19.04.19          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे शरीर निर्वाहको लागि कर्म गर्दै बेहदको उन्नति गर।जति राम्रोसँग बेहदको पढाइ पढ्छौ, त्यति उन्नति हुन्छ।

प्रश्न:
तिमी बच्चाहरू जो बेहदको पढाइ पढिरहेका छौ, यसमा सबैभन्दा उच्च र कठिन विषय कुनचाहिँ हो?

उत्तर:
यस पढाइमा सबैभन्दा उच्च सब्जेक्ट हो भाइ-भाइको दृष्टि पक्का गर्ने। बाबाले ज्ञानको जुन तेस्रो नेत्र दिनु भएको छ, त्यस नेत्रद्वारा आत्मा भाइ-भाइलाई हेर। अलिकति पनि आँखाले धोका नदेओस्। कुनै पनि देहधारीको नाम-रूपमा बुद्धि नजाओस्। बुद्धिमा अलिकति पनि विकारी छी-छी संकल्प नचलोस्। यो हो मेहनत। यस विषयमा पास हुनेवाला विश्वको मालिक बन्छ।

ओम् शान्ति ।
बेहदका बाबा बसेर बेहदका बच्चाहरूलाई सम्झाउनुहुन्छ। हर एक कुरा एउटा हदको हुन्छ, अर्को बेहदको पनि हुन्छ। यति समय तिमी हदमा थियौ, अहिले बेहदमा छौ। तिम्रो पढाइ पनि बेहदको हो। बेहदको बादशाहीको लागि पढाइ हो, यो भन्दा ठूलो पढाइ कुनै हुँदैन। कसले पढाउँछ? बेहदका बाबा भगवान्ल। शरीर निर्वाह अर्थ पनि सबै कुरा गर्नु छ। फेरि आफ्नो उन्नतिको लागि पनि केही गर्नु पर्ने हुन्छ। धेरै मानिस नोकरी गर्दा पनि उन्नतिको लागि पढिरहन्छन्। त्यहाँ छ हदको उन्नति, यहाँ बेहद बाबाको पासमा छ बेहदको उन्नति। बाबा भन्नुहुन्छ हदको र बेहदको दुवै उन्नति गर। बुद्धिले सम्झन्छौ हामीले अहिले बेहदको सच्चा कमाई गर्नु छ। यहाँ त सबै थोक माटोमा मिल्नु छ। जति-जति तिमी बेहदको कमाईमा जोड भर्दै जान्छौ त्यति हदको कमाईको कुरा बिर्सिदै जान्छ। सबैले बुझ्दछन् अब विनाश हुनु छ। विनाश नजिक आएपछि भगवानलाई पनि खोज्दछन्। विनाश हुन्छ भने अवश्य स्थापना गर्नेवाला पनि हुनुपर्छ। दुनियाँले त केही पनि जान्दैन। तिमी प्रजापिता ब्रह्माकुमार-कुमारीहरू पनि नम्बरवार पुरुषार्थ अनुसार पढाइ पढिरहेका छौ। होस्टेलमा ती विद्यार्थीहरू रहन्छन् जसले पढ्छन्। तर यो होस्टेल अनौठो छ। यो होस्टेलमा त यत्तिकै रहन्छन्, जो सुरुदेखि चल्दै आए उनीहरू रहेका छन्। यत्तिकै आए। विभिन्न प्रकारका (वेराइटी) आए। यस्तो होइन, सबै राम्रो आए। साना-साना बच्चाहरू पनि तिमीहरूले लिएर आयौ। तिमीहरू बच्चाहरूलाई पनि सम्हाल्थ्यौ। फेरि तिनीहरूमध्ये कति गए। बगैंचामा फूल पनि हेर, पन्छी पनि हेर कसरी चिरबिर गर्छन्। यो मनुष्य सृष्टि पनि अहिले यस्तै छ। हामीमा कुनै सभ्यता थिएन। सभ्यता हुनेहरूको महिमा गाउँथ्यौ। भन्थ्यौ हम निर्गुण हारे में कोई गुण