16.09.20          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे बाबा आउनु भएको छ सबैको दु:ख हरेर सुख दिन , त्यसैले तिमी दु:ख हर्ताका बच्चाहरूले कसैलाई पनि दु:ख दिनु हुँदैन।

प्रश्न:
उच्च पद प्राप्त गर्ने बच्चाहरूको मुख्य निशानी के हुन्छ?

उत्तर:
(१) उनीहरू सदा श्रीमतमा चलिरहन्छन्। (२) कहिल्यै हठ गर्दैनन्। (३) आफूलाई आफैंले राजतिलक दिनको लागि पढाइ पढेर छिटो प्रगति गर्छन्। (४) आफूलाई कहिल्यै पनि घाटा पार्दैनन्। (५) सबैप्रति रहमदिल र कल्याणकारी बन्छन्। उनीहरूलाई सेवाको धेरै सोख हुन्छ। (६) कुनै पनि तुच्छ काम गर्दैनन्। लडाइ-झगडा गर्दैनन्।

गीत:
तूने रात गंवायी सोके......

ओम् शान्ति ।
रूहानी बच्चाहरू रूहानी बाबाको सामुन्ने बसेका छौ। अब यस भाषालाई त तिमी बच्चाहरूले नै बुझ्दछौ, अरू कोही नयाँले बुझ्न सक्दैन। हे रूहानी बच्चाहरू! यस्तो कहिल्यै कसैले भन्न सक्दैन। भन्नै आउँदैन। तिमीले जानेका छौ हामी रूहानी बाबाको सामुन्ने बसेका छौं। बाबालाई यथार्थ रीतिले कसैले पनि जानेका छैनन्। हुन त आफूलाई भाइ-भाइ पनि सम्झन्छन्, हामी सबै आत्माहरू हौं, बाबा एक हुनुहुन्छ तर यथार्थ रीतिले जानेका छैनन्। जबसम्म सम्मुख आएर बुझ्दैनन् तबसम्म बुझून् पनि कसरी? तिमी पनि जब सम्मुख आउँछौ, तब बुझ्दछौ। तिमी हौ ब्राह्मण-ब्राह्मणी। तिम्रो उपनाम नै हो ब्रह्मावंशी ब्रह्माकुमार-कुमारी। सबै आत्माहरू त शिवका सन्तान हुन्। तिमीलाई शिवकुमार वा शिवकुमारी भनिदैन। यो शब्द गलत हुन जान्छ। कुमार हुन्छन् भने कुमारी पनि हुन्छन्। तिमी आत्माहरू सबै शिवका सन्तान हौ। कुमार-कुमारी तब भनिन्छ जब मनुष्यका सन्तान बन्छन्। शिवका सन्तान त निराकारी आत्माहरू हुन् नै। मूलवतनमा सबै आत्माहरू नै रहन्छन्, जसलाई शालिग्राम भनिन्छ। यहाँ आएपछि फेरि कुमार र कुमारी बन्छन्, दैहिक। वास्तवमा तिमी हौ कुमार, शिवबाबाका बच्चाहरू। कुमारी र कुमार तब बन्छौ जब शरीरमा आउँछौ। तिमी बी.के. हौ, त्यसैले भाइ-बहिनी कहलाउँछौ। अहिले यस समयमा तिमीलाई ज्ञान मिलेको छ। तिमीलाई थाहा छ बाबाले हामीलाई पावन बनाएर लैजानुहुन्छ। आत्माले जति बाबालाई याद गर्छ त्यति पवित्र बन्छ। आत्माहरूले ब्रह्मा मुखबाट यो ज्ञान पढ्छन्। चित्रहरूमा पनि बाबाको ज्ञान स्पष्ट छ। शिवबाबाले नै हामीलाई पढाउनु हुन्छ। न कृष्णले पढाउन सक्छन्, न कृष्णद्वारा बाबाले पढाउन सक्नुहुन्छ। कृष्ण त वैकुण्ठको राजकुमार हुन्, यो पनि तिमी बच्चाहरूले सम्झाउनु पर्छ। कृष्ण त स्वर्गमा आफ्ना माता-पिताका बच्चा हुन्। स्वर्ग निवासी पिताका बच्चा हुन्, उनी वैकुण्ठका राजकुमार हुन्। उनलाई पनि कसैले चिनेका छैनन्। कृष्ण जयन्तीमा आ-आफ्नो घरमा कृष्णको लागि झुला बनाउँछन् वा मन्दिरहरूमा झुला बनाउँछन्। माताहरू गएर भण्डारीमा (गोलकमा) पैसा राख्छन्, पूजा गर्छन्। आजकल क्राइस्टलाई पनि कृष्ण जस्तै बनाउँछन्। ताज आदि पहिराएर माताको काखमा राख्छन्, जस्तै कृष्णलाई देखाउँछन्। अब कृष्ण र क्राइस्ट, राशि त एउटै हो। उनीहरूले कपी गर्छन्। नत्र कृष्णको जन्म र क्राइस्टको जन्ममा धेरै फरक छ। क्राइस्टको जन्म कुनै सानो बच्चाको रूपमा हुँदैन। क्राइस्टको आत्माले त कसैमा गएर प्रवेश गर्छ। विषबाट पैदा हुन सक्दैन। पहिला क्राइस्टलाई कहिल्यै सानो बच्चा देखाउँदैनथे। क्रसमा देखाउँथे। यो अहिले देखाउँछन्। बच्चाहरूले जानेका छन् धर्म स्थापकलाई कसैले यसरी मार्न सक्दैन, त्यसैले कसलाई मारियो त? जसमा प्रवेश गरे, उनलाई दु:ख मिल्यो। सतोप्रधान आत्मालाई दु:ख कसरी मिल्न सक्छ? उनले के कर्म गरे जसले गर्दा यति दु:ख भोगे। आत्मा नै सतोप्रधान अवस्थामा आउँछ, सबैको हिसाब-किताब चुक्ता हुन्छ। यस समयमा बाबाले सबैलाई पावन बनाउनु हुन्छ। त्यहाँबाट सतोप्रधान आत्मा आएर दु:ख भोग्नु पर्दैन। आत्माले नै भोग्छ नि। आत्मा शरीरमा छ भने दु:ख हुन्छ। मलाई दु:ख लागेको छ यो कसले भन्यो? यस शरीरमा कोही छ। उनीहरूले भन्छन् परमात्मा भित्र हुनुहुन्छ, यस्तो भए त मलाई दु:ख छ किन भन्थे? सबैमा परमात्मा विराजमान हुनुहुन्छ भने परमात्माले कसरी दु:ख भोग्नुहुन्छ? यो आत्माले पुकार्छ। हे परमपिता परमात्मा! मेरो दु:ख हर्नुहोस्, पारलौकिक बाबालाई नै आत्माले पुकार्छ।

