16.09.21          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे बेहदका बाबा यस बेहदको महफिलमा गरिब बच्चाहरूलाई गोदमा लिनको लागि आउनु भएको छ। उहाँलाई देवताहरूको महफिलमा आउने आवश्यकता छैन।

प्रश्न:
बच्चाहरूले कुनचाहिँ दिन धेरै धूमधमासँग मनाउनु पर्छ?

उत्तर:
जुन दिन मरजीवा जन्म भयो, बाबामा निश्चय भयो... त्यो दिन धेरै धूमधामसँग मनाउनु पर्छ। त्यही दिन तिम्रो लागि जन्माष्टमी हो। यदि आफ्नो मरजीवा जन्म दिन मनायौ भने बुद्धिमा याद हुन्छ म पुरानो दुनियाँबाट अलग भएँ। म बाबाको बनेँ अर्थात् वर्साको अधिकारी बनेँ।

गीत:
महफिल में जल उठी शमा...

ओम् शान्ति ।
गीत-कविता, भजन, वेद-शास्त्र, उपनिषद, देवताहरूको महिमा आदि तिमी बच्चाहरूले धेरै सुन्दै आएका छौ। अहिले तिमीलाई समझ मिलेको छ यो सृष्टिचक्र कसरी घुम्छ? विगतलाई पनि बच्चाहरूले जानेका छौ। वर्तमान दुनियाँको हालत के छ, त्यो पनि देखिरहेका छौ। त्यो पनि यथार्थमा अनुभव गरेका छौ। बाँकी जे कुरा हुनु छ, त्यो अहिले यथार्थमा अनुभव गरेका छैनौ। विगतमा जे भएको थियो, त्यसको अनुभव गरेका छौ। बाबाले नै सम्झाउनु भएको छ। बाबा बाहेक अरू कसैले सम्झाउन सक्दैन। अथाह मनुष्य छन् तर उनीहरूले केही पनि जानेका छैनन्। रचयिता र रचनाको आदि-मध्य-अन्त्यको बारेमा केही पनि जानेका छैनन्। अहिले कलियुगको अन्त्य हो, यो कुरा पनि मनुष्यले जानेका छैनन्। हो, पछि गएर अन्त्यलाई जान्दछन्। मूल सारलाई जान्दछन्। तर सारा ज्ञानलाई जानेका छैनन्। पढ्ने विद्यार्थीहरूले नै जान्न सक्छन्। यो हो मनुष्यबाट राजाहरूका राजा बन्नु। त्यो पनि आसुरी राजाहरू होइन। दैवी राजाहरू, जसलाई आसुरी राजाहरूले पूजा गर्छन्। यी सबै कुरा तिमी बच्चाहरूले नै जानेका छौ। विद्वान्, आचार्य आदिले अलिकति पनि जानेका छैनन्। भगवान, जसलाई महाज्योति भनेर पुकार्छन्, उहाँलाई जानेका छैनन्। गीत गाउनेहरूले पनि केही जानेका छैनन्। केवल महिमा गाउँछन्। भगवान पनि कुनै समयमा यस दुनियाँको महफिलमा आउनु भएको थियो। महफिल अर्थात् जहाँ धेरै जम्मा हुन्छन्। महफिलमा खान, पिउन, मदिरा आदि मिल्छ। अहिले यस महफिलमा तिमीलाई बाबाद्वारा अविनाशी ज्ञान रत्नहरूको खजाना मिलिरहेको छ अथवा यस्तो भनौं हामीलाई वैकुण्ठको बादशाही बाबाद्वारा प्राप्त भइरहेको छ। यस सारा महफिलमा बच्चाहरूले नै बाबालाई जानेका छौ बाबा हामीहरूलाई सौगात दिन आउनु भएको छ। बाबाले महफिलमा के दिनुहुन्छ, मनुष्यले महफिलमा एक अर्कालाई के दिन्छन्! रात-दिनको फरक छ। बाबाले मानौं हलुवा खुवाउनु हुन्छ। उनीहरूले सस्तो वस्तु चना खुवाउँछन्। हलुवा र चना दुवैमा कति फरक छ। एक अर्कालाई चना खुवाइरहन्छन्। कसैले कमाउँदैन भने भनिन्छ यसले त चना चबाइरहेको छ।

