18.02.21 Morning Nepali Murli Om Shanti BapDada Madhuban
मीठे बच्चे– सुख दिने
एक बाबालाई याद गर , यो थोरै समयमा योगबल जम्मा गर्यौ भने अन्तिममा धेरै काम आउँछ।”
प्रश्न:–
बेहदका वैरागी
प्यारा बच्चाहरू! तिमीहरूलाई कुनचाहिँ स्मृति सदा रहनु पर्छ?
उत्तर:–
यो मेरो छी-छी चोला हो, यसलाई छोडेर फर्केर घर जानु छ– यो स्मृति सदा रहोस्। बाबा र
वर्सा याद रहोस्, अरू केही पनि याद नआओस्। यो हो बेहदको वैराग्य। कर्म गर्दै यादमा
रहने पुरुषार्थ गर्नु छ, जसले गर्दा पापहरूको बोझ शिरबाट उत्रियोस्। आत्मा
तमोप्रधानबाट सतोप्रधान बनोस्।
ओम् शान्ति ।
बाबाले
बच्चाहरूलाई सधैं धेरै सहज कुरा सम्झाउनु हुन्छ। यो हो ईश्वरीय पाठशाला। गीतामा पनि
भनिएको छ भगवानुवाच। भगवान बाबा सबैको एक हुनुहुन्छ। सबै भगवान हुन सक्दैनन्। हो,
सबै बच्चाहरू हुन सक्छन्, एक बाबाका। यो अवश्य बुद्धिमा आउनु पर्छ– बाबा स्वर्ग नयाँ
दुनियाँको स्थापना गर्नेवाला हुनुहुन्छ। उहाँ बाबाबाट हामीलाई स्वर्गको वर्सा अवश्य
मिलेको थियो। यहाँ नै शिवजयन्ती मनाइन्छ। तर शिवजयन्ती कसरी हुन्छ, यो त बाबा नै
आएर सम्झाउनु हुन्छ। बाबा आउनु हुन्छ कल्पको संगमयुगमा, बच्चाहरूलाई फेरि पतितबाट
पावन बनाउन अर्थात् वर्सा दिन। यस समयमा सबैलाई रावणको श्राप परेको छ त्यसैले सबै
दु:खी छन्। अहिले कलियुगी पुरानो दुनियाँ हो। यो सदैव याद राख– हामी ब्रह्मा मुख
वंशावली ब्राह्मण हौं। जसले पनि आफूलाई ब्रह्माकुमार-कुमारी सम्झन्छन्, उनले अवश्य
यो बुझ्नुपर्छ– कल्प-कल्प हजुरबुबाको वर्सा ब्रह्माद्वारा लिन्छौं। यति धेरै
बच्चाहरू अरू कसैका हुन सक्दैनन्। उहाँ हुनुहुन्छ सबैका पिता। ब्रह्मा पनि बच्चा
हुन्। सबै बच्चाहरूलाई वर्सा हजुरबुबाबाट मिल्छ। उहाँको वर्सा हो सत्ययुगको राजधानी।
बेहदको बाबा जब स्वर्गको रचयिता हुनुहुन्छ भने अवश्य हामीलाई स्वर्गको राजाई
मिल्नुपर्छ। तर यो बिर्सिएका छौं। हामीलाई स्वर्गको बादशाही मिलेको थियो। तर
निराकार बाबाले कसरी दिनुहुन्छ? अवश्य ब्रह्माद्वारा दिनुहुन्छ। यहाँ यी
लक्ष्मी-नारायणको राज्य थियो। अहिले कल्पको संगम हो। संगममा ब्रह्मा हुन्छन् तब त
बी.के. कहलाउँछन्। अन्धश्रद्धाको कुनै कुरा हुन सक्दैन। एडप्शन हुन्छ। हामी
ब्रह्माकुमार-कुमारी हौं। ब्रह्मा शिवबाबाका बच्चा हुन्, हामीलाई शिवबाबासँग फेरि
स्वर्गको बादशाही मिलिरहेको छ। पहिला पनि मिलेको थियो, जुन ५ हजार वर्ष भयो। हामी
देवी-देवता धर्मका थियौं। अन्तिमसम्म वृद्धि भइरहन्छ। जस्तै क्राइस्ट आए,
