16.03.19          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे आफूलाई आत्मा भाइ-भाइ सम्झेर एक-अर्कासँग रूहानी प्रेम राख, सतोप्रधान बन्नु छ भने कसैको कमी कमजोरी नहेर।

प्रश्न:
कुन आधारमा बाबा सँग पद्मको वर्सा लिन सक्छौ?

उत्तर:
बाबा सँग पद्मको वर्सा लिनको लागि यादको यात्रामा रहनु छ। एक बाबा सिवाय अरू सबै कुरा भुल्दै जाऊ। फलानोले यस्तो गर्छ, त्यो यस्तो छ... यी कुरामा समय खेर नफाल। गन्तव्य उच्च छ त्यसैले सदा सतोप्रधान बन्ने लक्ष्य रहनु पर्छ। बाबाको प्रेममा डुबिराख, आफ्नो सूक्ष्म चेकिङ्ग गरिराख तब पूरा वर्सा लिन सक्छौ।

ओम् शान्ति ।
अब तिमी बच्चाहरू जो बसेका छौ, उनलाई यो थाहा छ बेहदका बाबाले फेरि सतोप्रधान बनाइरहनु भएको छ, मूल युक्ति यही बताइरहनु भएको छ आफूलाई आत्मा भाइ-भाइ सम्झ। तिम्रो आपसमा धेरै-धेरै रूहानी प्रेम हुनु पर्छ यही मुख्य शिक्षा दिनु हुन्छ। पहिले तिम्रो थियो, अहिले छैन। मूलवतनमा त प्रेमको कुरा रहँदैन। बेहदका बाबा आएर शिक्षा दिनु हुन्छ प्यारा बच्चाहरू! आजभोलि गर्दा गर्दै समय बित्दै गइरहेको छ। दिन, महिना, वर्ष बित्दै गइरहेको छ। बाबाले बताउनु भएको छ तिमी यी लक्ष्मी-नारायण समान थियौ, कसले तिमीलाई यस्तो बनाएको थियो? बाबाले। तिमी तल कसरी झरेका हौ, यो पनि बाबाले बताउनु भएको छ। माथि देखि लिएर तल उत्रदा-उत्रदा समय बित्दै गइरहेको छ। त्यो दिन गयो, महिना गयो, वर्ष गयो, समय गयो। तिमीलाई थाहा छ पहिले-पहिले हामी सतोप्रधान थियौं। हाम्रो आपसमा धेरै लव थियो। बाबाले तिमीहरू सबै भाइहरूलाई शिक्षा दिनु भएको छ, तिमी भाइ-भाइहरूको आपसमा धेरै प्रेम हुनु पर्छ। म तिम्रो पिता हुँ। कति प्यारले म तिमीलाई सम्हाल्छु। तिमीलाई तमोप्रधानबाट सतोप्रधान बनाइदिन्छु। तिम्रो लक्ष्य-उद्देश्य हो नै सतोप्रधान बनाउने। सम्झन्छौ जति-जति हामी सतोप्रधान बन्दै जान्छौ, त्यति खुशी पनि आउँदै जान्छ। हामी सतोप्रधान थियौं। हामी भाइ-भाइ आपसमा धेरै प्रेमले रहन्थ्यौं। अब बाबाद्वारा हामीलाई थाहा भएको छ, हामी देवताहरू आपसमा धेरै प्रेम सँग रहन्थ्यौं। यी देवताहरूको र स्वर्गको धेरै महिमा छ। तिमी पनि स्वर्गको बासिन्दा थियौ। फेरि आजभोलि गर्दा-गर्दै तल आउँदै गयौ। एक गते देखि लिएर आज आएर ५ हजार वर्षमा बाँकी केही वर्ष मात्रै रहेको छ। सुरु देखि लिएर