15.05.22 Avyakt Bapdada Nepali Murli 18.01.91 Om Shanti Madhuban
विश्व कल्याणकारी
बन्नको लागि सर्व स्मृतिले सम्पन्न बनेर सबैलाई सहयोग देऊ
आज समर्थ बाबा आफ्ना
स्मृति स्वरूप बच्चाहरूलाई देखेर हर्षित भइरहनु भएको छ। विश्वका देश एवं विदेशका सबै
बच्चाहरूले स्मृति दिवस मनाइरहेका छन्। आजको स्मृति दिवसले बच्चाहरूलाई आफ्नो
ब्राह्मण जीवन अर्थात् समर्थ जीवनको स्मृति दिलाउँछ किनकि ब्रह्मा बाबाको जीवन
कहानीको साथमा ब्राह्मण बच्चाहरूको पनि जीवन कहानी छन्। निराकार बाबाले साकार
ब्रह्माको साथमा ब्राह्मण रच्नुभयो, तब नै ब्राह्मणहरूद्वारा अविनाशी यज्ञको रचना
भयो। ब्रह्मा बाबा तिमी ब्राह्मणहरूको साथ-साथै स्थापनाको निमित्त बन्नुभयो, त्यसैले
ब्रह्मा बाबासँग आदि ब्राह्मणहरूको पनि जीवन कहानी छ। आदिदेव ब्रह्मा र आदि
ब्राह्मण दुवैको महत्त्व यज्ञ स्थापनामा रह्यो। अनादि बाबाले आदिदेव ब्रह्माद्वारा
आदि ब्राह्मणहरूको रचना गर्नुभयो। त्यसपछि आदि ब्राह्मणहरूले अनेक ब्राह्मणहरूको
वृद्धि गरे। यही ब्रह्मा बाबाद्वारा स्थापनाको, ब्रह्मा बाबाको कहानी आजको स्मृति
दिवसमा वर्णन गर्छौ। स्मृति दिवस भन्छौ भने केवल ब्रह्मा बाबालाई याद गर्यौ वा
ब्रह्मा बाबाद्वारा जे बाबाले स्मृति दिलाउनु भएको छ, ती सबै स्मृतिहरू स्मृतिमा आयो?
आदिदेखि अहिलेसम्म के-के र कति स्मृति दिलाउनु भएको छ, याद छ? अमृतबेलादेखि लिएर
रातिसम्म पनि सर्व स्मृतिलाई सामुन्ने ल्याऊ– एक दिनमा पूरा हुन्छ! लामो लिस्ट छ
नि! स्मृति सप्ताह मनायौ भने पनि विस्तार धेरै हुन्छ, किनकि केवल रिभाइज गर्नु छैन,
महसुस गर्छौ त्यसैले भनिएको नै छ स्मृति स्वरूप। स्वरूप अर्थात् हर स्मृतिको अनुभूति।
तिमीहरू स्मृति स्वरूप बन्छौ तर भक्तले केवल स्मरण गर्छन्। अनुभवका के-के स्मृति छन्–
यसको विस्तार त धेरै ठूलो छ। जस्तै बाबाको परिचय कति ठूलो छ तर तिमीहरूले सार रूपमा
पाँच कुरामा परिचय दिन्छौ। यसैगरी स्मृतिहरूको विस्तारलाई पनि ५ कुरामा सार रूपमा
ल्याऊ– आदिदेखि अहिलेसम्म बापदादाले कति नाम स्मृतिमा दिलाउनुभयो! कति नाम होलान्!
