15.02.21 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– यो
संगमयुग हो चढ्ती कलाको युग , यसमा सबैको भलो हुन्छ त्यसैले भनिन्छ तिम्रो चढ्ती कला
, सबैको भला।”
प्रश्न:–
बाबाले सबै
ब्राह्मण बच्चाहरूलाई धेरै-धेरै बधाइ दिनुहुन्छ, किन?
उत्तर:–
किनकि बाबा भन्नुहुन्छ– तिमी मेरा बच्चाहरू मनुष्यबाट देवता बन्छौ। तिमी अहिले
रावणको जंजीरबाट छुट्छौ, तिमीले स्वर्गको राजाईं प्राप्त गर्छौ, सम्मान सहित पास
हुन्छौ, म हुन्न। त्यसैले बाबाले तिमीलाई धेरै-धेरै बधाइ दिनुहुन्छ। तिमी आत्माहरू
चंगा हौ, तिम्रो डोरी मेरो हातमा छ। मैले तिमीलाई स्वर्गको मालिक बनाउँछु।
गीत:–
आखिर वह दिन
आया आज....
ओम् शान्ति ।
यो अमर कथा
कसले सुनाइरहनु भएको छ? अमर कथा भन, सत्य-नारायणको कथा भन वा तीजरीको कथा भन– तीनै
मुख्य छन्। अहिले तिमी कसका सामुन्ने बसेका छौ र कसले तिमीलाई सुनाइरहनु भएको छ?
सतसङ्ग त यिनले पनि धेरै गरेका छन्। त्यहाँ त सबै मनुष्यहरू देखिन्छन्। भन्छन्–
फलाना संन्यासीले कथा सुनाउँछन्। शिवानन्दले सुनाउँछन्। यहाँ त धेरै सतसङ्ग छन्।
गल्ली-गल्लीमा सतसङ्ग छन्। माताहरू पनि पुस्तक लिएर बसेर सतसङ्ग गर्छन्। त्यहाँ
मनुष्यलाई देख्नुपर्छ तर यहाँ त अद्भुत कुरा छ। तिम्रो बुद्धिमा को छ? परमात्मा।
तिमीले भन्छौ– अहिले बाबा सामुन्ने आउनु भएको छ। निराकार बाबाले हामीलाई पढाउनु
हुन्छ। मनुष्यले भन्छन्– ईश्वर त नाम-रूपदेखि अलग हुनुहुन्छ। बाबाले सम्झाउनु हुन्छ–
नाम-रूपदेखि अलग कुनै चीज हुँदैन। तिमी बच्चाहरूलाई थाहा छ– यहाँ कोही पनि साकार
मनुष्यले पढाउँदैन। अन्त जहाँ गए पनि, सारा संसारमा साकारले नै पढाउँछन्। यहाँ त
परमपिता हुनुहुन्छ, जसलाई निराकार परमपिता परमात्मा भनिन्छ, उहाँ निराकारले साकारमा
बसेर पढाउनु हुन्छ। यो बिल्कुलै नयाँ कुरा भयो। जन्म-जन्म तिमीले सुन्दै आएका छौ,
यी फलाना पण्डित हुन्, गुरु हुन्। अनगिन्ती नाम छन्। दुनियाँ त धेरै ठूलो छ। जसले
जे सिकाउँछन्, सम्झाउँछन् ती मनुष्य नै हुन्। मनुष्य नै शिष्य बनेका छन्। अनेक
प्रकारका मनुष्य छन्। फलानाले सुनाउँछ। सदैव शरीरको नाम लिइन्छ। भक्तिमार्गमा
निराकारलाई बोलाउँछन्– हे पतित-पावन आउनुहोस्। उहाँ नै आएर बच्चाहरूलाई सम्झाउनु
हुन्छ। तिमी बच्चाहरूलाई थाहा छ– कल्प-कल्प सारा दुनियाँ, जुन पतित बन्छ, त्यसलाई
पावन बनाउने एउटै निराकार बाबा हुनुहुन्छ। तिमी जो यहाँ बसेका छौ, तिमीहरू मध्ये पनि
कोही कच्चा छन्, कोही पक्का छन् किनकि आधाकल्प तिमी देह-अभिमानी बनेका छौ। अब यसै
