18.11.20          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे अहिले तिमी सत्य बाबाद्वारा सत्य देवता बनिरहेका छौ , त्यसैले सत्ययुगमा सत्सङ्ग गर्ने आवश्यकता हुँदैन।

प्रश्न:
सत्ययुगमा देवताहरूबाट कुनै विकर्म हुन सक्दैन, किन?

उत्तर:
किनकि उनीहरूलाई सत्य बाबाको वरदान मिलेको छ। विकर्म तब हुन्छ जब रावणको श्राप मिल्न थाल्छ। सत्ययुग-त्रेतामा हुन्छ नै सद्गति, त्यस समय दुर्गतिको नामै हुँदैन। विकार नै हुँदैन जसकारण विकर्म होस्। द्वापर-कलियुगमा सबैको दुर्गति हुन्छ त्यसैले विकर्म भइरहन्छ। यो पनि बुझ्ने कुरा हो।

ओम् शान्ति ।
प्यारा रूहानी बच्चाहरूप्रति बाबा बसेर सम्झाउनु हुन्छ उहाँ परमपिता पनि हुनुहुन्छ, परम शिक्षक पनि हुनुहुन्छ, परम सद्गुरु पनि हुनुहुन्छ। बाबाको यस्तो महिमा बताउनाले स्वत: सिद्ध हुन्छ कृष्ण कसैको पिता हुन सक्दैनन्। उनी त साना बच्चा, सत्ययुगका राजकुमार हुन्। उनी शिक्षक पनि हुन सक्दैनन्। स्वयं नै बसेर शिक्षकसँग पढ्छन्। गुरु त त्यहाँ हुँदैनन् किनकि त्यहाँ सबै सद्गतिमा हुन्छन्। आधाकल्प हुन्छ सद्गति, आधाकल्प हुन्छ दुर्गति। त्यहाँ हुन्छ सद्गति, त्यसैले ज्ञानको त्यहाँ आवश्यकता हुँदैन। नाम पनि हुँदैन किनकि ज्ञानद्वारा २१ जन्मको लागि सद्गति मिल्छ फेरि द्वापरदेखि कलियुग अन्त्यसम्म हुन्छ दुर्गति। त्यसैले कृष्ण फेरि द्वापरमा कसरी आउन सक्छन्? यो पनि कसैको ध्यानमा आउँदैन। एक एक कुरामा धेरै गहन रहस्य भरिएको छ, जसलाई सम्झाउन धेरै सजिलो छ। उहाँ परमपिता, परम शिक्षक हुनुहुन्छ। अंग्रेजीमा सुप्रिम नै भनिन्छ। अंग्रेजी शब्द कुनै राम्रा हुन्छन्। जस्तै ड्रामा शब्द छ। ड्रामालाई नाटक भनिदैन, नाटकमा त हेरफेर हुन्छ। यो सृष्टिको चक्र फिर्छ यसो भन्छन् पनि, तर कसरी फिर्छ, हुबहु फिर्छ वा चेन्ज हुन्छ, यो कसैलाई पनि थाहा छैन। भनिन्छ पनि बनिबनाउ बनिरहेको छ..... अवश्य कुनै खेल छ जो फेरि चक्कर खाइरहन्छ। यस चक्रमा मनुष्यले नै चक्कर लगाउनु पर्छ। अच्छा, यस चक्रको अवधि कति छ? कसरी दोहोरिन्छ? यसलाई घुम्न कति समय लाग्छ? यो कसैले जानेका छैनन्। इस्लामी बौद्धी आदि यी सबै घराना हुन्, जसको ड्रामामा पार्ट छ।

