16.04.19          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे बाबाले जुन शिक्षा दिनुहुन्छ, त्यसलाई व्यवहारमा ल्याऊ। प्रतिज्ञा गरेर आफ्नो वचनबाटहट्नु हुँदैन, आज्ञाको उल्लङ्घन गर्नु छैन।

प्रश्न:
तिम्रो पढाइको सार के हो? तिमीले कुनचाहिँ अभ्यास अवश्य गर्नुपर्छ?

उत्तर:
तिम्रो पढाइ हो वानप्रस्थमा जानको लागि। यस पढाइको सार हो वाणीभन्दा पर जानु। बाबाले नै सबैलाई वापस लैजानुहुन्छ। तिमी बच्चाहरू घर जानुभन्दा पहिले सतोप्रधान बन्नुपर्छ। यसको लागि एकान्तमा बसेर देही-अभिमानी रहने अभ्यास गर। अशरीरी बन्ने अभ्यासले नै आत्मालाई सतोप्रधान बनाउँछ।

ओम् शान्ति ।
आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्नाले तिमी तमोप्रधानबाट सतोप्रधान बन्छौ अनि फेरि यस्तो विश्वको मालिक बन्छौ। कल्प-कल्प तिमी यसरी नै तमोप्रधानबाट सतोप्रधान बन्छौ फेरि ८४ जन्ममा तमोप्रधान बन्छौ। फेरि बाबाले शिक्षा दिनुहुन्छ, आफूलाई आत्मा सम्झेर बाबालाई याद गर। भक्ति मार्गमा पनि तिमी याद गर्थ्यौ, तर त्यस समययमा मोटो बुद्धिको ज्ञान थियो। अब महीन बुद्धिको ज्ञान छ। यथार्थमा (प्राक्टिकलमा) बाबालाई याद गर्नु छ। यो पनि सम्झाउनु छ आत्मा पनि तारा (स्टार) जस्तै छ, बाबा पनि तारा जस्तै हुनुहुन्छ। केवल उहाँले पुनर्जन्म लिनुहुन्न, तिमीले लिन्छौ। त्यसैले तिमीलाई तमोप्रधान बन्नुपर्छ। फेरि सतोप्रधान बन्नको लागि मेहनत गर्नुपर्छ। मायाले घरी-घरी भुलाइदिन्छ। अब अभूल बन्नु छ, भूल गर्नु छैन। यदि भूल गर्दै गयो भने तिमी झन् तमोप्रधान बन्छौ। निर्देशन (डाइरेक्सन) मिल्छ आफूलाई आत्मा सम्झेर बाबालाई याद गर, ब्याट्रीलाई चार्ज गर्यौ भने तिमी सतोप्रधान विश्वको मालिक बन्छौ। शिक्षक (टीचर) ले त सबैलाई पढाउँछन्। विद्यार्थीहरूमा नम्बरवार पास हुन्छन्। नम्बरवार फेरि कमाई गर्छन्। तिमी पनि नम्बरवार पास हुन्छौ फेरि नम्बरवार पद पाउँछौ। कहाँ विश्वको मालिक, कहाँ प्रजा दास-दासी। जो विद्यार्थी राम्रा, सपूत, आज्ञाकारी, बफादार, फरमानबरदार हुन्छन् उनीहरू अवश्य पनि शिक्षकको मतमा चल्नेछन्। जति रजिस्टर राम्रो हुन्छ त्यति नै अंक बढी मिल्छ। त्यसैले बाबाले पनि बच्चाहरूलाई बारम्बार सम्झाउनुहुन्छ, गल्ती नगर। यस्तो नसम्झ कल्प पहिले पनि फेल भएको थिएँ। धेरैलाई यस्तो दिलमा लाग्न सक्छ हामी सेवा गर्दैनौ भने अवश्य फेल हुनेछौं। बाबाले त सावधान गराइरहनुहुन्छ, तिमी सत्ययुगी सतोप्रधानबाट कलियुगी तमोप्रधान बनेका छौ फेरि विश्वको इतिहास-भूगोल दोहोरिनेछ। सतोप्रधान बन्नको लागि बाबाले धेरै सहज मार्ग बताउनुहुन्छ मलाई याद गर्यौ भने विकर्म विनाश हुन्छन्। तिमी चढ्दा-चढ्दा सतोप्रधान बन्छौ। चढ्नेछौ बिस्तारै-बिस्तारै, त्यसैले नभुल। तर मायाले भुलाइदिन्छ। अवज्ञाकारी बनाइदिन्छ। बाबाले जुन निर्देशन दिनुहुन्छ, त्यो मान्छौ, प्रतिज्ञा गर्छौ फेरि त्यसमा चल्दैनौ भने बाबाले त्यस्ता बच्चाहरूलाई आज्ञाको उल्लंघन गरेर आफ्नो वचनबाट टाढिनेवाला भन्नुहुन्छ। बाबासँग प्रतिज्ञा गरेर फेरि व्यवहारमा ल्याउनुपर्छ। बेहदका बाबाले जस्तो शिक्षा दिनुहुन्छ अरू कसैले दिन सक्दैन। परिवर्तन पनि अवश्य हुनु छ। चित्र कति राम्रो छ। ब्रह्मावंशी बनेर विष्णुवंशी बन्छौ। यो हो नयाँ ईश्वरीय भाषा, यसलाई पनि सम्झनुपर्छ। यो रूहानी ज्ञान कसैले दिन सक्दैन। कुनै संस्था निक्लेको छ जसले रूहानी संस्था नाम राखेको छ। तर रूहानी संस्था तिम्रो बाहेक अरू कसैको हुन सक्दैन। नक्कल धेरै गर्छन्। यो हो नयाँ कुरा, तिमी एकदम थोरै छौ अरू कसैले यी कुरालाई बुझ्न सक्दैनन्। सारा वृक्ष अब खडा छ। अहिले फेद छैन, फेरि खडा हुन्छ। बाँकी हाँगा-बिँगा रहने छैनन्, ती सबै खतम हुन्छन्। बेहदका बाबाले नै बेहदको समझ दिनुहुन्छ। अब सारा दुनियाँमा रावण राज्य छ। यो लंका हो। त्यो लंका त समुद्र पारि छ। बेहदको दुनियाँ पनि समुद्रमा छ। चारैतिर पानी छ। त्यो भयो हदको कुरा, बाबाले बेहदको कुरा सम्झाउनुहुन्छ। एक बाबा नै सम्झाउनेवाला हुनुहुन्छ। यो पढाइ हो। जबसम्म नोकरी मिल्दैन, पढाइको रिजल्ट निक्लिदैन पढाइमा लागिरहन्छन्। त्यसमा नै बुद्धि चल्छ। विद्यार्थी (स्टुडेन्ट) को काम हो पढाइमा ध्यान दिनु। उठ्दा-बस्दा, हिँड्दा-डुल्दा याद गर्नु छ। विद्यार्थीको बुद्धिमा यो पढाइ रहन्छ। कहीं फेल पो भइन्छ कि भनेर परीक्षाका दिनहरूमा धेरै मेहनत गर्छन्। खास गरेर बिहानै बगैंचामा गएर पढ्छन् किनकि घरको हल्लाको वातावरण गन्दा हुन्छ। बाबाले सम्झाउनु भएको छ देही-अभिमानी हुने अभ्यास गर फेरि भुल्नेछैनौ। एकान्तका ठाउँहरू त धेरै छन्। सुरु सुरुमा क्लास पूरा गरेर तिमीहरू सबै पहाडमा जान्थ्यौ। अब दिन-प्रतिदिन ज्ञान गहन हुँदै जान्छ। विद्यार्थीहरूलाई लक्ष्य याद रहन्छ। यो हो वानप्रस्थ अवस्थामा जाने पढाइ। एक बाबा बाहेक अरू कसैले पढाउन सक्दैन। साधु-सन्त आदि सबैले भक्ति नै सिकाउँछन्। वाणीभन्दा पर जाने मार्ग एक बाबाले नै बताउनुहुन्छ। एक बाबाले नै सबैलाई वापस लैजानुहुन्छ। अब तिम्रो छ बेहदको वानप्रस्थ अवस्था, जसलाई कसैले पनि जान्दैनन्। बाबा भन्नुहुन्छ प्यारा बच्चाहरू, तिमीहरू सबै वानप्रस्थी हौ। सारा दुनियाँको वानप्रस्थ अवस्था छ। कसैले पढोस् वा नपढोस्, फर्केर सबैलाई जानुपर्छ। मूलवतनमा जानेवाला आत्माहरू सबै आ आफ्नो वर्गमा जान्छन्। आत्माहरूको वृक्ष पनि अनौठो बनेको छ। यो सारा ड्रामाको चक्र विल्कुल एक्युरेट छ। अलिकति पनि फरक छैन। लीवर र सलेन्डर