तिमी कस्तो पार्ट बजाउँदै आयौ, त्यो सबै बुद्धिमा छ। अब देह-अभिमान भएको कारण एक अर्कामा त्यो प्यार छैन। एक अर्काको कमी कमजोरी निकालिरहन्छन्। फलाना यस्तो छ... जब देही-अभिमानी थियौ तब यस्तो कसैको कमी कमजोरी निकाल्दैनथ्यौ। आपसमा धेरै प्रेम थियो। अब फेरि त्यही अवस्था धारण गर्नु छ। यहाँ त एक अर्कालाई त्यस दैहिक दृष्टिले हेरेमा आपसमा लडाई झगडा गर्छन्। फेरि यो बन्द कसरी हुन्छ? यो पनि बाबा सम्झाउनु हुन्छ प्यारा बच्चाहरू! तिमी नै सतोप्रधान पूज्य देवी देवता थियौ। फेरि बिस्तारै बिस्तारै तल गिर्दै तिमी तमोप्रधान बनेका हौ। तिमी कति मीठो थियौ। अब फेरि यस्तै मीठो बन। तिमी सुखदायी थियौ, अब दु:खदायी बनेका छौ। रावण राज्यमा एक अर्कालाई दु:ख दिन काम कटारी चलाउन लागेका हौ। जब सतोप्रधान थियौ तब काम कटारी चलाउँदैनथ्यौ। यी ५ विकार तिम्रो कति ठूला शत्रु हुन्। यो हो नै विकारी दुनियाँ। यो पनि तिमीलाई थाहा छ राम राज्य कसलाई भनिन्छ र रावण राज्य कसलाई भनिन्छ। आजभोलि गर्दा गर्दै सत्ययुग, त्रेता, द्वापर पूरा भयो। अब कलियुग पनि पूरा हुनेवाला छ। तिमी नै सतोप्रधानबाट तमोप्रधान बन्यौ। तिम्रो रूहानी खुशी गायब भयो। आयु पनि तिम्रो छोटो भयो। अब म आएको छु, तिमीलाई अवश्य सतोप्रधान बनाउनेछु। पतित-पावन आउनुहोस् भनेर तिमीले नै बोलायौ। बाबा सम्झाउनु हुन्छ ५ हजार वर्षपछि जब संगमयुग आउँछ तब म आउँछु। अब तिमी आफूलाई आत्मा सम्झेर बाबालाई याद गर। जति याद गर्नेछौ त्यत्ति कमी कमजोरीहरू निस्कदै जान्छन्। तिमी जब सतोप्रधान थियौ तब तिमीमा कुनै पनि कमी कमजोरी थिएन। तिमी आफूलाई देवी-देवता कहलाउँथ्यौ। अब ती कमी कमजोरीहरू कसरी निस्कन्छन्? आत्मालाई नै अशान्ति हुन्छ। अब आफ्नो जाँच गर्नु छ हामी अशान्त किन बन्यौं? जब हामी भाइ-भाइ थियां तब हाम्रो धेरै प्रेम थियो। अब फेरि उहाँ बाबा आउनु भएको छ। भन्नुहुन्छ आफूलाई आत्मा भाइ-भाइ सम्झ। एक अर्को सँग प्रेम राख। देह-अभिमानमा आउनाले एक-अर्काको कमी कमजोरी देख्छौ। बाबा भन्नुहुन्छ तिमी उच्च पद प्राप्त गर्ने पुरुषार्थ गर। तिमीलाई थाहा छ हामीलाई बाबाले यस्तो वर्सा दिनु भएको थियो, हामीलाई भरिपूर्ण पार्नु भएको थियो। अब फेरि बाबा आउनु भएको छ भने हामी किन उहाँको मतमा चलेर पूरा वर्सा नलिने? हामी नै देवता थियौं फेरि ८४ जन्म लियौं।

