18.11.23 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे–
मनुष्यलाई देवता बनाउने सेवाको तिमीलाई धेरै सोख हुनुपर्छ। तर यो सेवाको लागि
स्वयंमा गहन धारणा हुनुपर्छ।”
प्रश्न:–
आत्मा मैलो
कसरी बन्छ? आत्मामा कुनचाहिँ मैला चढ्छ?
उत्तर:–
मित्र-सम्बन्धीहरूको यादबाट आत्मा मैलो बन्छ। पहिलो नम्बरको मैला हो देह अभिमानको,
त्यसपछि लोभ, मोहको मैला सुरुहुन्छ, यी विकारहरूको मैला आत्मामा चढ्छ। फेरि बाबाको
याद बिर्सिन्छ, सेवा गर्न सकिदैन।
गीत:–
तुम्हारे
बुलाने को जी चाहता है...
ओम् शान्ति ।
यो गीत धेरै
राम्रो छ। बच्चाहरूले ग्यारेन्टी पनि गर्छन्– बाबा हजुरले भनेको सुनेर यो ज्ञान
अरूलाई सुनाउने मन हुन्छ। याद त बच्चाहरूले गर्छन्, यो पनि आवश्यक छ, कसैले याद
गर्छन् होला र मिलेका पनि होलान्। भनिन्छ करोडौंमा कोही आएर यो वर्सा लिन्छन्। अहिले
त बुद्धि धेरै विशाल भएको छ। अवश्य पाँच हजार वर्ष पहिला पनि बाबा राजयोग सिकाउन
आउनु भएको हुनुपर्छ। सबैभन्दा पहिला त यो सम्झाउनु छ– ज्ञान कसले सुनाउनु भएको थियो,
किनकि यो नै ठुलो भुल हो। बाबाले सम्झाउनु भएको छ सर्व शास्त्रमयी शिरोमणि गीता हो
हिन्दुहरूको शास्त्र। केवल मनुष्यले यो भुलेका छन्– सर्व शास्त्रमयी गीता कसले
उच्चारण गर्नुभयो र त्यसबाट कुनचाहिँ धर्म स्थापना भयो? तर गायन अवश्य गर्छन्– हे
भगवान हजुर आउनु होस्। भगवान त अवश्य आउनु नै हुन्छ– नयाँ पावन दुनियाँको रचना गर्न।
बाबा त दुनियाँका नै पिता हुनुहुन्छ नि। भक्तहरूले गायन पनि गर्छन्– हजुर आए त सुख
मिल्छ वा शान्ति मिल्छ। सुख र शान्ति दुई चीज हुन्। सत्ययुगमा अवश्य पनि सुख पनि
हुन्छ। बाँकी सबै आत्माहरू शान्ति देशमा हुन्छन्। यो परिचय दिनुपर्छ। नयाँ दुनियाँमा
नयाँ विश्व रामराज्य थियो। त्यसमा सुख हुन्छ तब त रामराज्यको महिमा छ। त्यसलाई
रामराज्य भनिन्छ भने यसलाई रावणराज्य भन्नुपर्छ किनकि यहाँ दु:ख छ। त्यहाँ सुख
हुन्छ, बाबा आएर त्यहाँको लागि सुख दिनुहुन्छ। अरू सबैलाई शान्तिधाममा शान्ति
प्राप्त हुन्छ। शान्ति र सुखका दाता त बाबा नै हुनुहुन्छ नि। यहाँ छ अशान्ति, दु:ख।
त्यसैले बुद्धिमा यो ज्ञान फुर्नुपर्छ, यसमा अवस्था धेरै राम्रो हुनुपर्छ। हुन त
साना बच्चाहरूलाई पनि सिकाइन्छ तर ती बच्चाहरूले अर्थ त बुझाउन सक्दैनन्। यसमा गहन
धारणा चाहिन्छ जसले गर्दा फेरि कसैले प्रश्न सोध्यो भने सम्झाउन पनि सकियोस्। अवस्था
राम्रो चहिन्छ। नत्र कहिले देह अभिमानमा, कहिले क्रोध, मोहमा गिरिरहन्छन्। लेख्छन्
पनि– बाबा, आज म क्रोधमा गिरें, आज म लोभमा गिरें। अवस्था मजबुत भयो भने गिर्ने कुरा