घडी हुन्छ नि। लीवर घडी विल्कुल एक्युरेट हुन्छ। यसमा पनि कसैको बुद्धियोग लीवर जस्तो हुन्छ भने कसैको सलेन्डर जस्तो। कसैको विल्कुल लाग्दै लाग्दैन। घडी मानौं चल्दै चल्दैन। तिमीलाई विल्कुल लीवर घडी बन्नु छ अनि राजाइमा जान्छौ। सलेन्डर जति प्रजामा जान्छन्। पुरुषार्थ लीवर बन्ने गर्नु छ। राजाईमा जानेहरूको लागि नै करोडौंमा कोही भनिन्छ। उनीहरू नै विजयमालामा उनिन्छन्। बच्चाहरूले सम्झन्छन् वास्तवमा मेहनत छ। भन्छन् बाबा घरी-घरी भुलिहाल्छौं। बाबाले सम्झाउनुहुन्छ प्यारा बच्चाहरू, जति पहलमान बन्छौ माया पनि जोडले लड्नेछ। मल्ल युद्ध हुन्छ नि। त्यसमा धेरै सम्हाल राख्छन्। पहलमानलाई पहलमानले जानेका छन्। यहाँ पनि यस्तै हुन्छ, महावीर बच्चाहरू पनि छन्। तिनीहरूमा पनि नम्बरवार छन्। राम्रा-राम्रा महारथीहरूलाई मायाले पनि राम्रोसँग तुफानमा ल्याउँछ। बाबाले सम्झाउनु भएको छ मायाले जतिसुकै हैरान गरोस्, तुफान ल्याओस्, तिमी खबरदार रहनु। कुनै कुरामा हार्नु छैन। मनसामा तुफान आउँछ, तर कर्मेन्द्रियबाट हार्नु छैन। तुफान आउँछन् गिराउनको लागि। मायासँग लडाईं भएन भने पहलमान कसरी भन्ने? मायाको तुफानको परवाह गर्नु छैन। तर चल्दा-चल्दै कर्मेन्द्रियको वश भएर छिट्टै गिर्न पुग्छन्। यी बाबाले त रोज सम्झाउनुहुन्छ कर्मेन्द्रियबाट विकर्म नगर्नु। बेकायदाको काम गर्न छोडेनौ भने पाई-पैसाको पद पाउँछौ। मनमा आफैंले पनि सम्झन्छन् हामी फेल हुनेछौं। जानु त सबैलाई छ। बाबा भन्नुहुन्छ मलाई याद गर्यौ भने त्यो याद नै विनाश हुँदैन। अलिकति पनि याद गर्यौ भने स्वर्गमा आउँछौ। थोरै याद अथवा धेरै याद गर्नाले के-के पद मिल्छ, यो पनि तिमीले बुझ्न सक्छौ। कोही पनि छिप्न सक्दैन। को के-के बन्छन् स्वयं पनि बुझ्न सक्छन्। यदि हामी अहिले दिलशिकिस्त भयौं भने कस्तो पद पाउँछौ? बाबासँग सोध्न पनि सक्छौ। पछि गएर आफैले पनि बुह्मदै जान्छौ। विनाश सामुन्ने खडा छ, तूफान, बर्षात्, प्राकृतिक प्रकोपहरू सोधेर आउँदैनन्। रावण त बसेकै छ। यो धेरै ठूलो परीक्षा हो। जो पास हुन्छन् उनीहरूले उच्च पद पाउँछन्। राजाहरू अवश्य पनि समझदार चाहिन्छ जसले प्रजालाई सम्हाल्न सकून्। आई. सी. एस. परीक्षामा थोरै मात्र पास हुन्छन्। बाबाले तिमीलाई पढाएर सतोप्रधान स्वर्गको मालिक बनाउनुहुन्छ। तिमी जानेका छौ सतोप्रधानबाट फेरि तमोप्रधान बन्यौं, अब बाबाको यादले सतोप्रधान बन्नु छ। पतित-पावन बाबालाई याद गर्नु छ। बाबा भन्नुहुन्छ मनमनाभव। यो हो उही गीता अध्याय। गीता हो नै डबल शिरताज बनाउने शास्त्र। बनाउन त बाबाले नै बनाउनुहुन्छ नि। तिम्रो बुद्धिमा सारा ज्ञान छ। जो राम्रो बुद्धिमान् हुन्छन् उनीहरूमा धारणा पनि राम्रो हुन्छ। अच्छा

