17.04.19          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे तिमी बिहान अमीर बन्छौ, बेलुका फकीर बन्छौ। फकीरबाट अमीर, पतितबाट पावन बन्नको लागिदुई शब्द याद राख मनमनाभव, मध्याजीभव।

प्रश्न:
कर्मबन्धनबाट मुक्त हुने युक्ति के हो?

उत्तर:
१) यादको यात्रा तथा ज्ञानको स्मरण २) एक बाबासँग सर्व सम्बन्ध रहोस्, अन्य कसैमा पनि बुद्धि नजाओस् ३) जो सर्वशक्तिमान् ब्याट्री हुनुहुन्छ, उहाँसँग योग लागिरहोस्। आफूमाथि पूरा ध्यान रहोस्, दैवी गुणहरूको पंख लागिरहेको होस् तब कर्मबन्धनबाट मुक्त हुँदै जान्छौ।

ओम् शान्ति ।
बाबाले बसेर सम्झाउनुहुन्छ यो हो बच्चाहरूको लागि कहानी। के कहानी छ? बिहानै अमीर हुन्छन्, बेलुका फकीर (भिखारी) हुन्छन्। यसको बारेमा पनि एउटा कहानी छ। बिहान अमीर हुन्थ्यो... यो कुरा तिमी जब अमीर हुन्छौ तब सुन्दैनौ। फकीर र अमीरको कुरा तिमी बच्चाहरूले संगमयुगमा नै सुन्छौ। यो दिलमा धारण गर्नु छ। वास्तवमा भक्तिले फकीर बनाउँछ, ज्ञानले अमीर बनाउँछ। दिन र रात पनि बेहदको हो। फकीर र अमीर पनि बेहदको कुरा हो, अनि बनाउनेवाला पनि बेहदका बाबा हुनुहुन्छ। सबै पतित आत्माहरूको लागि एउटै ब्याट्री छ पावन बनाउने। यस्ता-यस्ता कहानीहरू याद राख्यौ भने खुशीमा रहनेछौ। बाबा भन्नुहुन्छ प्यारा बच्चाहरू, तिमी बिहान अमीर बन्छौ, फेरि बेलुका फकीर बन्छौ। कसरी बन्छौ यो पनि बाबा सम्झाउनुहुन्छ। फेरि पतितबाट पावन, फकीरबाट अमीर बन्ने युक्ति पनि बाबाले नै बताउनुहुन्छ। मनमनाभव, मध्याजीभव यी दुई युक्तिहरू हुन्। यो पनि बच्चाहरूले जानेका छन् यो पुरुषोत्तम संगमयुग हो। तिमी जति पनि यहाँ बसेका छौ, ग्यारेन्टी छ तिमी स्वर्गको अमीर अवश्य बन्छौ, नम्बरवार पुरुषार्थ अनुसार, स्कुलमा पनि यस्तै हुन्छ। नम्बरवार क्लास ट्रान्सफर हुन्छन्। परीक्षा पूरा भएपछि त फेरि नम्बरवार गएर बस्नेछन्। त्यो भयो हदको कुरा, यो हो बेहदको कुरा। नम्बरवार रुद्र मालामा जान्छन्। माला अथवा वंशवृक्ष। बीज त वृक्षको नै हुन्छ। परमात्मा फेरि मनुष्य सृष्टिको बीज हुनुहुन्छ। कल्पवृक्ष कसरी वृद्धि हुँदै जान्छ, पुरानो कसरी हुन्छ, यो बच्चाहरूले जानेका छन्। पहिले यो तिमीले जानेका थिएनौ, बाबाले आएर सम्झाउनु भएको छ। अहिले यो हो पुरुषोत्तम संगमयुग। अहिले तिमी बच्चाहरूलाई पुरुषार्थ गर्नुपर्छ। दैवी गुणहरूको पंख पनि धारण