नै हुँदैन। धेरै सोख हुन्छ– मनुष्यलाई देवता बनाउने सेवा गरौं। गीत पनि धेरै राम्रो
छ– बाबा, हजुर आउनुभयो भने हामी धेरै सुखी हुनेछौं। बाबालाई जसरी पनि आउनुपर्छ।
नत्र पतित सृष्टिलाई पावन कसले बनाउँछ? कृष्ण त देहधारी हुन्। उनीहरूको वा ब्रह्मा,
विष्णु, शङ्करको नाम लिन सकिदैन। गायन पनि गर्छन्– पतित-पावन आउनुहोस्। त्यसैले
तिनीहरूसँग सोध्नुपर्छ यो तिमीहरूले कसको लागि भनेका हौ? पतित-पावन को हुनुहुन्छ र
उहाँ कहिले आउनु हुन्छ? पतित-पावन उहाँ हुनुहुन्छ, त्यसैले तिमीले उहाँलाई बोलाउँछौ
भने अवश्य पनि यो पतित दुनियाँ हो। पावन दुनियाँ सत्ययुगलाई भनिन्छ। पतित
दुनियाँलाई पावन कसले बनाउनु हुन्छ? गीतामा पनि छ– अवश्य भगवानले राजयोग सिकाउनुभयो
र यी विकारहरूमाथि विजय प्राप्त गरे। काम महाशत्रु हो। सोध्नुपर्छ– यो कसले भन्नुभयो
मैले राजयोग सिकाउँछु, काम महाशत्रु हो? यो कसले भन्यो– म सर्वव्यापी हुँ? कुन
शास्त्रमा लेखिएको छ? कसलाई भनिन्छ पतित-पावन? के पतितपावनी गङ्गा हुन् वा अरू कोही
हुनुहुन्छ? गान्धीजीले पनि भन्थे पतित-पावन आऊ। गङ्गा त सदा हुन्छ नै। त्यो कुनै नयाँ
होइन। गङ्गालाई त अविनाशी भनिन्छ तर केवल तमोगुणी तत्त्व बनेपछि त्यसमा चन्चलता
आउँछ। बाढी आइदिन्छ, आफ्नो मार्ग छाडिदिन्छ। सत्ययुगमा त सबै धेरै नियमित चल्छ।
खडेरी पर्ने वा धेरै वर्षा आदि हुन सक्दैन। त्यहाँ दु:खको कुरा हुँदैन। त्यसैले
बुद्धिमा यो हुनुपर्छ कि पतित-पावन हाम्रो बाबा नै हुनुहुन्छ। पतित-पावनलाई याद
गर्दा भन्छन्– हे भगवान! हे बाबा! यो कसले भन्यो? आत्माले। तिमीले जानेका छौ
पतित-पावन शिवबाबा आउनु भएको छ। निराकार शब्द अवश्य राख्नुपर्छ। नत्र साकारलाई
मान्छन्। आत्मा पतित बनेको छ, यो भन्न सकिदैन कि सबै ईश्वर हुन्। अहम् ब्रह्मास्मि
(म ब्रह्म हुँ) वा शिवोहम् (म शिव हुँ) भन्नु कुरा एउटै हो। तर रचनाको मालिक त एउटै
रचयिता हुनुहुन्छ। हुन त मनुष्यले अरू कुनै लम्बाचौडा अर्थ लगाउँछन्, हाम्रो कुरा त
हो नै सेकेन्डको। सेकेन्डमा बाबाबाट वर्सा प्राप्त हुन्छ। बाबाको वर्सा हो स्वर्गको
रजाइँ। त्यसलाई जीवनमुक्ति भनिन्छ। यो हो जीवनबन्धन। सम्झाउनु पर्छ– अवश्य जब उहाँ
आउनु हुन्छ तब हामीलाई स्वर्गको, मुक्ति-जीवनमुक्तिको नै वर्सा दिनुहुन्छ। त्यसैले
लेखिन्छ मुक्ति जीवन-मुक्तिदाता एक हुनुहुन्छ। यो पनि सम्झाउनु पर्छ। सत्ययुगमा
हुन्छ नै एक आदि सनातन देवीदेवता धर्म। त्यहाँ दु:खको नामै हुँदैन। त्यो हो नै
सुखधाम। सूर्यवंशी राज्य चल्छ। फेरि त्रेतामा हुन्छ चन्द्रवंशी राज्य। अनि द्वापरमा
पनि इस्लामी, बौद्धी आदि आउँछन्। सारा पार्ट निश्चित छ। एक बिन्दु जस्तो आत्मामा र
