19.02.21 Morning Nepali Murli Om Shanti BapDada Madhuban
मीठे बच्चे– तिमी ले
यस कब्रिस्तानलाई परिस्तान बनाइरहेका छौ , त्यसैले तिम्रो यो पुरानो दुनियाँ ,
कब्रिस्तानसँग पूरा पूरा वैराग्य हुनुपर्छ।”
प्रश्न:–
बेहदका बाबा
आफ्ना रूहानी बच्चाहरूको अनौठो सेवक हुनुहुन्छ, कसरी?
उत्तर:–
बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! म तिम्रो धोबी हुँ, तिमी बच्चाहरूको त के सारा
दुनियाँको छी-छी फोहरी वस्त्र सेकेण्डमा सफा गरिदिन्छु। आत्मारूपी वस्त्र स्वच्छ
बनेपछि शरीर पनि शुद्ध मिल्छ। यस्तो अनौठो सेवक हुनुहुन्छ जसले ‘मनमनाभव’ को छु
मन्त्रद्वारा सबैलाई सेकेण्डमा सफा गरिदिनु हुन्छ।
ओम् शान्ति ।
ओम् शान्तिको
अर्थ बच्चाहरूलाई बाबाले सम्झाउनु भएको छ। अहम् आत्माको स्वधर्म हो शान्त।
शान्तिधाम जानको लागि कुनै पुरुषार्थ गर्नु पर्दैन। आत्मा स्वयं शान्त स्वरूप,
शान्तिधामको निवासी हो। हो, केही समय शान्त रहन सक्छ। आत्माले भन्छ– म
कर्मेन्द्रियहरूको बोझले थाकि सकेको छु, म आफ्नो स्वधर्ममा टिक्छु, शरीरदेखि अलग
हुन्छु। तर कर्म त गर्नु नै छ। शान्तिधाममा कतिसम्म बसिरहुँ? आत्माले भन्छ– हामी
शान्ति देशका निवासी हौं। केवल यहाँ आउनाले म बोल्छु। म आत्मा अविनाशी, मेरो शरीर छ
विनाशी। आत्मा पावन र पतित बन्छ। सत्ययुगमा ५ तत्त्वहरू पनि सतोप्रधान हुन्छन्। यहाँ
५ तत्त्वहरू पनि तमोप्रधान छन्। सुनमा मिलावट गरेपछि सुन पतित बन्छ। फेरि त्यसलाई
सफा गर्नको लागि आगोमा राखिन्छ, यसको नाम नै हो योग अग्नि। दुनियाँमा त अनेक
प्रकारका हठयोग आदि सिकाउँछन्। तिनलाई योग अग्नि भनिदैन। योग अग्नि यो हो जसले पाप
नष्ट हुन्छ। आत्मालाई पतितबाट पावन बनाउने परमात्मा हुनुहुन्छ, बोलाउँछन्– हे
पतित-पावन! आउनुहोस्। ड्रामा योजना अनुसार सबैलाई पतित तमोप्रधान बन्नु नै पर्छ। यो
वृक्ष हो, यसको बीजरूप माथि छ। बाबालाई जब बोलाउँछन् तब बुद्धि माथितर्फ जान्छ,
जसबाट तिमीले वर्सा लिइरहेका छौ, जो अहिले तल आउनु भएको छ। भन्नुहुन्छ– मलाई आउनु
पर्छ। मनुष्य सृष्टिको जुन वृक्ष छ, अनेकौं प्रकारका धर्महरूको, त्यो अब तमोप्रधान
पतित छ। जडजडीभूत अवस्थामा पुगेका छन्। बाबा बसेर बच्चाहरूलाई सम्झाउनु हुन्छ।
सत्ययुगमा देवताहरू, कलियुगमा छन् असुर। बाँकी असुर र देवताहरूको लडाईं भएको छैन।
तिमीले यी आसुरी ५ विकारहरू माथि योगबलद्वारा विजय प्राप्त गर्छौ। बाँकी कुनै हिंसक
लडाईंको कुरा छैन। तिमीले कुनै प्रकारको हिंसा गर्दैनौ। कहिल्यै कसैमाथि हात पनि
लगाउँदैनौ। तिमी डबल अहिंसक हौ। काम कटारी चलाउनु, यो त सबैभन्दा ठूलो पाप हो। बाबा
