19.03.20          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे जसले सुरुदेखि भक्ति गरेका छन् , ८४ जन्म लिएका छन् , उनैले तिम्रो ज्ञानलाई धेरै रुचिले सुन्छन् , इशाराले बुझ्छ न्।

प्रश्न:
देवी-देवता घरानाका नजिकका आत्माहरू हुन् या परका हुन्, त्यसको परख के हुन्छ?

उत्तर:
जो तिम्रा देवता घरानाका आत्माहरू होलान्, उनलाई ज्ञानको सबै कुरा सुन्नासाथ ठीक लाग्छ, उनीहरू अलमलिदैनन्। जति धेरै भक्ति गरेका छन्, त्यति धेरै सुन्ने कोसिस गर्नेछन्। त्यसैले बच्चाहरूले लक्षण हेरेर सेवा गर्नुपर्छ।

ओम् शान्ति ।
रूहानी बाबा बसेर रूहानी बच्चाहरूलाई सम्झाउनु हुन्छ। रूहानी बाबा हुनुहुन्छ निराकार, यस शरीरद्वारा सम्झाउनु हुन्छ। हामी आत्मा पनि निराकार हौं, यस शरीरद्वारा सुन्छौं यो त बच्चाहरूले बुझिसकेका छन्। अहिले दुई बाबा सँगसँगै हुनुहुन्छ नि। बच्चाहरूले जानेका छन् दुवै बाबा यहाँ हुनुहुन्छ। तेस्रो पितालाई त जानेका छौ, तर उनी भन्दा फेरि पनि यी राम्रा छन्, यिनी भन्दा फेरि उहाँ असल हुनुहुन्छ, नम्बरवार छ नि। त्यसैले ती लौकिकबाट सम्बन्ध हटाएर बाँकी यी दुवैसँग सम्बन्ध हुन्छ। बाबा बसेर सम्झाउनु हुन्छ, मानिसहरूलाई कसरी सम्झाउनु पर्छ। तिम्रो पासमा मेला, प्रदर्शनीमा त धेरै आउँछन्। यो पनि तिमीले जानेका छौ ८४ जन्म सबैले लिँदैनन्। यो ८४ जन्म लिनेवाला हो या १० जन्म लिनेवाला हो वा २० जन्म लिनेवाला हो यो कसरी थाहा हुन्छ? अब तिमी बच्चाहरूलाई थाहा छ जसले धेरै भक्ति गरेका होलान्, सुरुदेखि लिएर, त्यसको फल पनि उनलाई त्यति नै छिटो र राम्रो मिल्छ। थोरै भक्ति गरेको भए, ढिलो भक्ति गरेको भए फल पनि त्यति नै थोरै र पछिबाट मिल्छ। यो कुरा बाबाले सेवा गर्ने बच्चाहरूलाई सम्झाउनु हुन्छ। भन, तपाईंहरूले देवी-देवताहरूलाई मान्नुहुन्छ? यहाँ यी लक्ष्मी-नारायणको राज्य थियो नि। जो ८४ जन्म लिनेवाला होला, सुरुदेखि भक्ति गरेको भए उसले तुरुन्तै बुझ्छ वास्तवमा आदि सनातन देवी-देवता धर्म थियो, रुचिले सुन्न थाल्छ। कोही त त्यत्तिकै देखेर आउँछन्, केही