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

रात्रि क्लास ५-१-६९

बच्चाहरू यहाँ कक्षामा बसेका छन्, हाम्रो टीचर को हुनुहुन्छ भन्ने कुरा जानेका छन्। हाम्रो शिक्षक को हुनुहुन्छ भन्ने कुराको याद नै विद्यार्थीलाई सारा समय रहन्छ। यहाँ भुल्छन्। शिक्षकले जान्नुहुन्छ बच्चाहरूले मलाई घरी-घरी भुल्छन्। यस्तो रूहानी बाबा त कहिले मिल्नुभएन। संगममा नै मिल्नुहुन्छ। सत्ययुगमा र कलियुगमा त शारीरिक बुवा मिल्नुहुन्छ। यो याद दिलाउनुहुन्छ जसबाट बच्चाहरूलाई पक्का होस्, यो संगमयुग हो भनेर, जसमा हामी बच्चाहरू यस्तो पुरुषोत्तम बन्नेवाला छौं। त्यसैले बाबालाई याद गर्दा तीनवटैको याद आउनुपर्छ। यो अवश्य याद गर्नुपर्छ। मुख्य कुरा छ पवित्र बन्ने। पवित्रलाई सतोप्रधान नै भनिन्छ। उनीहरू त रहन्छन् नै सत्ययुगमा। अहिले चक्कर लगाएर आएका छौं। संगमयुग हो। कल्प-कल्प बाबा पनि आउनुहुन्छ, पढाउनुहुन्छ। बाबाको पासमा तिमी रहन्छौ नि। बाबा सच्चा सदगुरु हुनुहुन्छ, यो पनि जानेका छौ। वास्तवमा मुक्ति जीवन मुक्तिको मार्ग बताउनुहुन्छ। ड्रामा प्लान अनुसार, हामी पुरुषार्थ गरेर बाबालाई अनुसरण गर्छौं। यहाँ शिक्षा पाएर अनुसरण गर्छौ। जसरी यिनले सिक्छन् त्यसरी नै तिमी बच्चाहरू पनि पुरुषार्थ गर्छौ। देवता बन्नु छ भने शुद्ध कर्म गर्नु छ। कुनै पनि मैला नरहोस्। मुख्य कुरा हो बाबालाई याद गर्नु। सम्झन्छन् बाबालाई भुल्छौं, शिक्षालाई पनि भुल्छौं अनि यादको यात्रालाई पनि भुल्छौं। बाबालाई भुल्नाले ज्ञानलाई पनि भुल्छौं। म विद्यार्थी (स्टूडेन्ट) हुँ भन्ने कुरा पनि भुल्छौं। याद त तीनवटैको आउनुपर्छ। बाबालाई याद गर्यौ भने शिक्षक, सदगुरु अवश्य याद आउँछ। शिवबाबालाई याद गर्नुको साथ-साथै दैवीगुण पनि अवश्य चाहिन्छ। बाबाको यादमा करामत (चमत्कार) छ। करामत बाबाले जति बच्चाहरूलाई सिकाउनुहुन्छ त्यति अरू कसैले सिकाउन सक्दैन। तमोप्रधानबाट हामी यसै जन्ममा सतोप्रधान बन्छौं। तमोप्रधान बन्नमा पूरा कल्प लाग्छ। अहिले यस एक जन्ममा नै सतोप्रधान बन्नु छ, यसमा जसले जति मेहनत गर्नेछन्। सारा दुनियाँले त मेहनत गर्दैन। अरू धर्मकाले मेहनत गर्नेछैनन्। बच्चाहरूले साक्षात्कार गरेका छन् धर्म स्थापक आउँछन्। पार्ट खेल्छन् फलानो-फलानो ड्रेसमा। तमोप्रधान समयमा उनीहरू आउँछन्। विवेकले पनि भन्छ जसरी हामी सतोप्रधान बन्छौं अरू सबै पनि बन्छन्। पवित्रताको दान बाबाबाट लिनेछन्। सबैले बोलाउँछन् हामीलाई यहाँबाट मुक्त गरेर घर लैजानुहोस्। गाइड बन्नुहोस्। यो त ड्रामा प्लान अनुसार सबैलाई घर जानु नै छ। अनेक पटक घर जान्छन्। कोही त पूरै ५००० वर्ष घरमा रहँदैनन्। कोही फेरि पूरा ५००० वर्ष रहन्छन्। अन्त्यमा आउनेलाई ४९९९ वर्ष शान्तिधाममा रहेका हुन् भन्न सकिन्छ। हामीले भन्न सक्छौ ४९९९ वर्ष यस सृष्टिमा रहेका हौ। हामीले ८३-८४ जन्म लिएका छौं भन्ने कुरा त बच्चाहरूलाई निश्चय छ। जो धेरै होशियार छन् उनीहरू अवश्य पहिले-पहिले आएको हुनुपर्छ। अच्छा मीठे-मीठे रूहानी बच्चाहरूप्रति याद-प्यार एवं गुडनाइट।

