18.04.19          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे यो पुरुषोत्तम युग नै गीता अध्याय हो, यसमा नै तिमीले पुरुषार्थ गरेर उत्तम पुरुष अर्थात्देवता बन्नु छ।

प्रश्न:
कुन एक कुराको सदैव ध्यान रह्यो भने बेडा पार हुन्छ?

उत्तर:
सदैव ध्यान रहोस् हामीलाई ईश्वरीय सङ्गतमा रहनु छ, तब नै बेडा पार हुन्छ। यदि सङ्गदोषमा आयौ, संशय आयो भने बेडा विषय सागरमा डुब्छ। बाबाले जे सम्झाउनुहुन्छ त्यसमा बच्चाहरूलाई अलिकति पनि संशय आउनु हुँदैन। बाबा तिमी बच्चाहरूलाई आफू समान पवित्र र ज्ञानवान् बनाउन आउनु भएको छ। बाबाको सङ्गमा नै रहनु छ।

ओम् शान्ति ।
भगवानुवाच प्यारा बच्चाहरूले जानेका छन् बाबाले त्यही राजयोग सिकाइरहनु भएको छ जुन ५ हजार वर्ष पहिला सम्झाउनु भएको थियो। बच्चाहरूलाई थाहा छ, दुनियाँलाई त थाहा छैन त्यसैले सोध्नुपर्छ गीताका भगवान् कहिले आउनुभयो? भगवानले जुन भन्नु भएको छ म राजयोग सिकाएर तिमीलाई राजाहरूको पनि राजा बनाउछु, त्यो गीता अध्याय कहिले भएको थियो? यो सोध्नुपर्छ। यो कुरा कसैले पनि जान्दैनन्। तिमीले अहिले यथार्थमा सुनिरहेका छौ। गीताको अध्याय हुनु पनि पर्छ कलियुगको अन्त्य र सत्ययुग आदिको बीचमा। आदि सनातन देवी-देवता धर्मको स्थापना गर्नुहुन्छ भने अवश्य संगममा नै आउनुहुन्छ। पुरुषोत्तम संगमयुग हुन्छ अवश्य। हुन त पुरुषोत्तम वर्ष भनेर गायन गर्छन् तर बिचराहरूलाई थाहा छैन। तिमी मीठा-प्यारा बच्चाहरूलाई थाहा छ, उत्तम पुरुष बनाउनको लागि अर्थात् मनुष्यलाई उत्तम देवता बनाउनको लागि बाबा आएर पढाउनुहुन्छ। मनुष्यहरूमा उत्तम पुरुष यी देवताहरू (लक्ष्मी-नारायण) हुन्। मनुष्यहरूलाई देवता बनाउनुभयो यस संगमयुगमा। देवताहरू अवश्य सत्ययुगमा नै हुन्छन्। बाँकी सबै छन् कलियुगमा। तिमी बच्चाहरू जानेका छौ हामी हौं संगमयुगी ब्राह्मण। यो पक्का-पक्का याद गर्नु छ। नत्र आफ्नो कुल कहिल्यै कसैले भुल्दैन। तर यहाँ मायाले भुलाइदिन्छ। हामी ब्राह्मण कुलका हौं फेरि देवता कुलको बन्छौ। यदि यो याद रह्यो भने पनि धेरै खुशी रहन्छ। तिमी राजयोग पढ्दछौ। सम्झाउँछौ अब फेरि भगवान् गीताको ज्ञान सुनाइरहनु भएको छ र भारतको प्राचीन योग पनि सिकाइरहनु भएको छ। हामी मनुष्यबाट देवता बनिरहेका छौ। बाबाले भन्नु भएको छ काम महाशत्रु हो, यसमाथि विजय प्राप्त गर्नाले तिमी जगतजित बन्छौ। पवित्रताको कुरामा कति विवाद गर्छन्। मनुष्यहरूको लागि विकार त जस्तो कि एक खजाना हो। लौकिक पिताबाट यो वर्सा