15.07.20          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे तिमी सच्चा-सच्चा वैष्णव बन्नु छ । सच्चा वैष्णव भोजनको परहेजको साथसाथै पवित्र पनि र हन्छन् ।

प्रश्न:
कुनचाहिँ अवगुण यदि गुणमा परिवर्तन भयो भने बेडा पार हुन सक्छ?

उत्तर:
सबै भन्दा ठूलो अवगुण हो मोह। मोहकै कारण सम्बन्धीहरूको यादले सताइरहन्छ। (बाँदर्नीको उदाहरण) कसैको कुनै सम्बन्धी मर्यो भने १२ महिनासम्म उसलाई याद गरिरहन्छन्। मुख छोपेर रोइरहन्छन्, याद आइरहन्छ। यसैगरी यदि बाबाको यादले सतायो, दिन-रात तिमीले बाबालाई याद गर्यौ भने तिम्रो बेडा पार हुन्छ। जसरी लौकिक सम्बन्धीलाई याद गर्छौ त्यसैगरी बाबालाई याद गर्यौ भने त अहो सौभाग्य....।

ओम् शान्ति ।
बाबा सधैं बच्चाहरूलाई सम्झाउनु हुन्छ आफूलाई आत्मा सम्झेर बाबाको यादमा बस। आज त्यसमा थप्नुहुन्छ केवल बाबा मात्र होइन, अरू कुरा पनि बुझ्नु छ। मुख्य कुरा यही नै हो परमपिता परमात्मा शिव, उहाँलाई गड फादर पनि भनिन्छ, ज्ञानसागर पनि हुनुहुन्छ। ज्ञानसागर हुनाले गुरु पनि हुनुहुन्छ, राजयोग सिकाउनु हुन्छ। यो सम्झाउनाले बुझ्ने छन् सत्य बाबाले यिनीहरूलाई पढाउँदै हुनुहुन्छ। प्राक्टिकल कुरा यिनले सुनाउँछन्। उहाँ सबैको पिता पनि हुनुहुन्छ, टिचर पनि हुनुहुन्छ, सद्गतिदाता पनि हुनुहुन्छ अनि फेरि उहाँलाई ज्ञानसागर भनिन्छ। उहाँ पिता, टिचर, पतित-पावन, ज्ञानसागर हुनुहुन्छ। पहिला-पहिला त बाबाको महिमा गर्नुपर्छ। उहाँले हामीलाई पढाउँदै हुनुहुन्छ। हामी हौं ब्रह्माकुमार-कुमारीहरू। ब्रह्मा पनि रचना हुन् शिवबाबाको र अहिले हो संगमयुग। राजयोगको लक्ष्य-उद्देश्य पनि छ, हामीलाई राजयोग सिकाउनु हुन्छ। त्यसैले टिचर पनि सिद्ध भयो। अनि यो पढाइ हो नै नयाँ दुनियाँको लागि। यहाँ बसेर यो निश्चय गर हामीले के के सम्झाउनु छ। यो भित्र धारणा हुनुपर्छ। यो त जानेका छौ, कसैलाई धारणा धेरै हुन्छ, कसैलाई कम। यहाँ पनि जो ज्ञानमा बढी तीक्ष्ण हुन्छ उसैको नाम हुन्छ। पद पनि उच्च हुन्छ। परहेज पनि बाबाले बताइरहनु हुन्छ। तिमी पूरै वैष्णव बन्छौ। वैष्णव अर्थात् जो शाकाहारी हुन्छन्। मासु, रक्सी आदि खाँदैनन्। तर