विस्तार छ नि। एक-एक नामलाई स्मृतिमा ल्याऊ र स्वरूप बनेर अनुभव गर, केवल रिपीट नगर।
स्मृति स्वरूप बन्दाको आनन्द अति न्यारा र प्यारा हुन्छ। जसरी बाबाले तिमी
बच्चाहरूलाई नूरे रत्न नामको स्मृति दिलाउनु हुन्छ। बाबाको नयनका नूर। नूरको के
विशेषता हुन्छ, नूरको कर्तव्य के हुन्छ, नूरको शक्ति के छ? यस्तो अनुभूति गर अर्थात्
स्मृति स्वरूप बन। यसप्रकार हरेक नामको स्मृति अनुभव गर्दै जाऊ। यो एक दृष्टान्त
रूपमा सुनाएँ। यस्ता श्रेष्ठ स्वरूपका स्मृति कति छन्? तिमी ब्राह्मणहरूका कति रूप
छन्? जुन बाबाका रूप तिनै ब्राह्मणहरूका रूप हुन्। ती सबै रूपहरूको स्मृतिको अनुभूति
गर। नाम, रूप, गुण– अनादि, आदि र अहिले वर्तमान तथा ब्राह्मण जीवनको सर्वगुणहरूको
स्मृति स्वरूप बन।
यसैगरी कर्तव्य। कति
श्रेष्ठ कर्तव्यको निमित्त बनेका छौ! ती कर्तव्यहरूको स्मृति इमर्ज गर। पाँचौ कुरा
बापदादाले अनादि-आदि देशको स्मृति दिलाउनु भएको छ। देशको स्मृतिबाट फर्केर घर जाने
समर्थी आयो, आफ्नो राज्यमा राज्य अधिकारी बन्ने हिम्मत आयो र वर्तमान संगमयुगी
ब्राह्मण संसारमा खुशीको जीवन जिउने कला स्मृतिमा आयो। जिउने कला राम्रोसँग आयो नि
हैन? दुनियाँ मरने कलामा तेज गइरहेको छ र तिमी ब्राह्मण सुखमय खुशीको जीवनको कलामा
उडिरहेका छौ। कति अन्तर छ!
त्यसैले स्मृति दिवस
अर्थात् सर्व स्मृतिहरूको रूहानी नशाको अनुभव गर्नु। यस स्मृति दिवसमा दुनियाँले
जस्तै तिमीहरूले यी शब्द भन्दैनौ– हाम्रो ब्रह्मा बाबा यस्तो हुनुहुन्थ्यो। उहाँले
यो भन्नुभएको थियो, यो गर्नुभएको थियो, दुनियाँले थियो... थियो... भन्छन् र दु:खको
लहर फैलाउँछन् तर तिमी ब्राह्मणहरूको यो विशेषता छ। तिमीले भन्छौ– अहिले पनि साथमा
हुनुहुन्छ। साथको अनुभव गर्छौ। त्यसैले तिमीहरूमा यो विशेषता छ। तिमीले यस्तो
भन्दैनौ– ब्रह्मा बाबा जानुभयो। जुन प्रतिज्ञा गरेका छौ– साथै रहनेछौं, साथै जानेछौं।
यदि आदि आत्माले पनि प्रतिज्ञा पूरा नगर्ने हो भने कसले प्रतिज्ञा पूरा गर्छन् त?
केवल रूप र सेवाको विधि परिवर्तन भएको हो। तिमीहरू सबैको लक्ष्य हो– ‘फरिश्ता सो
देवता।’ फरिश्ता रूपको नमुना ब्रह्मा बाबा बन्नुभएको छ। सर्व बच्चाहरूको पालना अहिले
पनि ब्रह्माद्वारा नै भइरहेको छ त्यसैले ब्रह्माकुमार र ब्रह्माकुमारी कहलाउँछौ।
बुझ्यौ? स्मृति दिवसको महत्त्व के हो? यी स्मृतिहरूमा सदा लभलीन रहने गर। यसलाई नै
भनिन्छ– बाबा समान बन्ने अनुभूति। तिमी आत्माहरूले बाबा समान अनुभव गर्यौ। यसै
‘समान’ शब्दलाई मानिसहरूले ‘समाहित’ शब्द भनिदिएका छन्। आत्मा परमात्मामा समाहित
हुँदैन तर बाबा समान बन्छ। सबै बच्चाहरूले आ-आफ्नो नामले स्मृति दिवसको याद पठाएका
छन्। कति सन्देशी बनेर याद-प्यार लिएर आए। हरेकले भन्छन् मेरो विशेष याद दिनु।
त्यसैले एक एकलाई अलग याद पत्र लेख्नुको सट्टा दिलैदेखि पत्र लेखिरहेको छु। हरेकको
दिलको प्यार बापदादाको नयनमा, दिलमा समाहित छ र अहिले अझ विशेष समाहित छ। विशेष याद
गर्नेहरूलाई बापदादाले अहिले पनि इमर्ज गरेर विशेष यादप्यार दिइरहनु भएको छ। हरेकको
दिलको उमंग र दिलको रूहरिहान, दिलको हालचाल, दिलाराम बाबाको पासमा पुग्यो। बापदादाले
सबै बच्चाहरूलाई यही स्मृति दिलाइरहनु भएको छ– सदा दिलको साथ होस्, सेवामा साथ होस्
र स्थितिमा सदा साक्षी होस्। अनि सदा मायाजितको झण्डा लहराइरहने छ। सबै बच्चाहरूलाई
नथिङ् न्युको पाठ हर परिस्थितिमा स्मृतिमा रहोस्। ब्राह्मण जीवन अर्थात् प्रश्न
चिन्ह र आश्चर्यको रेखा हुन सक्दैन। कति पटक यो समाचार पनि सुन्यौ होला। नयाँ
समाचार छ र? छैन। ब्राह्मण जीवन अर्थात् हर समाचार सुन्दै कल्प पहिलाको स्मृतिमा
समर्थ रहनेहरू। जे हुनु छ त्यो भइरहेको छ, त्यसैले के होला! यो प्रश्न उठ्न सक्दैन।
त्रिकालदर्शी हौ, ड्रामाको आदि-मध्य-अन्त्यलाई जानेका छौ भने के वर्तमानलाई जान्दैनौ?
