15.01.21 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– तिमीले
आधाकल्प जसको भक्ति गर्यौ , उहाँ बाबाले स्वयं तिमीलाई पढाइरहनु भएको छ , यस
पढाइबाट नै तिमी देवी-देवता बन्छौ।”
प्रश्न:–
योगबलको
लिफ्टको कमाल के हो?
उत्तर:–
तिमी बच्चाहरू योगबलको लिफ्टबाट सेकेण्डमा माथि चढ्छौ अर्थात् सेकेण्डमा
जीवनमुक्तिको वर्सा तिमीलाई मिल्छ। तिमीले बुझेका छौ– सिँढी झर्न ५ हजार वर्ष लाग्यो
तर चढ्न एक सेकेण्ड, यही हो योगबलको कमाल। बाबाको यादद्वारा सबै पाप काटिन्छन्।
आत्मा सतोप्रधान बन्छ।
ओम् शान्ति ।
रूहानी बाबाले
रूहानी बच्चाहरूलाई बसेर सम्झाउनु हुन्छ। रूहानी बाबाको महिमा त बच्चाहरूलाई
सुनाइएको छ। उहाँ ज्ञानको सागर, सत्-चित-आनन्द स्वरूप हुनुहुन्छ। शान्तिको सागर
हुनुहुन्छ। उहाँलाई सबै बेहदको महिमा दिइन्छ। अहिले बाबा हुनुहुन्छ ज्ञानको सागर।
यस समयमा जति पनि मनुष्य छन्, ती सबैले जानेका छन्– हामी भक्तिका सागर हौं। भक्तिमा
जो धेरै तीक्ष्ण हुन्छ उसलाई मान मिल्छ। यस समय कलियुगमा छ भक्ति, दु:ख। सत्ययुगमा
हुन्छ ज्ञानको सुख। यस्तो पनि होइन, त्यहाँ ज्ञान हुन्छ। यो सबै महिमा केवल एउटै
बाबाको हो र बच्चाहरूको पनि महिमा हो किनकि बाबाले बच्चाहरूलाई पढाउनु हुन्छ अथवा
यात्रा सिकाउनु हुन्छ। बाबाले सम्झाउनु भएको छ– दुई यात्राहरू छन्। भक्तहरू तीर्थ
गर्न जान्छन्, चारैतर्फ चक्कर लगाउँछन्। जति समय चारैतर्फ चक्कर लगाउँछन्, त्यति
समय विकारमा जाँदैनन्। रक्सी आदि फोहोरी कुनै चीज खाँदैनन्, पिउँदैनन्। कहिले
बद्रीनाथ, कहिले काशीको चक्कर लगाउँछन्। भक्ति गर्छन् भगवानको। अब भगवान त एक
हुनुपर्छ नि। सबैतर्फ त चक्कर लगाउनु हुँदैन नि! शिवबाबाको तीर्थको पनि चक्कर
लगाउँछन्। सबैभन्दा ठूलो बनारसको तीर्थको गायन छ, जसलाई शिवको पुरी भनिन्छ।
चारैतर्फ जान्छन् तर जसको दर्शन गर्न जान्छन् अथवा जसको भक्ति गर्छन् उहाँको जीवनी,
कर्तव्यको बारेमा कसैलाई थाहा छैन, त्यसैले त्यसलाई भनिन्छ अन्धश्रद्धा। पूजा गर्नु,
शिर झुकाउनु, तर उनको बारेमा नजान्नु त्यसलाई भनिन्छ अन्धश्रद्धा। घरमा पनि मनाउँछन्,
देवीको कति पूजा गर्छन्, माटो वा पत्थरको देवी बनाएर उनलाई धेरै शृङ्गार गर्छन्।
मानौ लक्ष्मीको चित्र बनाउँछन्, उनलाई सोध– यिनको जीवन कथा बताउनुहोस्, अनि भन्छन्–
