15.11.19          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे शान्तिको गुण सबैभन्दा ठूलो गुण हो , त्यसैले शा न्त सँग बोल , अशान्ति फैलाउन बन्द गर।

प्रश्न:
संगमयुगमा बाबाबाट बच्चाहरूलाई कुनचाहिँ वर्सा मिल्छ? गुणवान बच्चाहरूको निशानी के के हुन्छन्?

उत्तर:
(१) ज्ञानको (२) शान्तिको (३) गुणहरूको वर्सा मिल्छ। गुणवान बच्चाहरू सधैं खुशीमा रहन्छन्। कसैको अवगुण देख्दैनन्, कसैको सिकायत गर्दैनन्। जसमा अवगुण छ उनको सङ्गत पनि गर्दैनन्। कसैले केही भनेमा सुनेको नसुने जस्तो गरेर आफ्नो मस्तीमा रहन्छन्।

ओम् शान्ति ।
रूहानी बाबा बसेर रूहानी बच्चाहरूलाई सम्झाउनु हुन्छ। एक त तिमीलाई बाबाबाट ज्ञानको वर्सा मिलिरहेको छ। बाबाबाट पनि गुण लिनु छ र फेरि यी चित्रहरूबाट (लक्ष्मी-नारायणबाट) पनि गुण लिनु छ। बाबालाई भनिन्छ शान्तिका सागर। त्यसैले शान्ति पनि धारण गर्नुपर्छ। शान्तिको लागि नै बाबा सम्झाउनु हुन्छ एक आपसमा शान्तिसँग बोल। यो गुण धारण गर्नुपर्छ। ज्ञानको गुण धारण गरिरहेका छौ। यो ज्ञान पढ्नु छ। यो ज्ञान केवल विचित्र बाबाले नै पढाउनु हुन्छ। विचित्र आत्माहरूले पढ्छन्। यो हो यहाँको नयाँ खूबी, जसलाई अरू कसैले जानेका छैनन्। कृष्णले जस्तै दैवी गुण पनि धारण गर्नु छ। बाबाले सम्झाउनु भएको छ म शान्तिको सागर हुँ, शान्ति यहाँ स्थापना गर्नु छ। अशान्ति समाप्त हुनु छ। आफ्नो चालचलनलाई हेर्नुपर्छ कतिसम्म म शान्त रहन्छु? धेरै पुरुषले शान्ति मन पराउँछन्। सम्झन्छन् शान्त रहनु राम्रो हो। शान्तिको गुण पनि धेरै महान छ। तर शान्ति कसरी स्थापना हुन्छ, शान्तिको अर्थ के हो यो कसैले जानेका छैनन्। बाबा यो सबैलाई भन्नुहुन्छ। बाबा आउनु पनि भारतमा नै हुन्छ। अहिले तिमीले सम्झन्छौ सदा दिलमा पनि शान्ति अवश्य हुनुपर्छ। यस्तो होइन कसैले अशान्त गर्छन् भने आफू पनि अशान्त हुने। होइन, अशान्त हुनु यो पनि अवगुण हो। अवगुणलाई हटाउनु छ। हरेकबाट गुण ग्रहण गर्नुपर्छ। अवगुणतर्फ हेर्नु पनि हुँदैन। यदि कुरा आवाज सुन्ने गर्छौ भने पनि स्वयं शान्त रहनु पर्छ किनकि बाबा र दादा दुवै शान्त रहनुहुन्छ। कहिल्यै पनि अशान्त हुनुहुन्न। चर्को आवाज गर्नुहुन्न। यी ब्रह्माले पनि सिकेका हुन् नि। जति शान्तिमा रहन्छौ, त्यति राम्रो। शान्तिबाट नै याद गर्न सकिन्छ। अशान्तिमा रहनेहरू याद गर्न सक्दैनन्। हरेकबाट गुण ग्रहण गर्नुपर्छ। दत्तात्रेय आदिको उदाहरण पनि यहाँसँग मिल्छ। देवताहरू जस्तो गुणवान त कोही हुन सक्दैन। मूल विकार एउटै हो, त्यसमाथि तिमीले विजय प्राप्त गरिरहेका छौ, गरिरहन्छौ। कर्मेन्द्रियहरूमाथि विजय पाउनु छ। अवगुणहरूलाई छोडिदिनु छ। हेर्नु पनि हुँदैन, बोल्नु पनि हुँदैन। जसमा गुण छन् उसको पास नै जानुपर्छ। धेरै मीठो शान्तसँग रहनु पर्छ। थोरै बोले पनि तिमीहरूले सबै कार्य गर्न सक्छौ। सबैबाट गुण ग्रहण गरेर गुणवान बन्नु छ। जो समझदार हुन्छन् उनीहरूले शान्त रहन मन पराउँछन्। कोही भक्त ज्ञानी भन्दा पनि समझदार, निर्माणचित्त हुन्छन्। बाबा त अनुभवी छन् नि। यिनका लौकिक पिता शिक्षक थिए, धेरै निर्माण, शान्त रहन्थे। कहिल्यै क्रोधमा आउँदैनथे। साधुहरूको महिमा गरिन्छ, भगवानसँग मिल्नको लागि पुरुषार्थ गरिरहन्छन् नि। काशीमा, हरिद्वारमा गएर बस्छन्। बच्चाहरू धेरै शान्त र मीठो हुनुपर्छ। यहाँ कोही अशान्त रहन्छन् भने शान्ति फैलाउने निमित्त बन्न सक्दैनन्। अशान्त रहनेसँग कुरा पनि गर्नु छैन। टाढै रहनु पर्छ। फरक छ नि। उनीहरू बकुल्ला र यिनीहरू हंस। हंसले सारा दिन मोती चुनिरहन्छ। उठ्दा, बस्दा, हिँड्दा, डुल्दा आफ्नो ज्ञानलाई स्मरण गरिराख। कसैलाई कसरी सम्झाउने, बाबाको परिचय कसरी दिने सारा दिन बुद्धिमा यही रहोस्।

