19.05.20          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


मीठे बच्चे तिमी अहिले शान्तिधाम , सुखधाममा जानको लागि ईश्वरीय धाममा बसेका छौ , यो सत्यको सङ्ग हो , जहाँ तिमी पुरुषोत्तम बनिरहेका छौ।

प्रश्न:
तिमी बच्चाहरू बाबा भन्दा पनि उच्च हौ कसरी?

उत्तर:
बाबा भन्नुहुन्छ प्यारा बच्चाहरू! म विश्वको मालिक बन्दिनँ, तिमीलाई विश्वको मालिक बनाउँछु र ब्रह्माण्डको पनि मालिक बनाउँछु। म उच्च भन्दा उच्च बाबाले तिमी बच्चाहरूलाई नमस्ते गर्छु, त्यसैले तिमी म भन्दा पनि उच्च हौ, म तिमी मालिकहरूलाई सलाम गर्छु। तिमीले फेरि यस्तो बनाउने बाबालाई सलाम गर्छौ।

ओम् शान्ति ।
प्यारा रूहानी बच्चाहरूलाई नमस्ते। बाबा नमस्ते भनेर रेसपन्ड पनि गर्दैनौ किनकि बच्चाहरूले जानेका छन् बाबाले हामीलाई ब्रह्माण्डका मालिक पनि बनाउनु हुन्छ र विश्वको मालिक पनि बनाउनु हुन्छ। बाबा त केवल ब्रह्माण्डको मालिक बन्नुहुन्छ, विश्वको मालिक बन्नुहुन्न। बच्चाहरूलाई ब्रह्माण्ड र विश्व दुवैको मालिक बनाउनु हुन्छ त्यसैले भन ठूलो को ठहरियो? बच्चाहरू ठूला ठहरिए नि त्यसैले बच्चाहरूले फेरि नमस्ते गर्छन्। बाबा हजुरले नै हामीलाई ब्रह्माण्ड र विश्वको मालिक बनाउनु हुन्छ त्यसैले हजुरलाई नमस्ते। मुसलमानहरूले पनि मालेकम् सलाम, सलाम मालेकम् भन्छन् नि। तिमी बच्चाहरूलाई यो खुसी छ। जसलाई निश्चय छ, निश्चय विना त कोही यहाँ आउन सक्दैन। यहाँ जो आउँछन् उनीहरूले जानेका छन्, हामी कुनै मनुष्य, गुरुको पासमा जाँदैनौं। मनुष्य बाबाको पासमा, शिक्षकको पासमा वा मनुष्य गुरुको पासमा जाँदैनौ। तिमी आउँछौ रूहानी बाबा, रूहानी शिक्षक, रूहानी सद्गुरुको पासमा। ती मनुष्यहरू त अनेक छन्। यहाँ एउटै हुनुहुन्छ। यो परिचय कसैलाई पनि थिएन। भक्तिमार्गको शास्त्रमा पनि छ रचयिता र रचनालाई कसैले पनि जानेका छैनन्। नजानेको कारणले, उनीहरूलाई अनाथ भनिन्छ। जो राम्ररी पढे-लेखेका छन्, उनीहरूले बुझ्न सक्छन्, हामी सबै आत्माहरूका बाबा एउटै निराकार हुनुहुन्छ। उहाँ आएर बाबा, शिक्षक र सद्गुरु पनि बन्नुहुन्छ। गीतामा कृष्णको नाम प्रसिद्ध छ। गीता हो सर्वशास्त्रमयी शिरोमणि, सबैभन्दा उत्तम। गीतालाई नै माता-पिता भनिन्छ र अरू जति पनि शास्त्र छन्, तिनलाई माता-पिता भनिदैन। श्रीमद् भगवत् गीता माता भनेर गायन गरिन्छ। भगवानको मुख कमलबाट निस्किएको गीताको ज्ञान। उच्च भन्दा उच्च बाबा हुनुहुन्छ त्यसैले अवश्य उच्च भन्दा उच्चद्वारा गाइएको गीता रचयिता भयो। बाँकी सबै शास्त्र हुन् त्यसका पात, रचना। रचनाबाट कहिल्यै वर्सा मिल्न सक्दैन। यदि मिल्यो भने पनि अल्पकालको लागि। अरू यति धेरै शास्त्र छन्, जसलाई पढ्नाले अल्पकालको सुख मिल्छ, एक जन्मको लागि। जुन मनुष्यले मनुष्यलाई पढाउँछन्। हर प्रकारका जति पनि पढाइहरू छन् ती अल्पकालको लागि, मनुष्यले मनुष्यलाई पढाउँछन्। अल्पकालको सुख मिल्यो फेरि अर्को जन्ममा अर्को पढाइ पढ्नुपर्छ। यहाँ त एक निराकार बाबा मात्र हुनुहुन्छ जसले २१ जन्मको लागि वर्सा दिनुहुन्छ। कुनै मनुष्यले त दिन सक्दैन। उनीहरूले त वर्थ नट ए पेनी बनाइदिन्छन्। बाबाले पाउन्ड बनाउनु हुन्छ। अहिले बाबा बसेर बच्चाहरूलाई सम्झाउनु हुन्छ। तिमीहरू सबै ईश्वरका बच्चाहरू हौ नि। सर्वव्यापी भन्नाले अर्थ केही बुझ्दैनन्। सबैमा परमात्मा हुने भए फेरि त फादरहुड हुने भयो। फादर नै फादर भएपछि वर्सा कसबाट मिलोस्! कसको दु:ख कसले हर्ने! बाबालाई नै दु:ख हर्ता, सुख कर्ता भनिन्छ। फादर नै फादरको त कुनै अर्थ निस्किदैन। बाबा बसेर सम्झाउनु हुन्छ यो हो नै रावण राज्य। यो पनि ड्रामामा निश्चित छ त्यसैले चित्रमा पनि स्पष्ट गरेर देखाइएको छ।

