15.11.23 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– सबैलाई
आशीर्वाद दिने आनन्दका सागर एक बाबा हुनुहुन्छ। बाबालाई नै दु:खहर्ता , सुखकर्ता
भनिन्छ , उहाँ सिवाय अरू कसैले पनि दु:ख हर्न सक्दैन।”
प्रश्न:–
भक्तिमार्ग र
ज्ञानमार्ग दुवैमा एडप्ट गर्ने (गोद लिने) रिवाज छ तर दुवैमा अन्तर के छ?
उत्तर:–
भक्तिमार्गमा यदि कसैको साथमा एडप्ट हुन्छन् भने गुरु र चेलाको सम्बन्ध हुन्छ,
संन्यासी पनि एडप्ट भएमा आफूलाई अनुयायी कहलाउँछन्, तर ज्ञानमार्गमा तिमी अनुयायी
वा चेला होइनौ। तिमी बाबाको बच्चा बनेका छौ। बच्चा बन्नु अर्थात् वर्साको अधिकारी
बन्नु।
गीत:–
ओम नम: शिवाय...
ओम् शान्ति ।
बच्चाहरूले
गीत सुन्यौ। यो हो परमपिता परमात्मा शिवको महिमा। भन्छन् पनि– शिवाय नम:। रूद्राय
नम: वा सोमनाथ नम: भन्दैनन्। शिवाय नम: भन्छन् र धेरै स्तुति पनि उहाँको हुन्छ।
शिवाय नम: हुनुभयो बाबा। परमपिताको नाम भयो शिव। उहाँ निराकार हुनुहुन्छ। यो, हे
परमपिता! कसले भन्यो? आत्माले। केवल ‘ओ फादर’ भन्ने हो भने ती जिस्मानी पिता भए। ‘ओ
गड फादर’ भन्दा रुहानी बाबा हुनुभयो। यी बुझ्नुपर्ने कुरा छन्। देवताहरूलाई
पारसबुद्धि भनिन्छ। देवताहरू त विश्वका मालिक थिए। अहिले कोही मालिक छैनन्। यहाँ
कोही छैन। राजालाई पनि पिता, अन्नदाता भनिन्छ। अहिले त राजाहरू छैनन्। अब शिवाय नम:
कसले भन्यो? उहाँ बाबा हुनुहुन्छ भनेर कसरी थाहा हुन्छ? ब्रह्माकुमार-कुमारीहरू त
धेरै छन्। यिनीहरू शिवबाबाका नाति-नातिना भए। बाबाले ब्रह्माद्वारा यिनीहरूलाई
एडप्ट गर्नुहुन्छ। सबैले भन्छन्– हामी ब्रह्माकुमार-कुमारी हौं। ठीक छ, फेरि ब्रह्मा
कसका बच्चा हुन्? शिवका। ब्रह्मा, विष्णु, शङ्कर तीनै शिवका बच्चा हुन्। शिवबाबा
हुनुहुन्छ सबैभन्दा उच्च भगवान, निराकार वतनमा रहने। ब्रह्मा, विष्णु, शङ्कर हुन्
सूक्ष्मवतनवासी। ठीक छ, मनुष्य सृष्टि कसरी रचियो? भन्नुहुन्छ– ड्रामाअनुसार म
ब्रह्माको साधारण तनमा प्रवेश गरेर यिनलाई प्रजापिता बनाउँछु। मलाई प्रवेश नै यिनमा
गर्नु छ जसलाई ब्रह्मा नाम दिइएको छ। एडप्ट गरेपछि नाम परिवर्तन हुन्छ। संन्यासीले
पनि नाम परिवर्तन गर्छन्। पहिला गृहस्थीहरूको पासमा जन्म लिन्छन् फेरि संस्कार
अनुसार सानैमा शास्त्र आदि पढ्छन्, फेरि वैराग्य आउँछ। संन्यासीहरूको पासमा गएर
एडप्ट हुन्छन्, भन्छन्– उहाँ मेरो गुरु हुनुहुन्छ। उनलाई पिता भन्दैनन्। गुरुका चेला
वा अनुयायी बन्छन्। गुरुले चेलालाई एडप्ट गर्छन्, तिमी मेरा चेला वा अनुयायी हौ। यहाँ
बाबा भन्नुहुन्छ– तिमी मेरा बच्चा हौ। तिमी आत्माले बाबालाई भक्तिमार्गमा बोलाउँदै
