15.06.22          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चेयो तिमीहरू सबैको वानप्रस्थ अवस्था हो। फर्केर घर जानु छ त्यसैले बाबा र घरलाई याद गर , पावन बन , सबै खाता समाप्त गर।

प्रश्न:
बाबाले नै बच्चाहरूलाई कुनचाहिँ धैर्य दिनुहुन्छ?

उत्तर:
प्यारा बच्चाहरू! अहिले यस रुद्र ज्ञान यज्ञमा अनेक प्रकारका विघ्न पर्छन्, तर धैर्य धारण गर। जब तिम्रो प्रभाव निस्कन्छ, धेरै आउन थाल्छन् फेरि सबैले तिमीहरूको अगाडि आएर शिर झुकाउनेछन्। बाँधेलीहरूका बन्धन समाप्त हुन्छन्। जति तिमीले बाबालाई याद गर्छौ, त्यति बन्धन टुट्दै जान्छन्। तिमी विकर्माजित बन्दै जान्छौ।

गीत:
भोलेनाथ से निराला

ओम् शान्ति ।
भोलेनाथ सदैव शिवलाई नै भनिन्छ, शिव-शंकरको भेद त राम्रोसँग बुझेका छौ। शिव त उच्चभन्दा उच्च मूलवतनमा रहनुहुन्छ। शंकर त सूक्ष्मवतनवासी हुन्, उनलाई भगवान कसरी भन्न सकिन्छ। उच्चभन्दा उच्च स्थानमा रहने हुनुहुन्छ एक बाबा। फेरि दोस्रो तल्लामा छन् ३ देवताहरू। उहाँ हुनुहुन्छ बाबा, उच्चभन्दा उच्च निराकार। शंकर त आकारी हुन्। शिव हुनुहुन्छ भोलानाथ, ज्ञानको सागर। शंकरलाई ज्ञानको सागर भन्न सकिदैन। तिमी बच्चाहरूलाई थाहा छशिवबाबा भोलानाथ आएर हाम्रो झोली भर्नुहुन्छ। उहाँले आदि-मध्य-अन्त्यको रहस्य बताइरहनु भएको छ। रचयिता र रचनाको रहस्य धेरै सहज छ। ठूला-ठूला ऋषि-मुनिले आदिले पनि यी सबै कुरालाई जान्न सक्दैनन्। जब ती रजोगुणीले नै जानेका थिएनन् भने तमोगुणीले कसरी जानून्? अहिले तिमी बच्चाहरू बाबाको सम्मुख बसेका छौ। बाबाले अमरकथा सुनाइरहनु भएको छ। यो त बच्चाहरूलाई निश्चय छ हाम्रो बाबाले सच्चा अमरकथा सुनाइरहनु भएको छ, यसमा कुनै संशय हुनु हुँदैन। कुनै पनि मनुष्यले हामीलाई सुनाइरहेको छैन। भोलानाथ शिवबाबा हुनुहुन्छ, भन्नुहुन्छ मेरो आफ्नो शरीर छैन। म हुँ निराकार, पूजा पनि म निराकारको नै गर्छन्। शिव जयन्ती पनि मनाउँछन्। तर बाबा त जन्म मरण रहित हुनुहुन्छ। उहाँ हुनुहुन्छ भोलानाथ। अवश्य आएर सबैको झोली भर्नुहुन्छ। कसरी भर्नुहुन्छ? यो तिमी बच्चाहरूलाई नै थाहा छ। अविनाशी ज्ञान रत्नहरूले झोली भर्नुहुन्छ। यो नै ज्ञान हो। ज्ञान सागर आएर ज्ञान दिनुहुन्छ। गीता त त्यही एउटै हो तर संस्कृत श्लोक त छैनन्। भोली