गर्नु छ। आफूलाई पूरा ध्यान दिनु छ। यादको यात्राबाटै तिमी पावन बन्छौ, अरू कुनै उपाय छैन। बाबा जो सर्वशक्तिमान् ब्याट्री हुनुहुन्छ, उहाँसँग पूरा योग लगाउनु छ। उहाँको ब्याट्री कहिल्यै कम हुँदैन। उहाँ त सतो, रजो, तमोमा आउनुहुन्न किनकि उहाँको सदा कर्मातीत अवस्था छ। तिमी बच्चाहरू कर्मबन्धनमा आउँछौ। कति कडा बन्धन छ। यी कर्मबन्धनहरूबाट मुक्त हुने एउटै उपाय छ यादको यात्रा। यो बाहेक अरू कुनै उपाय छैन। यो ज्ञान हो, यसले पनि स्वभावलाई नरम पार्छ। बनाउन त भक्तिले पनि नरम बनाउँछ। भन्दछन् यो विचरा भक्त हो, यसमा ठगी आदि केही पनि हुँदैन। तर भक्तहरूमा ठगी पनि हुन्छ। बाबा अनुभवी छन्। आत्माले शरीरद्वारा धन्दा आदि गर्दा यस जन्मको पनि सबै कुरा स्मृतिमा आउँछ। ४-५ वर्षको आयुदेखि लिएर आफ्नो जीवन कहानी याद रहनुपर्छ। कसैले भने १०-२० वर्षको कुरा पनि बिर्सिन्छन्। जन्म-जन्मान्तरको नाम-रूप त याद रहन सक्दैन। एक जन्मको त केही बताउन सकिन्छ। फोटो आदि राख्छन्। अर्को जन्मको त थाहा हुँदैन। हर एक आत्माले भिन्न नाम, रूप, देश, कालमा पार्ट बजाउँछ। नाम, रूप सबै बदलिइरहन्छ। कसरी आत्माले एउटा शरीर छोडेर अर्को लिन्छ, यो त बुद्धिमा छ। अवश्य ८४ जन्म, ८४ नाम, ८४ पिता बने होलान्। अन्तिममा फेरि तमोप्रधान सम्बन्ध हुन पुग्छ। यस समय जति सम्बन्ध हुन्छन्, त्यति कहिल्यै हुँदैनन्। कलियुगी सम्बन्धहरूलाई बन्धन नै सम्झनुपर्छ। कति बच्चाहरू हुन्छन्, फेरि विवाह गर्छन्, फेरि बच्चा पैदा गर्छन्। यस समय सबैभन्दा धेरै बन्धन छ चाचा, मामा, काकाको.....। जति धेरै सम्बन्ध त्यति धेरै बन्धन। पत्रिकामा छापिएको थियो पाँच बच्चाहरू एकैचोटि जन्मे, पाँचै जना तन्दुरुस्त छन्। हिसाब गर, कति धेरै सम्बन्ध बन्न पुग्छ। यस समय तिम्रो सम्बन्ध सबैभन्दा कम हुन्छ। केवल एक बाबासँग सर्व सम्बन्ध छ। एक बाबा सिवाय अरू कसैसँग पनि तिम्रो बुद्धियोग छैन। सत्ययुगमा फेरि यहाँ भन्दा धेरै हुन्छ। हीरा समान जन्म तिम्रो अहिलेको हो। उँच भन्दा उँच बाबाले बच्चाहरूलाई गोदमा लिनुहुन्छ। जीवन छँदै वर्सा प्राप्त गर्नको लागि गोदमा जानु, त्यो अहिले नै हुन्छ। तिमी यस्तो बाबाको गोदमा आएका छौ, जसबाट तिमीलाई वर्सा मिल्छ। तिमी ब्राह्मणभन्दा उँच अरू कोही छैन। सबैको योग एक बाबासँग छ। तिम्रो आपसमा पनि कुनै सम्बन्ध छैन। भाइ-बहिनीको सम्बन्धले पनि गिराउन