15.10.20          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे नाजुकपना पनि देह-अभिमान हो। रिसाउनु , रुनु यी सबै आसुरी संस्कार तिमी बच्चाहरूमा हुनु हुँदैन , दु:ख-सुख , मान-अपमान सबै सहन गर्नुपर्छ।

प्रश्न:
सेवामा ढिलापन आउने मुख्य कारण के हो?

उत्तर:
जब देह अभिमानको कारण एक अर्काको कमजोरीहरू हेर्न थाल्छौ अनि सेवामा ढिलापन आउँछ। आपसमा नमिल्नु पनि देह-अभिमान हो। म फलानासँग चल्न सक्दिनँ, म यहाँ बस्न सक्दिनँ.... यो नाजुकपना हो। यो बोली मुखबाट निस्कनु अर्थात् काँडा बन्नु, अवज्ञाकारी बन्नु हो। बाबा भन्नुहुन्छ प्यारा बच्चाहरू! तिमी रूहानी सेना हौ त्यसैले आदेश मिल्ने बित्तिकै हाजिर हुनुपर्छ। कुनै पनि कुरामा आनाकानी गर्नु हुँदैन।

ओम् शान्ति ।
रूहानी बाबा बसेर रूहानी बच्चाहरूलाई सम्झाउनु हुन्छ। बच्चाहरूलाई पहिला पहिला यो शिक्षा मिल्छ आफूलाई आत्मा निश्चय गर। देह-अभिमान छोडेर देही-अभिमानी बन्नु छ। म आत्मा हुँ , देही-अभिमानी बनेँ भने मात्र बाबालाई याद गर्न सक्छु। त्यो हो अज्ञान काल। यो हो ज्ञान काल। ज्ञान एक त बाबाले मात्रै दिनुहुन्छ जसले सबैको सद्गति गर्नु हुन्छ। उहाँ हुनुहुन्छ निराकार अर्थात् उहाँको कुनै मनुष्य आकार छैन। जसको मनुष्यको आकार छ उनलाई भगवान भन्न सकिँदैन। आत्माहरू त सबै निराकारी छन्। तर देह-अभिमानमा आउनाले आफूलाई आत्मा भन्ने भुलेका छन्। अब बाबा भन्नुहुन्छ तिमी फर्केर जानु छ। आफूलाई आत्मा सम्झ, आत्मा सम्झेर बाबालाई याद गर तब जन्म-जन्मान्तरको पाप भस्म हुन्छ, अरू कुनै उपाय छैन। आत्मा नै पतित, आत्मा नै पावन बन्छ। बाबाले सम्झाउनु भएको छ पावन आत्माहरू हुन्छन् सत्ययुग-त्रेतामा। फेरि रावण राज्यमा आत्मा पतित बन्छन्। सिँढीमा पनि सम्झाइएको छ जो पावन थिए तिनै पतित बनेका छन्। ५ हजार वर्ष पहिला तिमी सबै आत्माहरू शान्तिधाममा पावन थियौ। त्यसलाई भनिन्छ नै निर्वाणधाम। फेरि कलियुगमा पतित बन्छन् तब चिल्लाउँछन् हे पतित-पावन आउनुहोस्। बाबा सम्झाउनु हुन्छ प्यारा बच्चाहरू! मैले तिमीलाई जुन ज्ञान दिइरहेको छु पतितबाट पावन बन्ने, त्यो केवल मैले मात्र दिन्छु, जुन प्राय: लोप हुन्छ। बाबाले नै आएर सुनाउनु पर्छ। यहाँ मनुष्यहरूले अथाह शास्त्र बनाएका छन्। सत्ययुगमा कुनै शास्त्र हुँदैन। त्यहाँ भक्ति मार्ग अलिकति पनि हुँदैन।