तिमी बच्चाहरूको बुद्धिमा छ हामी पुरुषोत्तम संगमयुगमा छौं। बाबा पुरुषोत्तम बनाउन आउनु भएको छ। जसरी कानुन, डाक्टरी आदि पढ्छन् जसबाट पद प्राप्त गर्छन्। सम्झन्छन् यस पढाइबाट हामी फलानो बन्छौं। यहाँ तिमी सत्यको सङ्गमा बसेका छौ, जसबाट तिमी सुखधाममा जान्छौ। सत्यधाम पनि दुई छन् एउटा सुखधाम, अर्को शान्तिधाम। यो हो ईश्वरको धाम। बाबा रचयिता हुनुहुन्छ नि। जो बाबाद्वारा बुझेर होसियार हुँदै जान्छन् उनीहरूको कर्तव्य हो सेवा गर्नु। बाबा भन्नुहुन्छ तिमी अहिले बुझेर होसियार भएका छौ भने शिवको मन्दिरमा गएर सम्झाऊ, उनीहरूलाई भन यसमा फल, फूल, मक्खन, घिउ, आँकका फूल, गुलाबका फूल विभिन्न थरी किन चढाइन्छ? कृष्णको मन्दिरमा आँकको फूल चढाउँदैनन्। त्यहाँ धेरै राम्रा सुगन्धित फूल लिएर जान्छन्। शिवका अगाडि त आँकको फूल र गुलाबको फूल पनि चढाउँछन्। अर्थ त कसैले बुझेका छैनन्। यस समयमा तिमी बच्चाहरूलाई बाबाले पढाउनु हुन्छ, कुनै मनुष्यले होइन। सारा दुनियाँमा मनुष्यलाई मनुष्यले पढाउँछन्। तिमीलाई भगवानले पढाउनु हुन्छ। कुनै मनुष्यलाई कदाचित् भगवान भनिदैन। लक्ष्मी-नारायणलाई पनि भगवान होइन, उनीहरूलाई देवी-देवता भनिन्छ। ब्रह्मा-विष्णु-शंकरलाई पनि देवता भनिन्छ। भगवान एक बाबा मात्रै हुनुहुन्छ, उहाँ सबै आत्माहरूका बाबा हुनुहुन्छ। सबैले भन्छन् पनि हे परमपिता परमात्मा। उहाँको सच्चा सच्चा नाम हो शिव र तिमी बच्चाहरू शालिग्राम हौ। पण्डितहरूले जब रुद्र यज्ञ रच्छन् तब शिवको धेरै ठूलो लिंग बनाउँछन् र शालिग्राम साना साना बनाउँछन्। शालिग्राम भनिन्छ आत्मालाई। शिव भनिन्छ परमात्मालाई। उहाँ सबैका बाबा हुनुहुन्छ, हामी भाइ-भाइ हौं, भन्छन् पनि भाइ-भाइ। बाबाका बच्चा हामी भाइ-भाइ हौं। फेरि भाइ बहिनी कसरी भयौं? प्रजापिता ब्रह्माको मुखद्वारा प्रजा रचिन्छ। ती हुन् ब्राह्मण एवं ब्राह्मणीहरू। हामी प्रजापिता ब्रह्माका सन्तान हौं, त्यसैले बी.