17.09.20          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे तिमी यस पुरुषोत्तम संगमयुगमा नै उत्तम भन्दा उत्तम पुरुष बन्नु छ , सबैभन्दा उत्तम पुरुष हुन् यी लक्ष्मी-नारायण।

प्रश्न:
तिमी बच्चाहरूले बाबाको साथमा कुनचाहिँ एउटा गुप्त कार्य गरिरहेका छौ?

उत्तर:
आदि सनातन देवी-देवता धर्म र दैवी राजधानीको स्थापना तिमीले बाबाको साथमा गुप्त रूपले यो कार्य गरिरहेका छौ। बाबा बागवान हुनुहुन्छ जसले आएर काँडाको जंगललाई फूलहरूको बगैंचा बनाइरहनु भएको छ। त्यस बगैंचामा कुनै पनि भयानक दु:ख दिने वस्तु हुँदैन।

गीत:
आखिर वह दिन आया आज......

ओम् शान्ति ।
रूहानी बाबा बसेर रूहानी बच्चाहरूलाई सम्झाउनु हुन्छ। सम्झाउनु हुन्छ त अवश्य शरीरद्वारा नै। आत्माले शरीर बिना कुनै पनि कार्य गर्न सक्दैन। रूहानी बाबालाई पनि एकै पटक पुरुषोत्तम संगमयुगमा नै शरीर लिनुपर्छ। यो संगमयुग पनि हो, यसलाई पुरुषोत्तम युग पनि भनिन्छ किनकि यस संगमयुगपछि फेरि सत्ययुग आउँछ। सत्ययुगलाई पनि पुरुषोत्तम युग भनिन्छ। बाबा आएर स्थापना पनि पुरुषोत्तम युगको गर्नुहुन्छ। संगमयुगमा आउनु हुन्छ त्यसैले त्यो पनि पुरुषोत्तम युग भयो। यहाँ नै बच्चाहरूलाई पुरुषोत्तम बनाउनु हुन्छ। फेरि तिमी पुरुषोत्तम नयाँ दुनियाँमा रहन्छौ। पुरुषोत्तम अर्थात् उत्तम भन्दा उत्तम पुरुष यी राधा-कृष्ण अथवा लक्ष्मी-नारायण हुन्। यो ज्ञान पनि तिमीलाई छ। अरू धर्मकाले पनि मान्छन् यी स्वर्गका मालिक हुन्। भारतवर्षको धेरै ठूलो महिमा छ। तर भारतवासीहरूले स्वयं जानेका छैनन्। भनिन्छ पनि फलानो स्वर्गवासी भयो, तर स्वर्ग के चीज हो, यो जानेका छैनन्। आफै सिद्ध गर्छन् स्वर्ग गयो भनेर, यसको मतलब नर्कमा थियो। स्वर्ग त तब हुन्छ, जब बाबाले स्थापना गर्नुहुन्छ। त्यो त नयाँ दुनियाँलाई नै भनिन्छ। दुई चीज छन् नि स्वर्ग र नर्क। मानिसहरूले त स्वर्गलाई लाखौं वर्षको भनिदिन्छन्। तिमी बच्चाहरूलाई थाहा छ हिजो स्वर्ग थियो, यिनीहरूको राजाई थियो, फेरि बाबासँग वर्सा लिइरहेका छन्।

