17.03.20          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे प्रीत र विपरीत , यी प्रवृत्ति मार्गका अक्षर हुन्। अहिले तिम्रो प्रीत एक बाबासँग भएको छ , तिमी बच्चाहरू निरन्तर बाबाको यादमा रहन्छौ।

प्रश्न:
यादको यात्रालाई अर्को कुनचाहिँ नाम दिन सकिन्छ?

उत्तर:
यादको यात्रा प्रीतको यात्रा हो। विपरीत बुद्धिवालासँग नाम-रूपमा फँस्ने दुर्गन्ध आउँछ। उनको बुद्धि तमोप्रधान हुन्छ। जसको प्रीत एक बाबासँग छ उनीहरूले ज्ञानको दान गरिरहन्छन्। कुनै पनि देहधारीसँग उनको प्रीत हुन सक्दैन।

गीत:
यह वक्त जा रहा है....।

ओम् शान्ति ।
बाबाले बच्चाहरूलाई सम्झाइरहनु भएको छ। अब यसलाई यादको यात्रा पनि भन्न सकिन्छ भने प्रीतको यात्रा पनि भन्न सकिन्छ। मानिसहरू त ती यात्राहरूमा जान्छन्। यी जुन रचना हुन् तीनको यात्रामा जान्छन्, भिन्न-भिन्न रचना छन् नि। रचयितालाई त कसैले पनि जानेका छैनन्। अहिले तिमीले रचयिता बाबालाई जानेका छौ, उहाँ बाबाको यादमा तिमीले कहिल्यै पनि रोकिनु हुँदैन। तिमीलाई यात्रा मिलेको छ यादको। यसलाई यादको यात्रा अथवा प्रीतको यात्रा भनिन्छ। जसको अधिक प्रीत हुन्छ उनीहरूले यात्रा पनि राम्रो गर्छन्। जति प्यारले यात्रामा रहन्छन्, त्यति पवित्र पनि बन्दै जान्छन्। शिव भगवानुवाच हो नि। विनाश कालमा विपरीत बुद्धि र विनाश कालमा प्रीत बुद्धि हुन्छन्। तिमी बच्चाहरूलाई थाहा छ अहिले विनाशकाल हो। यो त्यही गीता अध्याय चलिरहेको छ। बाबाले श्रीकृष्णको गीता र त्रिमूर्ति शिवको गीताको भिन्नता पनि बताउनु भएको छ! अब गीताका भगवान को हुनुहुन्छ? परमपिता शिव भगवानुवाच। केवल शिव अक्षर लेख्नु छैन किनकि शिव नाम पनि धेरैका छन्। त्यसैले परमपिता परमात्मा लेख्नाले उहाँ परम (सुप्रीम) हुनु भयो। परमपिता त कसैले पनि आफूलाई भन्न सक्दैनन्। संन्यासीहरू शिवोहम् भन्छन्, उनीहरूले त बाबालाई याद पनि गर्न सक्दैनन्। बाबालाई नै चिनेका छैनन्। बाबासँग प्रीत नै हुँदैन। प्रीत र विपरीत यो प्रवृत्ति मार्गको लागि हो। कुनै बच्चाहरूको बाबासँग प्रीत बुद्धि हुन्छ, कसैको विपरीत बुद्धि पनि हुन्छ। तिमीमा पनि यस्ता छन्। बाबासँग प्रीत उनको हुन्छ, जो बाबाको सेवामा तत्पर छन्। बाबा बाहेक अरू कसैसँग प्रीत हुन सक्दैन। शिव बाबालाई नै भन्छन् बाबा हामी त हजुरकै सहयोगी हौं। ब्रह्माको यसमा कुरा छैन। शिवबाबाका साथमा जुन आत्माहरूको प्रीत हुन्छ उनीहरू अवश्य सहयोगी हुन्छन्। शिवबाबाका साथमा उनीहरूले सेवा गरिरहन्छन्। प्रीत छैन भने विपरीत हुन्छन्, विपरीत बुद्धि विनशन्ती। जसको बाबासँग प्रीत हुन्छ उनीहरू सहयोगी पनि बन्छन्। जति प्रीत त्यति सेवामा सहयोगी पनि बन्छन्। याद नै गर्दैनन् भने प्रीत छैन। फेरि देहधारीसँग प्रीत हुन पुग्छ। मनुष्यले मनुष्यलाई आफ्नो स्नेहको चिनो पनि दिन्छन् नि। त्यो अवश्य याद आउँछ।