अहिले तिमीले जानेका छौ बाबा आउनु भएको छ, दु:ख हर्ने युक्ति बताइरहनु भएको छ। आत्मा शरीरको साथमा नै सदा सम्पन्न र स्वस्थ बन्छ। मूलवतनमा त स्वास्थ्य-सम्पत्ति भनिदैन। त्यहाँ कुनै सृष्टि कहाँ हुन्छ र। त्यहाँ त हुन्छ नै शान्ति। त्यहाँ तिमी स्वधर्म शान्तिमा टिकेका हुन्छौ। अहिले बाबा आउनु भएको छ, सबैको दु:ख हरेर सुख दिन। त्यसैले बच्चाहरूलाई पनि भन्नुहुन्छ तिमी मेरो बनेका छौ, कसैलाई दु:ख नदेऊ। यो लडाईको मैदान हो, तर गुप्त। त्यहाँ हुन्छ प्रत्यक्ष। यो जुन गायन छ युद्धको मैदानमा जो मर्छन् उनीहरू स्वर्गमा जान्छन्, त्यसको अर्थ पनि बुझाउनु पर्छ। यस लडाईको महत्त्व हेर कति छ। बच्चाहरूले जानेका छन् त्यस लडाईमा मरेर कोही स्वर्गमा जान सक्दैन। तर गीतामा भगवानुवाच छ, त्यसलाई सही मान्छन्। भगवानले कसलाई भन्नुभयो? त्यो लडाई गर्नेलाई भन्नुभयो वा तिमीलाई भन्नुभयो? दुवैलाई भन्नुभयो। उनीहरूलाई पनि सम्झाइन्छ, आफूलाई आत्मा सम्झेर बाबालाई याद गर। यो सेवा पनि गर्नु छ। अब तिमी यदि स्वर्गमा जान चाहछौ भने पुरुषार्थ गर, लडाईमा त सबै धर्मका हुन्छन्। सिक्ख पनि हुन्छन्, ती त सिक्ख धर्ममा नै जान्छन्। स्वर्गमा त तब आउन सक्छन् जब तिमी ब्राह्मणहरूसँग आएर ज्ञान लिन्छन्। जस्तै बाबाको पासमा आउँदा बाबाले सम्झाउनुहुन्थ्यो तिमी लडाई गर्दा पनि शिवबाबाको यादमा रह्यौ भने स्वर्गमा आउन सक्छौ। बाँकी यस्तो होइन, स्वर्गमा राजा बन्छन्। बन्दैनन्। उनीहरूलाई धेरै बुझाउन पनि सकिँदैन। उनलाई थोरै नै ज्ञान सम्झाइन्छ। लडाईमा आफ्नो इष्ट देवतालाई याद अवश्य गर्छन्। सिक्ख छ भने गुरु गोविन्दको जय भन्छ। यस्तो कोही छैन जसले आफूलाई आत्मा सम्झेर परमात्मालाई याद गरोस्। बाँकी हो, जसले बाबाको परिचय लिन्छन् ती स्वर्गमा आउँछन्। सबैका बाबा त एउटै हुनुहुन्छ पतित-पावन। उहाँले पतितहरूलाई भन्नुहुन्छ मलाई याद गर्यौ भने तिम्रो पाप काटिन्छ अनि मैले जुन सुखधाम स्थापना गर्छु त्यसमा तिमी आउँछौ। लडाईमा पनि शिवबाबालाई याद गर्छन् भने स्वर्गमा आउँछन्। त्यो युद्धको मैदानको कुरा भिन्नै हो, यो भिन्नै हो। बाबा भन्नुहुन्छ ज्ञानको विनाश हुँदैन। शिवबाबाका बच्चाहरू त सबै हुन्। अब शिवबाबा भन्नुहुन्छ म एकलाई याद गर्यौ भने तिमी मेरो पासमा आउँछौ, मुक्तिधाम। फेरि जुन ज्ञान सिकाउँछु, त्यो पढ्यौ भने स्वर्गको राजाई मिल्छ। कति सहज छ, स्वर्गमा जाने मार्ग सेकेण्डमा मिल्छ। हामी आत्माहरूले बाबालाई याद गर्छौं, लडाईको मैदानमा त खुसीले जानुपर्छ। कर्म त गर्नु नै छ। देशको रक्षाको लागि सबैथोक गर्नु पर्ने हुन्छ। त्यहाँ त हुन्छ नै एक धर्म। मतभेदको कुनै कुरा हुँदैन। यहाँ कति मतभेद छ। पानीको लागि, जमीनको लागि झगडा। पानी बन्द गरिदियो भने ढुंगा हान्छन्। अनाज दिएनन् भने झगडा हुन्छ।