बाबा भन्नुहुन्छ मीठा प्यारा बच्चाहरू! तिम्रो आत्मा पतित छ, त्यसैले नर्कमा छौ। भन्छन् पनि अझै कलियुगको अवधि ४० हजार वर्ष बाँकी छ, त्यसैले अवश्य कलियुगवासी नै भनिन्छ। पुरानो दुनियाँ हो नि। बिचरा मानिसहरू घोर अन्धकारमा छन्। पछि गएर जब आगो लाग्छ तब यी सबै खतम हुन्छन्। तिम्रो प्रीत बुद्धि छ, नम्बरवार पुरुषार्थ अनुसार। जति प्रीत बुद्धि हुन्छ त्यति उच्च पद पाउँछौ। सबेरै उठेर धेरै प्रेमपूर्वक बाबालाई याद गर्नु छ। प्रेमको आँसु पनि आओस् किनकि धेरै समयपछि बाबा भेट्न आउनु भएको छ। बाबा हजुर आएर हामीलाई दु:खबाट छुटाउनु हुन्छ। हामी विषय सागरमा गोता खाँदै कति दु:खी हुँदै आएका छौं। अहिले यो हो रौरव नर्क। अहिले तिमीलाई बाबाले सारा चक्रको रहस्य सम्झाउनु भएको छ। मूलवतन के हो त्यो पनि आएर बताउनु भएको छ। पहिला तिमीले जान्दैनथ्यौ, यसलाई भनिन्छ काँडाको जङ्गल। स्वर्गलाई भनिन्छ ईश्वरको बगैंचा, फूलहरूको बगैंचा। बाबालाई बागवान पनि भनिन्छ नि। तिमीलाई फेरि फूलबाट काँडा कसले बनाउँछ? रावणले। तिमी बच्चाहरूलाई थाहा छ, भारतवर्ष फूलहरूको बगैंचा थियो, अहिले जङ्गल भएको छ। जङ्गलमा जनावर, बिच्छी आदि रहन्छन्। सत्ययुगमा कुनै डरलाग्दा जनावर आदि हुँदैनन्। शास्त्रहरूमा त धेरै कुरा लेखिदिएका छन्। कृष्णलाई सर्पले डस्यो, यस्तो भयो। कृष्णलाई फेरि द्वापरमा लगिदिएका छन्। बाबाले सम्झाउनु भएको छ भक्ति बिल्कुलै अलग कुरा हो, ज्ञान सागर एउटै बाबा हुनुहुन्छ। यस्तो होइन, ब्रह्मा-विष्णु-शङ्कर ज्ञानका सागर हुन्। होइनन्, पतित-पावन एक ज्ञान सागरलाई नै भनिन्छ। ज्ञानबाट नै मनुष्यलाई सद्गति मिल्छ। सद्गतिका दुई स्थान छन् मुक्तिधाम र जीवनमुक्तिधाम। अहिले तिमी बच्चाहरूलाई थाहा छ यो राजधानी स्थापना भइरहेको छ, तर गुप्तरूपले। बाबा नै आएर आदि सनातन देवी देवता धर्मको स्थापना गर्नुहुन्छ। सबै आ-आफ्नो मनुष्य चोलामा आउँछन्। बाबाको आफ्नो शरीर त छँदै छैन, त्यसैले उहाँलाई निराकारी परमपिता भनिन्छ। बाँकी सबै हुन् साकारी। उहाँलाई भनिन्छ निराकारी आत्माहरूका निराकार परमपिता। तिमी आत्माहरू पनि त्यहीं रहन्छौ। बाबा पनि त्यहीं रहनु हुन्छ। तर हुनुहुन्छ गुप्त। बाबा नै आएर आदि सनातन देवी देवता धर्मको स्थापना गर्नुहुन्छ। मूलवतनमा कुनै दु:ख हुँदैन। बाबा भन्नुहुन्छ तिम्रो कल्याण छ नै एउटा कुरामा बाबालाई याद गर, मनमनाभव। बस्, बाबाको बच्चा बन्यो, बच्चाको वर्सा निश्चित छ। अल्फलाई याद गरेपछि वर्सा पनि अवश्य छ सत्ययुगी नयाँ दुनियाँको। यस पतित दुनियाँको विनाश पनि अवश्य हुनु नै छ। अमरपुरीमा जानु नै छ। अमरनाथले तिमी पार्वतीहरूलाई अमरकथा सुनाउँदै हुनुहुन्छ। तीर्थहरूमा कति मनुष्यहरू जान्छन्, अमरनाथमा कति जान्छन्। त्यहाँ केही पनि छँदै छैन। सबै हुन् ठग्ने काम। रत्तिभर पनि सत्य छैन। गाइन्छ पनि झुठी काया झुठी माया... यसको पनि अर्थ हुनुपर्छ। यहाँ छ नै झुट। यो पनि ज्ञानको कुरा हो। यस्तो होइन गिलासलाई गिलास भन्नु झुटो हो। बाँकी बाबाको बारेमा भक्तिमा जे जति बोल्छन् त्यो झुटै बोल्छन्। सत्य बोल्ने एक बाबा नै हुनुहुन्छ। अहिले तिमीलाई थाहा छ बाबा आएर सच्चा सच्चा सत्य नारायणको कथा सुनाउनु हुन्छ। नक्कली हीरा मोती पनि हुन्छन् नि। आजकल नक्कलीको धेरै शो हुन्छ। त्यसको चमक यस्तो हुन्छ, सक्कलीको भन्दा पनि राम्रो। यी नक्कली पत्थरहरू पहिला थिएनन्। पछि बेलायतबाट आएका हुन्। नक्कली र सक्कलीलाई सँगै मिसाइदिन्छन्, थाहै हुँदैन। फेरि यस्ता वस्तुहरू पनि निस्किए जसबाट जाँचिन्छ। मोती पनि यस्ता नक्कली निस्किए जसलाई कत्ति पनि चिन्न सकिन्न। अहिले तिमी बच्चाहरूलाई अलिकति पनि शंका छैन। शंका हुनेहरू फेरि आउँदा नि आउँदैनन्। प्रदर्शनी हेर्न कति आउँछन्। बाबा भन्नुहुन्छ अब ठूला-ठूला पसल खोल, एक मात्र यो तिम्रो सच्चा पसल हो। तिमीले सच्चा पसल खोल्छौ। ठूला-ठूला संन्यासीहरूका ठूला-ठूला पसल