जन्ममा देही-अभिमानी बन्नु छ। तिम्रो देहमा रहने जुन आत्मा छ, त्यसलाई परमात्माले
बसेर सम्झाउनु हुन्छ। आत्माले नै संस्कार लिएर जान्छ। आत्माले भन्छ
कर्मेन्द्रियहरूद्वारा– म फलाना हुँ। तर आत्म-अभिमानी त कोही छैन। बाबाले सम्झाउनु
हुन्छ– जो सूर्यवंशी-चन्द्रवंशी थिए, उनै यतिबेला आएर ब्राह्मण बन्छन् फेरि देवता
बन्छन्। मनुष्यलाई देह-अभिमानी रहने बानी परेको छ, देही-अभिमानी रहन बिर्सिन्छन्
त्यसैले बाबाले घरी-घरी भन्नुहुन्छ– देही-अभिमानी बन। आत्माले नै भिन्न-भिन्न चोला
लिएर पार्ट खेल्छ। यी हुन् उसका कर्मेन्द्रियहरू। अहिले बाबाले बच्चाहरूलाई
भन्नुहुन्छ– मनमनाभव। केवल गीता पढेर कुनै राज्य-भाग्य कहाँ पाउन सकिन्छ र। तिमीलाई
यतिबेला त्रिकालदर्शी बनाइन्छ। रात-दिनको फरक भएको छ। बाबाले सम्झाउनु हुन्छ– मैले
तिमीलाई राजयोग सिकाउँछु। कृष्ण त सत्ययुगका राजकुमार हुन्। जो सूर्यवंशी देवताहरू
थिए, उनीहरूमा कुनै ज्ञान हुँदैन। ज्ञान त प्राय: लोप हुन्छ। ज्ञान हो नै सद्गतिको
लागि। सत्ययुगमा कोही पनि दुर्गतिमा हुँदैन। त्यो हो नै सत्ययुग। अहिले हो कलियुग।
यहाँ पहिला सूर्यवंशी ८ जन्म, फेरि चन्द्रवंशी १२ जन्म हुन्छन्। यो एक जन्म अहिले
तिम्रो सबैभन्दा राम्रो जन्म हो। तिमी हौ प्रजापिता ब्रह्मा मुख वंशावली। यो हो
सर्वोत्तम धर्म। देवता धर्मलाई सर्वोत्तम धर्म भनिदैन। ब्राह्मण धर्म सबैभन्दा उच्च
हो। देवताहरूले त प्रारब्ध भोग्छन्।
आजकल धेरै समाजसेवी
छन्। तिम्रो हो रूहानी सेवा। त्यो हो दैहिक सेवा गर्नु। रूहानी सेवा एकै पटक हुन्छ।
पहिला यी समाजसेवी आदि थिएनन्। राजा-रानीले राज्य गर्थे। सत्ययुगमा देवी-देवता थिए।
तिमी नै पूज्य थियौ, फेरि पुजारी बन्यौ। द्वापरमा जब लक्ष्मी-नारायण वाममार्गमा
जान्छन् अनि मन्दिर बनाउँछन्। सबैभन्दा पहिला शिवको मन्दिर बनाउँछन्। उहाँ
हुनुहुन्छ सर्वका सद्गतिदाता त्यसैले अवश्य उहाँको पूजा हुनुपर्छ। शिवबाबाले नै
आत्माहरूलाई निर्विकारी बनाउनु भएको थियो नि। फेरि हुन्छ देवताहरूको पूजा। तिमी नै
पूज्य थियौ फेरि पुजारी बन्यौ। बाबाले सम्झाउनु भएको छ– चक्रलाई याद गरिराख। सिँढी
झर्दा-झर्दा एकदम जमीनमा आइपुगेका छौ। अहिले तिम्रो चढ्ती कला हो। भन्छन्– चढ्ती कला
तेरे भाने सर्वका भला। सारा दुनियाँका मनुष्य मात्रको अब चढ्ती कला गराउँछु।
पतित-पावन आएर सबैलाई पावन बनाउनु हुन्छ। जब सत्ययुग थियो, चढ्ती कला थियो र बाँकी
सबै आत्माहरू मुक्तिधाममा थिए।
बाबा बसेर सम्झाउनु
हुन्छ– प्यारा बच्चाहरू! मेरो जन्म भारतखण्डमा नै हुन्छ। शिवबाबा आउनु भएको थियो,