परमात्मामा कति पार्ट निश्चित गरिएको छ। शिवको चित्रमा पनि यो लेख्नुपर्छ– म
ज्योतिर्लिङ्गम् यति ठुलो छैन। म त ताराजस्तै हुँ। आत्मा पनि तारा हो, गायन पनि
गर्छन् भृकुटीको बीचमा चम्कन्छ अजीब सितारा... त्यसैले त्यो आत्मा नै ठहरियो। म पनि
परमपिता परम आत्मा हुँ। तर म सुप्रिम, पतित-पावन हुँ। मेरो गुण अलग छ। त्यसैले गुण
पनि सबै लेख्नुपर्छ। एकातिर शिवको महिमा, अर्कातिर श्रीकृष्णको महिमा। विपरीत कुरा
छ, शब्द राम्रोसँग लेख्नुपर्छ जसले गर्दा मनुष्यले राम्रोसँग पढेर बुझ्नसक्छन्।
स्वर्ग अनि नर्क, सुख अनि दु:ख, चाहे कृष्णको दिन र रात भन वा ब्रह्माको भन। सुख र
दु:ख कसरी चल्छ– यो तिमीलाई थाहा छ। सूर्यवंशी हुन् १६ कला, चन्द्रवंशी हुन् १४ कला।
ती सूर्यवंशी सम्पूर्ण सतोप्रधान, अनि ती चन्द्रवंशी सतो। सूर्यवंशी नै फेरि
चन्द्रवंशी बन्छन्। सूर्यवंशी त्रेतामा आए भने अवश्य चन्द्रवंशी कुलमा जन्म लिन्छन्।
लिन त रजाइँ पद लिन्छन्। यो कुरा बुद्धिमा राम्रोसँग राख्नुपर्छ। जो जति यादमा
रहन्छ, देही अभिमानी बन्छ त्यति धारणा हुन्छ। उसले सेवा पनि राम्रो गर्नेछ। स्पष्ट
पारेर कसैलाई सुनाउँछन्– हामी यसरी बस्छौं, यसरी धारणा गर्छौं, यसरी सम्झाउँछौं,
यस्ता यस्ता विचारसागर मन्थन गर्छौं– अरूलाई सम्झाउनको लागि। सारा समय विचारसागर
मन्थन चलिरहन्छ। जसमा ज्ञान छैन उनीहरूको कुरो भिन्नै छ, उनीहरूलाई धारणा हुँदैन।
धारणा भएपछि सेवा गर्नुपर्छ। अब त सेवा धेरै वृद्धि हुँदै जान्छ। दिनप्रतिदिन महिमा
वृद्धि हुँदै जान्छ। फेरि तिम्रो प्रदर्शनीमा पनि कति आउँछन्। कति चित्र बनाउनु
पर्ने छ। धेरै ठुलो मण्डप बनाउनु पर्छ। हुन त यसमा बुझाउनको लागि एकान्त चाहिन्छ।
हाम्रो मुख्य चित्र हो नै वृक्ष, गोला र यो लक्ष्मी नारायणको चित्र। राधा कृष्णको
चित्रबाट यी को हुन् यो त्यति बुझ्न सक्दैनन्,? यस समयमा तिमीलाई थाहा छ– हामीलाई
बाबाले यस्तो पावन बनाइरहनु भएको छ। सबै त एकै रूपले सम्पूर्ण बन्दैनन्। आत्मा
पवित्र हुन्छ, बाँकी कहाँ सबैले ज्ञान धारणा गर्छन् र! धारणा भएन भने सम्झिइन्छ यसले
सानो पद पाउँछ।
अहिले तिम्रो बुद्धि
कति तीक्ष्ण भएको छ, हरेक क्लासमा नम्बरवार त हुन्छन् नै। कोही तीक्ष्ण, कोही मन्द,
यो पनि नम्बरवार हुन्छ। यदि कुनै राम्रो मानिसलाई तेस्रो दर्जाको सम्झाउनेवाला भएमा
उसले सम्झन्छ यहाँ त केही पनि छैन। त्यसैले पुरुषार्थ गरिन्छ राम्रो मानिसलाई
सम्झाउनको लागि राम्रै सम्झाउनेवाला दिन सकियोस्। सबै समान रूपमा पास त हुँदैनन्।
बाबासँग त लिमिट छ। कल्प कल्प यो पढाइको परिणाम निस्किन्छ। मुख्य ८ पास हुन्छन्,