अहिले तिमी बच्चाहरूलाई थाहा छ बेहदका बाबाले हामीलाई स्वर्गको राजाईको वरदान दिइरहनु भएको छ। शिवबाबा यस महफिलमा आउनु हुन्छ नि। शिवजयन्ती पनि त मनाउँछन् नि। तर उहाँले आएर के गर्नुहुन्छ, यो कसैलाई पनि थाहा छैन। उहाँ बाबा हुनुहुन्छ। बाबाले अवश्य केही खुवाउनु हुन्छ, दिनुहुन्छ। तिम्रा माता-पिताले जीवनमा पालना त गर्छन् नि। तिमीले पनि जानेका छौ उहाँ माता-पिता आएर जीवनलाई सम्हाल गर्नुहुन्छ। आफ्नो बनाउनु हुन्छ। बच्चाहरूले स्वयं भन्छन् बाबा हामी हजुरको १० दिनका बच्चा हौं अर्थात् १० दिनदेखि हजुरको बनेका छौं। त्यसैले सम्झनुपर्छ म बाबाद्वारा स्वर्गको बादशाही लिने हकदार बनिसकेको छु। गोद लिनुभएको छ। जीवन छँदै कसैलाई गोदमा लिइन्छ भने अन्धश्रद्धावश त लिइँदैन। माता-पिताले पनि बच्चालाई गोदमा दिन्छन्। सम्झन्छन् हाम्रो बच्चा उनीसँग धेरै खुशी हुन्छ, अझै प्यारसँग सम्हाल गर्छन्। तिमी पनि लौकिक पिताका बच्चाहरूले यहाँ बेहदको बाबाको गोद लिन्छौ। बेहदका बाबाले कति रूचिसँग गोद लिनुहुन्छ। बच्चाहरूले पनि लेख्छन् बाबा हामी हजुरका भयौं। केवल टाढैबाट त भनिँदैन। यथार्थमा गोद लिइन्छ, त्यसैले उत्सव पनि गरिन्छ। जसरी जन्मदिन मनाउँछन् नि। त्यस्तै यहाँ पनि बच्चाहरूले जानेका छौ, भन्छौ हामी हजुरका हौं त्यसैले ६-७ दिन पछि नामाकरण पनि मनाउनु पर्छ नि। तर कसैले पनि मनाउँदैनन्। आफ्नो जन्माष्टमी त धेरै धूमधामसँग मनाउनु पर्छ। तर मनाउँदैनन्। ज्ञान पनि छैन मैले जयन्ती मनाउनु छ। १२ महिना भएपछि मनाउँछन्। अरे, पहिला मनाएनौ, १२ महिना पछि किन मनाउँछौ? ज्ञानै छैन भने निश्चय हुँदैन। एकपटक जन्म दिन मनाएपछि त्यो त पक्का हुन्छ। फेरि यदि जन्मदिन मनाएर पनि भाग्यो भने बुझिन्छ यो मर्यो। जन्मदिन पनि कसैले त धेरै धूमधामसँग मनाउँछन्। कोही गरिब छ भने गुँड, चना पनि बाँड्न सक्छ। धेरै पर्दैन। बच्चाहरूलाई पूरा समझमा आउँदैन त्यसैले खुशी हुँदैन। जन्मदिन मनायो भने याद पनि पक्का हुन्छ। तर त्यो बुद्धि छैन। आज फेरि पनि बाबाले सम्झाउनु हुन्छ जो-जो नयाँ बच्चा बनेका छौ, तिमीहरूलाई निश्चय छ भने जन्मदिन मनाऊ। फलानो दिन मलाई निश्चय भयो, जसबाट जन्माष्टमी सुरु हुन्छ। त्यसैले बच्चाहरूले बाबा र वर्सालाई पूरा याद गर्नुपर्छ। बच्चाहरूले कहिल्यै कहाँ बिर्सिन्छन् र म फलानाको बच्चा हुँ। यहाँ भन्छन् बाबा हामीलाई हजुरको याद रहँदैन। अज्ञानकालमा त यस्तो कहिल्यै भन्दैनौ। याद नहुने प्रश्नै उठ्दैन। तिमीले बाबालाई याद गर्छौ। बाबाले त सबैलाई याद गर्नुहुन्छ नै। सबै मेरा बच्चाहरू काम-चितामा जलेर भस्म भएका छन्। यस्तो अरू कुनै गुरु वा महात्मा आदिले भन्दैनन्। यो भगवानुवाच नै छ मेरा सबै बच्चाहरू हुन्। भगवानका त सबै बच्चाहरू हुन् नि। सबै आत्माहरू परमात्मा