17.07.20          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे तिम्रो बुद्धिमा अहिले सारा ज्ञानको सार छ , त्यसैले तिमीलाई चित्रको पनि आवश्यकता छै न , तिमीले बाबालाई याद गर अनि अरूलाई गराऊ।

प्रश्न:
अन्तिम समयमा तिमी बच्चाहरूको बुद्धिमा कुनचाहिँ ज्ञान रहन्छ?

उत्तर:
त्यस समयमा बुद्धिमा यही रहन्छ अब हामी फर्केर घर जान्छौं। फेरि त्यहाँबाट चक्रमा आउँछौं। बिस्तारै-बिस्तारै सिँढी उत्रिन्छौं फेरि बाबा आउनु हुन्छ चढ्ती कलामा लैजान। अहिले तिमीलाई थाहा छ पहिला हामी सूर्यवंशी थियौं फेरि चन्द्रवंशी बन्यौं.... यसमा चित्रहरूको आवश्यकता पर्दैन।

ओम् शान्ति ।
प्यारा बच्चाहरू! आत्म-अभिमानी बनेर बसेका छौ? ८४ को चक्र बुद्धिमा छ अर्थात् आफ्ना भेराइटी जन्मको ज्ञान छ। विराट रूपको पनि चित्र छ नि। यसको ज्ञान पनि बच्चाहरूमा छ कसरी हामीले ८४ जन्म लिन्छौं। मूल वतनबाट पहिला-पहिला देवी-देवता धर्ममा आउँछौं। यो ज्ञान बुद्धिमा छ, यसमा चित्रको कुनै आवश्यकता छैन। हामीले कुनै चित्र आदि याद गर्नु पर्दैन। अन्त्यमा केवल यो याद रहन्छ म आत्मा हुँ, मूल वतनको निवासी हुँ, यहाँ हाम्रो पार्ट छ। यो भुल्नु हुँदैन। यो मनुष्य सृष्टि-चक्रको कुरा हो र धेरै सरल छ। यसमा चित्रहरूको बिल्कुलै आवश्यकता छैन किनकि यी चित्र आदि सबै हुन् भक्तिमार्गका चीजहरू। ज्ञानमार्गमा त हुन्छ पढाइ। पढाइमा चित्रको आवश्यकता हुँदैन। यी चित्रहरूलाई केवल सुधार गरिएको छ। जसरी उनीहरूले भन्छन् गीताका भगवान कृष्ण हुन्, हामीले भन्छौं शिव हुनुहुन्छ। यो पनि बुद्धिले जान्ने कुरा हो। मैले ८४ को चक्कर लगाएको छु, बुद्धिमा यो ज्ञान रहन्छ। अब हामी पवित्र बन्नु छ। पवित्र बनेर फेरि सुरुबाट चक्कर लगाउँछौं। यो हो सार जुन बुद्धिमा राख्नु छ। जसरी बाबाको बुद्धिमा छ विश्वको इतिहास-भूगोल वा ८४ को चक्र कसरी घुम्छ, त्यस्तै तिम्रो बुद्धिमा छ पहिला हामी सूर्यवंशी फेरि चन्द्रवंशी बन्छौं। चित्रको आवश्यकता पर्दैन। केवल मनुष्यहरूलाई सम्झाउनको लागि यी बनाइएका हुन्। ज्ञानमार्गमा त बाबाले केवल भन्नुहुन्छ मनमनाभव। जसरी यो चतुर्भुजको चित्र छ, रावणको चित्र छ, यी सबै बुझाउनको लागि देखाउनु पर्छ। तिम्रो बुद्धिमा त यथार्थ ज्ञान छ। तिमीले चित्र विना पनि