सक्छ। सम्बन्ध एकसँग हुनुपर्छ। यो हो नयाँ कुरा। पवित्र भएर घर फर्केर जानु छ। यस्तो यस्तो विचार सागर मन्थन गरेमा तिमी धेरै रौनकमा आउँछौ। सत्ययुगी चमक (रौनक) र कलियुगी चमकमा रात-दिनको अन्तर छ। भक्तिमार्गको समय हो नै रावण राज्य। अन्तिममा विज्ञानको कति धेरै घमण्ड हुन्छ। मानौं सत्ययुगसँग तुलना गर्छन्। एक बच्चीले समाचार लेखिन्, मैले प्रश्न सोधें स्वर्गमा हुनुहुन्छ या नर्कमा? त्यसपछि ४-५ ले भने हामी स्वर्गमा छौं। बुद्धिमा रात-दिनको अन्तर पर्न जान्छ। कसैले सम्झन्छन् हामी त नर्कमा छौं, फेरि उनलाई सम्झाउनुपर्छ स्वर्गवासी बन्न चाहनुहुन्छ? स्वर्ग कसले स्थापना गर्छ? यी धेरै मीठा कुरा हुन्। तिमीले लेख्छौ (नोट गर्छौ), तर त्यो कापीमा नै रहन्छ, समयमा याद आउँदैन। पतितबाट पावन बनाउनेवाला परमपिता परमात्मा शिव हुनुहुन्छ। उहाँले भन्नुहुन्छ केवल म एकलाई याद गर्यौ भने पाप काटिन्छ। यादबाट केही आमदानी त हुन्छ नि। याद गर्ने चलन अहिले निस्केको हो। यादबाट नै तिमी कति उँच स्वच्छ बन्छौ। जति जसले मेहनत गर्छ, त्यति उँच पद प्राप्त गर्नेछन्। बाबासँग पनि सोध्न सक्छौ। दुनियाँमा त सम्बन्ध र जायदाद (पैतृक सम्पत्ति)को पछि नै झगडा गर्छन्। यहाँ त कुनै सम्बन्ध छैन। एक बाबा, दोस्रो न कोही। बाबा हुनुहुन्छ बेहदको मालिक। कुरा त धेरै सहज छ। उता तर्फ छ स्वर्ग, अनि यता तर्फ छ नर्क। नर्कवासी राम्रो या स्वर्गवासी राम्रो? जो समझदार होलान्, उनले भन्नेछन् स्वर्गवासी राम्रो। कसैले त भनिदिन्छन् नर्कवासी र स्वर्गवासी, यी कुरासँग हाम्रो कुनै मतलब छैन, किनकि बाबालाई नै चिन्दैनन्। कोही फेरि बाबाको गोदबाट निस्केर मायाको गोदमा जान्छन्। आश्चर्य छ नि। बाबा पनि अनौठो, ज्ञान पनि अनौठो, सबै अनौठो छ। यी आश्चर्यहरूलाई बुझ्नेहरू पनि यस्तै चाहिन्छ, जसको बुद्धि यी आश्चर्यमा नै लागिरहोस्। रावण त अनौठो छैन, न उसको रचना अनौठा छन्। रात-दिनको अन्तर छ। शास्त्रहरूमा लेखिएको छ कालीदहमा गए, सर्पले डस्यो, त्यसपछि कालो भए। अब तिमी राम्रोसँग यी सबै कुरा बुझाउन सक्छौ। कृष्णको चित्रलाई कसैले उठाएर पढेमा रिफ्रेस हुन्छ। ८४ जन्मको कहानी हो। जस्तो कृष्णको त्यस्तै तिम्रो पनि। स्वर्गमा त तिमी आउँछौ नि। फेरि त्रेतामा पनि आउँदै रहन्छौ। वृद्धि हुँदै जान्छ। यस्तो होइन, त्रेतामा जो राजा बन्छन् उनीहरू सीधै त्रेतामा नै आउने