माताहरूले संस्कृत आदिबाट के जान्दछन्। उनीहरूको लागि नै भोलानाथ बाबा आउनुहुन्छ। यी माताहरू त बिचरा घरको काममा नै रहन्छन्। यो त अहिले फेसन चलेको छ, जो नोकरी गर्छन्। बाबाले अहिले बच्चाहरूलाई उच्चभन्दा उच्च पढाई पढाइरहनु भएको छ। जसले बिलकुलै केही पनि पढेका थिएनन् उनीहरूमाथि पहिला सुरुमा कलष राख्नुहुन्छ, पढाइको। हुन त भक्तहरू, सीताहरू सबै छन्। राम आउनु भएको छ रावण लंकाबाट मुक्त गर्न अर्थात् दु:खबाट मुक्त गर्न। फेरि त बाबाको साथमा घरमा नै जान्छौ, अन्त कहाँ जान्छौ र। याद पनि घरलाई गर्छन्, दु:खबाट मुक्ति पाऊँ। बच्चाहरूले जान्दछन् बीचमा कसैलाई मुक्ति मिल्न सक्दैनन्। सबैलाई तमोप्रधान बन्नु नै छ। मुख्य जो फाउन्डेसन छ त्यो जल्छ, त्यो धर्म नै प्राय: लोप हुन्छ। बाँकी केही चित्र आदि रहन्छन्। लक्ष्मी-नारायणको चित्र पनि हराउने हो भने यादगार कसरी पाउने? अवश्य जान्दछन् देवी देवताले राज्य गर्थे। उनीहरूका चित्र पनि अहिलेसम्म छन्। बच्चाहरूले यसमा सम्झाउनु पर्छ। तिमीलाई थाहा छ लक्ष्मी नारायण बाल्यावस्थामा राजकुमार राजकुमारी, राधा कृष्ण थिए। फेरि महाराजा महारानी बनेका हुन्। उनीहरू हुन् नै सत्ययुगका मालिक। देवताहरूले कहिल्यै पतित दुनियाँमा पाउ राख्दैनन्। श्रीकृष्ण त हुन् नै वैकुण्ठका राजकुमार। उनले त गीता सुनाउन सक्दैनन्। भूल पनि कति ठूलो गरिदिएका छन्। कृष्णलाई भगवान भन्न सकिन्न। उनी त मनुष्य हुन्, देवी-देवता धर्मका हुन्। वास्तवमा देवताहरू ब्रह्मा-विष्णु-शंकर त सूक्ष्मवतनमा नै रहन्छन्, यहाँ मनुष्य रहन्छन्। मनुष्यलाई सूक्ष्मवतन निवासी भन्न सकिदैन, ब्रह्मा देवताए नम:, विष्णु देवताए नम: भनिदिन्छन् नि। त्यो हो देवी-देवता धर्म। श्री लक्ष्मी देवी, श्री नारायण देवता। मनुष्यले नै ८४ जन्म लिनुपर्छ। अहिले तिमी बच्चाहरूलाई थाहा छ वास्तवमा हामी देवता धर्मका थियौं, त्यो धर्म धेरै सुख दिनेवाला हुन्छ। यो कसैले भन्न सक्दैन त्यहाँ हामी किन हुँदैनौं? यो त जान्दछौ त्यहाँ एउटै आदि सनातन देवी-देवता धर्म थियो, फेरि बाँकी अरू धर्म नम्बरवार आउँछन्। यो कुरा तिमी बच्चाहरूले सम्झाउन सक्छौ। यो अनादि बनिबनाऊ खेल हो। यहाँ फेरि सत्ययुग हुन्छ। यहाँ नै हुनेछ किनकि भारतखण्ड नै अविनाशी खण्ड हो। यसको विनाश हुँदैन।

