16.11.19          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे तिमी हौ त्रिमूर्ति बाबाका बच्चा। तिमीलाई आ फ्नो तीन कर्तव्य याद रहनु पर्छ स्थापना , विनाश र पालना।

प्रश्न:
देह-अभिमानको कडा बिमारी लागेपछि के के नोक्सान हुन्छ?

उत्तर:
(१) देह-अभिमानी भित्र ईर्ष्या हुन्छ। ईर्ष्याको कारण आपसमा मतभेद भइरहन्छ, प्यारले सेवा गर्न सक्दैनन्। भित्र-भित्रै जलिरहन्छन्। (२) बेपर्बाह हुन्छन्। मायाले उनलाई धेरै धोका दिइरहन्छ। पुरुषार्थ गर्दै गर्दै हैरान हुन्छन्, जसले गर्दा पढाइ नै छुट्छ। (३) देह-अभिमानको कारण दिल स्वच्छ हुँदैन, दिल स्वच्छ नहुनाले बाबाको दिलमा चढ्दैनन्। (४) मूड अफ हुन्छन्। उनको चेहरा नै बदलिन्छ।

ओम् शान्ति ।
केवल बाबालाई मात्र याद गर्छौ वा अरू पनि केही याद आउँछ? बच्चाहरूलाई स्थापना, विनाश र पालना तीनैको याद हुनुपर्छ किनकि सँगसँगै चल्छ नि। जसरी कसैले कानून पढ्यो भने उसलाई थाहा हुन्छ म वकिल बन्छु, वकालत गर्नेछु। वकालतको पालना पनि गर्छन् नि। जसले पनि पढ्छ उसको लक्ष्य त उन्नति गर्ने हुन्छ। तिमीलाई थाहा छ हामी अहिले निर्माण गरिरहेका छौं। पवित्र नयाँ दुनियाँ स्थापना गरिरहेका छौं, यसमा योग धेरै आवश्यक छ। योगद्वारा नै हाम्रो आत्मा जो पतित बनेको छ, त्यो पावन बन्छ। त्यसैले हामी पवित्र बनेर फेरि पवित्र दुनियाँमा गएर राज्य गर्नेछौं, यो बुद्धिमा आउनु पर्छ। सबै परीक्षामा सबैभन्दा ठूलो परीक्षा वा सबै पढाइहरूमा उच्च पढाइ यो हो। पढाइ त अनेक प्रकारका छन् नि। ती त सबै मनुष्यले मनुष्यलाई पढाउँछन् र ती पढाइ यस दुनियाँको लागि नै हुन्। पढेर फेरि त्यसको फल यहाँ नै पाउने छन्। तिमी बच्चाहरूलाई थाहा छ, यस बेहदको पढाइको फल हामीलाई नयाँ दुनियाँमा मिल्छ। त्यो नयाँ दुनियाँ कुनै टाढा छैन। अहिले संगमयुग हो। नयाँ दुनियाँमा नै हामीलाई राज्य गर्नु छ। यहाँ बसेका छौ तापनि बुद्धिमा यो याद गर्नु छ। बाबाको यादद्वारा आत्मा पवित्र बन्छ। फेरि यो पनि याद राख्नु छ हामी पवित्र बन्छौं फेरि यस अपवित्र दुनियाँको विनाश पनि अवश्य हुनु छ। सबै त पवित्र बन्दैनन्। तिमी धेरै कम छौ जसमा तागत छ। तिमीहरूमा पनि नम्बरवार तागत अनुसार नै सूर्यवंशी-चन्द्रवंशी बन्छौ नि। तागत त प्रत्येक कुरामा चाहिन्छ। यो हो ईश्वरीय शक्ति, यसलाई योगबलको शक्ति भनिन्छ। बाँकी सबै हुन् जिस्मानी शक्ति। यो हो रूहानी शक्ति। बाबा कल्प-कल्प भन्नुहुन्छ हे बच्चाहरू! म एकलाई याद गर। सर्वशक्तिमान बाबालाई याद गर। उहाँ त एउटै बाबा हुनुहुन्छ, उहाँलाई याद