धारणाको लागि मुख्य सारः
१) सतोप्रधान बन्नको लागि यादको यात्राद्वारा आफ्नो ब्याट्री चार्ज गर्नु छ। अभूल बन्नु छ। आफ्नो रजिस्टर राम्रो राख्नु छ। कुनै पनि लापर्बाही गर्नु हुँदैन।

२) कुनै पनि बेकाइदा कर्म गर्नु हुँदैन, मायाको तुफानको पर्बाह नगरेर, कर्मेन्द्रिय जित बन्नु छ। लीवर घडी समान एक्युरेट पुरुषार्थ गर्नु छ।


वरदान:
सम्बन्ध र प्राप्तिको स्मृतिद्वारा सदा खुशीमा रहने सहज योगी भव

सहज योगको आधार हो सम्बन्ध र प्राप्ति। सम्बन्धको आधारमा प्रेम पैदा हुन्छ र जहाँ प्राप्ति हुन्छ त्यहाँ मन-बुद्धि सहजै जान्छ। त्यसैले सम्बन्धमा मेरोपनको अधिकारले याद गर, दिलबाट भन मेरो बाबा, अनि बाबाद्वारा जो शक्तिको, ज्ञानको, गुणको, सुख-शान्ति, आनन्द, प्रेमको खजाना मिलेको छ त्यसलाई स्मृतिमा इमर्ज गर, यसबाट अपार खुशी पनि रहन्छ र सहज योगी पनि बन्छौ।

स्लोगन:
देह भानबाट मुक्त बन्यौ भने अरू सबै बन्धन स्वत: समाप्त हुन्छन्।