नाहिं...। आउन त कति ठूला मानिस पनि आउँछन्, महसुस गर्छन् हामी रचयिता बाबा र रचनाको आदि-मध्य-अन्त्यलाई जान्दैनौ। फेरि उनीहरू के कामका। तिमीहरू पनि केही कामका थिएनौ। अहिले तिमीहरू सम्झन्छौ, बाबाको कमाल छ। बाबाले विश्वको मालिक बनाउनुहुन्छ। जुन राजाई हामीबाट कसैले पनि छिन्न सक्दैन। अलिकति पनि कसैले विघ्न पार्न सक्दैन। हामी केबाट के बन्छौं! त्यसैले यस्तो बाबाको श्रीमतमा अवश्य चल्नुपर्छ। हुन त दुनियाँमा कति ग्लानि, हंगामा आदि हुन्छन्। यो कुनै नयाँ कुरा होइन। ५ हजार वर्ष पहिले पनि भएको थियो। शास्त्रमा पनि छ। बच्चाहरूलाई बताएको छु, यी जुन भक्तिमार्गका शास्त्र छन्, उनीहरूले फेरि भक्तिमार्गमा पढ्नेछन्। अहिले तिमी ज्ञानद्वारा सुखधाममा जान्छौ। त्यसको लागि पूरा पुरुषार्थ गर्नुपर्छ। जति अहिले पुरुषार्थ गर्छौ त्यति कल्प-कल्प हुन्छ। आफूभित्र जाँच गर्नु छ, म कहाँसम्म उच्च पद पाउँछ? यो त हर एक विद्यार्थीले बुझ्न सक्छ म जति राम्ररी पढ्छु त्यति उच्च बन्छ। यो मभन्दा होसियार छ, म पनि होसियार बनू। व्यापारीहरूमा पनि यस्तो हुन्छ म योभन्दा माथि जाऊँ, मतलब होसियार बनू। अल्पकाल सुखको लागि मेहनत गर्छन्। बाबा भन्नुहुन्छ मीठा-प्यारा बच्चाहरू, म तिम्रो कति ठूलो बाबा हुँ। साकारी बाबा पनि छन् भने निराकारी पनि हुनुहुन्छ। दुवै एकसाथ हुनुहुन्छ। दुवै मिलेर भन्नुहन्छ मीठा-प्यारा बच्चाहरू, अब तिमीहरूले बेहदको पढाइलाई बुझेका छौ। अरू त कसैले जान्दैनन्। पहिलो कुरा त हामीलाई पढाउनेवाला को हुनुहुन्छ? भगवानले के पढाउनुहुन्छ? राजयोग। तिमी राजऋषि हौ। उनीहरू हुन् हठयोगी। उनीहरू पनि हुन् ऋषि तर हदका। उनीहरू भन्छन् हामीले घरबार छोडेका छौ। यो कुनै राम्रो काम के गरे र? तिमीहरू घरबार तब छोड्छौ जब तिमीलाई विकारको लागि हैरान गर्छन्। उनीहरूलाई के हैरान भयो? तिमीहरूलाई पिटे त्यसैले तिमीहरू भागेका हौ। एक-एकसँग सोध, कुमारीहरूले, स्त्रीले कति पिटाइ खाएका छन्, त्यसैले आयौ। सुरुमा कति धेरै आए। यहाँ ज्ञानामृत मिल्थ्यो त्यसैले चिट्ठी लिएर आए हामी ज्ञान अमृत पिउन ओम् राधेको पासमा गइरहेका छौ। यो विकारसँग झगडा सुरुदेखि नै चल्दै आइरहेको छ। बन्द तब हुन्छ जब आसुरी दुनियाँको विनाश हुन्छ। फेरि आधाकल्पको लागि बन्द हुन्छ। अहिले तिमी बच्चाहरू बेहदको बाबाबाट प्रारब्ध लिन्छौ। बेहदका बाबाले सबैलाई बेहदको प्रारब्ध दिनुहुन्छ। हदको बाबाले हदको प्रारब्ध दिन्छन्। त्यहाँ केवल छोरालाई मात्र वर्सा मिल्छ। यहाँ बाबा