17.01.23 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– तिमी यस
पाठशालामा आएका छौ आफ्नो तकदिर उच्च बनाउन , निराकार बाबा सँग पढेर राजाहरूको राजा
बन्नु छ।”
प्रश्न:–
कैयौं बच्चाहरू
भाग्यशाली हुँदा-हुँदै दुर्भाग्यशाली बन्छन्, कसरी?
उत्तर:–
ती बच्चाहरू भाग्यशाली हुन्, जसको कुनै पनि बन्धन छैन अर्थात् कर्मबन्धन मुक्त छन्।
तर फेरि पनि यदि पढाइमा ध्यान छैन, बुद्धि यताउता भट्किरहन्छ, एक बाबा जसबाट यति
भारी वर्सा मिल्छ, उहाँलाई याद गर्दैनन् भने भाग्यशाली हुँदाहुँदै पनि दुर्भाग्यशाली
नै बन्न पुग्छन्।
प्रश्न:–
श्रीमतमा
कुन-कुन रस भरिएका छन्?
उत्तर:–
श्रीमतमा माता-पिता, टिचर, गुरु सबैको मत समाहित छ। श्रीमत मानौं सेक्रिन हो, जसमा
यी सबै रसहरू भरिएका छन्।
गीत:–
तकदिर जगाकर
आई हुँ...
ओम् शान्ति ।
शिव भगवानुवाच,
मनुष्यले गीता सुनाउँदा कृष्णको नाम लिएर सुनाउँछन्। यहाँ त जे सुनाउँदा पनि भनिन्छ
शिव भगवानुवाच। स्वयंले पनि भन्न सक्नुहुन्छ, शिव भगवानुवाच किनकि शिवबाबा स्वयं नै
बोल्नुहुन्छ। दुवैले एकैचोटि पनि बोल्न सक्नुहुन्छ। बच्चाहरू त दुवैका हुन्। बच्चा
र बच्चीहरू दुवै बसेका छन्। त्यसैले भन्नुहुन्छ– प्यारा बच्चाहरू! कसले पढाउनुभएको
सम्झन्छौ? भन्छन् बापदादाले। बाबा ठूलोलाई दादा सानोलाई अर्थात् भाईलाई भनिन्छ।
त्यसैले दुवैलाई बापदादा भनिन्छ। अब बच्चाहरूले पनि जानेका छौ– हामी विद्यार्थी
हौं, विद्यालयमा तकदिर बनाउन बसेका छौं, हामीले पढेर फलानो परीक्षा पास गर्नेछौं।
ती लौकिक परीक्षा त धेरै हुन्छन्। यहाँ तिमी बच्चाहरूको दिलमा छ– हामीलाई बेहदको
परमपिता परमात्मा बाबाले पढाउनु हुन्छ। तिमीले यिनलाई (ब्रह्मालाई) पिता भन्दैनौ।
निराकार बाबा सम्झाउनु हुन्छ, तिमीलाई थाहा छ– बाबासँग राजयोग सिकेर हामी राजाहरूका
राजा बन्छौं। राजाहरू पनि हुन्छन् फेरि राजाहरूका राजा पनि हुन्छन्। जो राजाहरूका
राजा हुन्छन् उनीहरूलाई राजाहरूले पनि पुज्छन्। यो चलन यहाँ नै छ। पतित राजाहरूले
पावन राजाहरूलाई पुज्छन्। बाबाले सम्झाउनु भएको छ– महाराजा धेरै सम्पत्ति हुनेलाई
भनिन्छ। राजाहरू साना हुन्छन्। आजकाल त कुनै-कुनै राजाहरूसँग महाराजाहरूको भन्दा पनि
धेरै सम्पत्ति हुन्छ। कुनै-कुनै धनवानसँग राजाहरूको भन्दा पनि बढी सम्पत्ति हुन्छ।
त्यहाँ यस्तो बेकायदा हुँदैन। त्यहाँ त सबैकुरा कायदा अनुसार हुन्छ। ठूला
राजाहरूसँग धेरै सम्पत्ति हुन्छ। तिमी बच्चाहरूलाई थाहा छ– हामीलाई बेहदको बाबाले
पढाउनु हुन्छ। परमात्माले बाहेक राजाहरूको राजा, स्वर्गको मालिक कसैले बनाउन सक्दैन।
स्वर्गको रचयिता हुनुहुन्छ नै निराकार बाबा। उहाँको नाम पनि गायन गरिएको छ– हेभिनली
गड फादर। बाबाले स्पष्टसँग सम्झाउनु हुन्छ– तिमी बच्चाहरूलाई फेरि स्वराज्य दिएर