आत्तिदैनौ नि! ब्राह्मण जीवनको हर कदममा कल्याण छ। आत्तिने कुरा छैन। तिमीहरू सबैको
कर्तव्य हो आफ्नो शान्तिको शक्तिले अशान्त आत्माहरूलाई शान्तिको किरण दिनु। तिम्रा
आफ्नै भाइ-बहिनी हुन्, त्यसैले आफ्नो ईश्वरीय परिवारको सम्बन्धले सहयोगी बन। जतिसुकै
युद्धमा तीव्र गति भएपनि तिमी योगी आत्माहरूको योगले उनीहरूलाई शान्तिको सहयोग
दिनेछ। त्यसैले अझै विशेष समय निकालेर शान्तिको सहयोग देऊ– यो हो तिमी ब्राह्मण
आत्माहरूको कर्तव्य। अच्छा!
सर्व स्मृति स्वरूप
श्रेष्ठ आत्माहरूलाई सदा बाबा समान बन्ने लक्ष्य र लक्षण धारण गर्ने आत्माहरूलाई,
सदा स्वयंलाई बाबाको साथमा अनुभव गर्ने समीप आत्माहरूलाई, सदा नथिङ् न्युको पाठलाई
सहज स्वरूपमा ल्याउने, सदा विश्व कल्याणकारी बनेर विश्वका आत्माहरूलाई सहयोग दिने–
यस्ता सदा विजयी रत्नहरूलाई बापदादाको यादप्यार एवं नमस्ते। रूहानी बच्चाहरूको
रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
दादीहरूसँग अव्यक्त
बापदादाको भेटघाट:–
आदि ब्राह्मणहरूको
माला र ब्रह्मा बाबासँग तिमी आदि ब्राह्मणहरू निमित्त बन्यौ नि। आदि ब्राह्मणहरूको
धेरै ठूलो महत्त्व छ। स्थापना, पालना र परिवर्तन। विनाश शब्द थोरै अफिसियल लाग्छ
त्यसैले स्थापना, पालना र विश्व परिवर्तन गर्नमा आदि ब्राह्मणहरूको विशेष पार्ट छ।
शक्तिहरूको पूजा धेरै धूमधामसँग हुन्छ। निराकार बाबा र ब्रह्मा बाबाको पूजा त्यति
धूमधामले हुँदैन। ब्रह्माको मन्दिर पनि धेरै गुप्त नै छ तर शक्ति सेना भक्तिमा पनि
प्रसिद्ध छ, त्यसैले अन्त्यसम्म स्टेजमा बच्चाहरूको विशेष पार्ट छ। ब्रह्माको पनि
गुप्त पार्ट छ– अव्यक्त रूप अर्थात् गुप्त। ब्राह्मणलाई तयार गर्नुभयो अनि ब्रह्माको
पार्ट गुप्त भयो। सरस्वतीलाई पनि गुप्त देखाउछन् किनकि उनको पनि ड्रामामा गुप्त
पार्ट चलिरहेको छ। आदि ब्राह्मण आत्माहरू सबै एक अर्कोको समीप र शक्तिशाली छन्।
शरीर पनि कमजोर छैन, शक्तिशाली छ। (दादी जानकीसँग) यो त थोरै बीचमा रेस्ट दिलाउने
साधन बन्यो। बाँकी केही पनि होइन। त्यसो त रेस्ट गर्दिनौ। कुनै कारण बन्छ रेस्ट
गर्ने। सबै दादीहरूमा धेरै प्यार छ नि! बाबाको साथ-साथै निमित्त आदि ब्राह्मणहरूसँग
पनि प्यार छ। त्यसैले तिमीहरू सबैको प्यारको आशीर्वाद, शुभ भावनाले आदि ब्राह्मण
आत्माहरूलाई तन्दुरुस्त राख्छ। राम्रो छ, साइलेन्सको सेवाको पार्ट राम्रो मिलेको छ।