भन्नुहुन्छ तिमी बच्ची हौ या बच्चा, दुवै वर्साको हकदार हौ। ती लौकिक बाबाको पासमा भेद रहन्छ, केवल छोरालाई हकदार बनाउँछन्। स्त्रीलाई अर्धाङ्गिनी भन्दछन्। तर उनलाई हिस्सा दिदैनन्। छोराले नै सम्हाल्छ। पिताको छोरामा मोह रहन्छ। यहाँ बाबा त काइदा अनुसार सबै बच्चाहरू (आत्माहरू)लाई वर्सा दिनुहुन्छ। यहाँ त छोरा वा छोरीको भेद छैन। तिमीहरू कति धेरै सुखको वर्सा बेहदको बाबाबाट लिन्छौ। फेरि पनि पूरा पढ्दैनौ। पढाइलाई छोडिदिन्छन्। बच्चीहरू लेख्छन् बाबा, फलानोले रगतले लेखेर दिएको छ। अहिले आउँदैन। रगतले पनि लेख्छन् बाबा, हजुर प्यार गर्नुहोस् वा नगर्नुहोस्, म हजुरलाई कहिल्यै छोड्दिनँ। तर पालना लिएर फेरि पनि जान्छन्। बाबाले सम्झाउनु भएको छ यो सबै ड्रामा हो। कोही आश्चर्यवत् भागन्ती हुन्छन्। यहाँ बसेका छन् त्यसैले निश्चय छ, यस्तो बेहदको बाबालाई म कसरी छोडौ। यो त पढाइ पनि हो। ग्यारेन्टी पनि गर्नुहुन्छ, म साथै लिएर जान्छ। सत्ययुग आदिमा यति सबै मनुष्य थिएनन्। अहिले संगममा सबै मनुष्य छन्, सत्ययुगमा धेरै कम हुन्छन्। यति सबै धर्मवाला कोही पनि रहनेछैनन्। त्यसको तयारी भइरहेको छ। यो शरीर छोडेर शान्तिधाम जान्छौ। हिसाब-किताब चुक्ता गरेर जहाँबाट आएका हौ पार्ट बजाउन, त्यहाँ जान्छौ। त्यहाँ त दुई घण्टाको नाटक हुन्छ, यो हो बेहदको नाटक। तिमी जानेका छौ हामी त्यो घरको रहवासी हौं र हौं पनि एक बाबाको बच्चाहरू। रहने स्थान हो निर्वाणधाम, वाणीभन्दा पर। त्यहाँ आवाज हुँदैन। मनुष्य सम्झन्छन् ब्रह्ममा लीन हुनेछौ। बाबा भन्नुहुन्छ आत्मा अविनाशी छ, त्यसको कहिल्यै विनाश हुन सक्दैन। कति जीव आत्माहरू छन्। आत्माले अविनाशी जीवद्वारा पार्ट खेल्छ। सबै आत्मा ड्रामाका एक्टरहरू हुन्। रहने स्थान ब्रह्माण्ड, त्यो घर हो। आत्मा अण्डा जस्तै देखिन्छ। वहाँ ब्रह्माण्डमा उसको रहने स्थान हो। हर एक कुरालाई राम्ररी बुझ्नुपर्छ। बुझेनौ भने पछि गएर आफैं बुझ्नेछौ, यदि सुनिरह्यौ भने मात्र। छोडिदियौ भने केही पनि बुझ्न सक्नेछैनौ। तिमी बच्चाहरू जानेका छौ, यो पुरानो दुनियाँ खत्तम भएर नयाँ दुनियाँ स्थापना हुन्छ। बाबा भन्नुहुन्छ हिजो तिमी विश्वको मालिक थियौ, अहिले तिमी विश्वको मालिक बन्न आएका छौ। गीत पनि छ नि बाबाले हामीलाई यस्तो मालिक बनाउनुहुन्छ जो कसैले हामीबाट छिन्न सक्दैन। आकाश, जमिन आदिमा हाम्रो अधिकार रहन्छ। यस दुनियाँमा हेर के-के छन्। सबै हुन् मतलबका साथी। त्यहाँ त यस्तो हुनेछैन। जसरी लौकिक पिताले बच्चाहरूलाई