16.11.23          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– दुनियाँ जुन हीरा जस्तो थियो , त्यो पतित बनेपछि कङ्गाल भएको छ , यसलाई फेरि पावन हीरा जस्तो बनाउनु छ , मीठो दैवी वृक्षको कलमी लगाउनु छ।”

प्रश्न:–
बाबाको कर्तव्य कुनचाहिँ हो, जसमा बच्चाहरू सहयोगी बन्नु छ?

उत्तर:–
सारा विश्वमा एक दैवी राज्य स्थापना गर्नु, अनेक अधर्महरूको विनाश र एक सत्य धर्मको स्थापना गर्नु– यही बाबाको कर्तव्य हो। तिमी बच्चाहरू यस कार्यमा सहयोगी बन्नु छ। श्रेष्ठ पद लिनको लागि पुरुषार्थ गर्नु छ। यस्तो नसोच– म स्वर्गमा त गइहाल्छु।

गीत:–
तुम्हीं हो माता, पिता...

ओम् शान्ति ।
दुनियाँमा मनुष्यहरूले गायन गर्छन् तिमी माता-पिता... तर कसको लागि गायन गर्छन्, यो जानेका छैनन्। यो पनि आश्चर्यको कुरा छ। केवल भन्न मात्र भनिदिन्छन्। तिमी बच्चाहरूको बुद्धिमा छ– वास्तवमा यहाँ मातापिता को हुनुहुन्छ? उहाँ परमधाम निवासी हुनुहुन्छ। परमधाम एउटै मात्र छ, सत्ययुगलाई परमधाम भनिदैन। सत्ययुग त यहीँ हुन्छ नि, परमधाम निवासी त हामी सबै हौं। तिमीलाई थाहा छ– हामी आत्माहरू परमधाम, निर्वाण देशबाट आउँछौँ यस साकार सृष्टिमा। स्वर्ग कहीँ माथितिर छैन। आउन त तिमी परमधामबाट आउँछौ। तिमी बच्चाहरूले अहिले जानेका छौ– हामी आत्माहरूले शरीरद्वारा अभिनय गरिरहेका छौं। कति जन्म लिन्छौं, कसरी अभिनय गर्छौं, यो अहिले जानेका छौं। उहाँ हुनुहुन्छ दूर देशका रहनेवाला, आया देश पराये। अब पराइ देश किन भनिन्छ? तिमी यहाँ आउँछौ नि। तर पहिला सुरुमा तिमी बाबाले स्थापना गर्नु भएको स्वर्गमा आउँछौ फेरि त्यो नर्क रावणराज्य हुनपुग्छ। अनेक धर्म, अनेक सरकार हुन्छन्। फेरि बाबा आएर एक राज्य बनाउनु हुन्छ। अहिले त धेरै सरकार छन्। भनिरहन्छन्, सबै मिलेर एक होऔं। अब सबै मिलेर एक हुन कसरी सकिन्छ? ५ हजार वर्ष पहिला यहाँ एउटै सरकार थियो, सर्वशक्तिमान विश्व अधिकारी (वर्ल्ड अलमाइटी अथोरिटी) लक्ष्मी-नारायण थिए। विश्वमा राज्य गर्नेवाला अरू कुनै अधिकारी छँदै थिएनन्। सबै धर्म एक धर्ममा आउन सक्दैनन्। स्वर्गमा एउटै सरकार थियो, त्यसैले भन्छन्– सबै एक होऔं। अब बाबा भन्नुहुन्छ– मैले यी अनेक सरकारबाट एक आदि सनातन दैवी सरकार स्थापना गरिरहेको छु। तिमीले पनि यस्तै भन्छौ नि– सर्वशक्तिमान विश्व अधिकारीको निर्देशन अनुसार हामीले विश्वमा एउटै दैवी सरकारको राज्य स्थापना गरिरहेका छौँ। एक दैवी सरकार बाहेक अरू कुनै पनि सरकार हुँदैन। ५ हजार वर्ष पहिला विश्वमा एउटै दैवी राज्य थियो, अब बाबा आउनु भएको छ विश्वमा फेरि दैवी राज्य स्थापना गर्न। हामी बच्चाहरू उहाँका सहयोगी हौं। यो रहस्य गीतामा छ। यो हो रुद्र ज्ञान यज्ञ। रुद्र निराकारलाई भनिन्छ, कृष्णलाई होइन। रुद्र नाम हो नै निराकारको। धेरै नाम सुनेर मानिसहरूले सम्झन्छन् रुद्र नाम अलग हो अनि सोमनाथ नाम अलग हो। त्यसैले अब एक दैवी सरकारको स्थापना हुनु छ। स्वर्गमा त गइहाल्ने छौं भनेर केवल यसमा मात्र खुशी हुनुछैन। हेर, नर्कमा पदको लागि कति मेहनत गर्छन्। एक त पद मिल्छ, अर्को फेरि धेरै कमाउँछन्। भक्तहरूको लागि त एक भगवान हुनुपर्छ, नत्र त भट्किन्छन्। यहाँ त सबैलाई भगवान भनिदिन्छन्, अनेकौंलाई अवतार मान्छन्। बाबा भन्नुहुन्छ– म त एकैपटक आउँछु। गायन पनि छ– पतित-पावन आउनुहोस्। सारा दुनियाँ पतित छ, त्यसमा पनि भारतखण्ड बढी पतित छ। भारतखण्ड नै कङ्गाल, भारतखण्ड नै हीरा जस्तो थियो। तिमीलाई नयाँ दुनियाँमा रजाइँ मिल्नु छ। त्यसैले बाबा सम्झाउनु हुन्छ– कृष्णलाई भगवान भन्न सकिदैन। भगवान त एक निराकार परमपिता