15.09.20          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे बाबा आउनु भएको छ तिमीलाई ज्ञानको तेश्रो नेत्र दिन , जसबाट तिमीले सृष्टिको आदि मध्य अन्त्यलाई जानेका छौ।

प्रश्न:
शेरनी शक्तिहरूले नै कुनचाहिँ कुरा हिम्मतका साथ सम्झाउन सक्छन्?

उत्तर:
अन्य धर्मकालाई यो सम्झाउनु पर्छ, बाबा भन्नुहुन्छ तिमीले आफूलाई आत्मा सम्झ, परमात्मा होइन। आत्मा सम्झेर बाबालाई याद गर्यौ भने विकर्म विनाश हुन्छ र तिमी मुक्तिधाममा जान्छौ। परमात्मा मान्नाले तिम्रो विकर्म विनाश हुन सक्दैन। यो कुरा धेरै हिम्मतका साथ शेरनी शक्तिहरूले नै बुझाउन सक्छन्। बुझाउने पनि अभ्यास हुनु पर्छ।

गीत:
नयनहीन को राह दिखाओ...

ओम् शान्ति ।
बच्चाहरूले अनुभव गरिरहेका छन् रूहानी यादको यात्रामा कठिनाई आउँछ। भक्तिमार्गमा द्वार-द्वार ठक्कर खानुपर्छ। अनेक प्रकारको जप-तप-यज्ञ गर्छन्, शास्त्र आदि पढ्छन्, जसले गर्दा नै ब्रह्माको रात भनिन्छ। आधाकल्प रात आधाकल्प दिन। ब्रह्मा एक्लै त हुँदैनन् नि। प्रजापिता ब्रह्मा छन् भने अवश्य उनका सन्तान कुमार-कुमारीहरू पनि हुनुपर्छ। तर मनुष्यहरूले बुझेका छैनन्। बाबाले नै बच्चाहरूलाई ज्ञानको तेश्रो नेत्र दिनुहुन्छ, जसबाट तिमीलाई सृष्टिको आदि मध्य अन्त्यको ज्ञान मिलेको छ। तिमी कल्प पहिला पनि ब्राह्मण थियौ र देवता बनेका थियौ। जो बनेका थिए उनीहरू नै फेरि बन्छन्। तिमी आदि सनातन देवी देवता धर्मका हौ। तिमी नै पूज्य र पुजारी बन्छौ। अंग्रेजीमा पूज्यलाई वर्सिपवर्दी र पुजारीलाई वर्सिपर भनिन्छ। भारतवर्ष नै आधाकल्प पुजारी बन्छ। आत्माले मान्छ हामी नै पूज्य थियौं फेरि हामी नै पुजारी बनेका छौं। पूज्यबाट पुजारी फेरि पूज्य बन्छौं। बाबा त पूज्य पुजारी बन्नुहुन्न। तिमीले भन्छौ हामी पूज्य पावन सो देवी-देवता थियौं फेरि ८४ जन्मपछि पूरा पतित पुजारी बन्छौं। जो आदि सनातन देवी-देवता धर्मका थिए, अहिले उनीहरूलाई आफ्नो धर्मको बारेमा केही पनि थाहा छैन। तिम्रा यी कुरालाई सबै धर्मकाले बुझ्दैनन्, जो यस धर्मका छन् र अन्य धर्ममा गएका छन् उनीहरू नै आउँछन्। यसरी परिवर्तन त धेरै भएका छन्। बाबा भन्नुहुन्छ जो शिव र देवताहरूका पुजारी छन्, उनीहरूलाई सहज छ। अन्य धर्मकाले धेरै प्रश्न सोध्छन्। जो परिवर्तन भएका छन् उनीहरूलाई टच हुन्छ। अनि आएर कोसिस गर्छन्। नत्र मान्दैनन्। आर्य समाजी मध्येबाट पनि धेरै आएका छन्। सिक्खहरू पनि आएका छन्। आदि सनातन देवी-देवता धर्मका, जसले आफ्नो धर्मलाई परिवर्तन गरेका छन्, उनीहरू आफ्नो धर्ममा अवश्य आउनु पर्छ। वृक्षमा पनि अलग-अलग सेक्सन छन्। फेरि आउन पनि नम्बरवार आउँछन्। शाखाहरू निस्किरहन्छन्। पवित्र भएको कारणले उनीहरूको प्रभाव राम्रो निस्किन्छ। यस समयमा देवी-देवता धर्मको फाउन्डेसन छैन जुन फेरि लगाउनु पर्छ। उनीहरूलाई भाइ-बहिनी बनाउनु पर्छ। हामी एक बाबाका सन्तान सबै आत्माहरू भाइ-भाइ हौं। फेरि भाइ-बहिनी बन्छौं। अब नयाँ सृष्टिको स्थापना भइरहेको छ, सबैभन्दा पहिला ब्राह्मण हुन्छन्। नयाँ सृष्टिको स्थापनामा प्रजापिता ब्रह्मा त अवश्य हुनुपर्छ। ब्रह्माद्वारा ब्राह्मण हुन्छन्। यसलाई रुद्र ज्ञान यज्ञ पनि भनिन्छ, यसमा ब्राह्मण अवश्य हुनुपर्छ। प्रजापिता ब्रह्माका सन्तान अवश्य हुनुपर्छ। उनी हुन् ग्रेट-ग्रेट ग्रेन्ड फादर। ब्राह्मण हुन् पहिलो नम्बर, चोटी। आदम-बीबी, एडम-ईवलाई मान्छन् पनि। यस समयामा तिमी पुजारीबाट पूज्य बनिरहेका छौ। तिम्रो सबैभन्दा राम्रो यादगार मन्दिर दिलवाडा मन्दिर हो। तल तपस्यामा बसेका छन्, माथि राजाई र यहाँ तिमी चैतन्यमा बसेका छौ। यी मन्दिरहरू खतम हुन्छन् फेरि भक्तिमार्गमा बन्छन्।

