17.11.23          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– बाबाको गलाको हार बन्नको लागि ज्ञान योगको रेस गर , तिम्रो कर्तव्य हो सारा दुनियाँलाई बाबाको परिचय दिनु।”

प्रश्न:–
सदा कुन मस्तीमा रह्यौ भने बिमारी पनि ठीक हुँदै जान्छ?

उत्तर:–
ज्ञान र योगको मस्तीमा रहने गर, यस दुनियाँको चिन्तन नगर। जति शरीरमा बुद्धि जान्छ, लोभ राख्छौ, त्यति झन् बिमारी आउँदै जान्छन्। यस शरीरलाई शृङ्गार्नु, पाउडर, क्रिम आदि लगाउनु– यी सबै फाल्तु शृङ्गार हुन्, तिमीले आफूलाई ज्ञान योगबाट सजाउनु छ। यही तिम्रो सच्चा-सच्चा शृङ्गार हो।

गीत:–
जो पिया के साथ है...

ओम् शान्ति ।
जो बाबाको साथमा छन्... अब दुनियाँमा पिता त धेरै छन् तर ती सबैका पिता रचयिता एक हुनुहुन्छ। उहाँ नै ज्ञानका सागर हुनुहुन्छ। यो अवश्य सम्झाउनु पर्छ, परमपिता परमात्मा ज्ञानका सागर हुनुहुन्छ। ज्ञानबाट नै सद्गति हुन्छ। मनुष्यहरूको सद्गति तब हुन्छ जब सत्ययुगको स्थापना हुन्छ। बाबालाई नै सद्गतिदाता भनिन्छ। जब सङ्गमको समय हुन्छ तब त ज्ञानका सागर आएर दुर्गतिबाट सद्गतिमा लिएर जानुहुन्छ। सबैभन्दा प्राचीन खण्ड भारतखण्ड हो। यहाँ नै ८४ जन्मको गायन छ। अवश्य जुन मनुष्य पहिला सुरुमा आएका थिए तिनैले ८४ जन्म लिन्छन्। देवताहरूका ८४ जन्म भनिन्छ भने ब्राह्मणहरूका पनि ८४ जन्म भए। मुख्यलाई नै उठाउनु पर्छ। यी कुरा कसैलाई पनि थाहा छैन। अवश्य ब्रह्माद्वारा नै सृष्टि रच्नुहुन्छ। पहिला सुरुमा सूक्ष्मलोक रच्नुपर्छ फेरि यो स्थूललोक। बच्चाहरूलाई थाहा छ– सूक्ष्मलोक कहाँ छ, मूललोक कहाँ छ? मूलवतन, सूक्ष्मवतन, स्थूलवतन– यसलाई नै त्रिलोक भनिन्छ। त्रिलोकीनाथ भनिन्छ भने त्यसको अर्थ पनि हुनुपर्छ। कुनै त्रिलोक होला नि। वास्तवमा त्रिलोकीनाथ एक बाबालाई नै भन्न सकिन्छ अनि उहाँका बच्चाहरूलाई पनि भन्न सकिन्छ। यहाँ त कति मनुष्यहरूका नाम छन्– त्रिलोकीनाथ, शिव, ब्रह्मा, विष्णु, शङ्कर आदि... यी सबै नाम आफैले राखिदिएका हुन्। डबल नाम पनि राख्छन्– राधाकृष्ण, लक्ष्मी-नारायण। तर यो त कसैलाई थाहा छैन, राधा र कृष्ण बेग्ला-बेग्लै थिए। कृष्ण एक राज्यका राजकुमार थिए, राधा अर्को राज्यकी राजकुमारी थिइन्। यो अहिले तिमीलाई थाहा छ। जो राम्रा राम्रा बच्चाहरू छन् उनीहरूको बुद्धिमा राम्रा राम्रा प्वइन्टहरू धारण हुन्छ। जसरी जो होसियार डाक्टर हुन्छ, उनीसँग धेरै औषधीका नामहरू हुन्छन्। यहाँ पनि धेरै नयाँ-नयाँ प्वइन्टहरू निस्किन्छन्। दिनप्रतिदिन आविष्कार भइरहन्छन्। जसको राम्रो अभ्यास हुन्छ उनले नयाँ-नयाँ प्वइन्टहरू धारण गर्छन्। धारण गर्दैनन् भने महारथीहरूको लाइनमा ल्याउन सकिँदैन। सारा कुरा बुद्धिमाथि आधारित छ र यो भाग्यको पनि कुरा हो। यो पनि ड्रामामा छ नि। ड्रामालाई पनि कसैले बुझेका छैनन्। यो पनि सम्झन्छन् कर्म क्षेत्रमा हामीले पार्ट खेल्छौं। तर ड्रामाको आदि-मध्य-अन्त्यलाई जान्दैनन् भने केही पनि जान्दैनन्। तिमीहरूले त सबै कुरा जान्नुपर्छ।

