18.03.20          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे यस बेहद नाटकलाई सदा स्मृतिमा राख्यौ भने अपार खुसी हुन्छ , यस नाटकमा जो राम्रा पुरुषार्थी र अनन्य छन् , उनीहरूको पूजा पनि अधिक हुन्छ।

प्रश्न:
कुनचाहिँ स्मृतिले दुनियाँका सबै दु:खहरूबाट मुक्त गरिदिन्छ, हर्षित रहने युक्ति के हो?

उत्तर:
सदा स्मृति रहोस् अब हामी भविष्य नयाँ दुनियाँमा जाँदैछौं। भविष्यको खुसीमा रह्यौ भने दु:ख भुल्छौ। विघ्नको दुनियाँमा विघ्न त आउँछन् तर स्मृति रहोस् यस दुनियाँमा हामी बाँकी थोरै दिन मात्र छौं, तब हर्षित रहन्छौ।

गीत:
जाग सजनियाँ जाग......

ओम् शान्ति ।
यो गीत धेरै राम्रो छ। गीत सुन्नासाथ माथिबाट लिएर ८४ जन्मको रहस्य बुद्धिमा आउँछ। यो पनि बच्चाहरूलाई सम्झाइएको छ, तिमी जब माथिबाट आउँछौ भने सूक्ष्मवतन हुँदै आउँदैनौ। अब सूक्ष्मवतन भएर जानु छ। सूक्ष्मवतन बाबाले अहिले नै देखाउनु हुन्छ। सत्ययुग-त्रेतामा यस ज्ञानको कुरा पनि रहँदैन। न कुनै चित्र आदि हुन्छन्। भक्तिमार्गमा त अथाह चित्र छन्। देवी आदिको पूजा पनि धेरै हुन्छ। दुर्गा, काली, सरस्वती सबै एउटै हुन् तर नाम कति राखेका छन्। जसले राम्रो पुरुषार्थ गर्छन्, अनन्य छन् उनीहरूको पूजा पनि बढी हुन्छ। तिमीले जानेका छौ हामी नै पुज्यबाट पुजारी बनेर बाबाको र आफ्नो पूजा गर्छौं। यी बाबाले पनि नारायणको पूजा गर्थे नि। अचम्मको खेल छ। जसरी नाटक देख्दा खुसी हुन्छ नि, त्यस्तै यो पनि बेहदको नाटक हो, यसलाई कसैले पनि जान्दैन। तिम्रो बुद्धिमा अब सारा ड्रामाको रहस्य छ। यस दुनियाँमा कति अथाह दु:ख छ। तिमीलाई थाहा छ अब थोरै समय बाँकी छ, हामी नयाँ दुनियाँमा गइरहेका छौं। भविष्यको खुसी सम्झना रह्यो भने त्यसले यस दु:खलाई हटाइदिन्छ। लेख्छन् बाबा धेरै विघ्न पर्छन्, घाटा पर्छ। बाबा भन्नुहुन्छ जस्तोसुकै विघ्न आओस्, आज लखपति छौ भोलि कखपति (कंगाल) बने पनि तिमी त भविष्यको खुसीमा रहनु छ नि। यो हो नै रावणको आसुरी दुनियाँ। चल्दा-चल्दै कुनै न कुनै विघ्न पर्छ। यस दुनियाँमा बाँकी थोरै दिन छन् फेरि हामी अथाह सुखमा जान्छौं। बाबा भन्नुहुन्छ नि हिजो श्याम थिए, गाउँका छोरा थिए, अहिले बाबाले हामीलाई ज्ञान दिएर सुन्दर बनाइरहनु भएको छ। तिमीलाई थाहा छ बाबा बीजरूप हुनुहुन्छ, सत हुनुहुन्छ, चैतन्य हुनुहुन्छ। उहाँलाई परम आत्मा भनिन्छ। उहाँ उच्च भन्दा उच्च रहनेवाला हुनुहुन्छ, पुनर्जन्ममा आउनुहुन्न। हामी सबै जन्म-मरणमा आउँछौं, उहाँ रिजर्भमा रहनुहुन्छ। उहाँलेत अन्तमा आएर सबैको सद्गति गर्नु छ। तिमीले भक्तिमार्गमा जन्म-जन्मान्तर गाउँदै आएका छौ बाबा हजुर आउनु भयो भने हामी हजुरकै बन्छौं। मेरा त एक बाबा दोश्रो न कोही। हामी बाबाका साथमा नै जान्छौं। यो हो दु:खको दुनियाँ। कति गरिब छ भारतवर्ष। बाबा भन्नुहुन्छ मैले भारतवर्षलाई धनवान बनाएको थिएँ फेरि रावणले नर्क बनाएको छ। अहिले तिमी बच्चाहरू बाबाको सम्मुख बसेका छौ। गृहस्थ व्यवहारमा पनि त धेरै रहन्छन्। सबैलाई यहाँ त बस्नु छैन। गृहस्थ व्यवहारमा रहेर रंगीन कपडा लगाऊ, कसले भन्छ सेतो लुगा लगाऊ। बाबाले कहिल्यै कसैलाई भन्नुभएको छैन। तिमीलाई राम्रो लाग्दैन त्यसैले सेतो लुगा लगाएका हौ। हुन त तिमीले यहाँ सेतो लुगा लगाउँछौ, तर रंगीन कपडा लगाउनेले पनि त्यस ड्रेसमा पनि धेरैको कल्याण गर्न सक्छन्। माताहरूले आफ्ना पतिलाई पनि सम्झाउँछन् भगवानुवाच छ पवित्र बन। देवताहरू पवित्र छन् त्यसैले त उनलाई ढोग्छन्। पवित्र बन्नु त राम्रो हो नि। अहिले तिमीलाई थाहा छ सृष्टिको अन्त छ। धेरै पैसा के गर्छौ। आजकल कति डाँका लाग्छन्, घुसखोरी कति छ। यो अहिलेको लागि गायन छ कसैको माटो मुनी दबिन्छ... सफल उसैको हुन्छ जसले ईश्वर अर्थ लगाउँछ। धनी त अहिले सम्मुख हुनुहुन्छ। समझदार बच्चाहरूले आफ्नो सबैथोक धनीको नाममा सफल गर्छन्।

