18.07.20          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे तिमी डबल अहिंसक रूहानी सेना हौ , तिमीले श्रीमतको आधारमा आफ्नो दैवी राजधानी स्थापना गर्नु छ।

प्रश्न:
तिमी रूहानी सेवाधारी बच्चाहरूले सबैलाई कुन कुराको चेतावनी दिन्छौ?

उत्तर:
तिमीले सबैलाई चेतावनी दिन्छौ यो त्यही महाभारत लडाईंको समय हो, अब यो पुरानो दुनियाँ विनाश हुनु छ, बाबाले नयाँ दुनियाँको स्थापना गराइरहनु भएको छ। विनाशपछि फेरि जयजयकार हुन्छ। तिमीले आपसमा मिलेर राय सल्लाह गर्नु छ विनाश भन्दा पहिला सबैलाई बाबाको परिचय कसरी मिल्न सक्छ।

गीत:
तूने रात गँवाई सो के....

ओम् शान्ति ।
बाबाले सम्झाइरहनु भएको छ उच्च भन्दा उच्च हुनुहुन्छ भगवान। फेरि उहाँलाई कमाण्डर इन चीफ आदि भन्न सकिन्छ किनकि तिमी सेना हौ नि। तिम्रो सुप्रिम कमाण्डर को हुनुहुन्छ? यो पनि जानेका छौ। दुई सेना छन् ती हुन् जिस्मानी, तिमी हौ रूहानी। तिनीहरू हदका तिमी बेहदका। तिमीहरूमा कमाण्डर पनि छन्, जनरल पनि छन्, लेफ्टीनेन्ट पनि छन्। बच्चाहरूले जानेका छन् हामीले श्रीमतको आधारमा राजधानी स्थापना गरिरहेका छौं। लडाईं आदिको त कुनै कुरा छैन। हामीले सारा विश्वमा फेरि आफ्नो दैवी राज्य स्थापना गरिरहेका छौं श्रीमतको आधारमा। कल्प-कल्प हाम्रो यो पार्ट चल्छ। यो सबै हो बेहदको कुरा। ती अन्य लडाईंमा यो कुरा हुँदैन। उच्च भन्दा उच्च बाबा हुनुहुन्छ। उहाँलाई जादूगर, रत्नागर र ज्ञानका सागर पनि भनिन्छ। बाबाको महिमा अपरम्पार छ। तिमीले बुद्धिद्वारा केवल बाबालाई याद गर्नु छ। मायाले याद गर्न बिर्साइदिन्छ। तिमी हौ डबल अहिंसक रूहानी सेना। तिमीलाई यही ख्याल चल्छ हामीले आफ्नो राज्य कसरी स्थापना गरौं। ड्रामाले अवश्य गराउँछ। पुरुषार्थ त गर्नुपर्छ नि। जो राम्रा-राम्रा बच्चाहरू छन्, आपसमा राय सल्लाह गर्नुपर्छ। मायासँग तिम्रो युद्ध त अन्त्यसम्म चलिरहन्छ। यो पनि जानेका छौ महाभारत लडाईं त अवश्य हुनु नै छ। नत्र पुरानो दुनियाँको विनाश कसरी हुन्छ। बाबाले हामीलाई श्रीमत दिइरहनु भएको छ। हामी बच्चाहरूले फेरि आफ्नो राज्य-भाग्य स्थापना गर्नु छ। यस पुरानो दुनियाँको विनाश भएर फेरि जयजयकार हुनु नै छ, जसको लागि तिमी निमित्त बनेका छौ। त्यसैले आपसमा भेट्नु पर्छ। कसरी-कसरी हामीले सेवा गरौं। सबैलाई बाबाको सन्देश सुनाऔं, अब यस पुरानो दुनियाँको विनाश हुनु छ। बाबाले नयाँ दुनियाँको स्थापना गरिरहनु भएको छ। लौकिक पिताले नयाँ घर बनाए भने बच्चाहरू खुसी हुन्छन्। त्यो हो हदको कुरा, यो हो सारा विश्वको कुरा। नयाँ दुनियाँलाई सत्ययुग, पुरानो दुनियाँलाई कलियुग भनिन्छ। अहिले पुरानो दुनियाँ हो त्यसैले यो थाहा हुनुपर्छ बाबा कहिले र कसरी आएर नयाँ दुनियाँ स्थापना गर्नुहुन्छ। यो कुरा तिमीहरूले नम्बरवार पुरुषार्थ अनुसार जानेका छौ। सबै भन्दा ठूलो हुनुहुन्छ बाबा, बाँकी फेरि नम्बरवार महारथी, घोडसवार, पैदल सेना छन्। कमाण्डर, क्याप्टेन यो त केवल उदाहरण दिएर सम्झाइन्छ। त्यसैले बच्चाहरूले आपसमा मिलेर राय निकाल्नुपर्छ कसैलाई पनि बाबाको परिचय कसरी दिने, यो हो रूहानी सेवा। हामी आफ्ना भाइ-बहिनीहरूलाई चेतावनी कसरी दिऔं, बाबा नयाँ दुनियाँ स्थापना गर्नको लागि आउनु भएको छ। पुरानो दुनियाँको विनाश पनि सामुन्ने खडा छ। यो त्यही महाभारत लडार्इं हो। महाभारत लडाईंपछि फेरि के हुन्छ? मानिसहरूले त यो कुरा बुझ्दैनन्।

