17.11.20          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे बाबा आउनु भएको छ पवित्र दुनियाँ बनाउन , तिम्रो चरित्र सुधार्न , तिमी भाइ-भाइ हौ त्यसैले तिम्रो दृष्टि अत्यन्त शुद्ध हुनु पर्छ।

प्रश्न:
तिमी बच्चाहरू बेफिक्र बादशाह हौ फेरि पनि तिमीहरूमा एक मुख्य फिक्र अवश्य हुनु पर्छ कुनचाहिँ?

उत्तर:
म पतितबाट पावन कसरी बनुँ यो हो मुख्य फिक्र। यस्तो नहोस् बाबाको बनेर फेरि बाबाकै अगाडि सजाय खान परोस्। सजायबाट छुट्ने फिक्र रहोस्। नत्र त्यतिबेला धेरै लाज मान्नु पर्नेछ। तिमी बेपर्बाह बादशाह हौ, सबैलाई बाबाको परिचय दिनु छ। कसैले बुझ्यो भने बेहदको मालिक बन्छ, नबुझे उसको भाग्य। तिमीलाई पर्बाह छैन।

ओम् शान्ति ।
रूहानी बाबा जसको नाम शिव हो, उहाँ बसेर आफ्ना बच्चाहरूलाई सम्झाउनु हुन्छ। रूहानी बाबा सबैका एउटै हुनुहुन्छ। पहिला सुरुमा यो कुरा सम्झाउनु पर्छ अनि फेरि अगाडि सम्झाउन सहज हुन्छ। यदि बाबाको परिचय नै पाएका छैनन् भने प्रश्न गरिरहन्छन्। पहिला सुरुमा यही निश्चय गराउनु छ। सारा दुनियाँलाई यही कुरा थाहा छैन गीताको भगवान को हुनुहुन्छ? उनीहरूले कृष्णलाई भनि दिन्छन्, हामीले भन्छौं परमपिता परमात्मा शिव गीताको भगवान हुनुहुन्छ। उहाँ नै ज्ञानको सागर हुनुहुन्छ। मुख्य हो सर्वशास्त्रमयी शिरोमणि गीता। भगवानको लागि नै भनिन्छ हे प्रभु तिम्रो गति मति न्यारा। कृष्णको लागि यस्तो भनिदैन। बाबा जो सत्य हुनुहुन्छ उहाँले अवश्य सत्य नै सुनाउनु हुन्छ। दुनियाँ पहिला नयाँ सतोप्रधान थियो। अहिले दुनियाँ पुरानो तमोप्रधान छ। दुनियाँलाई परिवर्तन गर्ने एक बाबा नै हुनुहुन्छ। बाबाले कसरी परिवर्तन गर्नु हुन्छ, त्यो पनि सम्झाउनु पर्छ। आत्मा जब सतोप्रधान हुन्छ तब दुनियाँ पनि सतोप्रधान स्थापना हुन्छ। पहिला पहिला तिमी बच्चाहरू अन्तर्मुखी हुनु छ। धेरै बक्-बक् गर्नु छैन। भित्र पसेपछि धेरै चित्रहरू देखेर सोधि नै रहन्छन्। पहिला सुरुमा एउटै कुरा सम्झाउनु पर्छ। धेरै सोध्ने समय नमिलोस्। भन, पहिला त एउटै कुरामा निश्चय गर्नुहोस् फेरि अगाडि सम्झाउँछौं अनि तपाईं ८४ जन्मको चक्रको बारेमा आउन सक्नुहुन्छ। बाबा भन्नुहुन्छ म धेरै जन्महरूको अन्त्यमा प्रवेश गर्छु। यिनलाई पनि बाबा भन्नुहुन्छ तिमीले आफ्ना जन्महरूको बारेमा जान्दैनौ। बाबाले हामीलाई प्रजापिता ब्रह्माद्वारा सम्झाउनु हुन्छ। पहिला पहिला अल्फको बारेमा नै सम्झाउनु हुन्छ। अल्फलाई बुझेपछि फेरि कुनै संशय रहँदैन। भन, बाबा सत्य हुनुहुन्छ, उहाँले असत्य सुनाउनु हुन्न। बेहदको बाबाले नै राजयोग सिकाउनु हुन्छ। शिवरात्रिको गायन छ भने अवश्य शिव यहाँ आउनु भएको हुनुपर्छ। जस्तै यहाँ कृष्ण जयन्ती पनि मनाइन्छ। भन्नुहुन्छ मैले ब्रह्माद्वारा स्थापना गर्छु। सबै उहाँ एक निराकार बाबाका नै बच्चाहरू हुन्। तिमी पनि उहाँका सन्तान हौ र फेरि प्रजापिता ब्रह्माका पनि सन्तान हौ। प्रजापिता ब्रह्माद्वारा स्थापना गरियो भने अवश्य ब्राह्मण ब्राह्मणी हुन्छन्। बहिनी भाइ हुन गए, यस युक्तिले पवित्रता रहन्छ। गृहस्थ व्यवहारमा रहेर पवित्र रहने यो हो युक्ति। बहिनी भाइ हुन् त्यसैले कहिल्यै पनि विकारी दृष्टि हुनु हुँदैन। २१ जन्मको लागि दृष्टि सुध्रिन्छ। बाबाले नै बच्चाहरूलाई शिक्षा दिनु हुन्छ नि। चरित्र सुधार्नु हुन्छ। अहिले सारा दुनियाँको चरित्र सुध्रिनु छ। यो पुरानो पतित दुनियाँमा कुनै चरित्र छैन। सबैमा विकार छ। यो हो नै पतित विकारी दुनियाँ। फेरि निर्विकारी दुनियाँ कसरी बन्छ? बाबा सिवाय कसैले पनि बनाउन सक्दैन। अहिले बाबाले पवित्र बनाउँदै हुनुहुन्छ। यी हुन् सबै गुप्त कुरा। हामी आत्मा हौं, आत्मालाई परमात्मा बाबासँग मिल्नु छ। सबैले नै पुरुषार्थ गर्छन् भगवानसँग मिल्नको लागि। भगवान एक निराकार हुनुहुन्छ। मुक्तिदाता, गाइड पनि परमात्मालाई नै भनिन्छ। अन्य धर्म मान्नेले कसैलाई मुक्तिदाता, गाइड भनेर बोलाउँदैनन्। परमपिता परमात्माले नै आएर मुक्त गर्नु हुन्छ अर्थात् तमोप्रधानबाट सतोप्रधान बनाउनु हुन्छ। गाइड पनि गर्नुहुन्छ। पहिला पहिला यही एक कुरालाई नै बुद्धिमा बसाऊ। यदि बुझ्दैनन् भने छोडिदिनु