तिमी बच्चाहरूलाई थाहा छ हामीले आफ्नो स्वराज्य स्थापना गरिहेका छौं। पढाइबाट राज्य पाउँछौं। नयाँ दुनियाँ अवश्य स्थापना हुनु छ, निश्चित छ, त्यसैले कति खुसी हुनुपर्छ। कुनै पनि चीजमा लडाइ-झगडा गर्ने केही कुरा छैन। रहनु पनि धेरै साधारण छ। बाबाले सम्झाउनु भएको छ तिमी पतिको घरमा जान्छौ त्यसैले अहिले वनवाहमा छौ। सबै आत्माहरू जान्छन्, शरीर कहाँ जान्छ र। शरीरको अभिमान पनि छोडिदिनु छ। हामी आत्मा हौं, ८४ जन्म अब पूरा भयो। जति पनि भारतवासी छन्, उनीहरूलाई भन भारत स्वर्ग थियो, अहिले त कलियुग हो। कलियुगमा अनेक धर्म छन्। सत्ययुगमा एउटै धर्म थियो। भारत फेरि स्वर्ग बन्नु छ। सम्झन्छन् पनि भगवान आउनु भएको छ। पछि गएर भविष्यवाणी पनि गरिरहन्छन्। वायुमण्डल देख्छन् नि। बाबाले बच्चाहरूलाई सम्झाउनु हुन्छ। बाबा त सबैको हुनुहुन्छ नि। सबैको हक छ। बाबा भन्नुहुन्छ म आएको छु, सबैलाई भन्छु म एकलाई याद गर्यौ भने तिम्रो विकर्म विनाश हुन्छ। अहिले त मानिसहरूले जानेका छन् जति बेला पनि लडाई हुन सक्छ। यो त भोलि पनि हुन सक्छ। लडाई तेज हुन कहाँ बेर लाग्छ र। तर तिमी बच्चाहरूलाई थाहा छ अहिले हाम्रो राजधानी स्थापना भइसकेको छैन त्यसैले विनाश कसरी हुन सक्छ। अझै बाबाको सन्देश चारैतर्फ कहाँ दिएका छौं र। पतित-पावन बाबा भन्नुहुन्छ मलाई याद गर्यौ भने विकर्म विनाश हुन्छ। यो सन्देश सबैको कानमा पुग्नुपर्छ। लडाई लागोस्, बम पनि खसोस् तर तिमीलाई निश्चय छ हाम्रो राजधानी अवश्य स्थापना हुनु छ, तबसम्म विनाश हुन सक्दैन। विश्वमा शान्ति भन्छन् नि। विश्वमा युद्ध हुन्छ अनि विश्वलाई समाप्त गरिदिन्छन्।