आयौ, किनकि यहाँ दु:ख धेरै छ, त्राहि त्राहि भइरहेको छ। पतित-पावन बाबा त एउटै
हुनुहुन्छ। निराकार शिवलाई आत्माले नम: गर्छ। बाबा त हुनुहुन्छ नै। ‘तिमी माता पिता’
यो पनि गड फादरको लागि नै गाइन्छ। पिता हुनुहुन्छ भने माता अवश्य चाहिन्छ। माता पिता
विना रचना हुँदैन। बाबालाई बच्चाहरूको समीपमा आउनु नै छ। यो सृष्टिचक्र कसरी
दोहोरिन्छ, यसको आदि, मध्य, अन्त्यलाई जान्नु, यसलाई भनिन्छ, त्रिकालदर्शी बन्नु।
यति सबै करोडौं पात्रहरू छन्, हर एकको पार्ट आ-आफ्नो छ। यो बेहदको ड्रामा हो। बाबा
भन्नुहुन्छ– म रचयिता, निर्देशक, मुख्य कलाकार हुँ। भूमिका निर्बाह गरिरहेको छु नि।
मेरो आत्मालाई सुप्रिम भनिन्छ। आत्मा र परमात्माको रूप एउटै छ। वास्तवमा आत्मा हो
नै बिन्दी। भृकुटीका बीचमा आत्मा स्टार रहन्छ हैन? बिलकुल सूक्ष्म छ। त्यसलाई देख्न
सकिदैन। आत्मा पनि सूक्ष्म छ भने आत्माको बाबा पनि सूक्ष्म हुनुहुन्छ। बाबा सम्झाउनु
हुन्छ– तिमी आत्मा बिन्दी समान छौ। म शिव पनि बिन्दी समान छु। तर म सुप्रिम,
क्रिएटर, डाइरेक्टर हुँ। ज्ञानसागर हुँ। ममा सृष्टिको आदि, मध्य, अन्त्यको ज्ञान छ।
म ज्ञानसागर, आनन्दको सागरले सबैलाई आशीर्वाद दिन्छु। सबैलाई सद्गतिमा लिएर जान्छु।
दु:खहर्ता, सुखकर्ता एउटै बाबा हुनुहुन्छ। सत्ययुगमा कोही दु:खी हुँदैन।
लक्ष्मी-नारायणको मात्रै राज्य हुन्छ।
बाबा सम्झाउनु हुन्छ–
म यस सृष्टिरूपी वृक्षको बीजरूप हुँ। मानौं, आँपको वृक्ष छ, त्यो त जड बीज हो, त्यो
बोल्दैन। यदि चैतन्य हुने भए बोल्थ्यो– म बीजबाट यस्ता हाँगाबिँगा, पात आदि
निस्कन्छन्। अब यो हो चैतन्य, यसलाई कल्पवृक्ष भनिन्छ। मनुष्य सृष्टि वृक्षको बीज
परमपिता परमात्मा हुनुहुन्छ। बाबा भन्नुहुन्छ– म नै आएर यसको ज्ञान सम्झाउँछु,
बच्चाहरूलाई सदा सुखी बनाउँछु। दु:खी बनाउँछ मायाले। भक्तिमार्ग अब पूरा हुनु छ।
ड्रामा अवश्य फेरिनु छ। यो हो बेहद विश्वको इतिहास भूगोल। चक्र घुमिरहन्छ। कलियुग
परिवर्तन भएर फेरि सत्ययुग हुनु छ। सृष्टि त एउटै छ। भगवान एक हुनुहुन्छ। उहाँको
कोही पिता हुँदैन। उहाँ नै टिचर पनि हुनुहुन्छ, पढाइरहनु भएको छ। भगवानुवाच– मैले
तिमीलाई राजयोग सिकाउँछु। मनुष्यले त माता-पितालाई चिनेका छैनन्। तिमी बच्चाहरूलाई
थाहा छ– निराकार शिवबाबाका हामी निराकारी सन्तान हौं। फेरि साकारी ब्रह्माका पनि
सन्तान हौं। निराकार बच्चाहरू सबै भाइ-भाइ हुन् र ब्रह्माका बच्चा भाइ बहिनी हुन्।
यो हो पवित्र रहने युक्ति। भाइ बहिनी विकारमा कसरी जान सक्छन्! विकारको आगो लाग्छ
