18.01.23 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– ईमानदार
बन , सच्चाई सँग आफ्नो जाँच गर – म कहाँसम्म परफेक्ट बने को छु ? परफेक्ट बन्नको
लागि देह-अभिमानको कमजोरी निका ल्दै जाऊ।”
प्रश्न:–
भविष्यको लागि
तिमी बच्चाहरूले बाबासँग कुनचाहिँ सौदा गरेका छौ? त्यस सौदाबाट सङ्गममा कुनचाहिँ
फाइदा हुन्छ?
उत्तर:–
देह सहित, जति पनि कखपन छ, त्यो सबैथोक बाबालाई अर्पण गरेर बाबालाई भन्छौ– बाबा
हामीले हजुरसँग फेरि त्यहाँ (भविष्यमा) सबैथोक लिनेछौं, यो हो सबैभन्दा राम्रो सौदा।
यसबाट बाबाको सन्दुकमा तिम्रो सबैथोक सेफ हुन्छ र अपार खुशी रहन्छ– अहिले यहाँ हामी
थोरै समयको लागि छौं, फेरि आफ्नो राजधानीमा हुनेछौं। तिमीलाई कसैले सोधे भने भन वाह!
हामीले त बेहदका बाबासँग बेहद सुखको वर्सा लिइरहेका छौं। अब हामी एवर हेल्दी, एवर
वेल्दी बन्छौं।
ओम् शान्ति ।
रूहानी बाबाले
रूहानी बच्चाहरूलाई सम्झाउनु हुन्छ– प्यारा बच्चाहरू! यहाँ आएर बस्दा आत्म-अभिमानी
भएर बाबाको यादमा बस। यो अटेन्शन तिम्रो लागि सदाको लागि हो। बाँचुञ्जेलसम्म
बाबालाई याद गरिराख। याद गर्दैनौ भने जन्म-जन्मान्तरको पाप पनि काटिदैन। रचयिता र
रचनाको आदि, मध्य, अन्त्यको सारा स्वदर्शनचक्र तिम्रो बुद्धिमा घुम्नुपर्छ। तिमी
लाइट हाउस हौ नि। तिम्रो एक आँखामा छ शान्तिधाम, अर्को आँखामा छ सुखधाम। उठ्दा बस्दा,
चल्दा फिर्दा आफूलाई लाइट हाउस सम्झ। आफूलाई लाइट हाउस सम्झिनाले आफ्नो पनि कल्याण
गर्छौ र अरूको पनि कल्याण गर्छौ। बाबाले भिन्न-भिन्न युक्तिहरू बताउनुहुन्छ। जब कोही
बाटोमा भेटियो भने उसलाई बताउनु छ यो दु:खधाम हो– शान्तिधाम, सुखधाम जान चाहनुहुन्छ!