यो पनि सम्झाउनु पर्छ बाबाको जन्म पनि यहाँ हुन्छ। उहाँको दिव्य जन्म हुन्छ, जुन मनुष्य सदृश्य हुँदैन। बाबा आउनु भएको छ तिमीलाई यहाँबाट निकाल्न। अहिले तिमीले केवल बाबा र घरलाई याद गर। फेरि तिमी राजधानीमा आउँछौ। यो त आसुरी राजस्थान हो, बाबा लिएर जानुहुन्छ दैवी राजस्थानमा। अरू कुनै मेहनत गराउनुहुन्न, केवल बाबा र वर्सालाई याद गर्नु छ। यो हो अजपाजाप मुखले केही पनि भन्नु पर्दैन। सूक्ष्ममा पनि केही भन्नु छैन। साइलेन्समा रहेर बाबालाई याद गर्नु छ, घरमा बसेर। बाँधेलीहरू पनि घर बसेर सुन्छन्। छुट्टी मिल्दैन। हो घरमा बसेर केवल पवित्र रहने कोसिस गर। भन, मलाई स्वप्नमा डाइरेक्सन मिल्छ पवित्र बन। अब मृत्यु सामुन्ने खडा छ। तिमी अहिले वानप्रस्थ अवस्थामा छौ। वानप्रस्थमा कहिल्यै विकारको विचार कहाँ आउँछ र! यतिबेला बाबाले सारा दुनियाँको लागि भन्नुहुन्छ, सबैको वानप्रस्थ अवस्था छ। सबै फर्केर जानु छ त्यसैले घरलाई याद गर्नु छ। फेरि यहाँ आउनु पनि छ। मुख त घरतर्फ नै हुन्छ नि। बच्चाहरूलाई अरू कुनै मेहनत गराइँदैन, धेरै सहज छ। घरमा बसेर भोजन बनाऊ, शिवबाबाको यादमा। घरमा भोजन बनाउँदा पति याद हुन्छ नि। बाबा भन्नुहुन्छ यहाँ त पतिहरूका पति हुनुहुन्छ। उहाँलाई याद गर जसबाट २१ जन्मको लागि वर्सा मिल्छ। ठीक छ, कसैलाई छुट्टी मिल्दैन। त्यहाँ रहेर पनि बाबा र वर्सालाई याद गर। तिमीले आफूलाई त छुट्कारा गराऊ। बाबाबाट पूरा वर्सा लिन सक्छौ। बिस्तारै-बिस्तारै त छुट्कारा मिल्नु नै छ। हो, रुद्र ज्ञान यज्ञमा विघ्न पनि अवश्य पर्छन्। आखिर जब तिम्रो प्रभाव निस्कनेछ, अनि तिम्रो चरणमा पर्नेछन्। विघ्न त परि नै रहन्छन्। यसमा धैर्य धारण गर्नुपर्छ, उत्ताउलो हुनु छैन। घरमा बसेर पति आदि मित्र सम्बन्धीलाई एउटै कुरा सम्झाऊ बाबाको आज्ञा छ मलाई याद गर, वर्सा लेऊ। कृष्ण त बाबा हुन सक्दैनन्। बाबालाई नै याद गर्नु छ। बाबाको नै परिचय दिनु छ, जसबाट सबैले जानून् हाम्रो बाबा शिवबाबा हुनुहुन्छ। बाँधेलीहरू पनि राम्रो यादमा रहन सक्छन्। थोरै समयको लागि यो बन्धन मारपिट आदि हुन्छ। पछि गएर यी सबै बन्द हुनेछन्। कुनै कुनै बिमारी हुन्छ, जुन झट्ट छुट्छ। कुनै दुई वर्षसम्म पनि चल्छ। यसमा पनि उपाय यही हो, बाबालाई याद गर्दा-गर्दै बन्धन छुटेर जान्छ। त्यसैले हर कुरामा धैर्यता चाहिन्छ। बाबा भन्नुहुन्छ जति तिमीले याद गर्छौ, त्यति विकर्म विनाश हुन्छ। बुद्धि टुट्दै जान्छ। यो विकर्मको पनि बन्धन छ। विकारलाई नै नम्बरवन विकर्म भनिन्छ।