पर्छ। अल्फलाई नै बुझ्दैनन् भने बे लाई बुझेर के फाइदा? बरु जाऊन्। तिमी अल्मलिनु हुँदैन। तिमी बेपर्बाह बादशाह हौ। असुरहरूद्वारा विघ्न पर्नु नै छ। यो हो नै रुद्र ज्ञान यज्ञ। त्यसैले पहिला पहिला बाबाको परिचय दिनु छ। बाबा भन्नुहुन्छ मनमनाभव। जति पुरुषार्थ गर्छौ त्यही अनुसार पद पाउँछौ। आदि सनातन देवी देवता धर्मको राज्य स्थापना भइरहेको छ। यी लक्ष्मी-नारायणको डिनायस्टी हुन्छ। अरू धर्म मान्नेहरूले कुनै डिनायस्टी स्थापना गर्दैनन्। बाबा त आएर सबैलाई मुक्त गर्नु हुन्छ। फेरि आ-आफ्नो समयमा आएर अन्य धर्म स्थापकहरूले आफ्नो धर्म स्थापना गर्नु छ। वृद्धि हुनु छ। पतित बन्नु नै छ। पतितबाट पावन बनाउनु, यो त बाबाको नै काम हो। उनीहरू त आएर केवल धर्म स्थापना गर्छन्। त्यसमा बढाइँ गर्नु पर्ने कुरा नै छैन। महिमा छ नै एकको। उनीहरूले त क्राइस्टको लागि कति महिमा गर्छन्। उनीहरूलाई पनि सम्झाउनु पर्छ, लिबरेटर, गाइड त परमपिता परमात्मा नै हुनुहुन्छ। क्राइस्टको पछि क्रिश्चियन धर्मका आत्माहरू आइरहन्छन्, तल झरिरहन्छन्। दु:खबाट छुटाउने त एक बाबा नै हुनुहुन्छ। यी सबै प्वाइन्टहरू बुद्धिमा राम्रोसँग धारण गर्नु छ। एक ईश्वरलाई नै दयाको सागर भनिन्छ। एक बाबाले नै सबैमाथि दया गर्नुहुन्छ। सत्ययुगमा सबै सुख शान्तिमा रहन्छन्। दु:खको कुरा नै हुँदैन। बच्चाहरूले एउटा कुरा अल्फमाथि कसैलाई निश्चय गराउँदैनन्, अरू अरू कुरातिर जान्छन् अनि भन्छन् घाँटी नै दुखिसक्यो। पहिला पहिला बाबाको परिचय दिनु छ। तिमी अरू कुरातिर जाँदै नजाऊ। भन, बाबाले त सत्य बोल्नु हुन्छ नि। हामी बी.के.हरूलाई बाबाले नै सुनाउनु हुन्छ। यी सबै चित्रहरू उहाँले नै बनाउन लगाउनु भएको हो, यसमा शंका गर्नु हुँदैन। संशयबुद्धिले विनाश गर्छ। पहिला तपाईंले आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्नुभयो भने विकर्म विनाश हुन्छ। अरू कुनै उपाय छैन। पतित-पावन त एउटै हुनुहुन्छ नि। बाबा भन्नुहुन्छ देहका सबै सम्बन्धलाई छोडेर एक मलाई याद गर। बाबा जसमा प्रवेश गर्नुहुन्छ, उनले पनि पुरुषार्थ गरेर सतोप्रधान बन्नु छ। बनिन्छ पुरुषार्थद्वारा, फेरि ब्रह्मा र विष्णुको सम्बन्ध पनि बताइन्छ। बाबाले तिमी ब्राह्मणहरूलाई राजयोग सिकाउनु हुन्छ तब तिमी विष्णुपुरीको मालिक बन्छौ। फेरि तिमीले नै ८४ जन्म लिएर अन्त्यमा शूद्र बन्छौ। फेरि बाबा आएर शूद्रबाट ब्राह्मण बनाउनु हुन्छ। यसरी अरू कसैले बताउन सक्दैन। पहिलो पहिलो कुरा हो बाबाको परिचय दिनु। बाबा भन्नुहुन्छ मैले नै पतितहरूलाई पावन बनाउन यहाँ आउनु पर्छ। यस्तो होइन माथिबाट प्रेरणा दिन्छु। यिनैको नाम हो भागीरथ। त्यसैले अवश्य यिनमा नै प्रवेश गर्नुहुन्छ। यो हो पनि धेरै जन्महरूको अन्त्यको जन्म। फेरि सतोप्रधान बन्छन्। त्यसको लागि बाबा युक्ति बताउनु हुन्छ आफूलाई आत्मा सम्झेर म एकलाई याद गर। म नै सर्वशक्तिमान् हुँ। मलाई याद गर्नाले तिमीमा शक्ति आउँछ। तिमी विश्वको मालिक बन्छौ। यो लक्ष्मी-नारायणको वर्सा उनीहरूलाई बाबाबाट मिलेको हो। कसरी मिल्यो त्यो सम्झाउनु हुन्छ। प्रदर्शनी, म्युजियम आदिमा पनि तिमीले भनिदेऊ पहिला एउटा कुरालाई बुझ्नुहोस्, अनि अन्य कुरा। यो बुझ्न अत्यन्त जरुरी छ। नत्र तपाईं दु:खबाट छुट्न सक्नुहुन्न। पहिला जबसम्म बाबामा निश्चय गरेको छैन भने तिमीले केही पनि बुझाउन सक्दैनौ। यो समय हो नै भ्रष्टाचारी दुनियाँ। देवी-देवताहरूको दुनियाँ श्रेष्ठाचारी थियो। यस प्रकारसँग सम्झाउनु छ। मनुष्यहरूको नाडी पनि हेर्नु पर्छ अलिकति पनि बुझेको छ वा तावा जस्तो छ। यदि तावा जस्तो छ भने फेरि छोडि दिनुपर्छ। समयलाई व्यर्थमा फाल्नु हुँदैन। चात्रक पात्रलाई चिन्न सक्ने बुद्धि चाहिन्छ। जसले बुझ्छ उसको चेहरा नै बद्लिन्छ। पहिला पहिला त खुसीको कुरा दिनु छ। बेहदको बाबाबाट बेहदको वर्सा मिल्छ नि। बाबाले जान्नु हुन्छ, यादको यात्रामा बच्चाहरू धेरै अल्छी छन्। बाबाको याद गर्नमा मेहनत लाग्छ। यसमा नै मायाले धेरै विघ्न पार्छ। यो खेल पनि बनेको छ। बाबा बसेर सम्झाउनु हुन्छ कसरी यो खेल बनिबनाउ छ। दुनियाँका मनुष्यहरूले त कत्ति पनि जानेका छैनन्।