तिमीले जानेका छौ अहिले हामीले राजयोग सिकिरहेका छौं फेरि नयाँ दुनियाँमा जान्छौं। त्यो जड मन्दिर, तिमी चैतन्यमा बसेका छौ। यो मुख्य मन्दिर ठीक बनेको छ। नत्र स्वर्गलाई कहाँ देखाउने, त्यसैले स्वर्ग देखाइएको छ। यसमा धेरै राम्ररी सम्झाउन सक्छौ। भन, भारतवर्ष नै स्वर्ग थियो फेरि नर्क बनेको छ। यस धर्मकाले छिटै सम्झन्छन्। हिन्दुहरूमा पनि देख्छौ अनेक प्रकारका धर्ममा गएका छन्। उनीहरूलाई निकाल्न तिमीले धेरै मेहनत गर्नुपर्छ। बाबाले सम्झाउनु भएको छ आफूलाई आत्मा सम्झेर म एकलाई याद गर, अरू कुनै कुरा गर्नु छैन। जसको अभ्यास छैन उनीहरूले त कुरा पनि गर्नु हुँदैन। नत्र बी.के.को नाम बदनाम गरिदिन्छन्। यदि अन्य धर्मका हुन् भने सम्झाउनु पर्छ यदि तपाईं मुक्तिधाममा जान चाहनुहुन्छ भने आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्नुहोस्। आफूलाई परमात्मा नसम्झनुहोस्। आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्यौं भने जन्म-जन्मान्तरका पाप काटिन्छन् र मुक्तिधाममा जान्छौं। उनको लागि यो मनमनाभवको मन्त्र नै पर्याप्त छ। तर कुरा गर्ने हिम्मत चाहिन्छ। शेरनी शक्तिले नै सेवा गर्न सक्छन्। संन्यासीहरू बाहिर गएर बेलायतीहरूलाई लिएर आउँछन्। भन्छन् जाऔं हामी तपाईलाई स्प्रीचुअल ज्ञान दिन्छौं। अब उनीहरूले बाबालाई त चिन्दै चिनेका छैनन्। ब्रह्मलाई भगवान सम्झेर भनिदिन्छन्, यसलाई याद गर्नुहोस्। बस्, यो मन्त्र दिन्छन्, मानौं कुनै चरालाई पिंजडा भित्र थुनिदिन्छन्। त्यसैले यसरी सम्झाउन पनि समय लाग्छ। बाबाले भन्नुभएको थियो हरेक चित्रमा लेखिएको होस् शिव भगवानुवाच।

