15.02.20          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे आत्मारूपी दियो मा ज्ञान-योगको घ्यू थप्यौ भने बलिरहन्छ , ज्ञान र योगको फरक राम्रोसँग बुझ्नु पर् छ।

प्रश्न:
बाबाको कार्य प्रेरणाले चल्न सक्दैन, उहाँ यहाँ आउनै पर्छ किन?

उत्तर:
किनकि मनुष्यको बुद्धि बिलकुल तमोप्रधान छ। तमोप्रधान बुद्धिले प्रेरणा लिन सक्दैन। बाबा आउनु हुन्छ, त्यसैले त भनिन्छ छोड भी दे आकाश सिंहासन......।

गीत:
छोड भी दे आकाश सिंहासन.....

ओम् शान्ति ।
भक्तहरूले यो गीत बनाएका छन्। अब यसको अर्थ कति राम्रो छ। भन्छन् आकाश सिंहासन छोडेर आउनुहोस्। अब आकाश त यो हो। यो हो रहने स्थान। आकाशबाट त कुनै चीज आउँदैन। आकाश सिंहासन भन्छन्। आकाश तत्त्वमा त तिमी रहन्छौ र बाबा रहनुहुन्छ महतत्त्वमा। त्यसलाई ब्रह्म वा महतत्त्व भन्छन्, जहाँ आत्माहरू निवास गर्छन्। बाबा आउनु हुन्छ पनि अवश्य त्यहाँबाट नै। कोही त आउँछ नि। भन्छन् आएर हाम्रो ज्योति जगाउनुहोस्। गायन पनि छ एक छन् अन्धाका सन्तान अन्धा र अरू छन् दृष्टि हुनेका सन्तान दृष्टि हुनेहरू। धृतराष्ट्र र युधिष्ठिर नाम देखाउँछन्। अब यिनीहरू त हुन् रावणका सन्तान। मायारूपी रावण हो नि। सबैको रावण बुद्धि छ, अहिले तिमी हौ ईश्वरीय बुद्धि। बाबाले अहिले तिम्रो बुद्धिको ताला खोलिरहनु भएको छ। रावणले ताला बन्द गरिदिन्छ। कसैले कुनै कुरा बुझेन भने भन्छन् यो त पत्थरबुद्धि छ। बाबा आएर यहाँ ज्योति जगाउनु हुन्छ नि। प्रेरणाले कहाँ काम हुन्छ र! आत्मा जो सतोप्रधान थियो, त्यसको तागत अहिले कम भएको छ। तमोप्रधान बनेको छ। एकदम मधुरो भएको छ। कोही मनुष्य मर्यो भने उसको लागि दियो जलाउँछन्। अब दियो किन जलाउँछन्? सम्झन्छन् ज्योति निभेपछि अँध्यारो नहोस् त्यसैले ज्योति जलाउँछन्। अब यहाँको ज्योति जलाउनाले त्यहाँ कसरी प्रकाशित हुन सक्छ? कसैले पनि बुझ्दैनन्। अहिले तिमी होसियार बन्छौ। बाबा भन्नुहुन्छ म तिमीलाई स्वच्छ बुद्धि बनाउँछु। ज्ञान घृत राख्छु। यो हो पनि सम्झाउने कुरा। ज्ञान र योग दुवै अलग चीज हुन्। योगलाई ज्ञान भनिदैन। कसैले सम्झन्छन् भगवानले आएर यो पनि ज्ञान दिनु भयो मलाई याद गर। तर यसलाई ज्ञान भनिदैन। यहाँ त बाबा र बच्चाहरू छन्। बच्चाहरूले जानेका छन् उहाँ हाम्रा बाबा हुनुहुन्छ, यसमा ज्ञानको कुरा भनिंदैन। ज्ञान त विस्तार हो। यो त केवल याद हो। बाबा भन्नुहुन्छ मलाई याद गर, पुग्यो। यो सामान्य कुरा हो। यसलाई ज्ञान भनिदैन। बच्चाले जन्म लियो भने अवश्य बाबालाई याद गर्छ नि। ज्ञानको विस्तार छ। बाबा भन्नुहुन्छ मलाई याद गर, यो त ज्ञान भएन। तिमीले आफैं जानेका छौ हामी आत्मा हौं, हाम्रा बाबा परम आत्मा, परमात्मा हुनुहुन्छ। यसलाई ज्ञान कहाँ भनिन्छ र! बाबालाई पुकार्छन्। ज्ञान त हो नलेज, जस्तै कसैले एम.ए. पढ्छन्, कसैले बी.ए. पढ्छन्। कति धेरै किताब पढ्नुपर्छ। अब बाबा भन्नुहुन्छ तिमी मेरा बच्चा हौ नि, म तिम्रो बाबा हुँ। मसँग नै योग लगाऊ अर्थात् याद गर। यसलाई ज्ञान भनिदैन। तिमी बच्चाहरू हौ नि। तिमी आत्माहरूको कहिल्यै विनाश हुँदैन। कोही मर्यो भने उसको आत्मालाई बोलाउँछन्, अब त्यो शरीर खत्तम भएर गयो। आत्माले भोजन कसरी खान्छ? भोजन त फेरि पनि ब्राह्मणले खान्छन्। तर यो सबै हो भक्तिमार्गको परम्परा। यस्तो होइन हामीले भनेर त्यो भक्तिमार्ग बन्द हुन्छ। त्यो त चलि नै रहन्छ। आत्माले त एउटा शरीर छोडेर गएर अर्को लिन्छ।

