16.06.22 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– तिमी
कुनै पनि देहधारीको नाम रूपमा फँस्नु हुँदैन। अशरीरी बनेर बाबालाई याद गर्यौ भने आयु
बढ्छ , निरोगी बन्दै जान्छौ।”
प्रश्न:–
समझदार
बच्चाहरूका मुख्य निशानी के हुन्छन्?
उत्तर:–
१) जो समझदार हुन्छन्, उनीहरूले पहिला स्वयंमा धारणा गरेर फेरि अरूलाई गराउँछन्।
बादल बनेर भरिएर जान्छन्, वर्षा गर्छन्। पढाइको समयमा आलस्य गर्दैनन्। ब्राह्मणीमाथि
जिम्मेवारी छ– यहाँ उनैलाई लिएर आउनुपर्छ, जसले रिफ्रेश भएर गएर फेरि वर्सा गर्छन्।
२) यहाँ उही आउनुपर्छ, जसले योगमा राम्रोसँग रहेर वायुमण्डललाई शक्तिशाली बनाउन मदत
गर्छन्। विघ्न पार्दैनन्। यहाँ आसपास धेरै शान्ति हुनुपर्छ। कुनै पनि प्रकारको आवाज
नहोस्।
गीत:–
ओम् नमो शिवाय...
ओम् शान्ति ।
ओम् शान्तिको
अर्थ त सम्झाइएको छ नि। बाबा भन्नुहुन्छ– आत्मा र परमात्मा शान्त स्वरूप हुन्। जस्तो
पिता त्यस्तै बच्चा। बाबाले बच्चाहरूलाई सम्झाउनु हुन्छ– तिमी शान्त स्वरूप त हौ
नै। बाहिर कुनै शान्ति मिल्दैन। यो रावण राज्य हो। अब यस समयमा केवल तिमीले आफ्नो
बाबालाई याद गर, म यिनमा विराजमान छु। तिमीलाई जे मत दिन्छु, त्यसैमा चल। बाबा कुनै
पनि नाम रूपमा फँस्नु हुन्न। यो नाम रूप हो बाहिरको। यस रूपमा फँस्नु हुँदैन। दुनियाँ
साराले नाम रूपमा फँसाउँछन्। बाबा भन्नुहुन्छ– यी सबैको नाम रूपलाई याद नगर। आफ्नो
बाबालाई याद गर, तिम्रो आयु पनि यादद्वारा बढ्छ, निरोगी पनि बन्छौ। लक्ष्मी-नारायण
पनि तिमी जस्तै थिए, केवल सजिसजाऊ हुन्छन्। यस्तो होइन कुनै छत जति अग्ला हुन्छन्।
मनुष्य त मनुष्य नै हुन्। बाबा भन्नुहुन्छ– कुनै पनि देहधारीलाई याद गर्नु छैन।
देहलाई भुल्नु छ। आफूलाई आत्मा सम्झ– यो शरीर त छोड्नु छ। अर्को कुरा लापर्बाही नगर,
विकर्मको बोझ शिरमा धेरै छ। धेरै भारी बोझ छ। एक बाबाको यादले सिवाय त्यो बोझ कम
हुन सक्दैन। बाबाले सम्झाउनु भएको छ– जो सबैभन्दा उच्च पावन बन्छन्, उनै फेरि
सबैभन्दा पतित बन्छन्, यसमा आश्चर्य मान्नु पर्दैन। आफूलाई हेर्नु छ। बाबालाई धेरै
याद गर्नु छ। जति हुन सक्छ बाबालाई याद गर, धेरै सहज छ। जो यति प्यारो बाबा
हुनुहुन्छ, उहाँलाई उठ्दा बस्दा याद गर्नुपर्छ। जसलाई पुकार्छन् पतित-पावन आउनुहोस्
भनेर, तर दिलदेखि प्यार रहँदैन। प्यार फेरि पनि आफ्नो पति बच्चा आदिसँग रहन्छ। केवल
भन्छन् पतित-पावन आउनुहोस्। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! म कल्प-कल्प, कल्पको