क्रिश्चियन धर्म अहिलेसम्म छ। वृद्धि भइरहन्छ। उनीहरूले जानेका छन्– क्राइस्टद्वारा
हामी क्रिश्चियन बन्यौं। आज भन्दा २ हजार वर्ष पहिला क्राइस्ट आएका थिए। अहिले
वृद्धि भइरहेको छ। पहिला सुरुमा सतोप्रधान फेरि रजो, तमोमा आउनु पर्छ। तिमी
सत्ययुगमा सतोप्रधान थियौ फेरि रजो, तमोमा आयौ। तमोप्रधान सृष्टिबाट फेरि सतोप्रधान
अवश्य हुन्छ। नयाँ दुनियाँमा आदि सनातन देवी-देवता धर्म थियो। मुख्य चार धर्म छन्।
तिम्रो धर्म आधाकल्प चल्छ। यहाँ पनि तिमी त्यसै धर्मका हौ। तर विकारी हुनाले तिमीले
आफूलाई देवी-देवता भन्न सक्दैनौ। तिमी थियौ आदि सनातन देवी-देवता धर्मका तर
वाममार्गमा जानाले तिमी पतित बनेका हौ, त्यसैले आफूलाई हिन्दु भनिदिन्छौ। अहिले तिमी
ब्राह्मण बनेका छौ। सबैभन्दा उच्च हुनुहुन्छ शिवबाबा। फेरि हौ तिमी ब्राह्मण। तिमी
ब्राह्मणहरूको वर्ण सर्वश्रेष्ठ हो। ब्रह्माका बच्चा बन्यौ। तर वर्सा ब्रह्माबाट
मिल्दैन। शिवबाबाले ब्रह्माद्वारा स्वर्गको स्थापना गरिरहनु भएको छ। तिम्रो आत्माले
अब बाबालाई चिनेको छ। बाबा भन्नुहुन्छ– मद्वारा मलाई चिनेपछि सारा सृष्टि चक्रको आदि,
मध्य, अन्त्यको ज्ञान बुझ्छौ। त्यो ज्ञान मसँग मात्रै छ। म ज्ञानको सागर, आनन्दको
सागर, पवित्रताको सागर हुँ। २१ जन्म तिमी पवित्र बन्छौ फेरि विषय सागरमा डुब्छौ।
अहिले ज्ञानका सागर बाबाले तिमीलाई पतितबाट पावन बनाउनु हुन्छ। कुनै गंगाको पानीले
पावन बनाउन सक्दैन। स्नान गर्न जान्छन् तर त्यो पानी कुनै पतित-पावन होइन। यी नदीहरू
त सत्ययुगमा पनि हुन्छन्, कलियुगमा पनि छन्। पानीमा फरक हुँदैन। भन्छन् पनि– सर्वका
सद्गति दाता एक राम। उहाँ नै ज्ञानका सागर पतित-पावन हुनुहुन्छ। बाबा आएर ज्ञान
सम्झाउनु हुन्छ, जसबाट तिमी स्वर्गको मालिक बन्छौ। सत्ययुग त्रेतामा भक्ति, शास्त्र
आदि केही हुँदैन। तिमीले बाबाबाट वर्सा लिन्छौ, सदा सुखको। यस्तो होइन, त्यहाँ
तिमीलाई गंगा स्नान गर्नु छ वा कुनै यात्रा गर्नु छ। तिम्रो यो हो रूहानी यात्रा,
जुन कुनै मनुष्यले सिकाउन सक्दैन। बाबा हुनुहुन्छ सबै आत्माहरूका पिता, शारीरिक पिता
त अनेक छन्। रूहानी बाबा एक हुनुहुन्छ। यो पक्का-पक्का याद गर। बाबाले पनि
सोध्नुहुन्छ– तिम्रा कतिवटा पिता हुनुहुन्छ? यो कसले सोधेको हो भनेर अलमलिन्छन्।
पिता त सबैका एउटै हुन्छन्। २, ३ वटा पिता कसरी हुन सक्छन्? बाबा सम्झाउनु हुन्छ–
उहाँ परमात्मा पितालाई याद गर्छौ, दु:खमा। दु:खमा सदैव भन्छौ– हे परमपिता परमात्मा!