हुन्। पढेकाहरूको भारी नपढेकाले बोक्नुपर्छ। यो ड्रामाको रहस्य बाबाले नै जान्न सक्नुहुन्छ। अब तिमी जानेका छौ तिम्रो मित्र-सम्बन्धी आदि सबै नर्कवासी हुन्। हामी पुरुषोत्तम संगमयुगी हौं। अब पुरुषोत्तम बनिरहेका छौं। बाहिर रहनु र यहाँ ७ दिन आएर रहनुमा धेरै अन्तर पर्छ। हंसहरूको सङ्गतबाट निस्केर बकुल्लाहरूको सङ्गतमा जान्छन्। धेरै बिगार्नेवाला पनि छन्। धेरै बच्चाहरूले मुरलीको पर्बाह गर्दैनन्। बाबा सम्झाउनुहुन्छ लापर्बाही नगर। तिमीलाई सुगन्धित फूल बन्नु छ। केवल एउटा कुरा नै तिम्रो लागि पर्याप्त छ यादको यात्रा। यहाँ तिमीलाई ब्राह्मणहरूको नै सङ्गत छ। कहाँ उँच भन्दा उँच, कहाँ नीच। बच्चाहरूले लेख्छन् बाबा बकुल्लाहरूको हुलमा म एउटा हंसले के गर्ने? बकुल्लाहरूले टोक्छन्। कति मेहनत गर्नुपर्ने हुन्छ। बाबाको श्रीमतमा चलेमा पद पनि उँच मिल्छ। सदैव हंस भएर रहने गर। बकुल्लाहरूको सङ्गतमा बकुल्ला नबनिहाल। गायन पनि छ आश्चर्यवत् सुनन्ती, कथन्ती, भागन्ती....। अलिकति पनि ज्ञान छ भने स्वर्गमा आउँछन्। तर रात-दिनको अन्तर पर्न जान्छ। धेरै कडा सजाय खानेछन्। बाबा भन्नुहुन्छ मेरो मतमा चलेनौ, पतित बन्यौ भने सय गुणा दण्ड पर्नेछ। फेरि पद पनि कम हुन्छ। यो राजाई स्थापना भइरहेको छ। यो कुरा बिर्सिन्छन्। यति मात्रै याद रहे पनि उँच पद प्राप्त गर्ने पुरुषार्थ गर्ने थिए। यदि गर्दैनन् भने बुझिन्छ एक कानले सुनेर अर्कोबाट निकालिदिन्छन्। बाबासँग योग छैन। यहाँ रहेर पनि बुद्धियोग बाल बच्चाहरूतर्फ हुन्छ। बाबा भन्नुहुन्छ सबै कुरा बिर्सेर जानु छ, यसलाई भनिन्छ वैराग्य। यसमा पनि प्रतिशत छ। कहीं न कहीं ध्यान गइहाल्छ। एक-अर्कामा प्रेम हुन्छ भने पनि बुद्धि फँस्छ। बाबाले दिनहुँ सम्झाउनुहुन्छ यी आँखाले जे पनि देख्छौ, ती सबै समाप्त हुनेवाला छन्। तिम्रो बुद्धियोग नयाँ दुनियाँमा लागोस्, अनि बेहदको सम्बन्धीसँग बुद्धियोग राख्नु छ। उहाँ माशुक अनौठो हुनुहुन्छ। भक्तिमा गायन गर्छन् हजुर जब आउनुहुन्छ, तब हजुर बाहेक अरू कसैलाई याद गर्नेछैनौं। अब म आएको छु, त्यसैले अब तिमीलाई सबै तर्फबाट बुद्धियोग हटाउनुपर्यो नि। यी सबै चीज माटोमा मिल्छन्। मानौं तिम्रो माटोसँग बुद्धियोग छ। मसँग बुद्धियोग भएमा मालिक बन्छौ। बाबाले कति समझदार बनाउनुहुन्छ। मानिसहरूले जान्दैनन्, भक्ति के हो? ज्ञान के हो? अब तिमीलाई ज्ञान