भन्छन् यी धनमाल सबै कुरा तिमीलाई दिएर जान्छु, यिनलाई राम्ररी सम्हाल्नु। बेहदको बाबाले पनि भन्नुहुन्छ, तिमीलाई धनमाल सबै कुरा दिन्छु। तिमीहरूले मलाई बोलाएका हौ पावन दुनियाँमा लिएर जानुहोस्। त्यसैले अवश्य पावन बनाएर विश्वको मालिक बनाउँछ। बाबा कति युक्तिसँग सम्झाउनुहुन्छ। यसको नाम नै हो सहज ज्ञान र योग। सेकेन्डको कुरा हो। सेकेन्डमा मुक्ति जीवन मुक्ति। तिमी अहिले कति दूरादेशी बुद्धि भएका छौ। यही चिन्तन भइरहोस् हामी बेहदको बाबाद्वारा पढिरहेका छौ। हामी आफ्नो लागि राज्य स्थापना गरिरहेका छौं, त्यसैले त्यसमा हामी उच्च पद किन नलिने त? कम किन लिने? राजधानी स्थापना हुन्छ। त्यसमा पनि पद हुन्छ नि। दास-दासीहरू धेरै हुन्छन्। उनीहरूले पनि धेरै सुख पाउँछन्। साथै महलमा रहन्छन्। बच्चा आदि सम्हाल्छन्। कति खुशी हुन्छ। केवल नाम हुन्छ दास-दासी। राजा-रानीले जे खान्छन् त्यही दास-दासीले पनि खान्छन्। प्रजालाई त मिल्दैन, दास-दासीहरूको पनि धेरै नाम छ, तर उनीहरूमा पनि नम्बरवार छन्। तिमी बच्चाहरू सारा विश्वको मालिक बन्छौ। दास दासीहरू त यहाँ पनि राजाहरूको पासमा हुन्छन्। राजकुमारहरूको जब सभा लाग्छ, आपसमा मिल्छन् भने पूरा शृङ्गार गरिएका, ताज आदि सहित हुन्छन्। फेरि उनीहरूमा पनि नम्बरवार धेरै शोभायमान सभा लाग्छ। त्यसमा रानीहरू बस्दैनन्। उनीहरू पर्दामा रहन्छन्। बाबा यी सबै कुरा सम्झाउनुहुन्छ। उनीहरूलाई तिमी प्राणदाता पनि भन्छौ, जीवन दान दिनेवाला। घरी-घरी शरीर छोड्नबाट बचाउनेवाला हुनुहुन्छ। वहाँ मर्ने चिन्ता हुँदैन। यहाँ कति चिन्ता रहन्छ। थोरै केही भयो भने डाक्टरलाई बोलाउँछन् कतै मरि नहालोस्। त्यहाँ डरको कुरा हुँदैन। तिमी कालमाथि जित पाउँछौ त्यसैले कति नशा रहनुपर्छ। पढाउनेलाई याद गर्यौ भने पनि यादको यात्रा भयो। बाबा-शिक्षक-सदगुरुलाई याद गर्यौ भने पनि ठीक छ, जति श्रीमतमा चल्छौ, मनसा-वाचा-कर्मणा पावन बन्नु छ। बुद्धिमा विकारी संकल्प पनि नआऊन्। त्यो तब हुन्छ तब भाइ-भाइ सम्झन्छौ। बहिनी-भाइ सम्झिनाले पनि खराब संकल्प आउन सक्छ। सबैभन्दा धेरै धोका दिनेवाला यी आँखा हुन्, त्यसैले बाबाले तेस्रो नेत्र दिनु भएको छ। अब आफूलाई आत्मा सम्झिएर भाइ-भाइलाई हेर। यसलाई भनिन्छ ज्ञानको तेस्रो नेत्र। भाइ-बहिनी पनि फेल हुन्छन् त्यसैले अर्को युक्ति निकालिन्छ, आफूलाई भाइ-भाइ सम्झ। धेरै मेहनत छ। सब्जेक्ट हुन्छन् नि। कुनै धेरै अप्ठ्यारो विषय हुन्छ। यो पढाइ हो, यसमा पनि उच्च सब्जेक्ट छ तिमी