17.10.20          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे तिमीले एक-एकलाई परिस्तानी बनाउनु छ , तिमी हौ सबैको कल्याण गर्नेवाला । तिम्रो कर्तव्य हो गरिबहरूलाई धनी बनाउनु।

प्रश्न:
बाबाको कुनचाहिँ नाम साधारण भए पनि कर्तव्य धेरै महान छ?

उत्तर:
बाबालाई बागवान-खिवैया भनिन्छ। यो नाम कति साधारण छ तर डुब्नेलाई पार लैजानु, यो कति महान कर्तव्य हो। जसरी पौडी खेल्नेहरूले एक-अर्कालाई हातमा हात दिएर पार लैजान्छन्, त्यसैगरी बाबाको हात मिल्नाले तिमी स्वर्गवासी बन्छौ। अहिले तिमी पनि मास्टर खिवैया हौ। तिमीले हरेकको नाउलाई पार लगाउने मार्ग बताउँछौ।

ओम् शान्ति ।
यादमा त बच्चाहरू बसेकै होलान्। आफूलाई आत्मा सम्झनु छ, देह पनि छ। यस्तो होइन देह विना नै बसेका छौ। बाबा भन्नुहुन्छ देह-अभिमानलाई छोडेर देही-अभिमानी बनेर बस। देही-अभिमान हो शुद्ध, देह-अभिमान हो अशुद्ध। तिमीलाई थाहा छ देही-अभिमानी बनेर हामी शुद्ध पवित्र बनिरहेका छौं। देह-अभिमानी बन्नाले अशुद्ध, अपवित्र बनेका थियौं। पुकार्छन् पनि, हे पतित-पावन आउनुहोस्। पावन दुनियाँ थियो। अहिले पतित छ फेरि पावन दुनियाँ अवश्य बन्छ। सृष्टिको चक्र दोहोरिन्छ। जसले यो सृष्टि चक्रलाई जानेका छन् उनीहरूलाई भनिन्छ स्वदर्शन चक्रधारी। तिमी हरेक स्वदर्शन चक्रधारी हौ। स्व आत्मालाई सृष्टि चक्रको ज्ञान मिल्छ। ज्ञान कसले दियो? अवश्य उहाँ पनि स्वदर्शन चक्रधारी हुनुहुन्छ। बाबा बाहेक अरू कुनै मनुष्यले सिकाउन सक्दैन। बाबा परम आत्माले नै बच्चाहरूलाई सिकाउनु हुन्छ। भन्नुहुन्छ प्यारा बच्चाहरू! तिमीहरू देही-अभिमानी बन। सत्ययुगमा यो ज्ञान अथवा शिक्षा दिने आवश्यकता रहँदैन। न त्यहाँ भक्ति हुन्छ। ज्ञानबाट वर्सा मिल्छ। बाबाले श्रीमत दिनुहुन्छ तिमी यसरी श्रेष्ठ बन्छौ। तिमीलाई थाहा छ हामी कब्रिस्तानमा थियौं, अहिले बाबाले श्रेष्ठ परिस्तानी बनाउनु हुन्छ। यो पुरानो दुनियाँ कब्रदाखिल हुनु छ। मृत्युलोकलाई कब्रिस्तान नै भनिन्छ। परिस्तान नयाँ दुनियाँलाई भनिन्छ। ड्रामाको रहस्य बाबाले सम्झाउनु हुन्छ। यो सारा सृष्टिलाई भंभोर भनिन्छ।