बाबाका बच्चा हुन्। बाबाले पनि शरीरमा आएपछि भन्नुहुन्छ यी सबै आत्माहरू मेरा बच्चा हुन्। काम चितामा चढेर भस्मीभूत तमोप्रधान भएका छन्। सबै कति तमोप्रधान भएका छन्। काम-चितामा बसेर सबै काला बनेका छन्। जो पूज्य नम्बरवन गोरा थिए, उनै अहिले पुजारी काला बनेका छन्। सुन्दर नै श्याम हुन्छन्। यो काम-चितामा चढ्नु अर्थात् साँपमाथि चढ्नु हो। वैकुण्ठमा साँप आदि हुँदैनन्, जसले कसैलाई डस्छन्। यस्तो कुरा हुन सक्दैन। बाबा भन्नुहुन्छ ५ विकार प्रवेश हुनाले तिमी त जंगली काँडा जस्तै बनेका छौ। भन्छन् बाबा हामी मान्छौं, यो हो नै काँडाको जंगल। एक-अर्कालाई डसेर सबै भस्मीभूत भएका छन्। भगवानुवाच म ज्ञानसागरका बच्चाहरू! जसलाई मैले कल्प पहिला पनि आएर स्वच्छ बनाएको थिएँ, उनै अहिले पतित काला भएका छन्। बच्चाहरूले जानेका छौ हामी गोरोबाट कालो कसरी बन्छौं। सारा ८४ जन्मको इतिहास-भूगोल संक्षेपमा बुद्धिमा छ। यतिबेला तिमीले जानेका छौ, कसैले ५-६ वर्षदेखि लिएर आफ्नो जीवनी जानेका छन् नम्बरवार बुद्धि अनुसार। हरेकले आफ्नो बितेको जीवनी पनि जानेका छन् मैले के-के नराम्रो काम गरेँ? मोटो रूपमा त बताइन्छ मैले के-के गरेँ। पहिलाको जन्मको त बताउन सक्दैनन्। जन्म-जन्मान्तरको जीवनी कसैले बताउन सक्दैन। बाँकी ८४ जन्म कसरी लियौं, त्यो कुरा बाबा बसेर उनीहरूलाई सम्झाउनु हुन्छ, जसले पूरा ८४ जन्म लिएका छन्, उनीहरूकै स्मृतिमा आउँछ। घर जानको लागि मैले तिमीलाई मत दिन्छु। त्यसैले बाबा भन्नुहुन्छ यो ज्ञान सबै धर्मको लागि हो। यदि मुक्तिधाम घर जान चाहन्छौ भने बाबाले नै लैजान सक्नुहुन्छ। बाबाले बाहेक अरू कसैले पनि आफ्नो घर लैजान सक्दैन। कसैसँग यो युक्ति छैन, जसले बाबालाई याद गरेर त्यहाँ पुग्छन्। पुनर्जन्म त सबैले लिनु छ। बाबा बाहेक त कसैले लैजान सक्दैन। मोक्षको ख्याल त कहिल्यै पनि गर्नु छैन। यो त हुनै सक्दैन। यो त अनादि बनिबनाउ ड्रामा हो, यसबाट कोही पनि निस्कन सक्दैन। सबैका एउटै बाबा लिबरेटर, गाइड हुनुहुन्छ। उहाँ नै आएर युक्ति बताउनु हुन्छ मलाई याद गर्यौ भने तिम्रा विकर्म विनाश हुन्छन्। नत्र सजायँ खानुपर्छ। पुरुषार्थ गर्दैनन् भने बुझिन्छ यहाँका होइनन्। मुक्ति-जीवनमुक्तिको मार्ग तिमी बच्चाहरूले नम्बरवार पुरुषार्थ अनुसार जानेका छौ। हरेकको सम्झाउने तरिका आ-आफ्नै छ। तिमीले पनि भन्न सक्छौ यतिबेला पतित दुनियाँ छ। कति मारामार आदि हुन्छ। सत्ययुगमा यो हुँदैन। अहिले कलियुग हो। यो त सबै मनुष्यले मान्छन्। सत्ययुग, त्रेता... गोल्डन एज, सिल्भर एज... अरू-अरू भाषाहरूमा पनि कुनै नाम अवश्य छन्। अंग्रेजी त सबैले जानेका छन्। शब्दकोष पनि हुन्छ, अंग्रेजी हिन्दीको। अंग्रेजहरूले धेरै समय राज्य गरेर गए, त्यसैले उनीहरूको अंग्रेजी काममा आउँछ।