परमात्मालाई नै भनिन्छ, जो जन्ममरणरहित हुनुहुन्छ। तैपनि मनुष्यले त भनिदिन्छन्– उहाँ पनि भगवान, हामी पनि भगवान, यहाँ आएका हौं आनन्द मनाउन। बडो मस्त रहन्छन्। जहाँ देखुँ तिमी नै तिमी, तिम्रै छाप (रङ्गत) छ। म नै तिमी, तिमी नै म– यसो भन्दै डान्स गरिरहन्छन्। हजारौं उनका अनुयायी छन्। बाबा भन्नुहुन्छ– भक्तले भगवानको प्रार्थना बन्दना गरिरहन्छन्। भक्तिमा भावनाले पूजा गर्छन्। बाबा भन्नुहुन्छ– मैले उनीहरूलाई साक्षात्कार गराइदिन्छु। तैपनि उनीहरू मसँग मिल्दैनन्। म त स्वर्गको रचयिता हुँ। यस्तो होइन, उनलाई स्वर्गको वर्सा दिन्छु। भगवान त हुनुहुन्छ नै एक। बाबा भन्नुहुन्छ– सबै पुनर्जन्म लिँदालिँदै अबला भएका छन्। अब म परमधामबाट आएको छु। मैले जुन स्वर्ग स्थापना गर्छु त्यसमा म आउँदिन। धेरैले भन्ने गर्छन्– हामीले निष्काम सेवा गर्छौं। तर चाहे पनि नचाहे पनि फल त अवश्य मिल्छ। दान गरेपछि फल अवश्य मिल्छ नि। तिमी धनवान् बनेका छौ, किनकि पूर्व जन्ममा दानपुण्य गरेका थियौ। अहिले तिमीले पुरुषार्थ गर्छौ, जति पुरुषार्थ गर्छौ भविष्यमा त्यति उच्च पद पाउनेछौ। अहिले तिमीलाई राम्रो कर्म सिकाइन्छ भविष्य जन्मजन्मान्तरको लागि। मनुष्यले अर्को जन्मको लागि गर्छन्। फेरि भनिन्छ पूर्व कर्मको फल हो। सत्ययुग-त्रेतामा यसो भनिदैन। कर्महरूको फल २१ जन्मको लागि अहिले तैयार गराइन्छ। सङ्गमयुगको पुरुषार्थको प्रारब्ध २१ पीँढीसम्म चल्छ। संन्यासीहरूले यसो भन्न सक्दैनन्– हामीले तिम्रो यस्तो प्रारब्ध बनाउँछौं जसले गर्दा तिमी २१ जन्म सुखी रहनेछौ। राम्रो वा नराम्रो फल त भगवानले नै दिनुहुन्छ नि। त्यसैले एउटै भुल भएको छ, त्यो हो कल्पको आयु लामो बनाइदिएका छन्। धेरै छन् जसले भन्ने गर्छन्– कल्प ५ हजार वर्षको हो। तिम्रो पासमा मुसलमान आएका थिए, उनले भने– कल्पको अवधि वास्तवमा ५ हजार वर्ष हो। यहाँको कुरा सुने होलान्। चित्र त सबैलाई जान्छ, त्यो पनि सबैले कहाँ मान्छन् र! तिमीलाई थाहा छ– यो रुद्र यज्ञ, ज्ञान यज्ञ हो जसबाट यो विनाशज्वाला निस्किएको हो। यसमा सहज राजयोग सिकाइन्छ। कृष्णको आत्माले अहिले अन्तिम जन्ममा शिव(रुद्र)बाट वर्सा लिइरहेको छ, त्यो आत्मा यहाँ बसेको छ। बाबा भिन्नै अनि यी भिन्नै छन्। ब्राह्मण खुवाउँदा आत्मालाई बोलाउँछन् नि। फेरि त्यो आत्मा ब्राह्मणमा आएर बोल्छ। तीर्थहरूमा पनि खास गएर बोलाउँछन्। तर आत्मा गएको कति समय भयो फेरि त्यो आत्मा कसरी आउँछ, यो कसरी हुन्छ? त्यस आत्माले भन्छ– म धेरै सुखी छु, फलानो घरमा जन्म लिएको छु। यो कसरी हुन्छ? के आत्मा निस्किएर आएको हो त? बाबा सम्झाउनु हुन्छ– मैले भावनाको फल दिन्छु अनि तिनीहरू खुशी हुन्छन्। यो पनि ड्रामाको रहस्य हो। बोले भने पार्ट चल्छ। कसैले बोलेन भने ड्रामामा छैन। बाबाको यादमा रह्यौ भने विकर्म विनाश हुन्छ, अन्य कुनै उपाय छैन। हरेकलाई सतो-रजो-तमोमा आउनु नै छ। बाबा भन्नुहुन्छ– तिमीलाई नयाँ दुनियाँको मालिक बनाउँछु। त्यसपछि म परमधामबाट पुरानो दुनियाँ, पुरानो तनमा आउँछु। यी पूज्य थिए, पुजारी बने फेरि पूज्य बन्छन्। ततत्त्वम्। तिमीलाई पनि बनाउँछु। पहिलो नम्बरका पुरुषार्थी यिनी हुन्। त्यसैले त मातेश्वरी, पिताश्री भन्छौ। बाबा पनि भन्नुहुन्छ– तिमीले तख्तनसीन हुने पुरुषार्थ गर, यी जगत् अम्बाले सबैको कामना पूर्ण गर्छिन्। माता भएपछि पिता पनि होलान् अनि बच्चाहरू पनि होलान्। तिमीले सबैलाई बाटो देखाउँछौ, सबै कामना पूरा हुन्छन् सत्ययुगमा। बाबा भन्नुहुन्छ– घरमा रहेर पनि यदि पूरा योग लगायौ भने यहाँ रहनेहरूभन्दा पनि उच्च पद प्राप्त गर्न सक्छौ।