तिमी मीठा प्यारा बच्चाहरू कति अडोल थियौ। कुनै मतभेद थिएन। कसैको निन्दा आदि गर्दैनथ्यौ। अहिले केही न केही कमी कमजोरी छ, त्यो सबै निकाल्नु छ। हामी सबै भाइ-भाइ हौं। एक बाबालाई नै याद गर्नु छ। हामी सतोप्रधान बनौं, यही धुन लागेको छ। फलाना यस्तो छ, यसले यस्तो गर्यो यी सबै कुरालाई भुल्नु छ। बाबा भन्नुहुन्छ यी सबै छोड, आफूलाई आत्मा सम्झ। अब सतोप्रधान बन्नको लागि पुरुषार्थ गर। देह-अभिमानमा आउनाले नै अवगुण देखिन्छ। आफूलाई आत्मा सम्झेर बाबालाई याद गर। भाइ-भाइको रूपमा हेर्यौ भने गुण नै गुण देखिन्छ। सबैलाई गुणवान् बनाउने कोशिश गर, कसैले उल्टो सुल्टो जे सुकै गरोस्। बुझिन्छ ऊ तमो वा रजोप्रधान छ भने उसको चाल यस्तो हुन्छ। सबै भन्दा धेरै गुण छ बाबामा। त्यसैले बाबा सँग नै गुण ग्रहण गर, अरू सबै कुरालाई छोडिदेऊ। अवगुण छोडेर, गुण धारण गर। बाबा कति गुणवान् बनाउनु हुन्छ। भन्नुहुन्छ, तिमी बच्चाहरूलाई पनि म समान गुणवान् बन्नु छ। बाबा सुखदायी हुनु हुन्छ। हामी पनि सुखदायी बन्नु छ। हामीलाई सतोप्रधान बन्नु छ बस्, यही धुन रहोस्। अरू कुनै कुरा न त सुन, नत ग्लानि गर। सबैमा कुनै न कुनै कमी कमजोरी छ। कमी कमजोरी पनि यस्तो छ जुन कसैले बुझ्न पनि सक्दैन। अरूले सम्झन्छन् यसमा कमी कमजोरी छ भनेर। उसले आफूलाई धेरै राम्रो सम्झन्छ। तर कहीँ न कहीँ उल्टो बोली निस्किहाल्छ। सतोप्रधान अवस्थामा यस्तो कुरा हुँदैन। यहाँ कमी कमजोरी छ तर नबुझ्नाको कारण आफूलाई मिया मिठ्ठू सम्झिएका छन्। बाबा भन्नुहुन्छ मिया मिठ्ठू एक म नै हुँ, जो तिमीहरू सबैलाई मिठ्ठू (राम्रो) बनाउन आएको छु। सबै अवगुण आदि छोडिदेऊ। आफ्नो नाडी पनि हेर, मैले कति मीठा प्यारा रूहानी बाबालाई प्यारले याद गर्छु? कति स्वयं बुझेर अरूलाई पनि बुझाउँछु? देह-अभिमानमा आयौ भने कुनै फाइदा छैन। मूल कुरा दुनियाँ तमोप्रधान छ यो सम्झाउनु छ। जब सतोप्रधान थियौ तब देवताहरूको राज्य थियो। अब ८४ जन्म भोगेर तमोप्रधान बनेका छौ, अब फेरि सतोप्रधान बन्नु छ। तमोप्रधान पनि भारतवर्षका नै बनेका छन् र सतोप्रधान पनि उनै बन्छन्। अरू कसैलाई सतोप्रधान भन्न सकिदैन। सत्ययुगमा कुनै धर्म हुँदैन। बाबा भन्नुहुन्छ तिमी अनेकौ पटक तमोप्रधानबाट सतोप्रधान बनेका हौ, अब फेरि बन। श्रीमतमा चलेर मलाई याद गर। यही चिन्तन हुनु पर्छ। शिरमा पाप धेरै छ, बाबाले अहिले जगाउनु भएको छ। देवताहरूको अगाडि गएर भन्छन् हामी विकारी छौ किनकि देवताहरूमा पवित्रताको आकर्षण हुन्छ त्यसैले उनीहरूको अगाडि गएर भन्छन् अनि घर गएर भुल्छन्। देवताहरूको अगाडि जाँदा आफै सँग घृणा आउँछ। घरमा गएपछि कुनै घृणा हुँदैन। ख्याल पनि गर्दैनन्, यिनीहरूलाई यस्तो बनाउनेवाला को हुनु हुन्छ? अब बाबा भन्नुहुन्छ देवता बन्नु छ भने यो पढाइ अवश्य पढ। श्रीमतमा चल। सबै भन्दा पहिला बाबा भन्नुहुन्छ आफूलाई सतोप्रधान बनाउनु छ भने म एकलाई याद गर, कुनै परचिन्तन नगर। स्व-चिन्तन चिन्ता गर हामीलाई यस्तो बन्नु छ। बाबा भन्नुहुन्छ तिमी नै आदि सनातन देवी-देवता धर्मवाला थियौ फेरि कहाँ गयौ! यिनको नै ८४ जन्मको कहानी लेखिएको छ। अब हामीलाई यस्तो बन्नु छ। दैवीगुण धारण गर्नु छ। भाइ-भाइ सम्झेर बाबालाई याद गर्नु छ। बाबा सँग वर्सा लिनु छ। बुद्धिमा आउनु पर्छ निन्दा-स्तुति त गरिरहन्छन्। वास्तवमा स्तुति (महिमा) त छँदै छैन, निन्दा मात्रै छ। जसको एकातर्फ स्तुति गर्छन्, अर्कातर्फ निन्दा पनि गर्छन् किनकि जानेकै छैनन्, एकातर्फ बाबाको महिमा गर्छन्, अर्कातर्फ सर्वव्यापी भनिदिन्छन्। ढुङ्गा-माटोमा परमात्मा भन्नाले बेमुख भएका छन्। विनाश काले विपरीत बेमुख बुद्धि विनशन्ती, विनाशकाले प्रीत सम्मुख बुद्धि विजयन्ती।