कसैको पनि नाम-रूपमा फँस्न सक्दैनौ। धेरै ठूलो परीक्षा छ। विश्वको मालिक बन्नु छ। मुख्य कुरा बाबा भन्नुहुन्छ भाइ-भाइ सम्झ। त्यसैले बच्चाहरूले यति पुरुषार्थ गर्नुपर्छ। तर चल्दा-चल्दै कति त विश्वासघाती पनि बन्छन्। यहाँ पनि यस्ता हुन्छन्। राम्रा-राम्रा बच्चाहरूलाई मायाले आफ्नो बनाइदिन्छ। त्यसैले बाबा भन्नुहुन्छ मलाई पनि छोडिदिन्छन्, डाइवोर्स पनि दिन्छन्। विछोड बच्चा र पिताको हुन्छ अनि सम्बन्ध विच्छेद पति र पत्नीको हुन्छ। बाबा भन्नुहुन्छ मलाई दुवै मिल्छ। राम्रा-राम्रा बच्चीहरूले पनि डाइवोर्स दिएर रावणका बन्छन्। वन्डरफुल खेल हो नि। मायाले के गर्दैन। बाबा भन्नुहुन्छ माया धेरै कडा छ। गायन छ गजलाई ग्राहले खायो। धेरै गल्ती गरेर बस्छन्। बाबासँग अवज्ञा गरे भने मायाले काँचै खाइदिन्छ। माया यस्तो छ जसले कसै-कसैलाई एकदम पक्डिन्छ। बच्चाहरूलाई कति सुनाएँ, कति सुनाऊँ। मुख्य कुरा हो अल्फ। मुसलमानले पनि भन्छन् सबेरै उठेर अल्फलाई याद गर। यो सुत्ने बेला होइन। यस उपायबाट नै विकर्म विनाश हुन्छ, अरू कुनै उपाय छैन। बाबा तिमी बच्चाहरूको साथमा कति बफादार हुनुहुन्छ। कहिल्यै तिमीहरूलाई छोड्नुहुन्न। आउनु भएको छ नै सुधार गरेर साथ लिएर जान। यादको यात्राद्वारा नै तिमी सतोप्रधान बन्छौ। त्यसतर्फ जम्मा हुँदै जान्छ। बाबा भन्नुहुन्छ आफ्नो रजिस्टर राख कति याद गर्छु? कति सेवा गर्छु? व्यापारीहरूले घाटा देखे भने खबरदार हुन्छन्। घाटा पर्नु हुँदैन। कल्प-कल्पान्तरको घाटा पर्नेछ। अच्छा

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) मनसा-वाचा-कर्मणा पावन बन्नु छ, बुद्धिमा विकारी संकल्प पनि नआओस् यसको लागि आत्मा भाइ-भाइ हौं, यो अभ्यास गर्नु छ। कसैको नाम-रूपमा फँस्नु हुँदैन।

२) जसरी बाबा बफादार हुनुहुन्छ, बच्चाहरूलाई सुधारेर साथमा लिएर जानुहुन्छ, त्यसैगरी आज्ञाकारी रहनु छ। बाबालाई कहिल्यै छोड्नु हुँदैन।


वरदान:
सर्व वरदानहरूलाई समयमा कार्यमा लगाएर फलीभूत बनाउने फलस्वरूप भव

बापदादाद्वारा समय प्रति समय जति पनि वरदान मिलेका छन्, त्यसलाई समयमा कार्यमा लगाऊ। केवल वरदान सुनेर खुशी नहोऊ आज धेरै राम्रो वरदान मिल्यो। वरदानलाई कार्यमा लगाएमा वरदान कायम रहन्छ। वरदान त अविनाशी बाबाको हो, त्यसलाई फलीभूत गर्नु छ। त्यसको लागि वरदानलाई बारम्बार स्मृतिको पानी देऊ, वरदानको स्वरूपमा स्थित हुने घाम देऊ तब वरदानको फल स्वरूप बन्छौ।

स्लोगन:
जसको नजरमा बाबा छ, उसलाई मायाको नजर लाग्न सक्दैन।