सम्झाउन सक्छौ। तिम्रो बुद्धिमा ८४ को चक्र छ। चित्रद्वारा केवल सहज बनाएर सम्झाइन्छ, यो नभए पनि हुन्छ। बुद्धिमा छ पहिला हामी सूर्यवंशी घरानाका थियौं फेरि चन्द्रवंशी घरानाका बन्यौं। त्यहाँ धेरै सुख हुन्छ, जसलाई स्वर्ग भनिन्छ, यो कुरा चित्रमा सम्झाइन्छ। अन्त्यमा त बुद्धिमा यो ज्ञान रहन्छ। अब हामी जान्छौं, फर्केर चक्कर लगाउँछौं। सिँढीमा सम्झाइन्छ, त्यसबाट मनुष्यलाई सहज हुन्छ। तिम्रो बुद्धिमा यो सारा ज्ञान पनि छ कसरी हामी सिँढी उत्रन्छौं। फेरि बाबाले चढ्ती कलामा लैजानुहुन्छ। बाबा भन्नुहुन्छ मैले तिमीलाई यी चित्रहरूको सार सम्झाउँछु। जसरी गोला छ त्यसमा सम्झाउन सक्छौ, यो ५ हजार वर्षको चक्र हो। यदि लाखौं वर्ष हुने भए त संख्या कति धेरै हुने थियो। क्रिश्चियनहरूको देखाउँछन् २ हजार वर्ष। यसमा कति मनुष्य छन्। ५ हजार वर्षमा कति मनुष्य हुन्छन्। यो सारा हिसाब तिमीले बताउँछौ। सत्ययुगमा पवित्र हुने भएकाले थोरै मनुष्यहरू हुन्छन्। अहिले त कति धेरै छन्। लाखौं वर्षको आयु हुने भए संख्या पनि अनगिन्ति हुने थियो। क्रिश्चियनहरूको तुलनामा जनसंख्याको हिसाब त निकाल्छन् नि। हिन्दुहरूको जनसंख्या कम देखाउँछन्। क्रिश्चियन धेरै बनेका छन्। जो राम्रा समझदार बच्चाहरू छन् उनीहरूले चित्र विना पनि सम्झाउन सक्छन्। विचार गर यतिबेला कति धेरै मनुष्यहरू छन्। नयाँ दुनियाँमा कति थोरै मनुष्य होलान्। अहिले त पुरानो दुनियाँ हो जसमा यतिका मनुष्य छन्। फेरि नयाँ दुनियाँ कसरी स्थापना हुन्छ। कसले स्थापना गर्छ, यो कुरा बाबाले नै सम्झाउनु हुन्छ। उहाँ नै ज्ञानका सागर हुनुहुन्छ। तिमी बच्चाहरूले केवल यो ८४ को चक्रलाई नै बुद्धिमा राख्नु छ। अब हामी नर्कबाट स्वर्गमा जान्छौं, त्यसैले बुद्धिमा खुसी हुन्छ नि। सत्ययुगमा दु:खको कुनै कुरा हुँदैन। यस्तो कुनै अप्राप्त वस्तु हुँदैन जसको प्राप्तिको लागि पुरुषार्थ गर्न परोस्। यहाँ पुरुषार्थ गर्नुपर्छ। यो मेसिन चाहियो, यो चाहियो... त्यहाँ त सबै सुख प्राप्त हुन्छ। जस्तै कुनै महाराजा छन् भने उनीसँग सबै सुख हुन्छ। गरिबसँग त सबै सुख हुँदैन। तर यो त हो कलियुग, त्यसैले बिमारी आदि सबै कुरा हुन्छ। अहिले तिमीले पुरुषार्थ गर्छौ नयाँ दुनियाँमा जानको लागि। स्वर्ग-नर्क यहाँ नै हुन्छ।