बच्चाहरूको बुद्धिमा ज्ञान र योगको भिन्नता स्पष्ट हुनुपर्छ। बाबा, जसले भन्नुहुन्छ मलाई याद गर, यो ज्ञान होइन। यो त बाबाले डाइरेक्सन दिनुहुन्छ, यसलाई योग भनिदैन। ज्ञान हो सृष्टि चक्र कसरी फिर्छ त्यसको ज्ञान। योग अर्थात् याद। बच्चाहरूको कर्तव्य हो, बाबालाई याद गर्नु। त्यहाँ छन् लौकिक, यहाँ हुनुहुन्छ पारलौकिक। बाबा भन्नुहुन्छ मलाई याद गर। त्यसैले ज्ञान अलग चीज भयो। के बच्चाहरूलाई बाबाले याद गर भन्नुपर्छ र! लौकिक बाबाको त जन्मने बित्तिकै याद हुन्छ। यहाँ बाबाको याद दिलाउनु पर्छ। यसमा मेहनत लाग्छ। आफूलाई आत्मा सम्झिएर बाबालाई याद गर, यो धेरै मेहनतको काम हो। त्यसैले बाबा भन्नुहुन्छ योगमा टिक्न सक्दैनन्। बच्चाहरूले लेख्छन् बाबा याद भुलिन्छ। यस्तो भनिदैन ज्ञान भुलिन्छ। ज्ञान त धेरै सजिलो छ। यादलाई ज्ञान भनिदैन, यसमा मायाको तुफान धेरै आउँछ। हुन त ज्ञानमा कोही धेरै तीक्ष्ण हुन्छन्, मुरली धेरै राम्रो चलाउँछन् तर बाबा सोध्नुहुन्छ यादको चार्ट निकाल, कति समय याद गर्छौ? बाबालाई यादको चार्ट यथार्थसँग बनाएर देखाऊ। मुख्य कुरा यादको नै हो। पतितले पुकार्छन् आएर पावन बनाउनुहोस्। मुख्य हो पावन बन्ने कुरा। यसमा नै मायाको विघ्न पर्छ। शिव भगवानुवाच यादमा सबै धेरै कच्चा छन्। राम्रा-राम्रा बच्चाहरू जसले मुरली त धेरै राम्रो चलाउँछन् तर यादमा बिलकुल कमजोर छन्। योगबाट नै विकर्म विनाश हुन्छ। योगबाट नै कर्मेन्द्रियहरू बिलकुल शान्त हुन सक्छन्। एक बाबा सिवाय अरू कसैको याद नआओस्, कुनै देह पनि याद नआओस्। आत्माले बुझ्दछ यो सारा दुनियाँ समाप्त हुनु छ, अब हामी जान्छौं, आफ्नो घर। फेरि आउने छौं राजधानीमा। यो सदैव बुद्धिमा रहनु पर्छ। जो ज्ञान मिल्छ त्यो आत्मामा रहनु पर्छ। बाबा त हुनुहुन्छ योगेश्वर, जसले याद सिकाउनु हुन्छ। वास्तवमा ईश्वरलाई योगेश्वर भनिदैन। तिमी योगेश्वर हौ। ईश्वर बाबा भन्नुहुन्छ मलाई याद गर। यो याद सिकाउने ईश्वर बाबा हुनुहुन्छ। उहाँ निराकार बाबाले शरीरद्वारा सुनाउनु हुन्छ। बच्चाहरूले पनि शरीरद्वारा सुन्छन्। कोही त योगमा धेरै कच्चा छन्। बिलकुल याद नै गर्दैनन्। जति पनि जन्म-जन्मान्तरको पाप छ सबै सजाय खानु छ। यहाँ आएर जसले पाप गर्छन् उनीहरूले अझ सय गुणा सजाय खान्छन्। ज्ञानको कुरा त धेरै गर्छन्, योग बिलकुलै छैन जसकारण पाप भस्म हुँदैन, कच्चा नै रहन्छन् त्यसैले सच्चा-सच्चा माला ८ को बनेको छ। ९ रत्न गायन गरिन्छ। १०८ रत्न कहिल्यै सुनेका छौ र? १०८ रत्नको कुनै चीज बनाउँदैनन्। धेरै छन् जसले यी कुरालाई पूरा बुझ्दैनन्। यादलाई ज्ञान भनिदैन। ज्ञान सृष्टि चक्रलाई भनिन्छ। शास्त्रहरूमा ज्ञान छैन, ती शास्त्र हुन् भक्तिमार्गका। बाबा स्वयं भन्नुहुन्छ म यीद्वारा मिल्दिनँ। साधु आदि सबैको उद्धार गर्न म आउँछु। उनीहरूले सम्झन्छन् ब्रह्ममा लीन हुनु छ। फेरि उदाहरण दिन्छन्, पानीका थोपा-थोपाको। अहिले तिमीले यसो भन्दैनौ। तिमीलाई त थाहा छ हामी आत्माहरू बाबाका सन्तान हौं। म एकलाई याद गर यो अक्षर पनि भन्छन् तर अर्थ बुझ्दैनन्। भन्न त भनिदिन्छन् म आत्मा हुँ, तर आत्मा के हो, परमात्मा के हो यो ज्ञान बिलकुल छैन। यो बाबा नै आएर सुनाउनु हुन्छ। अहिले तिमीलाई थाहा छ हामी आत्माहरूको घर त्यो हो। त्यहाँ सारा वृक्ष छ। हर एक आत्मालाई आ-आफ्नो पार्ट मिलेको छ। सुख कसले दिन्छ, दु:ख कसले दिन्छ, यो पनि कसैलाई थाहा छैन।