सोध्दा पनि सोध्दैनन्, मानौं उनको बुद्धिमा बस्दैन। उनको लागि सम्झनुपर्छ, यो अहिलेसम्म यहाँको होइन। पछि गएर बुझ्न पनि सक्छ। कसैले सम्झायो भने तुरुन्त शिर हल्लाउँछ। वास्तवमा यस हिसाबले त ८४ जन्म ठीक हो। यदि भन्छ, मैले कसरी सम्झूँ पूरा ८४ जन्म लिएको हुँ ? ठीक छ, ८४ नभए ८२, देवता धर्ममा त आएको हुँला। हेर, त्यति बुद्धिमा ठीक लाग्दैन भने बुझ यो ८४ जन्म लिनेवाला होइन। पछि आउनेले कम पढ्छन्। जति धेरै भक्ति गरेको छ, उसले त्यति पढ्ने कोसिस गर्छ। तुरुन्तै बुझ्छ। कम बुझ्छ भने सम्झ ऊ पछि आउनेवाला हो। भक्ति पनि पछिबाट गरेको हुनुपर्छ। धेरै भक्ति गर्नेले इशाराबाट बुझ्छ। ड्रामा दोहोरिन्छ नि। सारा भक्तिमा आधारित छ। यिनले सबैभन्दा नम्बरवन भक्ति गरेका हुन् नि। कम भक्ति गरेको भए फल पनि कम मिल्छ। यी सबै बुझ्ने कुरा हुन्। मोटो बुद्धि हुनेले धारणा गर्न सक्दैन। यी मेला प्रदर्शनीहरू त हुँदै रहन्छन्। सबै भाषाहरूमा निक्लिन्छन्। सारा दुनियाँलाई सम्झाउनु छ नि। तिमी हौ सच्चा-सच्चा पैगम्बर र मेसेन्जर। ती धर्म स्थापकहरूले त केही पनि गर्दैनन्। न ती गुरु हुन्। गुरु भन्छन् तर ती कुनै सद्गतिदाता कहाँ हुन् र। उनीहरू जब आउँछन्, उनको संस्था नै हुँदैन भने सद्गति कसको गर्ने? गुरु ऊ हो जसले सद्गति देओस्, दु:खको दुनियाँबाट शान्तिधाम लिएर जाओस्। क्राइस्ट आदि गुरु होइनन्, उनीहरू त केवल धर्म स्थापक हुन्। उनीहरूको अरू कुनै पोजिशन छैन। पोजिशन त उनीहरूको हुन्छ, जो पहिला पहिला सतोप्रधान, सतो, रजो, तमोमा आउँछन्। उनीहरूले त केवल आफ्नो धर्म स्थापना गरेर पुनर्जन्म लिइरहन्छन्। जब फेरि सबैको तमोप्रधान अवस्था हुन्छ, तब बाबा आएर सबैलाई पवित्र बनाएर लैजानुहुन्छ। पावन बनेपछि फेरि पतित दुनियाँमा रहन सकिँदैन। पवित्र आत्माहरू जान्छन् मुक्तिमा, फेरि जीवनमुक्तिमा आउने छन्। भन्ने पनि गर्छन् उहाँ मुक्तिदाता हुनुहुन्छ, गाइड हुनुहुन्छ, तर यसको पनि अर्थ बुझेका छैनन्। अर्थ बुझेको भए त उहाँलाई चिन्ने थिए। सत्ययुगमा भक्ति मार्गका अक्षर पनि हुँदैनन्।