फेरि १००, फेरि हुन्छन् १६ हजार, अनि प्रजा। त्यसमा पनि धनवान्, गरिब, सबै हुन्छन्।
बुझिन्छ– यस समयमा यो कुन पुरुषार्थमा छ? कुन पद पाउन लायक छ? शिक्षकलाई थाहा त
हुन्छ। शिक्षकमा पनि नम्बरवार हुन्छन्। कुनै शिक्षक राम्रो भएमा सबै खुशी हुन्छन्–
यिनले पढाउँछन् पनि राम्रो, प्यार पनि राम्रोसँग गर्छन्। सानो सेन्टरलाई ठुलो त कोही
ठुलो टिचरले नै त बनाउँछन् नि। कति बुद्धिले काम लिनुपर्छ। ज्ञानमार्गमा अति मीठो
बन्नुपर्छ। मीठो तब बनिन्छ, जब मीठा बाबासँग पूरा योग हुन्छ, अनि धारणा पनि हुन्छ।
यस्ता मीठा बाबासँग धेरैको योग छैन। बुझेकै छैनन्– गृहस्थ व्यवहारमा रहेर बाबासँग
पूरा योग लागाउनु छ। मायाका तुफान त आउँछन् नै। कसैलाई पुराना मित्र-सम्बन्धी आदि
याद आउँछन्, कसैलाई के याद आइरहन्छ। त्यसैले मित्र सम्बन्धी आदिको यादले आत्मालाई
मैलो बनाइदिन्छ। मैला पर्नाले फेरि अस्थिर हुन्छन्, यसमा अस्थिर हुनुछैन। यो त
मायाले गर्ने हो, मैला पर्ने पनि हामी माथि हो। होलीमा मैला पर्छ नि। हामी बाबाको
यादमा रह्यौं भने मैला हुँदैन। बाबालाई बिर्सियो भने पहिलो नम्बरमा देह अभिमानको
मैला पर्छ। त्यसपछि लोभ, मोह आदि सबै आउँछन्। आफ्नै लागि मेहनत गर्नु छ, कमाइ गर्नु
छ अनि फेरि आफूसमान बनाउने मेहनत गर्नु छ। सेवाकेन्द्रमा सेवा राम्रो हुन्छ। यहाँ
आए भने भन्छन् म गएर प्रबन्ध गर्नेछु, सेवाकेन्द्र खोल्नेछु, यहाँबाट गएपछि खलास।
बाबाले स्वयं पनि भनिदिनु हुन्छ तिमीले यी सबै कुरा बिर्सिन्छौ। यहाँ त सम्झाउन
सक्ने लायक नभएसम्म भट्ठीमा रहनुपर्छ। शिवबाबाको त सबैसँग मीठो सम्बन्ध छ नि। बुझ्न
सक्नुहुन्छ– तिमीले कुन प्रकारको सेवा गर्छौ। स्थूल सेवाको प्रतिफल अवश्य
प्राप्तहुन्छ। धेरैले दिलैदेखि सेवा गर्छन्। तर विषय त छन् नि। त्यस पढाइमा पनि
विषय हुन्छन्। त्यसैगरी यो रुहानी पढाइमा पनि विषय छन्। पहिलो नम्बरको विषय हो याद,
त्यसपछि पढाइ। अरू सबै छन् गुप्त। यो ड्रामालाई पनि बुझ्नुपर्छ। यो पनि कसैलाई थाहा
छैन– हरेक युगमा १२५० वर्ष हुन्छन्। सत्ययुग कति समय थियो, ठीक छ, त्यहाँ कुनचाहिँ
धर्म थियो? सबैभन्दा धेरै जन्म यहाँ कसको हुनुपर्छ? बौद्धी, इस्लामी आदिले यति जन्म
कहाँ लिन्छन् र! कसैको बुद्धिमा यी कुरा हुँदैनन्। शास्त्रवादीहरूसँग सोध्नुपर्छ–
हजुरहरूले भगवानुवाच कसलाई भन्नुहुन्छ? सर्व शास्त्रमयी शिरोमणी त गीता हो। यहाँ
पहिला देवीदेवता धर्म थियो। उनीहरूको शास्त्र कुनचाहिँ हो? गीता कसले उच्चारण गर्नु
भएको हो? कृष्ण भगवानुवाच त हुन सक्दैन। स्थापना र विनाश गराउनु त भगवानको नै काम