कति आत्माहरू अशान्त छन्, कतिले प्रार्थना गरिरहेका छन्! उनीहरूलाई केही न केही
अञ्जली त दिन्छौ नि? देवीहरूसँग गएर शक्ति माग्छन् नि! त्यसैले शक्ति दिनु तिमी
विशेष आत्माहरूको कर्तव्य हो नि? दिन प्रतिदिन यो अनुभव गर्छन्– कहीँबाट शान्तिको
किरण आइरहेको छ। फेरि खोज्नेछन्, सबैको नजर भारत भूमिमा पर्नेछ।
अव्यक्त महावाक्य–
पार्टीहरूको साथमा
१) निश्चय बुद्धि
विजयी आत्मा हुँ, यस्तो अनुभव गर्छौ? सदा निश्चय अटल रहन्छ? वा कहिलेकाहीँ डगमग पनि
हुन्छौ? निश्चयबुद्धिको निशानी हो– उसले हर कार्यमा, चाहे व्यावहारिक होस्, चाहे
परमार्थी होस् तर हर कार्यमा विजयको अनुभव गर्छ। जस्तोसुकै साधारण कर्म होस्, तर
विजयको अधिकार उसलाई अवश्य प्राप्त हुन्छ किनकि ब्राह्मण जीवनको विशेष जन्मसिद्ध
अधिकार विजय हो। कुनै पनि कार्यमा स्वयंसँग निराश हुँदैन किनकि उसलाई निश्चय हुन्छ–
विजय जन्मसिद्ध अधिकार हो। त्यसैले यति अधिकारको नशा रहन्छ। जसको भगवान्मदतगार
हुनुहुन्छ, उसको विजय नभए कसको हुन्छ! कल्प पहिलाको यादगार पनि देखाउँछन्– जहाँ
भगवान्हुनुहुन्छ त्यहाँ विजय हुन्छ। चाहे पाँच पाण्डव देखाउँछन्, तर विजय किन भयो?
भगवान्साथ हुनुहुन्छ, त्यसैले जब कल्प पहिला यादगारमा विजयी बनेका छौ भने अहिले पनि
विजयी हुन्छौ नि? कहिल्यै पनि कुनै कार्यमा संकल्प उठ्नु हुँदैन– यो होला कि नहोला,
विजय हुन्छ या हुँदैन... यी प्रश्न उठ्न हुँदैन। कहिल्यै पनि बाबासँग हुनेको हार
हुन सक्दैन। यो कल्प-कल्पको भावी निश्चित छ। यस भावीलाई कसैले टाल्न सक्दैन। यति
दृढ निश्चयले सदा अगाडि उडाइरहन्छ। त्यसैले सदा विजयको खुशीमा नाचिराख, गाइराख।
२) सदा आफूलाई भाग्य
विधाताको भाग्यवान बच्चा हुँ, यस्तो अनुभव गर्छौ? पदमापदम भाग्यवान हौ या सय
भाग्यवान हौ? जसको यति श्रेष्ठ भाग्य छ, ऊ सदा हर्षित रहन्छ किनकि भाग्यवान
आत्मालाई कुनै अप्राप्ति हुँदै हुँदैन। जहाँ सर्व प्राप्ति हुन्छ, त्यहाँ सदा
हर्षित हुन्छौ। कसैलाई अल्पकालको चिट्ठा मिल्यो भने पनि उसको चेहरामा देखिन्छ–
यसलाई केही मिलेको छ। जसलाई पदमापदम भाग्य प्राप्त भएको छ, ऊ कस्तो देखिन्छ? सदा
हर्षित। यस्तो हर्षित होऊ, जो कसैले देखे पनि सोधुन्– के मिलेको रहेछ? जति-जति
पुरुषार्थमा अगाडि बढ्दै जान्छौ, त्यति तिमीलाई बोल्ने पनि आवश्यकता हुँदैन। तिम्रो
चेहराले बोल्छ– यसलाई केही मिलेको छ किनकि चेहरा दर्पण हो। जस्तै दर्पणमा जुन चीज