सत्ययुगकी महारानी हुनुहुन्थ्यो। त्रेतामा फेरि सीता हुनुहुन्थ्यो। बाँकी यिनीहरूले
कति समय राज्य गरे, लक्ष्मी-नारायणको राज्य कहिलेदेखि कहिलेसम्म चल्यो, यो कसैले पनि
जानेका छैनन्। मनुष्य भक्तिमार्गमा यात्रा गर्न जान्छन्, सम्झन्छन्– यी सबै हुन्
भगवानसँग मिल्ने उपाय। शास्त्र पढ्नु– यो पनि भगवानसँग मिल्ने उपाय हो। तर भगवान कहाँ
हुनुहुन्छ? भन्छन्– उहाँ त सर्वव्यापी हुनुहुन्छ।
अहिले तिमीलाई थाहा छ– पढाइबाट हामी यस्ता (देवी-देवता) बन्छौं। बाबा स्वयं आएर
पढाउनु हुन्छ, जोसंग मिल्नको लागि आधाकल्प भक्तिमार्ग चल्छ। भन्छन्– बाबा पावन
बनाउनुहोस् र आफ्नो परिचय पनि दिनुहोस्, हजुर को हुनुहुन्छ? बाबाले सम्झाउनु भएको
छ, तिमी आत्मा बिन्दु हौ, आत्मालाई नै यहाँ शरीर मिलेको छ, त्यसैले यहाँ कर्म गर्छ।
देवताहरूको लागि भनिन्छ, यिनीहरूले सत्ययुगमा राज्य गरेर गएका हुन्। क्रिश्चियनहरूले
सम्झन्छन्– अवश्य गड फादरले स्वर्ग स्थापना गर्नुभयो। हामी त्यसमा थिएनौं।
भारतवर्षमा स्वर्ग थियो, उनको बुद्धि फेरि पनि राम्रो छ। हिन्दुहरू सतोप्रधान पनि
बन्छन् भने तमोप्रधान पनि बन्छन्। उनीहरूले धेरै सुख पनि देख्दैनन् भने दु:ख पनि
त्यति देख्दैनन्। अहिले अन्त्यका क्रिश्चियनहरू कति सुखी छन्। पहिला त उनीहरू गरिब
थिए। पैसा त मेहनत गरेर कमाइन्छ नि। पहिला एक क्राइस्ट आए, अनि उनको धर्म स्थापना
हुन्छ, वृद्धि हुँदै जान्छ। एकबाट दुई, दुईबाट चार.... यस्तै प्रकारले वृद्धि हुँदै
जान्छ। अहिले हेर, क्रिश्चियनको वृक्ष कति बढेको छ। जग हो– देवी-देवता घराना। त्यो
फेरि यहाँ यस समयमा स्थापना हुन्छ। पहिला एक ब्रह्मा अनि ब्राह्मणहरूको वृद्धि
भइरहन्छ। बाबाले पढाउनु हुन्छ, धेरै ब्राह्मण हुन्छन्। पहिला त यिनी एक मात्र थिए।
एकबाट कति वृद्धि भएको छ। कति हुन्छ? जति सूर्यवंशी, चन्द्रवंशी देवताहरू थिए, त्यति
सबै बन्नु नै छ। पहिला हुनुहुन्छ एक बाबा, उहाँको आत्मा त छ नै। बाबाका हामी आत्मा,
सन्तानहरू कति छौ? हामी सबै आत्माहरूका बाबा एक अनादि हुनुहुन्छ। फेरि सृष्टिको
चक्र घुमिरहन्छ। सबै मनुष्य त सधैं हुँदैनन् नि। आत्माहरूले भिन्न-भिन्न पार्ट
खेल्नुपर्छ। यस वृक्षको मुख्य फेद हो देवी-देवताहरूको, फेरि त्यसबाट शाखा निस्कन्छन्।
बाबा बसेर बच्चाहरूलाई सम्झाउनु हुन्छ– प्यारा बच्चाहरू! म आएर के गर्छु? आत्मामा