यसको गायन गरिएको छ। अहिले फेरि आउनु भएको छ। यसलाई भनिन्छ राजस्व अश्वमेध अविनाशी
रुद्र ज्ञान यज्ञ। स्वराज्य पाउनको लागि यज्ञ रचिएको छ। विघ्न पनि परेका थिए, अहिले
पनि परिरहेका छन्। माताहरू माथि अत्याचार हुन्छ। भन्छन्– बाबा मलाई यसले नंगन गर्छ।
मलाई यसले छोड्दैन। बाबा मेरो रक्षा गर्नुहोस्। देखाउँछन्– द्रौपदीको रक्षा भयो।
अहिले तिमी २१ जन्मको लागि बेहदका बाबाबाट वर्सा लिन आएका छौ। यादको यात्रामा रहेर
आफूलाई पवित्र बनाउँछौ। फेरि विकारमा गयौ भने समाप्त, एकदम गिर्छौ त्यसैले बाबा
भन्नुहुन्छ– पवित्र अवश्य रहनु छ। जो कल्प पहिला पवित्र बनेका थिए, उनैले पवित्रताको
प्रतिज्ञा गर्नेछन्। फेरि कोही पवित्र रहन सक्छन्, कोही रहन सक्दैनन्। मुख्य कुरा
हो यादको। याद गर्यौ, पवित्र रह्यौ र स्वदर्शन चक्र घुमाइरह्यौ भने फेरि उच्च पद
पाउँछौ। विष्णुका दुई रूपले राज्य गर्छन् नि। तर विष्णुलाई जुन शंख चक्र देखाइदिएका
छन्, त्यो देवतालाई दिइएको थिएन। लक्ष्मी-नारायणलाई पनि थिएन। विष्णु त सूक्ष्मवतनमा
रहन्छन्, उनलाई चक्रको ज्ञानको आवश्यकता पर्दैन। त्यहाँ मुवी चल्छ। अहिले तिमीले
जानेका छौ– हामी शान्तिधामका निवासी हौं। त्यो हो निराकारी दुनियाँ। आत्मा के चीज
हो, त्यो पनि मनुष्य मात्रले जानेका छैनन्। भनिदिन्छन्– आत्मा नै परमात्मा। आत्माको
लागि भन्छन्– एक चम्किलो तारा हो, जो भृकुटीको बीचमा रहन्छ। यी आँखाबाट देख्न
सकिँदैन। जसले जतिसुकै कोसिस गरे पनि, सिसा आदिमा बन्द गरेर राखेर देखून्– आत्मा
कसरी निस्कन्छ? कोसिस गर्छन् तर कसैलाई पनि थाहा हुँदैन– आत्मा के चीज हो, कसरी
निस्कन्छ? भन्छन्– आत्मा तारा जस्तै छ। दिव्य दृष्टि विना त्यसलाई देख्न सकिँदैन।
भक्तिमार्गमा धेरैलाई साक्षात्कार हुन्छ। लेखिएको छ– अर्जुनलाई साक्षात्कार भयो
अखण्ड ज्योतिको। अर्जुनले भने– मैले सहन गर्न सक्दिनँ। बाबाले सम्झाउनु हुन्छ– त्यति
तेजोमय आदि केही छैन। जसरी आत्मा आएर शरीरमा प्रवेश गर्छ, थाहा कहाँ हुन्छ र। अहिले
तिमीले जानेका छौ– बाबा कसरी प्रवेश गरेर बोल्नुहुन्छ। आत्मा आएर बोल्छ। यो पनि सारा
ड्रामामा निश्चित छ, यसमा कसैको तागतको कुरा छैन। आत्माले कुनै शरीर छोडेर जाँदैन।
यो साक्षात्कारको कुरा हो। आश्चर्यको कुरा छ नि। बाबा भन्नुहुन्छ– म पनि साधारण तनमा
आउँछु। आत्मालाई बोलाउँछन् नि। पहिला आत्माहरूलाई बोलाएर सोध्ने गर्थे। अहिले त
तमोप्रधान बनेका छन् नि। बाबा आउनु हुन्छ नै– म गएर पतितलाई पावन बनाऊँ भनेर। भन्छन्
पनि ८४ जन्म। त्यसैले बुझ्नुपर्छ– जो पहिला आएका छन्, उनीहरूले नै अवश्य ८४ जन्म