यो हो विश्व विद्यालय, सारा विश्वलाई तिमीले ज्ञान दिन्छौ। एउटै बाबा आएर सारा विश्वलाई परिवर्तन गर्नुहुन्छ। उनीहरूले त कल्पको आयु नै लाखौं वर्ष भनिदिन्छन्। तिमीले जानेका छौ यसको अवधि पूरा ५००० वर्ष छ। भन्छन् क्राइस्ट भन्दा ३ हजार वर्ष पहिला स्वर्ग थियो। इस्लामी, बौद्धी आदि सबैको हिसाब-किताब निकालिन्छ। उनीहरू भन्दा पहिला अरू कसैको नाम छँदै छैन। तिमीले तिथि-तारिख बताउन सक्छौ। त्यसैले तिमीलाई कति नशा रहनु पर्छ। झगडा आदिको कुरा नै छैन। झगडा उनीहरूले गर्छन् जो अनाथ छन्। तिमीले अहिले जुन पुरुषार्थ गर्छौं त्यसबाट २१ जन्मको लागि प्रारब्ध बन्छ। लडाइ-झगडा गर्यौ भने उच्च पद पनि मिल्दैन। सजाय पनि खानु पर्नेछ। कुनै पनि कुरा छ, केही छ भने बाबाको पासमा आऊ, सरकारले पनि भन्छ नि तिमीले आफ्नो हातमा कानून नलेऊ। कसैले भन्छन् हामीलाई बेलायतको बूट चाहिन्छ। बाबा भन्नुहुन्छ प्यारा बच्चाहरू! अहिले तिमी वनवाहमा छौ। त्यहाँ तिमीलाई धेरै माल मिल्छ। बाबाले त राइट नै सम्झाउनु हुन्छ नि यो कुरा ठीक होइन, यहाँ तिमीले यो आश किन राख्छौ? यहाँ त धेरै साधारण रहनु पर्छ। नत्र देह-अभिमान आउँछ, यसमा आफ्नो मत चलाउनु हुँदैन, बाबाले जे भन्नुहुन्छ। बिमारी आदि छ भने डाक्टर आदिलाई पनि बोलाउनु हुन्छ, दबाई आदिबाट सम्हाल त सबैको हुन्छ। फेरि पनि हर कुरामा बाबा बस्नुभएको छ। श्रीमत त श्रीमत हो नि। निश्चयमा विजय छ। उहाँले त सबैथोक जान्नुहुन्छ नि। बाबाको रायमा चल्नुमा नै कल्याण छ। आफ्नो पनि कल्याण गर्नु छ। कसैलाई हीरातुल्य बनाउन सक्दैनन् भने कौडीतुल्य भए नि। हीरा बन्न लायक छैनन्। यहाँ मूल्य छैन भने त्यहाँ पनि मूल्य हुँदैन। सेवाधारी बच्चाहरूलाई सेवाको कति सोख हुन्छ। चक्कर लगाइरहन्छन्। सेवा गर्दैनन् भने उनलाई रहमदिल, कल्याणकारी केही पनि भनिदैन। बाबालाई याद गर्दैनन् भने तुच्छ काम गरिरहन्छन्। पद पनि तुच्छ पाउँछन्। यस्तो होइन, मेरो त शिवबाबासँग योग छ। बी.के. त हो नै। शिवबाबाले ब्रह्माद्वारा नै ज्ञान दिन सक्नुहुन्छ। केवल शिवबाबालाई याद गर्छौ भने मुरली कसरी सुन्छौ? फेरि नतीजा के होला? पढ्दैनौ भने पद के पाउँछौ? यो पनि जानेका छौ सबैको तकदिर उच्च बन्दैन। त्यहाँ पनि त नम्बरवार पद हुन्छन्। पवित्र त सबैलाई हुनु छ। आत्मा पवित्र नबनेसम्म शान्तिधाम जान सक्दैन।