तिमीले अहिले महसुस गर्छौ अहिले हामी संगममा पुरुषोत्तम बनिरहेका छौं। अहिले बाबा आउनु भएको छ पुरुषोत्तम बनाउन। यसमा लडार्इं आदिको कुनै कुरा छैन। बाबाले सम्झाउनु हुन्छ प्यारा बच्चाहरू! पतित दुनियाँमा एकजना पनि पावन हुन सक्दैन। पावन दुनियाँमा फेरि एकजना पनि पतित हुन सक्दैन। यति सानो कुरा पनि कसैले बुझ्दैनन्। तिमी बच्चाहरूलाई सबै चित्र आदिको सार सम्झाइन्छ। भक्तिमार्गमा मनुष्यले जप-तप, दान-पुण्य आदि जे पनि गर्छन्, त्यसबाट अल्पकालको लागि काग विष्टा समान सुखको प्राप्ति हुन्छ। तर जब कोही यहाँ आएर बुझ्छन् तब यी कुरा बुद्धिमा बस्न सक्छ। यो हो नै भक्तिको राज्य। ज्ञान अलिकति पनि छैन। जसरी पतित दुनियाँमा पावन एक जना पनि छैन, त्यस्तै ज्ञान पनि एक सिवाय अरू कुनैमा छैन। वेद-शास्त्र आदि सबै भक्तिमार्गका हुन्। सिँढी उत्रिनु नै छ। अहिले तिमी ब्राह्मण बनेका छौ, यसमा नम्बरवार सेना छन्। मुख्य-मुख्य जो कमाण्डर, क्याप्टेन, जनरल आदि छन्, उनीहरूले आपसमा मिलेर राय गर्नुपर्छ, हामीले बाबाको सन्देश कसरी दिऔं। बच्चाहरूलाई सम्झाइएको छ मेसेन्जर, पैगम्बर अथवा गुरु एकै हुन्। बाँकी सबै हुन् भक्तिमार्गका। संगमयुगी केवल तिमी मात्र हौ। यो लक्ष्मी-नारायण लक्ष्य-उद्देश्य बिलकुल एक्युरेट छ। भक्तिमार्गमा सत्य-नारायणको कथा, तीजरीको कथा, अमरकथा बसेर सुनाउँछन्। अहिले बाबाले तिमीलाई सच्चा सत्य-नारायणको कथा सुनाइरहनु भएको छ। भक्तिमार्गमा हुन्छन् पास्टका कुरा, जो बितेर जान्छन् उनको पछि मन्दिर आदि बनाउँछन्। जसरी शिवबाबाले अहिले तिमीलाई पढाइरहनु भएको छ, पछि भक्तिमार्गमा यादगार बनाउँछन्। सत्ययुगमा शिव वा लक्ष्मी-नारायण आदि कसैको पनि चित्र हुँदैन। ज्ञान बिलकुल बेग्लै छ, भक्ति बेग्लै छ। यो पनि तिमीलाई थाहा छ। बाबाले भन्नुभएको छहियर नो इभिल, टक नो इभिल...।