हुन्छन्, जहाँ ठूला-बडा मानिसहरू जान्छन्। तिमीले पनि ठूला-ठूला सेन्टरहरू खोल। भक्तिमार्गका सामाग्रीहरू बिल्कुलै अलग हुन्। यस्तो भनिदैन, भक्ति सुरुदेखि चलि आएको हो। होइन। ज्ञानबाट हुन्छ सद्गति अर्थात् दिन। त्यहाँ सम्पूर्ण निर्विकारी विश्वका मालिक थिए। मनुष्यहरूलाई यो पनि थाहा छैन, यी लक्ष्मी-नारायण विश्वको मालिक थिए। सूर्यवंशी र चन्द्रवंशी, अरू कुनै धर्म हुँदैन। बच्चाहरूले गीत पनि सुन्यौ। तिमीले जानेका छौ आखिर त्यो दिन आयो आज संगमको, जसले गर्दा हामी आएर आफ्ना बेहदको बाबासँग मिल्यौं। बेहदको बर्सा पाउनको लागि पुरुषार्थ गर्छौं। सत्ययुगमा त यस्तो भनिदैन आखिर त्यो दिन आयो आज। उनीहरूले सम्झन्छन् धेरै अन्न हुन्छ, यो हुन्छ। सम्झन्छन्, स्वर्गको स्थापना हामीले गर्छौं। सम्झन्छन्, विद्यार्थीहरूको नयाँ रगत हुन्छ, यिनीहरूले धेरै मदत गर्नेछन् त्यसैले यिनीहरूप्रति सरकारले धेरै मेहनत गर्छ। अनि फेरि ढुङ्गा आदि पनि उनीहरूले नै हान्छन्। हंगामा मच्चाउनमा सबैभन्दा पहिला विद्यार्थीहरू नै अगाडि बढ्छन्। उनीहरू धेरै होसियार हुन्छन्। उनीहरूको नयाँ रगत भनिन्छ। अब नयाँ रगतको त कुरै छैन। त्यो हो रगतको सम्बन्ध, अहिले तिम्रो यो हो आत्मिक सम्बन्ध। भन्छन् बाबा म हजुरको दुई महिनाको बच्चा हुँ। कति बच्चाहरूले अलौकिक जन्मदिन मनाउँछन्। ईश्वरीय जन्म दिन नै मनाउनु पर्छ। त्यो शारीरिक जन्मदिन मनाउन बन्द गर्नुपर्छ। हामीले ब्राह्मणहरूलाई नै खुवाउँछौं। यो पो मनाउनु पर्छ नि। त्यो हो आसुरी जन्म, यो हो ईश्वरीय जन्म। रात-दिनको फरक छ, तर जब निश्चय हुन्छ। यस्तो होइन, ईश्वरीय जन्म मनाएर फेरि गएर आसुरी जन्ममा परुन्। यस्तो पनि हुन्छ। ईश्वरीय जन्म मनाउँदा मनाउँदै फेरि भाग्छन्। आजकल त मेरिज डे पनि मनाउँछन्, विवाहलाई शुभ कार्य जस्तै सम्झन्छन्। नर्कमा प्रवेश गरेको दिनको पनि दिवस मनाउँछन्। आश्चर्य छ नि। बाबा बसेर यी सबै कुरा सम्झाउनु हुन्छ। अब तिमीले त ईश्वरीय जन्म दिन ब्राह्मणहरूको साथमा नै मनाउनु छ। हामी शिवबाबाका बच्चा हौं, हामीले जन्म दिन मनाउँछौं भने शिवबाबाको नै याद रहन्छ। जो बच्चाहरू निश्चयबुद्धि छन् उनीहरूले रूहानी जन्मदिन मनाउनु पर्छ। उनीहरूले आसुरी जन्मलाई बिर्सिऊन्। बाबाले यस्तो पनि राय दिनु हुन्छ, यदि पक्का निश्चयबुद्धि छन् भने। हामी त बाबाको बनिहाल्यौं, दोस्रो न कोही, फेरि अन्त मति सो गति हुन्छ। बाबाको याद गर्दै मरियो भने अर्को जन्म पनि यस्तै मिल्छ। नत्र अन्त्य कालमा जसले स्त्रीलाई सम्झन्छ... यो पनि ग्रन्थमा छ। यहाँ फेरि भनिन्छ, अन्त्य समय गंगाको तट होस्। यी सबै हुन् भक्ति मार्गका कुरा। तिमीलाई बाबा भन्नुहुन्छ शरीर छुट्दा पनि स्वदर्शन चक्रधारी होऊ। बुद्धिमा बाबा र चक्रको याद रहोस्। यस्तो पुरुषार्थ गर्दै रह्यौ भने अन्त्यकालमा बाबाको याद आउँछ। आफूलाई आत्मा सम्झ र बाबालाई याद गर किनकि तिमी बच्चाहरूलाई अब फर्कनु छ अशरीरी भएर। यहाँ पार्ट खेल्दै खेल्दै सतोप्रधानबाट तमोप्रधान बनेका छौ। अब फेरि सतोप्रधान बन्नु छ। यस बेला आत्मा नै अशुद्ध छ भने शरीर फेरि शुद्ध कसरी मिल्न सक्छ? बाबाले धेरै उदाहरण दिनुभएको छ, बाबा जौहरी पनि हुनुहुन्छ नि। मिसावट गहनामा होइन, सुनमा पर्छ। २४ क्यारेटबाट २२ क्यारेट बनाउनु पर्यो भन सुनमा चाँदी मिसाउँछन्। अब त सुन छँदै छैन। सबैसँग लिंदै जान्छन्। आजकल नोट पनि हेर कस्तो बनाउँछन्? कागज पनि होइन। बच्चाहरूलाई थाहा छ कल्प-कल्प यस्तो हुँदै आएको छ। पूरा जाँच गराउँछन्। लकर्स आदिलाई खोल्न लाउँछन्। मानौं कसैको तलासी आदि लिइन्छ। गायन पनि छ किनकी दबी रही धूल में.... आगो पनि जोडले लाग्छ। तिमी बच्चाहरूलाई थाहा छ यो सबै हुनु नै छ, त्यसैले तिमीले भविष्यको लागि सर-समान तयार गर्दैछौ। अरू कसैलाई कहाँ थाहा छ र, २१ जन्मको लागि तिमीलाई नै मिल्छ। तिम्रै पैसाले स्वर्ग बनाउँदै छु, जहाँ फेरि तिमी नै निवास गर्छौ।