गर्नाले आत्मा पवित्र बन्छ। यी धेरै राम्रा कुरा हुन् धारणा गर्नुपर्ने। जसलाई यो निश्चय नै छैन हामीले ८४ जन्म लियौं, उनीहरूको बुद्धिमा यो कुरा बस्दैन। जो सतोप्रधान दुनियाँमा आएका थिए, उनीहरू नै अहिले तमोप्रधानमा आएका छन्। उनीहरू नै आएर छिट्टै निश्चयबुद्धि बन्छन्। यदि केही पनि बुझ्दैनन् भने सोध्नुपर्छ। पूरै बुझे भने बाबालाई पनि याद गर्छन्। बुझेनन् भने याद पनि गर्न सक्दैनन्। यो त सीधा कुरा हो। हामी आत्माहरू जो सतोप्रधान थियौं हामी नै फेरि तमोप्रधान बन्यौं, जसलाई यो संशय हुन्छ कसरी बुझून् हामी ८४ जन्म लिन्छौं वा बाबाबाट कल्प पहिला पनि वर्सा लियौं, उनीहरूले त पढाइमा पूरा ध्यानै दिने छैनन्। बुझिन्छ यसको तकदिरमा छैन। कल्प पहिला पनि बुझेका थिएनन्। त्यसैले याद गर्न सक्दैनन्। यो हो नै भविष्यको लागि पढाइ। पढ्दैनन् भने बुझिन्छ कल्प-कल्प पढेका थिएनन् अथवा थोरै नम्बरले पास भएका थिए। स्कुलमा धेरै फेल पनि हुन्छन्। पास पनि नम्बरवार नै हुन्छन्। यो पनि पढाइ हो, यसमा नम्बरवार पास हुन्छन्। जो होसियार छन् उनीहरूले पढेर फेरि पढाइरहन्छन्। बाबा भन्नुहुन्छ म तिमी बच्चाहरूको सेवक हुँ। बच्चाहरूले पनि भन्छन्, हामी पनि सेवक हौं। हर एक भाइ-बहिनीको कल्याण गर्नु छ। बाबाले हाम्रो कल्याण गर्नुहुन्छ, हामीले फेरि अरूको कल्याण गर्नु छ। सबैलाई यो पनि सम्झाउनु छ, बाबालाई याद गर्नुभयो भने पाप काटिन्छ। जति-जति जसले धेरैलाई सन्देश पुर्याउँछन्, उनलाई ठूलो सन्देशवाहक भनिन्छ। उनीहरूलाई नै महारथी अथवा घोड-सवार भनिन्छ। पैदल सेना फेरि प्रजामा जान्छन्। यसमा पनि बच्चाहरूले बुझ्छन् को-को धनवान बन्न सक्छन्। यो ज्ञान बुद्धिमा रहनु पर्छ। तिमी बच्चाहरू जो सेवाको लागि निमित्त बनेका छौ, सेवाको लागि नै जीवन दिएका छौ, त्यसैले पद पनि त्यस्तै पाउने छौ। उनीहरूलाई कसैको पर्बाह रहँदैन। मानिस आफ्नो हात-पाउ भएका छन् नि। बाँध्न त सकिँदैन। आफूलाई स्वतन्त्र राख्न सक्छन्। यत्तिकै किन बन्धनमा फँसूँ? किन बाबाबाट अमृत लिएर अमृतको नै दान नगरुँ? म कुनै भेडा-बाख्रा कहाँ हुँ र जो कसैले बाँध्न सकून्। सुरुमा तिमी बच्चाहरूले कसरी आफूलाई छुटायौ, हंगामा गरे, हाय-हाय गरेर बसे। तिमीले भन्छौ हामीलाई के पर्बाह छ, हामीलाई त स्वर्गको स्थापना गर्नु छ वा यहाँ बसेर काम गर्नु छ। त्यो मस्ती चढ्छ, जसलाई मौलाई मस्ती भनिन्छ। हामी ईश्वर (मौला) का मस्ताना हौं। तिमीलाई थाहा छ ईश्वरबाट हामीलाई के प्राप्त भइरहेको छ। ईश्वरले हामीलाई पढाइरहनु भएको छ नि। नाम त उहाँका धेरै