राजाहरूको राजा बनाउँछु। अहिले तिमीलाई थाहा छ– तकदिर जगाएर हामी बेहदको
बाबाबाद्वारा राजाहरूका राजा बन्न आएका छौं। कति खुसीको कुरा छ। यो धेरै ठूलो
परीक्षा हो। बाबा भन्नुहुन्छ– श्रीमतमा चल, यसमा माता-पिता, टिचर, गुरु आदि सबैको
मत मिसिएको छ। यो सबैको सेक्रिन बनेको छ। सबैको रस एकमा भरिएको छ। सबैको प्रियतम एक
हुनुहुन्छ। पतित बाट पावन बनाउनेवाला हुनुहुन्छ। गुरु नानकले पनि उहाँको महिमा गरेका
छन्, अवश्य उहाँलाई याद गर्नु पर्छ। पहिला उहाँले आफ्नो पासमा लिएर जानुहुन्छ फेरि
पावन दुनियाँमा पठाइदिनु हुन्छ। जोसुकै आए पनि उनलाई सम्झाऊ– यो ईश्वरीय कलेज हो।
भगवानुवाच, अरू विद्यालयहरूमा त कहिल्यै भगवानुवाच भनिदैन। भगवान हुनुहुन्छ नै
निराकार ज्ञानको सागर, मनुष्य सृष्टिको बीजरूप... तिमी बच्चाहरूलाई बसेर पढाउनु
हुन्छ। यो ईश्वरीय कलेज हो। सरस्वतीलाई ज्ञानकी देवी, गडेज अफ नलेज भनिन्छ। त्यसैले
अवश्य पनि ईश्वरीय कलेजबाट भगवान भगवती नै बन्छन्। बेरिस्टरी नलेजबाट बेरिस्टर नै
बन्छन्। यो हो ईश्वरीय कलेज। सरस्वतीलाई गडले नलेज दिनुभएको हो। त्यसैले जसरी
सरस्वती गडेज अफ नलेज भइन् त्यसैगरी तिमी बच्चाहरू पनि हौ। सरस्वतीका धेरै बच्चाहरू
छन् नि। तर हरेक गडेज अफ नलेज हुन सक्दैनन्। यस समयमा आफूलाई भगवती भन्न सक्दैनन्।
त्यहाँ पनि त देवी-देवता नै भनिन्छ। गडले वास्तवमा नलेज दिनुहुन्छ। पाठ पक्का धारण
गराउनु हुन्छ। यो ठूलो पद दिनुहुन्छ। बाँकी देवताहरू गड गडेज हुन सक्दैनन्। यी
माता-पिता त मानौं भगवान भगवती हुन्छन्। तर वास्तवमा त होइनन् नि। निराकार बाबालाई
गड फादर भनिन्छ। यी साकारलाई गड कहाँ भनिन्छ र। यी धेरै गहन कुरा हुन्। आत्मा र
परमात्माको रूप अनि सम्बन्ध कति गहन कुरा छन्। ती लौकिक सम्बन्ध काका, चाचा, मामा
आदि त सामान्य हुन्। यो त हो रूहानी सम्बन्ध। बुझाउने धेरै युक्ति हुनुपर्छ।
माता-पिता शब्द भनिन्छ भने अवश्य केही अर्थ हुनु पर्छ नि। त्यो शब्द अविनाशी बन्छ।
भक्तिमार्गमा पनि चल्दै आउँछ।
तिमी बच्चाहरूलाई थाहा
छ– हामी विद्यालयमा बसेका छौं। पढाउनेवाला ज्ञानको सागर हुनुहुन्छ। यिनको आत्माले
पनि पढ्छ। यस आत्माको पिता उहाँ परमात्मा हुनुहुन्छ, जो सबैको पिता हुनुहुन्छ,
उहाँले पढाउनु हुन्छ। उहाँलाई गर्भमा त आउनु पर्दैन, फेरि नलेज कसरी पढाउने? उहाँ
ब्रह्माको तनमा आउनुहुन्छ। उनीहरूले फेरि ब्रह्माको सट्टा कृष्णको नाम राखेका छन्।
यो पनि ड्रामामा छ। केही भूल हुन्छ अनि मात्रै बाबा आएर त्यस भूललाई सुधारेर अभूल
बनाउनु हुन्छ। निराकारलाई नजान्नाको कारणले नै अलमलिएका छन्। बाबा भन्नुहुन्छ– म
तिम्रो बेहदको बाबा बेहदको वर्सा दिनेवाला हुँ। लक्ष्मी-नारायण स्वर्गको मालिक कसरी
बने, यो कसैले जान्दैन। अवश्य पनि कसैले कर्म सिकाएको हुनुपर्छ नि। फेरि अवश्य महान