बाबाले सम्झाउनु भएको छ सारा सृष्टिमा यस समयमा रावणको राज्य छ। दशैं पनि मनाउँछन्, कति खुसी हुन्छन्। बाबा भन्नुहुन्छ सबै बच्चाहरूलाई दु:खबाट छुटाउन मलाई पनि पुरानो रावणको दुनियाँमा आउनु पर्छ। एक कथा सुनाउनु हुन्छ, कसैले सोध्यो पहिला तिमी सुख चाहन्छौ या दु:ख? उसले भन्यो सुख चाहन्छु। सुखमा गइयो भने त्यहाँ कुनै यमदूत आदि आउन सक्दैन। यो पनि एक कहानी हो। बाबाले बताउनु हुन्छ सुखधाममा कहिल्यै काल आउँदैन, अमरपुरी बन्छ। तिमीले मृत्युमाथि विजय पाउँछौ। तिमी कति सर्वशक्तिमान् बन्छौ। त्यहाँ कहिल्यै यस्तो भनिदैन फलानो मर्यो, मर्ने नाम नै हुँदैन। एक चोला बदलेर अर्को लियो। सर्पले पनि काँचुली फेर्छ नि। तिमीले पनि पुरानो खाल बदलेर नयाँ खाल अथवा शरीरमा आउँछौ। त्यहाँ ५ तत्त्व पनि सतोप्रधान बन्छन्। सबै चीजहरू सतोप्रधान बन्छन्। हरेक चीज फल आदि उत्तम हुन्छन्। सत्ययुगलाई भनिन्छ नै स्वर्ग। त्यहाँ धेरै धनवान थियौ। यिनी जस्तो सुखी, विश्वको मालिक कोही हुन सक्दैन। अहिले तिमीलाई थाहा छ हामी नै यस्ता थियौं, त्यसैले कति खुसी हुनुपर्छ। एक-एकलाई परिस्तानी बनाउनु छ, धेरैको कल्याण गर्नु छ। तिमी धेरै धनवान बन्छौ। ती सबै हुन् गरिब। जबसम्म तिम्रो हातमा हात मिलाउँदैनन् तबसम्म स्वर्गवासी बन्न सक्दैनन्। बाबाको हात त सबैलाई मिल्दैन। बाबाको हात त मिल्छ तिमीलाई। तिम्रो हात फेरि अरूलाई मिल्छ, अरूको फेरि अरूलाई। जसरी कुनै पौडी खेल्ने व्यक्तिले एक-एकलाई पारी लिएर जान्छन्। तिमी पनि मास्टर खिवैया हौ। अनेक खिवैया बनिरहेका छन्। तिम्रो धन्दा नै यो हो। हामीले हरेकको नाउँलाई पार लगाउने मार्ग बताउनु छ। खिवैयाका बच्चाहरू खिवैया बन्नु छ। नाम कति साधारण छ बागवान, खिवैया। अहिले यथार्थमा तिमीले देखिरहेका छौ। तिमीले परिस्तानको स्थापना गरिरहेका छौ। तिम्रो यादगार सामुन्ने खडा छ। तल राजयोगको तपस्या, माथि राजाई खडा छ। नाम पनि दिलवाडा धेरै राम्रो छ। बाबाले सबैको दिल लिनुहुन्छ। सबैको सदगति गर्नुहुन्छ। दिल लिने को हो? यो कसैलाई कहाँ थाहा छ र। ब्रह्माको पनि पिता शिवबाबा हुनुहुन्छ। सबैको दिल लिने बेहदको बाबा नै हुनुहुन्छ। तत्त्व आदि सबैको कल्याण गर्नुहुन्छ, यो पनि बच्चाहरूलाई सम्झाइएको छ अरू धर्मावलम्बीका शास्त्र आदि कायम छन्। तिमीलाई ज्ञान मिल्छ नै संगममा, फेरि विनाश हुन्छ अनि शास्त्र आदि रहँदैनन्। शास्त्र हुन् भक्तिमार्गका निशानी। यो हो ज्ञान। फरक देख्यौ नि। भक्ति अथाह छ, देवी आदिको पूजामा कति खर्च गर्छन्। बाबा भन्नुहुन्छ यसबाट अल्पकालको सुख हुन्छ। जस्तो-जस्तो भावना राख्छन्, त्यो पूरा हुन्छ। देवीहरूलाई सजाउँदा-सजाउँदै कसैलाई साक्षात्कार भयो भने धेरै खुसी हुन्छन्। फाइदा केही पनि छैन। मीराको पनि नाम गाइएको छ। भक्तमाला हुन्छ नि। स्त्रीहरूमा मीरा पुरुषहरूमा नारद शिरोमणि भक्त मानिन्छन्। तिमी बच्चाहरूमा पनि नम्बरवार छन्। मालाका दाना त धेरै छन्। मालामा सुरुमा बाबा हुनुहुन्छ फूल, अनि छन् युगल मेरु। फूललाई सबैले नमस्ते गर्छन्। एक-एक दानालाई नमस्ते गर्छन्। रुद्र यज्ञ रच्दा त्यसमा पनि सबैभन्दा बढी पूजा शिवको गर्छन्। शालिग्रामहरूको त्यति गर्दैनन्। सारा ख्याल शिवबाबातर्फ नै रहन्छ किनकि शिवबाबाद्वारा नै शालिग्राम यति लायक बनेका हुन्। अहिले तिमी बनिरहेका छौ। पतित-पावन बाबाको बच्चा तिमी पनि मास्टर पतित-पावन हौ। यदि कसैलाई मार्ग बताउँदैनौ भने पाई पैसाको पद मिल्छ। फेरि पनि बाबासँग त मिल्यौ नि। त्यो पनि कम कहाँ हो र। सबैको फादर उहाँ एक हुनुहुन्छ। कृष्णको लागि कहाँ भनिन्छ र। कृष्ण कसको पिता बन्छन्? कृष्णलाई पिता भनिदैन। बच्चालाई पिता कहाँ भन्न सकिन्छ र। पिता तब भनिन्छ जब युगल बनुन्, बच्चा पैदा होस्, अनि उसले नै पिता भन्छ। अरू कसैले भन्न सक्दैन। हुन त कुनै पनि बूढापाकालाई पिता भनिदिन्छन्। उहाँ त सबैको बाबा हुनुहुन्छ। गायन पनि गर्छन् भाइ-भाइ। ईश्वरलाई सर्वव्यापी भन्नाले पिता-पिता हुन जान्छ।