छन् तर कुनै-कुनै नाम धेरै मीठा छन्। अहिले हामी मौलाई मस्त बनेका छौं। बाबाले श्रीमत त धेरै सरल दिनुहुन्छ। बुद्धिले पनि सम्झन्छौ वास्तवमा हामी बाबालाई याद गर्दै-गर्दै सतोप्रधान बनेर जान्छौं र विश्वको मालिक पनि बन्छौं। यही धून लागेको छ। बाबालाई सधैं याद गर्नुपर्छ। सामुन्ने बसेका छौ नि। यहाँबाट बाहिर निस्किएपछि भुल्छौ। यहाँ जति नशा चढ्छ त्यति बाहिर रहँदैन, भुलिहाल्छौ। तिमीले भुल्नु हुँदैन। तर तकदिरमा छैन भने यहाँ बसेर पनि भुल्छन्।

बच्चाहरूको लागि म्युजियममा र गाउँ-गाउँमा सेवा गर्नको लागि प्रबन्ध भइरहेको छ। जति पनि समय मिलेको छ, बाबा त भन्नुहुन्छ छिटो-छिटो गर। तर ड्रामामा छिटो हुन सक्दैन। बाबा त भन्नुहुन्छ यस्तो मेसिनरी होस् जसमा हात लगायो चीज तयार होस्। यो पनि बाबा सम्झाइरहनु हुन्छ राम्रा-राम्रा बच्चाहरूलाई मायाले नाक र कानबाट राम्रोसँग समात्छ। जसले आफूलाई महावीर सम्झन्छन्, उनीहरूलाई नै मायाका धेरै तुफान आउँछन् फेरि उनीहरूले कसैको पनि पर्बाह गर्दैनन्। लुकाउँछन्। आन्तरिक दिल सच्चा हुँदैन। सच्चा दिल भएकाले नै छात्रवृत्ति पाउँछन्। शैतानी दिल भएकाले चल्न सक्दैन। शैतानी दिलले आफ्नै बेडा डुबाउँछ। सबैको शिवबाबासँग काम छ। यो त तिमीले साक्षात्कार गर्छौ। ब्रह्मालाई पनि बनाउने शिवबाबा हुनुहुन्छ। शिवबाबाको याद गर्यौ भने यस्तो बन्छौ। बाबा सम्झाउनु हुन्छ माया धेरै बलवान छ। जसरी मुसाले काट्दा थाहै हुँदैन, माया पनि यस्तै मस्त मुसा हो। महारथीहरू नै खबरदार रहनु छ। उनीहरूले स्वयं बुझ्दैनन् मायाले हामीलाई गिराइदिएको छ। मतभेद बनाइदिएको छ। बुझ्नुपर्छ मतभेद भएकाले हामी बाबाको सेवा गर्न सक्दैनौं। भित्र-भित्रै जलिरहन्छन्। देह-अभिमान छ, त्यसैले जल्छन्। त्यो आस्था त छैन। यादको बल भरिंदैन, त्यसैले धेरै खबरदार हुनुपर्छ। माया धेरै तीक्ष्ण छ, जबसम्म तिमी युद्धको मैदानमा छौ तबसम्म मायाले पनि छोड्दैन। आधा-पौने त खत्तम गरिदिन्छ, कसैलाई थाहै लाग्दैन। कति राम्रा-राम्रा, नयाँ-नयाँ पनि पढाइ बन्द गरेर घरमा बस्छन्। राम्रा-राम्रा महारथीलाई पनि मायाको आक्रमण हुन्छ। बुझ्दा-बुझ्दै पनि लापरवाही हुन जान्छ। सानो कुरामा झट्ट मतभेदमा आउँछन्। बाबा सम्झाउनु हुन्छ देह-अभिमानको कारण नै मतभेदमा आउँछन्। स्वयंलाई धोका दिन्छन्। बाबा भन्नुहुन्छ यो पनि ड्रामा। जे जति देख्छौ कल्प पहिला जस्तै ड्रामा चलिरहन्छ। अवस्था तल माथि भइरहन्छ। कहिले ग्रहचारी बस्छ, कहिले धेरै राम्रो सेवा गरेर खुशीको खबर लेख्छन्। तल माथि भइरहन्छ। कहिले हार, कहिले