15.10.21          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे कर्म गर्दा स्वयंलाई प्रियतमा सम्झिएर म एक प्रियतमलाई याद गर , यादबाट नै तिमी पावन बनेर पावन दुनियाँमा जान्छौ।

प्रश्न:
महाभारत लडाइँको समयमा तिमी बच्चाहरूलाई बाबाको कुनचाहिँ हुकुम मिलेको छ?

उत्तर:
प्यारा बच्चाहरू! बाबाको हुकुम छ देही-अभिमानी बन। सबैलाई सन्देश देऊ अब बाबा र राजधानीलाई याद गर। आफ्नो चालचलनलाई सुधार। धेरै मीठो बन। कसैलाई दु:ख नदेऊ। यादमा रहने बानी बसाल। स्वदर्शन चक्रधारी बन। अगाडि बढ्ने पुरुषार्थ गर।

ओम् शान्ति ।
बच्चाहरू बसेका छन् बाबाको यादमा। यस्तो त कुनै सत्सङ्ग छैन, जहाँ सबैले भन्छन् हामी बाबाको यादमा बसेका छौं। यो एउटै स्थान हो, प्यारा बच्चाहरूले जानेका छौ बाबाले निर्देशन दिनुभएको छ बाँचुञ्जेलसम्म बाबालाई याद गरिराख। यहाँ पारलौकिक बाबाले नै भन्नुहुन्छ हे बच्चाहरू! सबै बच्चाहरूले सुनिरहेका छन्। न केवल तिमी बच्चाहरूलाई मात्र, सबैलाई भन्नुहुन्छ। प्यारा बच्चाहरू! बाबाको यादमा रहने गर, अनि जुन तिम्रो जन्म-जन्मान्तरको पाप छ, जसकारण कट चढेको छ, त्यो सबै निस्किन्छ। तिम्रो आत्मा सतोप्रधान बन्छ। तिम्रो आत्मा वास्तवमा थियो नै सतोप्रधान फेरि पार्ट खेल्दा-खेल्दा तमोप्रधान बन्यो। यो महावाक्य बाबा सिवाय अरू कसैले भन्न सक्दैन। लौकिक पिताका त दुई-चार बच्चाहरू हुन्छन्। उनीहरूलाई भन्छन् राम-राम भन या पतित-पावन सीताराम भन अथवा भन्छन् श्रीकृष्णलाई याद गर। यस्तो भनिदैन हे बच्चाहरू! अब म बाबालाई याद गर। पिता त घरमा नै हुन्छन्। याद गर्ने कुरा नै हुँदैन। यहाँ बेहदका बाबाले भन्नुहुन्छ जीवका आत्माहरूलाई। आत्माहरू नै बाबाको सामुन्ने बसेका छन्। आत्माहरूका बाबा एकै पटक आउनु हुन्छ, ५ हजार वर्ष पछि आत्मा र परमात्माको मिलन हुन्छ। बाबा भन्नुहुन्छ म कल्प-कल्प आएर यो पाठ पढाउँछु। हे बच्चाहरू! तिमीले मलाई याद गर्दै आयौ हे पतित-पावन आउनुहोस् भनेर। म आउँछु अवश्य। नत्र याद कहिलेसम्म गरिरहन्छौ! लिमिट त अवश्य हुन्छ नि! मनुष्यहरूलाई यो थाहा छैन कलियुगको लिमिट कहिले पूरा हुन्छ? यो पनि बाबाले नै सम्झाउनु पर्छ। बाबा विना त कसैले भन्दैन हे प्यारा बच्चाहरू! मलाई याद गर। मुख्य हो नै यादको कुरा। रचनाको चक्रलाई याद गर्नु ठूलो कुरा होइन। केवल बाबालाई याद गर्न मेहनत लाग्छ। बाबा भन्नुहुन्छ आधाकल्प हुन्छ भक्ति मार्ग, आधाकल्प हुन्छ ज्ञान मार्ग। तिमीले आधाकल्प ज्ञानको प्रारब्ध पाउँछौ फेरि आधाकल्प भक्तिको प्रारब्ध। त्यहाँ हुन्छ सुखको प्रारब्ध, यहाँ छ दु:खको प्रारब्ध। दु:ख र सुखको खेल बनेको छ। नयाँ दुनियाँमा सुख, पुरानो दुनियाँमा दु:ख। मनुष्यहरूलाई यी कुराको बारेमा केही पनि थाहा छैन। भन्छन् पनि हाम्रो दु:ख हर्नुहोस्, सुख दिनुहोस्। आधाकल्प रावण राज्य चल्छ। यो पनि कसैलाई थाहा छैन बाबा सिवाय अरू कसैले दु:ख मेटाउन सक्दैन। शरीरको रोग आदि डाक्टरले मेटाउँछन्, त्यो भयो अल्पकालको लागि। यो त हो स्थायी, आधाकल्पको लागि। नयाँ दुनियाँलाई स्वर्ग भनिन्छ। अवश्य त्यहाँ सबै सुखी हुन्छन्। बाँकी यतिका सबै आत्माहरू कहाँ हुन्छन्? यो कसैको पनि ख्यालमा आउँदैन। तिमीले जानेका छौ यो नयाँ पढाई हो, पढाउनेवाला पनि नयाँ हुनुहुन्छ। भगवानुवाच, मैले तिमीलाई राजाहरूको पनि राजा बनाउँछु। वास्तवमा सत्ययुगमा एउटै धर्म हुन्छ, बाँकी सबै अवश्य विनाश हुन्छन्। नयाँ दुनियाँ र पुरानो दुनियाँ केलाई भनिन्छ, सत्ययुगमा को रहन्छन् यो पनि अहिले तिमीले जानेका छौ। सत्ययुगमा एक आदि सनातन देवी-देवता धर्मको राज्य थियो। हिजोको त कुरा हो। यो कथा हो ५ हजार वर्षको। बाबा भन्नुहुन्छ ५ हजार वर्ष पहिले यहाँ यी देवी-देवताहरूको राज्य थियो। उनीहरू ८४ जन्म लिँदा-लिँदा अहिले पतित बनेका छन्। त्यसैले अहिले पुकार्छन् आएर पावन बनाउनुहोस्। निराकारी दुनियाँमा त सबै पावन आत्माहरू नै रहन्छन्। फेरि तल आएर पार्ट खेल्छन् अनि सतो रजो तमोमा आउँछन्। सतोप्रधानलाई निर्विकारी भनिन्छ। तमोप्रधानले आफूलाई विकारी कहलाउँछन्। सम्झन्छन् यी देवी-देवताहरू निर्विकारी थिए, हामी विकारी हौं। त्यसैले बाबा भन्नुहुन्छ देवताहरूका जो पुजारी छन्, उनीहरूलाई यो ज्ञान झट्ट बुद्धिमा बस्छ किनकि देवता धर्मका हुन्। अहिले तिमीले जानेका छौ हामी जो पूज्य थियौं, हामी नै पुजारी बनेका छौं। जस्तै क्रिश्चियनहरूले क्राइस्टको पूजा गर्छन् किनकि त्यस धर्मका हुन्। तिमी पनि देवताहरूका पुजारी हौ त्यसैले त्यस धर्मको ठहरियौ। देवताहरू निर्विकारी थिए, उनै अहिले विकारी बनेका छन्। विकारको लागि नै कति अत्याचार हुन्छ।

