16.10.20          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे तिमीले संगममा सेवा गरेर गायन योग्य बन्नु छ , फेरि भविष्यमा पुरुषोत्तम बनेपछि तिमी पूजन लायक बन्छौ।

प्रश्न:
कुनचाहिँ बिमारी जरैबाट समाप्त भयो भने बाबाको दिलमा चढ्न सक्छौ?

उत्तर:
(१) देह-अभिमानको बिमारी। यस देह-अभिमानको कारण सबै विकारहरूले महारोगी बनाएको छ। यो देह-अभिमान समाप्त भयो भने तिमी बाबाको दिलमा चढ्न सक्छौ। (२) दिलमा चढ्नु छ भने विशाल बुद्धि बन, ज्ञान चितामा बस। रूहानी सेवामा लाग अनि वाणीको सेवाको साथै बाबालाई राम्रोसँग याद पनि गर।

गीत:
जाग सजनियां जाग...

ओम् शान्ति ।
मीठा-प्यारा बच्चाहरूले गीत सुन्यौ, रूहानी बाबाले यस साधारण पुरानो तनको मुखद्वारा भन्नुभयो। बाबा भन्नुहुन्छ मलाई पुरानो तन, पुरानो राजधानीमा आउनु पर्यो। अहिले यो रावणको राजधानी हो। तन पनि पराई हो किनकि यस शरीरमा त पहिलादेखि नै आत्मा छ। म पराई तनमा प्रवेश गर्छु। आफ्नो तन भएको भए त्यसको नाम हुन्थ्यो। मेरो नाम परिवर्तन हुँदैन। मलाई फेरि पनि भन्छन् शिवबाबा। गीत त बच्चाहरूले सधैं सुन्छन्। नवयुग अर्थात् नयाँ दुनियाँ सत्ययुग आयो। अहिले कसलाई जाग भन्नुहुन्छ? आत्माहरूलाई किनकि आत्माहरू घोर अन्धकारमा सुतेका छन्। केही पनि ज्ञान छैन। बाबालाई नै चिनेका छैनन्। अहिले बाबा जगाउन आउनु भएको छ। अहिले तिमीले बेहदका बाबालाई चिनेका छौ। उहाँबाट बेहदको सुख मिल्छ नयाँ दुनियाँमा। सत्ययुगलाई नयाँ भनिन्छ, कलियुगलाई पुरानो युग भनिन्छ। विद्वान, पण्डित आदि कसैले पनि जानेका छैनन्। कसैलाई पनि सोध नयाँ युग फेरि पुरानो कसरी हुन्छ? यो कुरा कसैले पनि भन्न सक्दैन। भन्छन् यो त लाखौं वर्षको कुरा हो। अहिले तिमीलाई थाहा छ हामी नयाँ युगबाट फेरि पुरानो युगमा कसरी आयौं अर्थात् स्वर्गवासीबाट नर्कवासी कसरी बन्यौं। मनुष्यले त केही पनि जानेका छैनन्, जसको पूजा गर्छन् उनको जीवनीलाई पनि जानेका छैनन्। जस्तै, जगदम्बाको पूजा गर्छन् तर अम्बा को हुन्, चिनेका छैनन्। अम्बा वास्तवमा माताहरूलाई भनिन्छ। तर पूजा त एकको हुन्छ। शिवबाबाको पनि एउटै अव्यभिचारी यादगार हुन्छ। अम्बा पनि एउटै हुन्, तर जगत अम्बालाई चिनेका छैनन्। यी हुन् जगत अम्बा र लक्ष्मी हुन् जगतकी महारानी। तिमीलाई थाहा छ जगत अम्बा को हुन् र जगत महारानी को हुन्? यो कुरा कहिल्यै कसैले जान्न सक्दैनन्। लक्ष्मीलाई देवी र जगत अम्बालाई