संगममा आउँछु। गायन पनि गरिएको छ– रुद्र ज्ञान यज्ञ। कृष्ण त हुन् नै सत्ययुगका
राजकुमार। उनी फेरि त्यस नाम रूप देश कालमा बाहेक आउन सक्दैनन्। नेहरू त्यसै रूपमा,
त्यसै पोजीशनमा फेरि कल्पपछि आउँछन्। त्यसैगरी श्रीकृष्ण पनि सत्ययुगमा आउँछन्। उनको
अनुहार परिवर्तन हुन सक्दैन। यस यज्ञको नाम नै छ रुद्र ज्ञान यज्ञ। राजस्व अश्वमेध
यज्ञ। रजाइँको लागि बलि चढ्नु अर्थात् उहाँको बन्नु। बाबाको बनेका छौ त्यसैले एकलाई
नै याद गर्नुपर्छ। हदसँग तोडेर बेहदसँग जोड्नु छ, धेरै महान् बाबा हुनुहुन्छ।
तिमीलाई थाहा छ– बाबाले आएर के दिनुहुन्छ? बेहदका बाबाले तिमीलाई बेहदको वर्सा
दिइरहनु भएको छ, जुन अरू कसैले दिन सक्दैन। सबै मनुष्यले त एक अर्कालाई मारकाट
गरिरहन्छन्। पहिले यो कहाँ हुन्थ्यो र।
तिमीलाई थाहा छ– बाबा
फेरि आउनु भएको छ। भन्नुहुन्छ– कल्प-कल्पको संगमयुगमा, जब नयाँ दुनियाँको स्थापना
गर्नु पर्ने हुन्छ, तब म आउँछु। माग्छन् पनि नयाँ दुनियाँ, नयाँ राम राज्य। त्यहाँ
सुख सम्पत्ति सबै हुन्छ, झगडा गर्ने कोही हुँदैन। शास्त्रहरूमा त सत्ययुग त्रेतालाई
पनि नर्क बनाइदिएका छन्। यो भूल हो नि। तिनीहरूले असत्य सुनाउँछन्, बाबाले सत्य
सुनाउनुहुन्छ। बाबा भन्नुहुन्छ– तिमीले मलाई सत्य भन्छौ नि। म आएर सत्य कथा सुनाउँछु।
५ हजार वर्ष पहिले यहाँ कसको राज्य थियो? बच्चाहरूलाई थाहा छ– ५ हजार वर्ष पहिले यी
लक्ष्मी नारायणको राज्य थियो। भन्छन् पनि– क्राइस्ट भन्दा ३ हजार वर्ष पहिले यहाँ
स्वर्ग थियो। हिसाब त सीधा छ। भन्छन्– कल्पको आयु यति किन राखिएको हो! अरे हिसाब गर
न। क्राइस्टको यति समय भयो। युग नै ४ छन्। आधाकल्प दिन, आधाकल्प रात हुन्छ। सम्झाउने
धेरै राम्रो चाहिन्छ। बाबा सम्झाउनु हुन्छ– प्यारा बच्चाहरू! काम महाशत्रु हो।
हिन्दुहरूले नै देवताहरूको महिमा गाउँछन्– सर्वगुण सम्पन्न, १६ कला सम्पन्न,
सम्पूर्ण निर्विकारी... फेरि १६१०८ रानीहरू कहाँबाट आए! तिमीलाई थाहा छ–
धर्मशास्त्र कुनै पनि होइन। धर्मशास्त्र त्यसलाई भनिन्छ, जसलाई धर्म स्थापकले
उच्चारण गरे। धर्म स्थापकको नामबाट शास्त्र बन्यो। अब तिमी बच्चाहरू नयाँ दुनियाँमा
जान्छौ। यो सबै पुरानो तमोप्रधान छ, त्यसैले बाबा भन्नुहुन्छ– पुराना चीजहरूबाट
बुद्धियोग हटाएर म एकलाई याद गर, अनि तिम्रो विकर्म विनाश हुन्छ। लापर्बाही गर्यौ
भने बाबाले सम्झनुहुन्छ, यसको तकदिर नै यस्तो छ। छ धेरै सहज कुरा। के यो तिमीले
बुझ्न सक्दैनौ? मोहको धागो सबैतिरबाट निकालेर एक बाबालाई याद गर। २१ जन्मको लागि