यो सूक्ष्म वतनको जुन खेलपाल हुन्छ, यो पनि समय बिताउनको लागि हो। जबसम्म कर्मातीत अवस्था हुँदैन समय बिताउनको लागि यो खेलपाल हो। कर्मातीत अवस्था आउँछ अनि तिमीलाई यही याद रहन्छ हामी आत्माहरूले अहिले ८४ जन्म पूरा गर्यौं, अब हामी जान्छौं घर। फेरि आएर सतोप्रधान दुनियाँमा सतोप्रधान पार्ट खेल्छौं। यो ज्ञान बुद्धिमा लिइएको छ, यसमा चित्र आदिको आवश्यकता छैन। जसरी वकिलले कति पढ्छन्, वकिल बन्छन्, त्यसपछि जो पाठ पढे त्यो सकिन्छ। रिजल्ट निस्कन्छ प्रारब्धको। तिमीले पनि पढेर फेरि गएर राज्य गर्छौ। त्यहाँ ज्ञानको आवश्यकता पर्दैन। यी चित्रहरूमा पनि ठीक-बेठीक के छ, यो कुरा अहिले तिम्रो बुद्धिमा छ। बाबाले बसेर सम्झाउनु हुन्छ, लक्ष्मी-नारायण को हुन्? यी विष्णु के हुन्? विष्णुको चित्रमा मानिसहरू अल्मलिन्छन्। नबुझिकन गरिएको पूजा पनि फाल्तु जस्तै हुन्छ, केही पनि बुझ्दैनन्। जसरी विष्णुलाई चिनेका छैनन्, त्यसैगरी लक्ष्मी-नारायणलाई पनि चिनेका छैनन्। ब्रह्मा-विष्णु-शंकरलाई पनि चिनेका छैनन्। ब्रह्मा त यहाँ छन्, यिनी पवित्र बनेर शरीर छोडेर जान्छन्। यस पुरानो दुनियाँदेखि वैराग्य हुन्छ। यहाँको कर्मबन्धन दु:खदायक छ। अब बाबा भन्नुहुन्छ आफ्नो घर हिँड। त्यहाँ दु:खको नाम निशान हुँदैन। पहिला तिमी आफ्नो घरमा थियौ फेरि राजधानीमा आयौ, अब बाबा फेरि आउनु भएको छ पावन बनाउन। यतिबेला मनुष्यको खानपान आदि कति फोहोरी छ। के-के चीज खाइरहन्छन्। त्यहाँ देवताहरूले यस्तो फोहोरी चीज कहाँ खान्छन् र! भक्तिमार्ग हेर कस्तो छ, मनुष्यको पनि बलि चढ्छ। बाबा भन्नुहुन्छयस्तो ड्रामा पनि बनेको छ। पुरानो दुनियाँबाट फेरि नयाँ दुनियाँ अवश्य बन्नु छ। अहिले तिमीलाई थाहा छ हामी सतोप्रधान बनिरहेका छौं। यो कुरा त बुद्धिले बुझेको छ नि? यसमा त चित्र भएन भने अझै राम्रो। नत्र मनुष्यले धेरै प्रश्न सोध्छन्। बाबाले ८४ को चक्रको बारेमा सम्झाउनु भएको छ। हामी यसरी सूर्यवंशी, चन्द्रवंशी, वैश्यवंशी बन्छौं, यति जन्म लिन्छौं। यो बुद्धिमा राख्नु पर्ने हुन्छ। तिमी बच्चाहरूले सूक्ष्म वतनको रहस्य पनि जानेका छौ, ध्यानमा सूक्ष्म वतनमा जान्छौ, तर त्यसमा न योग छ, न ज्ञान छ। यो केवल एक रसमरिवाज हो। सम्झाइन्छ कसरी आत्मालाई बोलाइन्छ फेरि जब आएपछि रून्छन्, पश्चात्ताप हुन्छ मैले बाबाले भनेको मानिनँ। यो सबै बच्चाहरूलाई सम्झाउनको लागि हो पुरुषार्थमा लागून्, लापर्बाही नगरुन्। बच्चाहरूले सदा यो ध्यान राखून् हामीले आफ्नो समय सफल गर्नु छ, व्यर्थ गुमाउनु छैन अनि मायाले लापर्बाही गराउन सक्दैन। बाबाले पनि सम्झाइरहनु हुन्छ प्यारा बच्चाहरू! समय खेर नफाल। धेरैलाई मार्ग बताउने पुरुषार्थ गर। महादानी बन। बाबालाई याद गर्यौ भने विकर्म विनाश हुन्छ। जो आए पनि उनीहरूलाई यो सम्झाऊ र ८४ को चक्रको बारेमा बताऊ। विश्वको इतिहास-भूगोल कसरी दोहोरिन्छ, संक्षेपमा सारा चक्र बुद्धिमा रहनु पर्छ।