पनि हुनुपर्छ, जसले यति उच्च पद प्राप्त गराउनु भयो। मनुष्यले केही पनि बुझ्दैनन्।
बाबा कति प्यारले सम्झाउनु हुन्छ, कति ठूलो अथोरिटी हुनुहुन्छ। सारा दुनियाँलाई
पतितबाट पावन बनाउनेवाला मालिक हुनुहुन्छ। सम्झाउनुहुन्छ– यो बनिबनाउ ड्रामा हो।
तिमीले चक्कर लगाउनु छ। ड्रामाको यस बनावटलाई कसैले जान्दैन। ड्रामामा हामी कस्ता
पात्र हौं, यो चक्र कसरी घुम्छ, दु:खधामबाट सुखधाम कसले बनाउँछ, यो तिमीलाई थाहा छ।
तिमीलाई सुखधामको लागि पढाउँछु। तिमी नै २१ जन्मको लागि सुखी बन्छौ अरू कोही त्यहाँ
जान सक्दैन। सुखधाममा अवश्य थोरै मनुष्य होलान्। सम्झाउनको लागि धेरै राम्रा
प्वाइन्ट चाहिन्छ। भन्न त भन्छन्– बाबा हामी हजुरका हौं, तर पूरा बन्न समय लाग्छ।
कसैको कर्मबन्धन छिटै छुट्छ, कसैलाई समय लाग्छ। कोही त यस्ता भाग्यशाली पनि छन् जसको
कर्मबन्धन टुटेको छ तर पढाइमा ध्यान दिदैनन् भने उनीहरूलाई दुर्भाग्यशाली भनिन्छ।
छोरा, नाती, पनाती आदिमा बुद्धि जान्छ। यहाँ त एकलाई नै याद गर्नु छ। धेरै ठूलो
वर्सा मिल्छ। तिमीलाई थाहा छ– हामी राजाहरूको राजा बन्छौं। पतित राजा कसरी बन्छन् र
पावन राजाहरूको राजा कसरी बन्छन् त्यो पनि बाबाले तिमीलाई सम्झाउनु हुन्छ। म स्वयं
आएर यस राजयोगबाट राजाहरूको राजा स्वर्गको मालिक बनाउँछु। ती पतित राजाहरू त दान
गर्नाले बन्छन्। उनीहरूलाई म आएर कहाँ बनाउँछु र। उनीहरू धेरै दानी हुन्छन्। दान
गर्नाले राजकुलमा जन्म लिन्छन्। मैले त २१ कुलको लागि तिमीलाई सुख दिन्छु। उनीहरू त
एक जन्मको लागि बन्छन्, त्यो पनि पतित दु:खी रहन्छन्। म त आएर बच्चाहरूलाई पावन
बनाउँछु। मनुष्यले सम्झन्छन् केवल गङ्गा स्नान गर्नाले पावन बन्छन्, कति धक्का
खान्छन्। गङ्गा जमुना आदिको कति महिमा गर्छन्। अब यसमा महिमाको त कुरा छैन। पानी
सागरबाट आउँछ। त्यसो त धेरै नदीहरू छन्। वेलायतमा पनि ठूला-ठूला नदीहरू खनेर
बनाउँछन्। यसमा के ठूलो कुरा छ र। ज्ञान सागर र ज्ञान गङ्गाहरू को हुन्, यो त जानेका
छैनन्। शक्तिहरूले के गरे केही पनि थाहा छैन। वास्तवमा ज्ञान गङ्गा अथवा ज्ञान
सरस्वती यी जगदम्बा हुन्। मनुष्यले त जानेकै छैनन्, मानौं भील्ल हुन्। विलकुलै
बुद्धू, बेसमझ छन्। बाबा आएर बेसमझलाई कति समझदार बनाउनु हुन्छ। तिमीले बताउन सक्छौ–
यिनीहरूलाई राजाहरूको राजा कसले बनायो? गीतामा पनि छ राजाहरूको राजा बनाउँछु।
मनुष्यले त यो जान्दैनन्। हामीले पनि पहिले जान्दैनथ्यौं। यी जो स्वयं बनेका थिए,
अहिले छैनन्, उनले नै जान्दैनन् भने अरूले कसरी जान्न सक्छन्। सर्वव्यापीको ज्ञानमा
केही पनि छैन, योग को सँग लगाउने, कसलाई पुकार्ने? स्वयं नै परमेश्वर भए फेरि
प्रार्थना कसको गर्ने! धेरै आश्चर्य छ। धेरै भक्ति गर्नेको मान हुन्छ। भक्तमाला पनि