अहिले तिमी विकर्माजीत बन्छौ। विकर्माजीत यादद्वारा नै बनिन्छ। सबै खाता समाप्त हुन्छन्, फेरि सुखको खाता सुरु हुन्छ। व्यापारीहरूको लागि त धेरै सहज छ। सम्झन्छन् पुरानो खाता समाप्त गरेर फेरि नयाँ सुरु गर्नु छ। याद गरिरह्यौ भने जम्मा हुँदै जान्छ। याद गरेनौ भने जम्मा कसरी हुन्छ? यो पनि व्यापार हो नि। बाबाले त कुनै मेहनत गराउनुहुन्न। धक्का आदि केही पनि खानु छैन। त्यो जन्म-जन्मान्तर खाँदै आयौ। अहिले सत्य बाबाले कति राम्रोसँग सम्झाउनुहुन्छ। भगवानले नै सत्य बताउनुहुन्छ। बाँकी त सबै झुटा हुन्। फरक हेर बाबाले के सम्झाउनुहुन्छ र मनुष्यले के सम्झाउँछन्। यो हो ड्रामा। फेरि पनि यस्तै हुन्छ। अहिले तिमीले जान्दछौ हामीले सद्गति पाउँछौं श्रीमतमा चल्नाले। नत्र त्यति उच्च पद मिल्दैन। तिमी निमित्त बन्छौ स्वर्गमा जाने, त्यहाँ कुनै विकर्म हुँदैन। यहाँ विकर्म हुन्छ त्यसैले सजाय पनि भोग्नु पर्छ। जो श्रीमतमा चल्दैनन् उनीहरूलाई के भनिन्छ? नास्तिक। जान्दछन् पनि बाबाले आस्तिक बनाउनुहुन्छ। फेरि पनि यदि उहाँको मतमा चलेनन् भने त नास्तिक ठहरिए नि। जान्दछन् पनि शिवबाबाको श्रीमतमा नै चल्नु छ। तर जान्दा-जान्दै पनि चलेनन् भने उनीहरूलाई के भन्ने? श्रीमत हो श्रेष्ठ बन्ने। सबैभन्दा उच्च उहाँ सद्गुरु हुनुहुन्छ। बाबा बसेर बच्चाहरूलाई सम्मुख सम्झाउनुहुन्छ। कल्प-कल्प सम्झाउनु भएको थियो। बाँकी शास्त्र त सबै भक्ति मार्गका हुन्। अनेक धेरै शास्त्र छन्। शास्त्रहरूको पनि धेरै इज्जत राख्छन्। जसरी शास्त्रलाई परिक्रमा गर्छन्, त्यसरी नै चित्रलाई पनि परिक्रमा गराउँछन्। अब बाबा भन्नुहुन्छ यी सबैलाई भूल। एकदम बिन्दु, जीरो बन। बिन्दी लगाइदेऊ, अरू कुनै कुरा नसुन। नराम्रो नसुन, नराम्रो नहेर, नराम्रो नबोल। एक बाबा सिवाए, अरू कसैको कुरा नसुन। अशरीरी बन, अरू सबै कुरा भूल। तिमी आत्माहरूले शरीरद्वारा सुन्छौ। बाबा आएर ब्रह्माद्वारा सम्झाउनुहुन्छ। बच्चाहरूलाई सद्गतिको मार्ग बताउनुहुन्छ। हुन त पहिले पनि कति यत्न गरे, तर मुक्ति जीवनमुक्ति कसैले पाउन सकेनन्। कल्पको आयु नै लामो बनाइदिएका छन्। जसको तकदिरमा छ, उसले सुन्छ। तकदिरमा छैन भने आउन सक्दैन। यहाँ पनि तकदिरको कुरा छ। बाबाले कति सहजै सम्झाउनुहुन्छ। कसैले भन्छन् मेरो मुख खुल्दैन। अरे, यति सहज कुरा बाबा र वर्सालाई याद गर। त्यसलाई नै संस्कृतमा मनमनाभव भनिन्छ। शिवबाबा हुनुहुन्छ सबै आत्माहरूका बाबा। कृष्णलाई बाबा भन्न सकिदैन। ब्रह्मा पनि बाबा हुन् सारा प्रजाका। आत्माहरूका बाबा बडा वा प्रजाका बाबा बडा? बडा बाबालाई याद गर्नाले त्यसको प्रारब्ध स्वर्गको वर्सा मिल्छ। पछि गएर तिमीहरूको पासमा धेरै आउनेछन्। कहाँ जान्छन्? आइरहन्छन्। जहाँ धेरै मानिस जान्छन्, त्यहाँ एक अर्कालाई देखेर धेरै घुस्छन्। तिमीहरूमा पनि वृद्धि भइरहन्छ। विघ्न जति आए पनि, ती खिटपिटबाट पास भएर आफ्नो राजधानी स्थापना गर्नु नै छ। रामराज्य स्थापना गरिरहनु भएको छ। रामराज्य हो नयाँ दुनियाँ।