जित। पाण्डवहरूको मायासँग कहिले हार, कहिले जित हुन्छ। राम्रा-राम्रा महारथी पनि हल्लिन्छन्, कोही मर्छन् पनि। त्यसैले जहाँ रहे पनि बाबालाई याद गरिराख, सेवा गरिराख। तिमी निमित्त बनेका छौ सेवाको लागि। तिमी लडाईंको मैदानमा छौ नि। जो बाहिर घर गृहस्थ व्यवहारमा रहन्छन्, यहाँ रहने भन्दा पनि धेरै तीव्र जान सक्छन्। मायाको साथ पूरा युद्ध चलिरहन्छ। हर सेकेन्ड तिम्रो कल्प पहिला जस्तै पार्ट चल्दै आएको छ। तिमीले भन्छौ यति समय पास भएर गयो, के-के भएको छ, त्यो पनि बुद्धिमा छ। सारा ज्ञान बुद्धिमा छ। जसरी बाबामा ज्ञान छ, यी दादामा पनि आउनु पर्छ। बाबा भन्नुहुन्छ भने अवश्य दादा पनि बोल्नुहुन्छ। तिमीले पनि जानेका छौ को को राम्रो दिल सफा भएका छन्। दिल सफा हुनेहरू नै दिलमा चढ्छन्। उनीहरूमा मतभेदको स्वभाव हुँदैन, सदैव हर्षित रहन्छन्। उनीहरूको स्थिति कहिल्यै विचलित हुँदैन। यहाँ त धेरैको स्थिति विचलित हुन्छ। कुरै नसोध। भन्छन् पनि, हामी पतित हौं। पतित-पावन बाबालाई बोलाएका छन् आएर पावन बनाउनुहोस्। बाबा भन्नुहुन्छ प्यारा बच्चाहरू! मलाई याद गरिराख्यौ भने तिम्रो कपडा सफा हुन्छ। मेरो श्रीमतमा चल। श्रीमतमा नचल्नेहरूको कपडा सफा हुँदैन। आत्मा शुद्ध हुँदै-हुँदैन। बाबाले त दिन-रात यसैमा नै जोड दिनुहुन्छ आफूलाई आत्मा सम्झ। देह-अभिमानमा आउनाले नै तिमी अतालिन्छौ। जति-जति माथि चढ्दै जान्छौ, खुशी हुँदै जान्छौ त्यति हर्षितमुख रहन्छ। बाबालाई थाहा छ राम्रा-राम्रा फस्टक्लास बच्चा छन् तर भित्री हालत हेर्यौ भने गलिरहेका हुन्छन्। देह-अभिमानको आगोले गलाइरहेको छ। यो बिमारी फेरि कहाँबाट आयो, बुझ्दैनन्। बाबा भन्नुहुन्छ देह-अभिमानद्वारा यो बिमारी आउँछ। देही-अभिमानीलाई कहिल्यै रोग लाग्दैन। धेरै भित्र जलिरहन्छन्। बाबा त भन्नुहुन्छ प्यारा बच्चाहरू! देही-अभिमानी भव। सोध्छन् यो रोग किन लाग्यो? बाबा भन्नुहुन्छ यो देह-अभिमानको बिमारी यस्तो छ, कुरै नसोध। कसैलाई यो बिमारी लाग्यो भने एकदम टाँसिरहन्छ। छोड्दै-छोड्दैन। श्रीमतमा नचली आफ्नो देह-अभिमानमा चल्छन् भने धेरै जोडसँग चोट लाग्छ। बाबाको पासमा त सबै समाचार आउँछ। मायाले कसरी एकदम नाकमा समातेर गिराइदिन्छ। बुद्धिले बिलकुल मारिदिन्छ। संशयबुद्धि बन्छन्। भगवानलाई बोलाउँछन् आएर हामीलाई पत्थरबुद्धिबाट पारसबुद्धि बनाउनुहोस्। फेरि उहाँकै विरूद्ध हुन्छन् भने के गति होला! एकदम गिरेर पत्थरबुद्धि बन्छन्। बच्चाहरूलाई यहाँ यो खुशी रहनु पर्छ, विद्यार्थी जीवन सर्वोत्तम हो। बाबा भन्नुहुन्छ यो भन्दा अरू