मनुष्यहरू त सबै पतितले पतितलाई नै दान गर्छन्। यहाँ त पुण्य आत्माहरूको दान लिनु छ। ब्राह्मण सिवाय अरू कसैसँग सम्बन्ध छैन। तिमी हौ पुण्य आत्मा। तिमीले पुण्यको नै काम गर्छौ। यी भवनहरू बनाउँछन्, त्यहाँ पनि तिमी नै रहन्छौ। पापको त कुरा छैन। जे-जति पैसा छ विश्वलाई स्वर्ग बनाउनमा नै खर्च गरिरहन्छन्। आफ्नो पेटमा पटुका कसेर पनि भन्छन् बाबा मेरो एउटा भए पनि ईटा यसमा लगाइदिनुहोस्। हामीलाई त्यहाँ महल मिल्छ। कति समझदार बच्चा छन्। पत्थरको साटो सुन मिल्छ। समय नै बाँकी थोरै छ। तिमीले कति सेवा गर्छौ। प्रदर्शनी मेला बढ्दै जान्छन्। केवल बच्चीहरू तीक्ष्ण होऊन्। बेहदका बाबाका बन्दैनन्, मोह छोड्दैनन्। बाबा भन्नुहुन्छ मैले तिमीलाई स्वर्गमा पठाएको थिएँ, अब फेरि तिमीलाई स्वर्गको लागि तैयार गरिरहेको छु। यदि श्रीमतमा चल्यौ भने उच्च पद पाउने छौ। यी कुरा अरू कसैले सम्झाउन सक्दैन। सारा सृष्टिचक्र तिम्रो बुद्धिमा छ मूलवतन, सूक्ष्मवतन र स्थूलवतन। बाबा भन्नुहुन्छ प्यारा बच्चाहरू! स्वदर्शन चक्रधारी बन, अरूलाई पनि सम्झाउँदै गर। यो धन्धा हेर कस्तो छ। स्वयं नै धनवान, स्वर्गको मालिक बन्नु छ, अरूलाई पनि बनाउनु छ। बुद्धिमा यही रहनु छ अरूलाई मार्ग कसरी बताऊँ? ड्रामा अनुसार जुन कुरा बित्यो, त्यो ड्रामा। सेकेण्ड बाई सेकेण्ड जे हुन्छ त्यसलाई हामी साक्षी भएर हेर्छौं। बच्चाहरूलाई बाबाले दिव्य दृष्टिले साक्षात्कार पनि गराउनु हुन्छ। पछि गएर तिमीले धेरै साक्षात्कार गर्छौ। मनुष्य दु:खमा त्राहि-त्राहि गरिरहन्छन्, तिमीले खुसीमा ताली बजाउने छौ। हामी मनुष्यबाट देवता बन्छौं त्यसैले अवश्य नयाँ दुनियाँ चाहिन्छ। त्यसको लागि यो विनाश तयार छ। यो त राम्रो हो नि। मनुष्यले सम्झन्छन् आपसमा लडाई नगरुन्, शान्ति होस्। पुग्यो। तर यो त ड्रामामा निश्चित छ। दुई बाँदर आपसमा लड्छन् मख्खन बीचमा तेश्रोलाई मिल्छ। त्यसैले अब बाबा भन्नुहुन्छ म बाबालाई याद गर, सबैलाई मार्ग देखाऊ। रहनु पनि साधारण छ, खानु पनि साधारण छ। कहिलेकाहीँ खातिरी पनि गरिन्छ। जुन भण्डाराबाट खान्छन्, भन्छन् बाबा यो सबै हजुरको हो। बाबा भन्नुहुन्छ ट्रस्टी भएर सम्हाल। बाबा सबैथोक हजुरले दिनुभएको हो। भक्ति मार्गमा केवल भन्थ्यौ मात्रै। अहिले म तिमीलाई भन्छु साक्षी बन। अहिले म सम्मुखमा छु। म पनि ट्रस्टी बनेर फेरि तिमीलाई ट्रस्टी बनाउँछु। जे गरे पनि सोधेर गर। बाबाले हरेक कुरामा राय दिनुहुन्छ। बाबा घर बनाऊँ, यसो गरुँ। बाबा भन्नुहुन्छ ठीकै छ गर। तर पाप आत्माहरूलाई दिनु छैन। बच्ची ज्ञानमा चल्दिन, विवाह गर्न चाहन्छिन् भने के नै गर्न सकिन्छ र। बाबाले