भन्नुहुन्छ– यो काम कटारीले आदि, मध्य, अन्त्यमा दु:ख दिन्छ। विकारमा जानु हुँदैन।
देवताहरूको अगाडि महिमा गाउँछन् नि– हजुर सर्वगुण सम्पन्न...। आत्माले भन्छ हामी
पतित बनेका छौं। त्यसैले त बोलाउँछन्– हे पतित-पावन आउनुहोस्। जब पावन हुन्छन् तब त
कसैलाई पनि बोलाउँदैनन्। त्यसलाई स्वर्ग भनिन्छ। यहाँ त साधु सन्त आदिले कति धुन
लगाउँछन्– हे पतित-पावन सीताराम....। बाबा भन्नुहुन्छ– यतिबेला सारा दुनियाँ पतित
छ, यसमा पनि कसैको दोष छैन। यो ड्रामा बनिबनाउ छ। जबसम्म म आउँदिनँ, यिनीहरूलाई
आफ्नो पार्ट खेल्नु नै छ। ज्ञान र भक्ति फेरि छ वैराग्य। पुरानो दुनियाँसँग वैराग्य।
यो हो बेहदको वैराग्य। उनीहरूको हो हदको वैराग्य।
तिमीले जानेका छौ, यो पुरानो दुनियाँ अब खतम हुनु छ। नयाँ घर बनाउँछौं भने पुरानो
घरसँग वैराग्य हुन्छ नि। बेहदका बाबा भन्नुहुन्छ– अहिले तिमीलाई स्वर्गरूपी घर
बनाएर दिन्छु। अहिले त हो नर्क। स्वर्ग हो नयाँ दुनियाँ। नर्क पुरानो दुनियाँ। अहिले
पुरानो दुनियाँमा बसेर हामीले नयाँ दुनियाँ बनाइरहेका छौं। पुरानो कब्रिस्तानमा
हामीले परिस्तान बनाउँछौं। यही जमुनाको किनार हुन्छ। यसैमा महल बन्छन्। यही दिल्ली
जमुना नदी आदि हुन्छन् बाँकी यो जुन देखाउँछन् पाण्डवहरूको किल्ला थियो, यी सबै हुन्
दन्त्य कथाहरू। ड्रामा योजना अनुसार अवश्य फेरि यो बन्छ। जसरी तिमीले यज्ञ, तप, दान
आदि गर्दै आयौ फेरि पनि गर्नु पर्नेछ। पहिला तिमीले शिवको भक्ति गर्छौ, फस्टक्लास
मन्दिर बनाउँछौ। त्यसलाई व्यभिचारी भक्ति भनिन्छ। अहिले तिमी ज्ञानमार्गमा छौ। यो
हो अव्यभिचारी ज्ञान। एउटै शिव बाबाबाट तिमीले सुन्छौ। जसको पहिला पहिला तिमीले
भक्ति सुरु गर्यौ, त्यतिबेला अरू कुनै धर्म हुँदैन। तिमी नै हुन्छौ। तिमी धेरै सुखी
रहन्छौ। देवता धर्म धेरै सुखदायी हुन्छ। नाम लिँदा नै मुख मिठो हुन्छ। तिमीले एक
बाबाबाट नै ज्ञान सुन्छौ। बाबा भन्नुहुन्छ– अरू कसैबाट नसुन। यो हो तिम्रो
अव्यभिचारी ज्ञान। तिमी बेहदका बाबाको बनेका छौ। बाबाबाट नै बर्सा मिल्छ नम्बरवार
पुरुषार्थ अनुसार। बाबा पनि थोरै समयको लागि साकारमा आउनु भएको छ। भन्नुहुन्छ– मैले
नै तिमी बच्चाहरूलाई ज्ञान दिनु छ। मेरो स्थायी शरीर छँदै छैन, म यिनमा प्रवेश गर्छु।
शिव जयन्तीबाट तुरुन्तै गीता जयन्ती हुन्छ। यसबाट नै ज्ञान सुरु गर्छु। यो रूहानी
विद्या तिमीलाई सुप्रिम आत्माले नै दिइरहनु भएको छ। पानीको कुरा होइन। पानीलाई
ज्ञान भनिदैन। पतितबाट पावन ज्ञानद्वारा बन्छौं, पानीद्वारा कहाँ पावन बनिन्छ र।
नदीहरू त सारा दुनियाँमा छन् नै। यहाँ त ज्ञान सागर बाबा आउनु हुन्छ, यिनमा प्रवेश