तिमीलाई थाहा छ यस दुनियाँमा सबै धनी (स्वामी) विनाका, अनाथ छन्। पुकार्छन् हजुर माता-पिता... ठीकै छ, त्यसको अर्थ के हो? त्यसै बोलिरहन्छन् हजुरको कृपाले अथाह सुख छ। अहिले बाबाले तिमीलाई स्वर्गको सुखको लागि पढाइरहनु भएको छ, जसको लागि तिमीले पुरुषार्थ गरिरहेका छौ। जसले गर्छ उसले पाउँछ। यस समयमा त सबै पतित छन्। पावन दुनियाँ त एउटै स्वर्ग, नयाँ दुनियाँ हो। यहाँ सतोप्रधान कोही हुन सक्दैन। सत्ययुगमा जो सतोप्रधान थिए, उनीहरू नै तमोप्रधान पतित बन्छन्। क्राइस्टपछि जो उनको धर्मका छन्, उनीहरू त पहिला सतोप्रधान हुन्छन् नि। जब अन्दाजी लाखौंको संख्यामा हुन्छन् तब लडेर बादशाही लिन सेना (लस्कर) तयार हुन्छ। उनीहरूलाई सुख पनि कम हुन्छ भने दु:ख पनि कम हुन्छ। तिम्रो जस्तो सुख त कसैलाई मिल्न सक्दैन। तिमी अहिले सुखधाममा आउनको लागि तयार भइरहेका छौ। बाँकी सबै धर्महरू स्वर्गमा कहाँ आउँछन् र। यहाँ स्वर्ग थियो त्यसैले यो जस्तो पावन खण्ड कुनै हुँदैन। जब बाबा आउनु हुन्छ तब नै ईश्वरीय राज्य स्थापना हुन्छ। त्यहाँ लडाई आदिको कुरै हुँदैन। लडाइ-झगडा त धेरै पछि गएर सुरु हुन्छ। भारतवासीहरू त्यति लडेका छैनन्। थोरै आपसमा लडेर अलग भएका छन्। द्वापरमा एक-अर्कामाथि आक्रमण गर्छन्। यी चित्र आदि बनाउनमा पनि धेरै बुद्धि चाहिन्छ। यो पनि लेख्नुपर्छ भारतवर्ष जुन स्वर्ग थियो त्यो फेरि नर्क जस्तो कसरी बनेको छ, आएर बुझ्नुहोस्। भारतवर्ष सद्गतिमा थियो अहिले दुर्गतिमा छ। अब सद्गति पाउनको लागि बाबाले नै ज्ञान दिनुहुन्छ। मनुष्यहरूमा यो रूहानी ज्ञान छैन। यो ज्ञान छ परमपिता परमात्मामा। बाबाले यो ज्ञान आत्माहरूलाई दिनुहुन्छ। बाँकी सबै मनुष्यहरूले त मनुष्यलाई नै दिन्छन्। शास्त्र पनि मनुष्यले नै लेखेका हुन्, मनुष्यहरूले नै पढेका छन्। यहाँ त तिमीलाई रूहानी बाबाले पढाउनु हुन्छ र रुहले पढ्छ। पढ्ने त आत्मा हो नि। त्यो लेख्ने, पढ्ने मनुष्य नै हुन्। परमात्मालाई त शास्त्र आदि पढ्नु पर्ने आवश्यकता छैन। बाबा भन्नुहुन्छ यी शास्त्र आदिले कसैको पनि सद्गति हुन सक्दैन। मैले नै आएर सबैलाई फर्काएर लैजानु पर्छ। अहिले त दुनियाँमा करोडौं मनुष्य छन्। सत्ययुगमा जब यी