अहिले बाबा भन्नुहुन्छ तिमी मद्वारा नै पतितबाट पावन बन्न सक्छौ। पावन दुनियाँ अवश्य पनि बन्नु छ। मैले त आएर बच्चाहरूलाई नै राजयोग सिकाउँछु। दैवीगुण पनि धारण गर्नु छ। रिसाउनु, रुनु यी सबै आसुरी स्वभाव हुन्। बाबा भन्नुहुन्छ दु:ख-सुख, मान-अपमान सबै बच्चाहरूले सहन गर्नु छ। नाजुकपना हुनु हुँदैन। म फलानो स्थानमा रहन सक्दिनँ, यो पनि नाजुकपना हो। यिनको स्वभाव यस्तो छ, यो यस्तो छ, उस्तो छ यो केही पनि हुनु हुँदैन। मुखबाट सदैव फूल नै निस्कियोस्। काँडा निस्किनु हुँदैन। कति बच्चाहरूको मुखबाट काँडा निस्किन्छन्। कसैसँग रिसाउनु पनि काँडा हो। बच्चाहरूको एक अर्कामा धेरै बेमेल हुन्छ। देह-अभिमान हुनाको कारण एक अर्काका कमजोरी हेर्दा स्वयंमा अनेक प्रकारका कमजोरीहरू रहन्छन्, त्यसैले फेरि सेवामा ढिलापन आउँछ। बाबाले जान्नुहुन्छ यो पनि ड्रामा अनुसार हुन्छ। सुधार पनि हुनु छ। सैनिकहरू जब लडाईंमा जान्छन् तब उनीहरूको कामै हो दुस्मनसँग लड्नु। बाढी आयो वा केही हंगामा भयो भने पनि सेनालाई धेरै बोलाउँछन्। फेरि सैनिकहरूले मजदुर आदिको काम पनि गर्न लाग्छन्। सरकारले सेनालाई आदेश दिन्छ यो सारा माटो भर। यदि कोही आएन भने गोलीको मुखमा जानु पर्छ। सरकारको आदेश मान्नै पर्छ। बाबा भन्नुहुन्छ तिमी पनि सेवाको लागि बाँधिएका छौ। बाबाले जहाँ पनि सेवामा जान भन्नुहुन्छ, तुरुन्तै हाजिर हुनुपर्छ। मानेनौ भने सेना भनिदैन। ऊ फेरि दिलमा चढ्न सक्दैन। तिमी बाबाका सहयोगी हौ, सबैलाई सन्देश दिन। अब सम्झ कहीं ठूलो म्युजियम खुलेको छ, भन्छन् १० माइल टाढा छ। सेवामा त जानु पर्यो नि। खर्चको ख्याल कहाँ गर्नु छ र। सर्वोच्च सरकार बेहदका बाबाको आदेश मिल्छ। जसको दायाँ हात फेरि धर्मराज छन्। उहाँको श्रीमतमा नचलेमा फेरि गिर्छन्। श्रीमत भन्छ आफ्ना आँखालाई पवित्र बनाऊ। काममाथि विजय प्राप्त गर्ने हिम्मत राख्नु पर्छ। बाबाको हुकुम हो, यदि हामीले मानेनौं भने एकदम चकनाचुर हुन्छौं। २१ जन्मको राजाईको घाटा पर्छ। बाबा भन्नुहुन्छ मलाई बच्चाहरूले बाहेक त कसैले कहिल्यै चिन्न सक्दैन। कल्प पहिलाकाहरू नै विस्तारै-विस्तारै निस्किरहन्छन्। यी हुन् बिल्कुलै नयाँ कुरा। यो हो गीताको युग। तर शास्त्रहरूमा यो संगमयुगको वर्णन छैन। गीतालाई नै द्वापरमा पुर्याएका छन्। तर जब राजयोग सिकाइयो तब अवश्य संगम हुनुपर्छ नि। तर कसैको बुद्धिमा यी कुरा छैनन्। अहिले तिमीलाई ज्ञानको नशा चढेको छ। मनुष्यहरूलाई छ भक्ति मार्गको नशा। भन्छन् भगवान नै आए पनि भक्ति छोड्दैनौं। यो उत्थान र पतनको सिँढी धेरै राम्रो छ, तैपनि मनुष्यका आँखा खुल्दैनन्। मायाको नशामा एकदम चकनाचुर भएका छन्। ज्ञानको नशा धेरै पछि मात्र चढ्छ। पहिला त दैवी गुण चाहिन्छ। बाबाको कुनै पनि आदेश भयो भने त्यसमा आनाकानी गर्नु हुँदैन। यो मैले गर्न सक्दिनँ, यसलाई भनिन्छ अवज्ञाकारी। श्रीमत मिल्छ यसो-यसो गर्नुपर्छ, बुझ्नु पर्छ शिवबाबाको श्रेष्ठ मत हो। उहाँ हुनुहुन्छ सद्गति दाता। दाताले कहिल्यै उल्टो मत दिनुहुन्न। बाबा भन्नुहुन्छ म यिनको धेरै जन्मको अन्त्यमा प्रवेश गर्छु। यिनी भन्दा पनि हेर लक्ष्मी उच्च हुन्छिन्। गायन पनि छ स्त्रीलाई अगाडि राखिन्छ। पहिला लक्ष्मी अनि नारायण, यथा राजा रानी तथा प्रजा हुन्छ। तिमी पनि त्यस्तै श्रेष्ठ बन्नु छ। यतिबेला त सारा दुनियाँमा रावण राज्य छ। सबैले भन्छन् रामराज्य चाहियो। अहिले हो संगम। जब यी लक्ष्मी-नारायणको राज्य थियो तब रावण राज्य थिएन, फेरि परिवर्तन कसरी हुन्छ, यो कसैले जान्दैन। सबै घोर अन्धकारमा छन्। सम्झन्छन् कलियुग त अहिले सानो बच्चा, बामे सरिरहेको छ। त्यसैले मनुष्य अझै सुतेर निदाएका छन्। यो रूहानी ज्ञान, रूहानी बाबाले नै आत्माहरूलाई दिनुहुन्छ, राजयोग पनि सिकाउनु हुन्छ। कृष्णलाई रूहानी पिता भनिदैन। उनले यसो भन्दैनन् हे प्यारा रूहानी बच्चाहरू। यो पनि लेख्नु पर्छ रूहानी ज्ञानको सागर बाबाले आध्यात्मिक ज्ञान रूहानी बच्चाहरूलाई दिनुहुन्छ।