त सम्झाउनु हुन्छ तिमी किन अपवित्र बन्छयौ तर कसैको तकदिरमा छैन भने पतित बन्न पुग्छन्। अनेक प्रकारका घटनाहरू पनि भइरहन्छन्। पवित्र बन्दा-बन्दै पनि मायाको थप्पड लाग्छ, बिग्रन पुग्छन्। माया धेरै प्रबल छ। उनीहरू पनि कामको बश हुन पुग्छन्, फेरि भनिन्छ ड्रामाको भावी। यस घडीसम्म जे-जति भयो कल्प पहिला पनि भएको थियो। नयाँ केही पनि होइन। राम्रो काम गर्न लाग्दा विघ्न पार्छन्, नयाँ कुरा होइन। हामीलाई त तन-मन-धनले विश्वलाई अवश्य स्वर्ग बनाउनु छ। सबै कुरा बाबामा स्वाहा गर्छौं। तिमी बच्चाहरूलाई थाहा छ हामीले श्रीमत अनुसार यस विश्वको रूहानी सेवा गरिरहेका छौं। तिम्रो बुद्धिमा छ हामीले आफ्नो राज्य फेरि स्थापन गरिरहेका छौं। बाबा भन्नुहुन्छ यो रूहानी हस्पिटल कम युनिभर्सिटी तीन पाइला पृथ्वीमा खोल, जसबाट मनुष्य सदा निरोगी, सम्पन्न बनून्। पृथ्वीको ३ पाइला पनि कसैले दिदैनन्। भन्छन् बी. के. ले जादू गर्छन्, भाइ-बहिनी बनाउँछन्। तिम्रो लागि ड्रामामा युक्ति धेरै राम्रो रचिएको छ। भाइ-बहिनीले कुदृष्टि राख्न सक्दैनन्। आजकल त दुनियाँमा यति गन्दा छ, कुरै नसोध। जसरी बाबालाई दया आउँछ, त्यस्तै तिमी बच्चाहरूलाई पनि दया आउनु पर्छ। जसरी बाबाले नर्कलाई स्वर्ग बनाइरहनु भएको छ, त्यस्तै तिमी रहमदिल बच्चाहरूपनि बाबाको सहयोगी बन्नु छ। पैसा छ भने हस्पिटल तथा विश्व-विद्यालय खोल्दै जाऊ। यसमा धेरै खर्चको कुरा छैन। केवल चित्र राख। जसले कल्प पहिला ज्ञान लिएका होलान् उनीहरूको ताला खुल्छ। उनीहरू आइरहन्छन्। कति बच्चाहरू टाढा-टाढाबाट आउँछन् पढ्नको लागि। बाबाले यस्ता पनि देख्नुभएको छ जो राती एउटा गाऊँबाट आउँछन्, सबेरै सेन्टरमा आएर झोली भरेर जान्छन्। झोली यस्तो पनि नहोस् जुन चुहिरहोस्। उनीहरूले फेरि के पद पाउने छन्! तिमी बच्चाहरूलाई त धेरै खुसी हुनुपर्छ। बेहदका बाबाले हामीलाई पढाउनु हुन्छ, बेहदको वर्सा दिन। कति सहज ज्ञान छ। बाबाले सम्झाउनु हुन्छ जो विल्कुल पत्थरबुद्धि छन् उनलाई पारसबुद्धि बनाउनु छ। बाबालाई त धेरै खुसी रहन्छ। यी गुप्त छन् नि। ज्ञान पनि गुप्त छ। मम्मा-बाबा यस्ता लक्ष्मी-नारायण बन्छन् भने हामी फेरि किन कम बन्ने! हामी पनि सेवा गर्छौं। त्यसैले यो नशा रहनु पर्छ। हामीले योगबलले आफ्नो राजधानी स्थापना गरिरहेका छौं। अहिले हामी स्वर्गको मालिक बन्छौं। त्यहाँ फेरि यो ज्ञान रहने छैन। यो ज्ञान अहिलेको लागि हो। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) समझदार बनेर आफ्ना सबै कुरा धनीको नाममा सफल गर्नु छ। पतितलाई दान गर्नु छैन। ब्राह्मण सिवाय अरू कसैसँग पनि सम्बन्ध राख्नु छैन।