तिमीलाई थाहा छ हामीले आफ्नै तन-मन-धनले विश्वलाई स्वर्ग बनाइरहेका छौं, श्रीमत अनुसार। कसैसँग पनि यो सोध परमपिता परमात्मासँग तपाईंको के सम्बन्ध छ? प्रजापिता ब्रह्मासँग के सम्बन्ध छ? उहाँ हुनुहुन्छ बेहदका बाबा। फेरि हुन्छ वंशावली। एकबाट नै निस्किएको हो नि। परमपिता परमात्माले प्रजापिता ब्रह्माद्वारा सृष्टि रच्नु भएको छ अर्थात् पतितबाट पावन बनाउनु भएको छ। दुनियाँले केही पनि जान्दैन हामी नै पूज्य, हामी नै पुजारी... गाउँछन् तर त्यो फेरि भगवानको लागि भनिदिन्छन्। यदि भगवान नै पुजारी बन्ने हो भने फेरि कसले पुज्य बनाउँछ? यो सोध्नुपर्छ। बच्चाहरूलाई हम सो को अर्थ सम्झाइएको छ। हामी नै शूद्र थियौं, अब हामी नै देवता बनिरहेका छौं। चक्रलाई त याद गर्न सक्छौ नि। गायन गरिन्छ पनि गरिन्छ पिताले पुत्रको परिचय दिनुहुन्छ, फेरि पुत्रले पिताको। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग नमस्ते।

धारणाको लागि मुख्य सारः
१) होसियार व्यापारी बनेर पुराना सबै खाता समाप्त गरेर सुखको खाता सुरु गर्नु छ। यादमा रहेर विकर्मको बन्धन काट्नु छ। धैर्य धारण गर्नु छ, उत्ताउलो बन्नु छैन।

२) घरमा बसेर भोजन बनाउँदा, हर कर्म गर्दा बाबाको यादमा रहनु छ। बाबाले जुन अविनाशी ज्ञान रत्न दिनुहुन्छ, त्यसबाट आफ्नो झोली भरेर अरूलाई दान दिनु छ।

वरदान:
साक्षी बनेर मायाको खेललाई मनोरञ्जन सम्झेर हेर्ने मास्टर रचयिता भव

मायाले जति नै रंग देखाओस्, म मायापति हुँ, माया रचना हो, म मास्टर रचयिता हुँ यस स्मृतिद्वारा मायाको खेल हेर, खेलमा हार नखाऊ। साक्षी बनेर मनोरञ्जन सम्झेर हेर्दै गर, अनि फस्ट नम्बरमा आउँछौ। उनको लागि मायाको कुनै समस्या, समस्या लाग्दैन। कुनै प्रश्न हुँदैन। सदा साक्षी र सदा बाबाको साथको स्मृतिद्वारा विजयी बन्छौ।

स्लोगन:
मनलाई शीतल, बुद्धिलाई रहमदिल र मुखलाई मृदु (मीठो) बनाऊ।