बाबा सम्झाउनु हुन्छ दुनियाँमा सबै मनुष्यहरू छन् देह-अभिमानी। म आत्मा हुँ, यो कसैले जान्दैन। बाबा भन्नुहुन्छ कसैको आत्मा पनि लीन हुँदैन। अहिले तिमी बच्चाहरूलाई सम्झाइन्छ दशैं, दीपावली के हो। मनुष्यले त जसको पनि पूजा आदि गर्छन्, त्यो सबै हो अन्ध-विश्वास, जसलाई खेलौनाको पूजा भनिन्छ, पत्थर पूजा भनिन्छ। अहिले तिमी पारसबुद्धि बन्छौ त्यसैले पत्थरको पूजा गर्न सक्दैनौ। मूर्तिका अगाडि गएर शिर निहुराउँछन्। केही पनि बुझ्दैनन्। भन्छन् पनि ज्ञान, भक्ति र वैराग्य। ज्ञान आधाकल्प चल्यो फेरि भक्ति सुरु भयो। अहिले तिमीलाई ज्ञान मिल्छ त्यसैले भक्तिबाट वैराग्य आउँछ। यो दुनियाँ नै परिवर्तन हुन्छ। कलियुगमा भक्ति हुन्छ। सत्ययुगमा भक्ति हुँदैन। त्यहाँ हुन्छन् नै पूज्य। बाबा भन्नुहुन्छ प्यारा बच्चाहरू! तिमीले किन शिर निहुराउँछौ? आधाकल्प तिमीले शिर झुकायौ, पैसा पनि गुमायौ, केही पनि मिलेन। मायाले एकदम शिर मोडिदिएको छ। कंगाल बनाइदिएको छ। फेरि बाबा आएर सबैको शिर ठीक बनाइदिनुहुन्छ। अहिले विस्तारै-विस्तारै केही यूरोपियनहरूले पनि बुझेका छन्। बाबाले सम्झाउनु हुन्छ यी भारतबासीहरू त बिल्कुलै तमोगुणी बनेका छन्। ती अरू धर्मकाहरू फेरि पनि पछि आउँछन् त्यसैले सुख पनि थोरै, दु:ख पनि थोरै मिल्छ। भारतबासीलाई सुख धेरै मिल्छ भने दु:ख पनि धेरै हुन्छ। सुरुमै कति धनवान एकदम विश्वको मालिक हुन्छन्। अरू धर्मका पहिला कहाँ धनवान हुन्छन् र। पछि वृद्धि हुँदा-हुँदा अहिले आएर धनवान भएका छन्। अहिले फेरि सबैभन्दा भिखारी पनि भारतवर्ष नै बनेको छ। अन्धश्रद्धालु पनि भारतवर्ष नै छ। यस्तोड्रामा पनि बनेको छ। बाबा भन्नुहुन्छ मैले जेलाई स्वर्ग बनाएँ, त्यो नर्क बनेको छ। मनुष्यहरू बाँदर बुद्धिका बनेका छन्, उनीहरूलाई म आएर मन्दिर लायक बनाउँछु। विकार धेरै कडा हुन्छ। क्रोध कति छ। तिमीहरूमा थोरै पनि क्रोध हुनु हुँदैन। बिल्कुलै मीठो, शान्त, अति मीठो बन। यो पनि जानेका छौ करोडौंमा कोही निस्कन्छन्, राजाई पद पाउनेहरू। बाबा भन्नुहुन्छ म आएको छु तिमीलाई नरबाट नारायण बनाउन। त्यसमा पनि मुख्य ८ रत्नको गायन गरिन्छ। ८ रत्नहरूको बीचमा हुनुहुन्छ बाबा। ८ हुन् सम्मान सहित पास हुनेहरू, त्यो पनि नम्बरवार पुरुषार्थ अनुसार। देह-अभिमानलाई तोड्न धेरै मेहनत लाग्छ। देहको भान बिल्कुलै निस्कियोस्। कोही-कोही जो पक्का ब्रह्म ज्ञानी हुन्छन्, उनीहरू पनि यस्तै हुन्छन्। बसी-बसी देहको त्याग गरिदिन्छन्। बसी-बसी यसरी शरीर छोड्छन्, वायुमण्डल एकदम शान्त