ब्राह्मणी भनिन्छ। ब्राह्मण संगममा नै हुन्छन्। यस संगमयुगलाई कसैले पनि बुझेका छैनन्। प्रजापिता ब्रह्माद्वारा नयाँ पुरुषोत्तम सृष्टि रचिन्छ। पुरुषोत्तम तिमीलाई त्यहाँ देख्न सकिन्छ। यस समयमा तिमी ब्राह्मणहरू गायन लायक छौ। सेवा गरिरहेका छौ फेरि तिमी पूजा लायक बन्छौ। ब्रह्मालाई यतिका भुजा दिन्छन् भने अम्बालाई पनि किन नदिने। उनका पनि सबै बच्चाहरू हुन् नि। माता-पिता नै प्रजापिता बन्छन्। बच्चाहरूलाई प्रजापिता भनिदैन। लक्ष्मी-नारायणलाई कहिल्यै पनि सत्ययुगमा जगतपिता, जगत माता भनिदैन। प्रजापिताको नाम प्रसिद्ध छ। जगत पिता र जगत माता एउटै हुन्। बाँकी हुन् उनका बच्चाहरू। अजमेरमा प्रजापिता ब्रह्माको मन्दिरमा जाँदा भन्छन् बाबा किनकि हुन् नै प्रजापिता। हदका पिताले बच्चा पैदा गर्छन् त्यसैले उनीहरू भए हदका प्रजापिता। यी हुन् बेहदका। शिवबाबा त सबै आत्माहरूका बेहदका बाबा हुनुहुन्छ। यो भिन्नता पनि तिमी बच्चाहरूले लेख्नुपर्छ। जगत अम्बा सरस्वती हुन् एक। नाम कति धेरै राखेका छन् दुर्गा, काली आदि। अम्बा र बाबाका तिमीहरू सबै बच्चाहरू हौ। यो रचना हो नि। प्रजापिता ब्रह्माकी पुत्री हुन् सरस्वती, उनलाई अम्बा भन्छन्। बाँकी हुन् उनका सन्तान। सबै धर्मका बच्चाहरू हुन्। यतिका सबै बच्चाहरू कहाँबाट आउन सक्छन्। यी सबै हुन् मुख बंशावली। मुखबाट स्त्रीलाई रचना गरियो त्यसैले रचयिता भए। भन्नुहुन्छ यी मेरी हुन्। मैले यिनीद्वारा बच्चाहरू पैदा गरेको हुँ। यी सबै हुन् एडप्सन। यो हो ईश्वरीय, मुखद्वारा रचना। आत्माहरू त छँदै छन्। तिनलाई एडप्ट गरिदैन। बाबा भन्नुहुन्छ तिमी आत्माहरू सदैव मेरा बच्चाहरू हौ। फेरि अहिले म आएर प्रजापिता ब्रह्माद्वारा बच्चाहरूलाई एडप्ट गर्छु। आत्माहरूलाई एडप्ट गर्दिनँ, बच्चा र बच्चीहरूलाई गर्छु। यो पनि धेरै सूक्ष्म बुझ्नु पर्ने कुरा छ। यी कुरालाई बुझेपछि तिमी लक्ष्मी-नारायण बन्छौ। कसरी बने, यो हामीले सम्झाउन सक्छौं। यस्तो कुन कर्म गरे जसकारण यिनीहरू विश्वको मालिक बने? तिमीले प्रदर्शनी आदिमा पनि सोध्न सक्छौ। तपाईंहरूलाई थाहा छ यिनीहरूले स्वर्गको राजधानी कसरी लिए? तिमीहरूमा पनि यथार्थ रूपले हरेकले सम्झाउन सक्दैनन्। जसमा दैवी गुण छ, यस रूहानी सेवामा लागेको छ, उसले सम्झाउन सक्छ। बाँकी त मायाको बिमारीमा फँसिरहन्छन्। अनेक प्रकारका रोग छन्। देह-अभिमानको पनि रोग छ। यी विकारहरूले नै तिमीलाई रोगी बनाएका हुन्।