बाबा भन्नुहुन्छ मलाई याद गर्यौ भने तिम्रो विकर्म विनाश हुन्छ र तिमी सदा सुखी बन्छौ। यहाँ छन् सदा दु:खी। अल्पकालको सुख छ। त्यहाँ त सबै सुखी हुन्छन्। फेरि पनि पदमा फरक हुन्छ नि। सुखको पनि राजधानी छ, दु:खको पनि राजधानी छ। बाबा जब आउनु हुन्छ, अनि विकारी राजाहरूको राजाई पनि खतम हुन्छ किनकि यहाँको प्रारब्ध पूरा भयो। अहिले तिमी बच्चाहरूले जानेका छौ बाबाको श्रीमतमा चल्नु छ। बाबा भन्नुहुन्छ जसरी म शान्तिको सागर हुँ, प्यारको सागर हुँ, तिमीलाई पनि यस्तै बनाउँछु। यो महिमा एक बाबाको हो। कुनै मनुष्यको महिमा होइन। तिमी बच्चाहरूले जानेका छौ बाबा पवित्रताको सागर हुनुहुन्छ। हामी आत्माहरू पनि परमधाममा रहँदा पवित्र हुन्छौं। यो ईश्वरीय ज्ञान तिमी बच्चाहरूमा नै छ, अरू कसैले जान्न सक्दैन। जसरी ईश्वर ज्ञानको सागर हुनुहुन्छ, स्वर्गको वर्सा दिनेवाला हुनुहुन्छ। उहाँका बच्चाहरूले पनि आफू समान अवश्य बनाउनु छ। पहिले तिमीलाई बाबाको परिचय थिएन। अहिले तिमीले जानेका छौ परमात्मा जसको यति महिमा छ, उहाँले हामीलाई यस्तो उच्च बनाउनु हुन्छ, त्यसैले आफूलाई यस्तो उच्च बनाउनु पर्छ। भन्छन् नि यिनमा धेरै राम्रो दैवीगुण छ, मानौं देवता हुन्। कसैको शान्त स्वभाव छ, कसैलाई गाली आदि गर्दैन भने उसलाई राम्रो मानिस भनिन्छ। तर उसले बाबालाई, सृष्टि चक्रलाई त जानेको हुँदैन। अब बाबा आएर तिमी बच्चाहरूलाई अमरलोकको मालिक बनाउनु हुन्छ। नयाँ दुनियाँको मालिक बाबा बाहेक अरू कसैले बनाउन सक्दैन। यो हो पुरानो दुनियाँ, त्यो हो नयाँ दुनियाँ। त्यहाँ देवी-देवताहरूको राजधानी हुन्छ। कलियुगमा त्यो राजधानी छैन। बाँकी अनेक राजधानी छन्। अब फेरि अनेक राजधानीहरूको विनाश भएर एक राजधानी स्थापना हुनु छ। अवश्य जब राजधानी हुँदैनअनि बाबा आएर स्थापना गर्नुहुन्छ। त्यो त बाबा सिवाय अरू कसैले गर्न सक्दैन। तिमी बच्चाहरूको बाबामा कति लव हुनु पर्छ। त्यसैले बाबाले जे भन्नुहुन्छ, त्यो अवश्य गर्नु पर्छ। बाबा भन्नुहुन्छ एक त मलाई याद गर। दोस्रो सेवा गर, अरूलाई बाटो बताऊ। जो देवी-देवता धर्मका होलान्, उनलाई अवश्य असर पर्छ। हामीले महिमा गर्छौं नै एक बाबाको। बाबामा गुण छ त्यसैले बाबा नै आएर हामीलाई गुणवान बनाउनु हुन्छ। बाबा भन्नुहुन्छ प्यारा बच्चाहरू! धेरै मीठो बन। प्यारसँग बसेर सबैलाई सम्झाऊ। भगवानुवाच म एकलाई याद गर्यौ भने मैले तिमीलाई स्वर्गको मालिक बनाउँछु। तिमी अब फर्केर घर जानु छ। पुरानो दुनियाँको महाविनाश सामुन्ने खडा छ। पहिले पनि महाभारी महाभारत लडाइँ भएको थियो। भगवानले राजयोग सिकाउनु भएको थियो। अहिले अनेक धर्म छन्। सत्ययुगमा एक धर्म थियो, जुन अहिले प्राय: लोप भएको छ। अहिले बाबा आएर अनेक धर्महरूको विनाश गरेर, एक धर्मको स्थापना गर्नुहुन्छ। बाबा सम्झाउनु हुन्छ म यो यज्ञ रच्छु, अमरपुरी जानको लागि तिमीलाई अमर कथा सुनाउँछु। अमरलोक जानु छ त्यसैले मृत्युलोकको अवश्य विनाश हुन्छ। बाबा हुनुहुन्छ नै नयाँ दुनियाँको रचयिता। त्यसैले बाबा अवश्य यहाँ नै आउनु पर्छ। अब त विनाश ज्वाला सामुन्ने खडा छ। फेरि बुझेपछि भन्छन् तपाईंहरूले सत्य भन्नुहुन्छ। वास्तवमा यो उही महाभारत लडाइँ हो। यो प्रसिद्ध छ त्यसैले अवश्य यसै समयामा भगवान पनि हुनुहुन्छ। भगवान कसरी आउनु हुन्छ, त्यो त तिमीले बताउन सक्छौ। तिमीले सबैलाई भन हामीलाई त डायरेक्ट भगवानले सम्झाउनु हुन्छ। उहाँले भन्नुहुन्छ तिमीले मलाई याद गर। सत्ययुगमा त सबै सतोप्रधान हुन्छन्, अहिले तमोप्रधान छन्। अब फेरि सतोप्रधान बन, अनि मुक्ति-जीवनमुक्तिमा जान सक्छौ।