के. कहलाउँछौं। ठीक छ, ब्रह्मालाई कसले पैदा गर्नुभयो? भगवानले। ब्रह्मा, विष्णु, शंकर... यी सबै रचना हुन्। सूक्ष्मवतनको पनि रचना भयो। ब्रह्मा मुख कमलबाट तिमी बच्चाहरू निस्कियौ। ब्राह्मण-ब्राह्मणी कहलाउँछौ। तिमी ब्रह्मा मुख वंशावली एडप्टेड हौ। प्रजापिता ब्रह्माले कसरी बच्चा पैदा गर्छन्, अवश्य एडप्ट गर्छन्। जसरी गुरुका अनुयायीहरू एडप्ट हुन्छन्, उनीहरूलाई शिष्य भनिन्छ। त्यस्तै प्रजापिता ब्रह्मा सारा दुनियाँका पिता भए। उनलाई ग्रेट ग्रेट ग्रेन्ड फादर भनिन्छ। प्रजापिता ब्रह्मा त यहाँ हुनुपर्छ नि। सूक्ष्मवतनमा पनि ब्रह्मा छन्। नाम गायन गरिएको छ ब्रह्मा, विष्णु, शंकर तर सूक्ष्मवतनमा प्रजा त हुँदैनन्। प्रजापिता ब्रह्मा को हुन्, यो सबै बाबा बसेर सम्झाउनु हुन्छ। ती ब्राह्मणहरूले पनि आफूलाई ब्रह्माको सन्तान भन्छन्। अब ब्रह्मा कहाँ छन्? तिमीले भन्छौ यहाँ बस्नुभएको छ, उनीहरू भन्छन् पहिला यहाँ हुनुहुन्थ्यो। उनीहरूले फेरि आफूलाई पुजारी ब्राह्मण कहलाउँछन्। अहिले तिमी त प्राक्टिकलमा छौ। प्रजापिता ब्रह्माका सन्तान आपसमा भाइ-बहिनी भयौ। ब्रह्मालाई एडप्ट गर्नुभएको हो शिवबाबाले। भन्नुहुन्छ म यस बूढो तनमा प्रवेश गरेर तिमीलाई राजयोग सिकाउँछु। मनुष्यलाई देवता बनाउनु यो कुनै मनुष्यको काम होइन। बाबालाई नै रचयिता भनिन्छ। हिन्दुहरूले जानेका छन् शिवजयन्ती पनि मनाइन्छ। शिव हुनुहुन्छ बाबा। मनुष्यलाई यो पनि थाहा छैन देवी-देवताहरूलाई यो राज्य कसले दियो? स्वर्गका रचयिता हुनुहुन्छ नै परम आत्मा, जसलाई पतित-पावन भनिन्छ। आत्मा वास्तवमा पवित्र हुन्छ, फेरि सतो-रजो-तमोमा आउँछ। अहिले कलियुगमा सबै छन् तमोप्रधान, सत्ययुगमा सतोप्रधान थिए। आज भन्दा ५ हजार वर्ष पहिला यी लक्ष्मी-नारायणको राज्य थियो। २५०० वर्ष देवताहरूको डिनायस्टी चल्यो। उनीहरूका बच्चाले पनि राज्य गरे नि। लक्ष्मी-नारायण प्रथम, द्वितीय, यस्तो चल्दै आयो नि। मनुष्यलाई यी कुराको केही पनि थाहा छैन। अहिले सबै तमोप्रधान, पतित छन्। यहाँ एउटा पनि मनुष्य पावन हुनै सक्दैन। सबैले पुकार्छन् हे पतित-पावन आउनुहोस्। त्यसैले पतित दुनियाँ भयो नि। यसलाई नै पतित दुनियाँ नर्क भनिन्छ। नयाँ दुनियाँलाई स्वर्ग, पावन दुनियाँ भनिन्छ। फेरि पतित कसरी बने, यो कसैले जानेका छैनन्। भारतमा एउटा पनि मनुष्य छैन जसले आफ्नो ८४ जन्मलाई जान्दछ। मनुष्यले बढीमा ८४ जन्म लिन्छन्, कम्तीमा एक जन्म।