लिएका होलान्। उनीहरूले त लाखौं वर्ष भनिदिन्छन्। अहिले बाबाले सम्झाउनु हुन्छ–
तिमीलाई स्वर्गमा पठाएको थिएँ। तिमीले गएर राज्य गरेका थियौ। तिमी बच्चाहरूलाई
स्वर्गमा पठाएको थिएँ। राजयोग सिकाएको थिएँ संगममा। बाबा भन्नुहुन्छ– म कल्पको
संगमयुगमा आउँछु। गीतामा फेरि युग-युगमा शब्द लेखिदिएका छन्।
अहिले तिमीले जानेका
छौ– हामी सिँढी झर्छौं अनि चढ्छौं। चढ्ने कला फेरि गिर्ने कला। अहिले यो संगम युग
हो सबैको चढ्ती कलाको युग। सबै चढ्छन्। सबै माथि जान्छन् फेरि तिमी आउँछौ स्वर्गमा
पार्ट खेल्न। सत्ययुगमा अरू कुनै धर्म थिएन। त्यसलाई भनिन्छ नै निर्विकारी दुनियाँ।
फेरि देवी-देवताहरू वाममार्गमा गएर सबै विकारी हुन थाल्छन्, यथा राजा-रानी तथा प्रजा।
बाबाले सम्झाउनु हुन्छ– हे बच्चाहरू! तिमी निर्विकारी दुनियाँमा थियौ। अहिले हो
विकारी दुनियाँ। अनेक धर्म छन् तर एक देवी-देवता धर्म छैन। जब हुँदैन तब अवश्य फेरि
स्थापना हुन्छ। बाबा भन्नुहुन्छ– म आएर ब्रह्माद्वारा आदि सनातन देवी-देवता धर्मको
स्थापना गर्छु। यहाँ नै स्थापना गर्नुहुन्छ नि। सूक्ष्म वतनमा त गर्नुहुन्न। लेखिएको
छ– ब्रह्माद्वारा आदि सनातन देवी-देवता धर्मको रचना रच्नुहुन्छ। तिमीलाई यतिबेला
पावन भनिदैन। पावन बनिरहेका छौ। समय त लाग्छ नि। पतितबाट पावन कसरी बन्ने, यो कुनै
पनि शास्त्रमा छैन। वास्तवमा महिमा त एक बाबाको छ। उहाँ बाबालाई बिर्सिएको हुनाले
नै अनाथ बनेका छन्। लडिरहन्छन्। फेरि भन्छन्– सबै मिलेर एक कसरी हुने। भाइ-भाइ हुन्
नि। बाबा त अनुभवी छन्। भक्ति पनि यिनले पूरा गरेका छन्। सबैले भन्दा धेरै गुरु
बनाएका छन्। अहिले बाबा भन्नुहुन्छ– यी सबैलाई छोड। अब म तिमीसँग मिलेको छु। सर्वका
सद्गतिदाता एक सत् श्री अकाल भन्छन् नि। अर्थ जानेका छैनन्। पढ्न त धेरै पढिरहन्छन्।
बाबाले सम्झाउनु हुन्छ– अहिले सबै पतित छन् फेरि पावन दुनियाँ बन्छ। भारतखण्ड नै
अविनाशी खण्ड हो। यो कसैलाई पनि थाहा छैन। यस खण्डको कहिल्यै विनाश हुँदैन, न
कहिल्यै प्रलय हुन्छ। यो जुन देखाउँछन्– सागरमा पीपलका पातमा श्रीकृष्ण आए तर पीपलको
पातमा त बच्चा आउन सक्दैन। बाबाले सम्झाउनु हुन्छ– तिमीले गर्भबाट जन्म लिन्छौ, धेरै
आरामले। त्यहाँ गर्भ महल भनिन्छ। यहाँ हुन्छ गर्भ जेल। सत्ययुगमा हुन्छ गर्भ महल।
आत्मालाई पहिल्यै साक्षात्कार हुन्छ। यो तन छोडेर अर्को तन लिनु छ। त्यहाँ
आत्म-अभिमानी रहन्छन्। मनुष्यले त न रचयितालाई, न रचनाको आदि, मध्य, अन्त्यलाई
जानेका छन्। अहिले तिमीले जानेका छौ– बाबा हुनुहुन्छ ज्ञानका सागार। तिमी मास्टर