बाबाको यादमा रह्यौ भने तिमीले कसैलाई सम्झाउँदा पनि एकरस हुन्छौ। नत्र कुनै न कुनै कमी निकालिरहन्छन्। बाबा भन्नुहुन्छ तिमीले धेरै केही पनि दु:ख नगर। स्थापना त अवश्य हुनु नै छ। भावीलाई कसैले पनि टाल्न सक्दैन। उल्लासमा रहनु पर्छ। बाबाबाट हामी बेहदको वर्सा लिइरहेका छौं। बाबा भन्नुहुन्छ मामेकम याद गर। धेरै प्रेमले सम्झाउनु छ। बाबालाई याद गर्दा प्रेमको आँसु आउनु पर्छ। अरू सबै सम्बन्ध त हुन् कलियुगी। यो हो रूहानी बाबाको सम्बन्ध। यो तिम्रो आँसु पनि विजयमालाको दाना बन्छ। धेरै कम छन् जसले यसरी प्रेमले बाबालाई याद गर्छन्। कोसिस गरेर जति हुन सक्छ समय निकालेर आफ्नो भविष्यलाई उच्च बनाउनु पर्छ। प्रदर्शनीमा त्यति धेरै बच्चाहरू हुनु हुँदैन। न यतिका चित्रहरूको आवश्यकता छ। नम्बरवन चित्र हो, गीताको भगवान को हुनुहुन्छ? त्यसको छेउमा लक्ष्मी-नारायणको, सिंढीको। पुग्यो। बाँकी यत्तिका चित्रहरू कुनै कामका छैनन्। तिमी बच्चाहरूले जति हुन सक्छ यादको यात्रा बढाउनु छ। मुख्य फिक्र हुनु पर्छ, पतितबाट पावन कसरी बन्ने? बाबाको बनेर अनि फेरि बाबाको अगाडि गएर सजाय भोग्नु धेरै दुर्गतिको कुरा हो। अहिले यादको यात्रामा रहँदैनन् भने फेरि बाबाको अगाडि सजाय खाँदा धेरै लाज मान्नु पर्नेछ। सजाय खानु नपरोस्, सबैभन्दा धेरै यही चिन्ता गर्नु छ। तिमी रूप पनि हौ, बसन्त पनि हौ। बाबा पनि भन्नु हुन्छ म रूप पनि हुँ, बसन्त पनि हुँ। सानो बिन्दु हुँ र फेरि ज्ञानको सागर पनि हुँ। तिम्रो आत्मामा सारा ज्ञान भरिदिनु हुन्छ। ८४ जन्मको सारा रहस्य तिम्रो बुद्धिमा छ। तिमीले ज्ञानको स्वरूप बनेर ज्ञानको वर्षा गर्छौ। ज्ञानको एक एक रत्न कति अमूल्य छ, यसको मूल्य कसैले तोक्न सक्दैन। त्यसैले बाबा भन्नुहुन्छ पदमापदम भाग्यशाली। तिम्रो चरणमा पदमको चिन्ह पनि देखाउँछन्, यसलाई कसैले बुझ्न सक्दैन। मनुष्यले पदमपति नाम राख्छन्। सम्झन्छन्, यिनीहरूसँग धेरै धन छ। पदमपतिको एक उपनाम पनि राख्छन्। बाबाले सबै कुरा सम्झाउनु हुन्छ। फेरि भन्नुहुन्छ मुख्य कुरा हो, बाबालाई र ८४ को चक्रलाई याद गर। यो ज्ञान तिम्रो लागि नै हो। तिमी नै ८४ जन्म लिन्छौ। यो पनि समझको कुरा हो नि। अरू कुनै संन्यासी आदिलाई स्वदर्शन चक्रधारी भनिदैन। देवताहरूलाई पनि भनिदैन। देवताहरूमा ज्ञान नै हुँदैन। तिमीले भन्छौ हामीमा सारा ज्ञान छ, यी लक्ष्मी-नारायणमा छैन। बाबाले त यथार्थ कुरा सम्झाउनु हुन्छ नि।