इसारा दिनु छ। लाइट हाउसले पनि इसारा दिन्छ नि, बाटो देखाउँछ। तिमीले पनि सुखधाम
शान्तिधामको बाटो बताउनु छ। दिन रात यही धुन हुनुपर्छ। योगको तागतले तिमीले कसैलाई
थोरै पनि सम्झायौ भने उसलाई झट्ट तीर लाग्छ। जसलाई तीर लाग्छ, ऊ एकदम घायल हुन्छ।
पहिला घायल हुन्छ फेरि बाबाको बन्छ। तिमी बच्चाहरूले बाबालाई प्यारसँग याद गर्यौ भने
बाबालाई पनि आकर्षण हुन्छ। कतिले त बिल्कुल याद नै गर्दैनन् त्यसैले बाबालाई दया
लाग्छ। फेरि पनि भन्नुहुन्छ– प्यारा बच्चाहरू! उन्नति गर्दै जाऊ। पुरुषार्थ गरेर
अगाडि नम्बरमा आऊ। पतितपावन सदगतिदाता एउटै बाबा हुनुहुन्छ, उहाँ एक बाबालाई नै याद
गर्नु छ। केवल बाबालाई मात्र होइन, साथसाथै स्वीट होमलाई पनि याद गर्नु छ। केवल
स्वीट होम मात्र पनि होइन, सम्पत्ति पनि चाहिन्छ त्यसैले स्वर्गधामलाई पनि याद गर्नु
छ। बाबा आउनु भएको छ मीठा-प्यारा बच्चाहरूलाई परफेक्ट बनाउन। त्यसैले इमानदार बन,
सच्चाईसँग आफ्नो जाँच गर्नु छ– म कहाँसम्म परफेक्ट बनेको छु? परफेक्ट बन्ने युक्ति
पनि बाबाले बताइरहनु हुन्छ। मुख्य कमजोरी हो नै देह-अभिमानको। देह-अभिमानले नै
अवस्थालाई अगाडि बढ्न दिदैन त्यसैले देहलाई पनि बिर्सिनु छ। बाबाको बच्चाहरूमा कति
लभ हुन्छ। बाबा बच्चाहरूलाई देखेर हर्षित हुनुहुन्छ। बच्चाहरू पनि यति खुशीमा
हुनुपर्छ। बाबालाई याद गरेर भित्र गदगद हुनुपर्छ। दिन-प्रतिदिन खुशीको पारा चढिरहनु
पर्छ। पारा चढ्छ यादको यात्राबाट। त्यो बिस्तारै-बिस्तारै चढ्छ। हार जित हुँदै-हुँदै
फेरि नम्बरवार पुरुषार्थ अनुसार कल्प पहिला जस्तै आ-आफ्नो पद पाउँछन्। बापदादाले
बच्चाहरूको अवस्थालाई साक्षी भएर हेरिरहनु हुन्छ र शिक्षा पनि दिइरहनु हुन्छ।
बापदादा दुवैका बच्चाहरूमा धेरै लभ छ किनकि कल्प-कल्प सेवा गर्छन् र धेरै प्यारले
गर्छन्। तर बच्चाहरू यदि श्रीमतमा चल्दैनन् भने बाबाले के नै गर्न सक्नुहुन्छ।
बाबालाई त धेरै दया लाग्छ। मायाले हराइदिन्छ, बाबाले फेरि उठाइदिनुहुन्छ। सबैभन्दा
मीठो त उहाँ एक बाबा हुनुहुन्छ। कति मीठो कति प्यारो शिव भोला भगवान्हुनुहुन्छ! शिव
भोला त एकको नै नाम हो।
प्यारा बच्चाहरू!
अहिले तिमी धेरै मूल्यवान् हीरा बन्छौ। जुन मूल्यवान् हीरा जुहारत हुन्छ, त्यसलाई
सेफ्टीको लागि सदा बैङ्कमा राख्छन्। तिमी ब्राह्मण बच्चाहरू पनि मूल्यवान् हौ, जो
शिवबाबाको बैङ्कमा सेफ्टीमा बसेका छौ। अहिले तिमी बाबाको सेफमा रहेर अमर बन्छौ।