मिलेको छ। बालक पैदा भएपछि पहिला-पहिला बुवाको यो वर्सा मिल्छ, शादी बर्बादी गराउँछन्। बेहदका बाबा भन्नुहुन्छ काम महाशत्रु हो, अवश्य कामलाई जित्नाले नै जगतजित बन्छौ। बाबा अवश्य संगममा नै आउनुहुन्छ। महाभारी महाभारत लडाईं पनि छ। हामी पनि यहाँ अवश्य छौ। यस्तो पनि होइन, सबैले तुरून्तै काममाथि विजय पाउँछन्। हरेक कुरामा समय लाग्छ। मुख्य कुरा बच्चाहरू यही लेख्छन् बाबा हामी विषय वैतरणी नदीमा गिर्यौ। त्यसैले अवश्य कुनै अध्यादेश छ। बाबाको आदेश छ कामलाई जित्यौ भने तिमी जगतजित बन्छौ। यस्तो होइन, जगतजित बनेर फेरि विकारमा जान्छन्। जगतजित यी लक्ष्मी नारायण हुन्, यिनीहरूलाई भनिन्छ सम्पूर्ण निर्विकारी। देवताहरूलाई सबैले निर्विकारी भन्छन्, जसलाई तिमी रामराज्य भन्छौ। त्यो हो निर्विकारी दुनियाँ। यो हो विकारी दुनियाँ, अपवित्र गृहस्थ आश्रम। बाबाले सम्झाउनु भएको छ तिमी पवित्र गृहस्थ आश्रमका थियौ। अब ८४ जन्म लिंदै लिंदै अपवित्र बनेका छौ। ८४ जन्मको नै कहानी छ। नयाँ दुनियाँ अवश्य यस्तो निर्विकारी हुनुपर्छ। भगवान्, जो पवित्रताको सागर हुनुहुन्छ, वहाँले नै स्थापना गर्नुहुन्छ फेरि रावण राज्य पनि अवश्य आउनु छ। नाम नै छ राम राज्य र रावण राज्य। रावण राज्य, मतलव आसुरी राज्य। अहिले तिमी आसुरी राज्यमा बसेका छौ। यी लक्ष्मी-नारायण हुन् दैवी राज्यको निशानी। तिमी बच्चाहरूले प्रभात-फेरी आदि निकाल्छौ। प्रभात बिहानलाई भनिन्छ, त्यतिबेला मनुष्यहरू सुतिरहन्छन् त्यसैले ढिलो निकाल्छौ। प्रदर्शनी पनि राम्रो तब हुन्छ जब त्यहाँ सेन्टर पनि हुन्छ। जहाँ आएर बुझुन् काम महाशत्रु हो, यसमाथि विजय प्राप्त गर्नाले जगतजित बनिन्छ। ट्रान्सलाइटवाला लक्ष्मी-नारायणको चित्र साथमा अवश्य हुनुपर्छ। यिनीहरूलाई कहिल्यै बिर्सिनुहुँदैन। एउटा यो चित्र अनि सिँढी। ट्रकमा जसरी देवीहरूलाई निकाल्छन् त्यसरी नै तिमीले दुइ-तीन ट्रक सजाएर त्यसमा मुख्य चित्र निकाल्यौ भने राम्रो लाग्छ। दिन-प्रतिदिन चित्रहरूको वृद्धि पनि हुँदै जान्छ। तिम्रो ज्ञान वृद्धि हुँदै जान्छ। बच्चाहरूको पनि वृद्धि हुँदै जान्छ। त्यसमा गरिब धनवान् सबै आइहाल्छ। शिवबाबाको भण्डारा भरिदै जान्छ। जसले भण्डारा भर्दछन्, उनीहरूलाई वहाँ रिटर्नमा कैयौं गुणा मिल्छ। त्यसैले बाबा भन्नुहुन्छ मीठा-प्यारा बच्चाहरू! तिमी हौ पद्मापद्मपति बन्नेवाला, त्यो पनि २१ जन्मको लागि। बाबा स्वयं भन्नुहुन्छ तिमी जगतको मालिक बन्छौ, २१ पीढीसम्म। म स्वयं डाइरेक्ट आएको छु। तिम्रो