हो। कृष्णलाई भगवान भनिदैन। बरु उनी कहिले आए? अहिले कुन रूपमा छन्? शिवबाबाको
विपरीत कृष्णको महिमा अवश्य लेख्नुपर्छ। शिव हुनुहुन्छ गीताका भगवान, उहाँबाट
श्रीकृष्णलाई पद प्राप्त भएको हो। कृष्णका ८४ जन्म पनि देखाउँछन्। पछि गएर ब्रह्माको
गोद लिइएको चित्र पनि देखाउनु पर्छ। हाम्रो बुद्धिमा मानौं ८४ जन्मको माला लगाइएको
छ। लक्ष्मी-नारायणका पनि ८४ जन्म अवश्य देखाउनु पर्छ। रातमा विचारसागर मन्थन गरेर
विभिन्न विचार चलाउनु पर्छ। सेकेन्डमा जीवनमुक्ति प्राप्त हुन्छ। यसको लागि हामीले
के लेख्ने? जीवनमुक्ति भनेको स्वर्गमा जानु हो। त्यो पनि जब स्वर्गका रचयिता बाबा
आएर उहाँका बच्चा बनेपछि मात्र। त्यसपछि मात्रै स्वर्गको मालिक बनिन्छ। सत्ययुग हो
पुण्य आत्माहरूको दुनियाँ। यो कलियुग हो पाप आत्माहरूको दुनियाँ। त्यो हो निर्विकारी
दुनियाँ। त्यहाँ माया रावणको राज्य नै हुँदैन। हुन त त्यहाँ यो सारा ज्ञान रहँदैन
तर म आत्मा हुँ, यो शरीर वृद्ध भयो, यसलाई अब छोड्नु छ– यो त ख्याल हुन्छ नि। यहाँ
त आत्माको ज्ञान पनि कसैमा छैन। बाबाबाट जीवनमुक्तिको वर्सा प्राप्त हुन्छ। त्यसैले
याद पनि अवश्य उहाँकै गर्नु पर्यो नि। बाबाले आज्ञा दिनु हुन्छ– मनमनाभव। गीतामा यो
कसले भन्यो– मनमनाभव? मलाई याद गर अनि विष्णुपुरीलाई याद गर– यो कसले भन्नसक्नहुन्छ?
कृष्णलाई त पतित-पावन भन्न सकिदैन। ८४ जन्मको रहस्य पनि कहाँ जानेका छन् र! त्यसैले
तिमीले सबैलाई सम्झाउनु पर्छ। तिमीले यी कुरालाई बुझेर आफ्नो र अरू सबैको कल्याण
गर्यौ भने तिम्रो धेरै मान हुन्छ। निडर भएर जहाँतहीँ घुमिराख। तिमी छौ धेरै गुप्त।
ठीक छ, ड्रेस परिवर्तन गरेर सेवा गर। चित्र सदैव साथमा रहोस्। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) बाबासँग योग लगाएर अति मीठो र देही अभिमानी बन्नु छ। विचारसागर मन्थन गरेर पहिला
स्वयंले धारणा गर्नु छ फेरि अरूलाई बुझाउनु छ।
२) आफ्नो अवस्था
मजबुत बनाउनु छ। निडर बन्नु छ। मनुष्यलाई देवता बनाउने सेवा गर्ने सोख राख्नु छ।
वरदान:–
सदा खुशीको
खुराक खाने र खुवाउने सुखी र सौभाग्यशाली भव
तिमी बच्चाहरूसँग
सच्चा अविनाशी धन छ त्यसैले तिमी सबैभन्दा धनवान् हौ। चाहे सुख्खा रोटी नै खाए पनि
त्यो सुख्खा रोटीमा खुशीको खुराक भरिएको हुन्छ, त्यसका अगाडि अरू कुनै त्यस्तो
खुराक छैन। सबैभन्दा राम्रो खुराक खाने, सुखको रोटी खाने तिमीहरू हौ। त्यसैले सदा
खुसी छौ। यस्तो खुसी बनिराख जसले गर्दा अरू पनि तिमीलाई देखेर खुशहाल बनुन् तब
भनिनेछ खुशनशीव (सौभाग्यशाली) आत्मा।
स्लोगन:–
ज्ञानी त्यो
हो जसको एउटा सङ्कल्प वा बोली पनि व्यर्थ जाँदैन।