तिमी बच्चाहरूले आफ्नै पुरुषार्थले आफैं राजतिलक लिन्छौ। गरिब निवाज बाबा स्वर्गको मालिक बनाउन आउनु भएको छ तर बन्छौ त आफ्नै पढाइले, कृपा वा आशीर्वादले होइन। टिचरको त पढाउनु धर्म हो। कृपाको कुरा हुँदैन। टिचरलाई त सरकारबाट तलब मिल्छ। त्यसैले उनीहरूले त अवश्य पढाउँछन्। तिमीलाई त यति ठूलो पुरस्कार मिल्छ। पदमापदमपति बन्छौ। कृष्णको पैतालामा पदमको चिन्ह दिन्छन्। तिमी यहाँ आएका छौ भविष्यमा पदमपति बन्न। तिमी धेरै सुखी, धनवान, अमर बन्छौ। कालमाथि विजय पाउँछौ। यी कुरालाई मनुष्यहरूले बुझ्न सक्दैनन्। तिम्रो आयु पूरा हुन्छ, अमर बन्छौ। उनीहरूले फेरि पाण्डवहरूको चित्र लम्बा-चौडा बनाइदिएका छन्। सम्झन्छन् पाण्डव यति अग्ला थिए। अब पाण्डव त तिमी हौ। कति रात दिनको फरक छ। मानिसहरू कुनै यति अग्ला त हुँदैनन्। ६ फुटकै त हुन्छन् नि। भक्तिमार्गमा पहिला सुरुमा शिवबाबाको भक्ति हुन्छ। उनीहरूले यति ठूलो त बनाउँदैन। पहिला शिवबाबाको अव्यभिचारी भक्ति चल्छ। फेरि देवताहरूका मूर्तिहरू बनाउँछन्। उनीहरूका फेरि ठूला-ठूला चित्रहरू बनाउँछन्। फेरि पाण्डवहरूका ठूला-ठूला चित्रहरू बनाउँछन्। यी सबै चित्रहरू पूजाको लागि बनाउँछन्। लक्ष्मीको पूजा १२ महिनामा एकपटक गर्छन्। जगत् अम्बाको पूजा दिनदिनै गरिरहन्छन्। यो पनि बाबाले सम्झाउनु भएको छ तिम्रो डबल पूजा हुन्छ। मेरो त केवल आत्माको अर्थात् लिंगको नै पूजा हुन्छ। तिम्रो शालिग्रामको रूपमा पनि पूजा हुन्छ र फेरि देवताहरूको रूपमा पनि पूजा हुन्छ। रुद्र यज्ञ गर्दा कति शालिग्राम बनाउँछन्। त्यसैले को ठूलो भयो? त्यसैले बाबा बच्चाहरूलाई नमस्ते गर्नुहुन्छ। कति ठूलो पद प्राप्त गराउनु हुन्छ।