यो पनि ड्रामामा निश्चित छ, जसमा सबैले आ-आफ्नो पार्ट खेलिरहन्छन्। सद्गतिलाई कसैले पनि प्राप्त गर्न सक्दैन। अहिले तिमीलाई यो ज्ञान मिलिरहेको छ। बाबाले पनि भन्नुहुन्छ म कल्प-कल्प, कल्पको संगमयुगमा आउँछु। यसलाई भनिन्छ कल्याणकारी संगमयुग, अरू कुनै युग कल्याणकारी छैन। सत्ययुग र त्रेताको संगमको कुनै महत्त्व छैन। सूर्यवंशी पछि फेरि चन्द्रवंशी राज्य चल्छ। फेरि चन्द्रवंशीपछि वैश्यवंशी बन्छन्, चन्द्रवंशी विगत (पास्ट) हुन्छ। उनीहरू पछि के बन्छन्, यो थाहा नै हुँदैन। चित्र आदि रहेका भए सम्झने थिए यी सूर्यवंशी हाम्रा अग्रज थिए, यी चन्द्रवंशी थिए। उनीहरू महाराजा, ती राजा। उनीहरू धेरै धनवान थिए। यिनीहरू फेरि पनि फेल भएका हुन् नि। यी कुरा कुनै शास्त्र आदिमा छैनन्। अब बाबा बसेर सम्झाउनु हुन्छ। सबैले भन्छन् हामीलाई मुक्त गर्नुहोस्, पतितबाट पावन बनाउनुहोस्। सुखको लागि भन्दैनन् किनकि सुखको निन्दा गरिएको छ शास्त्रहरूमा। सबैले भन्छन् मनको शान्ति कसरी मिल्छ? अहिले तिमी बच्चाहरूलाई थाहा छ तिमीलाई सुख-शान्ति दुवै मिल्छ, जहाँ शान्ति हुन्छ त्यहाँ सुख हुन्छ। जहाँ अशान्ति हुन्छ, त्यहाँ दु:ख हुन्छ। सत्ययुगमा सुख-शान्ति हुन्छ, यहाँ दु:ख-अशान्ति छ। यो बाबाले सम्झाउनु हुन्छ। तिमीलाई माया रावणले कति तुच्छ बुद्धि बनाएको छ, यो पनि ड्रामा बनेको छ। बाबा भन्नुहुन्छ म पनि ड्रामाको बन्धनमा बाँधिएको छु। मेरो पार्ट नै अहिले हो, जुन खेलिरहेको छु। भन्ने पनि गर्छन् बाबा कल्प-कल्प हजुर नै आएर भ्रष्टाचारी पतितबाट श्रेष्ठाचारी पावन बनाउनु हुन्छ। भ्रष्टाचारी बनेका हौ रावणद्वारा। अहिले बाबा आएर मनुष्यबाट देवता बनाउनु हुन्छ। यो जुन गायन छ, त्यसको अर्थ बाबाले नै आएर सम्झाउनु हुन्छ। त्यस अकाल तख्तमा बस्नेले पनि यसको अर्थ बुझ्दैनन्। बाबाले तिमीलाई सम्झाउनु भएको छ आत्माहरू अकालमूर्त हुन्। आत्माको यो शरीर हो रथ, यसमा अकाल अर्थात् जसलाई कालले खाँदैन, त्यो आत्मा विराजमान छ। सत्ययुगमा तिमीलाई कालले खाँदैन। अकालमा मृत्यु कहिल्यै हुँदैन। त्यो हो नै अमरलोक, यो हो मृत्युलोक। अमरलोक, मृत्युलोकको पनि अर्थ कसैले बुझ्दैनन्। बाबा भन्नुहुन्छ मैले तिमीलाई एकदम सरल सम्झाउँछु केवल म एकलाई याद गर्यौ भने तिमी पावन बन्छौ। साधु-सन्त आदिले पनि गायन गर्छन् पतित-पावन...। पतित-पावन बाबालाई बोलाउँछन्, जहाँ गए भने पनि यो अवश्य भन्छन् पतित-पावन...। सत्य त कहिल्यै छिप्न सक्दैन। तिमीले जानेका छौ अहिले पतित-पावन बाबा आउनु भएको छ। हामीलाई मार्ग बताइरहनु भएको छ। कल्प पहिला पनि भन्नुभएको थियो आफूलाई आत्मा सम्झेर म एकलाई याद गर्यौ भने तिमी सतोप्रधान बन्छौ। तिमीहरू सबै प्रियतमा हौ म प्रियतमको। ती प्रियतमा-प्रियतम त एक जन्मको लागि हुन्छन्, तिमी जन्म-जन्मान्तरका प्रियतमा हौ। हे प्रभु भनेर याद गर्दै आयौ। दिनेवाला त एकै बाबा हुनुहुन्छ नि। बच्चाहरू सबैले पितासँग नै माग्छन्। आत्मा जब दु:खी हुन्छ, अनि बाबालाई याद गर्छ। सुखमा कसैले याद गर्दैन, दु:खमा याद गर्छन्, भन्छन् बाबा आएर सद्गति दिनुहोस्। जसरी गुरुको पासमा जान्छन्, हामीलाई बच्चा दिनुहोस् भन्छन्। बच्चा मिल्यो भने धेरै खुशी हुन्छन्। बच्चा भएन भने भन्छन् ईश्वरको भावी। ड्रामालाई त उनले जान्दै जानेका छैनन्। यदि उनले ड्रामालाई जानेको भए त सबै जान्ने थिए। तिमीले ड्रामालाई जानेका छौ, अरू कसैले जानेका छैनन्। न कुनै शास्त्रहरूमा नै छ। ड्रामा मतलब नाटक। यसको आदि मध्य अन्त्यको बारेमा थाहा हुनुपर्छ। बाबा भन्नुहुन्छ म ५-५ हजार वर्षपछि आउँछु। यी ४ युग बिल्कुल बराबर छन्। स्वस्तिकाको पनि महत्त्व छ नि। खाता जुन बनाउँछन् (व्यापारीहरूले) त्यसमा स्वस्तिक बनाउँछन्। यो पनि खाता हो नि। हामीलाई फाइदा कसरी हुन्छ, फेरि घाटा कसरी पर्छ। घाटा पर्दा पर्दा अहिले पूरै घाटा भएको छ। यो हार-जितको खेल हो। पैसा छ र स्वास्थ्य पनि छ भने सुख हुन्छ, पैसा छ तर स्वास्थ्य छैन भने सुख हुँदैन। तिमीलाई स्वास्थ्य-सम्पत्ति दुवै दिन्छु। अनि खुशी त हुन्छ नै।

