16.03.20          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे तिमी हरू मा ज्ञानबाट राम्रो जागृति आएको छ । तिमीले आफ्नो ८४ जन्म हरू लाई , निराकार र साकार बाबालाई जानेका छौ , तिम्रो भड्काइ बन्द भयो।

प्रश्न:
ईश्वरको गति-मति निराला भनेर किन गायन गरिएको हो?

उत्तर:
(१) किनकि उहाँले यस्तो मत दिनुहुन्छ जसबाट तिमी ब्राह्मण सबैभन्दा भिन्न बन्छौ। तिमीहरू सबैको एक मत हुन्छ। (२) एक ईश्वर नै हुनुहुन्छ, जसले सबैको सद्गति गर्नुहुन्छ। पुजारीबाट पूज्य बनाउनु हुन्छ, त्यसैले उहाँको गति मति भिन्नै छ, जसलाई तिमी बच्चाहरू सिवाय कसैले बुझ्न सक्दैन।

ओम् शान्ति ।
तिमी बच्चाहरूलाई थाहा छ, बच्चाहरूको यदि स्वास्थ्य ठीक भएन भने बाबा भन्नुहुन्छ यहाँ सुत्न सक्छौ। यसमा केही फरक पर्दैन किनकि सिकीलधे बच्चा हौ अर्थात् ५ हजार वर्षपछि फेरि आएर मिलेका छौ। कोसँग मिलेका छौ? बेहदका बाबासँग। यो पनि तिमी निश्चय भएका बच्चाहरूले जानेका छौ, अवश्य पनि हामी बेहदका बाबासँग मिलेका छौं किनकि पिता हुन्छन् नै एक हदका र अर्का बेहदका। दु:खमा सबैले बेहदका बाबालाई याद गर्छन्। सत्ययुगमा एउटै लौकिक बाबालाई याद गर्छन् किनकि त्यो हो नै सुखधाम। लौकिक पिता उनलाई भनिन्छ जसले यस लोकमा जन्म दिन्छन्। पारलौकिक बाबाले त एकै पटक आएर तिमीलाई आफ्नो बनाउनु हुन्छ। तिमी रहन पनि बाबाको साथ अमरलोकमा रहन्छौ, जसलाई परलोक, परमधाम भनिन्छ। त्यो सबैभन्दा टाढाको धाम हो। स्वर्गलाई सबैभन्दा टाढाको धाम भनिदैन। स्वर्ग नर्क यहाँ नै हुन्छ। नयाँ दुनियाँलाई स्वर्ग, पुरानो दुनियाँलाई नर्क भनिन्छ। अहिले हो पतित दुनियाँ, पुकार्छन् पनि हे पतित-पावन आउनुहोस्। सत्ययुगमा यस्तो भनिदैन। जबदेखि रावण राज्य हुन्छ तब पतित बन्छन्, त्यसलाई भनिन्छ ५ विकारको राज्य। सत्ययुगमा हुन्छ नै निर्विकारी राज्य। भारतवर्षको कति धेरै महिमा छ। तर विकारी भएकाले यसको महिमालाई जानेका छैनन्। जब यी लक्ष्मी-नारायणले राज्य गर्थे तब सम्पूर्ण विश्व निर्विकारी थियो। अहिले त्यो राज्य छैन। त्यो राज्य कहाँ गयो यी पत्थर बुद्धिलाई थाहा छैन। अरू सबैले आ-आफ्नो धर्म स्थापकलाई जानेका छन्, यिनै हिन्दुहरू मात्र हुन् जसले न आफ्नो धर्मलाई जानेका छन्, न धर्म स्थापकलाई चिन्छन्। अरू धर्मकाले आफ्नो धर्मलाई त जानेका छन् तर त्यो धर्म फेरि कहिले स्थापन गर्न आउँछन्, यो जानेका छैनन्। सिक्खहरूलाई पनि यो थाहा छैन हाम्रो सिक्ख धर्म पहिला थिएन। गुरुनानकले आएर स्थापन गरे, फेरि अवश्य सुखधाममा रहँदैन। अनि गुरुनानक आएर फेरि स्थापना गर्नेछन् किनकि विश्वको इतिहास-भूगोल दोहोरिन्छ नि। क्रिश्चियन धर्म पनि थिएन फेरि स्थापन भयो। पहिला नयाँ दुनियाँ थियो, एक धर्म थियो। केवल तिमीहरू मात्रै थियौ, एक धर्म थियो फेरि तिमीले ८४ जन्म लिंदै लिंदै यो पनि बिर्सिएका छौ हामी नै देवता थियौं। फेरि हामीले नै ८४ जन्म लिन्छौं। बाबा भन्नुहुन्छ तिमीले आफ्नो जन्मलाई जान्दैनौ, मैले बताउँछु। आधाकल्प रामराज्य थियो फेरि रावण राज्य भएको छ। पहिला हुन्छ सूर्यवंशी घराना फेरि चन्द्रवंशी घराना, रामराज्य। सूर्यवंशी लक्ष्मी-नारायणका घरानाको राज्य थियो, जो सूर्यवंशी लक्ष्मी-नारायणका घरानाका थिए, उनीहरूले ८४ जन्म लिएर अहिले रावणका घरानाका बनेका छन्। पहिला पुण्य आत्माहरूको घरानाका थिए, अहिले पाप आत्माहरूको घरानाका बनेका छन्। ८४ जन्म लिएका छन्, उनीहरूले त ८४ लाख भनिदिन्छन्। अब ८४ लाखलाई कसले बसेर विचार गर्ला? कसैको विचार चल्दै चल्दैन। अहिले तिमीलाई बाबाले सम्झाउनु भएको छ, तिमी बाबाको सामुन्ने बसेका छौ। निराकार बाबा र साकार बाबा दुवै प्रख्यात छन्। गायन पनि गर्छन् तर बाबालाई चिन्दैनन्, अज्ञान निद्रामा सुतेका छन्। ज्ञानबाट जागृति हुन्छ। उज्यालोमा मनुष्यले कहिल्यै ठक्कर खाँदैनन्। अन्धकारमा ठक्कर खान्छन्। यहाँ पूज्य थिए, अहिले पुजारी छन्। लक्ष्मी-नारायण पूज्य थिए नि, यिनीहरूले कसको पूजा गर्छन् र। आफ्नो चित्र बनाएर आफ्नै पूजा त गर्दैनन्। यो हुन सक्दैन। तिमी बच्चाहरूलाई थाहा छ हामी नै पूज्य थियौं, हामी नै पुजारी कसरी बन्छौं। यी कुरा अरू कसैले बुझ्न सक्दैनन्। बाबाले नै आएर सम्झाउनु हुन्छ। त्यसैले भन्छन् पनि ईश्वरको गति मति अलग्गै छ।