तिमी ब्राह्मणको डिनायस्टी हुँदैन, यो हो ब्राह्मण कुल। सर्वोत्तम ब्राह्मण कुल भनिन्छ। देवी-देवताहरूको पनि कुल छ। यो त सम्झाउन धेरै सहज छ। सूक्ष्मवतनमा फरिश्ता रहन्छन्। त्यहाँ हाड-मासु हुँदैन। देवताहरूको त हाड मासु छ नि। ब्रह्मा सो विष्णु, विष्णु सो ब्रह्मा। विष्णुको नाभि कमलबाट ब्रह्मा किन देखाइएको हो? सूक्ष्मवतनमा त यो कुरा हुँदैन। न जुहारत आदि हुन सक्छ, त्यसैले ब्रह्मालाई सेतो ड्रेसधारी ब्राह्मण देखाइएको छ। साधारण मनुष्य ब्रह्मा, धेरै जन्मको अन्त्यमा गरिब भए नि। यस समयमा छन् नै खादीका कपडा। ती बिचराहरूले बुझ्दैनन् सूक्ष्म शरीर भनेको के हुन्छ। तिमीलाई बाबा सम्झाउनु हुन्छ त्यहाँ हुन्छन् नै फरिश्ता, जसको हाड मासु हुँदैन। सूक्ष्म वतनमा त यो शृंगार आदि केही हुँदैन। तर चित्रमा देखाइएको छ त्यसैले बाबा त्यसको नै साक्षात्कार गराएर फेरि अर्थ सम्झाउनु हुन्छ। जसरी हनुमानको साक्षात्कार गराउनु हुन्छ। अब हनुमान जस्तो मनुष्य त कोही हुँदैन। भक्ति मार्गमा अनेक प्रकारका चित्र बनाएका छन्, जसको विश्वास भएको छ उनीहरूलाई यस्तो केही भन्यौ भने त रिसाउँछन्। देवी आदिको कति पूजा गर्छन् फेरि डुबाइदिन्छन्। यो सबै हो भक्ति मार्ग। भक्ति मार्गको दलदलमा गलासम्म डुबेका छन् भने फेरि कसरी निकाल्न सकिन्छ। निकाल्नै मुश्किल हुन्छ। कोही कोही त अरूलाई निकाल्ने निमित्त बनेर पनि स्वयं नै डुबेर जान्छन्। स्वयं गलासम्म दलदलमा फँस्छन् अर्थात् काम विकारमा गिर्छन्। यो हो सबैभन्दा ठूलो दलदल। सत्ययुगमा यी कुरा हुँदैनन्। अहिले तिमी सत्य बाबाद्वारा सत्य देवता बनिरहेका छौ। फेरि त्यहाँ सत्सङ्ग हुँदैन। सत्सङ्ग यहाँ भक्ति मार्गमा गरिरहन्छन्, सम्झन्छन् सबै ईश्वरका रूप हुन्। केही पनि बुझ्दैनन्। बाबा बसेर सम्झाउनु हुन्छ कलियुगमा छन् सबै पाप आत्माहरू, सत्ययुगमा हुन्छन् पुण्य आत्माहरू। रात दिनको फरक छ। तिमी अहिले संगममा छौ। कलियुग र सत्ययुग दुवैलाई जानेका छौ। मूल कुरा हो यस किनारबाट त्यस किनारमा जाने। क्षीरसागर र विषय सागरको गायन पनि छ तर अर्थ केही बुझ्दैनन्। अहिले बाबा बसेर कर्म-अकर्मको रहस्य सम्झाउनु हुन्छ। कर्म त मनुष्यले गर्छन् नै फेरि कुनै कर्म अकर्म हुन्छ, कुनै विकर्म हुन्छ। रावण राज्यमा सबै कर्म विकर्म हुन्छन्, सत्ययुगमा विकर्म हुँदैन किनकि त्यहाँ हुन्छ रामराज्य। बाबाबाट वरदान पाएका छन्। रावणले दिन्छ श्राप। यो सुख र दु:खको खेल हो नि। दु:खमा सबैले बाबालाई याद गर्छन्। सुखमा कसैले याद गर्दैनन्। त्यहाँ विकार हुँदैन। बच्चाहरूलाई सम्झाइएको छ कलमी लगाइन्छ। यो कलमी लगाउने चलन पनि अहिले बन्छ। बाबाले कलमी लगाउन सुरु गर्नुभएको छ। पहिला जब ब्रिटिस