लागि हत्केलामा स्वर्ग ल्याएको छु। जसरी बच्चा जब जन्मन्छ भने पिताको वर्सा उसको हातमा नै हुन्छ। पिताले भन्छन् यो घर-बार आदि सबैथोक तिम्रो हो। बेहदका बाबा पनि भन्नुहुन्छ तिमी मेरो बन्छौ भने स्वर्गको बादशाही तिम्रै लागि हो २१ पिँढी किनकि तिमी कालमाथि विजय प्राप्त गर्छौ, त्यसैले बाबालाई महाकाल भनिन्छ। महाकाल कुनै मार्नेवाला होइन। उहाँको त महिमा गरिन्छ। सम्झन्छन् भगवानले यमदूत पठाएर मगाउनुभयो। यस्तो कुनै कुरा होइन। यी सबै हुन् भक्तिमार्गका कुरा। बाबा भन्नुहुन्छ म कालहरूको पनि काल हुँ। पहाडियाहरूले महाकाललाई पनि धेरै मान्छन्। महाकालको मन्दिर पनि छ। यस्तो झण्डाहरू लगाइदिन्छन्। त्यसैले बाबा बसेर बच्चाहरूलाई सम्झाउनुहुन्छ। राइट कुरा हो, यो पनि बुझ्दछौ। बाबालाई याद गर्नाले नै जन्म-जन्मान्तरको विकर्म भस्म हुन्छ, त्यसैले त्यसको प्रचार गर्नुपर्छ। कुम्भको मेला आदि धेरै लाग्छ। स्नान गर्नुको पनि धेरै महत्त्व बताइएको छ। अब तिमी बच्चाहरूलाई यो ज्ञान अमृत ५ हजार वर्षपछि मिल्छ। वास्तवमा यसको अमृत नाम होइन। यो त पढाइ हो। यो सबै हो भक्तिमार्गको नाम। अमृत नाम सुनेर चित्रहरूमा पानी देखाइएको छ। बाबा भन्नुहुन्छ म तिमीलाई राजयोग सिकाउँछ। पढाइबाट नै उच्च पद मिल्छ। त्यो पनि म पढाउँछ। भगवानको कुनै यस्तो सजिएको रूप त छैन। यो त बाबा यिनमा आएर पढाउनुहुन्छ। पढाएर आत्माहरूलाई आफू समान बनाउनुहुन्छ। स्वयं लक्ष्मी-नारायण त यहाँ छैनन् जसले आफू समान बनाऊन्। आत्माले पढ्छ, उनीहरूलाई आफू समान नलेजफुल बनाउनुहुन्छ। यस्तो होइन, भगवान् भगवती बनाउनुहुन्छ। उनीहरूले कृष्णलाई देखाएका छन्। उनले कसरी पढाउन सक्छन्? सत्ययुगमा पतित कहाँ हुन्छन् र। कृष्ण त हुन्छन् नै सत्ययुगमा। फेरि कहिल्यै पनि कृष्णलाई तिमीले देख्नेछैनौ। ड्रामामा हर एकको पुनर्जन्मको चित्र (शरीर) एकदम भिन्न हुन्छ। अद्भुत ड्रामा हो, बनी-बनाऊ... बाबा पनि भन्नुहुन्छ तिमी हुबहू यही आकृति यसै कपडामा कल्प-कल्प तिमी नै पढ्दै आउँछौ। जस्ताको त्यस्तै दोहोरिन्छ नि। आत्मा एक शरीर छोडेर फेरि अर्को त्यही लिन्छ, जुन कल्प पहिला लिएको थियो। ड्रामामा केही पनि फरक पर्न सक्दैन। त्यो हुन्छ हदको कुरा, यो हो बेहदको कुरा। जुन बेहदको बाबा सिवाय कसैले सम्झाउन सक्दैन। यसमा कुनै संशय हुनुहुँदैन। निश्चयबुद्धि भएर फेरि कुनै न कुनै संशयमा आउँछन्। सङ्गत लाग्न जान्छ। ईश्वरीय सङ्गतमा चल्दै रहेमा पार हुन्छन्। सत्यको सङ्गत छोडे भने विषय सागरमा