जस्तो छ, त्यस्तै देखिन्छ। त्यस्तै तिम्रो चेहराले दर्पणको काम गरोस्। यतिका
आत्माहरूलाई जुन सन्देश मिलेको छ। अब यति समय कहाँ मिल्छ, जसलाई तिमीहरूले बसेर
सुनाउँछौ। समय पनि नाजुक हुँदै जान्छ, त्यसैले सुनाउने पनि समय मिल्दैन। फेरि सेवा
कसरी गर्छौ? आफ्नो अनुहारले। जसरी म्युजियमका चित्रहरूद्वारा सेवा गर्छौ। चित्र
देखेर प्रभावित हुन्छन् नि। त्यसैगरी तिम्रो चैतन्य चित्र सेवाको निमित्त बनोस्,
यस्तो तयारी चित्र हौ? यतिका चैतन्य चित्र तयार भएमा आवाज बुलन्द गर्नेछौ। सदैव
हिँड्दा डुल्दा, उठ्दा बस्दा यो स्मृति राख– हामी चैतन्य चित्र हौं। सारा विश्वका
आत्माहरूको हामीतिर नजर छ। चैतन्य चित्रमा सबैको आकर्षणको कुरा कुनचाहिँ हुन्छ? सदा
खुशीको। त्यसैले सदा खुशी रहन्छौ या कहिलेकाहीँ उल्झन आउँछ? या त्यहाँ गएर भन्नेछौ–
यो भयो त्यसैले खुशी कम भयो। जे भए पनि खुशी जानु हुँदैन। यस्तो पक्का छौ? यदि ठूलो
पेपर आयो भने पनि पास हुन्छौ? बापदादाले सबैको फोटो निकालिरहनु भएको छ– कस-कसले
हुन्छ भनिरहेका छौ। पछि यस्तो नभन्नु– मैले त्यतिबेला भनिदिएँ। मास्टर
सर्वशक्तिमानको अगाडि त्यसो त कुनै ठूलो कुरा होइन। दोस्रो कुरा तिमीलाई निश्चय छ–
हाम्रो विजय भइ नै सकेको छ, त्यसैले कुनै ठूलो कुरा होइन। जोसँग सर्वशक्तिको खजाना
छ, जुन पनि शक्तिलाई अर्डर गर्छौ, त्यो शक्ति मदतगार बन्छ। केवल अर्डर गर्ने
हिम्मतवान चाहिन्छ। अर्डर गर्न आउछ या अर्डरमा चल्न आउछ? कहिले मायाको अर्डरमा त
चल्दैनौ? यस्तो त हुँदैन– कुनै कुरा आउछ अनि समाप्त हुन्छ, पछाडि सोच्छौ– यस्तो
गरेको भए धेरै राम्रो हुन्थ्यो। यस्तो त हुँदैन? समयमा सर्वशक्ति काममा आउँछन् या
थोरै पछि आउँछन्? यदि मास्टर सर्वशक्तिमानको सीटमा सेट भयौ भने कुनै पनि शक्तिले
अर्डर नमानोस्– यो हुन सक्दैन। यदि सीटबाट तल आउँछौ र फेरि अर्डर गर्छौ भने उसले
मान्दैन। लौकिक रीतिले पनि कोही कुर्सीबाट झरेर अर्डर गरेमा उसको अर्डर कसैले
मान्दैन। यदि कुनै शक्तिले अर्डर मान्दैन भने अवश्य पोजीशनको सीटबाट तल आउँछौ।
त्यसैले सदा मास्टर सर्वशक्तिमानको सीटमा सेट होऊ, सदा अचल अडोल बन, हलचलमा आउने
होइन। बापदादाले भन्नुहुन्छ– तिमीले शरीरै छोड्नु परे पनि खुशी नजाओस्। पैसा त
त्यसको अगाडि केही पनि होइन। जोसँग खुशीको खजाना छ, उसको अगाडि कुनै ठूलो कुरा
हुँदैन र बापदादा सदा सहयोगी सेवाधारी बच्चाहरूको साथमा हुनुहुन्छ। बच्चाहरू बाबाको
