ अनुसार। अब रात पूरा हुनेवाला छ, हामी फर्केर जान्छौं। आज
ब्रह्माको रात, भोली ब्रह्माको दिन हुन्छ, परिवर्तन हुनमा समय त लाग्छ नि। तिमीलाई
थाहा छ– अहिले हामी मृत्युलोकमा छौं, भोली अमरलोकमा हुनेछौं। पहिला त फर्केर
जानुपर्छ। यसरी यो ८४ जन्मको चक्र घुम्छ। यो घुम्न बन्द हुँदैन। बाबा भन्नुहुन्छ–
तिमी कति पटक मसँग मिल्यौ होला? बच्चाहरूले भन्छन्– अनेक पटक मिलेका छौं। तिम्रो ८४
जन्मको चक्र पूरा भयो भने सबैको हुन्छ। यसलाई भनिन्छ ज्ञान। ज्ञान दिनेवाला
हुनुहुन्छ नै ज्ञानसागर, परमपिता परमात्मा, पतित-पावन। तिमीले सोध्नसक्छौ पतित-पावन
कसलाई भनिन्छ? भगवान त निराकारलाई भनिन्छ फेरि रघुपति राघव राजा राम किन भन्छौ?
आत्माहरूको पिता त उहाँ निराकार नै हुनुहुन्छ, सम्झाउन धेरै युक्ति चाहिन्छ।
दिनप्रतिदिन तिम्रो
उन्नति हुँदै जान्छ किनकि तिमीलाई गहन ज्ञान मिलिरहन्छ। सम्झाउनको लागि छ केवल
अल्फको कुरा। अल्फलाई भुलेपछि अरफन हुन गए अनि दु:खी भइरहन्छन्। एकद्वारा एकलाई
जान्नाले तिमी २१ जन्म सुखी हुन जान्छौ। यो हो ज्ञान, त्यो हो अज्ञान, जसले
भनिदिन्छन् परमात्मा सर्वव्यापी हुनुहुन्छ। अरे, उहाँ त पिता हुनुहुन्छ। बाबा
भन्नुहुन्छ– तिमीभित्र भूत सर्वव्यापी छ। ५ विकाररूपी रावण सर्वव्यापी छ। यो कुरा
सम्झाउनु पर्छ। हामी ईश्वरको गोदमा छौं, यो धेरै ठुलो नशा हुनुपर्छ। फेरि भविष्यमा
देवताहरूको गोदमा जानेछौं। त्यहाँ त सदैव सुख हुन्छ। शिवबाबाले हामीलाई एडप्ट गर्नु
भएको हो। हामीले उहाँलाई याद गर्नु छ। आफ्नो पनि र अरूको पनि कल्याण गर्नु छ अनि
रजाइँ मिल्छ। यो बुझ्नुपर्ने धेरै राम्रो कुरा हो। शिवबाबा हुनुहुन्छ निराकार, हामी
आत्मा पनि निराकार छौं। त्यहाँ हामी अशरीरी नाङ्गै रहन्थ्यौं। बाबा त सदैव अशरीरी
नै हुनुहुन्छ, बाबाले कहिल्यै शरीररूपी कपडा लगाएर पुनर्जन्म लिनुहुन्न। बाबा
एकपल्ट अवतरण हुनुहुन्छ। पहिला सुरुमा ब्राह्मण रच्नुहुन्छ त्यसैले उनीहरूलाई आफ्नो
बनाएर नाम राख्नु पर्यो नि। ब्रह्मा नभए ब्राह्मण कहाँबाट आउँछन्? त्यसैले यिनी उनै
हुन् जसले पूरा ८४ जन्म लिएका छन्, उनी गोरो जो फेरि कालो बनेका छन्, सुन्दरबाट
श्याम, श्यामबाट सुन्दर बन्छन्। भारतवर्षलाई पनि हामीले श्यामसुन्दर नाम राख्न सक्छौं।
भारतवर्षलाई नै श्याम, भारतवर्षलाई नै गोल्डन एज, सुन्दर भनिन्छ। भारतवर्ष नै काम
चितामा बसेर कालो बन्छ, भारतवर्ष नै ज्ञान चितामा बसेर गोरो बन्छ। यसको लागि नै