बाबा भन्नुहुन्छ केवल मेरो यादबाट नै तिमी सतोप्रधान बनेर सतोप्रधान दुनियाँको मालिक बन्छौ। हामी रूहानी पण्डा हौं, यात्रा गर्छौं मनमनाभवको। बाबा आएर ब्राह्मण धर्म, सूर्यवंशी चन्द्रवंशी धर्म स्थापना गर्नुहुन्छ। बाबा भन्नुहुन्छ मलाई याद गर्दैनौ भने जन्म-जन्मान्तरको पापको बोझ उत्रिन्छ कसरी? यो सबै भन्दा ठूलो चिन्ता हो। कर्म गर्दै, धन्धा गर्दै तिमी मेरा प्रियतमाहरूले म प्रियतमलाई याद गर। हरेकले आफ्नो पूरा सम्हाल गर्नु छ। बाबालाई याद गर। कुनै पतित काम नगर। घर-घरमा बाबाको सन्देश दिँदै जाऊ सृष्टि स्वर्ग थियो। लक्ष्मी-नारायणको राज्य थियो। अहिले नर्क छ। नर्कको विनाशको लागि यो उही महाभारत लडाइँ हो। अब देही-अभिमानी बन। बाबाको हुकुम हो, मान नमान। म त आएको छु तिमीलाई सन्देश सुनाउन। बाबाको हुकुम छ सबैलाई सन्देश सुनाऊ। बाबासँग सोध्छन् कुनचाहिँ सेवा गरौं? बाबा भन्नुहुन्छ सन्देश दिँदै गर। बाबालाई याद गर, राजधानीलाई याद गर। अन्त मती सो गति हुन्छ। मन्दिरहरूमा जाऊ, गीता पाठशालाहरूमा जाऊ। पछि गएर तिमीलाई धेरै मिल्छन्। तिमीले उठाउनु छ देवी-देवता धर्मकालाई।