हामीलाई दु:खबाट छुटाउनुहोस्। त्यसैले २ पिता भए नि। एक शारीरिक पिता, अर्का रूहानी
पिता, जसको महिमा गायन गर्छन्– तिमी माता-पिता, हामी बालक तिम्रो...। लौकिक माता
पितासँग अपार सुख मिल्दैन। जब दु:ख हुन्छ, तब उहाँ बाबालाई याद स्मरण गर्छन्। बाबाले
नै यस्तो प्रश्न सोध्नुहुन्छ, अरू त कसैले सोध्न सक्दैन।
भक्तिमार्गमा तिमीले भन्छौ– बाबा हजुर आउनु भयो भने हामी हजुर बाहेक अरू कसैको कुरा
सुन्दैनौं। अरू त सबैले दु:ख दिन्छन्, हजुर नै सुख दिनेवाला हुनुहुन्छ। त्यसैले बाबा
आएर याद दिलाउनु हुन्छ– तिमीले के भनेका थियौ? तिमीले जानेका छौ– तिमी नै
ब्रह्माकुमार-कुमारी कहलाउँछौ। मनुष्यको यस्तो पत्थरबुद्धि छ, जसले यो पनि जानेका
छैनन्– बी.के. के हुन्! मम्मा बाबा को हुन्! बाबा कुनै साधु-सन्त हुनुहुन्न।
साधु-संन्यासीलाई गुरु भनिन्छ, माता-पिता भनिदैन। बाबाले त आएर दैवी धर्मको राज्य
स्थापना गर्नुहुन्छ, जहाँ यी लक्ष्मी-नारायण राजा रानीले राज्य गर्थे। पहिला पवित्र
थिए फेरि अपवित्र बन्छन्। जो पूज्य थिए, उनैले फेरि ८४ जन्म लिन्छन्। पहिला बेहदका
बाबाको २१ जन्म सुखको वर्सा मिल्छ। कुमारी उनै हुन्, जसले २१ कुलको उद्धार गर्छन्।
यो तिम्रो गायन हो। तिमीहरू कुमारी हौ, गृहस्थी होइनौ। छन त ठूला छौ तर मरजीवा बनेर,
सबैजना बाबाका सन्तान बनेका छौ। प्रजापिता ब्रह्माका धेरै बच्चा छन्, अझै वृद्धि
हुँदै जान्छ। फेरि सबै देवता बन्छन्। यो शिवबाबाको यज्ञ हो। यसलाई भनिन्छ– राजस्व
यज्ञ, स्वराज्य पाउने यज्ञ। आत्माहरूलाई बाबासँग स्वर्गको राज्यको वर्सा मिल्छ। यस
राजस्व अश्वमेध ज्ञान यज्ञमा के गर्नु छ? शरीर सहित जे जति छ, त्यो बलिहार गर्नु छ
अथवा स्वाहा गर्नु छ। यस यज्ञबाट त तिमीले फेरि राज्य पाउँछौ। बाबाले याद गराउनु
हुन्छ– भक्तिमार्गमा तिमीले भन्दथ्यौ, हे बाबा! हजुर आउनु भयो भने हामी बलिहार
जान्छौं, समर्पित हुन्छौं। अब तिमीले आफूलाई ब्रह्माकुमार-कुमारी सम्झन्छौ। ठीकै छ
आफ्नै गृहस्थ व्यवहारमा बस तर पावन रहनु पर्छ, कमल पुष्प समान। आफूलाई आत्मा सम्झ।
हामी बाबाका बच्चाहरू हौं। तिमी आत्माहरू हौ प्रियतमा। बाबा भन्नुहुन्छ– म हुँ एक
प्रियतम। तिमीले म प्रियतमलाई पुकारिरहन्छौ। तिमी आधाकल्पको प्रियतमा हौ, जसलाई
परमपिता परमात्मा भनिन्छ, उहाँ निराकार हुनुहुन्छ। आत्मा पनि निराकार छ, जसले यस
शरीरद्वारा पार्ट खेल्छ। भक्तिमार्गमा पनि तिमीले पार्ट खेल्नुपर्छ। भक्ति हो नै
रात, अन्धकारमा मनुष्यले ठक्कर खान्छन्। द्वापरदेखि लिएर तिमीले ठक्कर खायौ। यस
समयमा महादु:खी भएका छौ। अब पुरानो दुनियाँको अन्त्य हुन्छ। यो पैसा आदि सबै माटोमा
मिल्छ। हुन त कोही करोडपति छन्, राजा छन्। बच्चा जन्मियो भने सम्झन्छन्– यो धन