तिमी बच्चाहरूलाई अहिले कति खुसी छ, नयाँ दुनियाँ स्थापना भइरहेको छ। सुखधामको स्थापनाको लागि बाबाले हामीलाई फेरि निर्देशन दिइरहनु भएको छ, त्यसमा पनि नम्बरवन निर्देशन दिनुहुन्छ पावन बन। पतित त सबै छन् नि। जो राम्रा-राम्रा बच्चाहरू छन् उनीहरूले आपसमा मिलेर सर-सल्लाह गर्नुपर्छ। सेवालाई कसरी बढाउने? गरिबहरूलाई कसरी सन्देश दिने? बाबा त कल्प पहिला जस्तै आउनु भएको छ। भन्नुहुन्छ आफूलाई आत्मा सम्झेर म पितालाई याद गर। राजधानी अवश्य स्थापना हुनु छ। अवश्य बुझ्छन्। जो देवी-देवता धर्मका होइनन् उनीहरूले बुझ्दैनन्। विनाश कालमा ईश्वरसँग विपरीत बुद्धि हुन्छन् नि। तिमी बच्चाहरूलाई थाहा छ हाम्रो मालिक हुनुहुन्छ बाबा। तिमी न विकारमा जानु छ, न लडाईं-झगडा गर्नु छ। तिम्रो ब्राह्मण धर्म धेरै उच्च छ। उनीहरू शूद्र धर्मका, तिमी ब्राह्मण धर्मका। तिमी चोटी, उनीहरू पाउ। चोटी भन्दा माथि हुनुहुन्छ उच्च भन्दा उच्च निराकार भगवान। यी आँखाद्वारा नदेख्ने भएकाले विराट् रूपमा चोटी (ब्राह्मण) र शिवबाबालाई देखाउँदैनन्। केवल भन्छन् देवता, क्षत्रिय, वैश्य, शूद्र। जो देवता बन्छन् तिनै फेरि पुनर्जन्म लिएर क्षत्रिय, वैश्य, शूद्र बन्छन्। विराट् रूपको पनि अर्थ कसैले जानेका छैनन्। अहिले तिमीलाई थाहा छ, त्यसैले करेक्ट चित्र बनाउनु पर्छ। शिवबाबा पनि देखाइएको छ र ब्राह्मण पनि देखाइएको छ, तिमीले अब सबैलाई यो सन्देश दिनु छ आफूलाई आत्मा सम्झेर बाबालाई याद गर। तिम्रो काम हो सन्देश दिनु। जसरी बाबाको महिमा अपरमअपार छ, त्यस्तै भारतवर्षको पनि धेरै ठूलो महिमा छ। यो पनि ७ दिन कसैले सुने भने तब बुद्धिमा बस्छ। भन्छन् फुर्सद छैन। अरे, आधा कल्प पुकार्दै आएका छौ, अब उहाँ प्राक्टिकलमा आउनु भएको छ। बाबा त आउनु नै पर्छ अन्त्यमा। यो पनि तिमी ब्राह्मणले जानेका छौ, नम्बरवार पुरुषार्थ अनुसार। पढाइ सुरु गर्यौ, निश्चय भयो। प्रियतम आउनु भएको छ, जसलाई हामीले पुकार्थ्यौं, अवश्य कुनै शरीरमा आउनु भएको हुनुपर्छ। उहाँको आफ्नो शरीर त छैन। बाबा भन्नुहुन्छ म यिनमा प्रवेश गरेर तिमी बच्चाहरूलाई सृष्टि-चक्रको, रचयिता र रचनाको ज्ञान दिन्छु। यो अरू कसैले पनि जानेका छैनन्। यो पढाइ हो। धेरै सरल बनाएर तिमीलाई सम्झाउनु हुन्छ। बाबा भन्नुहुन्छ मैले तिमीलाई कति धनवान बनाउँछु। कल्प-कल्प तिमी जस्तो पवित्र र सुखी कोही पनि हुँदैन। तिमी बच्चाहरूले यस समयमा सबैलाई ज्ञान दान दिन्छौ। बाबाले तिमीलाई रत्नहरूको दान दिनुहुन्छ, तिमीले अरूलाई दिन्छौ। विश्वलाई स्वर्ग बनाउँछौ। तिमीले आफ्नै तन-मन-धनबाट श्रीमत अनुसार स्वर्ग बनाइरहेका छौ। कति