सरकार थियो तब कहिल्यै वृक्षको कलमी लगाएको अखबारमा आउँदैनथ्यो। अहिले बाबा बसेर देवी-देवता धर्मको कलमी लगाउनु हुन्छ, अरू कुनै कलमी लगाउनुहुन्न। धेरै धर्म छन्, देवी-देवता धर्म प्राय: लोप भएको छ। धर्म भ्रष्ट, कर्म भ्रष्ट भएको कारणले नाम नै उल्टो-सुल्टो राखिदिएका छन्। जो देवता धर्मका हुन् उनीहरू नै फेरि त्यही देवी-देवता धर्ममा आउनु छ। हरेकलाई आफ्नो धर्ममा नै जानु छ। क्रिश्चियन धर्मका निस्किएर फेरि देवी-देवता धर्ममा आउन सक्दैनन्। मुक्ति त हुन सक्दैन। हो, कोही देवी-देवता धर्मका कनभर्ट भएर क्रिश्चियन धर्ममा गएका रहेछन् भने उनीहरू फेरि फर्किएर आफ्नो देवी देवता धर्ममा आउँछन्। उनीहरूलाई यो ज्ञान र योग धेरै राम्रो लाग्छ, यसबाट सिद्ध हुन्छ यो हाम्रो धर्मको हो। यसमा धेरै विशालबुद्धि चाहिन्छ बुझ्न र बुझाउनलाई। धारणा गर्नु छ, किताब पढेर सुनाउनु छैन। जसरी कसैले गीता सुनाउँछन्, मनुष्यले बसेर सुन्छन्। कसैले त गीताका श्लोक एकदम कण्ठ गर्छन्। यसको अर्थ हरेकले आ-आफ्नो निकाल्छन्। श्लोक सारा संस्कृतमा छन्। यहाँ त गायन छ सागरलाई मसी बनाइदियौ, सारा जंगललाई कलम बनाइदियौ भने पनि ज्ञानको अन्त्य हुँदैन। गीता त धेरै सानो छ। १८ अध्याय छन्। यति सानो गीता बनाएर गलामा लगाउँछन्। धेरै साना अक्षर हुन्छन्। गलामा लगाउने पनि बानी हुन्छ। कति सानो लकेट बन्छ। वास्तवमा हो त सेकेन्डको कुरा। बाबाको बन्नु भनेको विश्वको मालिक बन्नु जस्तै हो। बाबा म हजुरको एक दिनको बच्चा हुँ, यस्तो पनि लेख्न सुरु गर्छन्। एक दिनमा निश्चय भयो, झट्ट पत्र लेख्छन्। बच्चा बन्यो, विश्वको मालिक भयो। यो पनि कसैको बुद्धिमा मुश्किलले बस्छ। तिमी विश्वको मालिक बन्छौ नि। त्यहाँ अरू कुनै खण्ड रहँदैन, नाम-निशान हराउँछ। कसैलाई थाहा पनि हुँदैन, यो खण्ड थियो। यदि थियो भने अवश्य इतिहास भूगोल हुनु पर्ने हो। त्यहाँ यो हुँदै-हुँदैन त्यसैले भनिन्छ तिमी विश्वको मालिक बन्ने हौ। बाबाले सम्झाउनु भएको छ म तिम्रो बाबा पनि हुँ, ज्ञानको सागर हुँ। यो त धेरै उच्च भन्दा उच्च ज्ञान हो जसबाट हामी विश्वको मालिक बन्छौं। हाम्रो बाबा सुप्रिम हुनुहुन्छ, सत्य बाबा, सत्य शिक्षक हुनुहुन्छ, सत्य सुनाउनु हुन्छ। बेहदको शिक्षा दिनुहुन्छ। बेहदको गुरु हुनुहुन्छ, सबैको सद्गति गर्नुहुन्छ। एकको महिमा गरियो भने त्यो महिमा फेरि अरूको हुनै सक्दैन। फेरि उसले आफू समान बनायो भने हुन सक्छ। तिमी पनि पतित-पावन