नै धारणा हुन्छ। बाबा बसेर सुनाउनु हुन्छ– म कसरी आउँछु? तिमी सबै बच्चाहरू जब पतित
बन्छौ अनि याद गर्छौ। सत्ययुग-त्रेतामा त तिमी सुखी थियौ त्यसैले याद गर्दैनथ्यौ।
द्वापरपछि जब धेरै दु:ख भयो तब पुकार गरेका हौ– हे परमपिता परमात्मा बाबा। हो
बच्चाहरू! सुनेँ। के चाहन्छौ? बाबा आएर पतितलाई पावन बनाउनुहोस्। बाबा हामी धेरै
दु:खी छौं, पतित छौं। हामीलाई आएर पावन बनाउनुहोस्। कृपा गर्नुहोस्, आशीर्वाद
दिनुहोस्। तिमीले मलाई पुकार्यौ– बाबा, आएर पतितलाई पावन बनाउनुहोस्। पावन
सत्ययुगलाई भनिन्छ। यो पनि बाबा स्वयं बसेर बताउनु हुन्छ। ड्रामा योजना अनुसार जब
संगमयुग हुन्छ, सृष्टि पुरानो हुन्छ, तब म आउँछु।
तिमीलाई थाहा छ– संन्यास पनि दुई प्रकारका हुन्छन्। उनीहरू हुन् हठयोगी, उनलाई
राजयोगी भनिदैन। उनीहरूको हो हदको संन्यास। घरबार छोडेर गएर जंगलमा रहन्छन्। गुरुका
अनुयायी बन्छन्। गोपीचन्द राजाको लागि पनि एक कथा सुनाउँछन्। उनले भने– तिमीले
घरबार किन छोड्छौ? कहाँ जान्छौ? शास्त्रमा धेरै कहानीहरू छन्। अहिले तिमी बी.के.ले
राजाहरूलाई पनि गएर ज्ञान र योग सिकाउँछौ। एक अष्टावक्र गीता पनि छ, जसमा देखाइएको
छ– राजालाई वैराग्य आयो, अनि भने मलाई कसैले परमात्मासँग मिलाओस्। झ्याली पिटाए।
त्यो यही समय हो। तिमी गएर राजालाई ज्ञान दिन्छौ नि। बाबासँग मिलाउनको लागि। जसरी
तिमी मिलेका छौ, त्यस्तै अरूलाई पनि मिलाउने कोसिस गर्छौ। तिमीले भन्छौ– हामीले
तपाईंलाई स्वर्गको मालिक बनाऊँछौं, मुक्ति-जीवनमुत्ति दिन्छौं। फेरि उनीहरूलाई भन–
शिव बाबालाई याद गर्नुहोस्, अरू कसैलाई होइन। तिम्रो पासमा पनि सुरुमा बस्दा-बस्दै
एक अर्कालाई देखेर ध्यानमा जान्थे। धेरै आश्चर्य लाग्दथ्यो। बाबा हुनुहुन्थ्यो नि
यिनमा, त्यसैले उहाँले चमत्कार देखाउनुहुन्थ्यो। सबैलाई डोरीले तान्नुहुन्थ्यो।
बापदादा सँगसँगै हुनुहुन्थ्यो नि। स्मशान बनाउनुहुन्थ्यो। सबै बाबाको यादमा सुत्थे,
सबै ध्यानमा जान्थे। यो सबै शिवबाबाको युक्ति थियो। यसलाई फेरि कतिले जादू सम्झिन
थाले। यो थियो शिवबाबाको खेल। बाबा जादुगर, सौदागर, रत्नागर हुनुहुन्छ नि। धोबी पनि
हुनुहुन्छ, सुनार पनि हुनुहुन्छ, वकिल पनि हुनुहुन्छ। सबैलाई रावणको जेलबाट छुटाउनु
हुन्छ। उहाँलाई नै सबैले बोलाउँछन्– हे पतित-पावन, हे दूर देशका रहनेवाला...