अहिले तिमी बच्चाहरूलाई बाबाले अविनाशी ज्ञान रत्नको उपहार दिनुहुन्छ, जसबाट तिमीले राजाई प्राप्त गर्छौ। अविनाशी ज्ञान रत्नको दान गर्छन् भने प्रीत बुद्धि हुन्। जानेका छन् बाबा सबैको कल्याण गर्न आउनु भएको छ, हामी पनि सहयोगी बन्नु छ। यस्ता प्रीत बुद्धि नै विजयन्ती हुन्छन्। जो याद नै गर्दैनन् ती प्रीत बुद्धि होइनन्। बाबासँग प्रीत हुन्छ, याद गर्छन् भने विकर्म विनाश हुन्छ र अरूलाई पनि कल्याणकारी मार्ग बताउँछन्। तिमी ब्राह्मण बच्चाहरूमा पनि प्रीत र विवपरितको आधार हुन्छ। बाबालाई धेरै याद गर्छन् अर्थात् प्रीत गर्छन्। बाबा भन्नुहुन्छ मलाई निरन्तर याद गर, मेरा सहयोगी बन। रचनालाई एक रचयिता बाबा नै याद रहनु पर्छ। कुनै पनि रचनालाई याद गर्नु छैन। दुनियाँमा त रचयितालाई कसैले जानेका छैनन्, न त याद गर्छन्। संन्यासीहरूले पनि ब्रह्मलाई याद गर्छन्, त्यो पनि रचना नै हो। रचयिता त सबैका एकै हुनुहुन्छ नि। अरू जति पनि चीजहरू यी आँखाले देख्छौ ती सबै हुन् रचना। जो देख्न सकिंदैन ती हुन् रचयिता बाबा। ब्रह्मा, विष्णु, शंकरका पनि चित्र छन्। ती पनि रचना हुन्। बाबाले जुन चित्र बनाउनको लागि भन्नुभएको छ त्यसको माथि लेख्नुपर्छ परमपिता परमात्मा त्रिमूर्ति शिव भगवानुवाच। हुन त कसैले आफूलाई भगवान भन्लान् तर परमपिता भन्न सक्दैनन्। तिम्रो बुद्धियोग छ शिवबाबासँग, नकि शरीरसँग। बाबाले सम्झाउनु भएको छ आफूलाई अशरीरी आत्मा सम्झेर म बाबालाई याद गर। प्रीत र विपरीत को सारा आधार हुन्छ सेवामा। राम्रो प्रीत छ भने बाबाको सेवा पनि राम्ररी गर्नेछन्, तब विजयी (विजयन्ती) भनिन्छ। प्रीत छैन भने सेवा पनि हुँदैन। फेरि पद पनि कम। कम पद पाउनेलाई भनिन्छ उच्च पदबाट विनशन्ती। हुन त विनाश सबैको हुन्छ नै, तर यो विशेष प्रीत र विपरीत को कुरा हो। रचयिता बाबा त एउटै हुनुहुन्छ, उहाँलाई नै शिव परमात्माए नम: भनिन्छ। शिवजयन्ती पनि मनाउँछन्। शंकर जयन्ती कहिल्यै सुनेका छैनौ। प्रजापिता ब्रह्माको पनि नाम प्रसिद्ध छ, विष्णुको जयन्ती मनाउँदैनन्। कृष्णको मनाउँछन्। यो पनि कसैलाई थाहा छैन कृष्ण र विष्णुमा के फरक छ? मनुष्यहरूको हुन्छ विनाश कालमा विपरीत बुद्धि। त्यस्तै तिमीहरूमा पनि प्रीत र विपरीत बुद्धि छन् नि। बाबा भन्नुहुन्छ तिम्रो यो रूहानी धन्धा त धेरै राम्रो छ। बिहान र बेलुका यस सेवामा लाग। बेलुकी ६ देखि ७ सम्मको समय राम्रो भनिन्छ। सतसङ्र्ग आदि पनि बेलुकी र बिहान गर्छन्। रातमा त वायुमण्डल खराब हुन्छ। रातमा आत्मा स्वयं शान्तिमा जान्छ, जसलाई निद्रा भनिन्छ। फेरि बिहानै ब्यूँझिन्छ। भनिन्छ पनि राम सिमर प्रभात मोरे मन। अहिले बाबाले बच्चाहरूलाई सम्झाउनु हुन्छ म बाबालाई याद गर। शिवबाबा जब शरीरमा प्रवेश गर्नुहुन्छ तब त भन्नुहुन्छ मलाई याद गर्यौ भने विकर्म विनाश हुन्छ। तिमीले बच्चाहरूले जानेका छौ हामीले बाबालाई कति याद गर्छौं? कति रूहानी सेवा गर्छौं? सबैलाई यही परिचय दिनु छ आफूलाई आत्मा सम्झेर बाबालाई याद गरौं तब हामी तमोप्रधानबाट सतोप्रधान बन्छौं। मैला निस्किन्छ। प्रीत बुद्धिमा पनि प्रतिशत हुन्छ। बाबासँग प्रीत छैन भने अवश्य आफ्नो देहमा प्रीत छ वा मित्र सम्बन्धी आदिमा प्रीत छ। बाबासँग प्रीत छ भने सेवामा लाग्ने छन्। बाबासँग प्रीत छैन भने सेवामा पनि लाग्दैनन्। कसैलाई पनि केवल बाबा र बादशाहीको रहस्य सम्झाउन