जति हुन सक्छ बाबालाई याद गर्ने कोशिश गर्नु छ। पहिला पनि याद गर्थ्यौ तर त्यो व्यभिचारी याद थियो। धेरैलाई याद गर्थ्यौ। अब बाबा भन्नुहुन्छ अव्यभिचारी यादमा रहनु। केवल म एकलाई याद गर। भक्ति मार्गका धेरै चित्र छन्, जसलाई तिमीले याद गर्दै आयौ। अब फेरि सतोप्रधान बन्नु छ। त्यहाँ भक्तिमार्ग नै छैन जो याद गर्नु परोस्। बाबा भन्नुहुन्छ हामी सतोप्रधान कसरी बनौं भन्ने चिन्ता राख। ज्ञान मिल्यो यो सृष्टि-चक्र कसरी घुम्छ, त्यो त सहज छ। ठीक छ, कसैले मुखले सम्झाउन सक्दैनन् भने पनि बुद्धिमा अवश्य आउँछ हामी सतोप्रधानबाट तमोप्रधान कसरी बन्यौं, अब फेरि सतोप्रधान बन्नु छ अवश्य। यदि कोही बोल्न सक्दैन भने भनिन्छ उसको आफ्नो भाग्य। भावी पनि हो। बाबाले धेरै सहज उपाय बताउनु भएको छ ब्याजमा सम्झाउन सहज छ, यहाँ हुनु हुन्छ बेहदको बाबा। उहाँबाट नै स्वर्गको वर्सा मिल्छ। बाबा अवश्य स्वर्गको स्थापना गर्नुहुन्छ। त्यो त अवश्य उहाँले नै गर्नुहुन्छ। शिव जयन्ती भन्नु नै स्वर्गको जयन्ती हो। स्वर्गमा हुन्छन् देवी-देवता, उनीहरू फेरि कसरी बन्छन्? उनीहरू यस पुरुषोत्तम संगमयुगको पढाइबाट बन्छन्। तिमी बच्चाहरूलाई पनि समझ मिलेको छ, फेरि अरूलाई पनि यो समझ दिनु छ। तिम्रो हो सहज ज्ञान र सहज योग, सहज वर्सा। तर यहाँ कोही पाई पैसाको वर्सा लिनेहरू पनि छन् भने पद्मको वर्सा लिने पनि छन्। सारा आधार पढाइमा छ। यादको यात्राबाट अरू सबै कुरा भुलिदेऊ। फलाना यस्तो छ... यसमा समय खेर नफाल। गन्तव्य धेरै उच्च छ। सतोप्रधान बन्नमा नै मायाले विघ्न पार्छ। पढाइमा विघ्न पर्दैन। बाबा भन्नुहुन्छ आफूलाई हेर मेरो कति स्नेह छ? स्नेह यस्तो होस् कि बाबा सँग टाँसिइरहोस्। सिकाउनेवाला बाबा हुनु हुन्छ। यिनको आत्माले सिकाउँदैन, यिनले पनि सिक्छन्। बाबा हजुरले हामीलाई कति समझदार बनाउनु हुन्छ। उच्च भन्दा उच्च त हजुर हुनु हुन्छ फेरि मनुष्य सृष्टिमा पनि हजुरले हामीलाई कति उच्च बनाउनु हुन्छ। यसरी मनमा बाबाको महिमा गर्नु पर्छ। बाबा हजुर कति कमाल गर्नुहुन्छ। बाबा भन्नुहुन्छ प्यारा बच्चाहरू! तिमी फेरि आफ्नो राज्य लेऊ, म एकलाई याद गर, खुशीले। आफू सँग सोध्नु छ हामीले बाबालाई कति याद गर्छौं? भनिन्छ खुशी जस्तो खुराक छैन। बाबा मिलेकोमा पनि खुशी छ तर यति खुशी बच्चाहरूलाई मनमा रहँदैन। नत्र विवेकले भन्छ धेरै खुशी रहनु पर्छ। यस पढाइबाट हामी यस्तो राजा बन्नेवाला छौं। बेहदका बाबाको हामी सन्तान हौं। सुप्रिम बाबाले हामीलाई पढाउनु हुन्छ। बाबा कति रहमदिल हुनु हुन्छ, तिमी बच्चाहरूलाई बसेर नयाँ-नयाँ कुरा सुनाउनु हुन्छ। अहिले तिम्रो बुद्धिमा धेरै नयाँ-नयाँ कुरा छन् जुन अरू कसैको बुद्धिमा छैन। अच्छा