बाबा सम्झाउनु हुन्छ तिमीले सबैलाई यो ज्ञान सुनाउँदै जाऊ। कसैले अहिले नसुने पनि पछि गएर अवश्य सुन्छन्। अहिले जतिसुकै जोडले विघ्न, तुफान आओस् तर तिमी डराउनु हुँदैन किनकि नयाँ धर्मको स्थापना भइरहेको छ नि। तिमीले गुप्त रूपमा राजधानी स्थापना गरिहेका छौ। बाबा सेवाधारी बच्चाहरूलाई देखेर खुसी हुनुहुन्छ। तिमीले आफूलाई आफैंले राजतिलक दिनु छ, श्रीमतमा चल्नु छ। यसमा आफ्नो हठ चल्न सक्दैन। फोकटमा आफूलाई घाटा पार्नु हुँदैन। बाबा भन्नुहुन्छ प्यारा बच्चाहरू! सेवाधारी र कल्याणकारी बन। शिक्षकले विद्यार्थीलाई भन्छन् नि, पढेर छिटो प्रगति गर। तिमीलाई २१ जन्मको लागि स्वर्गको छात्रवृत्ति मिल्छ। डिनायस्टीमा जानु यही ठूलो छात्रवृत्ति हो। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) संगममा धेरै सिम्पल, साधारण रहनु छ किनकि यो वनवाहमा रहने समय हो। यहाँ कुनै पनि आश राख्नु हुँदैन। कहिल्यै कानून आफ्नो हातमा लिनु हुँदैन। लडाईं-झगडा गर्नु हुँदैन।

२) विनाश भन्दा पहिला नयाँ राजधानी स्थापना गर्नको लागि सबैलाई बाबाको सन्देश दिनु पर्छ। बाबा भन्नुहुन्छ मलाई याद गर्यौ भने विकर्म विनाश हुन्छ अनि तिमी पावन बन्छौ।

वरदान:
बाबाद्वारा सफलताको तिलक प्राप्त गर्ने सदा आज्ञाकारी , दिल त ख्त नशीन भव

भाग्य विधाता बाबाले सधैं आफ्ना आज्ञाकारी बच्चाहरूलाई सफलताको तिलक लगाउनुहुन्छ। आज्ञाकारी ब्राह्मण बच्चाहरूले कहिल्यै मेहनत वा मुश्किल शब्द मुखमा त के संकल्पमा पनि ल्याउन सक्दैनन्। उनीहरू सहजयोगी बन्छन्, त्यसैले कहिल्यै पनि निराश नबन। सदा दिल तख्तनशीन बन, रहमदिल बन। अहम् भाव र वहम भावलाई समाप्त गर।

स्लोगन:
विश्व परिवर्तनको मिति नसोच, स्वयंलाई परिवर्तन गर्ने घडी निश्चित गर।