हामीलाई आएर पावन बनाउनुहोस्। पतित दुनियाँमा आउनुहोस्, पतित शरीरमा आएर हामीलाई
पावन बनाउनुहोस्। अहिले तिमीले त्यसको पनि अर्थ बुझ्छौ। बाबा आएर बताउनु हुन्छ– तिमी
बच्चाहरूले रावणको देशमा मलाई बोलाएका हौ, म त परमधाममा बसेको थिएँ। स्वर्ग स्थापना
गर्नको लागि मलाई नर्क रावणको देशमा बोलायौ, अब सुखधाममा लिएर जानुहोस्। अब तिमी
बच्चाहरूलाई लिएर जानुहुन्छ नि। त्यसैले यो हो ड्रामा। मैले तिमीलाई जुन राज्य दिएको
थिएँ, त्यो पूरा भयो फेरि द्वापरदेखि रावण राज्य चलेको हो। ५ विकारमा गिर्यौ, त्यसको
चित्र पनि छ जगन्नाथपुरीमा। पहिलो नम्बरको जो थिए उनै फेरि ८४ जन्म लिएर अहिले
अन्तिममा छन्। अब फेरि उनै पहिलो नम्बरमा जानु छ। यी ब्रह्मा बसेका छन्, विष्णु पनि
छन्। यिनको आपसमा के सम्बन्ध छ? दुनियाँमा कसैले पनि जानेका छैनन्। ब्रह्मा-सरस्वती
पनि वास्तवमा सत्ययुगका मालिक लक्ष्मी-नारायण थिए। अहिले नर्कका मालिक छन्। अहिले
यिनीहरूले तपस्या गरिरहेका छन्– यी लक्ष्मी-नारायण बन्नको लागि। देलवाडा मन्दिरमा
पूरा यादगार छ। बाबा पनि यहीँ आउनु भएको छ त्यसैले अब लेखिन्छ पनि– आबू सर्व
तीर्थहरूमा, सबै धर्मका तीर्थहरूमा मुख्य तीर्थ हो किनकि यहाँ नै बाबा आएर सर्व
धर्मको सद्गति गर्नुहुन्छ। तिमी शान्तिधाम हुँदै स्वर्गमा जान्छौ। बाँकी सबै
शान्तिधाममा जान्छन्। त्यो हो जड यादगार, यो हो चैतन्य। जब तिमी चैतन्यमा देवी-देवता
बन्छौ, फेरि यी मन्दिर आदि सबै खतम हुन्छन्। फेरि भक्तिमार्गमा यो यादगार बनाउँछन्।
अहिले तिमीले स्वर्गको स्थापना गरिरहेका छौ। मनुष्यहरूले सम्झन्छन्– स्वर्ग माथि छ।
अहिले तिमीले बुझेका छौ– यही दुनियाँ स्वर्ग थियो, अहिले नर्क छ। यो चक्र देख्नासाथ
सारा ज्ञान आउँछ। द्वापरदेखि अरू अरू धर्महरू आउँछन् त्यसैले अहिले हेर कति धर्म छन्।
यो हो कलियुग। अहिले तिमी संगम युगमा छौ। सत्ययुगमा जानको लागि पुरुषार्थ गर्छौ।
कलियुगमा छन् सबै पत्थरबुद्धि। सत्ययुगमा हुन्छन् पारसबुद्धिका। तिमी नै
पारसबुद्धिका थियौ, तिमी नै फेरि पत्थरबुद्धि बनेका छौ, फेरि पारसबुद्धिका बन्नु छ।
अब बाबा भन्नुहुन्छ– तिमीले मलाई बोलाएका हौ त्यसैले म आएको हुँ। तिमीलाई भन्छु–
कामलाई जित अनि जगतजित बन्छौ। मुख्य यो विकार नै हो। सत्ययुगमा हुन्छन् सबै
निर्विकारी। कलियुगमा छन् विकारी।
बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! अब निर्विकारी बन। ६३ जन्म विकारमा गयौ। अब यो
अन्तिम जन्म पवित्र बन। अब सबै मर्नु पनि छ। म स्वर्ग स्थापना गर्न आएको हुँ त्यसैले
अब मेरो श्रीमतमा चल। मैले जे भन्छु त्यो सुन। अहिले तिमीले पत्थरबुद्धिलाई
पारसबुद्धि बनाउने पुरुषार्थ गरिरहेका छौ। तिमी नै पूरा सिँढी झर्छौ फेरि चढ्छौ।
तिमी मानौं जिन्न हौ। जिन्नको कथा छ नि– उसले भन्यो काम देऊ त्यसपछि राजाले भने,
ठीक छ सिँढी झर अनि चढ। धेरै मनुष्यले भन्छन्– भगवानलाई के आवश्यकता थियो, सिँढी
चढाउनु हुन्छ फेरि झार्नुहुन्छ। भगवानलाई के भयो, उहाँले यस्तो सिँढी बनाउनु भयो!