२) बुद्धिरूपी झोलीमा यस्तो कुनै पनि यस्तो छिद्र नहोस् जसले गर्दा ज्ञान चुहिरहोस्। बेहदका बाबाले बेहदको वर्सा दिन पढाइ पढाइरहनु भएको छ, यस गुप्त खुसीमा रहनु छ। बाबा समान रहमदिल बन्नु छ।

वरदान:
सबैलाई उमंग - उत्साहको सहयोग दिएर शक्तिशाली बनाउने सच्चा सेवाधारी भव

सेवाधारी अर्थात् सबैलाई उमंग-उत्साहको सहयोग दिएर शक्तिशाली बनाउनेवाला। अब समय कम छ र रचना धेरैभन्दा धेरै आउँछन्। धेरै आए भनेर केवल यतिमा नै खुशी हुनु हुँदैन। अझै धेरै संख्या बढ्नु छ, त्यसैले तिमीले जो पालना लिएका छौ त्यसको रिटर्न देऊ। निर्बल आत्माहरूको सहयोगी बनेर उनीहरूलाई समर्थ, अचल अडोल बनाऊ अनि भनिन्छ सच्चा सेवाधारी।

स्लोगन:
रूहलाई जतिखेर, जहाँ अनि जसरी चाह्यो त्यसरी स्थित गर यही रूहानी ड्रिल हो।


मातेश्वरीजीको अनमोल महावाक्य :