विकारमा त जान्छन्, बाँकी वैष्णव बन्यो त के भयो? वैष्णव कुलका कहलाउँछन् अर्थात् प्याज आदि तमोगुणी चीजहरू खाँदैनन्। तिमी बच्चाहरूलाई थाहा छ तमोगुणी चीजहरू के के हुन्। कुनै असल मानिस पनि हुन्छन्, जसलाई रिलिजियस माइन्डेड वा भक्त भनिन्छ। संन्यासीहरूलाई भनिन्छ पवित्र आत्मा र जसले दान आदि गर्छन् उनीहरूलाई भनिन्छ पुण्य आत्मा। यसबाट पनि सिद्ध हुन्छ आत्माले नै दान-पुण्य गर्छ त्यसैले पुण्य आत्मा, पवित्र आत्मा भनिन्छ। आत्मा कुनै निर्लेप हुँदैन। यस्ता राम्रा-राम्रा शब्द याद गर्नु पर्छ। साधुहरूलाई पनि महान् आत्मा भनिन्छ। महान् परमात्मा भनिदैन। सर्वव्यापी भन्नु गलत हो। सबै आत्माहरू हुन्, जति पनि छन् सबैमा आत्मा छ। पढे-लेखेकाहरू जो छन् तिनीहरूले सिद्ध गरेर बताउँछन्, रुखमा पनि आत्मा छ। भन्छन् जुन ८४ लाख योनिहरू छन् तिनीहरूमा पनि आत्मा हुन्छ। आत्मा नहुँदो हो त कसरी बढ्दै जान्थे? मानिसको जुन आत्मा छ त्यो त जडमा जान सक्दैन। शास्त्रहरूमा यस्ता-यस्ता कुरा लेखिदिएका छन्। इन्द्रप्रस्थबाट धक्का दिएपछि पत्थर बन्यो। अहिले बाबा बसेर सम्झाउनु हुन्छ, बाबा बच्चाहरूलाई भन्नुहुन्छ देहको सम्बन्ध तोडेर आफूलाई आत्मा सम्झ। म एकलाई याद गर। तिम्रो ८४ जन्म अब पूरा भयो। अब तमोप्रधानबाट सतोप्रधान बन्नु छ। दु:खधाम हो अपवित्रधाम। शान्तिधाम र सुखधाम हो पवित्रधाम। यो त बुझेका छौ नि? सुखधाममा रहने देवताहरूको अगाडि शिर निहुराउँछन्। सिद्ध हुन्छ, नयाँ दुनियाँमा पवित्र आत्माहरू थिए, उच्च पदवाला थिए। अहिले त गाउँछन् मुझ निर्गुण हारे में कोई गुण नाहीं। छन् पनि यस्तै। कुनै गुण छैन। मनुष्यहरूमा मोह पनि धेरै हुन्छ, मरिसकेकाहरूको पनि याद रहन्छ। बुद्धिमा आउँछ, यी मेरा बच्चाहरू हुन्। पति अथवा बच्चा मर्यो भने पनि उनको याद गरिरहन्छन्। स्त्रीले १२ महिनासम्म त धेरै याद गर्छन्, मुख छोपेर रोइरहन्छन्। यसरी मुख छोपेर यदि तिमीले दिन-रात बाबालाई याद गर्यौ भने त बेडा पार हुने थियो। बाबा भन्नुहुन्छ जसरी पतिलाई तिमीले याद गरिरहन्छौ त्यसैगरी मलाई याद गर्यौ भने विकर्म विनाश हुने थियो। बाबाले युक्तिहरू बताउनु हुन्छ यसो यसो गर।