पासमा छौ त्यसैले ठूलो कुरा के छ? आत्तिनु पर्ने कुनै कुरा छैन। बाबा बस्नु भएको छ,
बच्चाहरूलाई के फिक्र हुन्छ। बाबा त हुनुहुन्छ नै मालामाल। कुनै पनि युक्तिले
बच्चाहरूको पालना गर्नु नै छ, त्यसैले बेफिक्र। दु:खधाममा सुखधाम स्थापना गरिरहेका
छौ त्यसैले दु:खधाममा हलचल त हुन्छ नै। गर्मीको सीजनमा गर्मी हुन्छ नि! तर बाबाका
बच्चाहरू सदैव सेफ छन् किनकि बाबाको साथ छ।
सर्व बच्चाहरूप्रति
बापदादाको सन्देश:–
सर्व तपस्वी बच्चाहरूप्रति यादप्यार। हेर प्यारा बच्चाहरू! समयको समाचार सुनेर पनि
उच्च भन्दा उच्च साक्षीपनको आसन र बेफिक्र बादशाहको सिंहासनमा बसेर सबै खेल
हेरिरहेका छौ नि? यस ब्राह्मण जीवनमा आत्तिने त स्वप्नमा पनि संकल्प उठ्न सक्दैन।
यो त तपस्या वर्षको निरन्तर लगनको अग्निमा बेहदको वैराग्य वृत्ति प्रज्वलित गर्ने
पंखा लागिरहेको छ। तिमीले बाबा समान सम्पन्न बन्ने संकल्प गर्यौ अर्थात् विजयको
झण्डा लहराउने प्लान बनायौ, त्यसैले अर्कातिर समाप्तिको हलचल पनि त साथ-साथै
निर्धारित छ नि। रिहर्सल नै ड्रामाको रीललाई समाप्त गर्ने साधन हो, त्यसैले नथिंग
न्यु।
समय परिस्थिति अनुसार
आउने-जाने र कुनै वस्तु प्राप्त गर्ने कुरामा केही खिचातानी भए पनि मनको संकल्पको
खिचातानीमा नआउनु। जहाँ जुन परिस्थितिमा रहेका छौ, दिलखुश मिठाई खाइराख। खुशहाल रहने
गर, फरिश्ताको चालमा उड। साथ-साथै यस समयमा हरेक सेन्टरमा विशेष तपस्याको प्रोग्राम
चलिरहोस्। जसले जति धेरै समय निकाल्न सक्छौ, त्यति साइलेन्सको सहयोग देऊ। अच्छा! ओम्
शान्ति।
वरदान:–
सर्व खजानाले
सम्पन्न बनेर हर समय सेवामा व्यस्त रहने विश्व कल्याणकारी भव
विश्व कल्याणको
निमित्त बनेका आत्माहरू पहिला स्वयं सर्व खजानाले सम्पन्न हुन्छन्। यदि ज्ञानको
खजाना छ भने फुल ज्ञान होस्, कुनै पनि कमी नहोस्, तब भनिन्छ भरपुर। कोही कोहीसँग
खजाना फुल भएर पनि समयमा कार्यमा लगाउन सक्दैनन्, समय बितिसकेपछि सोच्छन्, त्यसैले
उनलाई पनि फुल भनिदैन। विश्व कल्याणकारी आत्माहरू मनसा, वाचा, कर्मणा,
सम्बन्ध-सम्पर्कमा हर समय सेवामा व्यस्त रहन्छन्।
स्लोगन:–
ज्ञान र योगको
स्वभाव (नेचर) बनायौ भने हर कर्म स्वाभाविक (नेचुरल) श्रेष्ठ र युक्तियुक्त हुन्छ।
सूचना:– आज
अन्तर्राष्ट्रिय योग दिवस हो। साँझ ६:३० देखि ७:३० बजेसम्म आफ्नो पूर्वजपनको
स्वमानमा स्थित भएर शक्तिशाली योग अभ्यास गर्नु हुनेछ।