यो ज्ञान धेरै अनौठो छ। तिमी कति गुप्त विद्यार्थी हौ। तिमीले भन्छौ हामी पाठशालामा जान्छौं, भगवानले हामीलाई पढाउनु हुन्छ। लक्ष्य, उद्देश्य के हो? हामी यी लक्ष्मी-नारायण बन्छौं। मनुष्यले सुनेर आश्चर्य मान्छन्। हामी आफ्नो हेड अफिसमा जान्छौं। के पढ्छौं? मनुष्यबाट देवता, भिखारीबाट राजकुमार बन्ने पढाइ पढिरहेका छौं। तिम्रो चित्र पनि फस्टक्लास छ। धनदान पनि सधैं पात्रलाई गरिन्छ। पात्र तिमीलाई कहाँ मिल्छ। शिवको, लक्ष्मी-नारायणको, राम-सीताको मन्दिरहरूमा। त्यहाँ गएर तिमीले उनीहरूको सेवा गर। आफ्नो समय खेर नफाल। गंगा नदीमा पनि गएर तिमीले सम्झाऊ पतित-पावनी गंगा हो वा परमपिता परमात्मा हुनुहुन्छ? सबैको सद्गति यो पानीले गर्छ वा बेहदको बाबाले गर्नुहुन्छ? तिमीले यस बारेमा राम्रोसँग बुझाउन सक्छौ। विश्वको मालिक बन्ने मार्ग बताउँछौ। दान गर्छौ, कौडी जस्ता मनुष्यलाई हीरा जस्तो विश्वको मालिक बनाउँछौ। तिमी विश्वको मालिक थियौ नि। तिमी ब्राह्मणहरूको कुल देवताहरूको कुल भन्दा पनि उत्तम हो। यी बाबाले त सम्झन्छन् म बाबाको एउटै सिकीलधा बच्चा हुँ। बाबाले मेरो यो शरीर लोनमा लिनु भएको छ। तिमी सिवाय अरू कसैले यो कुरा बुझ्न सक्दैन। बाबाले ममाथि सवारी गर्नु भएको छ। मैले बाबालाई काँधमा बसाएको छु अर्थात् शरीर दिएको छु, सेवा गर्न। त्यसको बदलामा फेरि उहाँले कति दिनु हुन्छ! उहाँले मलाई काँधमा चढाउनु हुन्छ। नम्बर वनमा लैजानु हुन्छ। पितालाई बच्चाहरू प्रिय लाग्छ त्यसैले त उनलाई काँधमा चढाउँछन् नि। आमाले बच्चालाई केवल काखमा लिन्छन्, पिताले त काँधमा चढाउँछन्। पाठशालालाई कहिल्यै कल्पना भनिदैन। स्कुलमा इतिहास-भूगोल पढ्छन्, के त्यो कल्पना भयो? यो पनि विश्वको इतिहास-भूगोल हो नि। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) धेरै प्रेमले रूहानी बाबालाई याद गर्नु छ। यादमा प्रेमको आँसु आउनु पर्छ, त्यो आँसु विजय मालाको दाना बन्छ। आफ्नो समय भविष्यको भाग्य निर्माण गर्नमा सफल गर्नु छ।