भक्ति हो रात, ज्ञान हो दिन। ६३ जन्म तिमीले धक्का खान्छौ। फेरि ज्ञान दिन्छु त्यसमा कति समय लाग्छ? सेकेन्ड। यो त गायन पनि छ सेकेन्डमा जीवनमुक्ति। उहाँ तिम्रो बाबा हुनुहुन्छ नि, उहाँ नै पतित-पावन हुनुहुन्छ। उहाँलाई याद गरेपछि तिमी पावन बन्छौ। सत्ययुग, त्रेता, द्वापर, कलियुग यो चक्र छ। नाम पनि जानेका छन् तर पत्थरबुद्धि यस्ता छन्, समयको कसैलाई थाहा छैन। सम्झन्छन् पनि घोर कलियुग हो। यदि कलियुग अझै चल्ने हो भने झन् घोर अँध्यारो हुन्छ त्यसैले गायन पनि छ कुम्भकर्णको निद्रामा सुतेका थिए र विनाश भयो। थोरै पनि ज्ञान सुने भने प्रजा बन्छन्। कहाँ यी लक्ष्मी-नारायण कहाँ यी प्रजा! पढाउने त एउटै हुनुहुन्छ। हर एकको आ-आफ्नो तकदिर छ। कसैले त छात्रवृत्ति लिन्छन्, कोही फेल हुन्छन्। रामलाई बाणको निशानी किन दिइएको हो? किनकि फेल भए। यो पनि गीता पाठशाला हो, कोही त थोरै अङ्क पनि पाउन लायक छैनन्। म आत्मा बिन्दु हुँ, बाबा पनि बिन्दु हुनुहुन्छ, यसरी उहाँलाई याद गर्नु छ। जसले यी कुरालाई बुझ्न पनि बुझ्दैनन् उनीहरूले के पद पाउँछन्! यादमा नरहँदा धेरै घाटा पर्छ। यादको बलले धेरै कमाल गर्छ, कर्मेन्द्रियहरू बिलकुल शान्त, शीतल हुन्छन्। ज्ञानबाट शान्त हुँदैनन्, योगको बलबाट शान्त हुन्छन्। सबैले पुकार्छन् आएर हामीलाई त्यो गीताको ज्ञान सुनाउनुहोस्, अब को आउँछ? कृष्णको आत्मा त यहाँ छ। कोही सिंहासनमा कहाँ बसेको छ र जसलाई बोलाऊन्। यदि कसैले भनोस् हामी क्राइस्टको आत्मालाई याद गर्छौं। अरे! उनी त यहाँ नै छन्, उनलाई के थाहा? क्राइस्टको आत्मा यहाँ नै छ, फर्केर जान सक्दैन। लक्ष्मी-नारायण, पहिला नम्बरकाले नै पूरा ८४ जन्म लिन्छन् भने अरू फेरि फर्केर कसरी जान सक्छन्? त्यो सबै हिसाब छ नि। मनुष्यले त जति बोल्छन् त्यो झुटो। आधाकल्प हुन्छ झुट खण्ड, आधाकल्प हुन्छ सचखण्ड। अहिले त हर एकलाई सम्झाउनु पर्छ यस समयमा सबै नर्कवासी छन् फेरि स्वर्गवासी बन्छन्। मनुष्यले कति वेद, शास्त्र, उपनिषद् आदि पढ्छन्, के यसबाट मुक्ति पाउँछन्? उत्रिनु त छ नै। हरेक चीज सतो, रजो, तमोमा अवश्य आउँछ। नयाँ दुनियाँ केलाई भनिन्छ, कसैलाई पनि यो ज्ञान छैन, यो बाबा सम्मुख बसेर सम्झाउनु हुन्छ। देवी-देवता धर्म कहिले, कसले स्थापना गर्यो, केही पनि थाहा छैन। त्यसैले बाबाले सम्झाउनु भएको छ ज्ञानमा धेरै राम्रा भए पनि योगमा कति बच्चाहरू फेल छन्। योग छैन भने त विकर्म विनाश हुँदैन, उच्च पद पाउने छैनन्। जो योगमा