बाबा आउनु भएको कुरा बच्चाहरूलाई थाहा भयो। अब बच्चाहरूको कर्तव्य हो– अरूलाई पनि बाबाको परिचय दिनु। सारा दुनियाँलाई बताउनु कर्तव्य हो। फेरि कसैले यस्तो नभनुन्– हामीलाई थाहै भएन। तिम्रो पासमा धेरै आउँछन्। साहित्य आदि धेरै लिन्छन्। बच्चाहरूले सुरुमा साक्षात्कार पनि धेरै गरेका छन्। यी क्राइष्ट, इब्राहिम भारतवर्षमा आउँछन्। अवश्य भारतवर्षले सबैलाई आकर्षण गरिरहन्छ। वास्तवमा भारतवर्ष नै बेहदका बाबाको जन्मस्थान हो। तर तिनीहरूलाई यो कुरा थाहा छैन। भारतवर्ष भगवानको जन्मस्थान हो। भन्न त भन्छन् पनि– शिव परमात्मा तर फेरि सबैलाई परमात्मा भन्नाले बेहदका बाबाको महत्त्व गायव गरिदिएका छन्। अहिले तिमी बच्चाहरूले सम्झाउँछौ– भारतखण्ड सबैभन्दा ठुलो तीर्थस्थान हो। बाँकी अन्य सबै जति पनि धर्म पिता (पैगम्बर) आदि आउँछन्, ती आउँछन् नै आ-आफ्नो धर्म स्थापना गर्न। उनका पछि फेरि सबै धर्मवाला आउँदै जादै गर्छन्। अहिले हो अन्त्य समय। कोसिस गर्छन् फर्केर जाऔं। तर तिमीहरूलाई यहाँ ल्यायो कसले? क्राइष्टले आएर क्रिश्चियन धर्म स्थापना गरे उनले तिमीहरूलाई खिचेर ल्याए। अहिले सबै दिक्क भएका छन् फर्केर जानको लागि। यो कुरा तिमीहरूले सम्झाउनु पर्छ, सबै आउँछन् आ-आफ्नो पार्ट खेल्न। पार्ट खेल्दा खेल्दा दु:खमा आउनु नै छ। फेरि त्यस दु:खबाट छुटाएर सुखमा लिएर जानु बाबाको नै काम हो। बाबाको यो जन्मस्थान भारतखण्ड हो। यति महत्त्व तिमी बच्चाहरूमा पनि सबैले जानेका छैनन्। थोरै छन् जसले सम्झन्छन् र उनीहरूलाई नसा चढेको हुन्छ। कल्प कल्प बाबा भारतखण्डमा नै आउनु हुन्छ। यो सबैलाई बताउनु पर्छ। निमन्त्रण दिनुपर्छ। पहिला यो सेवा गर्नुपर्छ। साहित्य तयार गर्नुपर्छ। निमन्त्रण त सबैलाई दिनुपर्छ नि। रचयिता र रचनाको ज्ञान कसैलाई पनि थाहा छैन। सेवाधारी बनेर आफ्नो नाम प्रसिद्ध