बाँधेलीहरू त धेरै छन्। रातमा पनि गृह मन्त्रीलाई सम्झाइरहेको थिएँ नि। यसको लागि कुनै उपाय निकाल्नु पर्छ जसले गर्दा यी अबलाहरूमाथि अत्याचार नहोस्। तर दुई-चार पटक सुने भने मात्र ख्याल आउँछ। तकदिरमा छ भने मान्नेछन्। यो ज्ञान पेचिलो छ नि। सिक्ख धर्मावलम्बीहरूलाई पनि थाहा भयो भने बुझ्नेछन्– मनुष्यबाट देवता बनाउनुभयो... कसले? एकओमकार सतनाम, यो उहाँको महिमा हो नि। अकालमूर्त। ब्रह्मतत्त्व उहाँको तख्त हो। भन्छन् नि सिंहासन छोडेर आउनुहोस्। बाबा बसेर सम्झाउनु हुन्छ, सारा सृष्टिको आदि-मध्य-अन्त्यलाई जान्दछु। यस्तो होइन– सबैको दिललाई जान्दछु। सद्गतिमा लिएर जानुहोस् भनेर भगवानलाई याद गर्छन्। बाबा भन्नुहुन्छ– म विश्व सर्वशक्तिमानले दैवीराज्य स्थापना गरिरहेको छु। यो जुन विभाजन भएको छ, यो सबै हुने छैन। जो हाम्रो देवी-देवता धर्मका छन् उनको नै कलमी लाग्नु छ। वृक्ष त धेरै ठुलो छ। त्यसमा सबैभन्दा प्यारा छन् देवी-देवताहरू। उनको कलमी लाग्नु छ। जुन अन्य धर्मावलम्बीहरू आउँछन्, तिनीहरूको कहाँ कलमी लाग्छ र!