नि। काम अग्नि भनिन्छ, त्यसबाट बच्ने युक्ति बाबाले बताउनु हुन्छ। पहिला त यसमा
प्राप्ति धेरै उच्च छ। यदि हामी बाबाको श्रीमतमा चल्यौं भने बेहदका बाबाको वर्सा
पाउनेछौं। यादबाट नै सदा स्वस्थ बन्छौं। प्राचीन भारतवर्षको योग प्रसिद्ध छ। बाबा
भन्नुहुन्छ– मलाई याद गर्दागर्दै तिमी पवित्र बन्छौ, पाप भस्म भएर जान्छ। बाबाको
यादमा शरीर छोड्यौ भने मेरो पासमा आउँछौ। यो पुरानो दुनियाँ खतम हुन्छ। यो त्यही
महाभारतको लडाइँ हो। जो बाबाको बनेका छन् तिनीहरूको नै विजय हुनु छ। यो राजधानी
स्थापना भइरहेको छ। स्वर्गको मालिक बनाउनको लागि भगवानले राजयोग सिकाउनु हुन्छ। फेरि
माया रावणले नर्कको मालिक बनाउँछ। त्यो श्राप मिलेजस्तै हो।
बाबा भन्नुहुन्छ–
प्यारा बच्चाहरू! मेरो मतमा तिमी स्वर्गवासी भव। फेरि जब रावणराज्य सुरुहुन्छ तब
रावणले भन्छ– हे ईश्वरका बच्चाहरू! नर्कवासी भव। नर्कपछि फेरि स्वर्ग अवश्य आउनु छ।
यो नर्क हो नि। यहाँ कति मारामार चलेको छ। सत्ययुगमा लडाइँ-झगडा हुँदैन। भारतवर्ष
नै स्वर्ग थियो, अरू कुनै राज्य थिएन। अहिले भारतवर्ष नर्क छ, अनेक धर्महरू छन्।
गायन गरिन्छ– अनेक धर्मको विनाश, एक धर्मको स्थापना गर्न मलाई आउनुपर्छ। मैले एकै
पटक अवतार लिन्छु। बाबालाई आउनु छ– पतित दुनियाँमा। बाबा तब आउनु हुन्छ जब पुरानो
दुनियाँ खतम हुनु छ। त्यसको लागि लडाइँ पनि हुनुपर्छ।
बाबा भन्नुहुन्छ–
प्यारा बच्चाहरू! तिमी अशरीरी आएका थियौ, ८४ जन्मको पार्ट पूरा गरेर फेरि फर्केर
जानु छ। मैले तिमीलाई पतितबाट पावन बनाएर फर्काएर लिएर जान्छु। हिसाब त छ नि। ५
हजार वर्षमा देवताहरूले ८४ जन्म लिन्छन्। सबैले त ८४ जन्म लिँदैनन्। अब बाबा
भन्नुहुन्छ– मलाई याद गर र वर्सा लेऊ। सृष्टिको चक्र बुद्धिमा घुम्नुपर्छ। हामी
कलाकार हौं नि। कलाकार भएर ड्रामाको रचयिता, निर्देशक, मुख्य कलाकारलाई चिन्दैनन्
भने तिनीहरू बेसमझ ठहरिए। यसबाट दुनियाँ कति कङ्गाल बनेको छ। फेरि बाबा आएर समृद्ध
बनाउनु हुन्छ। बाबा सम्झाउनु हुन्छ– तिमी स्वर्गमा थियौ फेरि तिमीले ८४ जन्म त
अवश्य लिनुपर्छ। अहिले तिम्रा ८४ जन्म पूरा भए। यो अन्तिम जन्म बाँकी छ। भगवानुवाच,
भगवान त सबैको एक हुनुहुन्छ। कृष्णलाई अरू सबै धर्मावलम्बीले भगवान मान्दैनन्।
निराकारलाई नै मान्छन्। उहाँ सबै आत्माहरूको पिता हुनुहुन्छ। भन्नुहुन्छ– म धेरै
जन्मको अन्त्यको जन्ममा आएर यिनमा प्रवेश गर्छु। रजाइँ स्थापना हुन्छ फेरि विनाश
सुरुहुन्छ अनि म जाने छु। यो हो महायज्ञ, अरू जति पनि यज्ञ आदि छन् ती सबै यसमा
स्वाहा हुन्छन्। सारा दुनियाँको किचडा यसमा पर्छ र फेरि कुनै यज्ञ रचिँदैन।