त धेरै सरल छ। हे भगवान, हे परमात्मा भनेर याद गर्छन् तर उहाँलाई बिलकुल जानेका छैनन्। बाबाले सम्झाउनु भएको छ हरेक चित्रमा माथि परमपिता त्रिमूर्ति शिव भगवानुवाच अवश्य लेख्नुपर्छ तब कसैले केही पनि भन्न सक्दैनन्। अहिले तिमी बच्चाहरूले आफ्नो कलमी लगाइरहेका छौ। सबैलाई मार्ग बताऊ तब बाबाको पासमा आएर वर्सा लिन सक्छन्। बाबालाई त चिनेका छैनन्, त्यसैले प्रीत बुद्धि छैनन्। पाप बढ्दा-बढ्दा एकदम तमोप्रधान बनेका छन्। बाबासँग प्रीत उनको हुन्छ जसले धेरै याद गर्छन्। उनीहरूको नै सतोप्रधान बुद्धि हुन्छ। यदि अरूतिर बुद्धि भड्किन्छ भने तमोप्रधान नै रहन्छन्। बस्न त सामुन्ने बसेका छन् तर पनि प्रीत बुद्धि भनिंदैन किनकि याद नै गर्दैनन्। प्रीत बुद्धिको निशानी हो याद। उनले धारणा गर्छन्, अरूलाई पनि दया गर्छन्। भन्छन् बाबालाई याद गर्यौं भने पावन बन्छौं। यो जसलाई पनि सम्झाउन धेरै सरल छ। बाबाले स्वर्गको बादशाहीको वर्सा बच्चाहरूलाई नै दिनु हुन्छ। अवश्य शिवबाबा आउनु भएको थियो तब त शिवजयन्ती पनि मनाउँछन् नि। कृष्ण, राम आदि सबै पहिला थिए त्यसैले त मनाउँदै आएका छन् नि। शिवबाबालाई पनि याद गर्छन् किनकि उहाँ आएर बच्चाहरूलाई विश्वको बादशाही दिनुहुन्छ, नयाँ कसैले पनि यी कुरा बुझ्न सक्दैनन्। भगवान कसरी आएर वर्सा दिनुहुन्छ, बिल्कुल पत्थरबुद्धि नै छन्। याद गर्ने बुद्धि नै हुँदैन। बाबा स्वयं भन्नुहुन्छ तिमी आधा कल्पका प्रियतमा हौ। म अहिले आएको छु। भक्तिमार्गमा तिमीले कति ठक्कर खान्छौ। तर भगवान त कसैलाई मिल्नु भएन। अहिले तिमी बच्चाहरू सम्झन्छौ बाबा यहाँ आउनु भएको थियो र मुक्ति-जीवनमुक्तिको मार्ग बताउनु भएको थियो। कृष्णले त यो मार्ग बताउँदैनन्। भगवानसँग प्रीत कसरी जुट्छ यो कुरा दुनियाँलाई बाबाले नै आएर सिकाउनु हुन्छ। बाबा भारतमा नै आउनु हुन्छ। शिवजयन्ती मनाउँछन्। तिमी बच्चाहरूलाई थाहा छ सर्वोच्च हुनुहुन्छ नै भगवान। उहाँको नाम हो शिव। त्यसैले तिमी लेख्छौ शिवजयन्ती नै हीरातुल्य जयन्ती हो, बाँकी सबैका जयन्ती हुन् कौडीतुल्य। यस्तो लेख्यो भने रिसाउँछन् त्यसैले हरेक चित्रमा यदि शिव भगवानुवाच भन्यौ भने तिमी सुरक्षित रहन्छौ। कुनै-कुनै बच्चाहरूले पूरा बुझ्दैनन् त्यसैले रिसाउँछन्। मायाको ग्रहचारीले पहिलो युद्ध बुद्धिमा नै गर्छ। बाबाबाट नै बुद्धियोग तोडिदिन्छ, जसबाट एकदम माथिबाट तल गिर्छन्। देहधारीहरूसँग बुद्धियोग अटकिन्छ त्यसैले बाबासँग विपरीत भए नि। तिमीले प्रीत राख्नुपर्छ एक विचित्र विदेही बाबासँग। देहधारीसँग प्रीत राख्नु हानिकारक हो। बुद्धि माथिबाट टुट्यो भने एकदम तल खस्छन्। हुन त यो अनादि बनि-बनाऊ ड्रामा हो फेरि पनि सम्झाउनु त हुन्छ नै। विपरीत बुद्धिबाट त मानौं दुर्गन्ध आउँछ, नाम-रूपमा फँसेको। नत्र सेवामा खडा हुनु पर्ने हो। बाबाले हिजो पनि राम्ररी सम्झाउनु भयो मुख्य कुरा हो नै गीताका भगवान को हुनुहुन्छ? यसमा नै तिम्रो विजय हुनु छ। तिमी सोध्छौ गीताका भगवान शिव वा श्रीकृष्ण? सुख दिनेवाला को हुनुहुन्छ? सुख दिने त शिव हुनुहुन्छ त्यसैले उहाँलाई नै भोट (मत) दिनुपर्छ। उहाँको नै महिमा हो। अब भोट देऊ गीताका भगवान को हुनुहुन्छ? शिवलाई भोट दिनेलाई भनिन्छ प्रीत बुद्धि। यो त धेरै ठूलो इलेक्शन हो। यी सबै युक्तिहरू उनको बुद्धिमा आउँछ जसले सारा दिन विचार सागर मन्थन गरिरहन्छन्।