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) देही-अभिमानी अवस्था धारण गरेर सुखदायी बन्नु छ। कसैको पनि कमी कमजोरी देख्नु हुँदैन। आपसमा धेरै प्यार सँग रहनु छ, मतभेदमा आउनु छैन।

२) अरू सबै कुरालाई छोडेर एक बाबाबाट गुण ग्रहण गर्नु छ। सतोप्रधान बन्ने चिन्ता राख्नु छ। कसैको कुरा नत सुन्नु छ, न ग्लानि गर्नु छ। मिया मिठ्ठू नबन।

वरदान:
लाइटको आधारमा ज्ञान-योगको शक्तिहरूको प्रयोग गर्ने प्रयोगी आत्मा भव

जसरी प्रकृतिको लाइटले विज्ञानका अनेक प्रकारको प्रयोग प्राक्टिकलमा गरेर देखाउँछन्, त्यसैगरी तिमीले अविनाशी परमात्म-लाइट, आत्मिक-लाइट, साथ-साथै प्राक्टिकल स्थितिको लाइटद्वारा ज्ञान योगको शक्तिहरूको प्रयोग गर। यदि स्थिति र स्वरूप डबल लाइट छ भने प्रयोगको सफलता धेरै सहज हुन्छ। जब हरेकले स्वयंप्रति प्रयोग गर्न लाग्छन् तब प्रयोगी आत्माहरूको शक्तिशाली संगठन बन्छ।

स्लोगन:
विघ्नहरूको अंश र वंशलाई समाप्त गर्नेवाला नै विघ्न-विनाशक हो।