गर्नुपर्छ। जो बुद्धिमा तीक्ष्ण बच्चाहरू छन्, जसको बुद्धिमा धेरै प्वइन्टहरू छन्, उनको मदत माग्छन्। उनको नाम नै जपिरहन्छन्। एक त शिवबाबालाई जप्छन्, फेरि ब्रह्माबाबालाई अनि नम्बरवार बच्चाहरूलाई। भक्तिमार्गमा हातमा माला लिएर जप्छन्, अहिले फेरि मुखद्वारा नाम जप्छन्– फलानो धेरै राम्रो सेवाधारी छ, निरहङ्कारी छ, बडो मीठो छ, उसमा देह अभिमान छैन। भनिन्छ– मीठो बन्यो भने सबैले मीठो व्यवहार गर्नेछ। बाबा भन्नुहुन्छ– तिमी दु:खी बनेका छौ, अब तिमी बच्चाहरूले मलाई याद गर्यौ भने मैले पनि मदत गर्नेछु। तिमीले तिरस्कार गर्यौ भने मैले के गरौं? यो त आफूलाई नै तिरस्कार गर्नु हो, पद मिल्ने छैन। धन कति धेरै मिल्छ। कसैलाई चिट्ठा पर्यो भने कति खुशी हुन्छन्। त्यसमा पनि कति इनाम आउँछ। प्रथम पुरस्कार, द्वितीय पुरस्कार, तृतीय पुरस्कार हुन्छ। त्यो जस्तै यो पनि ईश्वरीय रेस हो। ज्ञान र योगबलको रेस हो। जो यसमा तीक्ष्ण बन्छन् उनै गलाका हार बन्छन् र गद्दीमा नजिक बस्नेछन्। सम्झाउन त धेरै सहज सम्झाइन्छ। आफ्नो घरलाई पनि सम्हाल किनकि तिमी कर्मयोगी हौ। क्लासमा एक घण्टा पढ्नु छ फेरि घरमा गएर त्यसमा विचार गर्नु छ। स्कुलमा पनि यस्तै गर्छन् हैन? पढेर घरमा गएर होमवर्क गर्छन्। बाबा भन्नुहुन्छ– एक घडी, आधा घडी... दिनमा ८ घडी हुन्छन्। त्यसमा पनि बाबा भन्नुहुन्छ– एक घडी, आधा घडी। १५-२० मिनेट पनि क्लासमा उपस्थित भई धारणा गरेर फेरि गएर आफ्नो काम धन्दामा लाग। पहिला बाबाले तिमीलाई बसाउनु हुन्थ्यो– यादमा स्वदर्शनचक्र घुमाऊ। यादको नाम त थियो नि, हैन? बाबा र वर्सालाई याद गर्दागर्दा स्वदर्शनचक्र घुमाउँदा-घुमाउँदा जब निद्रा आउँछ तब सुत। फेरि अन्तमति सो गति हुन्छ। फेरि बिहानै उठ्यौ भने त्यही प्वइन्ट याद आउँछ। यस्तो अभ्यास गर्दागर्दा तिमी निद्राजित बन्ने छौ।