बाबा भन्नुहुन्छ म तिमीलाई पवित्र देवता बनाउँछु। तिमी सर्वगुण सम्पन्न... पवित्र थियौ। अहिले पतित बनेका छौ। बेहदका बाबाले यस्तो भन्नुहुन्छ। यसमा निन्दाको कुरा छैन, यो बुझाउने कुरा हो। तिमीहरूलाई बेहदका बाबा भन्नुहुन्छ म यहाँ भारतमा आउँछु। भारतखण्डको महिमा त अपरम्पार छ। यहाँ आएर नर्कलाई स्वर्ग बनाउनु हुन्छ, सबैलाई शान्ति दिनुहुन्छ। त्यसैले यस्तो बाबाको महिमा पनि अपरम्पार छ, पारावार नै छैन। जगत अम्बा र उनको महिमालाई कसैले पनि जानेका छैनन्। यिनको भिन्नतालाई तिमीले बताउन सक्छौ, यो जगत अम्बाको जीवनी, यो लक्ष्मीको जीवनी। उनै जगत अम्बा फेरि लक्ष्मी बन्छिन्। फेरि लक्ष्मी नै ८४ जन्मपछि जगत अम्बा हुन्छिन्। चित्र पनि बेग्ला-बेग्लै राख्नुपर्छ। देखाइन्छ लक्ष्मीलाई कलश मिल्यो तर लक्ष्मी फेरि संगमयुगमा कहाँबाट आइन्? उनी त सत्ययुगमा हुन्छिन्। यी सबै कुरा बाबाले सम्झाउनु हुन्छ। चित्र बनाउनको लागि जो निमित्त छन् उनले विचार सागर मन्थन गर्नुपर्छ। तब नै सम्झाउन सजिलो हुन्छ। यति विशाल बुद्धि हुनुपर्छ तब दिलमा चढ्न सक्छन्। जब राम्ररी बाबालाई याद गर्छन्, ज्ञान चितामा बस्छन् तब दिलमा चढ्छन्। यस्तो होइन, जो धेरै राम्ररी वाणी चलाउँछन् ती दिलमा चढ्छन्। होइन, बाबा भन्नुहुन्छ दिलमा अन्त्यमा चढ्छन्, नम्बरवार पुरुषार्थ अनुसार जब देह-अभिमान खतम हुन्छ।

बाबाले सम्झाउनु भएको छ ब्रह्म ज्ञानी, ब्रह्ममा लीन हुनेहरूले मेहनत गर्छन् तर यसरी कोही पनि लीन हुन सक्दैन। बाँकी मेहनत गर्छन्, उच्च पद पाउँछन्। यस्ता-यस्ता महात्मा बन्छन् जो उनलाई प्लेटेनियममा वजन गर्छन् किनकि ब्रह्ममा लीन हुने मेहनत त गर्छन् नि। त्यसैले मेहनतको पनि फल मिल्छ। बाँकी मुक्ति-जीवनमुक्ति मिल्न सक्दैन। तिमी बच्चाहरूलाई थाहा छ अब यो पुरानो दुनियाँ गयो कि गयो। यतिका बमहरू बनाएका छन् राख्नको लागि कहाँ बनाएका हुन् र! तिमीलाई थाहा छ पुरानो दुनियाँको विनाशको लागि यी बमहरू काममा आउँछन्। अनेक प्रकारका बमहरू छन्। बाबाले ज्ञान र योग सिकाउनु हुन्छ फेरि राज-राजेश्वर डबल शिरताज देवी-देवता बन्छौ। कुनचाहिँ उच्च पद हो? ब्राह्मण चोटी हो सबैभन्दा उच्च। शिखा सबैभन्दा माथि हुन्छ। अहिले तिमी बच्चाहरूलाई पतितबाट पावन बनाउन बाबा आउनु भएको छ। फेरि तिमी पनि पतित-पावनी बन्छौ यो नशा छ? हामीले सबैलाई पावन बनाएर राज-राजेश्वर बनाइरहेका छौं? नशा छ भने धेरै खुसी पनि हुन्छ। आफ्नो दिलसँग सोध मैले कतिलाई आफू समान बनाएको छु? प्रजापिता ब्रह्मा र जगत-अम्बा दुवै समान छन्। ब्राह्मणहरूको रचना रच्छन्। शूद्रबाट ब्राह्मण बन्ने युक्ति बाबाले नै बताउनु हुन्छ। यो कुनै शास्त्रमा छैन। यो हो पनि गीताको युग। महाभारत लडाईं पनि अवश्य भएको थियो। राजयोग एक जनालाई मात्र सिकाइएको हो र! मनुष्यको बुद्धिमा फेरि अर्जुन र कृष्ण नै छ। यहाँ त धेरैले पढ्छन्। बसेका पनि कति साधारण छौ। साना बच्चाहरूले अल्फ र बे (१,२..) पढ्छन् नि। तिमी बसेका छौ तिमीलाई पनि अल्फ बे पढाइरहनु भएको छ। अल्फ र बे यो हो वर्सा। बाबा भन्नुहुन्छ मलाई याद गर्यौ भने तिमी विश्वको मालिक बन्छौ। कुनै पनि आसुरी काम गर्नु हुँदैन। दैवी गुण धारण गर्नु छ। हेर्नु छ मभित्र कुनै अवगुण त छैन? म निर्गुणीमा कुनै गुण छैन...। अहिले निर्गुण आश्रम पनि छ तर अर्थ केही पनि छैन। निर्गुण अर्थात् ममा कुनै गुण छैन। अब गुणवान बनाउनु त बाबाको नै काम हो। बाबाको टाइटलको टोपी फेरि आफूमाथि राखेका छन्। बाबा कति कुरा सम्झाउनु हुन्छ। डाइरेक्सन पनि दिनुहुन्छ। जगत अम्बा र लक्ष्मीको भिन्नता बताऊ। ब्रह्मा-सरस्वती हुन् संगमका, लक्ष्मी-नारायण हुन् सत्ययुगका। यो चित्र हो बुझाउनको लागि। सरस्वती ब्रह्माकी पुत्री हुन्। पढ्छन् मनुष्यबाट देवता बन्नको लागि। अहिले तिमी ब्राह्मण हौ। सत्ययुगी देवता पनि मनुष्य नै हुन् तर उनलाई देवता भन्छन्, मनुष्य भन्नाले उनको अपमान जस्तै हुन्छ। त्यसैले देवी-देवता वा भगवान-भगवती भनिदिन्छन्। यदि राजा-रानीलाई भगवान-भगवती भन्यो भने फेरि प्रजालाई पनि भन्नु पर्ने हुन्छ, त्यसैले देवी-देवता भनिन्छ। त्रिमूर्तिको चित्र पनि छ। सत्ययुगमा यति थोरै मनुष्य, कलियुगमा यति धेरै मनुष्य छन्। त्यो कसरी सम्झाउने, यसको लागि फेरि सृष्टि-चक्र पनि अवश्य चाहिन्छ। प्रदर्शनीमा सबैलाई बोलाउँछन्। कस्टम कलेक्टरलाई त कहिल्यै कसैले निमन्त्रणा दिएका छैनन्। त्यसैले यस्तो-यस्तो विचार चलाउनु पर्छ, यसमा बडो विशाल बुद्धि चाहिन्छ।