१) परमात्मा ले गुरु , टिचर , पिताको रूपमा भिन्न-भिन्न सम्बन्धको वर्सा दि नुहुन्छ
हेर, परमात्माले तीन रूप धारण गरेर वर्सा दिनुहुन्छ। उहाँ हाम्रो बाबा पनि हो, टिचर पनि हो भने गुरु पनि हो। अहिले पिताको साथ पिताको सम्बन्ध छ, टिचरको साथ टिचरको सम्बन्ध छ, गुरुद्वारा गुरुपनको सम्बन्ध छ। यदि पितासँग छोडपत्र लिएमा वर्सा कसरी मिल्छ? जब पास भएर टिचरद्वारा सर्टिफिकेट लिइन्छ तब टिचरको साथ मिल्छ। यदि बाबाको वफादार, फरमानदार बच्चा बनेर निर्देशनमा चलिएन भने भविष्य प्रारब्ध बन्दैन। फेरि पूर्ण सद्गतिलाई पनि प्राप्त गर्न सकिदैन, न फेरि बाबासँग पवित्रताको वर्सा लिन सकिन्छ। परमात्माको प्रतिज्ञा छ यदि तिमीले तीव्र पुरुषार्थ गर्यौ भने तिमीलाई १०० गुना फाइदा दिने छु। केवल भन्ने मात्र होइन, उहाँसँग सम्बन्ध पनि गहिरो चाहिन्छ। अर्जुनलाई पनि हुकुम गरिएको थियो सबैलाई मार, निरन्तर मलाई याद गर। परमात्मा त समर्थ हुनुहुन्छ, सर्वशक्तिवान् हुनुहुन्छ, त्यो आफ्नो वचनलाई अवश्य निभाउनु हुन्छ, तर बच्चाहरू पनि जब बाबासँग तोड निभाउँछन्, जब सबैबाट बुद्धियोग तोडेर एक परमात्मासँग जोड्ने छन्, तब नै उहाँबाट सम्पूर्ण वर्सा मिल्ने छ।

२) सर्व मनुष्य आत्माहरू पुनर्जन्ममा आउँछ न्
हेर, जति पनि धर्म स्थापना गर्न आउँछन्, तिनीहरूले पुनर्जन्म लिएर आफ्नो धर्मको पालना गर्न आउँछन्। ती न स्वयं मुक्त हुन्छन्, न अरूलाई मुक्त गर्छन्, यदि यसरी मुक्त हुँदै जाने भए त आखिरमा मुक्त भएका कोही पनि सृष्टिमा रहने थिएनन्। तर यस्तो त हुन सक्दैन पापात्मा यहाँ बसिरहून् र पुण्यात्मा जाऊन्। जस्तै संन्यासी छन्, तिनीहरू निर्विकारी हुन्छन्, यदि उनीहरू मुक्त हुने हो भने त पापात्मा मात्र रहने थिए, फेरि त न संन्यासीहरूको वृद्धि भएको देखिन्थ्यो र न सृष्टि यसरी चल्न सक्ने थियो। पुण्य आत्माहरूले सृष्टिलाई थमाउँछन् निर्विकारी बलको सहाराले, त्यसैले सृष्टि चल्छ। नत्र कामाग्निले सृष्टि जल्छ। त्यसैले यो नियम छैन बीचैबाट कुनै आत्मा मुक्ति पदमा जान सकोस्। जस्तै वृक्षको एक पात पनि बीजमा समाहित हुन सक्दैन, वृक्ष पैदा भएर वृद्धि हुँदै जीर्ण हुनुपर्छ फेरि नयाँ वृक्ष इमर्ज हुन्छ। त्यसैले जति पनि धर्म स्थापना गर्न आउँछन्, तिनीहरूले फेरि पालना अवश्य गर्छन्। तर जसको हामीले सहारा पक्रेका छौं, उहाँले जब अनेक अधर्मको विनाश गर्नुहुन्छ, तब एक धर्म स्थापना हुन्छ। उहाँले स्थापना, विनाश र पालना तीन काम गर्नुहुन्छ र धर्म पिताहरूले केवल स्थापनाको कार्य गर्छन्, विनाशको कार्य गर्दैनन्। विनाशको काम गराउने, त्यो त परमात्माको हातमा छ, त्यसैले उहाँलाई त्रिमूर्ति भनिन्छ। अच्छा! ओम् शान्ति।