हुन्छ र खासगरी प्रभातको शुद्ध समयमा शरीर छोड्छन्। रातमा मनुष्य धेरै विकारमा गिर्छन्, बिहान स्नान आदि गरेर भगवान-भगवान भन्न थाल्छन्, पूजा गर्छन्। बाबाले सबै कुरा सम्झाइरहनु हुन्छ। प्रदर्शनी आदिमा पनि सबैभन्दा पहिला तिमीले अल्फको परिचय देऊ। पहिला अल्फ त्यसपछि बे। बाबा त निराकार हुनुहुन्छ। बाबा रचयिता नै बसेर रचनाको आदि-मध्य-अन्त्यको ज्ञान सम्झाउनु हुन्छ। उहाँ बाबाले नै भन्नुहुन्छ म एकलाई याद गर। देहको सम्बन्धलाई छोडेर आफूलाई आत्मा सम्झेर म एकलाई याद गर। बाबाको परिचय तिमीले दिएपछि फेरि कसैको हिम्मत हुँदैन प्रश्न-उत्तर गर्ने। पहिला बाबामा निश्चय पक्का होस् अनि भन, ८४ जन्म यसरी लिइन्छ। चक्रलाई जान्यो, बाबालाई जान्यो, तब कुनै प्रश्न उठ्दैन। बाबाको परिचय नदिई तिमीले अरू कुरा गर्छौ भने त्यसमा तिम्रो समय धेरै खेर जान्छ। गला नै सुक्छ। सबैभन्दा पहिलो कुरा अल्फको बारेमा बताऊ। अरू कुरा गरेर कहाँ बुझ्न सक्छन्। बिल्कुलै साधारण रीतिले बसेर बिस्तारै सम्झाउनु पर्छ। जो देही-अभिमानी छ उसैले राम्ररी सम्झाउन सक्छ। ठूला-ठूला म्युजियममा राम्रा-राम्रा सम्झाउनेहरूले मदत दिनु पर्छ। थोरै दिन आफ्नो सेवाकेन्द्र छोडेर मदत दिन जानु पर्छ। पछि सेवाकेन्द्र सम्हाल्न कसैलाई राखिदेऊ। यदि गद्दी सम्हाल्न लायक कसैलाई आफू समान बनाएको छैन भने बाबाले सम्झनुहुन्छ केही कामको छैन, सेवा गरेको छैन। बाबालाई लेख्छन् सेवा छोडेर कसरी जाऊँ! अरे, बाबाले हुकुम दिनुहुन्छ फलानो ठाउँमा प्रदर्शनी छ, सेवामा जाऊ। यदि गद्दी लायक कसैलाई बनाएका छैनौ भने तिमी के कामको। बाबाले हुकुम गर्नुभयो तुरुन्तै दौड्नु पर्छ। महारथी ब्राह्मणी तिनलाई भनिन्छ। अरू त सबै हुन् घोडसवार, सिपाही। सबैले सेवामा मदत दिनु छ। यति वर्षसम्म तिमीले कसैलाई आफू समान बनाएनौ भने के गरिरहेका थियौ? यति समयमा सन्देशवाहक बनाएका छैनौ, जसले सेवाकेन्द्र सम्हालून्। कस्ता-कस्ता मनुष्य आउँछन् जोसँग कुरा गर्ने अक्कल पनि चाहिन्छ। मुरली पनि अवश्य दिनहुँ पढ्नु छ अथवा सुन्नु छ। मुरली पढेनौ अर्थात् गयल भयौ। तिमी बच्चाहरूले सारा विश्वमा घेराउ हाल्नु छ। तिमीले सारा विश्वको सेवा गर्छौ। पतित दुनियाँलाई पावन बनाउनु यही घेराउ हाल्नु हो। सबैलाई मुक्ति-जीवनमुक्तिधामको मार्ग बताउनु छ, दु:खबाट छुटाउनु छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) धेरै मीठो, शान्त र मीठो स्वभावको बन्नु छ। कहिल्यै पनि क्रोध गर्नु हुँदैन। आफ्नो आँखालाई धेरै धेरै शुद्ध बनाउनु छ।