जब कसैले शरीर छोड्छ भने मुखले त भन्छन् फलानो स्वर्गवासी भयो। तर भित्र दु:खी भइरहन्छन्। यसमा त अझै खुशी हुनु पर्ने हो, फेरि उसको आत्मालाई नर्कमा किन बोलाउँछन्? केही पनि बुझ्दैनन्। अहिले बाबा आएर यी सबै कुरा सम्झाउनु हुन्छ। बीज र वृक्षको रहस्य सम्झाउनु हुन्छ। यस्तो वृक्ष अरू कसैले बनाउन सक्दैन। यो कुनै यिनले बनाएका होइनन्। यिनका कुनै गुरु थिएनन्। यदि भएको भए त अरू पनि शिष्य हुने थिए नि। मानिसहरूले सम्झन्छन् यिनलाई कुनै गुरुले सिकाएका हुनुपर्छ या त भन्छन् परमात्माको शक्ति प्रवेश हुन्छ। अरे, परमात्माको शक्ति कसरी प्रवेश हुन्छ! विचरा केही पनि जानेका छैनन्। बाबा स्वयं बसेर बताउनु हुन्छ मैले भनेको थिएँ, म साधारण वृद्ध तनमा आउँछु, आएर तिमीलाई पढाउँछु। यिनले पनि सुन्छन्, ध्यान त मतर्फ छ। यी पनि विद्यार्थी हुन्। यिनले आफूलाई बढी केही पनि भन्दैनन्। प्रजापिता, उनी पनि विद्यार्थी हुन्। हुन त यिनले विनाश पनि देखे, तर केही पनि बुझेनन्। विस्तारै-विस्तारै बुझ्दै गए। जसरी तिमीले बुझ्दैछौ। बाबाले तिमीलाई सम्झाउनु हुन्छ, बीचमा यिनले पनि सम्झन्छन्, पढिरहन्छन्। हरेक विद्यार्थीले पुरुषार्थ गर्छन्, पढ्ने। ब्रह्मा-विष्णु-शंकर त हुन् सूक्ष्मवतनवासी। उनीहरूको पार्ट के छ, यो पनि कसैले जानेका छैनन्। बाबाले हरेक कुरा स्वयं बताउनु हुन्छ। तिमी कसैले प्रश्न सोध्न सक्दैनौ। माथी हुनुहुन्छ शिव परमात्मा, फेरि देवताहरू। उनलाई एकै कसरी भन्न मिल्छ? अहिले तिमी बच्चाहरूलाई थाहा छ बाबा यिनमा आएर प्रवेश गर्नुहुन्छ, त्यसैले भनिन्छ बापदादा। बाबा अलग हुनुहुन्छ, दादा अलग हुनुहुन्छ। बाबा शिव, दादा ब्रह्मा हुनुहुन्छ। वर्सा शिवसँग मिल्छ, यिनीद्वारा। ब्राह्मण भए ब्रह्माका बच्चाहरू। बाबाले आफ्नो बनाउनु भएको छ, ड्रामा योजना अनुसार। बाबा भन्नुहुन्छ नम्बरवन भक्त यी हुन्। ८४ जन्म पनि यिनले लिएका छन्। श्याम र सुन्दर पनि यिनलाई भन्छन्। कृष्ण सत्ययुगमा सुन्दर थिए, कलियुगमा श्याम छन्। पतित छन्, फेरि पावन बन्छन्। तिमी पनि त्यस्तै बन्छौ। यो हो तमोप्रधान दुनियाँ, त्यो हो सतोप्रधान दुनियाँ।