जसले गर्छ उसले पाउँछ। गर्नेहरूको देखिन्छ। उसको चालचलनले नै प्रत्यक्ष हुन्छ। नगर्नेहरूको चालचलन नै बेग्लै हुन्छ। देखिन्छ यो बच्चाले विचारसागर मन्थन गर्छ, धारणा गर्छ। कुनै लोभ आदि छैन। यो त पुरानो शरीर हो। यो शरीर ठीक पनि तब रहन्छ जब ज्ञान र योगको धारणा हुन्छ। धारणा भएन भने शरीर अझै सड्दै जान्छ। नयाँ शरीर त फेरि भविष्यमा मिल्नु छ। आत्मालाई पवित्र बनाउनु छ। यो त पुरानो शरीर हो यसलाई जतिसुकै पाउडर, लिपिस्टिक आदि लगाऊ, शृङ्गार गर तैपनि कौडीतुल्य (वर्थ नट ए पेनी) हो। यी शृङ्गार सबै फाल्तु हुन्।

अहिले तिमी सबैको मगनी शिवबाबासँग भएको छ। जब विवाह हुन्छ त्यस दिन पुराना लुगा लगाउँछन्। अब यस शरीरलाई शृङ्गार्नु छैन। ज्ञान र योगबाट आफूलाई सजायौ भने फेरि भविष्यमा राजकुमार-राजकुमारी बन्छौ। यो हो ज्ञान मानसरोवर। यसमा ज्ञानको डुबुल्की लगाइरह्यौ भने स्वर्गकी परी बन्ने छौ। प्रजालाई त परी भनिदैन। भनिन्छ, कृष्णले भगाए, फेरि महारानी, पटरानी बनाए। यस्तो त भनिन्न, भगाएर फेरि प्रजामा चण्डाल आदि बनाए। भगाए महाराजा-महारानी बनाउनको लागि। तिमीहरूले पनि यो पुरुषार्थ गर्नुपर्छ। यस्तो होइन जुन पद मिल्यो त्यो ठीक....। यहाँ मुख्य हो पढाइ। यो पाठशाला हो नि। गीतापाठशाला धेरै खोल्छन्। उनीहरू बसेर केवल गीता सुनाउँछन्, कण्ठ गराउँछन्। कुनै एक श्लोक लिएर फेरि आधा, पौने घण्टा त्यसमा बोल्छन्। यसबाट फाइदा त केही पनि छैन। यहाँ त बाबा बसेर पढाउनु हुन्छ। लक्ष्य र उद्देश्य स्पष्ट छ। अरू कुनै पनि वेद शास्त्र, जप तप आदि गर्दा कुनै लक्ष्य-उद्देश्य हुँदैन। केवल, पुरुषार्थ गरिराख। तर मिल्छ के? जब धेरै भक्ति गर्छन् तब भगवान मिल्नुहुन्छ, सो पनि रातपछि दिन अवश्य आउनु छ। समयमा नै हुन्छ नि। कल्पको आयु कसैले के बताउँछन्, कसैले के बताउँछन्। सम्झायो भने भन्छन् शास्त्र कसरी झुटो हुन्छसक्छ? भगवान कहाँ झुटो बोल्नुहुन्छ र! सम्झाउन केवल तागत चाहिन्छ।

त्यसैले तिमी बच्चाहरूमा योगको बल चाहिन्छ। योगबलबाट सबै काम सहज हुन्छ। कुनै काम गर्न सकेनौ भने तिमीहरूमा तागत छैन, योग छैन। कहीँकहीँ बाबाले मदत गर्नुहुन्छ। ड्रामामा जे निश्चित छ त्यही दोहोरिन्छ। यो पनि हामीले बुझेका छौं, अरू कसैले पनि ड्रामालाई बुझेका छैनन्। सेकेन्ड-सेकेन्ड जुन पास हुँदै जान्छ, टिक-टिक हुँदै जान्छ। हामी श्रीमत अनुसार कर्ममा आउँछौं। श्रीमतमा चल्दैनौं भने श्रेष्ठ कसरी बन्न सक्छौं? सबै समान बन्न त सक्दैनन्। ती व्यक्तिहरूले सम्झन्छन् हामी एक बनौं। एकको अर्थ बुझ्दैनन्। एक कसरी हुने? के तिनीहरू सबै एक पिता हुनु पर्यो वा एक भाइ हुनु पर्यो? भाइ भने पनि ठीकै छ। श्रीमत अनुसार अवश्य हामी एक हुनसक्छौं। तिमी सबै एक मतमा चल्छौ तिम्रो बाबा, टीचर, गुरु एक हुनुहुन्छ। जो पूरा श्रीमतमा चल्दैनन् ती श्रेष्ठ बन्न सक्दैनन्। चल्दैनन् भने एकदम खतम हुन्छन्। रेसमा तिनीहरूलाई नै छान्छन् जो लायक हुन्छन्। जब कुनै ठुलो रेस हुने भयो भने घोडा पनि राम्रो फस्टक्लास छान्छन् किनकि चिट्ठा ठुलो राख्छन्। यो पनि अश्व रेस हो। हुसेनको घोडा भन्छन् नि। उनीहरूले हुसेनलाई लडाइँमा घोडामाथि चढेको देखाउँछन्। अहिले तिमी बच्चाहरू डबल अहिंसक हौ। कामको हिंसा हो नम्बरवन। यस हिंसालाई कसैले जानेका छैनन्। संन्यासीले पनि यस्तो सम्झदैनन्। केवल भन्छन् यो विकार हो। बाबा भन्नुहुन्छ– काम महाशत्रु हो, यसैले आदि-मध्य-अन्त्य तिमीलाई दु:ख दिन्छ। तिमीले यो सिद्ध गरेर बताउनु छ– हाम्रो प्रवृत्तिमार्गको राजयोग हो। तपाईंहरूको हठयोग हो। तपाईंहरूले शंकराचार्यबाट हठयोग सिक्नुहुन्छ, हामीले शिवाचार्यबाट राजयोग सिक्छौ। यस्ता-यस्ता कुरा समयमा सुनाउनु पर्छ।