२) बाबाले जे हुकुम दिनुहुन्छ, त्यसलाई तुरुन्त मान्नु पर्छ। सारा विश्वलाई पतितबाट पावन बनाउने सेवा गर्नु छ अर्थात् घेराउ हाल्नु छ।

वरदान:
आफ्नो मह त्त्व र कर्तव्यलाई जान्ने सदा जागती ज्योति भव

तिमी बच्चाहरू जगका ज्योति हौ, तिम्रो परिवर्तनबाट विश्वको परिवर्तन हुनु छ। त्यसैले बितेकोलाई बित्यो भन्ने सम्झेर, आफ्नो महत्त्व वा कर्तव्यलाई जानेर सदा जागती ज्योति बन। तिमीले सेकेन्डमा स्व परिवर्तनबाट विश्व परिवर्तन गर्न सक्छौ। केवल अभ्यास गर भर्खरै कर्मयोगी, भर्खरै कर्मातीत स्टेज। जसरी तिम्रो रचना कछुवाले सेकेन्डमा सबै अङ्ग समेट्छ। त्यस्तै तिमी मास्टर रचयिताले समेट्ने शक्तिको आधारबाट सेकेन्डमा सबै संकल्पलाई समाहित गरेर एक संकल्पमा स्थित होऊ।

स्लोगन:
लवलीन स्थितिको अनुभव गर्नको लागि स्मृति विस्मृतिको युद्ध समाप्त गर।