अहिले तिमी बच्चाहरूलाई थाहा छ बाबाले हाम्रो गति मति सारा दुनियाँ भन्दा भिन्नै गराइदिनु भएको छ। सारा दुनियाँमा अनेक मत-मतान्तर छन्, यहाँ तिमी ब्राह्मणहरूको छ एक मत। ईश्वरको मति र गति। गति अर्थात् सद्गति। सद्गतिदाता एउटै बाबा हुनुहुन्छ। गायन पनि गर्छन् सर्वका सद्गति दाता राम। तर राम कसलाई भनिन्छ, यो बुझ्दैनन्। भन्छन् जता हेरे पनि रामै राम छन्, यसलाई भनिन्छ अज्ञान अन्धकार। अन्धकारमा हुन्छ दु:ख, उज्यालोमा हुन्छ सुख। अन्धकारमा नै पुकार्छन् नि। बन्दना गर्नु अर्थात् बाबालाई बोलाउनु, भिख माग्छन् नि। देवताहरूका मन्दिरमा गएर भिख मागेको हो नि। सत्ययुगमा भिख माग्ने आवश्यकता पर्दैन। भिखारीलाई विपन्न भनिन्छ। सत्ययुगमा तिमी कति सम्बृद्ध थियौ, त्यसलाई भनिन्छ सम्पन्न। भारतवर्ष अहिले विपन्न छ। यो पनि कसैले बुझ्दैनन्। कल्पको आयु उल्टो-सुल्टो लेखिदिएकाले मनुष्यको दिमागै परिवर्तन भएको छ। बाबाले बसेर धेरै प्यारले सम्झाउनु हुन्छ। कल्प पहिला पनि तिमी बच्चाहरूलाई सम्झाएको थिएँ, म पतित-पावन बाबालाई याद गर्यौ भने तिमी पावन बन्छौ। पतित कसरी बनेका हौ, विकारको मैला परेको छ। सबै मनुष्यमा खिया लागेको छ। अब त्यो खिया कसरी निकाल्ने? मलाई याद गर। देह-अभिमान छोडेर देही-अभिमानी बन। आफूलाई आत्मा सम्झ। पहिला तिमी हौ आत्मा त्यसपछि शरीर लिन्छौ। आत्मा त अमर छ, शरीर मर्छ। सत्ययुगलाई भनिन्छ अमरलोक। कलियुगलाई भनिन्छ मृत्युलोक। दुनियाँमा यो कुरा कसैले पनि जानेका छैनन् पहिला अमरलोक थियो फेरि मृत्युलोक कसरी बन्यो। अमरलोक अर्थात् अकालमा मृत्यु हुँदैन। त्यहाँ आयु पनि लामो हुन्छ। त्यो हो नै पवित्र दुनियाँ।