आज सतगुरुबार हो। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! श्रीमतमा चलेर पवित्र बन्यौ भने साथमा लिएर जाने छु। फेरि चाहे मखमलकी रानी बन, चाहे रेसमकी रानी बन। वर्सा लिनु छ भने मेरो मतमा चल। यादबाट नै तिमी अपवित्रबाट पवित्र बन्छौ। अच्छा!

मीठे-मीठे बापदादा एवं मीठी मम्माका सिकीलधे बच्चाहरूप्रति याद-प्यार एवं सलाम-मालेकम्। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) सङ्गमयुगको पुरुषार्थको प्रारब्ध २१ जन्म चल्नु छ– यस कुरालाई स्मृतिमा राखेर श्रेष्ठ कर्म गर्नु छ। ज्ञान दानबाट आफ्नो प्रारब्ध बनाउनु छ।

२) मीठो दैवी वृक्षको कलमी लागिरहेको छ, त्यसैले अति मीठो बन्नु छ।

वरदान:–
ब्राह्मण जन्मको विशेषता र विचित्रतालाई स्मृतिमा राखेर सेवा गर्ने साक्षी भव

यो ब्राह्मण जन्म दिव्य जन्म हो। साधारण जन्मधारी आत्माहरूले आफ्नो बर्थ डे (जन्मदिन) अलग्गै मनाउँछन्, म्यारिज डे (विवाह दिवस), फ्रेन्डसिप डे (मित्रता दिवस) अलग-अलग मनाउँछन्, तर तिम्रो बर्थ डे पनि त्यही हो, त्यस्तै म्यारिज डे, मदर डे, फादर डे, इन्गेजमेन्ट (मगनी) डे सबै एउटै हो किनकि तिमीहरू सबैको प्रतिज्ञा छ– एक बाबा, अरू कोही छैन। त्यसैले यस जन्मको विशेषता र विचित्रतालाई स्मृतिमा राखेर सेवा गर। सेवामा एक अर्काको साथी बन, तर साक्षी बनेर साथी बन। अलिकति पनि कसैमा झुकाव नहोस्।

स्लोगन:–
बेपरवाह बादशाह उही हो जसको जीवनमा निर्माणता र अधिकारीपनको सन्तुलन हुन्छ।


मातेश्वरीजीका मधुर महावाक्य : –

आत्मा परमात्मामा अन्तर , भेद

आत्मा-परमात्मा अलग रहे बहुकाल, सुन्दर मेला कर दिया जब सतगुरु मिला दलाल... यो बाक्य भन्छन् तर यसको यथार्थ अर्थ हो– आत्मा, परमात्माबाट बहुतकालदेखि बिछोडिएको छ। बहुतकालको अर्थ हो धेरै समयदेखि आत्मा परमात्माबाट बिछोडिएको छ। त्यसैले यो शब्दले साबित गर्छन्– आत्मा र परमात्मा अलग-अलग दुई चीज हुन्, दुवैमा आन्तरिक भेद छ तर दुनियाँका मानिसहरूलाई परिचय नहुनाले उनीहरूले यस शब्दको अर्थ यस्तै निकाल्छन्– म आत्मा नै परमात्मा हुँ, आत्मामा मायाको आवरण चढेको हुनाले आफ्नो असली स्वरूपलाई बिर्सेको हो, जब त्यो मायाको आवरण उत्रिन्छ अनी आत्मा नै परमात्मा हुन्छ। उनीहरूले आत्मालाई अलग यस मतलबले भन्छन्, त्यस्तै अरूले फेरि यस मतलबले भन्छन्– म आत्मा सो परमात्मा हुँ, तर आत्माले आफूले आफैलाई भुल्नाको कारण दु:खी बनेको छ। जब फेरि आफूले आफ्नो परिचय पाएर आत्मा शुद्ध बन्छ अनि फेरि आत्मा परमात्मामा मिलेर एक हुन्छ। उनीहरूले आत्मालाई अलग यस अर्थले भन्छन् तर हामीलाई त थाहा छ– आत्मा परमात्मा दुवै अलग चीज हुन्। न आत्मा, परमात्मा हुन सक्छ, न त आत्मा परमात्मामा मिलेर एक हुन सक्छ, न फेरि परमात्मामा आवरण चढ्न सक्छ।