लक्ष्मी-नारायणको राज्य हुन्छ, त्यहाँ ९ लाख हुन्छन्। धेरै सानो वृक्ष हुन्छ। फेरि विचार गर यतिका सबै आत्मा कहाँ जान्छन्? ब्रह्ममा वा पानीमा त लीन हुँदैनन्। ती सबै मुक्तिधाममा रहन्छन्। हरेक आत्मा अविनाशी छ। त्यसमा अविनाशी पार्ट भरिएको छ जुन कहिल्यै मेटिन सक्दैन। आत्मा विनाश हुन सक्दैन। आत्मा त बिन्दु हो। बाँकी निर्वाण आदिमा कोही पनि जाँदैन, सबैलाई पार्ट खेल्नु नै छ। जब सबै आत्माहरू आइसक्छन् तब म आएर सबैलाई लिएर जान्छु। बाबाको पार्ट पछि गएर नै छ। नयाँ दुनियाँको स्थापना फेरि पुरानो दुनियाँको विनाश। यो पनि ड्रामामा निश्चित छ। तिमीले आर्य समाजीहरूलाई सम्झाउँछौ भने त्यसमा जो यस देवता धर्मका छन् उनीहरूलाई टच हुन्छ। वास्तवमा यो कुरा त ठीक हो, परमात्मा सर्वव्यापी कसरी हुन सक्नुहुन्छ? भगवान त पिता हुनुहुन्छ, उहाँबाट वर्सा मिल्छ। कुनै आर्य समाजी पनि तिम्रो पासमा आउँछन् नि। त्यसलाई नै कलमी भनिन्छ। तिमीले सम्झाउँदै जाऊ फेरि तिम्रो कुलको जो छ ऊ आउँछ। भगवान बाबाले नै पावन हुने युक्ति बताउनु हुन्छ। भगवानुवाच म एकलाई याद गर। म पतित-पावन हुँ, मलाई याद गर्नाले तिम्रा विकर्म विनाश हुन्छन् र मुक्तिधाममा आउने छौ। यो सन्देश सबै धर्महरूको लागि हो। भन, बाबा भन्नुहुन्छ देहका सबै धर्मलाई छोडेर मलाई याद गर्यौ भने तिमी तमोप्रधानबाट सतोप्रधान बन्छौ। म गुजराती हुँ, फलानो हुँ यो सबै छोड। आफूलाई आत्मा सम्झ र बाबालाई याद गर। यो हो योग अग्नि। सम्हाल गरेर कदम उठाउनु पर्छ। सबैले बुझ्दैनन्। बाबा भन्नुहुन्छ पतित-पावन म नै हुँ। तिमीहरू सबै पतित छौ, निर्वाणधाममा पनि पावन नबनेसम्म आउन सक्दैनौ। रचनाको आदि मध्य अन्त्यलाई पनि बुझ्नुपर्छ। पूरा बुझ्यौ भने मात्रै उच्च पद पाउँछौ। थोरै भक्ति गरेका छौ भने थोरै ज्ञान बुझ्छौ। धेरै भक्ति गरेका छौ भने धेरै ज्ञान धारणा गर्छौ। बाबाले जे सम्झाउनु हुन्छ, त्यसलाई धारण गर्नु छ। वानप्रस्थीहरूको लागि त झनै सहज छ। गृहस्थ व्यवहारबाट छेउ लाग्छन्। वानप्रस्थ अवस्था ६० वर्षपछि हुन्छ। गुरु पनि तब नै बनाइन्छ। आजकल त सानैदेखि गुरु बनाउँछन्। नत्र पहिला पिता, फेरि टिचर फेरि ६० वर्षपछि गुरु बनाइन्छ। सद्गतिदाता त एउटै