बाबाको त आदर गर्नुपर्छ। हुसेनको घोडालाई कति सजाउँछन्। पटका कति सानो हुन्छ, घोडा कति ठूलो हुन्छ। आत्मा पनि कति सानो बिन्दु छ, उसको शृङ्गार कति ठूलो छ। यो अकालमूर्तको तख्त हो नि। सर्वव्यापीको कुरा पनि गीताबाट लिइएको हो। बाबा भन्नुहुन्छ म आत्माहरूलाई राजयोग सिकाउँछु, फेरि उहाँ सर्वव्यापी कसरी हुन सक्नुहुन्छ? पिता, शिक्षक र गुरु सर्वव्यापी कसरी हुन सक्छन्? बाबा भन्नुहुन्छ म त तिम्रो पिता हुँ फेरि ज्ञानसागर हुँ। तिमीले बेहदको इतिहास-भूगोल बुझ्यौ भने बेहदको राज्य मिल्छ। दैवी गुण पनि धारणा गर्नुपर्छ। मायाले एकदम नाकबाट समात्छ। चालचलन फोहोरी हुन थाल्छ फेरि लेख्छन् यस्तो-यस्तो भूल भयो। मैले कालो मुख पारेँ। यहाँ त पवित्रता सिकाइन्छ फेरि यदि कोही गिरे भने पनि त्यसमा बाबाले के गर्न सक्नुहुन्छ? घरमा कोही बच्चा गन्दा हुन्छ, कालो मुख पार्छ भने पिताले भन्छन् तिमी त नजन्मेको भए राम्रो हुन्थ्यो। बेहदका बाबाले त ड्रामालाई जान्नुहुन्छ फेरि पनि भन्नु त हुन्छ नि। तिमी अरूलाई शिक्षा दिएर स्वयं गिर्छौ भने हजार गुणा पाप चढ्छ। भन्छन् मायाले थप्पड मार्यो। मायाले यस्तो मुक्का मार्छ जसकारण एकदम अक्कल नै खतम गरिदिन्छ।