भक्तिमार्ग पूरा हुन्छ। सत्ययुग त्रेतापछि फेरि भक्ति सुरुहुन्छ। अब भक्ति पूरा
हुन्छ। त्यसैले यो महिमा सारा शिवबाबाको हो। उहाँका यति धेरै नाम राखिदिएका छन् तर
जान्न त केही पनि जान्दैनन्। उहाँ त शिव हुनुहुन्छ फेरि रुद्र, सोमनाथ, पितारीनाथ
पनि भन्छन्। एकका अनेक नाम राखिदिएका छन्। जस्तो-जस्तो सेवा गर्नु भएको छ त्यस्तै
नाम राखिएका छन्। तिमीलाई सोमरस पिलाइरहनु भएको छ। तिमी माताहरू स्वर्गको द्वार
खोल्ने निमित्त बनेका छौ। वन्दना पवित्रको नै हुन्छ। अपवित्रले पवित्रको वन्दना
गर्छन्। कन्यालाई सबैले ढोग्छन्। यी ब्रह्माकुमार-कुमारीहरूले यो दुनियाँको उद्धार
गरिरहेका छन्। पवित्र बनेर बाबाबाट पवित्र दुनियाँको वर्सा लिनु छ। गृहस्थ व्यवहारमा
रहँदा रहँदै पवित्र बन्नु छ, यसमा मेहनत छ। काम महाशत्रु हो। काम विना रहन सक्दैनन्
अनि तिनीहरूले पिट्न थाल्छन्। रुद्र यज्ञमा अबलाहरूमाथि अत्याचार हुन्छ। पिटाई खाँदा
खाँदा आखिर उनीहरूको पापको घडा भरिएपछि विनाश हुन्छ। धेरै बच्चीहरू छन्, जसले
कहिल्यै बाबालाई देखेका छैनन्, तर लेख्छन्– बाबा मैले हजुरलाई चिनेकी छु। हजुरबाट
वर्सा लिनको लागि पवित्र अवश्य बन्नेछु। बाबा सम्झाउनु हुन्छ– शास्त्र पढ्नु, तीर्थ
आदि गर्नु, यी सबै भक्तिमार्गका जिस्मानी यात्रा त गर्दै आयौ। अब तिमीलाई फर्केर
जानु छ। त्यसैले मसँग योग लगाऊ। अन्य सङ्ग तोडेर एक मसँग जोड्यौ भने तिमीलाई साथमा
लिएर जाने छु फेरि स्वर्गमा पठाइदिन्छु। त्यो हो शान्तिधाम, यो हो दु:खधाम। अहिले
यस दु:खधाममा रहँदा शान्तिधाम-सुखधामलाई याद गर्यौ भने फेरि तिमी स्वर्गमा आउँछौ।
तिमीले ८४ जन्म लिएका छौ। वर्ण फेरिदै जान्छन्। पहिलो हो ब्राह्मणहरूको शिखा फेरि
देवतावर्ण, क्षत्रियवर्ण बाजोली खेल्छन् नि। फेरि अहिले हामी ब्राह्मणबाट देवता
बन्छौं। यो चक्र घुमिरहन्छ, यसलाई जानेपछि चक्रवर्ती राजा बन्छौ। बेहदका बाबाबाट
बेहदको वर्सा हुनुपर्छ। त्यसैले अवश्य बाबाको मतमा चल्नुपर्छ। तिमीले सम्झाउँछौ–
निराकार परम आत्माले आएर यस साकार शरीरमा प्रवेश गर्नु भएको छ। हामी आत्माहरू जब
निराकारी हुन्छौं तब त्यहाँ रहन्छौं। यी सूर्य-चन्द्रमा बत्तीहरू हुन्। यसलाई बेहदको
दिन र रात भनिन्छ। सत्ययुग त्रेता दिन, द्वापर कलियुग रात। बाबा आएर सद्गतिको मार्ग
बताउनु हुन्छ। यसबाट कति राम्रो ज्ञान मिल्छ। सत्ययुगमा हुन्छ सुख, फेरि अलिअलि कम
हुँदै जान्छ। सत्ययुगमा १६ कला, त्रेतामा १४ कला... यी सबै बुझ्नुपर्ने कुरा हुन्।
त्यहाँ कहिल्यै अकालमा मृत्यु हुँदैन। रूने, लडाइँ झगडाको कुरा हुँदैन, सारा आधार