भारतलाई अविनाशी खण्ड मानिन्छ किनकि यहाँ नै शिवबाबाको अवतरण हुन्छ। भारत खण्ड कहिल्यै विनाश हुन सक्दैन। बाँकी जुन अनेक खण्ड छन् ती सबै विनाश हुन्छन्। अहिले आदि सनातन देवी-देवता धर्म प्राय: लोप हुन पुगेको छ। कसैले पनि आफूलाई देवता कहलाउँदैन किनकि देवताहरू सतोप्रधान पावन थिए। अहिले त सबै पतित पुजारी बनेका छन्। यो पनि बाबाले बसेर सम्झाउनु भएको छ, भगवानुवाच छ नि। भगवान सबैका बाबा हुनुहुन्छ, उहाँ एकै पटक भारतमा आउनु हुन्छ। कहिले आउनु हुन्छ? पुरुषोत्तम संगमयुगमा। यस संगमयुगलाई नै पुरुषोत्तम भनिन्छ। यो संगमयुग हो कलियुगबाट सत्ययुग, पतितबाट पावन बन्ने। कलियुगमा रहन्छन् पतित मनुष्य, सत्ययुगमा हुन्छन् पावन देवता। त्यसैले यसलाई पुरुषोत्तम संगमयुग भनिन्छ, जबकि बाबा आएर पतितबाट पावन बनाउनु हुन्छ। तिमी आएका छौ मनुष्यबाट देवता पुरुषोत्तम बन्न। मनुष्यले त यो पनि जानेका छैनन् हामी आत्माहरू निर्वाणधाममा रहन्छौं। त्यहाँबाट आउँछौं पार्ट खेल्न। यस नाटकको अवधी ५ हजार वर्ष हो। हामीले यस बेहदको नाटकमा पार्ट खेल्छौं। यी सबै मनुष्य पार्टधारी हुन्। यो ड्रामाको चक्र घुमिरहन्छ। कहिल्यै बन्द हुने छैन। पहिला-पहिला यस नाटकमा सत्ययुगमा पार्ट खेल्न आउँछन् देवी-देवताहरू। फेरि त्रेतामा क्षत्रिय। यस नाटकलाई पनि बुझ्नुपर्छ नि। यो हो नै काँडाको जंगल। सबै मनुष्य दु:खी छन्। कलियुगपछि फेरि सत्ययुग आउँछ। कलियुगमा धेरै मनुष्य छन्, सत्ययुगमा कति हुन्छन्? धेरै कम। आदि सनातन सूर्यवंशी देवी-देवताहरू नै हुन्छन्। यो पुरानो दुनियाँ अब परिवर्तन हुनु छ। मनुष्य सृष्टिबाट फेरि देवताको सृष्टि हुन्छ। आदि सनातन देवी-देवता धर्म थियो। तर अहिले आफूलाई देवता कहलाउँदैनन्। आफ्नो धर्मलाई नै भुलेका छन्। यी केवल भारतवासी नै हुन् जसले आफ्नो धर्मलाई भुलेका छन्, हिन्दुस्तानमा रहने भएकाले हिन्दु धर्म भनिदिन्छन्। देवताहरू त पावन थिए, यी हुन् पतित त्यसैले आफूलाई देवता भन्न सक्दैनन्। देवताहरूको पूजा गरिरहन्छन्। आफूलाई पापी नीच भन्छन्। अब बाबाले सम्झाउनु हुन्छ, तिमी नै पूज्य थियौ फेरि तिमी नै पुजारी पतित बनेका छौ। हम सो को अर्थ पनि सम्झाइएको छ। उनीहरूले भन्छन् आत्मा सो परमात्मा। यो हो झुटो अर्थ, झुटो काया, झुटो माया.... सत्ययुगमा यस्तो भनिदैन। सत्यखण्डको स्थापना बाबाले गर्नुहुन्छ, झुटोखण्ड फेरि रावणले बनाउँछ। यो पनि बाबा आएर सम्झाउनु हुन्छ आत्मा के हो, परमात्मा को हुनुहुन्छ? यो पनि कसैले जानेका छैनन्। बाबा भन्नुहुन्छ तिमी आत्मा बिन्दु हौ, तिमीमा ८४ जन्मको पार्ट भरिएको छ। हामी आत्मा कस्ता हौं यो कसैले जानेका छैनन्। म बेरिस्टर हुँ, फलानो हुँ, यो चाहिँ जानेका छन्, बाँकी आत्मालाई एउटाले पनि जानेका छैनन्। बाबा नै आएर पहिचान दिनुहुन्छ। तिम्रो आत्मामा ८४ जन्मको पार्ट अविनाशी निश्चित छ, जुन कहिल्यै विनाश हुन सक्दैन। यही भारतवर्ष फूलको बगैंचा थियो। सुख नै सुख थियो, अहिले दु:ख नै दु:ख छ। यो ज्ञान बाबाले दिनुहुन्छ।