मस्त छन् उनीहरूले नै उच्च पद पाउँछन्। देहसहित सबै कुरा भुलेर देही-अभिमानी बन्छन्। हामी अशरीरी हौं अब जान्छौं घर। उठ्दा-बस्दा सम्झ अब यो शरीर त छोड्नु छ। हामीले पार्ट खेल्यौं, अब जान्छौं घर। ज्ञान त मिलेको छ, जसरी बाबामा ज्ञान छ, उहाँले त कसैको याद गर्नु पर्दैन। याद त तिमी बच्चाहरूले गर्नु छ। बाबालाई ज्ञानका सागर भनिन्छ। योगका सागर त भनिदैन नि। चक्रको ज्ञान सुनाउनु हुन्छ र आफ्नो परिचय पनि दिनुहुन्छ। यादलाई ज्ञान भनिदैन। याद त बच्चाहरूलाई आफैं आउँछ। याद त गर्नैपर्छ, नत्र कसरी वर्सा पाउने? बाबा हुनुहुन्छ त्यसैले वर्सा पनि अवश्य मिल्छ। बाँकी छ ज्ञान। हामीले ८४ जन्म कसरी लिन्छौं, तमोप्रधानबाट सतोप्रधान, सतोप्रधानबाट तमोप्रधान कसरी बन्छौं, यो बाबाले सम्झाउनु हुन्छ। अब सतोप्रधान बन्नु छ बाबाको यादद्वारा। तिमी रूहानी बच्चाहरू रूहानी बाबाको पासमा आएका छौ, उहाँलाई शरीरको आधार त चाहियो नि। भन्नुहुन्छ, म बूढो तनमा प्रवेश गर्छु। हो पनि वानप्रस्थ अवस्था। अहिले बाबा आउनु हुन्छ तब सारा सृष्टिको कल्याण हुन्छ। यो हो भाग्यशाली रथ, यसबाट कति धेरै सेवा हुन्छ। यस शरीरको भान छोड्नको लागि याद चाहिन्छ। यसमा ज्ञानको कुरा छैन। धेरै याद सिकाउनु पर्छ। ज्ञान त सजिलो छ। सानो बच्चाले पनि सुनाइदिन्छ। बाँकी यादमा नै मेहनत छ। एकको याद रहोस्, यसलाई भनिन्छ अव्यभिचारी याद। कसैको शरीरलाई याद गर्नु, त्यो हो व्यभिचारी याद। यादबाट सबैलाई भुलेर अशरीरी बन्नु छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) यादको बलद्वारा आफ्ना कर्मेन्द्रियहरूलाई शीतल, शान्त बनाउनु छ। सम्पूर्ण पास हुनको लागि यथार्थसँग बाबालाई याद गरेर पावन बन्नु छ।

२) उठ्दा-बस्दा बुद्धिमा रहोस् अब हामी यो पुरानो शरीरलाई छोडेर फर्केर घर जानु छ। जसरी बाबामा सबै ज्ञान छ, त्यस्तै मास्टर ज्ञान सागर बन्नु छ।

वरदान:
फलाम समान को आत्मालाई पारस बनाउने मास्टर पारसनाथ भव

तिमीहरू सबै पारसनाथ बाबाका बच्चाहरू मास्टर पारसनाथ हौ। त्यसैले जस्तोसुकै फलाम समानको आत्मा होस्, तर तिम्रो संगतबाट फलाम पनि पारस बनोस्। यो फलाम हो यस्तो कहिल्यै नसोच। पारसको कामै हो फलामलाई पारस बनाउने। यही लक्ष्य र लक्षण सदा स्मृतिमा राखेर हरेक संकल्प, हरेक कर्म गर, तब अनुभव हुन्छ म आत्माको प्रकाशको किरणले अनेक आत्माहरूलाई स्वर्णिम बनाउने शक्ति दिइरहेको छ।

स्लोगन:
हरेक कार्य साहसपूर्वक गर्यौ भने सबैको सम्मान प्राप्त हुन्छ।