गरेर सुनाउनु हुन्छ। यहाँ जब कोही मर्यो भने मुखमा गंगा जल राखिदिन्छन्। सम्झन्छन्–
यो जल हो पतितबाट पावन बनाउने त्यसैले मर्ने स्वर्गमा जान्छ। यहाँ पनि गौमुखमा
जान्छन्। वास्तवमा गौमुख तिमी चैतन्य हौ। तिम्रो मुखबाट ज्ञान अमृत निस्कन्छ।
गाईबाट दूध मिल्छ, पानीको त कुरै होइन। यो अहिले तिमीलाई थाहा भएको छ। तिमीलाई थाहा
छ– ड्रामामा जे एक पल्ट हुन्छ त्यो फेरि ५ हजार वर्षपछि हुन्छ, जस्ताको तस्तै
दोहोरिन्छ। यो कुरा बाबा बसेर सम्झाउनु हुन्छ, जो सबैका सद्गतिदाता हुनुहुन्छ। अहिले
त सबै दुर्गतिमा परेका छन्। पहिला तिमीले जान्दैनथ्यौ, रावणलाई किन जलाइन्छ? अहिले
तिमीलाई थाहा छ बेहदको विजया दशमी हुनु छ। सारा सृष्टिमा रावणको राज्य छ नि। यो सारा
जुन पृथ्वी छ, त्यो लंका हो। रावण कुनै हदमा हुँदैन। रावणको राज्य सारा सृष्टिमा छ।
भक्ति पनि आधा कल्प चल्छ। पहिला हुन्छ अव्यभिचारी भक्ति, फेरि व्यभिचारी भक्ति सुरु
हुन्छ। विजया दशमी , रक्षाबन्धन आदि सबै अहिलेका पर्व हुन्। शिवजयन्ती पछि आउँछ
कृष्ण जयन्ती। अब कृष्णपुरी स्थापना हुन्छ। आज कंसपुरीमा छौ, भोलि कृष्णपुरीमा
हुन्छौ। कृष्ण यहाँ हुन सक्दैनन्। कृष्णले जन्म लिन्छन् नै सत्ययुगमा। उनी हुन्
पहिलो राजकुमार। विद्यालयमा पढ्न जान्छन्, जब ठूला हुन्छन् तब गद्दीको मालिक बन्छन्।
बाँकी यी रासलीला आदि त आपसमा खुसी मनाउनको लागि हुन्। बाँकी कृष्णले कसैलाई बसेर
ज्ञान सुनाउन्, यो कसरी हुन सक्छ? सारा महिमा शिवबाबाको हो, जसले पतितहरूलाई पावन
बनाउनु हुन्छ। तिमीले कुनै ठूला अफिसरहरूलाई सम्झायौ भने भन्छन्– तपाईले ठीक
भन्नुहुन्छ। तर उनले अरू कसैलाई सुनाउन सक्दैनन्। उनको कुरा कसैले सुन्दैन। बी.के.
बन्यो भने सबैले भन्छन्– यसलाई त जादु लागिसकेछ। बी.के. को नाम सुन्यो, पुग्यो।
सम्झन्छन्– यिनले जादु गर्छन्। अलिकति कसैलाई ज्ञान दियो भने भन्छन्– यी बी.के.ले
जादु लगाउँछन्। यिनले त आफ्नो दादाको सिवाय अरू कसैको कुरा मान्दैनन्। भक्ति आदि
केही गर्दैनन्। बाबा भन्नुहुन्छ– भक्ति नगर भनेर कसैलाई मनाही गर्नु हुँदैन, आफैं
छुट्छ। तिमीले भक्ति छोड्छौ, विकार छोड्छौ, यसैमा नै झगडा हुन्छ। बाबाले भन्नु भएको
छ– मैले रुद्र ज्ञान यज्ञ रच्छु, यसैमा आसुरी सम्प्रदायको विघ्न पर्छ। यो हो शिव
बाबाको बेहदको यज्ञ, जसमा मनुष्यबाट देवता बन्छन्। गायन गरिएको पनि छ– ज्ञान
यज्ञबाट विनाश ज्वाला प्रज्वलित भयो। जब पुरानो दुनियाँ विनाश हुन्छ, तब त तिमीले
नयाँ दुनियाँमा राज्य गर्छौ। मनुष्यले भन्छन् हामी शान्ति होस् भन्छौं तर यी बी.के.