कसैले तिमीहरूसँग देवताहरूको ८४ जन्म हुन्छ भने यी क्रिश्चियन आदिको कति जन्म हुन्छ भनेर सोधेमा भन– यो त तपाईंले पनि हिसाब गर्न सक्नुहुन्छ। पाँच हजार वर्षमा ८४ जन्म हुन्छन्। क्राइष्ट आउनु भएको २ हजार वर्ष भयो। हिसाब गर्नुहोस्– औसत कति जन्म भए? ३०-३२ जन्म होलान्। यो त स्पष्ट छ। जसले धेरै सुख देख्छन् उनले दु:ख पनि धेरै देख्नेछन्। उनीहरूलाई थोरै सुख, थोरै दु:ख मिल्छ। औसत हिसाब निकाल्नु पर्छ। पछि जो आउँछन् उनीहरूले थोरै-थोरै जन्म लिन्छन्। बुद्धको, इब्राहिमको पनि हिसाब निकाल्न सक्छौ। यसमा एक-दुई जन्मको फरक पर्नसक्छ। यी सबै कुरामा विचारसागर मन्थन गर्नुपर्छ। कसैले सोधे भने के बताउने? फेरि पनि भन– पहिला त बाबाबाट वर्सा लिनुपर्छ। तपाईंले बाबालाई त याद गर्नुहोस्। जन्म जति लिनुपर्छ त्यति लिनेछौं। बाबाबाट वर्सा त लिऔं। राम्ररी सम्झाउनु पर्छ। मेहनतको काम छ। मेहनतबाट नै सफल हुनेछौ। यसमा बडो विशाल बुद्धि चाहिन्छ। बाबासँग र बाबाको धनसँग धेरै लभ हुनुपर्छ। कसैले त धन नै लिदैनन्। अरे, ज्ञान रत्न त धारण गर। भन्छन् मैले के गरूँ? मैले बुझ्दिनँ। बुझ्दैनौ भने तिम्रो भावी। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) कसैसँग पनि घृणा गर्नु छैन। सबैसँग मीठो व्यवहार गर्नु छ। ज्ञान-योगमा रेस गरेर बाबाको गलाको हार बन्नु छ।

२) निद्राजित बनेर बिहान सवेरै उठेर बाबालाई याद गर्नु छ। स्वदर्शनचक्र घुमाउनु छ। जे सुन्छौ त्यसमा विचारसागर मन्थन गर्ने बानी बसाल्नु छ।

वरदान:–
बुद्धिलाई डाइरेक्सन प्रमाण श्रेष्ठ स्थितिमा स्थित गर्ने मास्टर सर्वशक्तिमान भव

कति बच्चाहरू जब योगमा बस्छन् तब आत्म अभिमानी हुनुको सट्टा सेवा याद आउँछ, तर यस्तो हुनु हुँदैन किनकि अन्तिम समयमा यदि अशरीरी बन्नुको सट्टा सेवाकै सङ्कल्प चल्यो भने पनि सेकेन्डको पेपरमा फेल हुनेछौ। त्यस समयमा सिवाय बाबाको याद र निराकारी, निर्विकारी, निरहङ्कारी स्थितिमा स्थित रहनु बाहेक अरू केही याद नरहोस्। सेवामा फेरि पनि साकारमा आउँछौ त्यसैले यो अभ्यास गर कि जुन समयमा जुन स्थितिमा स्थित हुन चाह्यो, स्थित हुन सकियोस्– तब भनिनेछ मास्टर सर्वशक्तिमान, कन्ट्रोलिङ्ग र रुलिङ्ग पावरवाला।

स्लोगन:–
कुनै पनि परिस्थितिलाई सहज पार गर्ने साधन हो– एक बल, एक भरोसा।