तिमी बच्चाहरूले ठूलो-ठूलो सभामा सम्झाउनु पर्नेछ। जहिले पनि कतै भाषण गर्न जान्छौ भने जुन टपिकमा भाषण गर्नु छ त्यसमा विचार सागर मंथन गरेर लेख्नुपर्छ। बाबालाई त विचार सागर मंथन गर्नु छैन। कल्प पहिला जे सुनाउनु भएको थियो त्यो सुनाएर जानुहुन्छ। तिमीलाई त टपिकमा सम्झाउनु छ। पहिला लेखेर फेरि पढ्नुपर्छ। भाषण गरिसकेपछि फेरि स्मृतिमा आउँछ यो-यो प्वाइन्ट बताइनँ। यो सम्झाएको भए राम्रो हुन्थ्यो। यस्तो हुन्छ, कुनै न कुनै प्वाइन्ट भुलिन्छ। सबैभन्दा पहिला त बोल्नुपर्छ दाजु-भाइ, दिदी-बहिनीहरू! आत्म-अभिमानी भएर बस्नुहोस्। यो त कहिल्यै बिर्सिनु हुँदैन। यसरी कसैले समाचार लेख्दैनन्। पहिला सबैलाई भन्नु पर्छ आत्म-अभिमानी भएर बस्नुहोस्। हामी आत्मा अविनाशी हौं। अहिले बाबाले आएर ज्ञान दिइरहनु भएको छ। बाबा भन्नुहुन्छ मलाई याद गर्यौ भने विकर्म विनाश हुन्छ। कुनै पनि देहधारीलाई याद नगर। आफूलाई आत्मा सम्झ, हामी त्यहाँका निवासी हौं। हाम्रो बाबा कल्याणकारी शिव हुनुहुन्छ, हामी आत्माहरू उहाँका सन्तान हौं। बाबा भन्नुहुन्छ आत्म-अभिमानी बन। म आत्मा हुँ। बाबाको यादले विकर्म विनाश हुन्छ। गंगा स्नान आदिले विकर्म विनाश हुँदैन। बाबाको निर्देशन छ तिमीले मलाई याद गर। उनीहरूले गीता पढ्छन् यदा यदाहि धर्मस्य..... भन्छन् तर अर्थ केही पनि जानेका छैनन्। बाबाले सेवाको लागि राय दिनुहुन्छ। शिवबाबा भन्नुहुन्छ आफूलाई आत्मा सम्झेर मलाई याद गर। उनीहरूले सम्झन्छन् कृष्णले भन्नुभयो, तिमीले भन्छौ शिवबाबाले हामीलाई भन्नुहुन्छ मलाई याद गर। जति मलाई याद गर्छौ त्यति सतोप्रधान बनेर उच्च पद पाउँछौ। लक्ष्य-उद्देश्य पनि सामुन्ने छ। पुरुषार्थ गरेर उच्च पद पाउनु छ। अन्य धर्मकाले आफ्नो धर्ममा उच्च पद पाउँछन्, हामी अरूको धर्ममा जाँदैनौं। उनीहरू त आउँछन् नै पछि। उनीहरूले पनि जानेका छन् हामी भन्दा पहिला स्वर्ग थियो। भारतवर्ष सबैभन्दा प्राचीन हो। तर कहिले थियो, त्यो कसैले जान्दैन। उनीहरूलाई भगवान-भगवती पनि भन्छन् तर बाबा भन्नुहुन्छ भगवान-भगवती भन्न मिल्दैन। भगवान त एक म नै हुँ। हामी ब्राह्मण हौं। बाबालाई त ब्राह्मण भनिदैन। उहाँ हुनुहुन्छ उच्च भन्दा उच्च भगवान, उहाँको शरीरको नाम छैन। तिमीहरू सबैको शरीरको नाम हुन्छ। आत्मा त आत्मा नै हो। उहाँ पनि परम आत्मा हुनुहुन्छ। उहाँ आत्माको नाम शिव हो, उहाँ निराकार हुनुहुन्छ। न सूक्ष्म, न स्थूल शरीर छ। यस्तो होइन उहाँको आकार नै छैन। जसको नाम हुन्छ, आकार पनि अवश्य हुन्छ। नाम-रूप नभएको कुनै चीज हुँदैन। परमात्मा बाबालाई नाम-रूपबाट न्यारा भन्नु कति ठूलो अज्ञान हो। बाबा पनि नाम-रूपबाट न्यारा, बच्चाहरू पनि नाम-रूपबाट न्यारा अनि त कुनै सृष्टि नै हुँदैन। तिमी बच्चाहरूले अब राम्रोसँग सम्झाउन सक्छौ। गुरुहरूले पछि गएर सम्झन्छन्, अहिले उनीहरूको बादशाही छ।