तिमीले कालमाथि पनि विजय पाइरहेका छौ। शिवबाबाको बन्यौ अर्थात् सेफ भयौ। बाँकी उच्च
पद पाउनको लागि पुरुषार्थ गर्नु छ। दुनियाँमा मनुष्यहरूको पासमा जति नै धन-सम्पत्ति
होस्, त्यो सबै समाप्त भएर जानु छ। केही पनि रहँदैन। तिमी बच्चाहरूको पासमा त अहिले
केही पनि छैन। यो देह पनि तिम्रो होइन। यो पनि बाबालाई दियौ। जसको पास केही छैन,
उसको पासमा मानौं सबैथोक छ। तिमीले बेहदका बाबासँग सौदा गरेका छौ नै भविष्य नयाँ
दुनियाँको लागि। भन्छौ– बाबा देह सहित यो जे जति कखपन छ, त्यो सबैथोक हजुरलाई दिन्छौं
र हजुरबाट फेरि त्यहाँ सबैथोक लिनेछौं। यसरी मानौं तिमी सेफ भयौ। सबैथोक बाबाको
सन्दुकमा सेफ भयो। तिमी बच्चाहरूको मनमा कति खुशी हुनुपर्छ, बाँकी थोरै समय छ फेरि
हामी आफ्नो राजधानीमा हुनेछौं। तिमीलाई कसैले सोधेमा भन वाह! हामीले त बेहदका
बाबासँग बेहद सुखको वर्सा लिइरहेका छौं। एवर हेल्दी, वेल्दी बन्छौं। हाम्रा सबै
मनोकामना पूरा भइरहेका छन्। यहाँ बाबा कति प्यारो, प्योर हुनुहुन्छ। उहाँले
आत्माहरूलाई पनि आफू समान प्योर बनाउनुहुन्छ। तिमीले जति बाबालाई याद गर्छौ, त्यति
अथाह प्यारो बन्छौ, देवताहरू कति प्रिय छन्। जो अहिलेसम्म पनि उनीहरूका जड
चित्रहरूलाई पुजिरहन्छन्। त्यसैले अहिले तिमी बच्चाहरू यति प्यारो बन्नु छ। कुनै पनि
देहधारी, कुनै पनि चीज अन्तिममा याद नआओस्। बाबा हजुरबाट त हामीलाई सबैथोक मिलेको
छ।
मीठे बच्चे– आफूसँग
प्रतिज्ञा गर्नुपर्छ, मबाट कुनै यस्तो विकर्म नहोस् जसकारण दिल खाइरहोस्। त्यसैले
जति हुनसक्छ आफूलाई सुधार्नु छ, उच्च पद पाउने पुरुषार्थ गर्नु छ। नम्बरवार त
हुन्छन् नै। जुहारतमा पनि नम्बरवार हुन्छन् नि। कसैमा धेरै डिफेक्ट हुन्छ, कोही
बिल्कुल प्योर हुन्छन्। बाबा पनि जौहरी हुनुहुन्छ नि। त्यसैले बाबाले एक-एक रत्नलाई
हेर्नुहुन्छ। यो कुनचाहिँ रत्न हो, यसमा कुनचाहिँ डिफेक्ट छ। राम्रा-राम्रा प्योर
रत्नहरूलाई बाबाले पनि धेरै प्यारले हेर्नुहुन्छ। राम्रा-राम्रा प्योर रत्नहरूलाई
सुनको डिब्बामा राख्नु हुन्छ। बच्चाहरू स्वयंले पनि सम्झन्छन्– म कुन प्रकारको रत्न
हुँ। ममा कुनचाहिँ डिफेक्ट छ।
अब तिमीले भन्छौ– वाह
सतगुरु वाह! जसले हामीलाई यो बाटो बताउनुभयो। वाह तकदिर वाह! वाह ड्रामा वाह! तिम्रो
दिलबाट निस्कन्छ– शुक्रिया बाबा हजुरले हाम्रो जुन दुई मुट्ठी चामल लिएर सुरक्षित
राखेर भविष्यमा सयगुणा रिटर्न दिनुहुन्छ। तर यसमा पनि बच्चाहरूको धेरै विशाल बुद्धि