भन्छन्– विनाश होस्। बाबाले सम्झाउनु हुन्छ– यो सारा पुरानो दुनियाँ यो ज्ञान यज्ञमा
स्वाहा हुन्छ। यो पुरानो दुनियाँलाई आगो लाग्छ। प्राकृतिक प्रकोप पनि आउँछन्। विनाश
त हुनु नै छ। तोरी जस्तै सबै मानिसहरू पिसिएर खतम हुछन्। केवल आत्माहरू बच्छन्। यो
त कसैले पनि जान्न सक्छ– आत्मा अविनाशी छ। अहिले यो बेहदको होलिका जल्नु छ, जसमा
शरीर सबै खतम हुन्छ। बाँकी आत्माहरू पवित्र भएर जान्छन्। आगोले चीज शुद्ध हुन्छ नि।
हवन गर्छन् शुद्धताको लागि। ती सबै हुन् शारीरिक कुरा। अब त सारा दुनियाँ स्वाहा
हुनु छ। विनाश भन्दा पहिला अवश्य स्थापना हुन्छ। कसैलाई पनि सम्झाउँदा भन, पहिला
स्थापना फेरि विनाश। ब्रह्माद्वारा स्थापना। प्रजापिता त प्रख्यात छन् नि। आदि देव
र आदि देवी। जगत् अम्बाका पनि लाखौं मन्दिरहरू छन्। कति मेला लाग्छन्। तिमी हौ जगत्
अम्बाका बच्चाहरू! ज्ञान-ज्ञानेश्वरी फेरि बन्छन् राज-राजेश्वरी। तिमी धेरै धनवान
बन्छौ फेरि भक्तिमार्गमा लक्ष्मीसँग दीपमाला गरेर विनाशी धन माग्छन्। यहाँ त सबै
कुरा मिल्छ। आयुष्मान् भव, पुत्रवान् भव। तिमीलाई थाहा छ– हाम्रो आयु १५० वर्ष
हुन्छ। बाबाले भन्नुहुन्छ– जति योग लगाउँछौ, त्यति आयु बढ्छ। तिमीले ईश्वरसँग योग
लगाएर योगेश्वर बन्छौ। मनुष्य त हुन् भोगेश्वर। भनिन्छ पनि विकारी, मूत पलीती कपड
धोए... बाबा भन्नुहुन्छ– मलाई धोबी पनि भन्छन्। म आएर सबै आत्माहरूलाई सफा गर्छु
फेरि शरीर पनि नयाँ शुद्ध मिल्छ। बाबा भन्नुहुन्छ– मैले सेकेण्डमा सारा दुनियाँको
कपडा सफा गरिदिन्छु। केवल मनमनाभव भएपछि आत्मा र शरीर पवित्र बन्छ। छु मन्त्र हो
नि। सेकेण्डमा जीवनमुक्ति। कति सजिलो उपाय छ। बाबालाई याद गर्यौ भने पावन बन्छौ।
हिँड्दा-डुल्दा पनि केवल बाबालाई याद गर, तिमीलाई अरू कुनै अलिकति पनि दु:ख दिन्नँ।
केवल याद गर्नु छ। अहिले एक एक सेकेण्डमा तिम्रो चढ्ती कला हुन्छ।
बाबा भन्नुहुन्छ– म तिमी बच्चाहरूको सेवक बनेर आएको छु। तिमीले बोलाएका थियौ– हे
पतित-पावन आउनुहोस्, आएर हामीलाई पावन बनाउनुहोस् भनेर। प्यारा बच्चाहरू! आएको छु
त्यसैले सेवक भएँ नि। जब तिमी धेरै पतित बन्छौ, तब नै जोडसँग कराउँछौ। अब म आएको
छु। म कल्प-कल्प आएर तिमी बच्चाहरूलाई यो मन्त्र दिन्छु। मलाई याद गर्यौ भने तिमी
पावन बन्छौ। मनभनाभवको अर्थ पनि हो– मनमना भव, मध्याजी भव अर्थात् बाबालाई याद गर्यौ
भने विष्णुपुरीको मालिक बन्छौ। तिमी आएका नै हौ विष्णुपुरीको राज्य लिन। रावणपुरी
पछि हुन्छ विष्णुपुरी। कंसपुरी पछि हुन्छ कृष्णपुरी, कति सजिलोसँग सम्झाइएको छ। बाबा