मेहनत गर्नुपर्छ। हिन्दुहरू नै फेरि अरू अरू धर्महरूमा कनवर्ट भएका छन्। युरोपियन र
इन्डियनमा फरक देखिदैन, त्यहाँ गएर विवाह गरे भने फेरि क्रिश्चियन कहलाउन थाल्छन्।
उनीहरूका बच्चा आदि पनि त्यस्तै अनुहारका हुन्छन्। अफ्रिकामा पनि विवाह गर्छन्।
अहिले बाबाले चक्रलाई
जान्ने विशालबुद्धि दिनुहुन्छ। यो पनि लेखिएको छ– विनाश काले विपरीत बुद्धि। यादवहरू
र कौरवहरूले प्रीत राखेनन्। जसले प्रीत राखे उनीहरूको विजय भयो। विपरीतबुद्धि
भनिन्छ दुस्मनलाई। बाबा भन्नुहुन्छ– यस समयमा सबै एक-अर्काका दुस्मन छन्। बाबालाई
नै सर्वव्यापी भनेर गाली गर्छन् कि त फेरि भनिदिन्छन् उहाँ जन्ममरणरहित हुनुहुन्छ,
उहाँको कुनै नाम रूप छैन। ओ गड फादर! पनि भन्छन्, आत्मा र परमात्माको साक्षात्कार
पनि हुन्छ। आत्मा र परमात्मामा फरक हुँदैन, तर नम्बरवार थोरै धेरै तागत त हुन्छ नै।
मनुष्य त मनुष्य नै हुन्, उनीहरूमा पनि पद हुन्छ। बुद्धिको भिन्नता हुन्छ।
ज्ञानसागरले तिमीलाई ज्ञान दिनु भएको छ त्यसैले उहाँलाई याद गर्छौ, तिम्रो यो अवस्था
अन्त्यमा बन्छ। अमृतबेला स्मरण गरी गरी सुख पाऊ, निन्द्रा आउनु हुँदैन। आफ्नो हठमा
बस्नुपर्छ। यसमा मेहनत छ। वैद्यहरूले पनि दवाई दिन्छन् अमृतबेलाको लागि। यो पनि
दवाई हो। रचयिता बाबाले ब्रह्माद्वारा ब्राह्मण रचेर पढाउनु हुन्छ– यो कुरा सबैलाई
सम्झाउनु छ। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) हामीले ईश्वरको गोद लिएका छौं फेरि देवताको गोदमा जानेछौं, यही रुहानी नसामा रहनु
छ। आफ्नो र अरूको कल्याण गर्नु छ।
२) अमृतबेला उठेर
ज्ञानसागरको ज्ञानको मनन गर्नु छ। एकको अव्यभिचारी यादमा रहनु छ। देह अभिमान छोडेर
स्वयंलाई आत्मा निश्चय गर्नु छ।
वरदान:–
अमृतबेलादेखि
रात्रिसम्म हर कर्म यादद्वारा विधिपूर्वक गर्ने सिद्धिस्वरूप भव
अमृतबेलादेखि
रात्रिसम्म कुनै पनि कर्म गर्दा यादको विधिले गर्यौ भने हर कर्ममा सिद्धि मिल्छ।
सबैभन्दा ठुलो सिद्धि हो– प्रत्यक्ष फलको रूपमा अतीन्द्रिय सुखको अनुभूति हुनु।
यसबाट सदा सुखको लहरमा लहराइरहनेछौ। यो प्रत्यक्षफल मिल्छ र फेरि भविष्यफल पनि
मिल्छ। अहिलेको प्रत्यक्षफल भविष्य अनेक जन्मको फलभन्दा श्रेष्ठ हुन्छ। अहिले नै
कर्म गर्यो अहिले नै फल प्राप्ति गर्यो यसलाई भनिन्छ प्रत्यक्षफल।
स्लोगन:–
स्वयंलाई
निमित्त सम्झिएर हर कर्म गर्यौ भने न्यारा-प्यारा रहनेछौ, मैपन आउन सक्दैन।