मनुष्यले यतिबेला यो कुरा त मान्छन् म भित्र कुनै गुण छैन, बाबा हजुर आएर दया गर्नुहोस्। फेरि हामीलाई पावन बनाउनुहोस्, हामी पतित छौं। अहिले तिमी बच्चाहरूले बुझेका छौ पतित आत्माहरू एउटा पनि फर्केर जान सक्दैन। सबै सतो-रजो-तमोमा आउनु नै छ। अहिले बाबा यस पतित महफिलमा आउनु हुन्छ। कति ठूलो महफिल छ! म देवताहरूको महफिलमा कहिल्यै आउँदिनँ। जहाँ ३६ प्रकारको भोजन मिल्छ, त्यहाँ म आउँदै आउँदिनँ। जहाँ बच्चाहरूलाई रोटी पनि मिल्दैन, उनीहरूको पासमा आएर गोदमा लिन्छु, बच्चा बनाएर वर्सा दिन्छु। धनवानलाई गोदमा लिन्न, उनीहरू त आफ्नै नशामा चूर हुन्छन्। स्वयं भन्छन् हाम्रो लागि त स्वर्ग यहीँ छ, फेरि कोही मर्यो भने भन्छन् स्वर्गवासी भयो। त्यसैले अवश्य यो नर्क भयो नि। तिमीले किन सम्झाउँदैनौ? अहिलेसम्म अखबारमा पनि युक्तियुक्त तरिकाले कसैले राखेको छैन। बच्चाहरूले पनि जानेका छौ हामीलाई ड्रामाले पुरुषार्थ गराउँछ। हामीले जुन पुरुषार्थ गर्छौं, त्यो ड्रामामा निश्चित छ। पुरुषार्थ पनि अवश्य गर्नु छ। ड्रामामा भर पर्नु हुँदैन। हर कुरामा पुरुषार्थ अवश्य गर्नु छ। कर्मयोगी, राजयोगी हौ नि। ती हुन् कर्मसंन्यासी, हठयोगी। तिमीले त सबैथोक गर्छौ। घरैमा बसेर बाल-बच्चाहरूलाई पालना गर्छौ। उनीहरू त भाग्छन्। यो राम्रो लाग्दैन। तर त्यो पवित्रता पनि यहाँ चाहिन्छ नि। फेरि पनि ठीकै छ। अहिले त पवित्र पनि रहँदैनन्। यस्तो होइन, उनीहरू कुनै पवित्र दुनियाँमा जान सक्छन्। बाबा सिवाय कसैले लिएर जान सक्दैन। अहिले तिमीले जानेका छौ शान्तिधाम त हाम्रो घर हो। तर जाने कसरी? धेरै पाप गरेका छन्। ईश्वरलाई सर्वव्यापी भनिदिन्छन्। यसबाट कसको इज्जत गुमाउँछन्? शिवबाबाको। कुकुर, बिरालो, कण-कणमा परमात्मा हुनुहुन्छ भनिदिन्छन्। अब रिपोर्ट कसलाई गर्ने! बाबा भन्नुहुन्छ म नै समर्थ छु। मसँग धर्मराज पनि छन्। यो सबैको लागि विनाशको समय हो। सबै सजायँ आदि भोगेर फर्केर जान्छन्। ड्रामाको बनोट नै यस्तो छ। सजायँ खानैपर्छ। यो त साक्षात्कार पनि हुन्छ। गर्भजेलमा पनि साक्षात्कार हुन्छ। तिमीले यो-यो काम गरेका थियौ, त्यसैले त्यसको सजायँ मिल्छ। त्यसैले त भन्छन् यस जेलबाट निकाल्नुहोस्। मैले फेरि यस्तो पाप गर्दिनँ। बाबा यहाँ सम्मुख आएर यी सबै कुरा तिमीलाई सम्झाउनु हुन्छ। गर्भमा सजायँ खान्छन्। त्यो पनि जेल हो, दु:ख महसुस हुन्छ। त्यहाँ सत्ययुगमा दुवै जेल हुँदैनन्, जहाँ सजायँ खानु परोस्।