डुब्नेछन्। एकातर्फ छ क्षीरसागर, अर्कोतर्फ छ विषय सागर। ज्ञान अमृत पनि भन्छन्। बाबा हुनुहुन्छ ज्ञानसागर। उहाँको महिमा पनि छ। जुन उहाँको महिमा छ त्यो लक्ष्मी-नारायणलाई दिन सकिदैन। कृष्ण कुनै ज्ञानका सागर होइनन्। बाबा हुनहुन्छ पवित्रताका सागर। ती देवताहरू सत्ययुग-त्रेतामा पवित्र हुन्छन् तर सदैवको लागि त रहदैनन्। फेरि पनि आधाकल्प पछि गिर्छन्। बाबा भन्नुहुन्छ म आएर सबैको सद्गति गछु। सद्गति दाता म एक हुँ। तिमी सद्गतिमा जान्छौ, फेरि यी कुरा नै हुँदैनन्। अहिले तिमी बच्चाहरू सम्मुख बसेका छौ। तिमी पनि शिवबाबासँग पढेर शिक्षक बनेका छौ। मुख्य प्रिन्सीपल उहाँ हुनुहुन्छ। तिमी आउँछौ पनि उहाँको पासमा। भन्दछन् हामी शिवबाबाको पासमा आएका छौ। अरे, उहाँ त निराकार हुनुहुन्छ। हो, उहाँ आउनुहुन्छ, यिनको तनमा। त्यसैले भन्छन् बापदादाको पासमा जान्छौ। यी बाबा हुन् उहाँको रथ, जसमा उहाँको सवारी छ। उनलाई रथ, घोडा, अश्व पनि भन्छन्। यस बारेमा पनि एक कथा छ दक्ष प्रजापिताले यज्ञ रचे। कहानी लेखिदिएका छन्। तर यस्तो त होइन। शिवभगवानुवाच म तब आउँछु जब भारतमा अति धर्म ग्लानि हुन्छ। गीतावादीहरूले भन्छन् यदा यदा हि... तर अर्थ बुझ्दैनन्। तिम्रो यो धेरै सानो वृक्ष हो, यसलाई तुफान पनि लाग्छ। नयाँ वृक्ष हो नि, फेरि यो फाउण्डेशन पनि हो। यति धेरै अनेक धर्महरूको बीचमा आदि सनातन देवी-देवता धर्मको कलमी लगाउनुहुन्छ। कति मेहनत छ। अरूलाई (धर्म गुरुहरूलाई) मेहनत लाग्दैन। उनीहरू माथिबाट आइरहन्छन्। यहाँ त जो सत्ययुग-त्रेतामा आउनेवाला हुन्, उनीहरूको आत्माहरू बसेर पढ्छन्। जो पतित छन्, उनीहरूलाई पावन देवता बनाउनको लागि बाबा बसेर पढाउनुहुन्छ। गीता त यिनले पनि धेरै पढ्थे। जसरी अहिले आत्माहरूलाई याद गरेर दृष्टि दिइन्छ ताकि पाप काटियोस्। भक्तिमार्गमा फेरि गीताको अगाडि जल राखेर पढ्छन्। सम्झन्छन् पितृहरूको उद्धार हुन्छ, त्यसैले पितृहरूलाई याद गर्छन्। भक्तिमा गीताको धेरै मान राख्थे। अरे, बाबा कुनै कम भक्त थिए र! रामायण आदि सबै पढ्थ। धेरै खुशी हुन्थ्यो। त्यो सबै विगत भयो। अब बाबा भन्नुहुन्छ बितेकोलाई याद नगर। बुद्धिबाट सबै निकालिदेऊ। बाबाले स्थापना, विनाश र राजधानीको साक्षात्कार गराउनुभयो, त्यसैले त्यो पक्का भयो। यी सबै खत्तम हुनु छ यो थाहा थिएन। बाबाले सम्झाउनुभयो यो सबै हुन्छ। समय कहाँ लाग्छ र। म गएर फलाना राजा बन्छ। थाहा छैन, बाबा के-के सोचिरहन्थे। तिमी बच्चाहरू जानेका छौ बाबाको प्रवेश