छ नि। ज्ञानमाला हो रुद्रमाला। यो हो फेरि भक्तमाला। त्यो हो निराकारी माला। सबै
आत्माहरू त्यहाँ रहन्छन्। उनीहरूमा पनि पहिलो नम्बरको आत्मा कुन हो? जो नम्बरवनमा
जान्छ, सरस्वतीको आत्मा वा ब्रह्माको आत्माले नम्बरवन पढ्छ। यो आत्माको कुरा हो।
भक्तिमार्गमा त सबै लौकिक कुरा छन्– फलानो भक्त यस्तो थियो, उसको शरीरको नाम लिन्छन्।
तिमीले मनुष्यलाई भन्दैनौ। तिमीलाई थाहा छ– मनुष्यको आत्मा के बन्छ। उ गएर शरीर
धारण गरेर राजाहरूको राजा बन्छ। आत्माले शरीरमा प्रवेश गरेर राज्य गर्छ। अहिले त
राजा छैनन्। राज्य त आत्माले गर्छ नि। म राजा हुँ, म आत्मा हुँ, यस शरीरको मालिक
हुँ। अहम् आत्माले शरीरको नाम श्री नारायण धारण गरेर फेरि राज्य गर्नेछ। आत्माले नै
सुन्छ र धारण गर्छ। आत्मामा संस्कार रहन्छ। अब तिमीलाई थाहा छ– हामीले बाबाको
श्रीमतमा चलेर राजाई लिन्छौं। बापदादा दुवै मिलेर भन्नुहुन्छ– “प्यारा बच्चाहरू!”
दुवैलाई भन्ने अधिकार छ। आत्मालाई भन्नुहुन्छ– निराकारी बच्चाहरू! म बाबालाई याद गर।
अरू कसैले भन्न सक्दैन– निराकारी बच्चाहरू! म बाबालाई याद गर। बाबाले नै निराकारी
बच्चाहरूसँग कुरा गर्नुहुन्छ। यसरी त भन्नुहुन्न– हे परमात्मा! म परमात्मालाई याद
गर। भन्नुहुन्छ– हे आत्माहरू! म बाबालाई याद गर्यौ भने यस योग अग्निले तिम्रो
विकर्म विनाश हुन्छ। बाँकी गङ्गा स्नानले कहिल्यै कुनै आत्मा पुण्य आत्मा बन्न
सक्दैन। गङ्गा स्नान गरेर घरमा आएर फेरि पाप गर्छन्। यी विकारहरूको कारणले नै पाप
आत्मा बन्छन्। यो कसैले बुझ्दैन। बाबा सम्झाउनु हुन्छ– अहिले तिमीलाई राहुको कडा
ग्रहण लागेको छ। पहिला हल्का ग्रहण हुन्छ। अब दान दियौ भने छुट्ने छ। प्राप्ति धेरै
भारी छ। त्यसैले पुरुषार्थ पनि त्यस्तै गर्नु पर्छ नि। बाबा भन्नुहुन्छ– मैले
तिमीलाई राजाहरूको राजा बनाउँछु त्यसैले म र वर्सालाई याद गर। आफ्नो ८४ जन्मलाई याद
गर। बाबाले नाम नै राख्नु भएको छ– स्वदर्शन चक्रधारी बच्चा। त्यसैले स्वदर्शनको
ज्ञान पनि हुनुपर्छ नि।
बाबा सम्झाउनु हुन्छ–
यो पुरानो दुनियाँ खतम हुनु छ। तिमीलाई मैले नयाँ दुनियाँमा लिएर जान्छु।
सन्यासीहरूले केवल घरबार भुल्छन्, तिमीले त सारा दुनियाँलाई भुल्छौ। यो बाबाले नै
भन्नुहुन्छ अशरीरी बन। मैले तिमीलाई नयाँ दुनियाँमा लिएर जान्छु, त्यसैले पुरानो
दुनियाँ, पुरानो शरीरबाट ममत्व तोड। फेरि नयाँ दुनियाँमा तिमीलाई नयाँ शरीर मिल्छ।
हेर, कृष्णलाई श्याम– सुन्दर भन्छन्। सत्युगमा उनी गोरा थिए, अहिले अन्तिम जन्ममा
काला भएका छन्। श्याम नै सुन्दर बन्छन्, फेरि सुन्दरबाट श्याम बन्छन्। त्यसैले नाम
राखिदिएका छन् श्याम सुन्दर। कालो ५ विकार रावणले बनाउँछ भने परमपिता परमात्माले
गोरो बनाउनु हुन्छ। चित्रमा पनि देखाइएको छ– पुरानो दुनियाँलाई लात मारेर गोरा