बाबा सम्झाउनु हुन्छ– यो अनादि खेल हो। तिमीले ५ हजार वर्षमा ८४ जन्म लियौ। ५ हजार
वर्ष तिमी तल झर्न लाग्यो फेरि माथि जान्छौ सेकेण्डमा। यो हो तिम्रो योगबलको लिफ्ट।
बाबा भन्नुहुन्छ– याद गर्यौ भने तिम्रो पाप काटिन्छ। बाबा आउनु हुन्छ अनि तिमी
सेकेण्डमा माथि चढ्छौ फेरि तल झर्न ५ हजार वर्ष लाग्छ। कला कम हुँदै जान्छ। चढ्न त
लिफ्ट छ। सेकेण्डमा जीवनमुक्ति। सतोप्रधान बन्नु छ। फेरि बिस्तार-बिस्तारै
तमोप्रधान बन्छौ। ५ हजार वर्ष लाग्छ। ठीक छ, फेरि तमोप्रधानबाट सतोप्रधान बन्नु छ,
एक जन्ममा। अहिले म तिमीलाई स्वर्गको बादशाही दिन्छु त्यसैले तिमी पवित्र किन
बन्दैनौ? तर कामेशु, क्रोधेशु पनि छ नि। विकार मिलेन भने स्त्रीलाई पिट्छन्, बाहिर
निकाल्छन्, आगो लगाइदिन्छन्। अबलाहरूमाथि कति अत्याचार हुन्छ। यो पनि ड्रामामा
निश्चित छ। अच्छा!
मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग।
रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई
गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) जगतको
मालिक बन्न वा विश्वको बादशाही लिनको लागि मुख्य काम विकारमाथि विजय प्राप्त गर्नु
छ। सम्पूर्ण निर्विकारी अवश्य बन्नु छ।
२) जसरी हामीलाई बाबा मिल्नु भएको छ, त्यस्तै सबैलाई बाबासँग मिलाउने कोसिस गर्नु
छ। बाबाको सही पहिचान दिनु छ। सच्चा-सच्चा यात्रा सिकाउनु छ।
वरदान:–
साइलेन्सको
शक्तिद्वारा सेकेन्डमा हर समस्याको हल गर्ने एकान्तवासी भव
जब कुनै पनि नयाँ वा
शक्तिशाली आविष्कार गर्छन् भने अन्डरग्राउण्ड (जमीनमुनि) गर्छन्। यहाँ एकान्तवासी
बन्नु नै अन्डरग्राउण्ड हुनु हो। जति समय मिल्छ, कारोबार गर्दा पनि, सुन्दा-सुनाउँदा
पनि, कुनै निर्देशन दिँदा यो देहको दुनियाँ र देहको भानबाट पर साइलेन्समा जाऊ। यो
अभ्यास वा अनुभव गर्ने गराउने अवस्थाले सबै समस्याको हल गरिदिन्छ। यसबाट एक
सेकेन्डमा कसैलाई पनि शान्ति वा शक्तिको अनुभूति गराउन सकिन्छ। जो पनि सम्मुख आउँछ,
उसले यही अवस्थामा साक्षात्कारको अनुभव गर्छ।
स्लोगन:–
व्यर्थ संकल्प
वा विकल्पबाट अलग भएर आत्मिक स्थितिमा रहनु नै योगयुक्त बन्नु हो।