तिमीलाई फेरि कुनै दु:ख हुँदैन। न तिमी यति कुब्जा आदि बन्छौ। त्यहाँ त सम्झन्छन्–
पुग्यो, आयु पूरा भयो एक शरीर छोडेर अर्को लिनु छ। जस्तै सर्पको उदाहरण छ,
जनावरहरूको उदाहरण दिन्छन्। अवश्य उनलाई थाहा हुन्छ। यस समयका मनुष्यहरूको भन्दा त
जनावरहरूको पनि धेरै अक्कल हुन्छ। कुमालकोटीको उदाहरण पनि यहाँको हो। कीरालाई कसरी
लिएर आउँछ। अब तिम्रो सुखको दिन आइरहेको छ। बच्चीहरूले भन्छन्– हामी पवित्र रहन्छौं,
त्यसैले कुटाइ धेरै खानुपर्छ। हो, प्यारा बच्चाहरू! केही त सहन गर्नै पर्छ।
अबलाहरूमाथि अत्याचारको बारेमा भनिएको छ। अत्याचार गरे भने पो पापको घडा भरिन्छ।
रुद्र ज्ञान यज्ञमा विघ्न त धेरै पर्छन्। अबलाहरूमाथि अत्याचार हुन्छ। यो कुरा
शास्त्रहरूमा पनि गायन छ। बच्चीहरूले भन्छन्– बाबा आजभन्दा ५ हजार वर्ष पहिले
हजुरसँग मिलेका थियौं। स्वर्गको वर्सा लिएका थियौं, महारानी बनेका थियौं। बाबा
भन्नुहुन्छ– हो, बच्चीहरू! यति पुरुषार्थ गर्नु पर्ने हुन्छ। याद शिवबाबालाई गर,
यिनलाई होइन। यी गुरु होइनन्। यिनको कानले पनि सुन्छ। उहाँ तिम्रो बाबा, टिचर,
सतगुरु हुनुहुन्छ। यिनीद्वारा सिकेर अरूलाई सिकाउनु छ। सबैको बाबा उहाँ एक
हुनुहुन्छ। मलाई पनि सिकाउने उहाँ हुनुहुन्छ। त्यसैले बेहदको बाबालाई याद गर।
विष्णुलाई वा ब्रह्मालाई कहाँ पतिहरूका पति भनिन्छ र। शिवबाबालाई नै पतिहरूका पति
भनिन्छ। त्यसैले किन उहाँलाई नपक्डिने? तिमीहरू सबै पहिले मूलवतन आफ्नो पिताको घरमा
जान्छौ फेरि पतिको घरमा आउँछौ। पहिले शिवबाबाको पासमा त सलामी भर्नु नै छ, फेरि
आउँछौ सत्ययुगमा। कति सहज पाई पैसाको कुरा छ।
बाबाले सबैतिरका
बच्चाहरूलाई देख्नुहुन्छ। कहीँ कोही झुट्का त खाएको छैन। झुट्का खान्छन्, हाई
काढ्छन्, बुद्धियोग अन्त जान्छ भने फेरि उनले वायुमण्डललाई बिगारिदिन्छन्, किनकि
बुद्धियोग बाहिर भट्किन्छ नि। त्यसैले बाबा सदैव भन्नुहुन्छ– यस्तो बादल लिएर आऊ,
जो रिफ्रेश भएर गएर वर्षा गरोस्। बाँकी आएर के काम? लिएर आउनेहरूमा पनि जिम्मेवारी
हुन्छ। कुनचाहिँ ब्राह्मणी समझदार छन्, जो भरिएर जाऊन् अनि वर्षा गरून्। यस्तोलाई
ल्याउनु छ। बाँकीलाई ल्याएर फाइदा नै के छ? सुनेर, धारणा गरेर फेरि धारणा गराउनु छ।
मेहनत पनि गर्नु छ। जुन भण्डारीबाट खान्छौ, काल कंटक दूर हुन्छ। त्यसैले यहाँ उही
आउनुपर्छ, जो योगमा पनि राम्रोसँग रहन सक्छ। नत्र वायुमण्डललाई बिगारिदिन्छन्। यस
समयमा अझ सावधान रहनु छ। फोटो आदि निकाल्ने पनि कुरा छैन। जति हुन सक्छ बाबाको यादमा
रहेर योगदान दिनु छ। आसपास धेरै शान्ति हुनुपर्छ। हस्पिटल सदैव बाहिर एकान्तमा