तिमी बच्चाहरू खुसी हुनुपर्छ अहिले हामी यस फोहोरी दुनियाँबाट छुट्दै छौं। मनुष्यले त सम्झन्छन् स्वर्ग-नर्क यहाँ नै छ। जसको धेरै धन छ उनीहरूले सम्झन्छन् हामी स्वर्गमा छौं। राम्रो कर्म गरेका हुनाले सुख प्राप्त भएको छ। अहिले तिमीले धेरै राम्रो कर्म गर्छौ जसबाट २१ जन्मको लागि तिमीले सुख पाउँछौ। उनीहरूले त एक जन्मको लागि हामी स्वर्गमा छौं भन्ने सम्झन्छन्। बाबा भन्नुहुन्छ त्यो हो अल्पकालको सुख, तिम्रो हो २१ जन्मको, जसको लागि बाबा भन्नुहुन्छ सबैलाई मार्ग बताउँदै जाऊ। बाबाको यादद्वारा नै निरोगी बन्छौ र स्वर्गको मालिक बन्छौ। स्वर्गमा हुन्छ राजाई। त्यसलाई पनि याद गर। राजाई थियो, अहिले छैन। यहाँको नै कुरा हो। बाँकी त हुन् उपकथाहरू। अन्त्यमा सबै जान्छन् अनि हामी नयाँ दुनियाँमा आउँछौं। अब यो सम्झाउन चित्रहरूको के आवश्यकता पर्छ र? केवल सम्झाउनको लागि यो मूल वतन, सूक्ष्म वतन देखाइन्छ। सम्झाइन्छ तर यी त भक्ति मार्गकाले चित्र आदि बनाएका हुन्। त्यसैले हामीले पनि फेरि सुधार गरेर बनाउनु पर्छ। नत्र त भन्छन् तिमी त नास्तिक हौ त्यसैले सुधार गरेर बनाएका हौ। ब्रह्माद्वारा स्थापना, शंकरद्वारा विनाश... वास्तवमा यो कुरा पनि ड्रामामा निश्चित छ। कसैले केही कहाँ गर्छ र? वैज्ञानिकहरूले पनि आफ्नो बुद्धिले यी सबै कुरा बनाउँछन्। बम नबनाऊ भनेर जतिसुकै भने पनि जोसँग धेरै बमहरू छन्, उनीहरूले समुद्रमा फाले पो अरू कसैले बनाउने थिएनन्। आफैंले राखेका छन् भने अरूले पनि अवश्य बनाउँछन्। अहिले तिमी बच्चाहरूलाई थाहा छ सृष्टिको विनाश त अवश्य हुनु नै छ। लडाईं पनि अवश्य हुन्छ। विनाश हुन्छ, अनि तिमीले आफ्नो राज्य लिन्छौ। अब बाबा भन्नुहुन्छ प्यारा बच्चाहरू! सबैको कल्याणकारी बन।