बाबाले सम्झाउनु भएको छ जति पनि बच्चा आउँछन् उनीहरूबाट फर्म भराइन्छ। सेन्टरहरूमा जब कुनै कोर्स लिन चाहन्छन् भने उनीहरूसँग फर्म भराउनु पर्छ, कोर्स लिंदैनन् भने त फर्म भराउन आवश्यक पर्दैन। फर्म त्यसैले भराइन्छ ताकि जानकारी होस् यिनमा के के छ? के सम्झाउने हो? किनकि दुनियाँमा त यी कुरालाई कसैले बुझ्दैनन्। त्यसैले उनीहरूका बारेमा सबै कुरा थाहा लाग्छ फर्मबाट। बाबासँग कोही मिल्छन् भने पनि फर्म भराउनु पर्छ। तब जानकारी हुन्छ किन मिल्न चाहन्छन्? कोही पनि आउँछन् भने उनीहरूलाई हद र बेहदका बाबाको परिचय दिनु छ किनकि तिमीलाई बेहदका बाबाले आएर आफ्नो परिचय दिनुभएको छ। तिमीले फेरि अरूलाई परिचय दिन्छौ। उहाँको नाम हो शिवबाबा। शिव परमात्माए नम: भन्छन् नि। कृष्णलाई देवताए नम: भन्छन्। शिवलाई भन्छन् शिव परमात्माए नम:। बाबा भन्नुहुन्छ मलाई याद गर्यौ भने तिम्रो पाप काटिन्छ। मुक्ति-जीवनमुक्तिको वर्सा पाउनको लागि पवित्र आत्मा अवश्य बन्नुपर्छ। त्यो हो नै पवित्र दुनियाँ, जसलाई सतोप्रधान दुनियाँ भनिन्छ। त्यहाँ जानको लागि बाबा भन्नुहुन्छ मलाई याद गर। यो त धेरै सहज छ। कसैलाई पनि फर्म भराएर फेरि तिमी कोर्स गराउँछौ। एक दिन भराऊ फेरि सम्झाऊ, फेरि फर्म भराऊ अनि थाहा हुन्छ मैले उसलाई सम्झाएँ, त्यो याद रह्यो वा रहेन। तिमीले देख्छौ दुई दिनको फर्ममा फरक अवश्य आउँछ। तुरुन्तै तिमीलाई जानकारी हुन्छ के बुझेका छन्? मैले सम्झाएको कुरामा केही विचार गरे कि गरेनन्? यो फर्म सबैको पासमा हुनुपर्छ। बाबाले मुरलीमा डायरेक्शन दिनुहुन्छ भने ठूला-ठूला सेन्टरहरूले तुरुन्त व्यवहारमा ल्याउनु पर्छ। फर्म राख्नुपर्छ। नत्र जानकारी कसरी हुन्छ? स्वयं पनि महसुस गर्छन् हिजो के लेखेको थिएँ, आज के लेख्दैछु? फर्म त धेरै जरुरी छ। अलग-अलग छपाए पनि केही छैन। या त एक ठाउँमा छपाएर सबैतिर पठाऊ। यो हो अरूको कल्याण गर्नु।