खाता हेर्छौ, आज यति खर्च भयो, यति फाइदा भयो, दिनहुँ ब्यालेन्स हेर्छौ। कसैले महिना महिनामा निकाल्छन्। यहाँ त यसको धेरै जरुरी छ, बाबाले बारम्बार सम्झाउनु भएको छ। बाबा भन्नुहुन्छ तिमी बच्चाहरू सौभाग्यशाली, हजार भाग्यशाली, करोड भाग्यशाली, पदम, अरब, खरब भाग्यशाली हौ। जुन बच्चाले आफूलाई भाग्यशाली सम्झन्छ, उसले अवश्य राम्रोसँग बाबाको याद गरिरहन्छ। ऊ नै गुलाबको फूल बन्छ। यो त सार रूपमा सम्झाउनु पर्ने हुन्छ। बन्न त सुगन्धित फूल बन्नु छ। मुख्य हो यादको कुरा। संन्यासीहरूले योग शब्द भनिदिएका छन्। लौकिक पिताले यस्तो भन्दैनन् मलाई याद गर वा मलाई याद गर्छौ भनेर सोध्दैनन्। पितालाई बच्चाको, बच्चालाई पिताको याद छँदै छ नि। यो त नियम हो। यहाँ सोध्नुपर्छ किनकि मायाले भुलाइदिन्छ। यहाँ आउँछन्, सम्झन्छन् हामी बाबाको पासमा जाँदैछौं त्यसैले बाबाको याद रहनु पर्छ। बाबाले चित्र पनि बनाउनु भएको छ, त्यो पनि साथैमा होस्। पहिला-पहिला सदा बाबाको महिमा भन्न सुरु गर। यहाँ हाम्रो बाबा हुनुहुन्छ, त्यसो त सबैको बाबा हुनुहुन्छ। सबैका सद्गतिदाता, ज्ञानका सागर नलेजफुल हुनुहुन्छ। बाबाले हामीलाई सृष्टिचक्रको आदि मध्य अन्त्यको ज्ञान दिनुहुन्छ, जसबाट हामी त्रिकालदर्शी बन्छौं। यस सृष्टिमा कुनै मनुष्य त्रिकालदर्शी हुन सक्दैन। बाबा भन्नुहुन्छ यी लक्ष्मी-नारायण पनि त्रिकालदर्शी होइनन्। त्रिकालदर्शी बनेर यिनले के नै गर्छन् र? तिमी बन्छौ र बनाउँछौ। यी लक्ष्मी-नारायणमा ज्ञान हुँदो हो त परम्परा चल्थ्यो। बीचमा त विनाश हुन्छ त्यसैले परम्परा चल्न सकेन। बच्चाहरूले यस पढाइलाई राम्रोसँग स्मरण गर्नुपर्छ। संगममा नै तिम्रो पनि उच्च भन्दा उच्च पढाइ हुन्छ। तिमीले याद गर्दैनौ, देह-अभिमानमा आउँछौ, मायाले थप्पड मारिदिन्छ। १६ कला सम्पूर्ण बन्यौ भने विनाशको पनि तैयारी हुन्छ। उनीहरू विनाशको लागि अनि तिमी अविनाशी पदको लागि तैयारी गर्दैछौ। कौरव र पाण्डवहरूको लडाईं भएको होइन तर कौरव र यादवहरूको हुन्छ। ड्रामा अनुसार पाकिस्तान पनि भइहाल्यो। त्यो पनि तब सुरु भयो जब तिम्रो जन्म भयो। अब बाबा आउनु भएको छ भने सबै यथार्थमा हुनुपर्छ नि। यहाँको लागि नै भनिन्छ रगतको नदी बग्छ अनि फेरि घिउको नदी बग्छ। अहिले पनि हेर लडि नै रहन्छन्। फलाना शहर देऊ नत्र लडाईं गर्छौं। यहाँबाट नजाऊ, यो हाम्रो मार्ग हो। अब उसले के गरोस्। स्टिमर कसरी जान्छ! फेरि सल्लाह गर्छन्। अवश्य राय लिन्छन्। मदतको आशा मिल्छ। उनीहरूले आपसमै खत्तम गरिदिन्छन्। यहाँ फेरि गृहयुद्ध ड्रामामा निश्चित छ।

अहिले बाबा भन्नुहुन्छ मीठे बच्चे, धेरै समझदार बन। यहाँबाट बाहिर आफ्नो घरमा गएपछि फेरि नभुल। यहाँ तिमी कमाई जम्मा गर्न आउँछौ। साना-साना बच्चाहरूलाई लिएर आयौ भने तिनीहरूको बन्धनमा बाँधिएर रहनु पर्छ। यहाँ त ज्ञानसागरको किनारामा आउँछौ, जति धेरै कमाई गर्छौ त्यति नै राम्रो। यसैमा लाग्नुपर्छ। तिमी आउँछौ नै अविनाशी ज्ञान रत्नहरूले झोली भर्न। गायन पनि गर्छन् नि भोलानाथ भरिदेऊ झोली। भक्तले त शंकरको अगाडि गएर भन्छन्, झोली भरिदेऊ। उनीहरूले फेरि शिव र शंकरलाई एउटै सम्झन्छन्। शिव शंकर महादेव भनिदिन्छन्। त्यसैले महादेव ठूलो हुने भए। यस्ता साना-साना कुरालाई धेरै बुझ्नु पर्ने हुन्छ।

तिमी बच्चाहरूलाई सम्झाइन्छ अहिले तिमी ब्राह्मण हौ, ज्ञान प्राप्त गरिरहेका छौ। पढाइले मनुष्य सुध्रिन्छन्। चालचलन पनि राम्रो हुन्छ। अहिले तिमीले पढ्छौ। जसले सबै भन्दा धेरै पढ्छ र पढाउँछ, उनीहरूको चाल-चलन पनि राम्रो हुन्छ। तिमीले भन्छौ सबै भन्दा राम्रो चरित्र मम्मा बाबाको छ। फेरि यिनी बडी मम्मा भए, जसमा प्रवेश गरेर (बाबाले) बच्चाहरूलाई रच्नुहुन्छ। माता-पिता कम्बाइण्ड हुनुहुन्छ। कति गुप्त कुरा छन्। जसरी तिमीले पढ्छौ त्यसैगरी मम्माले पनि पढ्थिन्। उनलाई एडप्ट गर्नुभयो। समझदार थिइन्, त्यसैले ड्रामा अनुसार सरस्वती नाम भयो। ब्रह्मपुत्रा ठूलो नदी हो। सागर र ब्रह्मपुत्राको संगममा मेला पनि लाग्छ। ठूलो नदी भएकाले माँ पनि हुनु भयो नि। तिमी प्यारा बच्चाहरूलाई कति माथि उठाउनु हुन्छ। बाबाले तिमी बच्चाहरूलाई नै हेर्नुहुन्छ। उहाँले त कसैको याद गर्नु पर्दैन। यिनको आत्माले त बाबालाई याद गर्नु पर्छ। बाबा भन्नुहुन्छ हामी दुवैले बच्चाहरूलाई हेर्छौं। म आत्माले (ब्रह्माले) त साक्षी भएर हेर्नु पर्दैन, तर बाबाको सङ्गमा रहेर मैले पनि यसरी नै हेर्छु। बाबाको साथै रहन्छु नि। उहाँको बच्चा हुँ त्यसैले साथमै रहेर हेर्छु। म विश्वको मालिक बनेर घुम्छु, मानौं मैले नै यो गर्छु। मैले नै दृष्टि दिन्छु। देह सहित सबै कुरालाई बिर्सनु छ। बाँकी बच्चा र बाबा समान हुन्छौं। बाबा सम्झाउनु हुन्छ खुब पुरुषार्थ गर। अवश्य मम्मा-बाबाले सबैले भन्दा धेरै सेवा गर्छन्। घरमा पनि माता-पिताले नै धेरै सेवा गर्छन् नि। सेवा गर्नेले अवश्य पद पनि उच्च नै पाउँछन्। त्यसैले फेरि अनुसरण गर्नुपर्छ नि। जसरी बाबाले अपकारीहरूमाथि पनि उपकार गर्नुहुन्छ, त्यसैगरी तिमीले पनि बाबालाई अनुसरण गर। यसको पनि अर्थ बुझ्नु छ। बाबा भन्नुहुन्छ मलाई याद गर, अरू कसैको कुरा पनि नसुन। कसैले केही भनोस्, सुनेको नसुन्यै गरिदेऊ। तिमी मुस्कुराइरह्यौ भने ऊ आफैं ठण्डा हुन्छ। बाबाले भन्नुभएको थियो, कोही रिसाउँछ भने तिमीले उसलाई फूल चढाऊ। भन, तिमीले अपकार गर्छौ, मैले उपकार गर्छु। बाबा स्वयं भन्नुहुन्छ, सारा दुनियाँका मनुष्यले मेरो अपकार गर्छन्, सर्वव्यापी भनेर मलाई कति गाली गर्छन्, म त सबैको उपकारी हुँ। तिमी बच्चाहरू पनि सबैको उपकार गर्नेवाला हौ। तिमीले विचार गर हामी के थियौं, अब के बन्दैछौं। विश्वको मालिक बन्दैछौं। यस्तो विचार त कल्पनामा पनि थिएन। धेरैलाई घरैमा पनि साक्षात्कार भएको छ। तर साक्षात्कारले के हुन्छन् र। बिस्तारै बिस्तारै वृक्ष ठूलो हुँदै जान्छ। यो नयाँ दैवी कल्पवृक्षको स्थापना भइरहेको छ नि। बच्चाहरूले जानेका छन्, हाम्रो दैवी फूलहरूको बगैंचा बनिरहेको छ। सत्ययुगमा देवताहरू नै रहन्छन्, जुन अब फेरि आउनु छ, चक्र घुमिरहन्छ। ८४ जन्म पनि उनीहरूले नै लिन्छन्। अरू आत्माहरू फेरि कहाँबाट आउँछन्। ड्रामा अनुसार जति पनि आत्माहरू छन्, कोही पनि पार्टमा आउनबाट छुट्न सक्दैन। यो चक्र घुमि नै रहन्छ। आत्माहरू कहिल्यै घट्दैनन्। साना-ठूला हुँदैनन्।