अहिले बाबाले सम्झाउनु हुन्छ प्यारा बच्चाहरू मलाई याद गर्यौ भने विकार निस्कन्छ। यी तिम्रा शब्दहरू धेरैले मान्छन्। भगवानको नाम त छ। केवल भूल गरेका छन्, कृष्णको नाम राखिदिएका छन्। अहिले बाबाले पनि बच्चाहरूलाई सम्झाउनु हुन्छ यो जुन कुरा सुन्छौ, सुनेर अखबारमा छपाऊ। शिवबाबाले यतिबेला सबैलाई भन्नुहुन्छ ८४ जन्म भोगेर तमोप्रधान बनेका छौ। अहिले फेरि मैले राय दिन्छु मलाई याद गर्यौ भने विकर्म विनाश हुन्छ, फेरि तिमी मुक्ति-जीवनमुक्ति धाममा जान्छौ। बाबाको यो आदेश छ मलाई याद गर्यौ भने खाद निस्कन्छ। बच्चाहरूलाई कति सम्झाऊँ, कति बुझाऊँ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) हर कुराको लागि पुरुषार्थ अवश्य गर्नु छ। ड्रामा भनेर बस्नु छैन। कर्मयोगी, राजयोगी बन्नु छ। कर्म संन्यासी, हठयोगी होइन।

२) सजायँ नखाइकन बाबासँग घर जानको लागि यादमा रहेर आत्मालाई सतोप्रधान बनाउनु छ। श्यामबाट सुन्दर बन्नु छ।

वरदान:
आफ्नो श्रेष्ठताद्वारा नवीनताको झण्डा लहराउने शक्ति स्वरूप भव

अब समय प्रमाण, समीपता प्रमाण शक्ति रूपको प्रभाव जब अरूमा पार्छौ, त्यसपछि अन्तिम प्रत्यक्षता समीप ल्याउन सक्छौ। जसरी स्नेह र सहयोगलाई प्रत्यक्ष गरेका छौ, त्यसैगरी सर्भिसको ऐनामा शक्ति रूपको अनुभव गराऊ। जब आफ्नो श्रेष्ठताद्वारा शक्ति रूपको नवीनताको झण्डा लहराउँछौ, अनि प्रत्यक्षता हुन्छ। आफ्नो शक्ति स्वरूपद्वारा सर्वशक्तिमान बाबाको साक्षात्कार गराऊ।

स्लोगन:
मनसाद्वारा शक्तिको र कर्मद्वारा गुणहरूको दान दिनु नै महादान हो।