हाम्रा बच्चाहरूको लागि हो। हाम्रा छोरा-नातिले खान्छन्। बाबा भन्नुहुन्छ– केही पनि
खान पाउँदैनन्। यो दुनियाँ नै खतम हुनेवाला छ। बाँकी थोरै समय छ। विघ्न धेरै पर्नेछ।
आपसमा लड्छन्। अन्तिममा यसरी लड्छन्, जसकारण रगतको नदी बग्छ। तिम्रो त कसैसँग लडाई
हुँदैन। तिमी योगबलमा रहन्छौ। तिमी यादमा रह्यौ भने कोही तिम्रो अगाडि नराम्रो
विचारले आयो भने पनि उसलाई भयंकर साक्षात्कार हुन्छ र झट्ट भाग्छ। तिमीले
शिवबाबालाई याद गर्छौ, ऊ भाग्छ। जो पक्का बच्चाहरू छन्, पुरुषार्थमा रहन्छन्– मेरो
त एक शिवबाबा, दोस्रो न कोही। बाबा सम्झाउनु हुन्छ– हातले काम गर्दै... बच्चाहरूलाई,
घरलाई पनि सम्हाल्नु छ। तिमी आत्माहरूले बाबालाई याद गर्यौ भने पापको बोझ पनि हल्का
हुन्छ। केवल मलाई याद गर्यौ भने तिमी तमोप्रधानबाट सतोप्रधान बन्छौ, तर नम्बरवार
पुरुषार्थ अनुसार। फेरि तिमीहरू सबैले यो शरीर छोड्छौ, बाबाले सबै आत्माहरूलाई
लामखुट्टे सदृश्य लिएर जानुहुन्छ। बाँकी सारा दुनियाँले सजाय खानुपर्छ। भारतखण्डमा
बाँकी थोरै रहन्छन्। त्यसको लागि यो महाभारत लडाईं हुन्छ। यहाँ त धेरै वृद्धि हुन्छ।
प्रदर्शनी, प्रोजेक्टर आदिद्वारा कतिले सुन्छन्। त्यसबाट प्रजा बन्दै जान्छन्। राजा
त एक हुन्छ, बाँकी हुन्छन् प्रजा। मन्त्री पनि प्रजाको लाइनमा आउँछन्। धेरै प्रजा
हुन्छन्। एक राजाका लाखौंको संख्यामा प्रजा हुन्छन्। त्यसैले राजा-रानीले मेहनत
गर्नुपर्छ नि।
बाबा भन्नुहुन्छ– सबैथोक गर्दै निरन्तर मलाई याद गर। जसरी प्रियतमा-प्रियतम हुन्छन्,
उनीहरूको दैहिक प्रेम हुन्छ। तिमी बच्चाहरू यस समयमा प्रियतमा हौ। तिम्रा प्रियतम
आउनु भएको छ। तिमीलाई पढाइरहनु भएको छ। पढ्दै-पढ्दै तिमी देवता बन्छौ। यादबाट
विकर्म विनाश हुन्छ अनि तिमी सदैव निरोगी पनि बन्छौ। फेरि ८४ को चक्रलाई पनि याद
राख्नु छ। सत्ययुगमा यति जन्म, त्रेतामा यति जन्म। हामी देवी-देवता धर्मकाले पूरा
८४ को चक्कर लगायौं। पछि गएर धेरै वृद्धि हुन्छ। तिम्रा सेन्टरहरू हजारौंको संख्यामा
हुन्छन्। गल्ली-गल्लीमा सम्झाइरहन्छौ– केवल बाबालाई र वर्सालाई याद गर्नुहोस्। अब
घर फर्किनु छ। यो त फोहरी चोला हो। यो हो बेहदको वैराग्य। संन्यासीले त केवल हदको
घरबार छोडिदिन्छन्। ती हुन् हठयोगी। उनले राजयोग सिकाउन सक्दैनन्। भन्छन्– यो भक्ति
पनि अनादि हो। बाबा भन्नुहुन्छ– यो भक्ति त द्वापरदेखि सुरु हुन्छ। ८४ पिँढी झर्यौ,
अब तिमी तमोप्रधान बनेका छौ। तिमी नै देवी-देवता थियौ। क्रिश्चियनले भन्छन्– हामी
नै क्रिश्चियन थियौं। तिमीले जानेका छौ– हामी सत्ययुगमा थियौं। बाबाले देवी-देवता
धर्म स्थापना गर्नुभयो। यी जुन लक्ष्मी-नारायण थिए, उनीहरू अहिले ब्राह्मण बनेका छन्।
सत्ययुगमा एक राजा-रानी थिए, एक भाषा थियो। यो पनि बच्चाहरूले साक्षात्कार गरेका छन्।