कति बच्चाहरू चल्दा-चल्दै रिसाउँछन्। उत्तिखेरै देख्दा प्रीत हुन्छ, उत्तिखेरै देख्दा प्रीत टुटेको हुन्छ। रिसाउँछन्। कुनै कुरामा रिसाए भने कहिल्यै याद पनि गर्दैनन्। चिट्ठी पनि लेख्दैनन् अर्थात् प्रीत छैन। त्यसैले बाबाले पनि ७-८ महिना चिट्ठी लेख्नुहुन्न। बाबा कालहरूका पनि काल हुनुहुन्छ नि! साथमा धर्मराज पनि हुनुहुन्छ। बाबालाई याद गर्ने फुर्सद हुँदैन भने तिमीले के पद पाउँछौ। पद भ्रष्ट हुन्छ। सुरुमा बाबाले धेरै युक्तिले पद बताउनु भएको थियो। अहिले तिनीहरू कहाँ छन् र! अब त फेरि माला बन्नु छ। सेवाधारीको त बाबाले पनि महिमा गरिरहनुहुन्छ। जो स्वयं बादशाह बन्छन् उनीहरूले भन्छन् हाम्रा साथी पनि बनून्। यिनीहरूले पनि हामीले जस्तै राज्य गरुन्। राजालाई अन्न दाता, माता-पिता भनिन्छ। अब माता त हुन् जगत् अम्बा, उनीद्वारा तिमीलाई अथाह सुख मिल्छ। तिमीले पुरुषार्थद्वारा उच्च पद प्राप्त गर्नु छ। दिन प्रतिदिन तिमी बच्चाहरूलाई थाहा हुँदै जान्छ को-को के बन्छन्? सेवा गर्छन् भने बाबाले पनि उनलाई याद गर्नुहुन्छ। सेवा नै गर्दैनन् भने बाबाले किन याद गर्ने! बाबाले याद ती बच्चाहरूलाई गर्नुहुन्छ जो प्रीत बुद्धि हुन्छन्।