तिमी राजऋषि हौ। ऋषि पवित्रलाई भनिन्छ। तिमीलाई पवित्र कसले बनायो? उनलाई बनाउँछन् शंकराचार्यले, तिमीलाई बनाइरहनु भएको छ शिवाचार्यले। यो कहीं पढेका थिएनौ। यिनीद्वारा तिमीलाई शिवबाबाले आएर पढाउनु हुन्छ। शंकराचार्यले त गर्भबाट जन्म लिए, कोही पनि माथिबाट अवतरित भएका होइनन्। बाबा त यिनमा प्रवेश गर्नुहुन्छ, आउनु हुन्छ, जानुहुन्छ, मालिक हुनुहुन्छ, जसमा चाहनु हुन्छ उनमा जान सक्नुहुन्छ। बाबाले सम्झाउनु भएको छ, कसैको कल्याण गर्नको लागि म प्रवेश गर्छु। आउन त पतित तनमा नै आउँछु नि। धेरैको कल्याण गर्छु। बच्चाहरूलाई सम्झाएको छु माया पनि कम छैन। कहिलेकाहीँ ध्यानमा माया प्रवेश गरेर उल्टो सुल्टो भन्न लगाउँछ, त्यसैले बच्चाहरूले धेरै सम्हाल गर्नु पर्छ। कतिमा जब माया प्रवेश गर्छ अनि भन्छन् म शिव हुँ, फलाना हुँ। माया धेरै दुष्ट छ। यो को प्रवेश गरेको हो? समझदार बच्चाहरूले राम्ररी बुझ्न सक्छन्। उहाँको शरीर त यही हुन्छ नि। बाँकी अरूको हामीले सुन्ने नै किन! यदि सुन्ने हो भने बाबासँग सोध यो कुरा ठिक हो वा होइन? बाबाले तुरुन्तै बुझाइदिनु हुन्छ। कति ब्राह्मणीहरूले पनि यो कुरालाई के हो भन्ने जानेका छैनन्। कसैमा त यस्तो प्रवेश हुन्छ जसले थप्पड पनि मारिदिन्छ, गाली पनि गर्न लाग्छ। तर बाबाले कहाँ गाली गर्नु हुन्छ र। यी कुरालाई पनि कति बच्चाहरूले जान्न सक्दैनन्। फस्टक्लास बच्चाहरूले पनि कहीं न कहीं बिर्सिन्छन्। सबै कुरा सोध्नु पर्छ किनकि धेरैमा मायाले प्रवेश गर्छ। फेरि ध्यानमा गएर के-के भनिरहन्छन्। यसमा पनि धेरै सम्हाल्नु पर्छ। बाबालाई पूरा समाचार दिनु पर्छ। फलानामा मम्मा आउनु हुन्छ, फलानामा बाबा आउनु हुन्छ यी सबै कुरालाई छोडेर बाबाको एउटै आदेश छ म एकलाई याद गर। बाबालाई र सृष्टि-चक्रलाई याद गर। रचयिता र रचनाको स्मरण गर्नेको अनुहार सदैव हर्षित हुन्छ। धेरै यस्ता पनि छन् जसलाई यादै हुँदैन। कर्म-बन्धन धेरै भारी छ। विवेकले भन्छ जब बेहदका बाबा मिलिसक्नु भएको छ, उहाँले भन्नुहुन्छ मलाई याद गर, अनि हामी उहाँलाई किन याद नगर्ने? जे भए पनि बाबासँग सोध। बाबाले सम्झाउनु हुन्छ अझै कर्मभोग त रहेको छ नि। कर्मातित अवस्था भएपछि तिमी सदैव हर्षित रहन्छौ। तबसम्म केही न केही हुन्छ। यो पनि जानेका छौ मिरुआ मौत मलूका शिकार। विनाश त हुनु नै छ। तिमी फरिश्ता बन्छौ। बाँकी थोरै दिन यस दुनियाँमा रहन्छौ, त्यसपछि तिमी बच्चाहरूलाई यो स्थूल वतन मन पर्दैन। सूक्ष्म वतन र मूलवतन मन पर्छ। सूक्ष्म वतनवासीलाई भनिन्छ फरिश्ता। जब तिमी कर्मातित अवस्थामा पुग्छौ, त्यो धेरै कम समयको लागि बन्छौ। सूक्ष्मवतनमा हाड मासु हुँदैन। हाड मासु नै भएन भने बाँकी के नै रह्यो? केवल सूक्ष्म शरीर हुन्छ। यस्तो होइन, निराकार बन्छन्। होइन, सूक्ष्म आकार हुन्छ। उहाँको भाषा, इशारा (मूवी)मा चल्छ। आत्मा आवाज भन्दा पर छ। त्यसलाई भनिन्छ सूक्ष्म वतन। सूक्ष्म आवाज हुन्छ। यो हो आवाज (टकी) को दुनियाँ। फेरि इशारा अनि शान्ति (साइलेन्स)। यहाँ बोलचाल हुन्छ। यो ड्रामाको बनिबनाऊ पार्ट हो। त्यहाँ हुन्छ साइलेन्स। त्यो