हौ। सत नाम लेख्छन्। पतित-पावनी गंगा यी माताहरू हुन्। शिव शक्ति भन या शिव वंशी भन। शिववंशी ब्रह्माकुमार-कुमारीहरू। शिववंशी त सबै हुन्। बाँकी ब्रह्माद्वारा रचना रच्नुहुन्छ त्यसैले संगममा नै ब्रह्माकुमार-कुमारीहरू हुन्छन्। ब्रह्माद्वारा एडप्ट गर्नुहुन्छ। पहिला पहिला हुन्छन् ब्रह्माकुमार-कुमारीहरू। कसैले पनि प्रश्न उठाउँछन् भने भन उहाँ प्रजापिता हुनुहुन्छ, उहाँमा प्रवेश गर्नुहुन्छ। बाबा भन्नुहुन्छ धेरै जन्मको अन्त्यमा म प्रवेश गर्छु। देखाउँछन् विष्णुको नाभिबाट ब्रह्मा निस्किए। ठीक छ, विष्णु फेरि कसको नाभिबाट निस्किए? त्यसमा तीरको निशानी दिन सक्छौ दुवै ओत-प्रोत हुन्छन्। ब्रह्मा सो विष्णु, विष्णु सो ब्रह्मा। यी उनीबाट, उनी यिनीबाट पैदा भएका हुन्। यिनलाई एक सेकेन्ड लाग्छ, उनलाई ५ हजार वर्ष। यो आश्चर्यजनक कुरा हो नि। तिमी बसेर सम्झाउँछौ। बाबा भन्नुहुन्छ लक्ष्मी-नारायणले जन्म लिन्छन् फेरि उनकै धेरै जन्मको अन्त्यमा म प्रवेश गरेर यस्तो बनाउँछु। बुझ्नुपर्ने कुरा छ नि। आउनु भयो भने सम्झाउँछौं किन उहाँलाई ब्रह्मा भनिन्छ। सारा दुनियाँलाई देखाउनको लागि यी चित्र बनाइएका छन्। हामीले सम्झाउन सक्छौं, बुझ्नेले नै बुझ्छन्। नबुझ्नेलाई भनिन्छ यो हाम्रो कुलको होइन। बिचरा त्यहाँ आए पनि प्रजामा। हाम्रो लागि त सबै बिचरा हुन् नि गरिबलाई बिचरा भनिन्छ। बच्चाहरूलाई कति प्वाइन्ट धारणा गर्नु छ। भाषण गर्नुपर्छ कुनै विषयमा। यो विषय कहाँ कम छ र। प्रजापिता ब्रह्मा र सरस्वती, ४ हात देखाउँछन्। दुई हात छोरीका हुन जान्छन्। युगल त होइन। युगल त वास्तवमा विष्णु मात्र हुन्। ब्रह्माकी छोरी हुन् सरस्वती। शंकरको पनि युगल छैन। यस कारण शिव-शंकर भनिदिन्छन्। अब शंकरले के गर्छन्? विनाश त एटोमिक बमद्वारा हुन्छ। बाबाले बसेर कसरी बच्चाहरूको मृत्यु गराउनु हुन्छ, यो त पाप हुन जान्छ। बाबाले त सबैलाई शान्तिधाम फर्काएर लिएर जानुहुन्छ, विना मेहनत। हिसाब-किताब चुक्ता गरेर सबै घर जान्छन् किनकि विनाशको समय हो। बाबा आउनु हुन्छ नै सेवामा। सबैलाई सद्गति दिन। तिमी पनि पहिला गतिमा फेरि सद्गतिमा आउँछौ। यी कुरा बुझ्नुपर्ने छन्। यी कुरालाई अलिकति पनि कसैले बुझेका छैनन्। तिमीले देख्छौ कसैले त धेरै टाउको दु:खाउँछन्, बिलकुल बुझ्दैनन्। जो जो राम्ररी बुझ्नेहरू छन्, उनीहरू आएर बुझ्छन्। भन, एक एक कुरा बुझ्नु छ भने समय दिनुहोस्। यहाँ त केवल हुकुम छ सबैलाई