भन्नुहुन्छ– यस पुरानो दुनियाँबाट ममत्व मेटाइदेऊ। अब हामीले ८४ जन्म पूरा गरेका
छौं। यो पुरानो चोला छोडेर हामी जान्छौं नयाँ दुनियाँमा। यादबाट नै तिम्रो पाप
कटिँदै जान्छ। यति हिम्मत गर्नुपर्छ। उनीहरूले त ब्रह्मलाई याद गर्छन्। सम्झन्छन्–
ब्रह्ममा लीन हुन्छौं। तर ब्रह्म त हो रहने स्थान। उनीहरू तपस्या गर्न बस्छन्। हामी
त अब ब्रह्ममा गएर लीन हुन्छौं। तर फर्केर त कोही पनि जान सक्दैन। ब्रह्मसँग योग
लगाएर त पावन बन्दैनन्। एउटा पनि जान सक्दैन। पुनर्जन्म त लिनु नै छ। बाबा आएर सत्य
कुरा बताउनु हुन्छ। सत्यखण्ड सच्चा बाबाले नै स्थापना गर्नुहुन्छ। रावणले आएर
झुटखण्ड बनाइदिन्छ। यो हो संगमयुग। यसमा तिमी उत्तम भन्दा उत्तम बन्छौ, त्यसैले
यसलाई पुरुषोत्तम भनिन्छ। तिमी कौडीबाट हीरा जस्तो बन्छौ। यो हो बेहदको कुरा। उत्तम
भन्दा उत्तम मनुष्य हुन् देवताहरू। अहिले पुरुषोत्तम संगमयुगमा तिमी बसेका छौ।
तिमीलाई पुरुषोत्तम बनाउनेवाला हुनुहुन्छ उच्च भन्दा उच्च बाबा। उच्च भन्दा उच्च
स्वर्गको वर्सा तिमीलाई दिनुहुन्छ, फेरि यो तिमीले बिर्सिन्छौ किन? बाबा भन्नुहुन्छ–
मलाई याद गर। बच्चाहरूले भन्छन्– बाबाले कृपा गर्नुभयो भने हामीले बिर्सिदैनौं। यो
कसरी हुन सक्छ? बाबाको निर्देशन अनुसार चल्नु छ नि। बाबा भन्नुहुन्छ– मलाई याद गर्यौ
भने तिमी पतितबाट पावन बन्छौ। राय अनुसार चल। बाँकी आशीर्वाद के दिऊँ? अच्छा!
मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग।
रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई
गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) बाबाको हर
निर्देशन अनुसार चलेर स्वयंलाई कौडीबाट हीरा जस्तो बनाउनु छ। एक बाबाको यादमा रहेर
स्वयंको वस्त्रलाई स्वच्छ बनाउनु छ।
२) अब नयाँ घरमा जानु छ त्यसैले यस पुरानो घरसँग बेहदको वैराग्य राख्नु छ। नशा रहोस्,
यो पुरानो कब्रिस्तानलाई हामीले परिस्तान बनाउँछौं।
वरदान:–
संगमयुगको
श्रेष्ठ चित्रलाई अगाडि राखेर भविष्यको दर्शन गर्ने त्रिकालदर्शी भव
भविष्यमा भन्दा
पहिल्यै सर्व प्राप्तिहरूको अनुभव तिमी संगमयुगी ब्राह्मणहरूले गर्छौ। अहिले डबल
ताज, तख्त, तिलकधारी, सर्व अधिकारीमूर्त बन्छौ। भविष्यमा त सुनको चम्चा हुन्छ नै तर
अहिले हीरातुल्य बन्छौ। जीवन नै हीरा बन्छ। त्यहाँ सुन, हीराको झुलामा झुल्छौ, यहाँ
बापदादाको काखमा, अतीन्द्रिय सुखको झुलामा झुल्छौ। त्यसैले त्रिकालदर्शी बनेर
वर्तमान र भविष्यको श्रेष्ठ चित्रलाई हेर्दै सर्व प्राप्तिहरूलाई अनुभव गर।
स्लोगन:–
कर्म र योगको
सन्तुलनले नै परमात्म आशीर्वादको अधिकारी बनाउँछ।