चाहिन्छ। बच्चाहरूलाई अथाह ज्ञान धनको खजाना मिलिरहन्छ त्यसैले अपार खुशी हुनुपर्छ
नि। जति हृदय शुद्ध हुन्छ, त्यति अरूलाई पनि शुद्ध बनाउने छौ। योगको स्थितिबाट नै
हृदय शुद्ध बन्छ। तिमी बच्चाहरूमा योगी बन्ने र बनाउने सोख हुनुपर्छ। यदि देहमा मोह
छ, देह अभिमान हुन्छ भने सम्झ मेरो अवस्था धेरै कच्चा छ। देही-अभिमानी बच्चाहरू नै
सच्चा डायमण्ड बन्छन् त्यसैले जति हुनसक्छ देही-अभिमानी बन्ने अभ्यास गर। बाबालाई
याद गर। बाबा शब्द सबैभन्दा मीठो छ। बाबाले धेरै प्यारले बच्चाहरूलाई आँखामा बसाएर
सँगै लिएर जानुहुन्छ। यस्तो बाबाको यादको नशामा चुर हुनुपर्छ। बाबालाई याद
गर्दै-गर्दै खुशीमा मस्त हुनुपर्छ। जसरी बाबाले अपकारीहरूमाथि उपकार गर्नुहुन्छ,
तिमीले पनि फलो फादर गर। सुखदायी बन।
तिमी बच्चाहरूले अहिले
ड्रामाको रहस्यलाई पनि जान्दछौ, बाबाले तिमीलाई निराकारी, आकारी र साकारी दुनियाँको
सबै समाचार सुनाउनुहुन्छ। आत्माले भन्छ– अहिले मैले पुरुषार्थ गरिरहेको छु, नयाँ
दुनियाँमा जानको लागि। म स्वर्गमा जान लायक अवश्य बन्छु। आफ्नो र अरूको कल्याण
गर्नेछु। अच्छा, बाबा प्यारा बच्चाहरूलाई सम्झाउनु हुन्छ, बाबा दु:ख हर्ता सुख कर्ता
हुनुहुन्छ, त्यसैले बच्चाहरूले पनि सबैलाई सुख दिनु छ। बाबाको राइट ह्यान्ड बन्नु
छ। यस्ता बच्चाहरू नै बाबालाई प्रिय लाग्छ। शुभ कार्यमा राइट ह्यान्डलाई नै लगाउँछन्।
बाबा पनि भन्नुहुन्छ– हर कुरामा राइटियस बन, एक बाबालाई याद गर्यौ भने फेरि अन्त मति
सो गति हुन्छ। यस पुरानो दुनियाँबाट ममत्व मेटाइदेऊ। यो त कब्रिस्तान हो। घरधन्दा,
छोरा-छोरी आदिको चिन्तनमा मर्यौ भने फोकटमा आफ्नो बर्बाद गरिदिन्छौ। शिवबाबालाई याद
गरेर तिमी धेरै आबाद हुन्छौ। देह-अभिमानमा आउनाले बर्बादी हुन्छ। देही-अभिमानी
बनेपछि आबादी हुन्छ। धनको पनि धेरै लालच राख्नु हुँदैन। त्यसको चिन्तामा शिवबाबालाई
पनि बिर्सिन्छौ। बाबाले हेर्नुहुन्छ– सबैथोक बाबालाई अर्पण गरेर फेरि मेरो श्रीमतमा
कहाँसम्म चल्छन्? सुरु-सुरुमा बाबाले पनि ट्रस्टी भएर देखाउनु भयो नि। सबैथोक ईश्वर
अर्पण गरेर स्वयं ट्रस्टी बन्नुभयो। बस्, ईश्वरको काममा नै लगाउनु छ। विघ्नहरूसँग
कहिल्यै डराउनु हुँदैन। जहाँसम्म हुन सक्छ सेवामा आफ्नो सबैथोक सफल गर्नु छ। ईश्वर
अर्पण गरेर ट्रस्टी बनेर रहनु छ। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको यादप्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी
बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
अव्यक्त-महावाक्य –
१९७७
सबैले आवाजदेखि पर
आफ्नो शान्त स्वरूप स्थितिमा स्थित रहने अनुभव धेरै समयसम्म गर्न सक्छौ? आवाजमा आउने
अनुभव धेरै गर्न सक्छौ वा आवाजदेखि पर रहने अनुभव धेरै समय गर्न सक्छौ? जति लास्ट
स्टेज अथवा कर्मातीत स्टेज समीप आउँदै जान्छ, त्यति आवाजभन्दा पर शान्त स्वरूपको
स्थिति अधिक प्रिय लाग्नेछ, यस स्थितिमा सदा अतीन्द्रिय सुखको अनुभूति होस्। यसै
अतीन्द्रिय सुखमय स्थितिद्वारा अनेक आत्माहरूलाई सहजै आह्वान गर्न सक्छौ। यो
शक्तिशाली स्थितिलाई विश्वकल्याणकारी स्थिति भनिन्छ। जसरी आजकाल साइन्सका
साधनहरूद्वारा सबै चीजहरू समीप अनुभव हुन्छ, टाढाको आवाज टेलीफोनको साधनद्वारा समीप
सुनिन्छ, टी.भी. (दूर-दर्शन)द्वारा टाढाको दृश्य समीप देखिन्छ। त्यसैगरी साइलेन्सको
स्टेजद्वारा जतिसुकै टाढा रहेका आत्मालाई पनि सन्देश पुर्याउन सक्छौ! उनीहरूले यस्तो
अनुभव गर्छन्, मानौं साकारमा सम्मुख कसैले सन्देश दिइरहेको छ। टाढा बसेर पनि तिमी
श्रेष्ठ आत्माहरूको दर्शन र प्रभुको चरित्रको दृश्य यस्तो अनुभव गर्छन् मानौं
सम्मुख देखिरहेको छु। सङ्कल्पद्वारा देखिन्छ अर्थात् आवाजदेखि पर सङ्कल्पको सिद्धिको
पार्ट खेल्नेछौ। तर यस सिद्धिको विधि धेरैभन्दा धेरै आफ्नो शान्त स्वरूपमा स्थित
हुनु छ। यसैलाई भनिन्छ साइलेन्स इज गोल्ड, यसलाई नै गोल्डेन एजेड स्टेज भनिन्छ। यस
स्थितिमा स्थित रहनाले ‘कम खर्च बालानशीन’ बन्छौ। समय रूपी खजाना, एनर्जीको खजाना र
स्थूल खजाना सबैमा ‘कम खर्च बालानशीन’ हुन्छ। यसको लागि एक शब्द याद राख, त्यो
कुनचाहिँ हो? सन्तुलन। हर कर्ममा, हर सङ्कल्प र बोली, सम्बन्ध वा सम्पर्कमा सन्तुलन
होस्। बोली, कर्म, सङ्कल्प, सम्बन्ध वा सम्पर्क साधारणको सट्टा अलौकिक देखियोस्
अर्थात् चमत्कारी देखियोस्। हरेकको मुखबाट, मनबाट यही आवाज निस्कन्छ– यो त चमत्कार
हो। समय अनुसार स्वयंको पुरुषार्थको स्पीड र विश्व सेवाको स्पीड तीव्रगतिको
हुनुपर्छ, तब विश्वकल्याणकारी बन्न सक्छौ।
विश्वका अधिकतर
आत्माहरूले बाबाको र तिमी इष्ट देवताहरूको प्रत्यक्षताको आह्वान धेरै गरिरहेका छन्
तर इष्टदेवहरूले भने उनीहरूको आह्वान कम गरिरहेका छन्। यसको कारण के हो? आफ्नो हदको
स्वभाव, संस्कारको प्रवृत्तिमा धेरै समय लगाइदिन्छन्। जसरी अज्ञानी आत्माहरूलाई