तिमी बच्चाहरू यहाँ आएका हौ देवी-देवता बन्न। देवता अक्षर धेरै श्रेष्ठ छ। दैवी गुण धारण गर्नेलाई देवता भनिन्छ। अहिले तिमी दैवी गुण धारण गरिरहेका छौ। त्यसैले जहाँ प्रदर्शनी वा म्युजियम हुन्छ त्यहाँ यो फर्म धेरै हुनुपर्छ। तब थाहा लाग्छ कस्तो अवस्था छ। बुझेर फेरि बुझाउनु पर्छ। बच्चाहरूले त सदैव गुण नै वर्णन गर्नु छ, अवगुण होइन। तिमी गुणवान बन्छौ नि। जसमा धेरै गुण छ उसले अरूमा पनि गुण भरिदिन सक्छ। अवगुणवालाले कहिल्यै गुण दिन सक्दैन। बच्चाहरूलाई थाहा छ समय धेरै रहेको छैन। पुरुषार्थ धेरै गर्नु छ। बाबाले सम्झाउनु हुन्छ तिमी दिनहुँ घुमिरहन्छौ, यात्रा गरिरहन्छौ। यो जुन गायन छ अतीन्द्रिय सुख गोप-गोपिनीहरूसँग सोध यो पछाडिको कुरा हो। अहिले त नम्बरवार छन्। कसैले त भित्र-भित्रै खुशीको गीत गाइरहन्छन् ओहो! हामीले परमपिता परमात्मालाई पाएका छौं, उहाँबाट हामी वर्सा लिन्छौं। उहाँको बारेमा कुनै सिकायत हुन सक्दैन। कसैले केही भने तापनि सुनेको नसुने जस्तो गरी आफ्नो मस्तीमा मस्त रहनु पर्छ। कुनै पनि बिमारी वा दु:ख आदि छ भने तिमी केवल यादमा बस। यो हिसाब-किताब अहिले नै चुक्ता गर्नु छ फेरि तिमी २१ जन्म फूल बन्छौ। त्यहाँ दु:खको कुरा नै हुँदैन। गायन छ खुशी जस्तो खुराक छैन। फेरि आलस्य आदि सबै हट्छन्, यहाँ त यो हो सच्चा खुशी, त्यो हो झूटो। धन मिल्यो, गहना मिल्यो भने खुशी हुन्छौ। यो हो बेहदको कुरा। तिमी त अथाह खुशीमा रहनु पर्छ। जानेका छौ हामी २१ जन्मको लागि सदा सुखी रहन्छौं। यसै स्मृतिमा बस हामी के बन्दैछौं। बाबा भन्ने बित्तिकै दु:ख दूर हुनुपर्छ। यो त २१ जन्मको खुशी हो। अब बाँकी थोरै दिन छ। हामी जान्छौं आफ्नो सुखधाम। फेरि अरू कुनै पनि याद नरहोस्। यी बाबा आफ्नो अनुभव सुनाउँछन्। कति समाचार आउँछन्, खिट-पिट चल्छ। बाबालाई कुनै कुराको दु:ख कहाँ हुन्छ र! सुन्छु, ठीक छ भावी। यो त केही पनि होइन, म त अथाह खजाना भएको बन्छु। आफूसँग कुरा गर्नाले नै खुशी हुन्छ। धेरै शान्तमा रहन्छन्, उनीहरूको अनुहार पनि धेरै प्रसन्न रहन्छ। छात्रवृत्ति आदि मिल्दा त अनुहार कति हर्षित हुन्छ। तिमीले पनि पुरुषार्थ गरिरहेका छौ यी लक्ष्मी-नारायण जस्तो हर्षितमुख हुनको लागि। यिनमा ज्ञान त छैन। तिमीलाई त ज्ञान पनि छ, त्यसैले खुशी रहनु पर्छ। हर्षितपन पनि हुनुपर्छ। यी देवताहरू भन्दा तिमी धेरै उच्च छौ। ज्ञान सागर बाबाले हामीलाई कति उच्च ज्ञान दिनुहुन्छ। अविनाशी ज्ञान रत्नहरूको चिट्ठा मिलिरहेको छ भने कति खुशी रहनु पर्छ। यो तिम्रो जन्म हीरा जस्तो भनी गायन गरिएको छ। ज्ञानसागर बाबालाई नै भनिन्छ। यी देवताहरूलाई भनिंदैन। तिमी ब्राह्मण नै नलेजफुल हौ त्यसैले तिमीलाई ज्ञानको खुशी रहन्छ। एक त बाबा पाएको खुशी हुन्छ। तिमीहरू सिवाय कसैलाई खुशी हुन सक्दैन। भक्तिमार्गमा भित्री सुख रहँदैन। भक्तिमार्गको हो कृत्रिम अल्पकालको सुख। त्यसको त नाम नै छ स्वर्ग, सुखधाम, हेविन। त्यहाँ अपार सुख, यहाँ अपार दु:ख। अहिले बच्चाहरूलाई थाहा भयो रावण राज्यमा हामी कति फोहोरी बन्यौं। बिस्तारै-बिस्तारै तल झर्दै आयौं। यो हो नै विषय सागर। अब बाबाले यस विषको सागरबाट निकालेर तिमीलाई क्षीरसागरमा लैजानुहुन्छ। बच्चाहरूलाई यहाँ धेरै मीठो लाग्छ फेरि भुलेपछि कस्तो अवस्था हुन पुग्छ। बाबाले कति खुशीको पारा चढाउनु हुन्छ। यो ज्ञान अमृतको नै गायन हो। ज्ञान अमृतको गिलास पिइरहनु छ। यहाँ तिमीलाई धेरै राम्रो नशा चढ्छ फेरि बाहिर गएपछि त्यो नशा कम हुन्छ। बाबा स्वयं महसुस गर्नुहुन्छ, यहाँ बच्चाहरूलाई राम्रो महसुस हुन्छ हामी आफ्नो घर जान्छौं। हामीले बाबाको श्रीमतमा राजधानी स्थापना गरिरहेका छौं। हामी महान् योद्धा हौं। यो सबै बुद्धिमा ज्ञान छ, जसबाट तिमी यति उच्च पद पाउँछौ। पढाउनेवाला हेर को हुनुहुन्छ! बेहदका बाबा, एकदम परिवर्तन गरिदिनुहुन्छ। त्यसैले बच्चाहरूको दिलमा कति खुशी हुनुपर्छ। अरूलाई पनि खुशी दिऊँ यो पनि दिलमा आउनु पर्छ। रावणको हो श्राप र बाबाबाट मिल्छ वर्सा। रावणको श्रापबाट तिमी कति दु:खी-अशान्त बन्यौ। धेरै गोप पनि छन् जसको दिलमा हुन्छ सेवा गरौं। तर कलश माताहरूलाई मिल्छ। शक्ति दल हो नि। वन्दे मातरम् गायन गरिन्छ। साथमा वन्दे पितरम् त छँदै छ। तर नाम माताहरूको छ। पहिला लक्ष्मी फेरि नारायण। पहिला सीता, पछि राम। यहाँ पहिला पुरुषको नाम फेरि स्त्रीको लेख्छन्। यो पनि खेल हो नि। बाबा सम्झाउन त सबै कुरा सम्झाउनु हुन्छ। भक्ति मार्गको रहस्य पनि सम्झाउनु हुन्छ। भक्तिमा के के हुन्छ। जबसम्म ज्ञान हुँदैन भने कहाँ थाहा हुन्छ र! अहिले तिमीले सम्झन्छौ पहिला त हामी अनपढ मन्द बुद्धि थियौं। फोहोरमा थियौं। अहिले सबैको चरित्र सुध्रिन्छ। तिम्रो दैवी चरित्र बनिरहेको छ। ५ विकारबाट आसुरी चरित्र हुन्छ। कति चेन्ज हुन्छ। त्यसैले चेन्जमा आउनु पर्छ नि। शरीर छोडेपछि फेरि कहाँ चेन्ज हुन सक्छौ र! बाबामा तागत छ, कतिलाई चेन्ज गराउनु हुन्छ। केही बच्चाले आफ्नो अनुभव सुनाउँछन् हामी धेरै कामी, शराबी थियौं, हामीमा धेरै चेन्ज भयो। अहिले हामी धेरै प्रेमसँग रहन्छौं। प्रेमको आँसु पनि आउँछ। बाबाले सम्झाउनु त धेरै हुन्छ तर यी सबै कुरा भुल्छन्। नत्र खुशीको पारा चढि रहने थियो। धेरैको कल्याण गरुन्। मानिसहरू धेरै दु:खी छन्, उनलाई मार्ग देखाऊन्। सम्झाउनको लागि पनि कति मेहनत गर्नुपर्छ। गाली पनि खानुपर्छ। पहिलादेखि नै भन्ने गर्छन्, यिनीहरूले सबैलाई भाइ-बहिनी बनाइदिन्छन्। अरे, भाइ-बहिनीको सम्बन्ध त राम्रो हो नि। तिमी आत्माहरू त भाइ-भाइ हौ। तर फेरि पनि जन्म-जन्मान्तरको दृष्टि जुन पक्का भएको छ, त्यो टुट्दैन। बाबाको पासमा त धेरै समाचार आउँछन्। बाबा सम्झाउनु हुन्छ यो छी-छी दुनियाँबाट तिमी बच्चाहरूको दिल हट्नुपर्छ। फूल बन्नुपर्छ। कतिले ज्ञान सुनेर पनि भुल्छन्। सारा ज्ञान उड्छ। काम महाशत्रु हो नि। बाबा त धेरै अनुभवी छन्। यस विकारको पछि लागेर राजाहरूले आफ्नो राजाई गुमाए। काम धेरै नराम्रो हो। सबैले भन्छन् पनि, बाबा यो धेरै कडा दुस्मन हो। बाबा भन्नुहुन्छ कामलाई जितेमा तिमी विश्वको मालिक बन्छौ। हुन त काम विकार यति कडा छ, प्रतिज्ञा गरेर पनि फेरि गिर्छन्। धेरै मुश्किलले कोही सुध्रिन्छन्। यतिबेला सारा दुनियाँको चरित्र बिग्रेको छ। पावन दुनियाँ कहिले थियो, कसरी बन्यो, यिनीहरूले राज्य-भाग्य कसरी पाए, कहिल्यै कसैले बताउन सक्दैनन्। पछि गएर समय आउने छ, तिमी बेलायत आदिमा पनि जान्छौ। उनीहरूले पनि सुन्छन्। स्वर्ग कसरी स्थापना हुन्छ। तिम्रो बुद्धिमा यी सबै कुरा राम्रोसँग छ। त्यसैले अब तिमीलाई यही धून (लात र तात) रहनु पर्छ, अरू सबै कुरा भुल्नु छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) उठ्दा, बस्दा, हिँड्दा ज्ञानको स्मरण गरेर मोती चुन्ने हंस बन्नु छ। सबैबाट गुण ग्रहण गर्नु छ। एक-अर्कामा गुण नै भर्नु छ।