उच्च कार्य हो। तिमी गुप्त सेना हौ, कसैलाई पनि थाहा छैन। तिमीलाई थाहा छ हामीले विश्वको बादशाही लिइरहेका छौं, श्रीमतद्वारा श्रेष्ठ बन्छौं। अब बाबा भन्नुहुन्छ म एकलाई याद गर। कृष्णले त भन्न सक्दैनन्, उनी त राजकुमार थिए। तिमी राजकुमार बन्छौ नि। सत्ययुग-त्रेतामा पवित्र प्रवृत्ति मार्ग हुन्छ। अपवित्र राजाहरूले पवित्र राजा-रानी, लक्ष्मी-नारायणको पूजा गर्छन्। पवित्र प्रवृत्ति मार्गको राज्य चल्छ, त्यसपछि हुन्छ अपवित्र प्रवृत्ति मार्ग। आधा-आधा छ नि, दिन र रात। लाखौं वर्षको कुरा भयो भने त आधा-आधा हुन सक्दैन। लाखौं वर्ष भयो भने हिन्दुहरू जो वास्तवमा देवता धर्मका हुन्, उनको संख्या धेरै हुनुपर्थ्यो। अनगिन्ती हुनुर्थ्यो। अहिले त गणना गर्न सकिन्छ नि। यो ड्रामामा निश्चित छ, फेरि पनि हुन्छ। मृत्यु सामुन्ने खडा छ। यो त्यही महाभारत लडार्इं हो। त्यसैले आपसमा मिलेर सेवाको योजना बनाउनु पर्छ। सेवा त गरिरहन्छन्। नयाँ-नयाँ चित्र पनि निस्किन्छन्, प्रदर्शनी पनि गर्छन्। ठीक छ, अब फेरि के गर्न सकिन्छ? ठीक छ रूहानी सँग्रहालय बनाऊ। स्वयंले हेरेर गए भने फेरि अरूलाई पठाउँछन्। गरिब वा धनवानले धर्माऊ त निकाल्छन् नि। धनवानले धेरै निकाल्छन्, यसमा पनि यस्तै हो। कसैले एक हजार निकाल्छन्, कसैले कम। कसैले त दुई रूपैया पनि पठाउँछन्। भन्छन्, एक रूपैयाको इँटा लगाइदिनुहोला। एक रूपैया २१ जन्मको लागि जम्मा गरिदिनुहोला। यो हो गुप्त। गरिबको एक रूपैया, धनवानको एक हजार बराबर हुन्छ। गरिबसँग थोरै मात्र छ त्यसैले के गर्न सक्छन्। हिसाब छ नि। व्यापारीहरूले धर्माऊ निकाल्छन्, अब के गर्नुपर्छ। बाबालाई मदत गर्नुपर्छ। बाबाले फेरि रिटर्नमा २१ जन्मको लागि दिनुहुन्छ। बाबा आएर गरिबहरूलाई मदत गर्नु हुन्छ। अब त यो दुनियाँ नै रहँदैन। सबै माटोमा मिल्छ। यो पनि जानेका छौ स्थापना अवश्य हुनु छ कल्प पहिला जस्तै। निराकार बाबा भन्नुहुन्छ प्यारा बच्चाहरू! देहका सबै धर्म त्यागेर एक बाबालाई याद गर। यी ब्रह्मा पनि रचना हुन् नि। ब्रह्मा कसका बच्चा हुन्, कसले रचना गरे? ब्रह्मा-विष्णु-शंकरलाई कसरी रचना गर्छन्? यो पनि कसैले जानेका छैनन्। बाबा आएर सत्य कुरा सम्झाउनु हुन्छ। ब्रह्मा पनि अवश्य मनुष्य सृष्टिमा नै हुनुपर्छ। ब्रह्माको वंशावलीको गायन छ। भगवानले मनुष्य सृष्टिको रचना कसरी रच्नुहुन्छ, यो कसैले पनि जानेका छैनन्। ब्रह्मा त यहाँ नै हुनु पर्छ नि। बाबा भन्नुहुन्छ जसमा मैले प्रवेश गरेको छु, यो पनि धेरै जन्मको अन्तिम जन्म हो। यिनले पूरा ८४ जन्म लिएका छन्। ब्रह्मा कुनै रचयिता होइनन्। रचयिता त एक निराकार नै हुनुहुन्छ। आत्माहरू पनि निराकार हुन्। उहाँ त अनादि हुनुहुन्छ। कसैले रचना गरेको होइन। फेरि ब्रह्मा कहाँबाट आए? बाबा भन्नुहुन्छ मैले यिनमा प्रवेश गरेर नाम परिवर्तन गरेको हुँ। तिमी ब्राह्मणहरूको पनि नाम परिवर्तन गरेँ। तिमी हौ राजऋषि, सुरुमा संन्यास गरेर साथमा रहन थाल्यौ त्यसैले नाम परिवर्तन गरेँ। फेरि देखें मायाले खाइदियो तब माला बनाउन, नाम राख्न छोडिदिएँ।