ज्ञान सुन्ने फुर्सत छैन, त्यसैगरी धेरै ब्राह्मणलाई पनि यस शक्तिशाली स्थितिमा
स्थित हुने फुर्सत मिल्दैन, त्यसैले अब ज्वाला रूप बन्ने आवश्यकता छ।
बापदादा हरेकको
प्रवृत्तिलाई देखेर मुस्कुराइरहनु हुन्छ, कति टू मच बिजी भएका छन्! धेरै बिजी रहन्छौ
नि! वास्तविक स्टेजमा सदा फ्री रहनेछौ। सिद्धि पनि हुन्छ र फ्री पनि रहन्छौ।
जब साइन्सको साधनले
धरतीमा बसेर पनि स्पेसमा गएका यन्त्रलाई कन्ट्रोल गर्न सक्छन्, जस्तो चाह्यो, जहाँ
चाह्यो त्यहाँ मोड्न सक्छन्, त्यस्तै साइलेन्सको शक्ति स्वरूप स्थितिद्वारा यस
साकार सृष्टिमा श्रेष्ठ सङ्कल्पको आधारमा जुन सेवा चाह्यो, जुन आत्माको सेवा गर्न
चाह्यो त्यो गर्न सक्दैनौ! तर पहिला आ-आफ्नो प्रवृत्तिभन्दा पर अर्थात् उपराम रहने
गर।
जुन सबै खजाना सुनाएँ,
त्यो स्वयंप्रति होइन, त्यसलाई विश्वकल्याण प्रति यूज गर। बुझ्यौ, अब के गर्नु छ?
आवाजद्वारा सेवा, स्थूल साधनहरूद्वारा सेवा र आवाज देखि पर सूक्ष्म साधन सङ्कल्पको
श्रेष्ठता, सङ्कल्प शक्तिद्वारा सेवाको सन्तुलन प्रत्यक्ष रूपमा देखाऊ, तब विनाशको
नगरा बज्नेछ। बुझ्यौ? प्लान त धेरै बनाइरहेका छौ, बापदादाले पनि प्लान बताइरहनु भएको
छ। ब्यालेन्स ठीक नहुनाले मेहनत धेरै गर्नुपर्छ। विशेष कार्य गरेपछि विशेष रेस्ट पनि
लिन्छौ नि। फाइनल प्लानमा अथकपनको अनुभव गर्नेछौ। अच्छा!
यसरी सर्व
शक्तिहरूलाई विश्वकल्याण प्रति कार्यमा लगाउने, सङ्कल्पको सिद्धि स्वरूप, स्वयंको
प्रवृत्तिदेखि स्वतन्त्र, सदा शान्त र शक्ति स्वरूप स्थितिमा स्थित रहने
सर्वश्रेष्ठ आत्माहरूलाई बापदादाको यादप्यार एवं नमस्ते। रूहानी बच्चाहरूको रूहानी
बाबालाई गुडमर्निङ्ग, नमस्ते।
वरदान:–
साइलेन्सको
शक्तिद्वारा नयाँ सृष्टिको स्थापनाको निमित्त ब न्ने मास्टर शान्ति देवा भव
साइलेन्सको शक्ति
जम्मा गर्नको लागि यस शरीरदेखि पर अशरीरी बन। यो साइलेन्सको शक्ति धेरै महान् शक्ति
हो, यसबाट नयाँ सृष्टिको स्थापना हुन्छ। त्यसैले जो आवाजदेखि पर साइलेन्स रूपमा
स्थित हुन्छ, उसैले स्थापनाको कार्य गर्न सक्छ। त्यसैले शान्ति देवा अर्थात् शान्त
स्वरूप बनेर अशान्त आत्माहरूलाई शान्तिका किरण देऊ। विशेष शान्तिको शक्तिलाई बढाऊ।
यही सबैभन्दा ठूलो महादान हो, यही सबैभन्दा प्रिय र शक्तिशाली वस्तु हो।
स्लोगन:–
हर आत्मा र
प्रकृति प्रति शुभभावना राख्नु नै विश्वकल्याणकारी बन्नु हो।
सूचना:– आज मधुबनमा
बाबा मिलनको शुभ दिन हो।