मुवी र यो टकी। यी तिनै लोकलाई याद गर्ने पनि विरलै होलान्। बाबा सम्झाउनु हुन्छ प्यारा बच्चाहरू! सजायबाट बच्नको लागि कम्तीमा ८ घण्टा कर्मयोगी बनेर कर्म गर, ८ घण्टा आराम गर र ८ घण्टा बाबालाई याद गर। यसै अभ्यासबाट तिमी पावन बन्छौ। निदाउनु, कुनै बाबाको याद होइन। यस्तो पनि कसैले नसम्झियोस् बाबाका त हामी बच्चा हौं नै, त्यसैले याद किन गर्नु पर्यो? होइन, बाबाले त भन्नुहुन्छ मलाई त्यहाँ याद गर। आफूलाई आत्मा सम्झेर म पितालाई याद गर। जबसम्म योगबलबाट तिमी पवित्र बन्दैनौ तबसम्म तिमी घरमा पनि जान सक्दैनौ। नत्र फेरि सजाय खाएर जानु पर्छ। सूक्ष्मवतन मूलवतनमा जानु छ अनि आउनु छ स्वर्गमा। बाबाले सम्झाउनु भएको छ पछि गएर अखबारमा पनि छापिन्छ, अझै धेरै समय बाँकी छ। यति विशाल राजधानी स्थापना हुन्छ। भारतको पनि पूर्व, पश्चिम, उत्तर, दक्षिण कति छ। अब अखबारहरूबाटै आवाज निस्किन्छ। बाबा भन्नुहुन्छ मलाई याद गर्यौ भने तिम्रो पाप काटिन्छ। बोलाउँछन् पनि हे पतित-पावन, मुक्तिदाता हामीलाई दु:खबाट छुटाउनुहोस्। बच्चाहरूलाई थाहा छ ड्रामा योजना अनुसार विनाश त हुनु नै छ। यो लडाईंपछि फेरि शान्ति नै शान्ति हुन्छ, सुखधाम हुन्छ। सारा उथलपुथल हुन्छ। सत्ययुगमा हुन्छ नै एक धर्म। कलियुगमा हुन्छन् अनेक धर्म। यो त कसैले पनि जान्न सक्छन्। सबैभन्दा पहिला आदि सनातन देवी-देवता धर्म थियो, जब सूर्यवंशी थिए, त्यतिबेला चन्द्रवंशी थिएनन् पछि चन्द्रवंशी हुन्छन्। पछि यो देवी-देवता धर्म प्राय: लोप हुन्छ। पछि अरू धर्मका आउँछन्। त्यो पनि जबसम्म उनीहरूको संस्था बन्दैन तबसम्म कहाँ थाहा हुन्छ र। अहिले तिमी बच्चाहरूले सृष्टिको आदि मध्य अन्त्यलाई जानेका छौ। तिमीलाई सोधिन्छ सिंढीमा किन केवल हिन्दुहरूलाई मात्र देखाइएको छ? भन, यो खेल यहाँ नै हुन्छ। आधाकल्प हुन्छ उनीहरूको पार्ट, अनि फेरि द्वापर, कलियुगमा अरू सबै धर्मका आउँछन्। सृष्टि-चक्रमा यो सारा ज्ञान छ। गोला त धेरै फस्टक्लास छ। सत्ययुग-त्रेतामा हुन्छ श्रेष्ठाचारी दुनियाँ। द्वापर कलियुग हुन्छ भ्रष्टाचारी दुनियाँ। अहिले तिमी संगममा छौ। यी ज्ञानका कुरा हुन्। यो ४ युगको चक्र कसरी घुम्छ यो कसैलाई पनि थाहा छैन। सत्ययुगमा यी लक्ष्मी-नारायणको राज्य हुन्छ। यिनीहरूलाई पनि कहाँ थाहा हुन्छ र। सत्ययुगपछि फेरि त्रेता आउँछ, त्रेतापछि फेरि द्वापर, कलियुग आउँछ। यहाँ पनि कतिलाई बिल्कुलै थाहा छैन। भन्न त भन्छन् तर कसरी चक्र घुम्छ, यो कसैले पनि जानेका छैनन्। त्यसैले बाबाले सम्झाउनु भएको छ गीतामा सारा जोड देऊ। सच्चा गीता सुन्यौ भने स्वर्गवासी बन्छौ। यहाँ शिवबाबाले स्वयं सुनाउनु हुन्छ, त्यहाँ मनुष्यले पढ्छन्। गीता पनि सबैभन्दा पहिला तिमीले पढ्छौ। भक्तिमा पनि सबैभन्दा पहिला त तिमी जान्छौ नि। शिवका पुजारी पहिला तिमी बन्छौ। तिमीले सबैभन्दा पहिला पूजा गर्नुपर्छ अव्यभिचारी, एक शिवबाबाको। सोमनाथको मन्दिर बनाउन कहाँ अरू कसैको तागत हुन्छ र। बोर्डमा कति प्रकारका कुरा लेख्न सक्छौ। यो पनि लेख्न सक्छौ सच्चा गीता सुनेर सत्यखण्डको मालिक बन्न सकिन्छ।