बच्चाहरूलाई आफ्नो उच्च तकदिर बनाउनको लागि बाबाले श्रीमत दिनुहुन्छ प्यारा बच्चाहरू! आफ्नो सबै कुरा बाबाका नाममा सफल गर। किनकी दबी रहेगी धूल में, किनकी राजा खाए...। बाबा स्वयं भन्नुहुन्छ प्यारा बच्चाहरू! यसमा खर्च गर, यो रूहानी हस्पिटल, विश्व-विद्यालय खोल्यौ भने धेरैको कल्याण हुन्छ। बाबाका नाममा तिमीले खर्च गर्छौ जसबाट २१ जन्मको लागि तिमीलाई फल मिल्छ। यो दुनियाँ नै समाप्त हुन्छ त्यसैले जति हुन सक्छ धनीको नाममा सफल गर। धनी शिवबाबा हुनुहुन्छ नि। भक्तिमार्गमा पनि धनीका नाममा गर्थ्यौ। अहिले त हो डाइरेक्ट। बाबाको नाममा ठूला-ठूला विश्व-विद्यालय खोल्दै गयौ भने धेरैको कल्याण हुन्छ। २१ जन्मको लागि राज्य-भाग्य पाउँछौ। नत्र यो धन-दौलत आदि सबै समाप्त हुन्छ। भक्तिमार्गमा समाप्त हुँदैनथ्यो। अब त समाप्त हुनु छ। तिमीले खर्च गर, फेरि तिमीलाई नै फल मिल्छ। धनीका नाममा सबैको कल्याण गर्यौ भने २१ जन्मको वर्सा मिल्छ। कति राम्ररी सम्झाउनु हुन्छ फेरि जसको तकदिरमा छ उसले खर्च गरिरहन्छ। आफ्नो घरबार पनि सम्हाल्नु छ। यिनको पार्ट नै यस्तो थियो। एकदम जोडसँग नशा चढ्यो। बाबाले बादशाही दिनुहुन्छ भने फेरि गधाई किन गर्ने। तिमीहरू सबै बादशाही लिनको लागि बसेका छौ त्यसैले बाबालाई अनुसरण गर। जानेका छौ यिनले कसरी सबै छोडिदिए। नशा चढ्यो, ओहो! राजाई मिल्छ, अल्फलाई अल्लाह मिल्यो अनि बे (पार्टनर)लाई पनि राजाई दिए। राजाई थियो, कम थिएन। राम्रो कमाई थियो। अहिले तिमीलाई यो राजाई प्राप्त भइरहेको छ, त्यसैले धेरैको कल्याण गर। पहिला भट्ठी बन्यो फेरि कोही पाकेर तयार भए, कोही काँचै रहे। सरकारले नोट बनाउँछ फेरि ठीक भएन भने सरकारले नै जलाउनु पर्छ। पहिला त चाँदीका रूपैयाँ चल्थे। सुन र चाँदी धेरै थियो। अहिले त के भइरहेको छ। कसैको राजाले खान्छन्, कसैको डाँकूले खान्छन्, डाँका पनि हेर कति लाग्छन्। अनिकाल पनि पर्छ। यो हो नै रावण राज्य। रामराज्य सत्ययुगलाई भनिन्छ। बाबा भन्नुहुन्छ तिमीलाई यति उच्च बनाएँ फेरि कंगाल कसरी बन्यौ! अहिले तिमी बच्चाहरूलाई यति ज्ञान मिलेको छ भने खुसी हुनुपर्छ। दिन-प्रतिदिन खुसी बढ्दै जान्छ। जति यात्रामा समीप पुग्छौ त्यति खुसी हुन्छ। तिमीले जानेका छौ शान्तिधाम-सुखधाम सामुन्ने खडा छ। वैकुण्ठको वृक्ष देखिदै छ। अब पुग्यौं कि पुग्यौं। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) आफ्नो समय सफल गर्नको लागि ध्यान दिनु छ। मायाले लापर्बाही गराउन नसकोस् यसको लागि महादानी बनेर धेरैलाई मार्ग बताउनमा व्यस्त रहनु छ।

२) आफ्नो उच्च तकदिर बनाउनको लागि धनीको नाममा सबैथोक सफल गर्नु छ। रूहानी विश्व-विद्यालय खोल्नु छ।

वरदान:
कडा नियम र दृढ संकल्पद्वारा अलबेलापनलाई समाप्त गर्ने ब्रह्माबाबा समान अथक भव

ब्रह्माबाबा समान अथक बन्नको लागि अलबेलापनलाई समाप्त गर। यसको लागि कुनै कडा नियम बनाऊ। दृढ संकल्प गर, अटेन्शन रूपी चौकीदार सदा अलर्ट रह्यो भने अलबेलापन समाप्त हुन्छ। पहिला स्व माथि मेहनत गर फेरि सेवामा, तब धरती परिवर्तन हुन्छ। अब केवल गरिहाल्छु, भइहाल्छ यस आरामको संकल्पको डनलपलाई छोड। गर्नु नै छ, यो स्लोगन दिमागमा याद रह्यो भने परिवर्तन हुन्छ।

स्लोगन:
समर्थ बोलीको निशानी हो बोलीमा आत्मिक भाव र शुभ भावना।