पढाइमा छ। पढाइद्वारा नै मनुष्यबाट देवता बनिन्छ। भगवानले पढाउनु हुन्छ, भगवान भगवती
बनाउनको लागि। त्यो पाइ पैसाको पढाइ हो। यो पढाइ हो हीरा जस्तो। केवल यस अन्तिम
जन्ममा पवित्र बन्ने कुरा छ। यो हो अति सहज राजयोग। कानुन आदि पढ्न त्यति सहज छैन।
यहाँ त बाबा र चक्रलाई याद गर्नाले चक्रवर्ती राजा बन्छौ। बाबालाई नजान्नु मतलब केही
पनि नजान्नु। बाबा स्वयं विश्वको मालिक बन्नुहुन्न, बच्चाहरूलाई बनाउनु हुन्छ।
शिवबाबा भन्नुहुन्छ– यी ब्रह्मा महाराजा बन्छन्, म बन्दिन। म निर्वाणधाममा बस्छु,
बच्चाहरूलाई विश्वको मालिक बनाउँछु। सच्चा सच्चा निष्काम सेवा निराकार परमपिता
परमात्माले नै गर्न सक्नुहुन्छ, मनुष्यले गर्न सक्दैनन्। ईश्वरलाई पाएपछि सारा
विश्वको मालिक बन्छौ। धरती आकाश सबैको मालिक बन्छौ। देवताहरू विश्वको मालिक थिए नि।
अहिले त कति विभाजन भएका छन्। अब फेरि बाबा भन्नुहुन्छ– मैले तिमीलाई विश्वको मालिक
बनाउँछु। स्वर्गमा तिमी नै थियौ। भारतवर्ष विश्वको मालिक थियो, अहिले कङ्गाल छ। फेरि
यी माताहरूद्वारा विश्वको मालिक बनाउँछु। माताहरूको ठुलो सङ्ख्या छ त्यसैले वन्दे
मातरम् भनिन्छ। समय थोरै छ, शरीरको भरोसा छैन। मर्नु त सबैलाई छ। अहिले सबैको
वानप्रस्थ अवस्था हो, सबै फर्केर जानु छ। यो कुरा भगवानले पढाउनु हुन्छ। उहाँलाई
ज्ञानसागर, शान्तिका सागर, आनन्दका सागर भनिन्छ। उहाँले नै फेरि यस्ता सर्वगुण
सम्पन्न, १६ कला सम्पूर्ण पवित्र बनाउनु हुन्छ। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको नम्बरवार पुरुषार्थ अनुसार याद-प्यार एवं
गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी
बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) यो पढाइले हीरा जस्तो बनाउँछ, त्यसैले यसलाई राम्ररी पढ्नु छ र अरू सबै सङ्गत
तोडेर एक बाबासँग जोड्नु छ।
२) श्रीमतमा चलेर
स्वर्गको पूरा वर्सा लिनु छ। हिंड्दा डुल्दा स्वदर्शनचक्र फिराइरहनु छ।
वरदान:–
मेरोपनलाई छोडी
ट्रस्टी बनेर सेवा गर्ने सदा सन्तुष्ट आत्मा भव
लौकिक परिवारमा रहँदा,
सेवा गर्दा सदा याद रहोस्– म ट्रस्टी हुँ, सेवाधारी हुँ। सेवा गर्दा अलिकति पनि
मेरोपन नरहोस् तब सन्तुष्ट रहनेछौ। जब मेरोपन आउँछ तब हैरान हुनेछौ, सोच्छौ– मेरो
बच्चाले यस्तो गर्छ.... त्यसैले जहाँ मेरोपन हुन्छ त्यहाँ हैरानी हुन्छ र जहाँ
तेरो-तेरो हुन्छ त्यहाँ तैरिन थाल्नेछौ। तेरो-तेरो भन्नु अर्थात् स्वमानमा रहनु,
मेरो-मेरो भन्नु अर्थात् अभिमानमा आउनु।
स्लोगन:–
जसको बुद्धिमा
हर समय बाबा र श्रीमतको स्मृति रहन्छ, उसलाई भनिन्छ दिलैदेखि समर्पित आत्मा।