बनिरहेका छन्। गोरो आत्मा स्वर्गको मालिक बन्छ। कालो आत्मा नर्कको मालिक बन्छ। आत्मा
नै गोरो र कालो बन्छ। अब बाबा भन्नुहुन्छ– तिमी पवित्र बन्नु छ। हठ योगीहरूले
पवित्र बन्नको लागि धेरै हठ गर्छन्। तर योग विना त पवित्र बन्न सकिदैन या त सजाय
खाएर पवित्र बन्नु पर्छ। त्यसैले बाबालाई किन याद नगर्ने? ५ विकारलाई पनि जित्नु छ।
बाबा भन्नुहुन्छ– यो काम विकारले नै आदि-मध्य-अन्त्य दु:ख दिन्छ। जसले विकारलाई
जित्न सक्दैन, ऊ वैकुण्ठको राजा कहाँ बन्न सक्छ। त्यसैले बाबा भन्नुहुन्छ– हेर मैले
तिमीलाई सतगुरुको रूपमा कति राम्रो कर्म गर्न सिकाउँछु। योगबलद्वारा विकर्म विनाश
गराएर विकर्माजित राजा बनाउँछु। वास्तवमा सत्ययुगका देवी-देवतालाई नै विकर्माजित
भनिन्छ। त्यहाँ विकर्म त हुँदैहुँदैन। विकर्माजित संवत् र विक्रम संवत् अलग-अलग हुन्।
एक राजा विक्रम पनि यहाँ थिए र एक विकर्माजित राजा पनि थिए। हामीले अहिले
विकर्महरूलाई जितिरहेका छौं। फेरि द्वापरबाट विकर्म सुरु हुन थाल्छ। त्यसैले नाम
राखेका छन् राजा विक्रम। देवताहरू हुन् विकर्माजित। अहिले हामी विकर्माजित बनिरहेका
छौं फेरि जब वाम मार्गमा आउँछौं विकर्मको खाता सुरु हुन्छ। यहाँ विकर्मको खाता
चुक्ता गरेर फेरि हामी विकर्माजित बन्छौं। त्यहाँ कुनै विकर्म हुँदैन। त्यसैले
बच्चाहरूलाई यो नशा हुनु पर्छ– हामीले यहाँ उच्च तकदिर बनाउँछौं। यो हो उच्चभन्दा
उच्च तकदिर बनाउने पाठशाला। सतसङ्गमा तकदिर बनाउने कुरा हुँदैन। पाठशालामा जहिले पनि
तकदिर बन्छ। तिमीलाई थाहा छ– हामी नरबाट नारायण अथवा राजाहरूको राजा बन्छौं।
वास्तवमा पतित राजाहरूले पावन राजाहरूलाई पुज्छन्। मैले तिमीलाई पावन बनाउँछु। पतित
दुनियाँमा त राज्य गर्दैनौ। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी
बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) बुद्धिमा स्वदर्शन चक्रको ज्ञान राखेर, राहुको ग्रहणबाट मुक्त बन्नु छ। श्रेष्ठ
कर्म र योगबलबाट विकर्मको खाता चुक्ता गरेर विकर्माजित बन्नु छ।
२) आफ्नो तकदिर उच्च
बनाउनको लागि पढाइमा पूरा-पूरा ध्यान दिनु छ।
वरदान:–
बह िर् मुखताको
रसहरूको आकर्षणको बन्धनबाट मुक्त रहने जीवनमुक्त भव
बहिर्मुखता अर्थात्
व्यक्तिको भाव-स्वभाव र व्यक्त भावको भाइभ्रेशन,सङ्कल्प,बोली एवं
सम्बन्ध,सम्पर्कद्वारा एक अर्कालाई व्यर्थ तर्फ उक्स्याउने,सदैव कुनै न कुनै
प्रकारको व्यर्थ चिन्तनमा रहने,आन्तरिक सुख,शान्ति र शक्तिबाट टाढा...। यी
बहिर्मुखताको रसले पनि बाहिरबाट धेरै आकर्षित गर्छ,त्यसैले पहिला यसलाई नै कैंची
लगाऊ। यो रसले नै सूक्ष्म बन्धन बनेर सफलताको गन्तव्यबाट टाढा बनाइदिन्छ,जब यी
बन्धनबाट मुक्त बन्छौ तब भनिन्छ जीवनमुक्त।
स्लोगन:–
जो राम्रो
नराम्रो कर्म गर्नेको प्रभावको बन्धनबाट मुक्त साक्षी र दयावान् छ, ऊ नै तपस्वी हो।