बाबा बसेर सम्झाउनु हुन्छ, भन्नुहुन्छ प्यारा बच्चाहरू सुखदायी बन। आमाले भन्छन् नि आपसमा लडाईं झगडा नगर। बेहदका बाबाले पनि बच्चाहरूलाई भन्नुहुन्छ यादको यात्रा धेरै सजिलो छ। अरू यात्रा त जन्म-जन्मान्तरदेखि गर्दै आएका छौ, फेरि पनि सिँढी तलतिर उत्रिदै पाप आत्मा बन्दै जान्छौ। बाबा भन्नुहुन्छ यो हो रूहानी यात्रा। तिमीलाई यस मृत्युलोकमा फर्कनु छैन। त्यस यात्राबाट त फर्केर आउँछन् फेरि जस्ताको त्यस्तै बन्छन्। तिमीलाई त थाहा छ हामी स्वर्गमा जान्छौं। स्वर्ग थियो फेरि हुन्छ। यो चक्र घुम्नु नै छ। दुनियाँ त एउटै छ, बाँकी तारा आदिमा कुनै दुनियाँ छैन। माथि गएर हेर्नको लागि कति कोसिस गरिरहन्छन्। कोसिस गर्दा गर्दै मृत्यु सामुन्ने आउँछ। यो सबै हो विज्ञान। माथि गएपछि फेरि के हुन्छ? मृत्यु त अगाडि खडा छ। एकातिर माथि गएर खोजी गर्छन्। अर्कोतिर मृत्युको लागि बमहरू बनाइरहेका छन्। मनुष्यहरूको बुद्धि हेर, कस्तो छ। कसैले प्रेरणा दिइरहेको छ भन्ने पनि सम्झन्छन्। स्वयं भन्छन् विश्वयुद्ध अवश्य हुनु छ। यो त्यही महाभारत लडाईं हो। अब तिमी बच्चाहरूले पनि जति पुरुषार्थ गर्छौ, त्यति नै कल्याण गर्छौ। ईश्वरका सन्तान त हौ नै। भगवानले आफ्नो सन्तान बनाउनु हुन्छ त्यसैले तिमी भगवान-भगवती बन्छौ। लक्ष्मी-नारायणलाई देवी-देवता भनिन्छ नि। कृष्णलाई देवता मान्छन्, राधेलाई कम। सरस्वतीको नाम छ, राधेको नाम छैन। कलश फेरि लक्ष्मीसँग देखाउँछन्। यो पनि गल्ती गरेका छन्। सरस्वतीका पनि अनेकौं नाम राखिदिएका छन्। त्यो त तिमी नै हौ। देवीहरूको पनि पूजा हुन्छ भने आत्माहरूको पनि पूजा हुन्छ। बाबाले बच्चाहरूलाई हरेक कुरा सम्झाइरहनु हुन्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) जसरी बाबाले अपकारीमाथि पनि उपकार गर्नुहुन्छ, त्यसैगरी बाबाको अनुसरण गर्नु छ। कसैले केही भन्यो भने सुनेको नसुने जस्तै गरिदिनु छ। मुस्कुराइरहनु छ। एक बाबासँग नै सुन्नु छ।

२) सुखदायी बनेर सबैलाई सुख दिनु छ, आपसमा लडाईं झगडा गर्नु हुँदैन। समझदार बनेर आफ्नो झोली अविनाशी ज्ञान रत्नहरूले भरपुर गर्नु छ।

वरदान:
शुद्ध संकल्पको व्रतद्वारा वृत्तिको परिवर्तन गर्ने दिलतख्तनशीन भव

बापदादाको दिलतख्त यति पवित्र छ, यस तख्तमा सदा पवित्र आत्माहरू नै बस्न सक्छन्। जसको संकल्पमा पनि अपवित्रता वा अमर्यादा आउँछ उनीहरू तख्तनशीनको सट्टा तल झर्छन्। त्यसैले पहिले शुद्ध संकल्पको व्रतद्वारा आफ्नो वृत्तिलाई परिवर्तन गर। वृत्ति परिवर्तनद्वारा भविष्य जीवनरूपी सृष्टि परिवर्तन हुन्छ। शुद्ध संकल्प वा दृढ संकल्पको व्रतको प्रत्यक्षफल हो सदा कालको लागि बापदादाको दिलतख्त।

स्लोगन:
जहाँ सर्वशक्तिहरू साथ हुन्छन् त्यहाँ निर्विघ्न सफलता अवश्य हुन्छ।