तिमी बच्चाहरूले बाबाद्वारा अहिले नयाँ नयाँ कुरा सुन्छौ। सबैभन्दा नयाँ कुरा हो तिमी मनुष्यबाट देवता बन्नु छ। तिमीलाई थाहा छ मनुष्यबाट देवता बन्ने पढाइ कुनै मनुष्यले पढाउँदैन, भगवानले पढाउनु हुन्छ। उहाँ भगवानलाई सर्वव्यापी भन्नु, यो गाली दिनु हो। अहिले बाबाले सम्झाउनु हुन्छ म हरेक ५ हजार वर्षपछि आएर दुनियाँलाई स्वर्ग बनाउँछु। रावणले नर्क बनाउँछ। यी कुरा दुनियाँमा अरू कसैले जान्दैन। बाबा नै आएर तिमीलाई मनुष्यबाट देवता बनाउनु हुन्छ। गायन पनि छ भगवानले मैला कपडा धुनुहुन्छ (मूत पलीती कपड धोए....)। त्यहाँ विकार हुँदैन। त्यो हो नै सम्पूर्ण निर्विकारी दुनियाँ। अहिले छ विकारी दुनियाँ। बोलाउँछन् पनि पतित-पावन आउनुहोस्। हामीलाई रावणले पतित बनाएको छ तर जानेका छैनन् रावण कहिले आयो, के भयो! रावणले कति कंगाल बनाइदिएको छ। भारतवर्ष ५ हजार वर्ष पहिला कति धनवान थियो। सुन, हीरा-जुहारतका महल थए। कति धन थियो। अहिले के हाल छ! उहाँ बाबा सिवाय कसैले सिरताज बनाउन सक्दैन। अहिले तिमीले भन्छौ शिवबाबाले विश्वलाई स्वर्ग बनाउनु हुन्छ। अहिले बाबा भन्नुहुन्छ मृत्यु सामुन्ने खडा छ। तिमी वानप्रस्थी हौ। अब फर्केर जानु छ, त्यसैले आफूलाई आत्मा सम्झियौ, म एकलाई याद गर्यौ भने पाप भस्म हुँदै जान्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः
१) हामी ब्रह्मा मुख वंशावली ब्राह्मण हौं, स्वयं भगवानले हामीलाई मनुष्यबाट देवता बनाउने पढाइ पढाइरहनु भएको छ, यस नशा र खुसीमा रहनु छ। पुरुषोत्तम संगमयुगमा पुरुषोत्तम बन्ने पुरुषार्थ गर्नु छ।

२) अहिले हाम्रो वानप्रस्थ अवस्था छ, मृत्यु सामुन्ने खडा छ, फर्केर घर जानु छ... त्यसैले बाबाको यादद्वारा सबै पापलाई भस्म गर्नु छ।

वरदान:
रूहानी यात्री हुँ यस स्मृतिद्वारा सदा उपराम , न्यारा र निर्मोही भव

रूहानी यात्री सदा यादको यात्रामा अगाडि बढिरहन्छन्, यो यात्रा सदा सुखदायी छ। जो रूहानी यात्रामा तत्पर रहन्छन्, उनीहरूले अरू कुनै यात्रा गर्ने आवश्यकता छैन। यस यात्रामा सबै यात्रा समाहित छन्। मन वा तनबाट भट्किन बन्द हुन्छ। त्यसैले सदा यही स्मृति रहोस् हामी रूहानी यात्री हौं। यात्रीको कसैमा पनि मोह हुँदैन। उनीहरूलाई सहजै उपराम, न्यारा वा निर्मोही बन्ने वरदान मिल्छ।

स्लोगन:
सदा वाह बाबा, वाह तकदिर र वाह मीठो परिवार यही गीत गाइराख।