तिमी अहिले डबल अहिंसक बन्छौ। अहिंसा परमो देवी-देवता धर्मलाई डबल अहिंसक गायन गरिएको छ। कसैलाई हात लगाउनु, दु:ख दिनु त्यो पनि हिंसा भयो। बाबाले सधैं-सधैं सम्झाउनुहुन्छ मनसा-वाचा-कर्मणा कसैलाई दु:ख दिनु हुँदैन, मनसामा अवश्य आउँछ। सत्ययुगमा मनसामा पनि आउँदैन। यहाँ त मनसा-वाचा-कर्मणामा आउँछ। यो शब्द तिमीले त्यहाँ सुन्दा पनि सुन्दैनौ। न त्यहाँ कुनै सत्सङ्ग आदि हुन्छ। सत्सङ्ग हुन्छ नै सतद्वारा, सत बन्नको लागि। सत्य एक बाबा नै हुनुहुन्छ। बाबाले बसेर नरबाट नारायण बन्ने कथा सुनाउनु हुन्छ, जसबाट तिमी नारायण बन्छौ। फेरि भक्तिमार्गका सत्य नारायणको कथा धेरै प्यारले सुन्छन्। तिम्रो यादगार दिलवाडा मन्दिर हेर कति राम्रो छ। अवश्य संगममा दिल लिनुभएको हो। आदि देव र देवी बच्चाहरू बसेका छन्। यो हो वास्तविक यादगार। उनीहरूको इतिहास-भूगोल तिमी बच्चाहरू बाहेक कसैले जान्दैन। तिम्रै यादगार हो। यो पनि आश्चर्य छ। लक्ष्मी-नारायणको मन्दिरमा जान्छौ भने तिमीले सम्झन्छौ हामी यो बनिरहेका छौं। क्राइस्ट पनि यहाँ छन्। धेरैले भन्छन् क्राइस्ट बेगरको रूपमा छन्। तमोप्रधान अर्थात बेगर भए नि। पुनर्जन्म त अवश्य लिन्छन् नि। श्रीकृष्ण राजकुमार नै अहिले बेगर छन्। गोरो र कालो। तिमीले पनि जानेका छौ भारतवर्ष के थियो, अहिले के छ। बाबा त हुनुहुन्छ नै गरिब निवाज। मनुष्यले दान-पुण्य पनि ईश्वर अर्थ गरिबहरूलाई गर्छन्। धेरैलाई अनाज मिल्दैन। पछि गएर तिमीले देख्छौ ठूला-ठूला धनवानलाई पनि अनाज मिल्ने छैन। गाउँ-गाउँमा पनि धनवानहरू रहन्छन् नि, जसलाई फेरि डाँकुहरूले लुटेर लैजान्छन्। पदमा फरक त हुन्छ नि। बाबा भन्नुहुन्छ पुरुषार्थ यस्तो गर जसले गर्दा नम्बरवनमा जान सकियोस्। टिचरको काम हो सावधान गर्नु। सम्मान सहित पास हुनु छ। यो बेहदको पाठशाला हो। यो हो नै राजाई स्थापना गर्नको लागि राजयोग। फेरि पनि पुरानो दुनियाँको विनाश हुनु छ। नत्र राजाई कहाँ गर्छौ? यो त हो नै पतित धरती।