अहिले तिमी बच्चाहरूलाई थाहा छ हामी सच्चा गीता सुनेर स्वर्गवासी बनिरहेका छौं। जतिबेला तिमीले सम्झाउँछौ, भन्छन् हो, वास्तवमा ठीक हो, बाहिर गए पछि बिर्सिन्छन्। जहाँको तहीँ रहन्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) रचयिता र रचनाको ज्ञानको स्मरण गरेर सदा हर्षित रहनु छ। यादको यात्राबाट आफ्ना पुराना सबै कर्मबन्धन काटेर कर्मातित अवस्था बनाउनु छ।

२) ध्यान साक्षात्कारमा मायाको धेरै प्रवेशता हुन्छ, त्यसैले सम्हाल गर्नु पर्छ, बाबालाई खबर दिएर सल्लाह लिनु पर्छ, कुनै पनि भूल गर्नु हुँदैन।

वरदान:
मुरलीधरको मुरलीसँग प्रीत राख्ने सदा शक्तिशाली आत्मा भव

जुन बच्चाहरूको पढाइ अर्थात् मुरलीसँग प्यार छ, उनीहरूलाई सदा शक्तिशाली भवको वरदान मिल्छ, उनीहरूको सामुन्ने कुनै पनि विघ्न टिक्न सक्दैन। मुरलीधरसँग प्रीत राख्नु अर्थात् उहाँको मुरलीसँग प्रीत राख्नु। यदि कसैले भन्छन् मुरलीधरसँग त मेरो धेरै प्रीत छ तर पढाइको लागि समय छैन भन्छन् भने बाबा मान्नुहुन्न किनकि जहाँ लगन हुन्छ त्यहाँ कुनै बहाना हुँदैन। पढाइ र परिवारको प्यार किल्ला बन्छ, जसबाट उनीहरू सुरक्षित रहन्छन्।

स्लोगन:
हर परिस्थितिमा स्वयंलाई मोल्ड गर्यौ भने रियल गोल्ड बन्छौ।