सिँढीको बारेमा कसैलाई थाहा छैन। जो पछि आउँछन्, उनले ८४ जन्म कहाँ लिन्छन् र। उनीहरूले अवश्य कम जन्म लिन्छन्, फेरि उनलाई सिँढीमा देखाउन कसरी सकिन्छ? बाबाले सम्झाउनु भएको छ सबैभन्दा धेरै जन्म कसले लिन्छन्? सबैभन्दा कम जन्म कसले लिन्छन्? यो हो ज्ञान। बाबा ज्ञानका सागर, पतित-पावन हुनुहुन्छ। आदि मध्य अन्त्यको ज्ञान सुनाइरहनु भएको छ। उनीहरू सबैले नेति-नेति भन्दै आए। आफ्नो आत्मालाई नै जानेका छैनन् भने फेरि बाबालाई कसरी जान्न सक्छन्? केवल भनि मात्र दिन्छन्, आत्मा के चीज हो, केही पनि जानेका छैनन्। तिमीले अहिले जानेका छौ आत्मा अविनाशी हो, उसमा ८४ जन्महरूको अविनाशी पार्ट भरिएको हुन्छ। यति सानो आत्मामा कति पार्ट भरिएको छ, जसले राम्ररी सुन्छन् र बुझ्छन् भने सम्झनुपर्छ यो नजिकको हो। बुद्धिमा बस्दैन भनेपछि आउने आत्मा हुनुपर्छ। सुनाउँदा लक्षण (नब्ज) हेरिन्छ। सम्झाउनेहरू पनि नम्बरवार छन् नि। तिम्रो यो पढाइ हो, राजधानी स्थापना भइरहेको छ। कसैले त उच्च भन्दा उच्च राजाई पद प्राप्त गर्छन्, कोही त प्रजामा नोकर-चाकर बन्छन्। बाँकी, हो, सत्ययुगमा कुनै दु:ख हुँदैन। त्यसलाई भनिन्छ सुखधाम, बहिश्त। बितेर गइसक्यो, त्यसैले त याद गर्छन् नि। मानिसहरूले सम्झन्छन् स्वर्ग कुनै माथितिर छतमा हुनुपर्छ। देलवाडा मन्दिरमा तिम्रो पूरा यादगार खडा छ। आदि देव, आदि देवी अनि बच्चाहरू तल योगमा बसेका छन्। माथि राजाई खजाना छ। मानिसहरूले त दर्शन गर्छन्, पैसा राख्छन्। तर केही पनि बुझ्दैनन्। तिमी बच्चाहरूलाई ज्ञानको तेस्रो नेत्र मिलेको छ, तिमीले सबैभन्दा पहिला त बाबाको कर्तव्यको बारेमा जान्यौ, बाँकी के चाहियो? बाबालाई जानेपछि सबै कुरा समझमा आइहाल्छ। त्यसैले खुशी हुनुपर्छ। तिमीले जानेका छौ अब हामी सत्ययुगमा गएर सुनको महल बनाउने छौं, राज्य गर्छौं। जो सेवाधारी बच्चाहरू छन्, उनीहरूको बुद्धिमा रहन्छ यो रूहानी ज्ञान, रूहानी बाबाले दिनुहुन्छ। रूहानी पिता भनिन्छ आत्माहरूका पितालाई। उहाँ नै सद्गति दाता हुनुहुन्छ। सुख-शान्तिको वर्सा दिनुहुन्छ। तिमीले सम्झाउन सक्छौ यो सिँढी हो हाम्रो, जसले ८४ जन्म लिन्छन्। तपाईंहरू आउनु हुन्छ नै आधामा, त्यसैले तपाईंहरूको ८४ जन्म कसरी हुन सक्छ? सबैभन्दा धेरै जन्म हामीले लिन्छौं। यो धेरै बुझ्नु पर्ने कुरा छ। मुख्य कुरा नै हो पतितबाट पावन बन्नको लागि बुद्धियोग लगाउनु छ। पावन बन्ने प्रतिज्ञा गरेर फेरि यदि पतित बन्छन् भने हाडखोर एकदम टुट्छ, मानौं ५ तल्लाबाट गिर्छ। बुद्धि नै मलेच्छ (अस्वच्छ) हुन्छ, दिल भित्र खाइरहन्छ। मुखबाट केही निस्किदैन। त्यसैले बाबा भन्नुहुन्छ खबरदार रहने गर। अच्छा।