२) अन्तर्मुखी भएर सबैलाई अल्फको परिचय दिनु छ, धेरै बक्-बक् गर्नु छैन। एउटै फिक्र रहोस् यस्तो कुनै कर्तव्य नहोस् जसबाट सजाय खान परोस्।

वरदान:
शुभ भावनाद्वारा सेवा गर्नेवाला बाबा समान अपकारीहरू माथि पनि उपकारी भव

जसरी बाबाले अपकारी माथि पनि उपकार गर्नुहुन्छ, त्यस्तै तिम्रो सामुन्ने जस्तो आत्मा होस्, आफ्नो दयालु दृष्टिद्वारा शुभ-भावनाद्वारा उसलाई परिवर्तन गर यही हो सच्चा सेवा। जसरी वैज्ञानिकले बालुवामा पनि खेती उब्जाउँछन् त्यसैगरी शान्तिको शक्तिबाट दयालु बनेर अपकारीहरूमाथि पनि उपकार गरी धरतीलाई परिवर्तन गर। स्व परिवर्तनबाट, शुभ भावनाबाट जस्तो आत्मा पनि परिवर्तन हुन्छ किनकि शुभ भावनाले सफलता अवश्य प्राप्त गराउँछ।

स्लोगन:
ज्ञानको स्मरण गर्नु नै सदा हर्षित रहने आधार हो।