मनुष्यले भन्छन् गंगा पतित-पावनी हो। बाबा भन्नुहुन्छ यस समयमा ५ तत्त्व सबै तमोप्रधान, पतित छन्। सारा फोहोर आदि गएर त्यहाँ गंगामा पर्छ। माछा आदि पनि त्यसमा रहन्छन्। पानीको पनि मानौं एउटा दुनियाँ छ। पानीमा जीव कति रहन्छन्। ठूला-ठूला सागरबाट पनि कति भोजन मिल्छ। त्यसैले गाउँ भयो नि। गाउँलाई फेरि पतित-पावन कसरी भन्न सकिन्छ। बाबाले सम्झाउनु हुन्छ प्यारा बच्चाहरू! पतित-पावन एक बाबा हुनुहुन्छ। तिम्रो आत्मा र शरीर पतित भएको छ, अब मलाई याद गर्यौ भने पावन बन्छौ। तिमी विश्वको मालिक सुन्दर बन्छौ। त्यहाँ अरू कुनै खण्ड हुँदैन। भारतवर्षको नै अलराउण्ड पार्ट छ। तिमीहरू सबै अलराउण्डर हौ। नाटकमा कलाकार नम्बरवार आउँदै-जाँदै गर्छन्। यहाँ पनि यस्तै छ। बाबा भन्नुहुन्छ तिमीले सम्झ, हामीलाई भगवानले पढाउनु हुन्छ। हामी पतित-पावन ईश्वरीय विद्यार्थी हौं, यसमा सबै कुरा आउँछ। पतित-पावन पनि हुनु भयो, गुरु टिचर पनि हुनु भयो। पिता पनि हुनु भयो। त्यसमा पनि निराकार हुनुहुन्छ। यो हो निराकार परमपिता परमात्माको ईश्वरीय विश्व विद्यालय। कति राम्रो नाम छ। ईश्वरको कति महिमा गर्छन्। जब बिन्दु हुनुहुन्छ भन्ने सुन्छन् अनि आश्चर्य मान्छन्। ईश्वरको महिमा यति गर्छन्, तर चीज के छ! बिन्दु। त्यसमा पार्ट कति भरिएको छ। अब बाबा भन्नुहुन्छ देह छँदै, गृहस्थ व्यवहारमा रहँदा-रहँदै म एकलाई याद गर। भक्तिमार्गमा जसले नवधा भक्ति गर्छन्, त्यसलाई भनिन्छ सतोप्रधान नवधा भक्ति। कति तेज भक्ति हुन्छ। अब फेरि तेज गति चाहिन्छ यादको। तेज याद गर्नेको नै उच्च नाम हुन्छ। विजय मालाको दाना बन्छन्। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरू प्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) नरबाट नारायण बन्नको लागि सधैं सत्य बाबासँग सुन्नु छ। सत्सङ्ग गर्नु छ। कहिल्यै पनि मनसा-वाचा-कर्मणा कसैलाई दु:ख दिनु हुँदैन।

२) विजय मालाको दाना बन्नको लागि वा सम्मान सहित पास हुनको लागि यादको गति तेज गर्नु छ। मास्टर पतित-पावन बनेर सबैलाई पावन बनाउने सेवा गर्नु छ।

वरदान:
मरजीवा जन्मको स्मृति द्वारा सर्व कर्मबन्धनहरूलाई समाप्त गर्ने कर्मयोगी भव

यो मरजीवा दिव्य जन्म, कर्मबन्धनी जन्म होइन। यो कर्मयोगी जन्म हो। यस अलौकिक दिव्य जन्ममा ब्राह्मण आत्मा स्वतन्त्र हुन्छ, न कि परतन्त्र। यो देह लोनमा मिलेको छ, सारा विश्वको सेवाको लागि पुरानो शरीरमा बाबाले शक्ति भरेर चलाइरहनु भएको छ, जिम्मेवारी बाबाको हो, न कि तिम्रो। बाबाले आदेश दिनु भएको छ कर्म गर, तिमी स्वतन्त्र छौ, चलाउनेले चलाइरहनु भएको छ। यसै विशेष धारणाबाट कर्मबन्धनलाई समाप्त गरेर कर्मयोगी बन।

स्लोगन:
समयको समीपताको आधार हो बेहदको वैराग्य वृत्ति।