कसरी भयो। यो कुरा मनुष्यहरू जान्दैनन्। ब्रह्मा, विष्णु, शंकरको नाम त लिन्छन् तर यी तीनमध्ये कसमा प्रवेश गर्नुहुन्छ, अर्थ जान्दैनन्। उनीहरू विष्णुको नाम लिन्छन्। अब उनी त हुन् देवता। उनले कसरी पढाउँछन्। बाबा स्वयं बताउनुहुन्छ म यिनमा प्रवेश गर्छ। त्यसैले देखाइएको छ ब्रह्माद्वारा स्थापना। उनले पालना र उनले विनाश। यो धेरै बुझ्नुपर्ने कुरा छ। भगवानुवाच म तिमीलाई राजयोग सिकाउँछ। उहाँ भगवान् कहिले आउनु भयो, जुन राजयोग सिकाउनुभयो र राजाई पद दिलाउनुभयो, यो अहिले तिमी बुझ्दछौ। ८४ जन्मको रहस्य पनि सम्झाउनु भएको छ। पूज्य-पुजारीको पनि सम्झाउनु भएको छ। विश्वमा शान्तिको राज्य यी लक्ष्मी-नारायणको थियो नि, जुन सारा दुनियाँ चाहन्छ। जब लक्ष्मी-नारायणको राज्य थियो त्यस समय सबै शान्तिधाममा थिए। अब हामी श्रीमतमा यो कार्य गरिरहेका छौ। अनेकपल्ट गरेका हौं र गर्दै रहनेछौ। यो पनि जानेका छौ करोडौंमा कोही निस्कनेछ। देवी-देवता धर्मका आत्मालाई नै दिलमा लाग्छ। यहाँको नै कुरा हो। जो यस कुलको हुन्छ उनीहरू निस्किरहेका छन् र निस्कदै रहनेछन्। जसरी तिमी निस्केका हौ, त्यसरी अरू प्रजा पनि बनि रहनेछन्। जसले राम्रो पढ्छन् उनीहरूले राम्रो पद पाउँछन्। मुख्य हो ज्ञान-योग। योगको लागि पनि ज्ञान चाहिन्छ। फेरि पावर हाउसको साथ योग चाहिन्छ। योगले विकर्म विनाश हुन्छ अनि स्वस्थ र सम्पत्तिवान् बन्छौ। सम्मान सहित पास पनि हुनेछौ। अच्छा

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) जुन कुरा बित्यो, त्यसको चिन्तन गर्नु छैन। अहिलेसम्म जे जति पढ्यौ त्यसलाई भुल्नु छ, एक बाबासँग सुन्नु छ र आफ्नो ब्राह्मण कुललाई सदा याद राख्नु छ।

२) पूरा निश्चयबुद्धि भएर रहनु छ। कुनै पनि कुरामा संशय उठाउनु हुँदैन। ईश्वरीय सङ्गत र पढाइ कहिल्यै पनि छोड्नु हुँदैन।


वरदान:
वरदाताद्वारा सर्वश्रेष्ठ सम्पत्तिको वरदान प्राप्त गर्ने सम्पत्तिवान भव

कसै सँग यदि केवल स्थूल सम्पत्ति छ भने सदा सन्तुष्ट रहन सक्दैन। स्थूल सम्पत्तिका साथ यदि सर्व गुणहरूको सम्पत्ति, सर्व शक्तिहरूको सम्पत्ति र ज्ञानको श्रेष्ठ सम्पत्ति छैन भने सन्तुष्टता सदा रहन सक्दैन। तिमीहरू सबै सँग त यी सबै श्रेष्ठ सम्पत्ति छन्। दुनियाँले केवल स्थूल सम्पत्ति भएकालाई सम्पत्तिवान सम्झन्छन्, तर वरदाता बाबाद्वारा तिमी बच्चाहरूलाई सर्वश्रेष्ठ सम्पत्तिवान भवको वरदान प्राप्त भएको छ।

स्लोगन:
सच्चा साधनाद्वारा हाय-हायलाई वाह-वाहमा परिवर्तन गर।