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) यस ड्रामालाई यथार्थ रीति बुझेर मायाको बन्धनबाट मुक्त हुनु छ। स्वयंलाई अकालमूर्त आत्मा सम्झेर, बाबालाई याद गरेर पावन बन्नु छ।

२) सच्चा-सच्चा पैगम्बर र मेसेन्जर बनेर सबैलाई शान्तिधाम, सुखधामको मार्ग बताउनु छ। यस कल्याणकारी संगमयुगमा सबै आत्माहरूको कल्याण गर्नु छ।

वरदान:
स्वदर्शन चक्रको स्मृतिद्वारा सदा सम्पन्न स्थितिको अनुभव गर्ने मालामाल भव

जो सदा स्वदर्शन चक्रधारी छ, ऊ मायाको अनेक प्रकारका चक्रहरूबाट मुक्त रहन्छ। एक स्वदर्शन चक्रले अनेकौं व्यर्थ चक्रहरूलाई समाप्त गरिदिन्छ, मायालाई भगाइदिन्छ। उसको अगाडि माया टिक्न सक्दैन। स्वदर्शन चक्रधारी बच्चा सदा सम्पन्न हुनुको कारण अचल रहन्छ। स्वयंलाई मालामाल अनुभव गर्छ। मायाले खाली गर्ने कोसिस गर्छ तर ऊ सदा खबरदार, सुजाग, जागती ज्योति भएर रहन्छ, त्यसैले मायाले केही पनि गर्न पाउँदैन। जोसँग अटेन्सनरूपी चौकीदार सुजाग रहन्छ ऊ सदा सुरक्षित रहन्छ।

स्लोगन:
तिम्रो बोल यस्तो समर्थ होस् जसमा शुभ र श्रेष्ठ भावना समाहित होस्।