यो पनि बाबाले सम्झाउनु भएको छ कसैले दिएको चीज लगायौ भने उनको याद अवश्य आउँछ। बाबाको भण्डारबाट लियौ भने शिवबाबा नै याद आउँछ। बाबाले स्वयं अनुभव बताउँछन्। याद अवश्य आउँछ त्यसैले कसैले दिएको चीज राख्नु हुँदैन। अच्छा।

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) एक विदेही विचित्र बाबासँग दिलको सच्चा प्रीत राख्नु छ। सधैं ध्यान रहोस् मायाको ग्रहचारीले कहिल्यै बुद्धिमा युद्ध नगरोस्।

२) कहिल्यै पनि बाबासँग रिसाउनु हुँदैन। सेवाधारी बनेर आफ्नो भविष्य उच्च बनाउनु छ। कसैले दिएको चीज आफूसँग राख्नु हुँदैन।

वरदान:
सदा स्नेही बनेर माया र प्रकृतिलाई दास बनाउनेवाला मेहनत र मुश्किलबाट मुक्त भव

जो बच्चाहरू परमात्म स्नेही छन्, तिनीहरू लवलीन हुनाको कारण मेहनत र मुश्किलबाट बचिरहन्छन्। उनीहरूको अगाडि प्रकृति र माया दुवै अहिलेदेखि नै दासी बन्छन् अर्थात् सदा स्नेही आत्मा मालिक बन्नाले प्रकृति, मायाको हिम्मत हुँदैन जसले सदा स्नेहीको समय र संकल्प आफूतिर लगाओस्। उनीहरूको हर समय, हर संकल्प हुन्छ नै बाबाको याद र सेवाप्रति। स्नेही आत्माहरूको स्थितिको गायन छ एक बाबा दोस्रो न कोही, बाबा नै संसार हुन्छ। उनीहरू संकल्पदेखि पनि अधीन हुन सक्दैनन्।

स्लोगन:
नलेजफुल बन्यौ भने समस्याहरू पनि मनोरंजनको खेल अनुभव हुन्छ।