तिमी हौ सबै आदि सनातन धर्मका। तिमीले नै ८४ जन्म लिन्छौ। ती जसले भन्छन्– आत्मा
निर्लेप छ वा ईश्वर सर्वव्यापी हुनुहुन्छ, यो गलत हो। सबैमा आत्मा छ। फेरि कसरी
भन्छन्– हामी भित्र परमात्मा हुनुहुन्छ। फेरि त सबै पिता हुने भए। कति तमोप्रधान
बनेका छन्। पहिला जे सुन्थ्यौ, त्यो विश्वास गर्थ्यौ। अहिले बाबा आएर सत्य सुनाउनु
हुन्छ। तिमीलाई ज्ञानको तेस्रो नेत्र दिनुहुन्छ, जसबाट तिमीले सृष्टिको आदि, मध्य,
अन्त्यलाई जानेका छौ। अमरकथा पनि यो हो। बाँकी सूक्ष्मवतनमा कथा आदि हुँदैन। यो सबै
भक्तिमार्गको कलमी हो। तिमीले अमरकथा सुनिरहेका छौ, अमर बन्नको लागि। त्यहाँ तिमीले
खुसीले एक शरीर छोडेर अर्को लिन्छौ। यहाँ त कोही मर्यो भने रोइरहन्छन्। त्यहाँ
बिमारी आदि हुँदैन। सदैव स्वस्थ रहन्छन्। आयु पनि लामो हुन्छ। त्यहाँ पतितपना
हुँदैन। अब यो पक्का निश्चय गर्नु छ– हामीले ८४ को चक्कर पूरा गर्यौं। अब बाबा
हामीलाई लिन आउनु भएको छ। पावन बन्ने युक्तिहरू पनि तिमीलाई बताउनु हुन्छ। केवल म
बाबालाई र वर्सालाई याद गर। सत्ययुगमा १६ कला सम्पूर्ण फेरि कला कम हुँदै जान्छ। अब
तिमीमा कुनै कला बाँकी छैन। बाबाले नै दु:खबाट छुटाएर सुखमा लैजानुहुन्छ। त्यसैले
मुक्तिदाता भनिन्छ। सबैलाई आफ्नो साथमा लैजानुहुन्छ। तिम्रा गुरुले तिमीलाई साथमा
कहाँ लैजान्छन् र। ती गुरु गए भने शिष्य गद्दीमा बस्छन् फेरि शिष्यहरूमा धेरै गडबड
हुन्छ। आपसमा गद्दीको लागि लड्छन्। बाबा भन्नुहुन्छ– मैले तिमी आत्माहरूलाई साथमा
लैजान्छु। तिमी सम्पूर्ण बनेनौं भने सजाय खान्छौ र पद भ्रष्ट हुन्छ। यहाँ राजधानी
स्थापना भइरहेको छ। अच्छा!
मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमार्निङ्ग।
रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई
गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) यादको यस्तो
अभ्यास गर्नु छ, नराम्रो विचार भएको व्यक्ति सम्मुख आउनासाथ परिवर्तन होस्। मेरो त
एक शिवबाबा, दोस्रो न कोही... यस पुरुषार्थमा रहनु छ।
२) स्वराज्य पाउनको लागि शरीर सहित बलिहार जानु छ। जब यस रुद्र यज्ञमा सबैथोक स्वाहा
गर्छौ तब राज्य पद मिल्छ।
वरदान:–
ज्ञानी आत्मा
बनेर ज्ञानसागर र ज्ञानमा समाहित हुने सर्व प्राप्ति स्वरूप भव
जो ज्ञानी आत्माहरू
छन्, उनीहरू सदा ज्ञानसागर र ज्ञानमा डुबिरहन्छन्। सर्व प्राप्ति स्वरूप हुनाले
इच्छा मात्रम् अविद्याको स्टेज स्वत: हुन्छ। जो अंश मात्र पनि कुनै स्वभाव-संस्कारको
अधीन छन्, नाम-मान-शानका भिखारी छन्, के-किन को प्रश्नमा चिल्लाउने, पुकार गर्नेहरू,
भित्र एक बाहिर अर्को रूप छ– उनलाई ज्ञानी आत्मा भन्न सकिँदैन।
स्लोगन:–
यस जीवनमा
अतीन्द्रिय सुख र आनन्दको अनुभूति गर्ने आत्मा नै सहजयोगी हो।