बाबाले सम्झाइरहनु हुन्छ, आँखा धेरै धोकेबाज छ। कहिल्यै पनि कोही विकर्म गर्नु हुँदैन। तुफान त धेरै आउँछन् किनकि युद्धको मैदानमा छौ नि। थाहा पनि हुँदैन के हुन्छ? मायाले तुरुन्तै थप्पड लगाइदिन्छ। अहिले तिमी कति समझदार बन्छौ। आत्मा नै समझदार बन्छ नि। आत्मा नै बेसमझ थियो। अहिले बाबाले समझदार बनाउनु हुन्छ। धेरै देह-अभिमानमा छन्। हामी आत्मा हौं यो कुरा बुझ्दैनन्। बाबाले हामी आत्माहरूलाई पढाउनु हुन्छ। हामी आत्माले यी कानबाट सुनिरहेका छौं। बाबा भन्नुहुन्छ अब कुनै पनि विकारका कुरा यी कानबाट नसुन। बाबाले तिमीलाई विश्वको मालिक बनाउनु हुन्छ, लक्ष्य धेरै ठूलो छ। मृत्यु जब नजिक आउँछ तब फेरि तिमीलाई डर लाग्छ। मनुष्यहरूलाई मर्ने समयमा पनि मित्र-सम्बन्धी आदिले भन्छन् नि भगवानलाई याद गर वा आफ्नो गुरु आदिलाई याद गर। देहधारीलाई याद गर्न सिकाउँछन्। बाबा त भन्नुहुन्छ एक मलाई याद गर। यो त तिमी बच्चाहरूको बुद्धिमा नै छ। बाबा आज्ञा गर्नुहुन्छ म एकलाई याद गर। देहधारीहरूलाई याद गर्नु छैन। माता-पिता पनि देहधारी नै हुन्। म त विचित्र हुँ, विदेही हुँ, यसमा बसेर तिमीलाई ज्ञान दिन्छु। तिमीले अहिले ज्ञान र योग सिक्छौ। तिमीले भन्छौ ज्ञानसागर बाबाद्वारा हामीले ज्ञान सिकिरहेका छौं, राज-राजेश्वरी बन्नको लागि। ज्ञान सागरले ज्ञान सिकाउनु हुन्छ, राजयोग पनि सिकाउनु हुन्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) समझदार बनेर मायाको तुफानसँग कहिल्यै हार खानु हुँदैन। आँखाले धोका दिन्छन्, त्यसैले आफ्नो सम्हाल गर्नु छ। कुनै पनि विकारी कुरा यी कानबाट सुन्नु हुँदैन।

२) आफ्नो दिलसँग सोध्नु छ मैले कतिलाई आफू समान बनाएको छु? मास्टर पतित-पावनी बनेर सबैलाई पावन (राज-राजेश्वर) बनाउने सेवा गरिरहेको छु? म भित्र कुनै अवगुण त छैन? दैवी गुण कहाँसम्म धारण गरेको छु?

वरदान:
सदा सबैलाई ठेगाना दिनेवाला रहमदिल बाबा का बच्चा रहमदिल भव

रहमदिल बाबाका रहमदिल बच्चाहरूले कसैलाई पनि भिखारीको रूपमा देखेमा उनीहरूलाई दया आउँछ यस आत्मालाई पनि ठेगाना मिलोस्, यसको पनि कल्याण होस्। उनीहरूको सम्पर्कमा जो आए पनि उसलाई बाबाको परिचय अवश्य दिन्छन्। जसरी कोही घरमा आउँछ भने पहिले उसलाई पानी सोधिन्छ, त्यसै फर्कियो भने राम्रो लाग्दैन, त्यसैगरी जो पनि सम्पर्कमा आउँछ उसलाई बाबाको परिचयको पानी अवश्य सोध अर्थात् दाताको बच्चा दाता बनेर केही न केही देऊ, जसले गर्दा उसलाई पनि ठेगाना मिलोस्।

स्लोगन:
यथार्थ वैराग्य वृत्तिको सहज अर्थ हो जति न्यारा त्यति प्यारा।