२) आफ्नो अनुहार सदा प्रसन्न राख्नको लागि आफैसँग कुरा गर्नु छ ओहो! हामी त कारुनको खजानाको मालिक बन्छौं। ज्ञानसागर बाबाद्वारा हामीलाई ज्ञान रत्नहरूको चिट्ठा मिलिरहेको छ।

वरदान:
सदा सन्तुष्ट रहेर आफ्नो दृष्टि , वृत्ति , कृतिद्वारा सन्तुष्टताको अनुभूति गराउने सन्तुष्टमणि भव

ब्राह्मण कुलमा विशेष आत्माहरू ती हुन्, जो सदा सन्तुष्टताको विशेषताद्वारा स्वयं पनि सन्तुष्ट रहन्छन् र आफ्नो दृष्टि, वृत्ति र कृतिद्वारा अरूलाई पनि सन्तुष्टताको अनुभूति गराउँछन्। ती नै सन्टुष्टमणिहरू हुन् जो सदा संकल्प, बोली, संगठनको सम्बन्ध-सम्पर्क वा कर्ममा बापदादाद्वारा आफू माथि सन्तुष्टताको स्वर्णिम पुष्पहरूको वर्षा अनुभव गर्छन्। यस्ता सन्तुष्ट मणिहरू नै बापदादाको गलाको हार बन्छन्, राज्य अधिकारी बन्छन् र भक्तहरूको सिमरणको माला बन्छन्।

स्लोगन:
नकारात्मक र व्यर्थलाई समाप्त गरेर मेहनत मुक्त बन।