सागर हौ। तिमी माताहरू हौ नदी र यी गोपहरू हुन् ज्ञान मानसरोवर। यी ज्ञान नदीहरू
हुन्। तिमी हौ सरोवर। प्रवृत्ति मार्ग हुनुपर्छ नि। तिम्रो पवित्र गृहस्थ आश्रम थियो।
अहिले पतित छ। बाबा भन्नुहुन्छ– यो सदैव याद राख, म आत्मा हुँ। एक बाबालाई याद गर्नु
छ। बाबाले आदेश दिनु भएको छ– कुनै पनि देहधारीलाई याद नगर। यी आँखाबाट जे देख्छौ
त्यो सबै समाप्त हुनु छ। त्यसैले बाबा भन्नुहुन्छ– मनमनाभव, मध्याजीभव। यस
कब्रिस्तानलाई बिर्सिदै जाऊ। मायाका तुफान त धेरै आउँछन्, यीसँग डराउनु हुँदैन। धेरै
तुफान आउँछन् तर कर्मेन्द्रियहरूबाट विकर्म गर्नु हुँदैन। तुफान तब आउँछन् जब तिमीले
बाबालाई भुल्छौ। यो यादको यात्रा एकै पटक मात्र हुन्छ। ती हुन् मृत्युलोकका यात्रा,
यो हो अमरलोकको यात्रा। त्यसैले बाबा भन्नुहुन्छ– अब कुनै पनि देहधारीलाई याद नगर।
बच्चाहरूले
शिवजयन्तीमा कति तार पठाउँछन्। बाबा भन्नुहुन्छ– तत्त्वम्। तिमी बच्चाहरूलाई पनि
बाबाले बधाई दिनुहुन्छ। वास्तवमा तिमीलाई बधाई छ किनकि मनुष्यबाट देवता तिमी बन्छौ।
फेरि जो सम्मान सहित पास हुन्छन् उनलाई धेरै नम्बर र राम्रो श्रेणी मिल्छ। बाबाले
तिमीलाई बधाई दिनुहुन्छ– अब तिमी रावणको जन्जीरबाट छुट्छौ। सबै आत्माहरू चङ्गा हुन्।
सबैको डोरी बाबाको हातमा छ। उहाँले सबैलाई लैजानुहुन्छ। सबैका सद्गतिदाता हुनुहुन्छ।
तर तिमीले स्वर्गको राजाई प्राप्त गर्नको लागि पुरुषार्थ गरिरहेका छौ। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी
बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) सम्मान
सहित पास हुनको लागि एक बाबालाई याद गर्नु छ, कुनै पनि देहधारीलाई होइन। यी आँखाबाट
जे देखिन्छ, त्यसलाई देखेर पनि देख्नु छैन।
२) हामी अमरलोकको
यात्रामा गइरहेका छौं, त्यसैले मृत्युलोकको केही पनि याद नरहोस्, यी
कर्मेन्द्रियहरूद्वारा कुनै पनि विकर्म नहोस्, यो ध्यान राख्नु छ।
वरदान:–
अतीन्द्रिय
सुखमय स्थितिद्वारा अनेक आत्माहरू लाई आह ्वा न गर्ने विश्व कल्याणकारी भव
जति अन्तिम कर्मातीत
अवस्था समीप आउँदै जान्छ, त्यति आवाज भन्दा पर शान्त स्वरूप स्थिति अधिक प्रिय
लाग्छ। यस स्थितिमा सदा अतीन्द्रिय सुखको अनुभूति हुन्छ र यसै अतीन्द्रिय सुखमय
स्थितिद्वारा अनेक आत्माहरूलाई सहजै आह्वान गर्न सक्छौ। यो शक्तिशाली स्थिति नै
विश्व कल्याणकारी स्थिति हो। यस स्थितिद्वारा जतिसुकै टाढा रहने आत्मालाई पनि
सन्देश पुर्याउन सक्छौ।
स्लोगन:–
हरेकको
विशेषतालाई स्मृतिमा राखेर विश्वासपात्र बन्यौ भने संगठन एकमत हुन्छ।