मिलेको छ, त्यसैले तिमीले भक्तिलाई पनि बुझेका छौ। अब तिमीलाई महसुस हुन्छ भक्तिमा कति दु:ख हुन्छ। मनुष्यहरूले भक्ति गर्छन्, आफूलाई धेरै सुखी सम्झन्छन्। फेरि पनि भगवान् आएर फल दिनुहुन्छ। अरू कसैलाई कहाँ फल दिनुहुन्छ र। उनीहरूले केही पनि बुझ्दैनन्। अब तिमीले जानेका छौ बाबा भक्तिको फल दिन आउनु भएको छ। विश्वको राजधानीको फल जुन बाबाबाट मिल्छ, उहाँ बाबाले जे निर्देशन दिनुहुन्छ, त्यसमा चल्नुपर्छ। उहाँको मतलाई भनिन्छ उँच भन्दा उँच मत। मिल्न त मत सबैको लागि मिल्छ। फेरि कोही चल्न सक्छन्, कोही चल्न सक्दैनन्। बेहदको बादशाही स्थापना हुनु छ। तिमी अहिले सम्झन्छौ म के थिएँ, अब मेरो के हालत भएको छ। मायाले एकदम खत्तम गरिदिन्छ। यो त मानौं मुर्दाहरूको दुनियाँ हो। भक्तिमार्गमा तिमीले जे जति सुन्थ्यौ, त्यो सबै सत् सत् भन्थ्यौ। तर तिमीले जानेका छौ सत् त एकै बाबाले नै सुनाउनुहुन्छ। यस्तो बाबालाई याद गर्नुपर्यो नि। यहाँ कोही नयाँ व्यक्ति आएर बस्यो भने केही पनि बुझ्दैन। भन्नेछ थाहा छैन, यिनीहरूले के सुनाउँछन्! सारा दुनियाँले भन्छन् परमात्मा सर्वव्यापी हुनुहुन्छ, अनि यिनीहरूले भन्छन् उहाँ त हाम्रो पिता हुनुहुन्छ। उसलाई स्वीकार हुँदैन। तिम्रो मनले स्वीकार गरेको छ। त्यसैले नयाँ कसैलाई अनुमति दिइँदैन। अच्छा

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) सुगन्धित फूल बन्नको लागि सङ्गतको धेरै सम्हाल गर्नुपर्छ। हंसहरूको सङ्गत गर्नु छ, हंस भएर रहनु छ। मुरलीमा कहिल्यै बेपर्बाह बन्नु हुँदैन। लापर्बाही गर्नु हुँदैन।

२) कर्मबन्धनबाट मुक्त हुनको लागि संगमयुगमा आफ्नो सर्व सम्बन्ध एक बाबासँग राख्नु छ। आपसमा कुनै सम्बन्ध राख्नु छैन। कुनै हदको सम्बन्धमा प्यार राखेर बुद्धियोग फँसाउनु हुँदैन। एकलाई नै याद गर्नु छ।


वरदान:
साक्षी स्थितिमा स्थित भएर परिस्थितिहरूको खेललाई हेर्ने सन्तोषी आत्मा भव

जस्तोसुकै विचलित गर्ने परिस्थिति भएतापनि साक्षी स्थितिमा स्थित भयौ भने अनुभव गर्नेछौ मानौं कठपुतलीको खेल हो। वास्तविक होइन। आफ्नो शानमा रहेर खेललाई हेर। संगमयुगको श्रेष्ठ शान हो सन्तुष्टमणि बन्नु वा सन्तोषी भएर रहनु। यस शानमा रहने आत्मा परेशान हुन सक्दैन। संगमयुगमा बापदादाको विशेष देन सन्तुष्टता हो।

स्लोगन:
यस्तो प्रसन्न बन जसले गर्दा मनको खुशी अनुहारबाट स्पष्ट देखियोस्।