बाबा सम्झाउनु हुन्छ धेरै मीठो बन। खराब चालचलन छ भने पद भ्रष्ट हुन्छ। कसैलाई दु:ख नदेऊ, समय धेरै कम छ। परम प्रिय बाबालाई याद गर, जसबाट स्वर्गको राजाई मिल्छ। कसैले मुरली पढ्न सक्दैनौ भने सिँढीको अगाडि बसेर केवल यो ख्याल गर यसरी-यसरी हामीले जन्म लिन्छौं, यसरी चक्र घुमिरहन्छ... अनि आफैं वाणी खुल्छ। जुन कुरा भित्र आउँछ, त्यो अवश्य बाहिर निस्किन्छ। याद गर्नाले हामी पवित्र बन्छौं र नयाँ दुनियाँमा राज्य गर्छौं। हाम्रो अहिले चढ्ती कला छ। त्यसैले भित्र खुशी हुनु पर्छ। हामी मुक्तिधाममा गएर फेरि जीवनमुक्तिमा आउँछौं। धेरै बेजोडको कमाई छ। ठीक छ, धन्धा आदि गर, केवल बुद्धिद्वारा याद गर। यादको बानी बसाउनु पर्छ। स्वदर्शन चक्रधारी बन्नु छ। चालचलन नराम्रो छ भने फेरि धारणा हुँदैन। कसैलाई सम्झाउन सक्दैनौ। अगाडि बढ्ने पुरुषार्थ गर्नु पर्छ। पछाडि हट्नु हुँदैन। प्रदर्शनीमा सेवा गर्नाले धेरै खुशी हुन्छ। केवल भन्नु छ, बाबाले भन्नुहुन्छ मलाई याद गर। देहधारीहरूलाई याद गर्नाले विकर्म हुन्छ। वर्सा दिनेवाला म हुँ। म सबैको बाबा हुँ। म नै आएर तिमीलाई मुक्ति जीवनमुक्तिमा लैजान्छु। प्रदर्शनी मेलाहरूमा सेवा गर्ने धेरै सोख हुनु पर्छ। सेवामा अटेन्शन दिनु पर्छ। बच्चाहरूलाई आफैं ख्याल आउनु पर्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) एक बाबामा नै पूरा लव हुनु पर्छ। सबैलाई सत्य बाटो बताउनु छ। धन्दा आदि गर्दै आफ्नो पूरा सम्हाल गर्नु छ। एकको यादमा रहनु छ।

२) सेवा गर्ने धेरै सोख राख्नु छ। आफ्नो चालचलनलाई सुधार्नु छ, स्वदर्शन चक्रधारी बन्नु छ।

वरदान:
करनकरावनहारको स्मृतिद्वारा सहजयोगको अनुभव गर्ने सफलतामूर्त भव

कुनै पनि कार्य गर्दा यही स्मृति रहोस् यस कार्यको निमित्त बनाउनेवाला ब्याकबोन को हुनुहुन्छ? विना ब्याकबोन कुनै पनि कर्ममा सफलता मिल्न सक्दैन। त्यसैले कुनै पनि कार्य गर्दा केवल यो सोच म निमित्त हुँ, गराउनेवाला स्वयं सर्व समर्थ बाबा हुनुहुन्छ। यो स्मृतिमा राखेर कर्म गर्यौ भने सहज योगको अनुभूति भइरहन्छ। फेरि यो सहजयोगले वहाँ सहज राज्य गराउँछ। यहाँको संस्कारले वहाँ लिएर जान्छ।

स्लोगन:
इच्छा छायाँ जस्तै हो, पीठ फर्काइदियौ भने पछि-पछि आउँछ।