हुन्छ, जहाँ होहल्ला हुँदैन। बिरामीलाई शान्ति चाहिन्छ। तिमीलाई डाइरेक्शन मिल्छ–
शान्तिमा रहनु छ। बाबालाई याद गर्नु, यो हो वास्तविक शान्ति। बाँकी हुन् झुटा।
उनीहरूले भन्छन् नि– दुई मिनट डेड साइलेन्स। तर थाहा छैन त्यो दुई मिनट बुद्धि
कहाँ-कहाँ जान्छ। एक जनालाई पनि सच्चा शान्ति हुँदैन। तिमी डिट्याच हुन्छौ। हामी
आत्मा हौं, यो हो आफ्नो स्वधर्ममा रहनु। बाँकी उँगेर शान्त रहनु, कुनै वास्तविक
शान्ति होइन। भनिन्छ– तीन मिनट साइलेन्स, अशरीरी भव। यस्तो अरू कसैको तागत छैन, जसले
यसो भन्न सक्छ। बाबाको नै महावाक्य छ– प्यारा बच्चाहरू! मलाई याद गर्यौ भने तिम्रो
जन्म-जन्मान्तरको पाप काटिन्छ। नत्र पदभ्रष्ट पनि हुन्छौ र सजाय पनि खानुपर्छ।
शिवबाबाको डाइरेक्शनमा चलेमा नै कल्याण हुन्छ। बाबालाई सदैव याद गर्नु छ। जति हुन
सक्छ परमप्रिय बाबालाई याद गर। विद्यार्थीले आफ्नो टिचरको इज्जत राख्नको लागि धेरै
ख्याल राख्नु पर्ने हुन्छ। धेरै विद्यार्थी पास भएनन् भने टिचरलाई पुरस्कार मिल्दैन।
यहाँ कृपा वा आशीर्वादको कुरा छैन। हर एकले आफैंमाथि कृपा वा आशीर्वाद गर्नु छ।
विद्यार्थीले आफैंमाथि कृपा गर्छन्, मेहनत गर्छन्। यो पनि पढाइ हो। जति योग लगाउँछौ,
त्यति विकर्माजीत बन्छौ, उच्च पद पाउँछौ। यादद्वारा सदा निरोगी बन्छौ। मनमनाभव। यसरी
कृष्णले कहाँ भन्न सक्छन् र! यो कुरा निराकार बाबाले भन्नुहुन्छ– विदेही बन। यो हो
बेहदको ईश्वरीय परिवार। माता-पिता, भाइ-बहिनी छन्, अरू कुनै सम्बन्ध छैन। अरू सबै
सम्बन्धहरूमा मामा, काका हुन्छन्। यहाँ छ नै भाइ बहिनीको सम्बन्ध। यस्तो कहिल्यै
हुँदैन, सिवाए संगमयुग, जतिबेला हामीले माता-पितासँग वर्सा लिन्छौं। अपार सुखमा
लैजानुहुन्छ नि। रावण राज्यमा छ घोर दु:ख। राम राज्यमा हुन्छ अपार सुख, जसको लागि
तिमीले पुरुषार्थ गर्छौ। जति जसले पुरुषार्थ गर्छ, त्यति त्यो कल्प-कल्पको लागि
सिद्ध हुन जान्छ। प्राप्ति धेरै ठूलो छ। जो करोडपति, पदमपति छन्, उनीहरूको सबै पैसा
माटोमा मिल्नेछ। थोरै लडाइँ लागोस् फेरि हेर के हुनेछ। बाँकी सबै कथा हो तिमी
बच्चाहरूको। सत्य कथा सुनेर तिमी बच्चाहरू सचखण्डको मालिक बन्छौ। यो त पक्का निश्चय
छ हैन? निश्चय विना यहाँ कोही आउन सक्दैन। तिमी बच्चाहरूले कुनै लापर्बाही गर्नु
हुँदैन। बाबासँग पूरा वर्सा लिनु छ, जसरी मम्मा बाबाले लिइरहेका छन्। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी
बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) शरीरबाट न्यारा भएर स्वधर्ममा स्थित रहने अभ्यास गर। जति हुन सक्छ परमप्रिय
बाबालाई याद गर। मोहको धागो सबैतिरबाट निकाल।
२) पढाइमा पूरा ध्यान
दिएर आफूमाथि आफैंले कृपा वा आशीर्वाद गर। बुद्धियोग हदबाट तोडेर बेहदसँग जोड्नु छ।
बाबाको बनेर बाबामा पूरा-पूरा बलि चढ्नु छ।
वरदान:–
सदा सत्यको
संगतद्वारा कमजोरीहरूलाई समाप्त गर्ने सहज योगी , सहज ज्ञानी भव
कुनै पनि कमजोरी तब
आउँछ, जब सत्यको संगतबाट किनारा हुन्छ र अर्को संगतमा लाग्छ। त्यसैले भक्तिमा भन्छन्–
सदा सत्सङ्ग गर। सत्सङ्ग अर्थात् सदा सत्य बाबाको संगतमा रहनु। तिमीहरू सबैको लागि
सत्य बाबाको संगत अति सहज छ किनकि समीपको सम्बन्ध छ। त्यसैले सदा सत्सङ्गमा रहेर
कमजोरीहरूलाई समाप्त गर्ने सहज योगी, सहज ज्ञानी बन।
स्लोगन:–
सदा प्रसन्न
रहनको लागि प्रशंसा सुन्ने इच्छाको त्याग गरिदेऊ।
मातेश्वरीजीका अनमोल
महावाक्य:–
मुक्ति र जीवनमुक्तिको
स्टेज
मुक्ति र जीवनमुक्ति
दुवै स्टेज आ-आफ्नै हुन्। तर जब हामीले मुक्ति शब्द भन्छौं भने मुक्तिको अर्थ हो
आत्मा शरीरको पार्टबाट मुक्त छ अर्थात् आत्माको शरीर सहित यो सृष्टिमा पार्ट छैन।
जब आत्माको मनुष्य हस्तिमा पार्ट हुँदैन अर्थात् आत्मा निराकारी दुनियाँमा हुन्छ,
सुख दु:खदेखि न्यारा दुनियाँमा हुन्छ, यसैलाई मुक्त स्टेज भनिन्छ। यसलाई कुनै मुक्ति
पद भनिदैन र जुन आत्मा कर्मबन्धनदेखि मुक्त छ अर्थात् शरीरको पार्टधारी भएर पनि ऊ
कर्मबन्धनदेखि न्यारा हुन्छ त्यसलाई जीवनमुक्त पद भनिन्छ, जुन सबैभन्दा उच्च स्टेज
हो। त्यो हो हाम्रो दैवी प्रारब्ध। यसै जन्ममा पुरुषार्थ गर्नाले यो सत्ययुगी दैवी
प्रारब्ध मिल्छ। त्यो हो हाम्रो उच्च पद तर जुन आत्मा पार्टमा छैनन् उनीहरूको पद
कसरी भन्ने? जब आत्माको स्टेजमा पार्ट हुँदैन, मुक्ति पद पनि हुँदैन। तर जति यी
मनुष्य समुदाय छन्, ती सबै सत्ययुगमा जाँदैनन् किनकि त्यहाँ मनुष्य समुदाय थोरै
रहन्छन्। त्यसैले जो जति प्रभुको साथमा योग लगाएर कर्मातीत बन्छन्, उनीहरूले
सत्ययुगी जीवनमुक्त देवी देवता पद पाउँछन्। बाँकी जसले धर्मराजको सजायँ खाएर
कर्मबन्धनबाट मुक्त भएर शुद्ध बनेर मुक्तिधाममा जान्छन्, तिनीहरू मुक्तिमा हुन्छन्।
तर मुक्तिधाममा कुनै पद हुँदैन। त्यो स्टेज त पुरुषार्थ बिना आफैँ आफ्नो समयमा मिलि
नै हाल्छ। मनुष्यको जुन चाहना द्वापरदेखि लिएर कलियुगको अन्त्यसम्म उठ्दै आएको छ–
हामी जन्म मरणको चक्रमा आउन नपरोस्, त्यो आशा अहिले पूर्ण हुन्छ। मतलब सर्व
आत्माहरूलाई मुक्तिधाम हुँदै अवश्य पास हुनु पर्छ। अच्छा।