बाबा हुनुहुन्छ, यी अनेक गुरुहरू कहाँ हुन् र। यो त सबै पैसा कमाउने युक्ति हो। सबैको सद्गति गर्ने सद्गुरु त एउटै हुनुहुन्छ। बाबा भन्नुहुन्छ म तिमीलाई सबै वेद-शास्त्रहरूको सार सम्झाउँछु। यी सबै भक्तिमार्गका सामग्री हुन्। सींढी उत्रिनु पर्ने हुन्छ। ज्ञान, भक्ति फेरि हुन्छ भक्तिको वैराग्य। जब ज्ञान मिल्छ तब नै भक्तिको वैराग्य हुन्छ। यस पुरानो दुनियाँबाट तिमीलाई वैराग्य आउँछ। बाँकी दुनियाँलाई छोडेर कहाँ जान्छौ? तिमीलाई थाहा छ यो दुनियाँ नै खतम हुनु छ। त्यसैले अब बेहदको दुनियाँको संन्यास गर्नु छ। पवित्र नबनेसम्म घर जान सक्दैनौ। पवित्र बन्नको लागि यादको यात्रा चाहिन्छ। यहाँ रगतको नदी पछि फेरि दूधको नदी बग्छ। विष्णुलाई पनि क्षीर सागरमा देखाउँछन्। सम्झाइन्छ यस लडाईबाट मुक्ति-जीवनमुक्तिको गेट खुल्छ। जति तिमी बच्चाहरू अगाडि बढ्छौ, त्यति नै आवाज प्रत्यक्ष हुँदै जान्छ। अब लडाई भयो कि भयो। एउटा सानो झिल्कोले हेर पहिला के भएको थियो। सम्झन्छन् लडाई अवश्य हुन्छ। लडाई भइरहन्छ। एक-अर्काको सहयोगी बन्दै जान्छन्। तिमीलाई पनि नयाँ दुनियाँ चाहिन्छ त्यसैले पुरानो दुनियाँ अवश्य खतम हुनुपर्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) यो पुरानो दुनियाँ अब खतम हुनु छ, त्यसैले यस पुरानो दुनियाँको संन्यास गर्नु छ। दुनियाँलाई छोडेर कतै जानु छैन, तर यसलाई बुद्धिबाट भुल्नु छ।

२) निर्वाणधाममा जानको लागि पूरा पावन बन्नु छ। रचनाको आदि मध्य अन्त्यलाई पूरा बुझेर नयाँ दुनियाँमा उच्च पद पाउनु छ।

वरदान:
अलबेलापनको निद्रालाई त्याग गर्ने निद्राजित , चक्रवर्ती भव

साक्षात्कारमूर्त बनेर भक्तहरूलाई साक्षात्कार गराउनको लागि अथवा चक्रवर्ती बन्नको लागि निद्राजित बन। जब विनाशकाललाई भुल्छौ, तब अलबेलापनको निद्रा आउँछ। भक्तहरूको पुकार सुन, दु:खी आत्माहरूको दु:खको पुकार सुन, प्यासी आत्माहरूको प्रार्थनाको आवाज सुन तब कहिल्यै पनि अलबेलापनको निद्रा आउँदैन। त्यसैले अब सदा जागती ज्योति बनेर अलबेलापनको निद्रालाई त्यागेर साक्षात्कारमूर्त बन।

स्लोगन:
तन-मन-धन, मन-वाणी-कर्म कुनै पनि प्रकारले बाबाको कर्तव्यमा सहयोगी बन, तब सहजयोगी बन्छौ।