आजकल दुनियाँमा हर कुरामा धेरै ठगी छ। दूधमा पनि ठगी छ। असली चीज त मिल्दैन। बाबाको लागि पनि ठगी। स्वयंलाई नै भगवान कहलाउन थाल्छन्। अहिले तिमी बच्चाहरूलाई थाहा छ आत्मा के हो, परमात्मा के हो। तिमीहरूमा पनि नम्बरवार पुरुषार्थ अनुसार छौ। बाबाले जान्नुहुन्छ को कसरी पढ्छन् र पढाउँछन्, के पद पाउँछन्। निश्चय छ हामी बाबाद्वारा विश्वको क्राउन प्रिन्स बनिरहेका छौं। यस्तो पुरुषार्थ गरेर देखाउनु छ म क्राउन प्रिन्स बन्ने छु। फेरि ८४ को चक्र लगायौं अब फेरि बन्छौं। यो हो नर्क, यसमा केही पनि छैन। फेरि बाबा आएर भण्डारा भरपुर गरेर काल कंटक हटाउनु हुन्छ। तिमीले सबैसँग सोध यहाँ भण्डारा भरपुर गर्न आउनु भएको हो नि, हैन? अमरपुरीमा काल आउन सक्दैन्। बाबा आउनु हुन्छ नै भण्डारा भरपुर गरेर काल कंटक हटाउन । त्यो हो अमरलोक, यो हो मृत्युलोक। यस्ता मीठा कुरा सुन्नु र सुनाउनु पर्छ। फाल्तु होइन। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) बाबा विश्वको मालिक बन्ने पढाइ पढाउन आउनु भएको छ त्यसैले कहिल्यै यस्तो नभन्नु मलाई फुर्सद छैन। श्रीमत अनुसार तन-मन-धनबाट विश्वलाई स्वर्ग बनाउने सेवा गर्नु छ।

२) आपसमा धेरै मीठा-मीठा ज्ञानका कुरा सुन्नु र सुनाउनु छ। बाबाको यो निर्देशन सदा याद रहोस्हियर नो इभिल, टक नो इभिल....।

वरदान:
पुरुषार्थको सूक्ष्म आलस्यको पनि त्याग गर्ने अलराउण्डर , अलर्ट भव

पुरुषार्थको थकावट आलस्यको निशानी हो। अल्छी चाँडो थाक्छन्, उमंग हुनेहरू अथक हुन्छन्। जो पुरुषार्थमा निराश हुन्छन् उनीहरूलाई नै आलस्य आउँछ, उनीहरू सोच्छन् के गर्ने? यति नै हुन सक्छ, यसभन्दा बढी हुन सक्दैन। हिम्मत छैन, चल्न त चलिरहेका छौं, गर्न त गरिरहेका छौं अब यस सूक्ष्म आलस्यको पनि नाम निशान नरहोस्। यसको लागि सदा अलर्ट, एवररेडी र अलराउण्डर बन।

स्लोगन:
समयको महत्त्वलाई सामुन्ने राखेर सर्व प्राप्तिको खाता पूरा जम्मा गर।