बाबा कति गहन कुरा सुनाउनु हुन्छ, त्यसैले बच्चाहरूलाई कति खुसी हुनुपर्छ। हामीलाई भगवानले पढाउनु हुन्छ भगवान भगवती बनाउनको लागि। कति आभारी हुनुपर्छ। बाबाको यादमा रहनाले सपना पनि राम्रो देखिन्छ। साक्षात्कार पनि हुन्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) आफ्नो ईश्वरीय रूहानी जन्मदिन मनाउनु छ। रूहानी सम्बन्ध राख्नु पर्छ, रगतको सम्बन्ध होइन। आसुरी शारीरिक जन्मोत्सव पनि क्यान्सिल। त्यो फेरि याद पनि नआओस्।

२) आफ्नो ब्याग-ब्यागेज (सर-समान) भविष्यको लागि तयार राख्नु छ। आफ्नो पैसा स्वर्ग बनाउने सेवामा सफल गर्नु छ। आफ्नो पुरुषार्थले आफैंलाई राजतिलक दिनु छ।

वरदान:
स्मृतिको स्वीच अन गरेर सेकेन्डमा अशरीरी स्थितिको अनुभव गर्ने प्रीत बुद्धि भव

जहाँ प्रभु प्रीत छ, त्यहाँ अशरीरी बन्न एक सेकेन्डको खेल समान हुन्छ। जसरी स्वीच अन गर्नासाथ अन्धकार समाप्त हुन्छ। त्यस्तै प्रीत बुद्धि बनेर स्मृतिको स्वीच अन गर्यौ भने देह र देहको दुनियाँको स्मृतिको स्वीच अफ हुन्छ। यो सेकेन्डको खेल हो। मुखबाट बाबा भन्न पनि समय लाग्छ, तर स्मृतिमा ल्याउन समय लाग्दैन। यो बाबा शब्द नै पुरानो दुनियाँलाई भुल्ने आत्मिक बम हो।

स्लोगन:
देह-भानको माटोको बोझबाट पर रह्यौ भने डबल लाइट फरिश्ता बन्छौ।