कुनै पढाइ उच्च छ र? सबैभन्दा राम्रो त यही हो, २१ जन्मको फल दिन्छ, त्यसैले यस्तो पढाइमा कति ध्यान दिनुपर्छ। कसैले त बिलकुलै ध्यान दिंदैनन्। मायाले नाक-कान एकदम काटिदिन्छ। बाबा स्वयं भन्नुहुन्छ आधाकल्प यिनको राज्य चल्छ। त्यसैले मायाले यसरी पक्रन्छ कुरै नसोध, त्यसैले धेरै खबरदार रहनु छ। एक अर्कालाई सावधान गरिराख। शिवबाबालाई याद गर, नत्र मायाले नाक कान काटिदिन्छ। त्यसपछि कुनै कामको रहने छैनौ। धेरैले सम्झन्छन् हामी लक्ष्मी-नारायणको पद पाउँ, असम्भव छ। थाकेर निराश हुन्छन्। मायासँग हार खाएर एकदम किचडामा पुग्छन्। हेर, मेरो बुद्धि बिग्रन्छ भने सम्झनुपर्छ मायाले नाकबाट पक्रेको छ। यादको यात्रामा धेरै बल छ। बहुत खुशी भरिएको छ। भनिन्छ पनि खुशीजस्तो खुराक छैन। पसलमा ग्राहक आइरहन्छन्, कमाइ भइरहन्छ भने उनीहरूलाई कहिल्यै थकावट हुँदैन। भोकले मर्दैनन्। धेरै खुशीमा रहन्छन्। तिमीलाई त अथाह धन मिल्छ। तिमीलाई त धेरै खुशी रहनु पर्छ। हेर्नुपर्छ मेरो चलन दैवी छ वा आसुरी छ? समय धेरै कम छ। अकाल मृत्युको पनि मानौ रेस छ। दुर्घटना आदि हेर कति भइरहन्छन्। तमोप्रधान बुद्धि हुँदै जान्छन्। जोडसँग वर्सा हुन्छ, त्यसलाई पनि प्राकृतिक आपद भनिन्छ। मृत्यु सामुन्ने आयो कि आयो। सम्झन्छन् पनि आणविक बम्बको लडाईं लाग्छ। यस्ता-यस्ता भयानक काम गर्छन्, हैरान गरे भने फेरि लडाईं पनि सुरु हुन्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) मौलाई मस्तीमा रहेर स्वयंलाई स्वतन्त्र बनाउनु छ। कुनै पनि बन्धनमा बाँधिनु छैन। माया मुसासँग धेरै-धेरै सम्हाल गर्नु छ, खबरदार रहनु छ। दिलमा कहिल्यै पनि शैतानी ख्याल नआओस्।

२) बाबाद्वारा जो अपार धन मिल्छ, त्यसको खुशीमा रहनु छ। यस कमाईमा कहिल्यै पनि संशयबुद्धि बनेर थाक्नु छैन। विद्यार्थी जीवन उत्तम जीवन हो। त्यसैले पढाइमा पूरा-पूरा ध्यान दिनु छ।

वरदान:
सर्व प्राप्तिहरूको खजानालाई स्मृति स्वरूप बनेर कार्यमा लगाउने सदा सन्तुष्ट आत्मा भव

संगमयुगको विशेष वरदान सन्तुष्टता हो र सन्तुष्टताको बीज सर्व प्राप्ति हो। असन्तुष्टताको बीज स्थूल वा सूक्ष्म अप्राप्ति हो। ब्राह्मणहरूको गायन छ अप्राप्त कुनै वस्तु छैन ब्राह्मणहरूको खजानामा। सबै बच्चाहरूलाई एकद्वारा एक समान अखुट खजाना मिल्छ। केवल ती प्राप्त भएका खजानाहरूलाई हर समय कार्यमा लगाऊ अर्थात् स्मृति स्वरूप बन। बेहदको प्राप्तिहरूलाई हदमा परिवर्तन गरेनौ भने सदा सन्तुष्ट रहने छौ।

स्लोगन:
जहाँ निश्चय छ त्यहाँ विजयको भाग्य-रेखा निधारमा अवश्य हुन्छ।