बाबाको परिचय देऊ। यो हो नै काँडाको जंगल किनकि एक अर्कालाई दु:ख दिइरहन्छन्, यसलाई दु:खधाम भनिन्छ। सत्ययुग हो सुखधाम। दु:खधामबाट सुखधाम कसरी बन्छ यो तिमीले सम्झाउनु छ। लक्ष्मी-नारायण सुखधाममा थिए फेरि यिनीहरू ८४ जन्म लिएर दु:खधाममा आउँछन्। यी ब्रह्माको नाम पनि कसरी राखियो। बाबा भन्नुहुन्छ म यिनमा प्रवेश गरेर बेहदको संन्यास गराउँछु। झट्ट संन्यास गराइदिनुहुन्छ किनकि बाबालाई सेवा गराउनु छ, उहाँले नै गराउनु हुन्छ। यिनको पछि धेरै निस्किए जसको नाम बसेर राख्नुभयो। उनीहरूले फेरि बिरालोको छाउरा देखाउँछन्। यी सबै हुन् दन्त्य कथा। बिरालोका छाउरा कसरी हुन सक्छन्। बिरालाले कहाँ बसेर ज्ञान सुन्छ र। बाबा युक्तिहरू बताइरहनु हुन्छ। कुनै कुरा कसैले बुझेन भने उनलाई भन जबसम्म अल्फलाई चिनिदैन अरू केही बुझ्न सकिंदैन। एउटा कुरा निश्चय गर्नुहोस् अनि लेख्नुहोस्, नत्र बिर्सिन्छ। मायाले भुलाइदिन्छ। मुख्य कुरा हो बाबाको परिचयको। हाम्रो बाबा परमपिता, परम शिक्षक हुनुहुन्छ जसले सारा विश्वको आदि-मध्य-अन्त्यको रहस्य सम्झाउनु हुन्छ, जसका बारेमा कसैलाई थाहा छैन। यो सम्झाउनमा समय चाहिन्छ। जबसम्म बाबालाई चिन्दैनन् तबसम्म प्रश्न उठि नै रहन्छ। अल्फ लाई चिनेका छैनन् भने बे का बारेमा केही जानेका छैनन्। व्यर्थमा संशय उठाइरहन्छन्, यस्तो किन? शास्त्रमा त यस्तो भन्छन्। त्यसैले पहिला सबैलाई बाबाको परिचय देऊ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) कर्म, अकर्म र विकर्मको गहन गतिलाई बुद्धिमा राखेर अब कुनै विकर्म गर्नु छैन, ज्ञान र योगको धारणा गरेर अरूलाई सुनाउनु छ।

२) सत्य बाबाको सत्य ज्ञान दिएर मनुष्यलाई देवता बनाउने सेवा गर्नु छ। विकारको दलदलबाट सबैलाई निकाल्नु छ।

वरदान:
आफ्नो शक्तिशाली स्थितिद्वारा मनसा सेवाको सर्टिफिकेट प्राप्त गर्ने स्व अभ्यासी भव

विश्वलाई लाइट र माइटको वरदान दिनको लागि अमृतबेला यादको स्व अभ्यासद्वारा पावरफुल वायुमण्डल बनाऊ तब मनसा सेवाको सर्टिफिकेट प्राप्त हुन्छ। अन्तिम समयमा मनसाद्वारा नै नजरबाट निहाल गर्ने, आफ्नो वृत्तिद्वारा उनीहरूको वृत्तिलाई परिवर्तन गर्ने सेवा गर्नु छ। आफ्नो श्रेष्ठ स्मृतिद्वारा सबैलाई समर्थ बनाउनु छ। जब यस्तो लाइट माइट दिने अभ्यास हुन्छ तब निर्विघ्न वायुमण्डल बन्छ र यो किल्ला मजबुत हुन्छ।

स्लोगन:
समझदार उनीहरू हुन् जसले मनसा-वाचा-कर्मणा तीनवटै सेवा साथ-साथै गर्छन्।